नेपालमा राणाशासन काल र तिनकाे मुख्य याेगदान

बालनरसिंह कुँवरका छोरा जंगबहादुर कुँवरले कोतपर्वपछि राज्य शासन हत्याए । भण्डारखाल पर्व र अलौ पर्वपछि जंगबहादुर शक्तिशाली बने र लमजुङ र तनहुँको  श्री ३ बने र राणा शासनको जग हाले ।

नेपालकाे इतिहासमा रक्तपातपूर्ण र लज्जात्मक षडयन्त्रकाे रूपमा काेतपर्व रहेकाे छ । अनिश्चीत र भद्रगोल राजनैतिक पृष्ठभुमिमा शक्ति लोलुप जंगवहादुरले रचेका हत्याकाण्ड कोतपर्वमा अनेकाैँ देश भत्त तथा निर्दोष भाइ भारदारहरुको रगतको खोलो बगाएर जंगवहादुर शक्तिमा आए ।

चौतरिया फत्तेजंगको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषदका एक प्रमुख सदस्य गगन सिंहले महारानी राज्य लक्ष्मी देविको प्रियपात्र भइ देशको शासन व्यवस्थामा प्रभाव जमाईरहेका थिए । महत्वकांक्षी जंगवहादुले उनको बढ्दो शक्तिलाई हेर्न नसकि वि.स. १९०३ भाद्र ३१ गते राति उनको हत्या गरे ।

सो हत्याले क्रोधित र शोकाकुल भएकी महरानीले हत्यारा पत्ता लगाई उचित दण्ड दिन भाइ भारदारहरुलाइ कोतमा सामेल गराई छानविन गर्ने निधो गरिन । त्यसै अनुरुप वि.स. १९०३ साल असोज २ गते शनिवार राती सवै भाइ भारदारहरुलाइ कोतमा सामेल गराईन ।

उता जंगवहादुरले आफ्नो मातहतका तिन पल्टन फौजी जवानहरु आफ्नो भाईहरुको नेतृत्वमा कोतको वरिपरी गुप्त रुपले तैनाथ गरेर राखेका थिए । कोतमा राजा राजेन्द्र विक्रम शाह र महारानी राज्यलक्ष्मी हत्यारा पत्ता लगाउन उपस्थित भएका थिए ।

त्यहि मौका छोपी आफ्ना भाइहरुको सहायतावाट त्यहाँ भेला भएका प्राय सबै शक्तिशाली भाई भारदारहरुको निर्मम हत्या गरे । त्यस लगत्तै वि.स. १९०३ साल असोज ३ गते जंगवहादुर कुंवर राणा प्रधानमन्त्री र प्रधान सेनापति दुवै भए । याे काण्डले नेपालमा राणा  शासनले १०३ वर्ष सम्म शासन गरेका थिए ।

राणाकालका प्रधानमन्त्री तथा तिनको मुख्य योगदानलाइ यहाँ क्रमश उल्लेख गरिएकाे छ ।

१. जङ्गबहादुर (१९०४–१९३३) : वि.स १९१० मा न्याय व्यवस्था तथा अपराध कानुन तोकिएको मुलुकी ऐन पहिलो पटक जारी । दरबार स्कूलको स्थापना ।

२. रणोद्दीप (१९३३–१९४२) : सर्वप्रथम पात्रो प्रकाशन र मालपोत उठाउने नयाँ बन्दोबस्त गरिएको ।

३. वीर शमशेर (१९४२–१९५७) : भादगाँउ र काठमाडौँमा वीरधाराको व्यवस्था, पुलहरूको निर्माण, वीर अस्पताल (वि.स.१९७४), वीर पुस्तकालयको स्थापना, घण्टाघरको निर्माण ।

४. देव शमशेर (१९५७–१९५८) : गोरखापत्रको प्रकाशन प्रारम्भ, सरकारी समय  १०–५ बजे निर्धारण, सरकारी बिदाको व्यवस्था, पाठशालाहरूको स्थापना ।

५. चन्द्र शमशेर (१९५८– १९८६) : सती प्रथाको उन्मूलन, दासमोचन, पहिलो पटक बिजुली बत्तीको व्यवस्था, पहिलो कलेज त्रि–चन्द्र कलेजको स्थापना, गोरखा भाषा प्रकाशिनी समितिको स्थापना, रेल्वे आदिको विकास, नेपालको नक्सा निर्माण ।

६. भीम शमशेर (वि.स.१९८६–१९८९): नून र कपासमा भन्सार माफी, कपास खेतीलाई प्रोत्साहन ।

७. जुद्ध शमशेर (वि.स.१९८९–२००२) : पहिलो बैँक (नेपाल बैँक) को स्थापना, घरेलु उद्योगको विकास, उच्च अदालत, दमकल, म्यूजियम र चिडियाखानाको स्थापना ।

८. पद्म शमशेर (२००२–२००५)  : पहिलो संविधान जारी, काठमाडौँ म्यूनिसिपालिटी स्थापना ।

९. मोहन शमशेर (२००५–२००८)  : आकाशवाणीको स्थापना, राष्ट्रिय आर्थिक समितिको गठन ।

Leave a Comment

Your email address will not be published.