परिचय
भोजपुर काेशी प्रदेश मा अविस्थत एक सुन्दर पुर्वि पहाडी जिल्ला हाे । यस जिल्लाको पुरानो नाम सिद्धपुर थियो पछि पृथ्वीनारायण शाहले माझ किराँत विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि जितेको खुसीयालीमा ठुलो भोज खाएको र बाँकी रहेको भोज यही ठाउँमा पुरेर गएको हुनाले यसको नाम सिद्धपुरबाट “भोजपुर” रहन हो भन्ने किंवदन्ती छ र अर्को भनाइ अनुसार पहिले यस जिल्लाको उच्च पहाडी क्षेत्रको जंगलमा भोजपत्रहरुको रुखहरु प्रशस्त हुनाले यसको नाम भोजपुर रहन गएको भन्ने पनि लोकोक्ति रहेको पाइन्छ।

विशेषत यहाँ किँरात र राइ जातिहरूको वाहुल्यता रहेकाे छ भने त्यसकाे अलवा व्राहमण, क्षेत्री, नेवार, तामाङ, गन्दर्भ, र्शेपा लगायतका विभीन्न जातजातीको पनी वसाेवास रहेको छ। भाेजपुर जिल्लामा बनेका करूवा र खुकुरी यहाँ उत्पादन हुने अलैची र रूद्राक्ष देश तथा विदेशमा समेत प्रचिलत छन । धार्मीक तथा प्राकृतिक रूपमा यस जिल्लाले वरदान नै पाएकाे छ भन्दा हुन्छ । यहाँ रहेका विभीन्न धार्मीक स्थल मठ मन्दीर र प्राकृतिक श्राेत बन जंगल, पाखा पखेरा, खोलानाला, पाेखरी जसले भाेजपुरलाइ सदावहार रमणीय बनाएका छन । पर्यटन प्रर्वधनका लागी यहाँ होमस्टेहरू संचालनमा रहेका छन ।

भोजपुर जिल्लाको भाैगोलिक अवस्थिती
यस जिल्लको कुल क्षेत्रफल १५२२ बर्ग कि.मि रहेको छ। यस जिल्लाले नेपालको कुल क्षेत्रफलको १.०२ प्रतिशत, पुर्वाञ्चल विकास क्षेत्रको ५.३० प्रतिशत र कोशी अञ्चलको १५.५९ प्रतिशत भु-भाग ओगटेको छ। समुद्र सतहको १५३ मि. देखि ४१५३ मि. को उचाईमा रहेको यो जिल्ला २६˚५३’उत्तरदेखि २७˚२७’ उत्तरी आक्षांश र ८६˚५३’ पुर्वदेखि ८७˚१७’ पुर्वी देशान्तरसम्म फैलिएको छ। उत्तर-दक्षिण सरदर लम्बाई ६२ कि.मि र पुर्व-पश्चिम सरदर चौडाइ ३५ कि.मि रही उत्तर दक्षिण फैलिएको यस जिल्लाको मध्य भाग केही फराकिलो छ।
भोजपुर जिल्लाका पर्यटकिय स्थलहरू
यहाँका प्रमुख पर्यटकिय स्थलहरुमा ट्याम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयुङ डाँडा, सिलिचुङ, हतुवागढी, साल्पा पोखरी, हाँसपोखरी, घोडेटार आदि हुन्।
हामीले विभीन्न अनलाइनमा भोजपुरलाइ खाेज्दा ३ वटा सानाे डकुमेन्ट्री भेटाएका छाै त्यसलाइ यहाँ प्रस्तुत गरिएकाे छ ।
भिडीयो डकुमेन्ट्री १ : Purvi Blues ले तयार पारेको भिडियो सामाग्री
भिडीयो डकुमेन्ट्री २ : Hamro TV Channel राखेको भिडियो सामाग्री
भिडीयो डकुमेन्ट्री ३ गन्दर्भ जातिको तर्फवाट Voice of Nepal को Platform मा प्रस्तुत गरेको प्रस्तुती Bikal Shrestha को फेसबुक बाट ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार भोजपुर जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ वटा नगरपालीका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः भोजपुर नगरपालिका
नेपालको ७७ जिल्ला मध्ये संघीय काेशी प्रदेशमा पर्ने भोजपुर जिल्लाको सदरमुकाम स्थित यो नगरपालिकाको नाम यस जिल्लाकै प्रतिनिधित्व गर्नेगरी “भोजपुर नगरपालिका” कै नामबाट नामाकरण भएको छ । नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णय वमाेजिम ७२ वटा नगरपालिका घोषणाका क्रममा यस भोजपुर नगरपालिकाको गठन गरिएकोमा वि.सं. २०७१ ज्येष्ठ २ गतेदेखि विधिवत रुपमा आफ्नो कार्यसन्चालन तथा व्यवस्थापन गर्दै आएकोछ । भोजपुर नगरपालिका नेपालको १ नं. प्रदेश अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलका ६ जिल्ला मध्ये भोजपुर जिल्लाको सदरमुकाममा रहेको छ । यो नगर भौगोलिक हिसावले मध्य पहाडी भेकमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेका छ । यस नगरपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको किल्ला भनेर पनि चिनिन्छ । स्थानीय बोलिचालीको भाषामा अझै पनि यस क्षेत्रलाई पूर्व ४ नं नै भन्ने गरेको सुन्न पाइन्छ ।
भौगोलिक विविधतायुक्त यस नगर क्षेत्रले ऐतिहासिक महत्व पनि राख्दछ । नेपाल एकीकरण अभियान पश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक केन्द्रका रुपमा चयन गरिएको इतिहास छ भने वि.सं.१८७२ सालमा यसै नगर क्षेत्रको टक्सार बजारमा नेपालभर आवश्यक पर्ने डोली पैसाका नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने काम भएकोले सो वजारको नाम नै टक्सार रहन गएको छ जुन बजार हाल यसै नगर क्षेत्रमा पर्दछ । मध्ये पहाडी राजमार्गले छाेएकाे हुँदा नेपालको राजधानीसम्म अावागमन गर्न सहज हुने सम्भावना रहेको यस नगरपालिका पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ । नगर क्षेत्रबाट पश्चिम तर्फ रहेको टयाम्के र सेल्मे डाँडो, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडाले भोजपुर नगरमा पर्यटकहरुलाई कम्तिमा एक पटक भोजपुर भ्रमणका लागि निम्तो दिइरहे झैं लाग्छ ।
यसैगरी यस नगरपालिकाको वडा नं ३ स्थित सुन्तले वजार र सो आसपासका क्षेत्रबाट दृश्यावलोकन गर्न सकिने हिमाल तथा विश्वकै गहिराे अरुण उपत्यकाको उत्तिनै महनमोहक दृश्य हेर्न सकिन्छ भने नगरको मध्यभागमा रहेको सिकद्धकालीको मन्दिर रहेको छ जसको दर्शन गर्नाले आफ्ना मनोकांक्षा सिद्ध हुन्छ भन्ने जनविश्वास रहेको छ । टक्सार बजार भित्रका पाटी पौवा देवी देवताका मन्दिरहरु धार्मिक हिसावले उत्तिकै महत्वपूर्ण रहेकाछन् । पेशागत वस्तु उत्पादनका हिसावले यहाँको खुकुरी विश्वमै प्रख्यात रहको छ भने करुवा, तामाका भाडाकुँडा तथा सुन्तला उत्पादनमा पनि यो जिल्ला नेपालकै अग्रस्थानमा रहेका छ जुन क्षेत्रहरु यसै नगरपालिका तथा आसपासका गाविसहरु पर्दछन् ।
यस नगरको सामाजिक संरचनाका हिसाबले मिश्रित बस्ती, पितृसतात्मक परिवार, हिन्दु धर्मावलम्वीहरुको बाहुल्यता, एकल परिवार, अधिकांश समुदाय कृषिमा आश्रित रहेकाछन् । भोजपुर र टक्सार बजार वाहेक अन्य स्थानका बस्तिहरु छरिएर रहेका छन् । यस नगरको बस्ति (settlement pattern) छरिएर रहेका कारण विकासका पूर्वाधारहरु समान रुपले लैजान उत्तिकै चुनौतिकारुपमा रहेको छ । यो नगर आफैंमा सम्भावना र अवसरको रुपमा रहेको छ भने चुनौतिहरु पनि त्यतिकै बग्रेल्ती रहेका छन् ।
भौगोलिक अवस्थिती
अवस्थिती अक्षांश २८ डिग्री ५३‘ देखि २७ डिग्री ४६‘ उत्तर सम्म
देशान्तर – ८६ डिग्री ५३‘ देखि ८७ड डिग्री १७‘ पूर्व सम्म
सीमाना – पूर्व – आम्तेक र श्यामशिला गा.वि.स
पश्चिम – कोट र दलगाउँ गा.वि.स
उत्तर – हेलौंछा र सिद्धेश्वर गा.वि.स
दक्षिणः मानेभन्ज्याङ्ग र बास्तिम गा.वि.स
उचाइ -समुद्र सतहबाट १५४० मिटर उचाईमा रहेको छ ।
केन्द्रः साविक भोजपुर नगरपालि
जनसङ्ख्याः २६००७ (जनगणना २०७८ अनुसार)
क्षेत्रफलः १५९.५१ (वर्ग कि.मि.)
वडा संख्याः १२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल Coming |
जनसङ्ख्या Soon |
१ |
हेलौछा |
६-९ |
|
|
२ |
हेलौछा |
१-५ |
|
|
३ |
गुप्तेश्वर |
१-९ |
|
|
४ |
सिध्देश्वर |
१-९ |
|
|
५ |
भोजपुर |
३-४ |
|
|
६ |
भोजपुर |
८ |
|
|
७ |
भोजपुर |
७ |
|
|
८ |
भोजपुर |
६ |
|
|
९ |
भोजपुर |
५ |
|
|
१० |
भोजपुर |
१-२ |
|
|
११ |
आम्तेक |
१-९ |
|
|
१२ |
भोजपुर |
९-११ |
|
२. नामः षडानन्द नगरपालिका
कोशी अञ्चल भोजपुर जिल्लाको उत्तरी क्षेत्र जिल्ला सदरमुकामबाट १२ कोष दुरिमा रहेको दिङ्ला उत्तरी क्षेत्रका चौध गा.वि.स. को केन्द्रको रुपमा परिचित रहेको छ । २०७१ मंसीर १६ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार साविक केउरेनीपानी, मूलपानी, तुङ्गेछा, किमालुङ्ग र खार्तम्छा गा.वि.स. लाई समेटेर दिङ्ला बजारमा कार्यालय रहने गरी षडानन्द नगरपालिकामा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३।११।२७ को निर्णय अनुसार साविक नेपालेडाडा, कुदाककाउले, साङपाङ, देउराली र वोया गा.वि.स.लाई समेटेर नगरपालिका घोषणा हो । यस नगरपालिकाको कुल क्षेत्रफल २४१.१५ वर्ग कि.मि. रहेको छ । दिङ्ला सभ्यताका जनक चामेश्वर नेवार र त्यसका प्रवर्तक आवाल ब्रम्हाचारी षडानन्द हुन् । नेपालकै जनस्तरबाट संचालित पहिलो पाठशाला संस्थापक समाज सुधारक शिक्षासेवी आवाल ब्रम्हाचारी षडानन्द गुरुले वि.सं. १९३२ मा षडानन्द संस्कृत पाठशाला संचालनपछि दिङ्लाको ऐतिहासिक महत्व बढेको थियो । नगरपालिका घोषणा भएपछि शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत, उद्योग आदी विकासको प्रवल सम्भावना वढेर गएको छ । दिङ्ला क्षेत्र ऐतिहासिक थूम पनि हो ।
यस क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रहरु सिताराम, रामचन्द्रमन्दिर, षडानन्द शालिक, कैलाश डाँडा, गणेश मन्दिर, जाल्पा मन्दिर, गुम्बा, पशुपति, पखुवादेवीथान, चर्च, चण्डीथान, शिवालय, साउनेडाँडा, चित्रगुप्ता, छागे धाम, सिक्तेलटार सालको धुप पाइने ठाउँ, सतीघाट, गुरुङ्गडाँडा, गडीगाउँ, योगमाया समाधीस्थल आदी हुन । त्यस्तै बजार क्षेत्र, दिंला बजार, कात्तिके वालुवाबेशी, पखुवा, कामी चौतारा, रामनवमी तथा सदमी मेला दिङ्ला, सोमबारे, झ्याउपोखरी, वोया विहिवारे, बैदार भञ्याङ आदी मुख्य बजारहरु हुन् ।
यस नगरपालिकाको पूर्वमा अरुण नदी (संखुवासभा जिल्ला), पश्चिममा साउने डाँडा, उत्तरमा साल्पा सिलोछो गाउपालिका दक्षिणमा भोजपुर नगरपालिका रहेका छन् । ३३६ मिटरदेखि ३११० मिटर उचाईमा विभिन्न प्रकारका हावापानीमा रुद्राक्ष, दुर्लव मानिएको अशोक वृक्ष, चाँप, गुराँस, ढ्याग्रे सल्लो, आदि वनस्पति र चिराइतो, जट्टामसी, पाँचअम्ले, नागबेली आदि जस्ता जडिवुटि पाइन्छ । त्यसैगरी जनावरमा मृग, स्याल, बनेल, बाघ, भालु, बादर तथा पशुपंक्षीमा डाँफे, मुनाल, सुगा, कालिज, काँडे भ्याँकुर आदी पाइन्छ । नगरपालिका क्षेत्रको भौगोलिक वनावट बेशीँ, खोज, समथर भू–भागदेखि हिमाली क्षेत्रले समेटेको छ । नगरपालिकाको तल्लो तटिय तथा मध्य क्षेत्रमा खाद्यान्नवालीको अलवा नगदेबालीको रुपमा रुद्राक्ष, सुन्तला, कागती र माथिल्लो भागमा अलैची, आलु, चिराइतो, सतुवा, पाँचअम्ले, अम्लिसो र जडिवुटीहरु प्रशस्त सम्भावना रहेको छ ।
केन्द्रः साविक षडानन्द नगरपालि
जनसङ्ख्याः २९३४२ (जनगणना २०७८ अनुसार)
क्षेत्रफलः २४१.१५ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
नेपालेडाँडा |
१-९ |
|
|
२ |
कुदाककाउले |
१-९ |
|
|
३ |
षडानन्द |
९,१० |
|
|
४ |
षडानन्द |
१ |
|
|
५ |
षडानन्द |
२ |
|
|
६ |
षडानन्द |
४ |
|
|
७ |
षडानन्द |
३ |
|
|
८ |
षडानन्द |
५,६ |
|
|
९ |
षडानन्द |
७,८ |
|
|
१० |
साङपाङ |
१-९ |
|
|
११ |
देउराली |
१,३,४,६,८ |
|
|
१२ |
देउराली |
२,५,७,९ |
|
|
१३ |
बोया |
५-७,९ |
|
|
१४ |
बोया |
१-४,८ |
|
३. नामः टेम्केमैयुङ गाउँपा
नेपालको संघीय काेशी प्रदेश मा पर्ने भोजपुर जिल्लाको यो गाउँपालिकाको नाम यसै गाउँपालिकाको पश्चिम तर्फ रहेको टम्के डाँडा र मयुङ डाँडाको प्रतिनिधित्व हुने गरि “ट्म्केमैयेङ गाउँपालिका” नामाकरण भएको हो । टेम्केमैयुङ गाउँपालिका नेपालको १ नं. प्रदेश भोजपुर जिल्लाको सदरमुकाम बाट करिब २८ कि मि पश्च्मिमा रहेको छ । यस गाउँपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको किल्ला भनेर पनि चिनिन्छ । भौगोलिक विविधतायुक्त यस गाउँ क्षेत्रले ऐतिहासिक महत्व पनि राख्दछ । मध्ये पहाडी राजमार्गले छोएको हुँदा नेपालको राजधानीसम्म आवागमन गर्न सहज हुने सम्भावना रहेको यस गाउँपालिका पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ ।
गाउँ क्षेत्रबाट पश्चिम तर्फ रहेको टम्के डाँडो, सेल्मे डाँडा, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडा लगाएत मजुवा पोखरी, हास पोखरी, मैयुङ डाँडा, महिभर झरना, सावा झरना, पन्ची झरना, माक्सा झरना तथा तावा भञ्नज्याङले टेम्केमैयुङ गाउँपालिकामा पर्यटकहरुलाई कम्तिमा एक पटक भ्रमणका लागि निम्तो दिइरहे झैं लाग्छ । यसैगरि यस क्षेत्रमा घोरल, मृग, चितुवा, लोपन्मुख रेड पान्डा, मुनाल, कालिज, विभिन्न प्रजातिका बाजहरु, पानिहासँ प्युरा जस्ता पंक्षीहरु पाइन्छन । यसैगरी यस गाउँपालिकाको वडा नं ३ स्थित अन्नपुर्ण भुरुचोक डाँडा र सो आसपासका क्षेत्रबाट दृश्यावलोकन गर्न सकिने हिमाल तथा चाँप अनि गुरासँ फुलुदाको महनमोहक दृश्य लगाएत पिखुवा खोला, हिखुंवा खोला, याङटाङ खोला र वाचिम्ले खोलाहरुको दृश्य देख्न सकिन्छ ।
यहाँका बासिन्दाको पेशागत कुरा गर्दा कृषि, पशुपालन, सुन्तला, कागति, जुनार, अदुवा र अलैचि उत्पादन मुख्य पेशा रहेको तथा ब्रिटिस सेना र भारतिय सेनाहरुमा बढि संल्गनता रहेको जानकारी पाइन्छ । यस गाउँको सामाजिक संरचनाका हिसाबले मिश्रित बस्ती, पितृसतात्मक परिवार, हिन्दु तथा किरात धर्मावलम्वीहरुको बाहुल्यता, एकल परिवार रहेका छन् । यस गाउँपालिकाको बस्ति (settlement pattern) छरिएर रहेका कारण विकासका पूर्वाधारहरु समान रुपले लैजान उत्तिकै चुनौतिकारुपमा रहेको तथा आफैंमा सम्भावना र अवसर बोकेको देखिन्छ । यस गाउँपालिकाको अन्य संक्षिप्त विवरण देहाय वमोजिम रहेका छन् ।
सीमाना – पूर्व – भोजपुर न. पा.
उत्तर पश्चिम – रुपाकोट मझुवागडी न पा, केपिलास गडी गा पा र साकेला गा पा खोटाङ
उत्तर पूर्व – साल्पासिलिछो गा पा, षडान्नद न .पा., पश्चिम – खोटाङ गा पा, दक्षिणः रामप्रसादराइ गा पा
उचाइ –समुद्र सतहबाट ३३०० मिटर मयुङ।
हावापानी – समशितोष्ण ।
केन्द्रः साविक अन्नपूर्ण गा.वि
जनसङ्ख्याः १५४६४ (जनगणना २०७८ अनुसार)
क्षेत्रफलः १७३.४१ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
तिम्मा |
१-९ |
|
|
२ |
छिनामखु |
१-९ |
|
|
३ |
अन्नपूर्ण |
१-९ |
|
|
४ |
नागी |
१-९ |
|
|
५ |
खावा |
१-९ |
|
|
६ |
कोट |
५,७-९ |
|
|
७ |
कोट |
१-४,६ |
|
|
८ |
गोगने |
१-९ |
|
|
९ |
लेखर्क |
१-९ |
|
४. नामः रामप्रसादराई गाउँपा
कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लाको ९ वटा स्थानीय तहहरुमध्ये रामप्रसादराई गाउँपालिका एक हो । भोजपुर जिल्लाको दक्षिण-पश्चिम भू-भागमा अवस्थित यस स्थानीय तहको नामाकरण बि स २००७ सालको प्रजातन्त्रिक योद्धा राम प्रसाद राईको नामबाट नामकरण गरिएको छ ।
भोजपुर नगरपालिका देखि दक्षिण, पौवादुङ्मा गाँउपालिका देखि पश्चिम, हतुवागढी र आमचोक गा.पा. देखि उत्तर र खोटाङ्ग जिल्ला देखि पुर्वमा अवस्थित यस गाँउपालिकामा १५६.२५ वर्ग. कि.मि. मा क्षेत्रफलमा फैलिको छ । साविकको वासिखोरा गा.वि.स. लाई विभाजन गरी २ वटा वडाहरुमा विभाजन गरिएको छ ।
नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी.मध्ये यस गाउँपालिकाले ०.११ प्रतिशत,कोशी प्रदेशको कुल क्षेत्रफल २५९०५ वर्ग कि.मी. मध्ये ०.६१ प्रतिशत ,भोजपुर जिल्लाको कुल क्षेत्रफल १५०७ वर्ग कि.मी. मध्ये १०.३८ प्रतिशत ओगटेको यस गाउपालिकाको कुल क्षेत्रफल १५६.२५ वर्ग कि.मी. बर्ग कि.मि. रहेको छ ।
भोजपुर नगरपालिका देखि दक्षिण, पौवादुङ्मा गाँउपालिका देखि पश्चिम, हतुवागढी र आमचोक गा.पा. देखि उत्तर र खोटाङ्ग जिल्ला देखि पुर्वमा अवस्थित यस गाउँपालिकाको भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ ।
यहाँको अधिकतम तापक्रम ३२.२˚से. र न्यूनतम तापक्रम ०.१०˚से. र गाउँपालिकाको बार्षिक वर्षा १००५.९ मी.मी. देखि २१२३ मी.मी. सम्म हुने गरेको पाईन्छ भने सापेक्षिक आद्रता बर्षायाममा ९०% र हिउँद याममा ५०% देखि ७०% सम्म पाईएको छ भने यहाँको औषत सरदर वार्षिक वर्षा १२०८ मि.मि. रहेको छ ।
यस स्थानीय तहको नामाकरण बि स २००७ सालको प्रजातन्त्रिक योद्धा राम प्रसाद राईको नामबाट नामकरण गरिएको छ । रामप्रसादराई गाउंपालिका राज्यको पुनरसंरचना अगाडी भोजपुर जिल्लाको जम्मा १३ ईलाका मध्ये इलाका नं. १० अन्तर्गतको जम्मा ४ गाविसहरु ओख्रे, धोद्लेखानी, भूल्के, दलगउँ, र इलाका नं. ११ अन्तर्गतको मानेभञ्ज्याङ्ग, वैकुण्ठे र वासीखोरा मिलेर हालको रामप्रसादराई गाउँपालिका वनेको छ ।
साविकमा यो गाउँपालिका अन्तर्गतको भूभाग पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने कोशी अञ्चलको मध्ये पहाडी जिल्ला भोजपुर अन्तर्गत पर्ने यो गाउँपालिका हाल भोजपुर जिल्लाको एक मात्र प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ अन्र्तत पर्दछ भने प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत यो गाउँपालिका पर्दछ ।
हाल यस गाउँपालिकाको जम्मा ८ वटा वडाहरु मध्ये वडा नं. १ साविक ओख्रे गा.वि.स.को ९ वटा वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल १९.८८ वर्ग कि.मी. रहेको छ । भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (७ कोष) २५.९० कि.मी. रहेको छ । यसै गरी वडा नं. २ साविक धोद्लेखानी गा.वि.स.को ९ वटा वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल १५.६० वर्ग कि.मी. रहेको छ ।
भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (८ कोष) २९.६० कि.मी. रहेको छ । वडा नं.३ साविक भूल्के गा.वि.स.को ९ वटा वडाहरु मिलेर वनेको छ भने यस वडाको क्षेत्रफल १३.३५ वर्ग कि.मी. रहेको छ । भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (६ कोष २२.२० कि.मी. रहेको छ भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (७ कोष) २५.९० कि.मीर हेको छ । छ )
नेपालको सङ्घीय संरचना अनुसार ७ प्रदेश ७५३ वटा स्थानीय तहमा पूनःसंरचित भए पश्चात नेपालको १ नं प्रदेश अन्तर्गत १ महानगरपालिका, २ उपमहानगरपालिका, ५६ नगरपालिका र ७८ गाउँपालिका मध्ये रामप्रसादराई गाँउपालिका एक गाँउपालिका हो । यस गाउँपालिका प्रतिनिधी सभा निर्वाचन भोजपुर क्षेत्र नं. १ अन्तर्गत र जिल्लामा १ मात्र निर्वाचन क्षेत्र भएको, प्रदेश सभा निर्वाचन भोजपुर क्षेत्र नं. २ अन्तर्गत पर्दछ । यस गाउँपालिकाको वडा संख्या ८ र टोल÷वस्ती संख्या १७७ रहको छ । यस गाउँपालिकाको केन्द्र बैकुण्ठे (चिलाउनेटार)वजार हो भने भोजपुर सदरमुकाम देखि जम्मा ८ कोष २९.६० कि.मी. रहेको छ ।
केन्द्रः साविक वैकुण्ठे गा.वि.
जनसङ्ख्याः १५६७३ (जनगणना २०७८ अनुसार)
क्षेत्रफलः १५८.८३ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
ओख्रे |
१-९ |
|
|
२ |
धोदलेखानी |
१-९ |
|
|
३ |
भुल्के |
१-९ |
|
|
४ |
दलगाउँ |
१-९ |
|
|
५ |
मानेभन्ज्याङ्ग |
१-९ |
|
|
६ |
वैकुण्ठे |
१-९ |
|
|
७ |
बासिखोरा |
१-३,५,८ |
|
|
८ |
बासिखोरा |
४,५,७,९ |
|
५. नामः अरुण गाउँपालिका
कोशी प्रदेश मा रहेको भोजपुर जिल्ला को सात वटा गाउँपालिका मध्ये अरुण गाउँपालिका पनि एउटा हो । नेपाल सरकारको निर्णयअनुशार देशभरी गठन भएका ४६० गाउँपालिका मध्ये एक गाउँपालिका हो । यस क्षेत्रमा जम्मा ७ वटा वडा छन् । जिल्लाको सदरमुकाम भोजपुर देखि टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ ।
यस गाउँपालिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ । अरुण गाउँपालिका नेपालको काेशी प्रदेश, भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लामा अवस्थित २ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी कुल ९ वटा स्थानीय तह मध्ये अरुण नदी सँग जोडिएर धनकुटा जिल्लाको सिमानामा अवस्थित एक रमणीय र सुन्दर गाउँपालिका हो ।
वि.सं. २०७३ सालमा स्थानीय तहको पुनरसंरचनाका बखत भोजपुर जिल्लाका साविकमा स्थापित रहेका चम्पे, याङ्पाङ, प्याउली, चरम्बी, जरायोटार र याकु गरी ६ वटा गाउँ विकास समितलाई एकै ठाउँ समेटेर अरुण गाउँपालिकाको रुपमा नामाकरण गरी पुनरसंरचित भएको यो गाउँपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आधिकारिक वेभसाईटका आधारमा १५४.७६ बर्ग कि.मि. तथा भू(उपयोगमा आधारित नापि विभागको पछिल्लो विवरणका आधारमा १५४.३२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
यो पालिका पूर्वमा धनकुटा र संखुवासभा जिल्ला, पस्चिममा भोजपुर नगरपालिका र पौवादुङ्मा गाउँपालिका, उत्तरमा षडानन्द नगरपालिका र संखुवासभा जिल्ला साथै दक्षिणमा पौवादुङ्मा गाउँपालिक र धनकुटा जिल्ला सिमाना कायम भई साविकको प्याउली गाविसको कार्यालय रहेको स्थाना प्याउली बजारमा यस पालिकाको सदरमुकम रहेको छ ।
क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप :
भोजपुर जिल्ला को पुर्वी भागमा रहेको १५४.७६ ( वर्ग कि.मी.) क्षेत्रफलमा फैलिएको अरुण गाउँपालिका अन्तरगत १७६८७ जनसख्या रहेको छ । यस गाउँपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो पहाड रहेको छ ।
प्रशासकीय एवं राजनीतिक विभाजन:
- जिल्ला : भोजपुर
- प्रदेश : कोशी प्रदेश
- सदरमुकाम : प्याउली
- के.निर्वाचन क्षेत्र : १
केन्द्रः साविक प्याउली गा.वि.स
जनसङ्ख्याः १४५९१ (जनगणना २०७८ अनुसार)
क्षेत्रफलः १५४.७६ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
याङपाङ |
१-९ |
|
|
२ |
चम्पे |
१-९ |
|
|
३ |
प्याउली |
१-९ |
|
|
४ |
चरम्बी |
१-९ |
|
|
५ |
याकु |
१-३,५-९ |
|
|
६ |
जरायोटार |
१-४,६,८,९ |
|
|
७ |
जरायोटार |
५,७ |
|
|
याकु |
४ |
|
६. नामः पौवादुङ्मा गाउँपालि
संघीय संरचना अनुसार कोशी प्रदेश अन्तर्गतको भोजपुर जिल्लाका ९ वटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिका एक हो । भोजपुर जिल्ला सदरमुकामबाट पुर्ब क्षेत्रमा रहेका साबिकका श्यामसिला,तिवारीभन्ज्याङ ,च्याङ्ग्रे,बास्तिम,सानोदुम्मा र ठूलोदुम्मा गरि ६ वटा गाउँ विकास समितिलाई समेटेर पौवादुङमा गाउँपालिकाको निर्माण गरिएको छ।
यस गाउँपालिकाको नामाकरण पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा भोजपुरमा बिभिन्न थुमहरु थिए। जस्तै हतुवा थुम,सिक्तेल थुम,खिखामाछा थुम,फालि थुम र पौवा थुम थियो।पौवाथुम अन्तर्गत १६ वटा गाबिसहरु समेटिन्थे।जस अन्तर्गत साबिकको तिबारीभञ्ज्याङ गाबिसको वडा नं ७,८,९ खेसाङमा यो थुमको केन्द्र रहेको थियो र लोपोन्मुख दुङमाली भाषीहरुले बोलिने दुङमाली भाषा अन्तर्गत (दुङमा) भन्नाले पिउनु भन्ने जनाउँछ।
यी २ वटा नाम पौवा+दुङमा मिलाएर पौवादुङमा गाउँपालिकाको नामकरण गरिएको हो। गाउँपलिकाको सिमाना पुर्वमा अरुण नदि,पश्चिममा भोजपुर नगरपालिका,उत्तरमा अरुण गाउँपालिका र दक्षिणमा रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिका रहेका छन। यस गाउँपालिकाको कुल क्षेत्रफल ११८.८ वर्ग कि.मि. रहेको छ। बि.स.२०७८ को जनगणना अनुसार महिला ६,२५९ जना र पुरुष ५,८४८ जना गरि कुल जनसंख्या १२,१०७ जना रहेका छन ।
पर्यटन प्रबर्द्धन तथा आर्थिक समृद्धिको आधारको रुपमा अरुण डाँडा,चिवाचुङ डाँडा,शिवालय पार्क,च्याङ्ग्रे पोखरी,सन्तानेश्वर महादेव,शिर्शिरे डाँडा आदि पर्यटकीय स्थलहरु रहेका छन। प्रमुख आर्थिक केन्द्रहरु श्यामसिला, तिवारीभञ्ज्याङ, च्याङ्ग्रे र मानेडाँडा आदि रहेका छन। अधिकांश वडा कार्यलयहरुलाई ग्रामीण सडकले छोएको यस गाउँपलिकाको मुख्य पेशा कृषि हो। यहाँ धान,गँहु,मकै,कोदो,फापर आदि अन्नबाली र अम्रीसो,चिया,अलैंची,अदुवा आदि नगदेबालीहरु उत्पादन हुने गर्दछ। यहाँ ब्राह्मण,क्षेत्री,नेवार,कुमाल, राई,तामाङ,मगर, भुजेल, शेर्पा,लिम्बु, कामी, दमाई, सार्की आदि जातका मानिसहरुको बसोबास रहेको छ।
केन्द्रः साविक च्याङ्ग्रे गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १२१०७ (जनगणना २०७८ अनुसार)
क्षेत्रफलः ११८.८६ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
श्यामशिला |
१-९ |
|
|
२ |
तिवारीभन्ज्याङ |
१-९ |
|
|
३ |
च्याङ्ग्रे |
१-९ |
|
|
४ |
बास्तिम |
१-९ |
|
|
५ |
सानोदुम्मा |
१-९ |
|
|
६ |
ठूलोदुम्मा |
१-९ |
|
७. नामः साल्पासिलिछो गाउँपा
चोमोलुङ्मा हिमालको काखमा सिलिछो पहाडलाई शिर बनाई नेपाली भूमिमा छुट्टै पहिचान र अस्तित्व बनाउन तल्लीन नेपालको सङ्घीय संरचनाअनुसार २०७३ सालमा स्थापना भएको एक सुन्दर स्थानीय तह हो– भोजपुरको साल्पासिलिछो गाउँपालिका । सुम्निमा–पारुहाङको बासस्थान हिमालय पर्वत शृङ्खला (कैलाश पर्वत) अन्तर्गत पर्ने अटल अविरल बगिरहने अरुण नदीको किनारमा अवस्थित यस गाउँपालिका शैक्षिक तथा पूर्वाधार विकासको हिसाबले भर्खरै ताते सर्दैछ ।
नेपालको संविधानअनुसार अति दुर्गम गाउँपालिका साल्पासलिछोको पूर्वमा विश्वकै होचो भूभागमा रहेको तुम्लिङटार एयरपोर्ट रहेको खाँदबारी नगरपालिका पर्दछ । यसैगरी उत्तर–पूर्वमा सिलिचोङ गाउँपालिका र उत्तरमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले छेकेको छ । दक्षिणतर्फ नेपालको पहिलो समाज सुधारक महिला योगमायाको जन्मभूमि षडानन्द नगरपालिका रहेको छ । यसैगरी दक्षिण पश्चिममा भोजपुरकै ट्याम्के मैयुङ गाउँपालिका र पश्चिममा खोटाङको केपिलासगढी गाउँपालिकाको सिमानामा जोडिएको छ ।
चार जिल्लाको सङ्गम प्राकृतिक रूपमा सुन्दरताले भरिपूर्ण पहाडको टाकुरो साथै मैदानको र फाँटहरुको अदृश्य मिलनबिन्दु हो साल्पासिलिछो गाउँपालिका । बहुआयमिक पहिचानको झझल्को दिने संस्कृतिले भरिपूर्ण रहेका सभ्यताको अनुपम केन्द्र हो साल्पासिलिछो । भोजपुर जिल्लाको साविक ६३ गाविसमध्ये कुलुङ, चौकीडाँडा, खाटाम्मा र दोभाने गाविस आपसमा गाभिएपछि १९३ वर्ग किमिको क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा ६ हजार २ सय ६५ जना पुरुष, ६ हजार ८ सय ४६ जना महिला गरी १३ हजार १ सय ११ जना जनसङ्ख्या रहेको छ । धार्मिक हिसाबले हिन्दु, बौद्ध, किराँत, क्रिस्चियन धर्म मान्ने मानिसहरु यस गाउँपालिकामा बसोबास गर्ने गर्दछन् । साल्पासिलिछो गाउँपालिका १ नं. प्रदेशको राजधानी विराटनगरदेखि करिब २०० किमिको सडक दूरीमा रहेको छ । रातोपाटी बाट साभार
केन्द्रः साविक चौकीडाँडा गा.वि
जनसङ्ख्याः १२२८४ (जनगणना २०७८ अनुसार)
क्षेत्रफलः १९३.३३ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
कुलुङ |
१-४ |
|
|
२ |
कुलुङ |
५-९ |
|
|
३ |
चीकिडाँडा |
१-९ |
|
|
४ |
खाटाम्मा |
१-९ |
|
|
५ |
दोभाने |
५-९ |
|
|
६ |
दोभाने |
१-४ |
|
८. नामः आमचोक गाउँपालिका
भोजपुर जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित आमचोक गाँउपलिका ऐतिहासिक,महत्वपूर्ण र संभावना बोकेको गाँपलिका हो । साविकका गविसहरु वासिङथर्पु, यूँ, थिदिङखा, वालंखा, पावला,देवन्टार, दुम्माना र पाङचा मिलेर वनेको यस गाउँपालिका १० वटा वडामा विभाजित छ । पूर्वमा हतुवागढी गाउँपालिका, उत्तरमा रामप्रसादराई गाउँपालिका, पश्चिममा खोटाग्ङको जन्तेढुग्ङा गाउँपालिका र दक्षिणमा उदयपुरको चौदण्डीगढी र वेलका नगरपालिका पर्दछ ।
यस गाउँपालिका मा ३४७९ घर परिवार तथा जनसंख्या १४९६८ रहेकोछ । यस गाउँपालिकाको सवैभन्दा उच्च भू-भाग वडा न. २ यूँ को थामडाडाँ हो जसको उचाई २४४२ मि. रहेको छ तथा सवैभन्दा होचो भू-भाग वडा न. ८ दिग्लापुको पार्कुवा हो जसको उचाई २०० मि. यस गाउँपालिकामा मुख्य जनसाङ्खिक वाहुल्यता किरात राईको रहेको छ । साथै क्षेत्री,नेवार, मगर, विश्वर्कमा, शेर्पा, तामाग्ङ, ब्रामण, परियार, नेपाली, भुजेल, हायू जातिको मुख्य वसोवास रहेको छ ।
यस गाउँपालिकामा केही भोगोलिक कठीनाई रहेतापानि आर्थिक विकासको सम्भावना प्रसस्तै रहेको छ कृषि उत्तपादनमा विविधता ,प्राकृतिक स्रोतहरुको उपलव्धता, वनजंगल, जलस्रोतको पहुँच तथा वहुआयमिक प्रयोग प्रसस्तै नाङ्गा चौर र खर्कहरु सप्तकोशी देखी त्रिवेणि – सिम्ले – हैखराङ्ग- सानिटार सम्म जलयातायात संचालनको सम्भावना, धार्मिक, सासंकृतिक, एतिहासिक तथा पुरातात्विक महत्वका पर्यटकिय स्थलहरुले पर्यटन विकासको सम्भावना, जरिवुटी तथा नगदेवालिको प्रसस्त सम्भावना, तराई तथा व्यपारिक केन्द्रहरुसंगको सामिप्य दुरी यस गाउँपालिकाको आर्थिक विकासका महत्तव पूण सवल पक्षहरु मध्ये केही हुन् ।
केन्द्रः साविक बालांखा गा.वि.स
जनसङ्ख्याः १४९६८ (जनगणना २०७८ अनुसार)
क्षेत्रफलः १८४.८९ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
वासिङ्गथर्पु |
१-९ |
|
|
२ |
युँ |
१-९ |
|
|
३ |
थिदिखा |
१-९ |
|
|
४ |
बालांखा |
१-९ |
|
|
५ |
पावला |
१-९ |
|
|
६ |
देवानटार |
१,६-९ |
|
|
७ |
देवानटार |
२-५ |
|
|
८ |
दुम्माना |
७-९ |
|
|
९ |
दुम्माना |
१-६ |
|
|
१० |
पाङचा |
१-९ |
|
९. नामः हतुवागढी गाउँपालिका
हतुवागढ़ी गाउँपालिका नेपालका ७ प्रदेश मध्ये कोशी प्रदेश को भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित पुर्व–दक्षिणमा धनकुटा जिल्ला, दक्षिणमा उदयपुर जिल्ला, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पुर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासंग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । पृथ्बीनारायण शाह को नेपाल एकीकरण क्रममा हतुवागढी का राजा लाई पराजयको क्रममा युध्द भै रगत बगेर मिसिएको स्थान हतुवागढी भएको मनिन्छ ।
यसै स्थान मा नेपाल को बिसाल नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखु हरु को समागम थलोभै सप्तकोशी को निर्माणथलोको रुप मा पनि प्रसिद्ध मानिन्छ । समुन्द्री सतह देखि लगभग १५४० मि उचाई मा अवस्थित यो स्थान को क्षत्रफल १४२.६१वर्ग कि.मी. रहेको छ । यहाको कुल जनसंख्या १६१७५ छ भने साबिकका ६ गा.बि.ष. (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ ।
केन्द्रः साविक रानीवास गा.वि.स
जनसङ्ख्याः १६१७५ (जनगणना २०७८ अनुसार)
क्षेत्रफलः १४२.६१ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
रानीवास |
१,७-९ |
|
|
२ |
रानीवास |
२-६ |
|
|
३ |
सिन्द्राङ |
१-९ |
|
|
४ |
खैराङ |
१-९ |
|
|
५ |
होमताङ |
४-८ |
|
|
६ |
होमताङ |
१-३,९ |
|
|
७ |
पाप्लेपानी |
५-९ |
|
|
८ |
पाप्लेपानी |
१-४ |
|
|
९ |
हसनपुर |
१-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति भोजपुर र जिल्ला प्रशासन कार्यालय भोजपुर । तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । भोजपुर जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।