परिचय
नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका चार जिल्ला मध्ये एक धार्मिक महत्व बोकेको बैतडी जिल्ला मित्रराष्ट्र भारत संग महाकाली नदिले सीमाना जोडिएको पहाडी जिल्ला हो । बैतडी जिल्लाको हरेक ठाउं र स्थानले केहि विशेष किसिमको इतिहास वोकेको हुन्छ । सोहि अनुसार यस जिल्लाको नाम बैतडी रहनुमा केहि ऐतिहासिक कुराहरु छन । बैतडीको वरिपरिका उच्च पहाडहरुमा चारवटा केदार देवताहरुको देवस्थल छ । ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार, पूर्वमा रोलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वजकेदार पर्दछन् । यी केदारहरु आराध्यदेव महादेवका रुप हुन भन्ने जनश्रुति छ ।

शक्तिशाली देवताको छत्रछाया माझ रहेको बैतडी जिल्ला हिन्दुहरुको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणहरुमा वर्णन गरेको पाइन्छ । यी चारवटै केदारहरुका देवस्थलहरुमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ । देवस्थलहरुमा बैतडी सदरमुकामवाट सहज ढंगले यात्रा गर्न सकिन्छ । हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड भनिने रहेछ र त्यहां ज्यादै हावा लाग्ने गर्दछ । वढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड पर्वत (वायु + उत्तड = वायोत्तड) अर्थात् वायु चल्ने ठाउं भन्ने अर्थमा वायोत्तडबाट अपभ्रंश हुदै वायोत्तड र बैतड भई अन्तमा बैतडी भएको हो भन्ने भनाई रहेको छ ।

बैतडी जिल्लाको भाैगोलीक अवस्थिती
यस जिल्लाको पूर्वमा बझाङ र डोटी जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ, उत्तरमा नेपालकै दार्चुला जिल्ला र दक्षिणमा डडेलधुरा जिल्ला पर्दछन् । विश्व मानचित्रमा २९ डिग्री १८ मिनेट उत्तर देखि २९ डिग्री ४१ मिनेट उत्तरी अक्षांश र ८० डिग्री १९ मिनेट पूर्व देखि ८० डिग्री ८१ मिनेट पूर्वी देशान्तर सम्म जिल्ला फैलिएको छ। यस जिल्लाको कूल क्षेत्रफल १४५१।१३ बर्ग कि.मि.रहेको छ भने यो जिल्ला समुद्री सतहबाट ३९०मिटर देखि देखी २९५० मिटर सम्मको उचाईमा रहेको छ ।
भू–उपयोग : वन क्षेत्र : ५८,५८२ हेक्टर (३४ प्रतिशत)
चरन: १९,१९९ हेक्टर (१२.९ प्रतिशत)
कृषि: १२,४४९ हेक्टर
बैतडि जिल्लाको हावापानी
हावापानी : समशीतोष्ण , शीतोष्ण
वर्षा : १२६.६७ मिलिमिटर
तापक्रम (सरदर) : १५.०८ देखि २४.६३ डिग्री सेल्सियस

बैतडि जिल्लामा रहेका प्रमुख नदीनालाहरु
महाकाली, चौलानी, सुर्नया, जमाडी, गर्मा, आगरी, सेती, पेल्या,ढिकगाड, प्यानीगाड, वागागाड, कोटिलीगाड, निलगाड,कन्सनी गाड, पल्मोडीगाड आदि ।
बैतडि जिल्लामा रहेका जातजातिको जातिगत विवरण
जातीय आधारमा जनसंख्या प्रतिशत
ब्रामण/क्षेत्री : ७८ प्रतिशत
जनजाती : २ प्रतिशत
दलित : १३ प्रतिशत
अन्य : ७ प्रतिशत

बैतडी जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
बैतडी जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार बैतडी जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ४ नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | दशरथचन्द नगरपालिका | ग्वालेक, देहीमाण्डौ, गुरुखोला, दुर्गाभवानी, नागार्जुन, दुर्गास्थान (४-७) र दशरथचन्द नगरपालिका (१-१२) | ११ |
२ | पाटन नगरपालिका | कैलपाल, सिद्धेश्वर, सिद्धपुर गा.बि.स. र पाटन नगरपालिका | १० |
३ | मेलौली नगरपालिका | बिशालपुर, मेलौली, सलेना, महारुद्र, दुर्गास्थान (१-३,८,९), रोडीदेवल (४-७) र शिवनाथ (६-९) गा.वि.स. | ९ |
४ | पुर्चौडी नगरपालिका | कोटिला, भटना, भूमिराज, कुवाकोट, न्वादेव, महादेवस्थान, हाट, मल्लादेही, तल्लादेही र विजयपुर गा.वि.स. | १० |
५ | सुर्नया गाउँपालिका | रौलेश्वर, शंकरपुर, शिखरपुर (१-७), वासुलिंग, भौनेली र हटैराज गा.वि.स. | ८ |
६ | सिगास गाउँपालिका | ढुंगाड, सिगास, शिवलिंग, चौखाम, गाँजरी, थालाकाडा र शिखरपुर (८-९) गा.वि.स. | ९ |
७ | शिवनाथ गाउँपालिका | सर्माली, महाकाली (७-९), कुलाउ (९), उदयदेव र शिवनाथ (१-५) गा.वि.स. | ६ |
८ | पञ्चेश्वर गाउँपालिका | पञ्चेश्वर, महाकाली (१-६), कुलाउ (१-८), आम्चौरा, गिरेगाडा, रोडीदेवल (१,२,३,८,९) गा.वि.स. | ६ |
९ | दोगडाकेदार गाउँपालिका | रिम, कटौजपानी, सित्तड, श्रीकोट, श्रीकेदार, न्वाली, देउलेक गा.वि.स. र दशरथचन्द नगरपालिका १३ | ८ |
१० | डीलासैनी गाउँपालिका | मठैराज, कोट्पेटरा, गोकुलेश्वर, डीलाशैनी र रुद्रेश्वर गा.वि.स. | ७ |
जम्मा | ८४ |
१. नामः दशरथचन्द नगरपालिका
सुदूरपश्चिम प्नदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा दशरथचन्द नगरपालिका लाइ ११ वटा वडामा बिभाजन गरिएको छ | अमर शहिद दशरथचन्दको नामबाट नामाकरण गरिएको यो नगरपालिका प्राकृतिक रुपले रमणीय रहेको छ | माता त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लाशैनी लगायतका मन्दिरहरु धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित रहेका छन् | भारत संग सीमाना जोडिएको यो नगरपालिकाका विभिन्न क्षेत्रहरुलाई पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ |
सुदूरपश्चिचम प्रदेशमा अबस्थित यस दशरथचन्द नगरपालिका ग्वाल्लेक धुरो बायुको बेगलाइ रोक्ने बेगतोड़ भनिन्याे त्यसैको अपभ्रम्स बैतडी जिल्लामा पर्छ | महत्वपूर्ण धार्मिक तथा राजनीतिक इतिहास बोकेको यो जिल्ला कहिले डोटी राज्य र कहिले कुमाउ राज्यमा युद्ध हुदा बैतडी जिल्ला कहिले कुमाउ राज्यमा र कहिले डोटी राज्यमा रहेको र चन्दहरुले राज्य गरेको भनाइ छ | नेपालकै प्रमुख धार्मिक स्थल त्रिपुरासुन्दरी भगवती मन्दिर, जगन्नाथ मन्दिर, निंगलाशैनि मन्दिर, ग्वालेक केदार, असिम केदार, नागार्जुन मन्दिर, इश्वरीगंगा धाम, महाभारत कालका पंचदेव मन्दिर जस्ता महत्वपूर्ण धार्मिक स्थल रहेको नगर हो राजनीतिक इतिहास १०४ बर्षे कठोर राणा शासन बिरुद्ध संघर्ष गर्ने जेष्ठ चार शहिद मध्ये अमर शहिद दशरथचन्दको जन्म यसै नगरमा पर्छ |
यो नगरपालिका २०५४ सालमा ६ वटा गा.बि.स. दशरथचन्द, खलंगा, त्रिपुरासुन्दरी, थालिगाडा, जगन्नाथ र बाराकोट गा.बि.स. मिलाएर अमर शहिद दशरथचन्दको नामबाट स्थापना गरिएको हो |नेपाल सरकारले स्थानीय निकाय पुनसंरचना गरेर गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी, गवालेक, नागार्जुन गा.बि.स. र दुर्गास्थानको केहि वडाहरु मिलाएर मिति २०७३ फाल्गुन २७ गते स्थानीय तहमा परिणत गरि ११ वडामा बिभाजन गरि दशरथचन्द नगरपालिका घोषणा गरेको छ |
केन्द्रः साविक दशरथचन्द नगरपा
क्षेत्रफलः १३५.१४ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गुरुखोला(१-९) | ४२२३ | १६.४६ |
२ | २ | देहीमाण्डौ(१-९) | ४३४३ | १२.७८ |
३ | ३ | दुर्गाभवानी(१-९) | १९७१ | ११.२७ |
४ | ४ | दशरथचन्द(१-३) | ५२१३ | १२.०४ |
५ | ५ | दशरथचन्द(४,५) | २३२६ | ५.८ |
६ | ६ | दशरथचन्द(६,७,१२) | ३०११ | १४.६४ |
७ | ७ | दुर्गास्थान(४-७) | १४७५ | ७.४४ |
८ | ८ | दशरथचन्द(८,९) | १७९५ | ७.९६ |
९ | ९ | ग्वालेक(१-९) | ४०२१ | २३.६८ |
१० | १० | दशरथचन्द(१०,११) | १५७१ | ११.१३ |
११ | ११ | नागार्जुन(१-९) | १६१८ | ११.९४ |
जम्मा | ३१५६७ | १३५.१४ |
२. नामः पाटन नगरपालिका
नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ बि.सं. २०७१/०८/१६ सालमा महाकाली अञ्चलको बैतडी जिल्लाको पाटनमा भएको हो र मिति २०७१/०८/१६ गते देखि नै पाटन नगरपालिकाको स्थापना हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा अवस्थित रहेको छ । पाटन नगरपालिकामा जम्मा १० वटा वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको छ ।
पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेका छन् । यसको शालाखाला अधिकतम तापक्रम ३३ – ३७ डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा अनुसार यस नगरपालिकाको कुल जनसंख्या २९२३० रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर (-०.३९%) अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघे संक्रान्ति , होली, गौरा, औल्के संक्रान्ति , कृष्ण जन्माष्टमि, बुद्ध जयन्ती, यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।
केन्द्रः साविक पाटन नगरपालिका
जनसङ्ख्याः २९२३० (२०७८ अनुसार)
क्षेत्रफलः २१९.२६ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पाटन १,२ र कैलपाल(१, २) | ३५५५ | ३१.०२ |
२ | २ | पाटन(३, ४) | २४५८ | २६.५९ |
३ | ३ | पाटन(५, ६) | २५०३ | १५.३६ |
४ | ४ | पाटन(७,८) | ३२८६ | १८.९३ |
५ | ५ | पाटन(९,१०) | २४४१ | १२.७ |
६ | ६ | पाटन(११-१३) | ५६२१ | २०.४२ |
७ | ७ | कैलपाल(१-७) | २०५१ | १४.८९ |
८ | ८ | सिद्धेश्वर(३,७-९) | २८५३ | २८.१६ |
९ | ९ | सिद्धेश्वर(१,२,४-६) | २०११ | १७.१५ |
१० | १० | सिद्धपुर(१-९) | २४५१ | ३४.०४ |
जम्मा | २९२३० | २१९.२६ |
३. नामः मेलौली नगरपालिका
नेपाल सरकारको मिति २०७३ फागुुन २२ गतेको निर्णय अनुसार प्रारम्भमा साविकका मेलौली, महारुद्र, बिशालपुर, दुर्गास्थान (१,२,३,८ र ९ वडाहरु), सलेना, शिवनाथ(६,७, ८ र ९ वडाहरु), रोडिदेवल(४,५,६ र ७ वडाहरु), गा.वि.स.हरु समाबेस गरी मेलौली नगरपालिका घोषणा भएको थियो । नेपालको संविधान, २०७२ लागू भए संगै स्थानीय तहहरु निर्माण गर्ने क्रममा नेपाल सरकारकै मिति २०७३ फागुन २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार मेलौली नगरपालिकाको क्षेत्र विस्तार गरिएको छ । नेपालको संविधान २०७२ अनुसार सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने यो नगर बैतडी जिल्ला का ४ वटा नगरपालिका सहित चौथो नगरपालिका हो । बैतडी जिल्लाको दक्षिण–पश्चिम भागमा पर्ने यो नगरपालिकाको केन्द्र मेलौली वजार जिल्ला सदरमुकाम बैतडीबाट करिव ३५ किलोमिटर को दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरु रहेका छन् ।
केन्द्रः साविक मेलौली गा.वि.स.
जनसङ्ख्याः २०६५८ (२०७८ अनुसार)
क्षेत्रफलः ११९.४३ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | ७ | मेलौली(३-९) | ३८२२ | २४.९६ |
२ | १ | सलेना (१-५) र दुर्गास्थान(१-३) | २९३६ | १३.६९ |
३ | २ | सलेना (६-९) र दुर्गास्थान(८,९) | १९१३ | १९.०६ |
४ | ३ | रोडीदेवल(४-७) | १२३९ | १३.२७ |
५ | ४ | महारुद्र(१-५) | २१६२ | ८.८४ |
६ | ५ | महारुद्र(६-९) | १७२७ | ४.२७ |
७ | ६ | शिवनाथ (६-९) र मेलौली(१,२) | ३२४० | १५.१३ |
८ | ९ | विशालपुर(३-६) | १६८८ | १०.९३ |
९ | ८ | विशालपुर(१,२,७-९) | १९३१ | ९.२८ |
जम्मा | २०६५८ | ११९.४३ |
४. नामः पुचौडी नगरपालिका
नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल बैतडी जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व १० वटा गा.वि.स थिए र ती १० वटा गा.वि.सका वडाहरु समायोजन भै पुर्चौडी नगरपालिका बनाईएको हो ।
नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको साशन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो पुर्चौडी नगरपालिका जम्मा १० वटा वडा मिलेर बनेको छ । जिल्लाको सदरमुकाम बैतडी देखि १०० कि.मि टाढा उत्तर तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।
केन्द्रः साविक हाट गा.वि.स.को
जनसङ्ख्याः ३८२८१ (२०७८ अनुसार)
क्षेत्रफलः १९८.५२ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | हाट(१-९) | २१९७ | ७.७१ |
२ | २ | महादेवस्थान(१-९) | ३०७१ | २१.३८ |
३ | ३ | न्वादेव(१-९) | ४३६९ | २८.२७ |
४ | ४ | भटना(१-९) | ३८५० | १५.७५ |
५ | ५ | कुवाकोट(१-९) | ५८०७ | २१.५४ |
६ | ६ | भूमिराज(१-९) | ४७०६ | २३.९८ |
७ | ७ | कोटिला(१-९) | ३४०२ | १४.२५ |
८ | ८ | मल्लादेही(१-९) | ३९१२ | ३२.४७ |
९ | ९ | तल्लादेही(१-९) | ३०६१ | १०.५ |
१० | १० | विजयपुर(१-९) | ३९०६ | २२.६९ |
जम्मा | ३८२८१ | १९८.५४ |
५. नामः सुनर्या गाउँपालिका
नेपालको संघियता पछिको ७ वटा प्रदेशहरु र ७५३ स्थानिय तह मध्ये सुदुरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सोराड क्षेत्र र पुर्चौडी क्षेत्रको मध्यमार्ग भई जोडिएको बैतडी जिल्लाको १० वटा स्थानिय तह मध्ये सुर्नया गाउंपालिका पनि एक हो ।यो गाउंपालिका नामबाटै गौरबाम्बित छ, प्रसिद्ध छ, सुर्नया शब्द अलि अप्रभंस भएर शब्द उच्चारण र लेखाईमा फरक हुन पुग्यो र सुर्नया हुन गयो हुनुपर्ने सुरनया हो । सुर भनेको देवता र नाया भनेको स्नान भन्ने हुन्छ ।
यस पवित्र पुण्य भुमिमा यस क्षेत्रका देवी देवताहरुले स्नान गर्ने पवित्र गंगा जमुना सरस्वती नदी स्वरुपकी नदिको उद्गम स्थल यसै गाउंपालिकामा भएको कारण पनि यस गाउंपालिकाको नाम सुरनाया उपयुक्त छ ।यस गाउंपालिकामा ८ वटा वडाहरु छन् । ती वडाहरुको नामाकरण विभिन्न देवि देवताका नामले (हटैराज, बाशुलिंक, भौनेली, रौलेश्वर, शंकरपुर, शिखरपुर) गरिएको छ ।यस गाउंपालिकाको केन्द्र स्थान प्राचिन कालमा डोटीका पणेरु राजाहरुको राजधानी रौलाकेदारको पुण्य भूमी रामकी बरायल रौलेश्वर मा अवस्थित छ । सुर्नया गाउंपालिका समुद्रि सतह देखी ३००० मिटर सम्मको उचईमा रहेको पाईन्छ ।
बैतडी सदरमुकाम देखी ३५ कि मि पूर्वमा रहेको यो गाउंपालिका सुर्नया नदिका नामले प्रसिद्ध छ । यहाको भूभाग जैबिक तथा प्रार्कितिक विविधताले भरिपुर्ण रहेके चारैतिर हरियली वन, जगल, ताल झर्ना डाडाकाडाहरु साथै पर्यटकीय धार्मिक स्थलहरुले अति सोभायमान बनाएको छ । यस गाउंपालिका को ४ किल्ला पूर्वमा शिगास गापा, पश्चिममा दशरथ चन्द नगरपालिका, उत्तरमा पुर्चौडी नगरपालिका र दक्षिणमा पाटन नगरपालिकाले घेरेको छ । यो गाउंपालिका जिल्लाकै एक प्रचुर सम्भावना बोकेको एक उत्क्रिष्ट गाउंपालिका हो ।
यहा धार्मिक पर्यटकिय क्षेत्र मध्ये एसियाकै ठुलो(लामो) पत्तालभुमेश्वर गोफा यसै गाउंपालिकामा पर्दछ । त्यस्तै गरि रौलाकेदार, गोफाकेदार फाल्ङासैनि भगवति र अनिरुद्र शक्तिशाली देवताको रुपमा रहेका छन् ।सबैभन्दा अग्ला अग्ला पहाडमा आसिन छन् । पर्यटकिय हिसाबले उच्च केन्द्रबिन्दुमा रहेका यस्ता पवित्र धामहरु प्रचार प्रसारको अभाजले ओझेलमा पर्दै गईरहेको पाईन्छ ।
केन्द्रः साविक रौलेश्वर गा.वि.
जनसङ्ख्याः १७९४५ (२०७८ अनुसार)
क्षेत्रफलः१२४.४४ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | हटैराज(१-९) | १०७७ | १३.०१ |
२ | २ | वासुलिंग(१-५,७,८) | २५४६ | १४.३३ |
३ | ३ | भौनेली (१-३,८,९) र बासुलिंग(६,९) | २००६ | ८.६७ |
४ | ४ | भौनेली (४-७) र रौलेश्वर(१-३) | ३१५६ | १०.१९ |
५ | ५ | रौलेश्वर(४-९) | २५२६ | १७.२९ |
६ | ६ | शंकरपुर(१-९) | १८३० | १८.८६ |
७ | ७ | शिखरपुर(१,५-७) | २४६७ | २२.२४ |
८ | ८ | शिखरपुर(२-४) | २३३७ | १९.८५ |
जम्मा | १७९४५ | १२४.४४ |
६. नामः सिगास गाउँपालिका
भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ । साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा.वि.स विच मिल्ने भएकाले यी ६ गा.वि.स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो ।
यस सिगास गाउँपालिमा ९ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ । धार्मिक पर्यटकीय द्वष्ट्रिले हेर्दा च्वाँगढ क्षेत्रको प्रसिद्ध धार्मिक स्थल सिगास मन्दिरलाई आधार मानि यस गाउँपालिकाको नाम सिगास राखिएको छ । २४५.४४ वर्ग कि.मि क्षेत्रमा फैलिएको यस गाउँपालिकाको कुल जनसङख्या २०७८ को जनगणना अनुसार २१,८१४ जना रहेको छ, जसमध्ये महिला ५२.६०% र पुरुष ४७.४०% रहेको छ । सिगास गाउँपालिकाको कुल साक्षरता दर ७४.३%छ । समुद्र सतह देखि २२४९ मिटर उचाईमा यो गाउँपालिका रहेको छ ।
केन्द्रः गर्जे
जनसङ्ख्याः २१८१४ (२०७८ अनुसार)
क्षेत्रफलः २४५.४५ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गाँजरी (६-९) र शिखरपुर(८,९) | २५८९ | २५.५८ |
२ | २ | गाँजरी(१-५) | ३३७८ | २२.०१ |
३ | ३ | सिगास(१-४) | २४०६ | १५.८४ |
४ | ४ | सिगास(५-९) | १७८५ | २२.४ |
५ | ५ | ढुंगाड(१-९) | १८२५ | २६.०९ |
६ | ६ | थालाकाँडा(१-९) | २८२९ | २६.१७ |
७ | ७ | शिवलिंग(६-९) | २२१३ | ३५.९८ |
८ | ८ | शिबलिंग(१-५) | २०३० | ३१.७ |
९ | ९ | चौखाम(१-९) | २७५९ | २९.६८ |
जम्मा | २१८१४ | २३५.४५ |
७. नामः शिवनाथ गाउँपालिका
देशमा परिवर्तित राजनैतिक परिस्थिति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघीयतामा गई गठन भएका देशभरका ७५३ स्थानीय तहहरू मध्ये शिवनाथ गाउँपालिका देशकाे सुदूरपश्चिमी भूभाग अन्तरगत सुदूरपश्चिम प्रदेशकाे बैतडी जिल्लाकाे पुर्व दक्षिण भागमा अवस्थित रहेकाे छ । साविकका उदयदेव, शर्माली , शिवनाथ र महाकाली गा.वि.स. लाई मिलाएर बनेकाे याे गाउँपालिकाकाे नामाकरण साबिककाे शिवनाथ गा.वि.स. मा अवस्थित प्रसिद्ध शिवनाथ देवकाे नामबाट गरिएकाे छ । पुर्वमा डडेलधुरा जिल्ला, पश्चिममा पन्चेश्वर गाउँपालिका, उत्तरमा मेलाैली नगरपालिका तथा दक्षिणमा भारत देशकाे सिमाना काे बिचमा शिवनाथ गा.पा. रहेकाे छ ।
केन्द्रः साविक शिवनाथ गा.वि.स.
जनसङ्ख्याः १८०६४ (२०७८ अनुसार)
क्षेत्रफलः ८१.६५ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | शर्माली(२-५,७) | ३८४३ | १५.८६ |
२ | २ | शर्माली(१,६,८,९) | ४५१६ | २४.४ |
३ | ३ | महाकाली ७-९ र कुलाउ ९() | १९७६ | ५.७४ |
४ | ४ | उदयदेव(४-९) | २८७२ | १४.३ |
५ | ५ | उदयदेव (१-३) र शिवनाथ(२,३) | २९८५ | १३.९३ |
६ | ६ | शिवनाथ(१,४,५) | १८७२ | ७.४२ |
जम्मा | १८०६४ | ८१.६५ |
८. नामः पञ्चेश्वर गाउँपालि
पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ । जिल्ला सदरमुकाम गोठालापानीबाट यो गाउँपालिका १३ कोष दुरीमा रहेको छ । यसको केही भूभाग महकाली नदीसँग जोडिएको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको र आवत जावत गर्न सहज भएको छ । यस गाउँपालिकामा विद्युतिकरण समेत हुन नसकेकाले सौर्य उर्जा (सोलार) को भरमा उज्यालो बाल्न विवस छन । हाल गाउँपालिकाले सडक सञ्जाललाई मुख्य प्राथमिकतामा राखि अघि बढेको छ । यस गाउँपालिकाले कुलाउहुदै पञ्चेश्वर जाने सडकबाट साविकको आम्चौरा गाविस तथा हालको गाउँपालिका भवन सम्म सडक सञ्जाल पुर्याएको छ ।
जसले गर्दा २ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ भने आवत जावतमा सहज भएको छ । अझै सडक विस्तारलाई प्राथमिकतामा राख्दै गाउँपालिका अघि बढेको छ । हाललाई भारतसँगको आवागमनलाई सहज पार्न महाकाली नदीमा झोलुगें पुल निर्माण गर्नु आवश्यक देखिन्छ । यस गाउँपालिकामा व्यापारिक हिसाबले भारतको लोहाघाँट तथा पिथौरागढ बजार मुख्य आवतजावतको रुपमा लिइन्छ । यस गाउँपालिकामा उखुखेती, तेलहन बाली, माहुरी पालनको मुख्य तथा उपयुक्त वातावरण देखिन्छ ।
यसका अतिरिक्त आलु लगायतको तरकारी खेती, फलफुल खेतीको प्रचुर सम्भावना बोकेको छ तर वालि विविधिकरण र व्यवसायिक किसिमले खेतीपाती भने गरेको पाइदैन । गहुँ, धान, मकै, तरकारी र फलफूल लगाउने गरेका छन यहाँका कृषकहरुले । कृषी व्यवसायबाट आयआर्जन वृद्धि गर्न तालिम, उन्नत विउविजन, कृषि सामग्रीलाई परिचालन गर्न जरुरी देखिन्छ । यसका साथै कृषीजन्य उत्पादनमा आधारित घरेलु तथा लघुउद्यम व्यवसाय ग्रामीण व्यापारलाई पनि विकास र विव्स्तार गनर्ग सकिने थप सम्भावनाहरु रहेका छन । यस गाउँपालिकामा धुरा कैलपाल, उदयदेव मन्दिर, देवताल मन्दिर, नागार्जुन मन्दिर, पञ्चेश्वर मन्दिर, चारखाम चौमो मन्दिर, बालाचौमा मन्दिर, कुलाउ मन्दिर लगायतका धार्मिक तथा पर्यटकिय स्थलहरु रहेको छन ।
यो गाउँपालिकाको पूर्वमा मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका, पश्चिममा भारतको सिमाना, उत्तरमा दशरथचन्द नगरपालिका तथा दक्षिणमा शिवनाथ गाउँपालिका रहेको छ । यो गाउँपालिका नेपाल सरकारले स्थानीय निकायलाई स्थानीय तहमा लगेसँगै साविकका पञ्चेश्वर गा.वि.स., महाकाली गा.वि.स. वडा नं. १ देखि ६ सम्म, कुलाउ गाविसको वडा नं. १ देखि ८, आम्चौरा गाविस, गिरेगाडा गाविस र रोडिदेवल गाविसको वडा नं. १, २,३,८ र ९ लाई समायोजन गरि पञ्चेश्वर गाउँपालिका घोषणा गरेको हो ।
केन्द्रः साविक अम्चौरा गा.वि.स
जनसङ्ख्याः १७७९६ (२०७८ अनुसार)
क्षेत्रफलः १२०.४२(वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पन्चेश्वर(१-९) | ३८२६ | २५.७१ |
२ | २ | महाकाली(१-६) | २०२० | ८.२७ |
३ | ३ | कुलाउ(१-८) | २५६९ | १८.६२ |
४ | ४ | आम्चौरा(१-९) | ४६५२ | २९.२२ |
५ | ५ | गिरेगाडा(१-९) | २८८७ | २७.९६ |
६ | ६ | रोडीदेवल(१-३,८,९) | १८४२ | १०.६४ |
जम्मा | १७७९६ | १२०.४२ |
९. नामः दोगडाकेदार गाउँपालि
नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि. जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ ।
दोगडाकेदार गाउँपालिकामा कुल ८ वडा रहेका छन् । १२६.३८ बर्ग कि.मि. को क्षेत्रफलमा फैलिएको दोगडाकेदार गाउँपालिका भू-आकृतिक सबै पहाडी रहेको छ । यस गाउँपालिका को पूर्वमा पुर्चौडी नगरपालिका, पश्चिम मा दशरथचन्द नगरपालिका , उत्तरमा डीलाशैनी गाउँपालिका र दार्चुला जिल्ला छ भने दक्षिण तिर सुर्नया गाउँपालिका रहेको छ । २०७८ साल को तथ्यांकअनुसार यस गाउँपालिकाको कुल जनसंख्या २३१०४ छ । यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । जस्तै :- दशैँ , तिहार, माघी, होलि, गौरा इत्यादी यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाईन्छ ।
केन्द्रः साविक अम्चौरा गा.वि.स
जनसङ्ख्याः २३१०४ (२०७८ अनुसार)
क्षेत्रफलः १२६.३८ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | रीम(१-९) | ३८०० | २२.२५ |
२ | २ | कटौजपानी ( १-३,९) र सित्तड(८, ९) | २५९७ | २०.३४ |
३ | ३ | श्रीकोट(१-९) | ३४१७ | १४.८२ |
४ | ४ | श्रीकेदार (१-९) र दशरथचन्द(१३) | ३०९५ | १४.६७ |
५ | ५ | न्वाली(१-९) | २८४८ | १४.३९ |
६ | ६ | सित्तड(१-७) | ३७५८ | १९.०३ |
७ | ७ | देउलेक(१-९) | १५७६ | ८.४१ |
८ | ८ | कटौजपानी(४-८) | २०१३ | १२.४७ |
जम्मा | २३१०४ | १२६.३८ |
१०. नामः डीलासैनी गा
डिलाशैनी गाउँपालिका सुदूर नेपालको प्रदेश नं. ७ महाकाली अञ्चल अन्तर्गत बैतडी जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । संघीय मामिला तथा स्थानीय विकास २०७३ स्थानीय तह लागु गर्दा बैतडी जिल्लामा साबिकका कोट्पेटरा, रुद्रेश्वर, मठैराज, डिलासैनी र गोकुलेश्वर गाउँ विकास समितिहरुलाइ डिलासैनी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १२५.२८ वर्ग किलोमीटर र जम्मा जनसंख्या २३१०४ रहेको छ । यस गाउँपालिकाको सिमाना पश्चिममा दार्चुलाकाे शैल्यशिखर नगरपालिका, उत्तरमा दार्चुला जिल्लाकाे मार्मा गाउँपालिका र दक्षिणमा दोगडा केदार गाउँपालिका, पुर्चौडी नगरपालिका, पुर्वमा बझाङ जिल्लाकाे बझाङ्ग नगरपालिका सम्म फैलिएको छ ।
केन्द्रः साविक डीलासैनी गा.वि.
जनसङ्ख्याः २३१०४ (२०७८ अनुसार)
क्षेत्रफलः १२५.२८ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कोट्पेटरा(१-५) | ३५१४ | २९.१२ |
२ | २ | कोट्पेटरा(६-९) | ३१३५ | ११.१२ |
३ | ३ | रुद्रेश्वर(१-९) | ३८४६ | २८.७३ |
४ | ४ | मठैराज(१-९) | २७०० | १७.३५ |
५ | ५ | डीलासैनी (१-३) र गोकुलेश्वर(७-९) | ३७१४ | ११.०२ |
६ | ६ | गोकुलेश्वर(१-६) | २६९६ | ९.५ |
७ | ७ | डिलासैनी(४-९) | ३३६१ | १८.४४ |
जम्मा | २२९६६ | १२५.२८ |
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति बैतडी र जिल्ला प्रशासन कार्यालय बैतडी । तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । बैतडी जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
दोगडाकेदार गाउँ पालिकाको केन्द्र साबिकको आमचोरा गा.वि.स.को कार्यालय देखिएको छ । यो ठिकै होकी , मैले नबुझेको हो के रहेछ।