परिचय
लुम्विनी प्रदेश मा अवस्थित बाँके जिल्ला मध्य तथा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रकै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र, तथा मध्य हिमाली तथा सुदुर पहाडी भूभागहरुको हवाई नाका एवम् विकासक्षेत्रको प्रवेशद्वार मानिन्छ । वि.सं. १८७३ को सुगौली सन्धीमा नेपालले गुमाएकोे भू–भागमध्ये वि.सं. १९१७ मा ईष्ट ईण्डिया कम्पनीबाट नेपालले पुरस्कार स्वरुप बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई प्राप्त गरेको थियो, जस्ले कालान्तरमा नयाँ मुलुकका रुपमा पहिचान प्राप्त गरेको हो । यस जिल्लाको नाम बाँके रहनुको पछाडी विभिन्न जनश्रुति, धार्मिक एवं पौराणिक आख्यानहरु रहेको पाइन्छ जस मध्ये केही यस प्रकार छन् ।
१. परापूर्व कालमा तराई क्षेत्रमा औलो, कालाजार जस्ता रोगहरुको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरुको मृत्यु हुन गईसिमित मानिसहरुमात्र बाँकी रहेका मात्रकालान्तरमा बसोवास गरेको ठाँउ भनिँदै जाँदा पछी अपभ्रंश भई यस ठाँउलाई बाँके भन्न थालिएको पाइन्छ ।
२. सत्ययुगमा सतीदेवीको जिब्रो पतन भई त्यस ठाँउमा वाक्यस्वरी देवी उत्पन्न भई स्थापित वाक्यस्वरी (हाल वागेस्वरी) मन्दिर रहेको स्थानलाई छोटकरीमा वाक्य भनिदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि रहेको छ ।
३. परापूर्वकालमा यहाँका मानिसहरुले घाम, पानी, हुरी, वतास, आदिबाट सुरक्षित रहन वरिपरी घुमाएर बाँके खालका घरहरु निर्माण गर्ने गर्थे। अधिकांश बाँके घरहरु रहेको बस्तीलाई बाँके बस्ती भनिँदै जाँदा पछि जिल्लाको नामनै बाँके रहन गएको हो भन्ने जनश्रुतिपनि पाइन्छ ।

भाैगोलीक अवस्थिती
बाँके जिल्लाको दक्षिणी भाग भारतिय सिमानासंग जोडिएकोले मध्यपश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको छ । सरदर यस जिल्लाको पूर्व–पश्चिम लम्बाई करिव ८४ किलोमिटर र उत्तर–दक्षिणको चौडाई करिव ४० कि.मी.अनुमान गरिएको छ । यस जिल्लाको दक्षिण भागमा तराईको समथर भूभाग र उत्तरी भागमा पूर्व–पश्चिम फैलिएको चुरे श्रृंखला पर्दछ । भौगोलिक वनावट अनुसार यस जिल्लालाई तराईको समथर भूमी, उत्तरको भावर प्रदेश र चुरे पर्वत श्रेणी गरीतीन भागमा विभाजन गरिएको छ । भाैगोलिक अवस्थालाइ निम्नानुसार प्रस्तुत गरिएको छ ।
- अक्षांस:- २७ं ५१७३’ उत्तरदेखि २८ं २०७३’उत्तर सम्म
- देसान्तर:- ८१ं २९७३’ पूर्वदेखि ८२ं ८७३’ पूर्व सम्म
- सिमाना:- पूर्वमा दाङ जिल्ला तथा भारतको उ.प्र.को बहराईच जिल्ला
- पश्चिम:- बर्दिया जिल्ला
- उत्तर:- सल्यान बर्दिया र दाङ जिल्ला
- दक्षिण:- भारतको उ.प्र.को बहराईच र श्रावस्ती जिल्ला
- क्षेत्रफल २३३७ वर्ग कि. मि.
- अधिकतम लम्बाई:- ८४ कि.मि.
- औसत चौडाई:- ४० कि.मि.
- भौगोलिक विभाजन:- केही चूरे क्षेत्र र अधिकांश तराई

हावापानीको अवस्थिती
यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चूरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहांको अधिकतम तापक्रम ४६ं से. र न्यूनतम तापक्रम ४.२ं से.सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ। यस जिल्लाको औसत सापेक्षिक आद्रता ७१.४ छ। हावाको औसत वेग ३ कि.मि. प्रति घण्टा छ।
धार्मिक, प्राकृतिक तथा पर्यटकीय क्षेत्र
- धार्मिक स्थल:– बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि।
- पर्यटकीय स्थल:– महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क आदि।
- प्रमुख नदिहरूः राप्ती,मान,डुडुवा ।
- सहायक तालहरूः रानी तलाउ वाटर पार्क ताल

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ३ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ६ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार बाँके जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ उपमहानगरपालिका १ नगरपालिकार ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | नेपालगंज उपमहानगरपालिका | नेपालगञ्ज उपमहानगरपालिका (वडा नं. २३ बाहेक) र हिरमिनिया गा.वि.स. वडा नं. ७ | २३ |
२ | कोहलपुर नगरपालिका | कोहलपुर नगरपालिका र शमसेरगंज गा.वि.स. | १५ |
३ | नरैनापुर गाउँपालिका | कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुर गा.वि.स. | ६ |
४ | राप्ती सोनारी गाउँपालिका | खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी गा.वि.स. | ९ |
५ | बैजनाथ गाउँपालिका | चिसापानी, नौबस्ता, बनकटवा र टिटिहिरिया गा.वि.स. | ८ |
६ | खजुरा गाउँपालिका | रनियापुर, सोनपुर, उढरापुर, बागेश्वरी, सीतापुर र राधापुर गा.वि.स. | ८ |
७ | डुडुवा गाउँपालिका | होलिया, बेतहनी, बनकट्टी, हिरमिनिया (वडा नं. ७ बाहेक) र कम्दी गा.वि.स. | ६ |
८ | जानकी गाउँपालिका | साईगाउँ, बेलभार, खजुराखुर्द, बेलहरी, गनापुर गा.वि.स. र नेपालगंज उपमहानगरपालिका वडा नं. २३ | ६ |
जम्मा | ८१ |
१. नामः नेपालगञ्ज उपमहा
लुम्बिनी प्रदेशको पश्चिम तर्फ र साविक मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दुको रुपमा रहेको प्रमुख ब्यापारिक केन्द्र तथा लुम्बिनी प्रदेश अन्तर्गत्का १२ जिल्लाहरु मध्ये सवैभन्दा महत्वपूर्ण जिल्ला मध्ये बाँके जिल्लाको सदरमुकामको रुपमा रहेको उप–महानगरपालिका हो । शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार, नेपालगञ्ज नगरी, नेपालकै नामबाट स्थापना भएको प्रमुख शहरको रुपमा परिचित स्थान हो ।
यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ मंसीर १६ गतेको निर्णयबाट साविकका १० वटा गा.वि.स. गाभेर २७ वटा वडा कायम गरि नेपालगंज उप–महानगरपालिका घोषणा गरिएको र मिति २०७२।०६।१ को निर्णयबाट पुरैनी गा.वि.स. गाभेर २८ वडा कायम गरिएको थियो ।
मिति २०७३।११।२७ गतेको निर्णयानुसार साविकका २८ वडा परिमार्जन भई २३ वटा वडा कायम गरिएको छ । २३ वडाको कूल क्षेत्रफल क्षेत्रफल ८५.९४ वर्ग किलोमिटर रहेको छ । पुर्व – पश्चिम राजमार्गबाट १० किलोमिटर दक्षिणमा पर्ने नेपाल भारत सिमा नाकासंग जोडिनु यो शहरको अर्को बिशेषता पनि हो । यस नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रसंग सिमाना जोडिएका पालिकाहरु पूर्वमा– डुडुवा गाऊपालिका, पश्चिममा– जानकी गाऊपालिका, उत्तरमा– जानकी गाऊपालिका र कोहलपुर नगरपालिका र दक्षिणमा डुडुवा गाऊपालिका र मित्रराष्ट्र भारतको सीमाना पर्दछ ।
भारतसंग यस उप–महानगरपालिकाको वडा नं. १५ र १६ को सीमा जोडिएको छ । उप–महानगरपालिकाको कूल जनसंख्या १,६४,४४४ मध्ये पुरुष ८२७५५ र महिला ८१६८९ रहेका छन् । सुदुर पश्चिम प्रदेशका सबै जिल्लालाई राजधानी काठमाण्डौं संग जोडने जिल्लाको पहिलो नगरपालिका भएकै कारणले पनि यस उप– महानगरपालिकाको महत्व आफैंमा बढेको छ । यहाँको पुरानो बजारको रुपमा एक्लैनी बजारलाई मानिन्छ ।
नेपालको व्यस्त विमानस्थल मध्येको एक राँझा विमानस्थलबाट काठमाण्डौं र पोखराका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका दूर्गम जिल्लाहरुमा समेत नियमित उडान हुने गर्दछ । सरकारी अस्पतालको रुपमा भेरी प्रादेशिक अस्पताल रहेको छ भने अन्य सामुदायिक तथा नीजि अस्पतालहरु अन्तर्गत् फत्तेबाल आँखा अस्पताल, नेपालगञ्ज शिक्षण अस्पताल रहेका छन् । शिक्षण संस्था तर्फ त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्पसको रुपमा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज नर्सिङ्ग क्याम्पस रहेको छ भने अन्य नीजि क्षेत्रका क्याम्पसहरु समेत रहका छन् ।
भाटभटनी सुपर मार्केट, बाटिका होटल, स्नेहा होटल, सिद्धार्थ होटल, सोल्टी होटल जस्ता महत्पूर्ण तारे होटलहरु समेत यस उप–महानगरपालिका क्षेत्रमा रहेका छन् । यस उप–महानगरपालिकाबाट सहज पहूँचका रुपमा रहेको पर्यटकीय गन्तव्यहरु बाँके राष्ट्रिय निकञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको सीमानाका रुपमा रहेको कर्णाली नदीमा एउटै पिलरको जगमा बनेको पुल समेत घुम्न र हेर्न लायक गन्तव्यमा पर्दछन् । समग्रमा वहुधार्मिक सम्प्रदायहरु एक आपसमा मिलेर बसेकोले धार्मिक सहिष्णुयुक्त शहरको रुपमा पहिचान बनाउन समेत सफल भएको छ ।
केन्द्रः साविक नेपालगञ्ज उपमहा
जनसङ्ख्याः १,६४,४४४
क्षेत्रफलः ८५.९४ (वर्ग कि.मि.)
वडा संख्याः २३
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | नेपालगंज(१) | ८९९० | ०.९६ |
२ | २ | नेपालगंज(२,३) | ६२४४ | ०.७२ |
३ | ३ | नेपालगंज(४,९) | ३३१३ | ०.१६ |
४ | ४ | नेपालगंज(५) | १२७३८ | ०.७८ |
५ | ५ | नेपालगंज(६) | ५८७२ | १.२७ |
६ | ६ | नेपालगंज(७) | ६३६६ | १.११ |
७ | ७ | नेपालगंज(८) | ३४१५ | ०.१६ |
८ | ८ | नेपालगंज(१०,११) | ४६१७ | ०.२५ |
९ | ९ | नेपालगंज(१२) | ५५३४ | १.०१ |
१० | १० | नेपालगंज(१३) | ९४५५ | ३.२५ |
११ | ११ | नेपालगंज(१४,१५) | ५५२२ | ०.२३ |
१२ | १२ | नेपालगंज(१६) | ७२४४ | १.२५ |
१३ | १३ | नेपालगंज(१७,१८) | ६९९९ | ७.५६ |
१४ | १४ | नेपालगंज(१९) | ६३५२ | ६.३६ |
१५ | १५ | नेपालगंज(२०) | ६४८९ | ३.९२ |
१६ | १६ | नेपालगंज(२१) | ७६७२ | ३.६१ |
१७ | १७ | नेपालगंज(२२) | ६२७४ | ५.७४ |
१८ | १८ | नेपालगंज(२४) | १२०४७ | ५.४८ |
१९ | १९ | नेपालगंज(२५) | ८५३७ | ८.७८ |
२० | २० | नेपालगंज(२६) | १४७६७ | १६.३५ |
२१ | २१ | नेपालगंज(२७) | ८२१७ | ७.४६ |
२२ | २२ | नेपालगंज(२८) | ५९३४ | ५.६१ |
२३ | २३ | हिरमिनिया(७) | १८४६ | ३.९२ |
जम्मा | १६४४४४ | ८५.९४ |
२. नामः कोहलपुर नगरपालिका
भौगोलिक स्थिति, क्षेत्रफल र सिमाना :संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ प्रशासनिक संरचना अनुसार कोहलपुर नगरपालिका लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ । पृथ्वीको गोलार्द्धका आधारमा कोहलपुर नगरपालिका २८ डिग्री ७ मिनेट १२ सेकेण्ड देखि १८ मिनेट ५४ सेकेण्ड उत्तरी अक्षांस तथा ८१ डिग्री ३८ मिनेट २४ सेकेण्ड देखि ८१ डिग्री ४९ मिनेट ५१.६ सेकेण्ड पूर्वी देशान्तरमा रहेको छ । यो नगरपालिका नेपालको मध्यपश्चिम तराई क्षेत्रमा पर्दछ । नगरपालिकाको कुल क्षेत्रफल १८४.२६ वर्ग की.मी. छ ।
कोहलपुर नगरपालिकाको पूर्वमा राप्तीसोनारी गाउँपालिका, पश्चिममा बैजनाथ गाउँपालिका, उत्तरमा सल्यान जिल्लाको चुरे पहाड श्रृंखला र दक्षिणमा जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका पर्दछ । बाँके जिल्लाको सदरमुकाम शहर नेपालगञ्ज देखि १० की.मी. उत्तरपट्टि रहेको कोहलपुर नगरपालिका साविकमा भेरी अञ्चल तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दथ्यो ।
नगरपालिकाको नाम तेल पेल्ने कोलबाट भएको हो भन्ने विश्वास छ । कोल भनेको तेलहन जस्तै तोरी, आलस आदि पेलेर तेल उत्पादन गर्ने काठैकाठले बनेको घरेलु यन्त्र हो । नगरपालिकाको स्थापना :विं. स. २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि समसेरगन्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको हो ।
यस नगरपालिका क्षेत्रको करिब ६० किलोमिटर क्षेत्रमा डुडुवाखोला, किरणनाला, सानो डुडुवानाला, इटानाला, रोहीणीखोला, रानीघाट लगायतका खोलाहरु बग्ने गर्दछन् । भूतैया ताल, जोरत्ते टप्पर, जोरत्ते सिमसार क्षेत्र र ताल यस नगरपालिकामा रहेका तातलैयाहरु हुन् । कोहलपुर धार्मिक विविधतायुक्त शहर हो । यहाँ धार्मिक सहिष्णुता झल्काउने विभिन्न धर्मावलम्बीहरुको धार्मिक स्थलहरु रहेका छन् ।
यस नगरपालिकामा कालिका मन्दिर, शिवमन्दिर, मनकामना मन्दिर, शिवालय, राधाकृष्ण मन्दिर, वैष्णोदेवी मन्दिर, जगन्नाथ किरण भवानी, रामजानकी मन्दिर, रानीघाट मन्दिर लगायतका दर्जनौँ हिन्दू धर्मवालम्बीहरुका मन्दिरहरु छन् । विलिभर्स चर्च, बेथेल चर्च, गेश्चमी चर्च आदि क्रिश्चियन धर्मवालम्बीहरुका प्रमुख चर्चहरु हुन् । जहामिया मस्जिद, जहाँमिया कादरी आदि यहाँका मुस्लिम धर्मवालम्बीहरुका धार्मिक स्थलहरु हुन् । साथै यहाँ बुद्ध धर्मवालम्बीहरुको बौद्ध स्तुप पनि रहेको छ ।
केन्द्रः साविक कोहलपुर नगरपालि
जनसङ्ख्याः १०१६६७
क्षेत्रफलः १८४.२६ (वर्ग कि.मि.)
वडा संख्याः १५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कोहलपुर(१) | ४०२९ | ०.७ |
२ | २ | कोहलपुर(२) | १४७५२ | १६.३८ |
३ | ३ | कोहलपुर(३) | ७३२२ | ६.९२ |
४ | ४ | कोहलपुर(४) | ३६३२ | ४.५९ |
५ | ५ | कोहलपुर(५) | ६६४७ | १.५८ |
६ | ६ | कोहलपुर(६) | ५७३१ | ३.१५ |
७ | ७ | कोहलपुर(७) | २८११ | ८.५८ |
८ | ८ | कोहलपुर(८) | ५२०६ | १०.२६ |
९ | ९ | कोहलपुर(९) | ३८१५ | २.८ |
१० | १० | कोहलपुर(१०) | ८७३४ | १३.२४ |
११ | ११ | कोहलपुर(११) | १३७४८ | ३.४५ |
१२ | १२ | कोहलपुर(१२) | ९२४९ | ६.५ |
१३ | १३ | कोहलपुर(१३) | ५३९८ | ९१.२१ |
१४ | १४ | शमसेरगंज(७-९) | ५५६९ | ६.११ |
१५ | १५ | शमसेरगंज(१-६) | ५०२४ | ८.७९ |
जम्मा | १०१६६७ | १८४.२६ |
३. नामः नरैनापुर गाउँपालिका
नरैनापुर गाउँपालिका लुम्विनी प्रदेश अन्तर्गत बाँके जिल्लामा अवस्थित छ । कुल १७२.३४ कि.मी क्षेत्रफलमा फैलिएको यस नरैनापुर गाउँपालिका उत्तर तर्फ बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका, दक्षिण तर्फ भारतको सिमाना, पश्चिम तर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना जोड्ने गरेको छ । यस गाउँपालिकामा ६ वटा गा.वि.स; कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर रहेको छ ।
केन्द्रः साविक नरैनापुर गा.वि.
जनसङ्ख्याः ४३२०६
क्षेत्रफलः १७२.३४ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कटकुइया(१-९) | ७१११ | २७.१ |
२ | २ | लक्ष्मणपुर(१-९) | ७०३३ | २७.३४ |
३ | ३ | कलाफाँटा(१-९) | ५६९७ | १८.९ |
४ | ४ | नरैनापुर(१-९) | ६३२७ | ३८.४ |
५ | ५ | मटेहिया(१-९) | ९२८९ | ३९.५५ |
६ | ६ | गंगापुर(१-९) | ७७४९ | २१.०५ |
जम्मा | ४३२०६ | १७२.३४ |
४. नामः राप्तीसोनारी गाउँ
राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।
केन्द्रः वडा नं. २ अगैया
जनसङ्ख्याः ६६४४५
क्षेत्रफलः १०४१.७३ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | खासकुश्मा(१-९) | ५५०७ | ३००.६४ |
२ | २ | कचनापुर(१-९) | ९०४५ | २८२.२२ |
३ | ३ | बैजापुर(१,२,५,६) | ५७८२ | १६.४२ |
४ | ४ | बैजापुर(३,४,७-९) | ७६१६ | १०१.९२ |
५ | ५ | बिनौना(१-९) | ७९७० | ४६.६ |
६ | ६ | फत्तेपुर(८,९) | ८३४९ | ३८.३७ |
७ | ७ | फत्तेपुर(१-७) | १११४३ | ४८.१ |
८ | ८ | महादेवपुरी(६-९) | ५४४९ | ११३.८ |
९ | ९ | महादेवपुरी(१-५) | ५५८४ | ९३.६६ |
जम्मा | ६६४४५ | १०४१.७३ |
५. नामः बैजनाथ गाउँपालिका
बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ।
साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो। जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन्। जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्य रुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लीम र क्रिश्चियन धर्म मान्ने जनसंख्या पनि यहाँ रहेको छ|
पश्चिमी तराइ क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भुभाग समथर रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भुभागमा चुरे क्षेत्रका विषेशता रहे पनि अधिकांश क्षेत्रहरु समथर रहेको छ। यस गाउँपालिकाको कुल जमिन मध्ये सबैभन्दा बढि क्षेत्रमा खेती गरिएको छ भने मध्यवर्ती क्षेत्र लगायतको बन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ।
केन्द्रः वडा नं. ५ रामपुर
जनसङ्ख्याः ६९४७२
क्षेत्रफलः १४१.६७ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | चिसापानी(१-९) | ९००८ | ३८.६९ |
२ | २ | नौबस्ता(१-३) | ९१४० | १८.१ |
३ | ३ | नौबस्ता(४-७) | ८७४७ | १४.२६ |
४ | ४ | नौबस्ता(८,९) | ९०३३ | १५.८ |
५ | ५ | बनकटवा(४,६-८) | १०९४५ | १४ |
६ | ६ | बनकटवा(५,९) | ९२२५ | ८.८७ |
७ | ७ | बनकटवा(१-३) | ३२०८ | ८.३८ |
८ | ८ | टिटिहिरिया(१-९) | १०१६६ | २३.५७ |
जम्मा | ६९४७२ | १४१.६७ |
६. नामः खजुरा गाउँपालिका
खजुरा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ । उचाइमा विवधता नभएकोले भौगोलिक रुपमा अनुकूल यो गाउँपालिकामा समुद्र सतहबाट १३० मि. देखि १६४ मि.को उचाईसम्मको मात्र विविधता रहेको छ । १०१.९१ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछन् ।
तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुना बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय बमोजिम साविकका गा.वि.स. बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, र रनियापुर समेटर ८ वटा वडाहरू कायम गरी यो गाउँपालिका निर्माण गरिएको हो ।
यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.९१ वर्ग किलोमिटर रहेको छ | २०७८ को जनगणना अनुसा खजुरा गाउँपालिकाको कुल जनसंख्या ६२७८९ रहेको छ जस मध्य पुरुषको जनसंख्या २९५७९ र महिला जनसंख्या ३३२१० जना रहेको छ र जम्मा परिवार संख्या १३७०६ रहेको छ | यस गाउँपालिकाको मुख्य बजार खजुरा १ र खजुरा २ मानिन्छ | २०७८ को जनगणना अनुसार गाउँपालिका तर्फ सबै भन्दा बढी जनसख्या हुनेमा खजुरा गाउँपालिका तेस्रो स्थान रहेको छ |
केन्द्रः साविक बागेश्वरी गा.वि
जनसङ्ख्याः६२७८९
क्षेत्रफलः १०१.९१ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | राधापुर(१-९) | ३७७० | ८.३७ |
२ | २ | सीतापुर(१-९) | १०१२४ | १८.३७ |
३ | ३ | बागेस्वरी(१-३,५) | ८१३३ | १२.६५ |
४ | ४ | बागेस्वरी(४,६-९) | ७०६४ | १२.७४ |
५ | ५ | उढरापुर(१,३-५,८,९) | ७२९८ | ८.५७ |
६ | ६ | उढरापुर(२,६,७) | ७९०१ | १०.६८ |
७ | ७ | सोनपुर(१-९) | १०४३६ | १४.२ |
८ | ८ | रनियापुर(१-९) | ८०६३ | १६.३३ |
जम्मा | ६२७८९ | १०१.९१ |
७. नामः डुडुवा गाउँपालिका
नेपालको लुम्बिनी प्रदेश स्तिथ बाँके जिल्लामा अवस्थित ८ वटा स्थानीय तहहरु मध्य नेपाल-भारतको सिमासम्म फैलिएको डुडुवा गाउँपालिका आफ्नै मौलिक पहिचान भएको गाउँपालिका हो । बि.स. २०७३ साल फाल्गुन २७ गते स्थापित यस गाउँपालिकाको नामाकरण डुडुवा नाला/खोलाको नामबाट गरिएको हो । साविकको कम्दी, होलिया, बेतहनी, बनकट्टी, हिरमिनिया (साविक ७ न. वडा बाहेक) गा.वि.स. लाई एकिकृत गरि यस गाउँपालिकाको स्थापना गरिएको हो ।
आर्थिक रुपले सम्भावना यूक्त, प्राकृतिक रुपले भरिपुर्ण, सामाजिक संस्कृतिक रुपले विवीधता भएको यस गाउँपालिका नेपालको तराई क्षेत्रमा अवास्थित छ । यसको सिमाना दक्षिण पूर्वमा नरैनापुर गाउँपालिका र भारत, उत्तरपूर्वमा राप्तिसोनारी गाउँपालिका, उत्तरमा कोहलपुर नगरपालिका र पशचिममा नेपालगंज उपमहानगरपालिका रहेको छ ।
कुल ९१.१ वर्ग कि.मी. मा फैलिएको यस गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् । गाउँपालिकाको केन्द्र वडा न. ३ को वनकट्टीमा रहेको छ भने वडा न. १ को केन्द्र होलियामा, वडा न. २ को केन्द्र बेतहनी, वडा न. ४ को केन्द्र कम्दीको शहपुर्वा, वडा न. ५ को केन्द्र कम्दी र वडा न. ६ को केन्द्र हिरमिनियामा रहेको छ ।
यस गाउँपालिकाको जम्मा जनसंख्या ४३१३५ रहेको छ जसमध्य पूरुष २१८३२ र महिला २१३०३ रहेको छन् । नागरिकहरुको मुख्य पेशा कृषि हो भने खरिद विक्री तथा कामको शिल- सिलमा अधिकाँश नागरिकहरु नेपालगंज र भारतको रुपैडिहा जाने गर्दछन ।
विविध धर्मावालीहरुको मिश्रित वसोवास रहेको यस गाउँपालिका धार्मिक राष्ट्रियताको नमुनाको रुपमा रहेको छ । मठ मन्दिर मस्जिद साथै अन्य धार्मिक आस्थाका पवित्र केन्द्रहरुले भरिपुर्ण यस गाउँपालिकामा राप्ती नदी, डुडुवा खोला साथै सामाजिक वनजंगलहरु पनि अवस्थित छन् ।
केन्द्रः साविक बनकट्टी गा.वि.स
जनसङ्ख्याः ४३१३५
क्षेत्रफलः ९१.१ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | होलिया(१-९) | ५८७२ | १९.०२ |
२ | २ | बेतहनी(१-९) | ९२२६ | २०.२९ |
३ | ३ | बनकट्टी(१-९) | ७६३८ | १४.४९ |
४ | ४ | कम्दी(१-६) | ५२६१ | ७.०८ |
५ | ५ | कम्दी(७-९) | ६६८० | १९.६८ |
६ | ६ | हिरमिनिया(१-६,८,९) | ८४५८ | १०.५४ |
जम्मा | ४३१३५ | ९१.१ |
८. नामः जानकी गाउँपालिका
तत्कालीन मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख औधोगिक,ब्यापारिक र कृषि योग्य स्थल शहर बाँके जिल्लामा अवस्थित जानकी गाउँपालिका पनि एक व्यापारिक तथा अधौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो र यसको क्षेत्र सुर्खेत रोड को मनिकापुर एरपोर्ट को सीमाना देखि खजुरा रोड हुँदै साई गाउँ भारत को सीमाना संग जोडेको देखाउछ| यस गाउँपालिकामा जम्मा वडा ६ वटा रहेको छ र यस गाउँपालिकाको कुल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर रहेको छ |
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जानकी गाउँपालिकाको कुल जनसंख्या ४६१४१ रहेको छ जस मध्य पुरुषको जनसंख्या २३३०६ र महिला जनसंख्या २२८३५ रहेको छ जानकी गाउँपालिकाको कुल घरधुरी संख्या ८८२६ रहेको छ | यस गाउँपालिकाको मुख्य बजार पिप्रवा चोक र मानपुर मानिन्छ | यस जानकी गाउँपालिका क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरु पूर्वमा– नेपालगंज, पश्चिममा– खजुरा सिमाना, उत्तरमा– कोहल्पुर, र दक्षिणमा – भारतको सिमाना रहेका छन ।
केन्द्रः साविक खजुराखुर्द गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ४६१४१
क्षेत्रफलः ६३.३२ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | साईगाउँ(१-९) | ७६७६ | ८.९६ |
२ | २ | बेलभार(१-९) | ६०४४ | ६.५८ |
३ | ३ | नेपालगंज २३ खजुराखुर्द १() | १२६२३ | ९.८३ |
४ | ४ | खजुराखुर्द(२-९) | ६३९९ | १०.४१ |
५ | ५ | बेलहरी(१-९) | ६२२१ | १६.२२ |
६ | ६ | गनापुर(१-९) | ७१७८ | ११.३२ |
जम्मा | ४६१४१ | ६३.३२ |
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति बाँके र जिल्ला प्रशासन कार्यालय बाँके। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । बाँके जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
धेरै राम्रो लाग्यो। यति धेरै जानकारीहरु राखी दिनु भएको मा धेरै धेरै धन्यबाद दिन चाहन्छु।