परिचय
विश्व मानचित्रमा पर्वत २८० ००’ १९” देखि २८० २३’ ५९” अक्षांश र ८३० ३३’ ४०” देखि ८३० ४९’३०” देशान्तरमा रहेको छ । यस जिल्लाको सिमानामा पूर्वमा कास्की र स्याङ्जा दक्षिणमा स्याङ्गजा र गुल्मी, पश्चिममा गुल्मी, बाग्लुङ्ग र म्याग्दी, उत्तरमा म्याग्दी जिल्लाहरु पर्दछन् । यस जिल्लाको कूल क्षेत्रफल ४९४ वर्ग कि.मी. रहेको छ ।

उचाईका हिसाबले समुन्द्री सतहबाट ५२० मिटर उचाईमा रहेको सेतीवेणी देखि ३,३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू–भाग यस जिल्लामा पर्दछ । यस जिल्लाको कूल भूमि ५३६८६.२१ हेक्टरमध्ये वन क्षेत्रले ओगटेको जमिन १९,९९७ हेक्टर, कृषि भूमि २४,१७१ हेक्टर र प्रति जमिन, बुट्यान, भवन, बाटोघाटो, भीरपाखा तथा खोलाले ओगटेको जमिन ९,५१८ हेक्टर रहेको छ ।

पर्वत जिल्लाको कूल कृषि जमिन २४१७१ हे. मध्ये खेत ९०७३ हेक्टर, जस मध्ये बाह्रै महिना सिंचाई हुने ६,४२० हे. र मौसमी सिंचाई हुने २६६६ हे. छ भने पाखोबारी १५,०९८ हे. रहेको छ । राजनैतिक विभाजन अनुसार पर्वत जिल्लालाई १ प्रतिनिधी सभा निर्वाचन क्षेत्र, २ प्रदेश सभा निर्वाचन क्षेत्र, २ नगरपालिका, ५ गाउँपालिका र ६२ वडामा विभाजन गरिएको छ ।

पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार हो भने अन्य प्रमुख बजार क्षेत्रहरुमा वारी वेनी, पातिचौर, डिमुवा, कार्किनेटा, फलेवास, लुँखु, हुवास प्रमुख व्यापारीक केन्द्र रहेका छन् । २०७८ को राष्ट्रिय जनगणनाको तथ्याड्क अनुसार यस जिल्लामा ३६,१३७ घरधुरीमा बसोबास गर्ने १३०८८७ परिवार छन् ।

जिल्लाको कूल जनसंख्या १३०८८७ रहेको छ । जसमध्ये महिला ६९,२०९ र पूरुष ६१,६७८ रहेका छन् । यस तथ्याङ्क अनुसार यस जिल्लामा पुरुषको भन्दा महिलको जनसंख्या बढी देखिन्छ । यस जिल्लाको जनसंख्या वृद्धिदर (–)१.०९ देखिन्छ । जनगणना २०७८ को तथ्याड्क अनुसार यस जिल्लाको साक्षरता ८०.०१ प्रतिशत रहेको छ । जस मध्ये पूरुष साक्षरता ८८.१ र महिला साक्षरता ७३.१ प्रतिशत रहेको छ ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार पर्वत जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ नगरपालिका र ५ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | कुश्मा नगरपालिका | साविक कुश्मा नगरपालिका, ठूलीपोखरी, खौलालाँकुरी र आर्थर डाँडाखर्क गा.वि.स. | १४ |
२ | फलेवास नगरपालिका | कार्किनेटा, थापाठाना, शंकरपोखरी, भँगरा, ठानामौला, लिमिठाना, खानीगाउँ, देविस्थान, मुडिकुवा, कुर्घा(१-६, ९) र पाङराङ गा.वि.स | ११ |
३ | जलजला गाउँपालिका | वासखर्क, माझफाँट, लेखफाँट, धार्इरिङ, नाङ्लिवाङ, वनौं र शालिजा गा.वि.स | ९ |
४ | पैयूं गाउँपालिका | टकलाक, त्रिवेणी, वेउलीवास, हुवास, सरौंखोला र भोर्ले गा.वि.स | ७ |
५ | महाशिला गाउँपालिका | होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, कुर्घा (७,८) र फलामखानी गा.वि.स | ६ |
६ | मोदी गाउँपालिका | भुकताङले, देउपुर, देउराली, वाजुङ, क्याङ, तिलाहार, चित्रे र राम्जादेउराली गा.वि.स | ८ |
७ | विहादी गाउँपालिका | वाच्छा, वर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा र शालिग्राम गा.वि.स | ६ |
जम्मा | ६१ |
१. नामः कुश्मा नगरपालिका
गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने कुश्मा नगरपालिका नेपालको प्रसिद्ध नगरहरू मध्य एक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मि. माथी छ । कुश्मा नगरपालिका २०७१ सालमा घोषणा भएको नगरपालिका हो । यो पर्वतको सदरमुकाममा अवस्थित छ । कुश्मा नगरपालिकालाई पहिलेको पर्वतको आठ वटा गाविसहरु पाङ्ग, खुर्कोट, दुर्लुङ्ग, शिवालय, कटुवा चौपारी, पिपलटारी, पकुवा, चुवालाई समावेश गरि मिति २०७१ साल बैशाख २५ गते गठन भएको थियो भने पछि ठुलीपोखरी,खौलालाकुरी र आर्थरडाँडाखर्क गाविस समावेश गरि मिति २०७३ साल फागुन ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ वडा भएको कुश्मा नगरपालिका गठन भएको हो । कुश्मा नगर पोखराको सदरमुकामबाट ५७ कि.मी. टाढा छ । यो नगर पश्चिममा बाग्लुङ जिल्ला र पूर्वमा मोदी गाउँपालिकाको सिमाना संग जोडिएको छ ।
केन्द्रः साविक कुश्मा नगरपालि
क्षेत्रफलः ९३ (वर्ग कि.मि.)
वडा संख्याः १४
कुश्मा नगरपालिकाको विस्तृत विवरण
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कुश्मा(१-३) | ४६४१ | ९ |
२ | २ | कुश्मा(४,५) | ३३६९ | १३ |
३ | ३ | कुश्मा(६,७) | २४५६ | १२ |
४ | ४ | कुश्मा(८) | ३४४८ | ५ |
५ | ५ | कुश्मा(९) | ४७५३ | २ |
६ | ६ | कुश्मा(१०) | ३६६९ | ० |
७ | ७ | कुश्मा(११) | २६४७ | २ |
८ | ८ | कुश्मा(१२) | १९७५ | ५ |
९ | ९ | कुश्मा(१३,१४) | १९८६ | ३ |
१० | १० | कुश्मा(१५,१६) | २०७४ | ८ |
११ | ११ | कुश्मा(१७,१८) | १९६२ | ८ |
१२ | १२ | ठुलीपोखरी(१-९) | १७२१ | ६ |
१३ | १३ | खौलालाँकुरी(१-९) | १५६६ | ६ |
१४ | १४ | आर्थर डाँडाखर्क(१-९) | १८३४ | १४ |
जम्मा | ३८१०१ | ९३ |
२. नामः फलेवास नगरपालिका
फलेवास नगरपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको मध्यभागमा रहेको छ । यो नगरपालिका भौगोलिक विविधताले भरिएको एक रमणीय क्षेत्रको रुपमा चिनिन्छ । यस नगरपालिकाको सिमानामा पूर्वमा स्याङ्गजा जिल्ला र महाशिला गाउँपालिकाको केही भाग, दक्षिणमा स्याङ्गजा जिल्ला, महाशिला गाउँपालिका र विहादी गाउँपालिकाको केही भाग, पश्चिममा वाग्लुङ्ग जिल्ला र उत्तरमा कुश्मा नगरपालिका पर्दछन । यस नगरपालिकाको कुल क्षेत्रफल ८५.७ वर्ग कि. मी. रहेको छ । उचाईका हिसावले समुद्री सतहबाट ६२० मिटर उचाईमा रहेको वडा नं ११ मा पर्ने पाङ्गराङ्गको कालिगण्डकी किनारको वगर देखि २२६६ मिटर उचाईका पाङ्गराङ्ग र कुर्घाको शीरमा रहेको चिसापानिको लेक र २२५९ मिटर उचाईमा रहेको डहरेको लेक समेतको अग्ला होचा समथर भू–भाग यस नगरपालिकामा पर्दछन ।
केन्द्रः साविक खानीगाउँ गा.वि.
क्षेत्रफलः ८४ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कार्किनेटा(१-९) | १६२५ | ९ |
२ | २ | थापाठाना(१-९) | २६८० | ८ |
३ | ३ | शंकरपोखरी(१-९) | ३२५६ | ११ |
४ | ४ | मुडिकुवा(१-९) | १५५५ | ६ |
५ | ५ | खानीगाउँ(१-९) | १४४७ | ४ |
६ | ६ | देविस्थान(१-९) | ३००८ | ४ |
७ | ७ | लिमिठाना(१-९) | १२१२ | ६ |
८ | ८ | ठानामौला(१-९) | १२३९ | ७ |
९ | ९ | भँगरा(१-९) | १५२६ | १२ |
१० | १० | कुर्घा(१-६,९) | १४१३ | ६ |
११ | ११ | पाङराङ(१-९) | १५०७ | ११ |
जम्मा | २०४६८ | ८४ |
३. नामः जलजला गाउँपालिका
नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु र ७५३ वटा स्थानीय तहहरुमध्ये गण्डकी प्रदेश पर्वत जिल्ला अन्तर्गत पर्ने एउटा स्थानीय तह जलजला गाउँपालिका हो । ऐतिहासिक तथा पौराणिक महङ्खवको कालञ्जर हम्पाल पर्वतको उच्च शिखर र प्रसिद्ध कृष्णागण्डकीको तटसम्म विस्तारित यस गाउँपालिका पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ । यो गाउँपालिका पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महङ्खवपूर्ण र सुन्दर गाउँपालिका हो ।
केन्द्रः जलजला-४ लामाखेत
क्षेत्रफलः ८१ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बाँसखर्क(१-९) | ९०० | ५ |
२ | २ | माझफाँट(६,८,९) | २५१६ | ६ |
३ | ३ | माझफाँट(३,७) | ४१९७ | १ |
४ | ४ | माझफाँट(१,२,४,५) | २५६४ | ५ |
५ | ५ | लेखफाँट(१-९) | २०२२ | १५ |
६ | ६ | शालिजा(१-९) | १८१२ | १७ |
७ | ७ | धार्इरिङ(१-९) | ३१७३ | १३ |
८ | ८ | नाङ्लिवाङ(१-९) | २६१७ | ११ |
९ | ९ | बनौं(१-९) | १३१८ | ८ |
जम्मा | २१११९ | ८१ |
४. नामः पैयूं गाउँपालिका
राजा रामसिंहले रैतीको भारा नलागोस भनेर उपहार ल्याइदिनेहरुलाई जमिन उपलब्ध गराई कर माफी गरीदिएका थिए भने आफूलाई वनारसबाट बोकील्याई राजा बनाउने चारवटा मगरलाई चारकाजी बनाई चारवटा क्षेत्रको क्षेत्रपाल बनाएका थिए । यी चार क्षेत्रका क्षेत्रपालले पैयुँ राज्यलाई मानेकोले यस क्षेत्रलाई चारपाला पैयुँ भनेर पनि चिनिन्छ । यही ऐतिहासिक तथा पौराणिक महङ्खव बोकेको चर्चित स्थान पैयुँकोट र चौबीसी राज्य अन्तर्गतको प्रमुख राज्य पैयुँराज्यका नामबाट नै यस गाउँपालिकाको नाम पैयुँ राखिएको हो ।
पैयुँ गाउँपालिका २८० ००’ १९” देखि २८० ०८’ ०८” उत्तरी अक्षांश र ८३० ३८’ १३” देखि ८३० ४२’ ४९” पूर्वी देशान्तरसम्म यो जिल्ला अवस्थित छ ।
यस गाउँपालिकाको पूर्वी सिमानामा स्याङ्जा जिल्लाको भू–भाग, पश्चिममा विहादी र महाशिला गाउँपालिका, उत्तरी भागमा महाशिला गाउँपालिका र दक्षिणमा स्याङ्जा जिल्लाको भू–भाग पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४२.५ वर्ग किलोमीटर रहेको छ भने समुद्र सतहबाट ५६० मिटर उचाईदेखि १८२० मिटरसम्मको उचाईमा यो गाउँपालिका फैलिएर रहेको छ ।
मध्यकालमा अस्तित्वमा रहेका बाइसी चौबीसी राज्यअन्तर्गतको एक प्रमुख राज्य पैयुँ थियो । मध्यकालको पैयुँ राज्य हालको पर्वत जिल्लाकै महङ्खवपूर्ण क्षेत्रका रुपमा रहेको छ । पैयुँ राज्य १६ औं शताब्दीदेखि १९ औं शताब्दी (वि.सं. १५०२ – १८४२) सम्म अस्तित्वमा रहेको थियो । पैयुँ राज्यका प्रथम राजा रामसिंह सेन थिए भने अन्तिम राजा नायब अकवरसिंह सेन थिए । तत्कालीन समयमा पूर्वमा भिरकोट, पश्चिममा कालीगण्डकी र पाल्पा राज्य, उत्तरमा पर्वत राज्य र दक्षिणमा पाल्पा, गुल्मी, खाँची र अर्घा राज्यको चौकिल्लाभित्र पैयुँ राज्य रहेको थियो ।
लिच्छवी शासनको पतनपश्चात् मगरात प्रदेशमा मगरहरुको बाहुल्य भएका कारण पैयुँ राज्य मगरहरुको बलढेङ्गी राज्यअन्तर्गत समाहित भएको थियो । पाल्पाली राजा मुकुन्द सेन प्रथमले गुल्मी, अर्घा र खाँचीको मद्दतले मगरहरुको बलढेङ्गी राज्यलाई परास्त गरेपछि पैयुँ क्षेत्रमा आले, राना, चितौरे र थापा मगरहरुको संयुक्त मुख्यौली शासन चलेको थियो ।
यिनीहरुको मुख्यौली शासन, परस्परको विरोधका कारण र वरिपरिका राज्यहरुमा राजपूत वंशका राजाहरुको शासनको शुरुवात भइसकेकोले त्यसको प्रभावका कारण हुन सक्दछ, यी चार थरी मगरहरुले पैयुँ राज्यमा राजपुत वंशका राजा थाप्ने र उनैको हुकुम शिरोधार्य गर्ने सल्लाह गरेअनुरुप गञ्जु आले, पिउर राना, शेरु चितौरे र बदल थापाले वनारसको घाँसपानीस्थित राजपूतहरुको गाउँ बाँसी भन्ने ठाउँमा पुगी त्यहाँबाट राजपूत नाइकेका छोरा रामसिंह सेन र उनकी गर्भिणी श्रीमतीलाई समेत बोकेर ल्याइ वि. स. १५०२ मा बडादसैंको अष्टमीका दिन रामसिंह सेनलाई पैयुँ राज्यको राजपूत सेनवंशका प्रथम राजा बनाइएको पाइन्छ ।
केन्द्रः साविक हुवास गा.वि.स.को कार्यालय
क्षेत्रफलः ४४ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | टकलाक(१-९) | ११२० | ५ |
२ | २ | त्रिवेणी(१-९) | १६२२ | १० |
३ | ३ | वेउलीवास(१-९) | २०८१ | ६ |
४ | ४ | हुवास(१-३,७,८) | ३४२८ | ४ |
५ | ५ | हुवास(४-६,९) | १३५९ | ५ |
६ | ६ | सरौंखोला(१-९) | १५४४ | ६ |
७ | ७ | भोर्ले(१-९) | १५७१ | ८ |
जम्मा | १२७२५ | ४४ |
५. नामः महाशिला गाउँपालिका
महाशिला गाउँपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको र जनसंख्या ८११६ रहेको छ। यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा गा. वि. स को वडा न. ७ र ८ मिलेर बनेको हो। यस गाउँपालिकाको केन्द्र साबिक को बालाकोट गा.वि. स. भवन मा रहेको छ।
केन्द्रः साविक बालाकोट गा.वि.स
क्षेत्रफलः ५० (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | होश्राङ्दी(१-९) | १४७८ | ११ |
२ | २ | भोक्सिङ(१-९) | ५८२ | ८ |
३ | ३ | वालाकोट(१-९) | १००९ | ६ |
४ | ४ | पाखापानी(१-९) | १९९२ | १० |
५ | ५ | कुर्घा (७,८) र लुंखुदेउराली(१-९) | २२७६ | ११ |
६ | ६ | फलामखानी(१-९) | ७७९ | ४ |
जम्मा | ८११६ | ५० |
६. नामः मोदी गाउँपालिका
संघिय नेपालको गण्डकी प्रदेश अन्र्तगतको धवलागिरी अंचलको प्रवेशद्वारको रुपमा रहेको पर्वत जिल्लाको मुख्य (गौडो) प्रादेशिक राजधानी पोखरा कास्की संग जोडीएको मोदी गाउँपालिका पर्वतकै सम्पन्न गाउँपालिकाको रुपमा स्थापित छ । पूर्वमा पञ्चकोशी ताल पौराणिकालमा ऋषिहरुको तपोभुमी रहेको, धार्मिक ऐतिहासिक, महत्व बोकेको पञ्चासे लेक, पश्चिमोत्तर विविधतायुक्त प्राकृतिक पर्यटकिय सौन्दर्ययुक्त कालन्जर भनिने हम्पाल पर्वत क्षेत्र र धवलागिरी, निलगिरी र अन्नपूर्ण हिमालले वेष्टित यो गाउँपालिकाको हिमाली भुभागमा पौराणिक कालमा विभिन्न ऋषि महर्षिहरुले तपस्या गरेको कुराहरु पौराणिक धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।
(कृष्णकृपा श्रीमुर्ति २०१५ः७४) यसैगरी मृगको रुपमा दृष्टीगोचर हुने कालवन्जर पर्वतबाट उत्पति भै मोदी गाउँपालिकालाई सिन्चित गर्दै वगिरहेकी पार्वतीखोला (हाल अपभ्रंशभै पातिखोला भनिने) खोलालाई सत्ययूगमा पार्वति गंगा भनिने गरेको र माता पार्वतीले यसै गंगामा स्नान गरी कुशुमपुर हालको कुश्मा बजार क्षेत्रमा पुगेर फलफुल, कुश टिपेर गुप्तेश्वर गुफामा गई पुजा गर्नुहुन्थ्यो भन्ने किम्बदन्ती सुन्न पाईन्छ । साच्चैनै माता पार्वती र हिन्दुहरुको आराध्यदेव भगवान शिवको क्रिडास्थलको रुपमा रहेको मोदी गाउँपालिका भित्र पर्ने मोदी गाउँपालिकाको प्रमुख बाणिज्य एंव प्रशासनिक केन्द्र रहेको पार्वतीचोक पछि नजवोलीमा अपभ्रंश भै पातिचौर भनिने स्थान जहाँ हामी बजार र प्रशासनिक सेवा केन्द्रका् व्यवस्थापन गरिरहेकाछौं । यसले पनि मोदी गाउँ पालिकालाई विशिष्ट स्थानमा राखेको छ ।
पर्वतको पाङ्ग क्षेत्रलाई माता पार्वती जन्म स्थान रहेको र पार्वतीले कालवन्जर र पर्वतबाट बहने यस पार्वती गंगामा स्नान गर्ने सखिहरुसंग क्रिडा गर्दै कुशुमपुर, कुश्मा बजार पुगेर कुश, फलफुले पुजा आराधना गर्ने गरेको र पार्वती चोक, कुमारी माछापुच्छ्रेको हिमश्रृङखलाबाट बहने पवित्र मोदी गंगा र पार्वती गंगाको संगम स्थलमा क्रिडा गर्ने गरेको प्रमाणहरु धार्मिक पौराणिक ग्रन्थहरुमा उल्लेख भएकोले यस गाउँपालिका क्षेत्रले ऐतिहासिक, धार्मिक, पौराणिक एंव विशिष्ठ पर्यटकीय महत्व बोकेको स्पष्ट हुन्छ (अर्को तर्फ यस गाउँपालिका भएर बहने रतिखोला, जहरे खोला, भुरुङ खोला, पराल खोला, आदीले गाउँपालिकाको जमीनलाई सिंचित गरेका छन् भने प्राकृतिक पैदावार निर्माण सामाग्रीहरु उपलब्धता बढाएर आर्थिक सम्बृद्धी सहज बनाएका छन ।
मोदीखोला नेपालमै उल्लेख्य उर्जा नदीको रुपमा परिचित छ । मोदी गाउँपालिकाको झण्डै ७० प्रतिशत जमीन वनले ढाकेबाट पनि बहुमुल्य जडीबुटी, काठपात, दाउरा, घाँस आदी वनजन्य श्रोतहरु समेत गर्दा मोदी गाउँपालिका यहाका बासिन्दाको जीवन स्तर उकास्त र विकास निर्माणका कार्यमा अन्य गाउँपालिका नगरपालिका भन्दा छुट्टै विशिष्ठता एंव पहिचान दिन सकिने पश्चिमाञ्चल र नेपालकै उत्कृष्ट गाउँपालिका वन्न सक्ने संभावना प्रचुर रहेको छ । यहाको वनजन्य, उत्पादन, जलश्रोत, पर्यटन आदी विकासको कोशे ढुंङ्गा सावित हुन सक्दछ ।
गाउँपालिका भित्रका सबै वडाहरुमा यातायात सडक संजाल पुगिसकेको अवस्था जनताको आधारभूत आवश्यकताका सेवा एंव बस्तुहरु जनताको घरदैलोमानै सहज उपलब्ध हुने वातावरणको सृजना गर्न गाउँपालिका प्रतिवद्ध रहेको यो समयमा यही गाउँपालिकाको आगन भएर राष्ट्रिय सडक भूपीशेरचन राजमार्ग हुँदै पवित्र तिर्थ स्थल मुक्तिनाथ मुस्ताङ्ग सम्म विभिन्न देश विदेशका धार्मिक पर्यटकहरु पोखरा हुँदै आउने जाने र पश्चिम क्षेत्रलाई संघिय राजधानी संग जोडने सहज किफायती राजमार्ग यही बन्न सक्ने संभावना भएबाट पनि यस गाउँपालिकाको महत्व अझै बढेको छ ।
मुक्तिनाथबाट फर्किने तिर्थयात्री धार्मीक पर्यटकहरुलाई माता पार्वतीको क्रिडास्थल पातिचौरमा केही समय अर्थात एकरात सम्म राख्न सक्ने गरी पार्वती मन्दिरको व्यवस्थापन गरी धार्मिक पर्यटन विकास गरी यस गाउँपालिकालाई अझै समृद्ध बनाउन र देश विदेशमा चिनाउन सकिने सम्भावना पनि रहेको छ । १४३.५९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस सानो गाउँपालिकाको विशाल पहिचान बनाउन र नेपाल राज्यमै छुट्टै विशिष्ट पहिचान दिन सकिने कुरालाई नकार्न सकिदैन ।
केन्द्रः मोदी-२ पातिचौर बजार
क्षेत्रफलः १४५ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | भुकताङले(१-९) | १९३९ | ४७ |
२ | २ | देउपुर(१-९) | २६९८ | ७ |
३ | ३ | देउराली(१-९) | १५१२ | १५ |
४ | ४ | क्याङ(१-९) | १७०८ | २१ |
५ | ५ | बाजुङ(१-९) | ३९५७ | १० |
६ | ६ | तिलाहार(१-९) | ४४३३ | १५ |
७ | ७ | राम्जा देउराली(१-९) | १२९९ | १० |
८ | ८ | चित्रे(१-९) | १२४८ | २० |
जम्मा | १८७९४ | १४५ |
७. नामः विहादी गाउँपालिका
विहादी गाउँपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला गाउँपालिका र पैँयु गाउँपालिका, पश्चिममा गुल्मि जिल्ला र बाग्लुङ्ग जिल्ला, उत्तरमा बाग्लुङ्ग जिल्ला र फलेवास नगरपालिका तथा दक्षिणमा स्याङ्जा जिल्ला र गुल्मि जिल्ला पर्दछन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ४४.८ वर्ग कि. मी. रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकामा महिला ५,७१५ र पुरुष ५,११३ गरि जम्मा जनसंख्या १०,८२८ र कुल परिवार संख्या २,७२३ रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार यस गाउँपालिकाको कुल साक्षरता ७९.७ प्रतिशत रहेको छ। यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालिग्राम मिलेर बनेको हो। यस गाउँपालिकाको केन्द्र विहादी गाउँपालिका वडा नं. ४ स्थित वहाकीठाँटीमा रहेको छ।यस गाउँपालिकामा महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा शालिग्राम शिला, बच्छेश्वर मन्दिर, शिवपुरी धाम, छापाकोट मन्दिर, लुरिङ्गकोट मन्दिर, शितल गुफा, रानिपानि गुफा, भञ्ज्याङ्ग देवि मन्दिर आदि रहेका छन्।
केन्द्रः साविक वहाकीठाँटी गा.वि.स.को कार्यालय
क्षेत्रफलः ४५ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बाच्छा(१-९) | १३९३ | ९ |
२ | २ | वर्राचौर(१-९) | १७०१ | ६ |
३ | ३ | रानीपानी(१-९) | २०९४ | ५ |
४ | ४ | वहाकीठाँटी(१-९) | १३३० | १० |
५ | ५ | उरामपोखरा(१-९) | १९६४ | ८ |
६ | ६ | शालीग्राम(१-९) | २३४६ | ७ |
जम्मा | १०८२८ | ४५ |
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वत। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । पर्वत जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।