परिचय
पाँचथर कोशी प्रदेश अन्त्रगत तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र अन्तरगत मेची अञ्चलको मध्य पहाडी जिल्ला हो । यस जिल्लाको क्षेत्रफल १२४१ वर्ग कि. मि. मा फैलिएको छ । पाँचथर जिल्लाको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट कुनै आधार नदेखिएता पनि शोधकर्ताहरूका आधारमा पाँचथर “पान्थरथुम” शब्दबाट नामाकरण भएको भन्ने भनाई रहेको छ ।
पान्थरथुम शब्द पान्थरू र थुम मिलेर बनेको शब्द हो । पान्थरू को अर्थ कुरामा सहमति मिलेको र थुमको अर्थ ईलाका वा किल्ला हो । यसै अर्थका आधारमा, नेपाल एकीकरण पश्चात् यहाँ चली आएका धर्म/संस्कृति र रीतिरिवाजका वारेमा फेदेनमा चुम्लुङ्ग सभा बसी तयार गरेका निर्णय तत्कालीन नेपाल सरकारमा पेश हुँदा तत्कालीन राजाले त्यसलाई स्वीकृति दिए पछि लिम्बुवान क्षेत्रको रीतिरिवाज सम्बन्धी कुरा मिलेको (पान्थररू) हुँदा यस क्षेत्र कै नाम पान्थर रहेको हो भन्ने मत रहेकाे छ ।

किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी सम्वत ५५० ताकाको ऐतिहासिक वर्णनमा नै “पान्थर” शब्द प्रयोग भएको पाइन्छ। मनोरम धरातलीय बनोट, उच्च भू–भाग र यहाँ पाइने बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतो जस्ता वनस्पति आदिले यस जिल्लाको पर्यटकीय आकर्षण पनि उत्तिकै बढि रहेको छ । यो जिल्ला पल्लो किरातको नामले पनि प्रसिद्ध छ । महत्वपूर्ण विषयहरूमा निर्णय लिनुपर्दा प्राचीन समयका विभिन्न लिम्बुवान थुमका राजाहरू संयुक्त रूपमा आम्मे पोजोमा भन्ने तीर्थ स्थलमा जम्मा भई चुम्लुङ्ग (सभा) गरी निर्णय लिने परम्परा भएको किमवदन्ती छ ।

यस जिल्लामा लिम्वू, राई, मगर, गुरुङ, सुनुवार माझी, भुजेल र तामाङ, जस्ता जाती जनजातिको बसोबास तथा छुट्टाछुट्टै भाषा र संस्कृति छ । यस जिल्लामा विभिन्न किसिमका धर्म र संस्कृति मान्ने जात जाती र भाषा भाषीको संगम स्थलको रूपमा हेरिन्छ । पाँचथर जिल्लामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता सम्पन्न पर्यटकीय स्थलहरू पनि छन् । भौगोलिक बनावट, हावापानी, वन जङ्गल, नदी नाला र पाेखरी तथा विभिन्न जनजातिहरूको रहनसहन, भेष भूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्व बोकेको छ ।वि.स. २०६८ काे जनगणनाअनुसार यस जिल्लाको कुल जनसंख्या १९१,८१७ छ ।

भौगोलिक वनावट
नेपालको मानचित्रमा पाँचथर जिल्लाको फैलावट २६.२८ देखी २६.५९ उत्तरी अक्षांश र ८०.०२ देखी ८७. ३० पूर्वी देशान्तरमा अवस्थित छ । यस जिल्लाको पूर्वमा भारतको सिक्किम र दार्जिलिङ्ग, पश्चिममा तेह्रथुम र धनकुटा उत्तरमा ताप्लेजुङ तथा दक्षिणमा इलाम र मोरङ जिल्लासँग सिमाना जोडिएको छ । पहाडी, उच्च पहाडी र केही हिमाली भू–भागमा फैलिएको यो जिल्ला समुन्द्र सतहबाट ६०९ मिटर (जिल्लाको दक्षिण तमोर बगर) देखि ४३३८ मिटर (फलैचा गाविसको चुचुरो) सम्म फैलिएर रहेको छ ।
यस जिल्लाको कूल क्षेत्रफल १,२५,२८९ हेक्टर (१२४१ व.कि.मि.) मध्ये भू–उपयोगको दृष्टिकोणमा कृषियोग्य क्षेत्रफल ६५,५४७ हेक्टर, वनजंगलले ढाकेको भू–भाग ५७,७०७ हेक्टर, सामुदायिक वनले ढाकेको क्षेत्रफल १३,२४३ हेक्टर, कवुलियती वनले ढाकेको क्षेत्रफल ५६४ हेक्टर, बुट्यान क्षेत्र ७,८८७ हेक्टर, चरन क्षेत्र ५,२९२ हेक्टर, सिंचित क्षेत्रफल ८,६७१ हेक्टर, बाह्रै महीना सिंचित हुने ७५० हेक्टर, आंशिक सिंचाई हुने ७,९२१ हेक्टर रहेको छ ।
प्राकृतिक श्राेत र साधन
हावापानी र नदिनाला
अधिकतम तापक्रम २६.१ डिग्री सेल्सियस र न्युनतम १२.३ डिग्री सेल्सियस मापन गरिएको पाईने यस जिल्लामा बार्षिक कुल औसत बर्षा २०७१ मि.मि. सम्मको मापन रहेको छ । पाँचथर र तेह्रथुम सिमाना भइ वग्ने सप्तकोशीको सहयाक तमोर नदी साथै पाँचथर र ताप्लेजुङ्गको सिमाना भइ वग्ने कावेली नदी गरी २ ठुला नदीहरु रहेका छन् ।
त्यसैगरी पौवा, लिम्वा धुंवा, छोरुङ्गा, जिङ्जीवा, फेकुवा, होक्मा, आपतवा, चङग सवेवा, लेनुना, नविवा, नुबुचा, सुभाङ, मूवा, निवा, खेतुङ, मोरङ, काली, नावा, मेवा, थामथुम, गडेरो, छाँगो, लखुवा, मुक्तुरा, पहेवा, पेकुवा खोला, सावा खोला, निवु खोला, सिवा खोला, नाम्दु खोला, फेमे खोला, सिवुवा खोला, हेवाखोला, लिवा खोला, इँवा खोला, र नावा खोला गरी ३६ वटा साना खाेलाहरू रहेका छन ।

वनजंगल
पाँचथर जिल्ला वन सम्पदाको दृष्टिकोणले पनि धेरै धनी मानिन्छ । यस जिल्लाम निजी, सामुदायिक, सरकारी र कबुलियत वनहरु रहेका छन् । यस जिल्लामा हाल सम्म २९ कबुलियत वन रहेको छ जसले ६५८ घरधुरीलाई प्रत्यक्ष फाईदा पुर्याएको छ भने २६९ सामुदायिक वनहरु रहेको छ, जसले १३,९०५ लाई प्रत्यक्ष लाभान्वित पुर्याएको छ । यस जिल्लाको तल्लो भागमा भागमा तातो हावापानी भएको कारण साल सिसौ आदि जस्ता कडा काठका रुखहरु पाईन्छ भने माथिल्लो भागमा चिसो हावापानीमा पाईने रुख बिरुवाहरु पाईन्छ । यस जिल्लाको हावापानी र भौगोलिक विविधताका कारण पनि यहाँको वन र वनसम्पदामा विविधता पाइन्छ ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचना अनुसार पाँचथर जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा ८ वटा स्थानीयतह निर्माण गरेको छ । जसमा १ नगरपालिका र ७ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | फिदिम नगरपालिका | फिदिम नगरपालिका, नागिन, लुंगरुपा, लुम्फावुंग, याङनाम (१-५) र रानीटार गा.वि.स. | १४ |
२ | फालेलुङ गाउँपालिका | एकतीन, मेमेङ, प्राङबु, याङनाम (६-९) र सिदिन गा.वि.स. | ८ |
३ | फाल्गुनन्द गाउँपालिका | नवमीडाँडा, इम्बुङ, पौवासार्ताप, चिलिङदिन, आङसराङ र फाक्तेप गा.वि.स. | ७ |
४ | हिलिहाङ गाउँपालिका | अमरपुर, पञ्चमी, सुभाङ र भारपा गा.वि.स. | ७ |
५ | कुम्मायक गाउँपालिका | यासोक, रानीगाउँ, माङजाबुङ, र स्याबरुम्बा गा.वि.स. | ५ |
६ | मिक्लाजुङ गाउँपालिका | आरुबोटे, सराङडाँडा, रवि, कुरुम्बा, लिम्बा र दुर्दिम्बा गा.वि.स. | ८ |
७ | तुम्बेवा गाउँपालिका | आङना, वालने, हाङ्गुन र मौवा गा.वि.स. | ५ |
८ | याङवरक गाउँपालिका | च्याङथापु, फलैचा, ओयाम, थर्पु र नागि गा.वि.स. | ६ |
जम्मा | ६० |
१. नामः फिदिम नगरपालिका(Phidim Municipality)
नेपालको सदुरपुर्वमा रहेको पाँचथर जिल्ला संघीय गणतान्त्रिक संसदिय प्रणालीको नयाँ संरचना अनुसार प्रदेश नं.१ अन्तर्गत पर्दछ । अन्य जिल्ला भन्दा फरक पहिचान बोकेको यस जिल्लाइ एक नगर पालिका र ७ गाँउपालिकामा विभाजन गरिएको छ । एक मात्र फिदिम नगरपालिकामा जिल्लाको सदरमुकाम रहेको छ। यो नगरपालिका समुद्र सतहबाट १३८० फिट फिदिम-४ माझिटार देखि १०७३७ फिट लुङरुपाको छिन्तापुडाँडा उचाइमा अवस्थित छ । पुरानो संरचनाका आठ वटा गाउँ विकास समितिलाइ मिलाएर पुनसंरचना गरिएको यसको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा ४८४९५ जनसंख्या रहेको छ ।
प्रचीन समयमा पल्लो किराँतको नामले चिनिएको याे जिल्ला लिम्बुवान क्षेत्रको केन्द्रका रुममा रहेको थियो । उस जिल्लाको सदरमुकाम फिदिम (फेदेन) मा दश लिम्बुवान क्षेत्रका राजाहरुले संयुत्त सभा गरी सामुहिक रुपले महत्वपुर्ण विषयहरु यहाँ स्थित आम्बेपाजो भन्ने तिर्थ स्थलमा चुम्लुङ द्धारा निर्णय गर्ने परम्परा रहेको देखिन्छ । यस जिल्लाको नामाकरणका बारेमा स्पष्ट आधार नभेटिए पनि जनश्रुतीलाइ नामाकरण आधार मानिदै आएको छ।पान्थरुको अर्थ कुरा थामेको र थुमको अर्थ इलाका/किल्ला भन्ने हुन्छ ।
यसै शब्दार्थका आधारमा नेपाल एकीकरण पश्चात यहाँका चलिआएका धर्म संस्कृति र रितिरिवाजका बारेमा फेदेनमा चुम्लुङ बसी गरिएका निर्णय नेपाल सरकारमा पेश हुँदा तत्कालीन राजाले त्यसलाइ स्वीकृति दिएको हुँदा लिम्बुवानको रितिरिवाज सम्बन्धी कुरामिलेको हुँदा यस क्षेत्रको नाम पान्थरु रहेको र पछि प्रयोग गर्दै जाँदा अपभ्रंश भइ पाँचथर भएको पाइन्छ । अर्को तर्फ इस्वी सम्वत ५५० ताका किराँत इतिहासको वर्णन गर्ने क्रममा पान्थरु शब्दको प्रयोग गरेको पाइन्छ । यसरी नै फिदिम भन्ने शब्द लिम्बू भाषाको ” फेदेन ” शब्दलाइ प्रयाेग गराइको अपभ्रंशबाट रुपान्तरित भइ फिदिम भएको पाइन्छ ।
केन्द्रः साविक फिदिम नगरपालिका
जनसङ्ख्याः ४८४९५
क्षेत्रफलः १९२.५ (वर्ग कि.मि.)
वडा संख्याः १४
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | फिदिम(१) | ८९४४ | ७.४२ |
२ | २ | फिदिम(२) | ४११३ | ६.४३ |
३ | ३ | फिदिम(३) | २२४२ | ९.३३ |
४ | ४ | फिदिम(४,५) | ४३८१ | १४.१ |
५ | ५ | फिदिम(६-८) | ३०६७ | १४.४२ |
६ | ६ | फिदिम(९-११) | ३३३२ | १४.३९ |
७ | ७ | रानीटार(१-४) | २६५८ | ११.४ |
८ | ८ | रानीटार(५-८) | ३००२ | १६.८९ |
९ | ९ | लुम्फावुङ(१-९) | १९९२ | १५.५१ |
१० | १० | याङनाम(१-५) | २६३८ | १०.८६ |
११ | ११ | नागिन(१-५) | २९४३ | १३.२९ |
१२ | १२ | नागिन(६-९) | ३१९९ | १२.७२ |
१३ | १३ | लुगंरुपा(१-३,७-९) | ३१२४ | २५.८६ |
१४ | १४ | रानीटार (९) र लुंगरुपा(४,५,६) | २८६० | १९.८८ |
जम्मा | ४८४९५ | १९२.५ |
२. नामः फालेलुङ गाउँपालिका(Falelung Gaunpalika)
नेपालको सुदूरपूर्वी जिल्ला पाँचथरको पनि सुदूरपूर्वी भागमा फालेलुङ गाउँपालिका अवस्थित छ । महाभारत पर्वत श्रृंखलाको फालोट क्षेत्रमा पर्ने आकर्षक कुखुराको भाले आकारको ढुंगा जसलाई स्थानीय लिम्बू लवजमा ‘फालेलुङ’ भनिन्छ, त्यसैबाट यस गाउँपालिकाको नाम ‘फालेलुङ’ रहन गएको हो । फालेलुङ गाउँपालिकाको पूर्वमा भारतको सिक्किम र पश्चिम बंगाल राज्यहरु, उत्तरमा याङवरक गाउँपालिका, पश्चिममा हिलिहाङ गाउँपालिका र दक्षिणमा फिदिम नगरपालिका तथा इलामको सन्दकपुर गाउँपालिका पर्दछन् ।
कुल २०७.१४ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यस गाउँपालिका ८ वटा वडाहरुमा विभक्त छ । ४९१५ घरधुरीमा १०,२४२ महिला र १०,११९ पुरुष गरी २०३६१ जना मानिसहरुको बसोबास रहेको छ । ५,५६५ हेक्टर वन क्षेत्र भएको यस गाउँपालिकामा २०,३२० हेक्टर जमिनमा खेतीपाती लगाइन्छ । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने फालोट, तीन सिमाना, चारराते प्रचुर संभावनाले युक्त सुप्रसिद्ध पर्यटकीय गन्तव्यहरु हुन् । वर्षको ४ महिना हिउँले ढाक्ने यी क्षेत्रमा २८ प्रजातिका गुराँसहरु तथा दर्जन बढी प्रजातिका अमूल्य जडिबुटीहरु पाइन्छन् ।
हेंवाखोला, खेउथाम खोला, नवमीखोला, मुवाखोला आदि यहाँका प्रमुख नदीहरु हुन् भने पानावा झर्ना, मुवा झर्ना, तीन छाँगे झर्ना आदि यहाँका मनमोहक झर्नाहरु हुन् । सुकेपोखरी, लामपोखरी, भैंसे पोखरी, जलजले पोखरी, हेंवागंगा यस गाउँपालिकाका चित्ताकर्षक तालतलैयाहरु हुन भने शिवगंगा, आगेजुङ गुम्बा, पाथीभरा, महादेवस्थान, नरेलुङ धाम, हेंवाकोठी, बुढीथाम, पुस्तके ढुंगा आदि यहाँका पवित्र धार्मिक स्थलहरु हुन् । पशुपालन, खेतीपाती र पर्यटन व्यवसाय नै यहाँका मानिसहरुका मूख्य पेशा हुन् । यस गाउँपालिकामा लिम्बू, राई, क्षत्रीय, ब्राह्मण, मगर, तामाङ, दलित आदि विविध जातजातिको साझा बसोबास रहेको पाइन्छ । यहाँको ‘प्रकृति’ र ‘संस्कृति’ मा ‘प्रविधि’ समेत जोड्न सकेमा निकट भविष्यमै फालेलुङ गाउँपालिकाको उज्यालो भविष्यको सहज परिकल्पना गर्न सकिन्छ ।
केन्द्रः वडा नं. ३ थोक्लिम्बा
जनसङ्ख्याः २०३६१
क्षेत्रफलः २०७.१४ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | एकतीन(५,६,८,९) | २०९२ | १८.१४ |
२ | २ | एकतीन(१-४,७) | २७७१ | १३.२६ |
३ | ३ | मेमेङ(२-६,८) | २९२४ | ३९.०५ |
४ | ४ | मेमेङ (१,७,९) र प्राङवुङ(६,७) | २१८४ | ४३.१५ |
५ | ५ | प्राङवुङ(१-५,८,९) | ३४३६ | २३ |
६ | ६ | सिदिन(१-४) | १७४८ | ४३.०२ |
७ | ७ | सिदिन(५-९) | २६०९ | १५.७७ |
८ | ८ | याङनाम(६-९) | २५९७ | ११.७६ |
जम्मा | २०३६१ | २०७.१५ |
३. नामः फाल्गुनन्द गाउँपालि
नेपाल एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा रुपान्तरित भएको छ । संघीय व्यवस्था अनुसार नेपालमा संघ, सात प्रदेश र ७५३ स्थानीय तहको गठन भएको छ, जसमा पाँचथर जिल्लामा ८ स्थानीय तहको गठन भएको छ । फाल्गुनन्द गाउँपालिका मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित छ । विशाल क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको जनसंख्या २१,२८९ रहेको छ । वि.सं. २०७३÷११÷२७ गते राजपत्रमा सुचना प्रकाशित भएसँगै र पछिल्ला सचिवस्तरीय निर्णयसँगै देशका विभिन्न ७५३ वटा स्थानीय तह भएसँगै यो गाउँपालिका पनि अस्तित्वमा आएको छ ।स्थानीयवासीहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ७ वटा वडामा विभाजन गरिएको छ । साविकका नवमीडाँडा, इम्बुङ, पौवा सारताप, चिलिङदिन, फाक्तेप र आङसराङ गा.वि.स.लाई समावेश गरि यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा ईलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा कुम्मायक गाउँपालिका, उत्तरमा फिदिम नगरपालिका र दक्षिणमा मिक्लाजुङ गाउँपालिका रहेका छन् ।
यो गाउँपालिका पाँचथर जिल्लाको दक्षीण पश्चीम क्षेत्रको दुर्गम स्थानमा रहेको गाउँपालिका हो । यस गाउँपालिकामा ५५ प्रतिशत लिम्बु १५ प्रतिशत क्षेत्री बाहुन १० प्रतिशत राई १० प्रतिशत तामाड्ढ ५ प्रतिशत दलित १ प्रतिशत सुनुवार १ प्रतिशत मगर १ प्रतिशत नेवार तथा २ प्रतिशात माझी, कुमाल लगायतका अल्पसङख्यक र अन्य जातीको बसोबास रहेको छ । यो गाउँपालिका सदरमुकाम फिदिम देखी लगभग १५ कि.मि. टाढा रहेको छ । यो लब्रेकुटी, सिलौटी डाडा, पौवाभञ्ज्याङ, तिजोक डाँडा, नाम्तोक डाँडा, सुकेपोखरी लगायत अन्य थुप्रै प्राकृतिक तथा नाम्सामी–केसामी, युमा माङहिम, सिंहदेवी मन्दिर, निवुखोला स्थित पवित्र तिर्थस्थल साप्सु आदिजस्ता धार्मिक सम्पदाहरुले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ७ वडामा बिभाजन गरीएको छ । यसमा आदिबासी जनजातीको बाहुल्यता रहेको छ ।
केन्द्रः साविक फाक्तेप गा.वि.स
जनसङ्ख्याः २१२८९
क्षेत्रफलः १०७.५३ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | नवमीडाँडा(१-९) | ३४४५ | २१.८६ |
२ | २ | इम्बुङ(१-९) | १९१० | ९.८२ |
३ | ३ | पौवासार्ताप(१-९) | ४१२७ | १९.७ |
४ | ४ | चिलिङदिन(१-९) | ३३८५ | १४.२४ |
५ | ५ | फाक्तेप(१-९) | ३६१२ | १५.५ |
६ | ६ | आङसराङ(१-४,९) | २४९७ | १४.६ |
७ | ७ | आङसराङ(५-८) | २३१३ | ११.८१ |
जम्मा | २१२८९ | १०७.५३ |
४. नामः हिलिहाङ गाउँपालिका(Hilihan Gaunpalika)
नेपालको कोशी प्रदेशको पहाडी जिल्लाको रुपमा पाँचथर जिल्ला रहेको छ । नेपाल राष्ट्र निर्माण पूर्व यस क्षेत्रको चिनारि ऐतिहासिक पल्लो किराँतको रुपमा रहेको थियो । यस जिल्लाको आफ्नै लामो र पुरानो इतिहास छ । नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार संघीय शासकीय स्वरुप बमोजिम राज्य पुर्नसंरचनाबाट यस जिल्लामा ८ ओटा स्थानिय तहहरुको गठन गरिएको छ । १ नगरपालिका तथा ७ गाउँपालिकाको रुपमा स्थानिय तहको प्रशासनीक संरचना निर्धारण गरिएको छ । यस अन्तर्गत साविकका अमरपुर, पञ्चमी, सुभाङ र भारपा गा.वि.स.हरु मिलि हिलिहाङ गाउँपालिका बनेको छ ।
यस गाउँपालिकाको नामाकरण ऐतिहासिक हिलिहाङ योङहाङ राजाको नाममा गरिएको छ । तत्कालिन याङवरक थुमका शक्तिशाली राजा हिलिहाङ योङहाङले राज्य गरेको इतिहास स्थानीय जनश्रृतिमा मात्र सिमित नभएर ऐतिहासिक हड्सन पाण्डुलिपिमा समेत हिलिहाङ राजाको वर्णन गरिएको छ । नेपाल राष्ट्र निर्माणको क्रममा गोर्खाली फौजहरु वल्लो किराँत तथा माझ किराँतलाई विजय गरेर अरुण खोला पूर्व पल्लो किराँत प्रवेश गरेदेखि यहाँका रैथाने आदिवासी जनजाती लिम्वुहरुसंग सम्पर्क स्थापित भएको समयदेखि नै यस क्षेत्रका विभिन्न थुमका साना राजाहरुलाई विजय प्राप्त गर्दै याङ्वरक थुमका हिलिहाङ राजासंग पनि युद्ध भएको इतिहासमा पढ्न पाइन्छ । हिलिहाङ राजाका छिमेकी राज्य सिक्किमसंग पनि राम्रो सम्वन्ध रहेको र उहाँको चेलीको विवाह सिक्किमका नामग्याल राजासँग भएको र सिक्किमे राजाले गोर्खालीसंगको युद्धमा हिलिहाङ राजालाई सहयोग गरेका पाइन्छ ।
यस गाउँपालिकाका वडा नं. ३ स्थित भोटेगढी डाँडा, वडा नं. ४ स्थित हिलिहाङ दरवार क्षेत्रले ऐतिहासिक पुरातात्विक महत्व वोकेका छन । यस क्षेत्रको सामाजिक सांस्कृतिक ऐतिहासिक पहिचानको सम्मान गर्दै यस गाउँपालिकाको नाम हिलिहाङ गाउँपालिका राखिएको हो । १९,०८५ जना जनसंख्या रहेको यस गाउँपालिकाको क्षेत्रफल १२३.०१ वर्ग कि.मी. रहेको छ भने सिमानाको पुर्व तर्फ फालेलुङ र याङवरक गाउँपालिका, उत्तरमा याङवरक गाउँपालिका र ताप्लेजुङ्ग जिल्ला साथै पश्चिममा तेह्रथुम जिल्ला र दक्षिणमा फिदिम नगरपालिका पर्दछ । समुन्द्री सतहदेखी १३८० फिट उचाई (हिलिहाङ ७, माझिटार तमोरबगर) देखी ५४०० फिट उचाई (आगेजुङ्ग गुम्बा) सम्म यसको फैलावट रहेको छ । प्रसिद्ध पर्यटकीय स्थलहरु जोरपोखरी, आगेजुङ्ग गुम्बा, हिलिहाङ दरबार परिसर, मृदुङ्गा झरना, डोप्किले सानोपाथिभरा आदि यस गाउँपालिकाको पर्यटन तथा पहिचानका आधारहरु हुन ।
केन्द्रः साविक पञ्चमी गा.वि.स.
जनसङ्ख्याः १९०८५
क्षेत्रफलः १२३.०१ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | अमरपुर(१-५) | २३१४ | १३.९४ |
२ | २ | अमरपुर(६-९) | ३०२० | २०.१६ |
३ | ३ | पंचमी(१-३,५) | २१५३ | १२.९६ |
४ | ४ | पंचमी(४,६-९) | १९०१ | ११.२४ |
५ | ५ | सुभाङ(३-९) | ३४५६ | २१.१९ |
६ | ६ | भारपा(१-६) | ३०५३ | १३.८९ |
७ | ७ | सुभाङ (१,२) र भारपा(७-९) | ३१८८ | २९.६३ |
जम्मा | १९०८५ | १२३.०१ |
५. नामः कुम्मायक गाउँपालिका(Kummayak Gaunpalika)
नेपालको संविधान २०७२ को संघीय संरचना अनुसार काेशी प्रदेशको पाँचथर जिल्लामा रहेका एक नगरपालिका र ७ वटा गाउँपालिका मध्ये कुम्मायक गाउँपालिका पनि एक हो । कुम्मायक गाउँपालिकाको नामाकरण यस क्षेत्रमा रहेको ऐतिहासिक एवं प्रसिद्ध धार्मीक स्थल कुम्मायकको नामबाट गरिएको हो । लिम्बु भाषामा कुम्मायकको अर्थ ठुलो गढ वा किल्ला भन्ने हुन्छ । विक्रमको १६ औं शताब्दीतिर यस क्षेत्रमा पापोहाङ राजाले राज गरिरहेको बेला तमोर नदिमा राज गरेर बसेको साँबाहाङले यस यासोक क्षेत्रमा आक्रमण गर्ने धावा बोले । उहि समयमा यस क्षेत्रका पापोहाङ सेनाहरुले हाल कुम्मायक रहेको क्षेत्रमा ठुलो गढ बनाए र कुस्सायक क्षेत्रमा सानो गढ बनाए । हाल खेलमैदान रहेको साविकको रानिगाउँ गाविस ६ को साँवाचेप्पामा युद्द गरे । यसरी युद्ध गर्दा पापोहाङले युद्ध जिते र साँवाहरु काटिएको सो ठाँउलाई हालपनि साँवा चेप्पा भनिन्छ ।
यसरी नामाकरण भएको कुम्मायक वा मुख्य गढबाट यस गाउँपालिकाको ऐतिहासिक आधारमा कुम्मायक नामाकरण भएको हो । सिमाना: पूर्व: फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा र आङसराङ , पश्चिम: तमोर तेह्रथुम जिल्लाको म्याङ्लुङ फेदाप गा.पा.को सिम्ले गाउँ उत्तर: तमोर /फिदिम न.पा.को भारपा र आठराई गा.पा.को चुहान डाँडा थोक्लुङ र दक्षिण: तुम्मेवा गा.पा.को आङ्ना, मौवा, ओलाने र मिक्लाजुङ गा.पा.को सराङडाँडा क्षेत्रफल : १२९.२९ वर्ग कि.मी अक्षांश :२५.०५ N देशान्तर: ८७.६३ E । मुख्य पर्यटकीय स्थलहरु: कुम्मायक मन्दिर, कुस्सायक मन्दिर, चेतनहाङको दरबार रानीभिर, चमेरे गुफा, सम्बाहाम्फे उत्थानसंघको चोलुङ माङहि तिङ्देन, बालकर्ण देवल थुङसेलिङ, सुम्हात्लुङ डाँडा माङ्जाबुङ, धुँवा राजा धुँवारानीको दरबार चङलिङ माङजाबुङ, साँवा राजा मारिएको गुफा हाङ्थक्वा, विशाल शिवलिङ्ग भएको सेपेनी र वानथाकको साँवाहाङ राजा र घोडाहरुको चिहान आदी ।
केन्द्रः साविक यसोक गा.वि.स.को
जनसङ्ख्याः १२७४६
क्षेत्रफलः १२९.३ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | यासोक(१-९) | ३४७२ | ३१.८६ |
२ | २ | माङजाबुङ(१-९) | ३११८ | २६.५८ |
३ | ३ | रानीगाउँ(२-५,९) | १७६१ | २९.९७ |
४ | ४ | रानीगाउँ(१,६-८) | १८१६ | १५.०३ |
५ | ५ | स्याबरुम्बा(१-९) | २५७९ | २५.८५ |
जम्मा | १२७४६ | १२९.२९ |
६. नामः मिक्लाजुङ गाउँपालि
केन्द्रः साविक रवि गा.वि.स.को
जनसङ्ख्याः २१०६१
क्षेत्रफलः १६६.६१ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सरङडाँडा(१-४) | २२४५ | १४.७१ |
२ | २ | सरङडाँडा(५-९) | २६८४ | १९.६८ |
३ | ३ | आरुवोटे(१-९) | २९०० | २२.२१ |
४ | ४ | रवि(१-९) | ४०९८ | २०.५६ |
५ | ५ | कुरुम्बा(१-८) | ३०३२ | १६.७१ |
६ | ६ | कुरुम्वा (९) र लिम्वा(१-३,९) | १५९३ | १६.०१ |
७ | ७ | लिम्वा(४-८) | १९०७ | २३.९९ |
८ | ८ | दुर्दिम्वा(१-९) | २६०२ | ३२.७३ |
जम्मा | २१०६१ | १६६.६ |
७. नामः तुम्वेवा गाउँपालिका (Tumbewa Gaunpalika)
पाँचथर जिल्लाको १ वटा नगरपालिका ७ वटा गाउँ पालिकाहरु मध्ये सुदुर दक्षिण क्षेत्रमा तुम्बेवा गाउँपालिका रहेको छ l जिल्ला सदरमुकाम बाट ७२ किलोमिटर टाढा रहेको छ l यो गाउँपालिका साबिक ४ वटा गा. वि.स. आङ्गना,मौवा,वलने,हाङ्गगुम गा. वि.स.का ३६ वटा वडा मिलाएर ५ वटा वडाको तुम्बेवा गाउँपालिकाको निर्माण भएको छ l यो गाउँपालिकाको सिमाना सबै तिर खोला र नदीले छुट्याएको छ l यस गाउँपालिकालाई तमोर करिडोर मोटरबाटोले छोएको छ l हाल सम्म यो गाउँ पालिकामा बिजुली बत्ति २०७६/०२/२५ गते उत्घाटन भै विस्तारको क्रममा रहेको छ l एउटा प्राइम कमर्सियल बैंकको शाखा स्थापना भै सेवा सुचारु भएको छ l
जनसंख्या र भूगोलको आधारमा पाँचथर जिल्लाका गाउँपालिका मध्ये सबैभन्दा सानो र थोरै जनसंख्या रहेको गाउँपालिका हो l यस गाउँपालिका भित्र कुल १११८९ जनसंख्या क्षत्री, ब्रामण,लिम्बु, राई, तामाङ, नेवार, मगर, सुनार, देवान, दलित आदि जातजातीको बसोबास रहेको छ l यो गाउँपालिका समुन्द्र सतहदेखि ३०० मिटर देखि १९८१ मिटर सम्मको उचाईसम्म रहेको छl यस गाउँपालिकामा मुख्य अन्नबाली मकै, कोदो,धान, दालहन, नगदेबालीमा बदाम, कपास, अलैची, अदुवा, अम्लिसो, चिराइतो, अर्गेली आदि l पशुपालनमा गाई, बाख्रा, बंगुर पालन रहेको छ l तर व्यवसायीक पशुपालन हुन सकेको छैन l साथै यो गाउँपालिका सुख्खा खडेरी ग्रस्त छेत्र पर्दछ l
केन्द्रः साविक मौवा गा.वि.स.को
जनसङ्ख्याः १११८९
क्षेत्रफलः ११७.३४ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | आङना(२-६,८,९) | १९६२ | २०.९२ |
२ | २ | मौवा(४-९) | २५२७ | ३३.५४ |
३ | ३ | आङना (१,७) र मौवा(१-३) | २१७४ | १२.०१ |
४ | ४ | ओलने(१-९) | २१८४ | १९.०५ |
५ | ५ | हाङबुङ(१-९) | २३४२ | ३१.८२ |
जम्मा | १११८९ | ११७.३४ |
८. नामः याङवरक गाउँपालिका(Yangbarak Gaunpalika)
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार पाँचथर जिल्ला प्रदेश नं १ मा अवस्थित छ । विगतको प्रशासनिक विभाजन अनुसार मेचि र कोशी अन्चल अन्र्तगतका १४ जिल्ला रहेको यो प्रदेशको पाँचथर मेचि अन्चलमा पर्ने पहाडी जिल्ला हो । राज्य पुर्न संरचना अनुसार यस जिल्लामा ८ स्थानीय तह निमार्ण गरिए अनुसार १ नगरपालिका र ७ गाँउपालिका रहेका छन । याङवरका गाँउपालिका जिल्लाको सुदुर पुर्वि–उत्तर गाँउपालिका हो । साविक पाँचवटा गाविसलाई मिलाएर गाँउपालिका निर्माण भएको हो । जसको सिमाना छिमेकी मूलकु भारत समेत जोडिन पुग्दछ । यस गाँउपालिकाको भौगोलिक अवस्थिति समुन्द्र सतहबाट ६०९ मिटर उचाई याङवरक ४ खाल्डे नागि देखि ४५७५ मिटर उचाई याङवरक २ फलैचाको चुचुरो सम्म फैलिएको छ ।
चीन–तिब्बतबाट आसाम हुदै ई।पू। १५०० तिर नेपाल छिरेका किराँतहरुले महिसपालहरुलाई विस्थापित गरी लामो समय सम्म उपत्यकामा शासन गरेका थिए ।वि।स। १६२ मा लिच्छवीहरुले राज्यसत्ता लिएपछि उनिहरु उपत्यकाबाट पूर्वतिर लागेको प्राचिन ईतिहासमा उल्लेख छ । पूर्वका मकवानपुर, चौदण्डी र विजयपुर जस्ता राज्यहरुमा छरिदै तत्कालिन समयमा सुनकोशी नदिदेखी लिखु सम्मको भू–भागलाई वल्लो किरात, लिखु देखि अरुण सम्मको भू–भागलाई माँझ किरात, अरुण देखि टिष्टा नदिसम्मको भू–भागलाई पल्लो किराँत भनेर चिनिन्थ्यो । उपर्युक्त क्षेत्रहरु खम्बुवान र लिम्बुवानको नामले प्रसिद्ध थिए । बर्तमान नेपालको मानचित्र अनुसार रामेछाप, उदयपुर, खोटाङ, भोजपुर र ओखलढुङगा जिल्लाहरु खम्बुवान अन्र्तगत पर्दथे भने ताप्लेजुङ्ग, तेह्रथूम, संखुवासभा, पाँचथर, धनकुटा र ईलाम लिम्बुवान अन्तर्गत पर्दथे । किरातहरु चौदण्डीलाई किरात राज्य मान्दथे भने लिम्बुहरु विजयपुर राज्यलाई केन्द्र मानेर आ–आफ्नो क्षेत्रमा स्वायत्त शासन चलाउथे । (ईमानसिंह चेम्जोङ्ग)
अङग्रेज साम्राज्यको विगविगी देखि बाच्नका लागि पृथ्वी नारायण शाहले कर्णाली क्षेत्रका २२, गण्डकी क्षेत्रका २४, उपत्यकाका ३ र पुर्वका मकवानपुर, चौदण्डी र विजयपुर राज्यहरुमा एकिकरण अभियान संचालन गरे । ई.सं. १७७४ जुलाई १७ तदअनुरुप वि।सं। १८३१ मा विजयपुर नेपालमा गाभिँदा विजयपुरका तत्कालिन राजा कर्णसेन र मन्त्रि बुद्धिकर्ण राई भागेर सिक्किम पुगेका थिए । अभिमानसिंह बस्नेतले निजहरुलाई सुपुर्दगी गर्न सिक्किमका राजासंग माग गर्दा सिक्किमले उनिहरु शरण लिन आएकोले फिर्ता गर्नुको सट्टा अघि विजयपुरबाट जितेर लिएको ईलाम लानु भनि नेपाललाई दिए ।
लिम्बुवान केन्द्रिय सत्ताको अधिनमा गएपछि स्थानीय शासन तथा कर राजश्व समेतको जिम्मा हेर्ने गरी स्थानीय अगुवालाई थरी, जिम्मावाल, सुब्बा तोकियो । थर्पू कालिका धाममा लिम्बुवान क्षेत्रका सरदारहरुले सभा गरि १० लिम्बुवानको ठेक्का, रितिथिति, सुभाङगी निच्चित गरेको ईतिहासबाट प्रष्ट हुन्छ । केन्द्रबाट केहि शासकिय अधिकार हस्तान्तरण गर्ने क्रममा वि।स।१८९६ साल फाल्गुनमा श्री कम्फू निशान मतपाल सिं माबो, थर्पूले जिम्मा बुझिलिएको र वि।स। १९०८ बैसाखमा श्री जङगी निशान बागदल सेलिङ ९ओयाम० ले जिम्मा बुझिलिएको मुचुल्का अनुसार थाहा हुन्छ ।
१७ थूम १६ थरी ५२ सुब्बाहरुको सभा याङवरकको केन्द्रभागमा रहेको ऐतिहासिक कालिकाधाम थर्पू जोरधारामा भएको थियो । यसै सभाबाट हरेक बर्ष वडा दशैंको अष्टमीको दिन हाजिर गराई नवमिका दिन कालिकाधाममा भोग दिन गरि निशान जिम्मा लिनेदिने प्रचलन बाँधिएको थियो र यो चलन यद्यपी जारी छ । ५२ सुब्वाहरुले पालैपालो एकबर्षका लागि ताम्रपत्र, तरबार, खुंडा, नगरा, कर्नाल, चमर, बन्दुक, त्रिशुल, निशानको समान आदि बुझ्ने र हरेक बर्ष वडा दशैंको अष्टमीको दिन थर्पू कालिकाधाममा हाजिर गरी एकरात कारवारीकोमा राख्ने र भोलिपल्ट नवमीका दिन २ बजे मौलो भोग दिने गरिन्छ ।
मुखिया, नौभैया, चारभैया, कारवारी, बुढौली आदीले पालैपालो अष्टमीको एक रात निशान राख्ने चलन यथावत चलिरहेको छ । यस धाममा लिम्बुवान क्षेत्रका सर्दारहरुको सभाको साथै १७ थूम १६ थरी ५२ सुब्वाहरुको हरेक बर्ष एवं आवश्यता अनुसार भेला भई बैठक बस्ने, छलफल गर्ने, समस्या समाधान गर्ने जस्ता कार्य सम्पन्न गरेको देखिन्छ । यसरी विभिन्न क्षेत्रका जिम्मेवार ब्यक्तिहरुको भेला हुने एवम् भेटघाट हुने भएकोले यस क्षेत्रका नाम थर्पू रहन गएको देखिन्छ । १७ थूम १६ थरी ५२ सुब्वाको भेला छलफल यस रमणीय प्राकृतिक छटायुक्त कालिका देविको थानमा हुने र बर्षेनी मेला लाग्ने चलन हुदैं धामको रुपमा विकास भएको हो ।
कालिका देवि माता धाम
विशाल काभ्राको फेदमा काभ्राको जराको थाम, जराको भित्ता, जराकै छानो र जराकै भुई भएको प्राकृतिक तथा अलौकिक रुपमा कालिका माताको थान रहेको छ । कालिका माता थानको उत्पति मानव बस्तिको विकास भन्दा पनि अघि भएको अनुमान गरिएको छ । सत्ययुगमा यस ठाँउमा विशालताल रहेको र सो ठाँउमा देवि देवता खेल्ने नुहाउने गरेकोले यसलाई लिम्बु भाषामा माङवरक ९देवि देवता नुहाउने ताल० भनिएकोमा धेरैपछि आएर त्यसवेलाका राजाहरुले अघि देवि देवता नुहाउने गरेको थाहा, पाएकोले यो ताललाई सिद्ध तालको रुपमा लिई नुहाउने ठाँउ बनाई नुहाउने, पुजाआजा गर्ने, भेटी चढाउने जस्ता कार्यहरु गरेकामा राजाहरुले नुहाएको देखेकोले ति देख्नेहरुले यस ताललाई लिम्बु भाषामा हाङवरक ९राजा नुहाँउने ताल० भन्ने नाम राखे । पछि आएर यसमा पुजारीहरुले पुजाआजा गर्न थाले । पुजा गर्दा तालमा हात लगाउदा अघि राजा तथा भक्तालुहरुले चढाएको रुपियाँ पैसा पुजारीको हातभरी आएको देख्नेहरुले यो त लिम्बु भाषामा याङवरक ९पैसाको ताल० पो रहेछ भनि नामाकरण गरे भन्ने ईतिहासकार तथा जानकारहरुको भनाई रहेको छ ।
अहिले सम्म पनि यो ठाँउ याङवरककै नामले प्रसिद्ध छ । यस ठाँउको बास्तविक स्थिति हेर्दा पनि यो ठाँउमा विशाल ताल रहेको स्वत अनुमान गर्न सकिन्छ किनकि वरीपरी समतल ठाँउ, २ सय मिटर विचमा करिब २५ भन्दा वढि पानीका मूल रहेको, हालसम्म पनि करिब १० रोपनी जति सिमसार तथा दलदल रहेको छ । सत्य यूगमा देवि माता नुहाएको ठाँउमा काभ्रा उम्रेको र उक्त काभ्राका जराबाट कालिका देविको मन्दिर बनेको र कालिका देविको उत्पत्ति भएको विश्वास गरिन्छ । उक्त काभ्राको नजिक जोरधारा रहेको छ । हाल उक्त काभ्राको फेद वरिपरि गरि करिब ५० मिटर भन्दा पनि ठूलो छ । यस ठाँउमा हरेक बर्ष कालिका थानमा भोग दिने, भाकल गर्ने क्रमसंगै कालान्तरमा धामको रुपमा विकास भएको स्प्रष्ट आधारहरु रहेका छन । रोगब्यधि निको हुने, शक्ति प्राप्त हुने, मानमर्यादा बढ्ने, भर्ति जाने आदि जनविश्वासले कालिका माताको पुजा अर्चना गर्ने चलन रहन गएको हो ।
कालिका थानको दक्षिणपट्टी मानिस पस्न नसकिने ७ रोपनी जतिको दलदल र त्यसको केहि माथि शिरमा सिद्ध थान तथा सिद्ध पोखरी रहेको छ । तत्कालिन अवस्थामा दलदलबाट निस्कने पानीबाट दुुई वटा धारा निरन्तर बगिरहेने हुनाले यसको नाम जोरधारा रहन गएको हो भने हाल ८ वटा धारामा निरन्तर रुपमा पानी बगिरहेको देख्न सकिन्छ । जोरधाराबाट निस्केको पानी याङवरक खोला भएर बगेको छ र कावेली, ईवा तथा याङवरक तिन नदिको संगमलाई पवित्र त्रिवेणी स्थलको रुपमा मानिएको छ । यस कालिका धाम वरिपरि बार्षिक निशान मेला लाग्ने टुडीखेल तथा मौलो समेत गरी अन्दाजी २० रोपनी जग्गामा देश विदेश देखि हजारौ भक्तजनहरु भेला भई मेलाको दिन पुजा–पाठ तथा जात्रा मनाउने गरिएको छ ।
२ भौगोलिक स्वरुप र भू–धरातलिय वनावट
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मानचित्रमा याङवरक गाउँपालिकाको पैmलावट २७।२७० उत्तरी अक्षांश देखि ८७।८६० पूर्वी देशान्तरमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा भारतको सिक्किम, पश्चिममा हिलिहाङ गाउँपालिका, उत्तरमा ताप्लेजुङ जिल्लाका याङवरक गाँउपालिका, सिरिजंगा र सिदिङवा गाउँपालिकाहरु र दक्षिणमा फालेलुङ र हिलिहाङ गाउँपालिकासँग सिमाना जोडिएको छ । मुख्य रुपमा पहाडी र केही उच्च पहाडी भू–भागमा फैलिएको यो गाउँपालिका भाङबारी–काबेली बगर ९याङवरक ०६ नागि– खाल्डे० समुद्री सतह करिब ६०० मिटर देखि ४५७५ मिटर ९याङवरक ०२ साविक फलैचा गाविसको चुचुरोसम्म फैलिएको छ । यस गाउँपालिकाको क्षेत्रफल २०८।६३ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकामा २०७८सालको जनगणना अनुसार १६८२१ जनसंख्या रहेको छ ।
हाल निर्माणाधिन मध्य पहाडी ९पुष्पलाल० लोकमार्गको उद्गम स्थल च्याङथापूको चिवाभञ्ज्याङवाट सुरुभै च्याङथापु बजार, फलैचा, ओयाम, थर्पु, नागीको गणेशचोक हुदै हिलिहाङ गाउँपालिका जोडेको भने मेचि राजमार्ग ५ र ६ नम्बर हुदै हिलिहाङ गाँउपालिका तर्फ गएको छ । यस गाउँपालिकाको केन्द्रबाट ताप्लेजुङ जिल्लाका याङवरक, सिरिजंघा र सिदिङवा गाउँपालिकाहरु र सबै वडा सम्म कच्ची सडक सञ्जाल रहेको छ । याङवरक गाउँपालिकालाई पुरानो संरचनाका ५ (पाँच) वटा गाउँ विकास समितिहरु जोडेर पुनसंरचित गरिएको छ ।
यसरी संरचित गाउँपालिकालाई ६ (छ) वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकामा उष्ण, उपोष्ण, समसितोष्ण, लेकाली हावापानी पाइन्छ । यस्तो हावापानी पाइने स्थानहरुमा अलैची, अम्लिसो, चिरैतो, धान, मकै, गहुँ, आलु, केराउ, फापर, दलहन, तेलहन, सदाबहार फलपूmलहरु आँप, लिची, केरा, रुखकटहर, भुँईकटहर, र मौसमी सुन्तोला, अदुवा, चिया जडिबुटी साथै विभिन्न किसिम र जातका तरकारीहरु खेती गरिनुका साथै गाई, भैंसी, चौरी, भेडा, बाख्रा, बंगुर-सुगुर, कुखुरा आदि व्यवसायिक र व्यक्तिगतरुपमा पशुपालन गरिदै आएको छ । स्थानीय तहको पहिलो पटक निर्वाचन हुन गई भर्खर गाउँपालिले जनप्रतिनिधिहरुको नेतृत्व पाएको छ । गाँउ सभा गठन र गाँउकार्यपालिका गठन भएको छ । स्थानीय तह संचालन एवं ब्यवस्थापन आदेश २०७४ अनुसार आवश्यक समिति गठन गरि प्रथम गाँउ सभा समेत समयमानै सम्पन्न गरि आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । गाँउसभाले “जल, जंगल, कृषि, पर्यटन याङवरकको पहिचान, उज्यालो–समृद्ध याङवरक हाम्रो अभियान” भन्ने नारा समेत तय गरेको देखिन्छ ।
केन्द्रः साविक थर्पु गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १६८२१
क्षेत्रफलः २०८.६३ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | च्याङथापु(१-९) | २१५४ | ५७.०८ |
२ | २ | फलैंचा(१-९) | ३११० | ८४.९८ |
३ | ३ | ओयाम(१-९) | ३३७८ | ३०.०२ |
४ | ४ | थर्पु(१-५) | ३१५४ | ८.३७ |
५ | ५ | थर्पु (६-९) र नागी(१,२) | २३२८ | १५.३३ |
६ | ६ | नागी(३-९) | २६९७ | १२.५७ |
जम्मा | १६८२१ | २०८.३५ |
स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय , जिल्ला प्रशासन कार्यालय पाँचथर र जिल्ला समन्वय समिति पाँचथर । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले पाँचथर जिल्लाकाे कुनै स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।