नेपालमा निर्वाचन प्रणाली

नेपालको संविधानले विभिन्न तहको निर्वाचन गर्नका लागि एक निर्वाचन आयोग रहने व्यवस्था गरेको छ । यसमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्तहरू रहन्छन् । प्रमुख आयुक्तले निर्वाचन आयोगको अध्यक्ष भई कामकाज गर्दछन् ।

निर्वाचन आयोगले संविधान र सङ्घीय कानुनअन्तर्गत रही राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्दछ । यसले निर्वाचनका लागि निम्ति मतदाताको नामावलीसमेत तयार गर्दछ ।

नेपालको संविधान र निर्वाचनसम्बन्धी कानुनहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई किसिमको निर्वाचन प्रणालीको व्यवस्था गरेका छन् । एउटालाई पहिलो हुने निर्वाचित हुने प्रणाली भनिन्छ भने अर्कोलाई समानुपातिक प्रणाली भनिन्छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार एक निर्वाचन क्षेत्र एक पदका आधारमा निर्वाचन हुन्छ । यसमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सदस्यमा निर्वाचित हुने प्रावधान छ ।

समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रतिनिधि सभा सदस्यको हकमा सम्पूर्ण देशलाई र प्रदेश सभाको हकमा सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानिन्छ । यस प्रणालीमा आफूले चाहेको दललाई मतदान गरिन्छ ।

प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलका तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधिहरू निर्वाचित हुने निर्वाचन प्रणाली समानुपातिक प्रणाली हो ।

स्थानीय तहमा वडा सदस्यदेखि प्रमुख र उपप्रमुखसम्मका सबै पदहरूको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिद्वारागरिन्छ । राष्ट्रिय सभाको निर्वाचनमा प्रत्यक्ष र एकल सङक्रमणिय निर्वाचन प्रणाली अपनाइन्छ ।

मतदाताका रूपमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवम् प्रदेश सभाका सदस्यहरू हुन्छन् । उनीहरूको मतभार फरक फरक हुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेश संसद्का सदस्यहरू मतदाता रहन्छन् र उनीहरूको मतभार फरक फरक रहन्छ । यस निर्वाचनमा बढी मत ल्याउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने छ ।

कुनै पनि उम्मेदारले कुल खसेको सदर मतको पचास प्रतिशत मत प्राप्त गर्न नसकेमा पुनः निर्वाचनको व्यवस्था छ । अठार वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार हुने छ । मतदाता नामावलीमा नाम नभएका व्यक्तिले मतदानमा भाग लिन पाउने छैनन् ।

क्र.सं.  पद उमेर  सङ्ख्या
राष्ट्रपति, उपराष्ट्रपति ४५ १+१
सङ्घीय संसद्ः प्रतिनिधि सभा २५ २७५
सङ्घीय संसद्ः राष्ट्रिय सभा ३५ ५९
प्रदेश सभा २५ ५५०
गाउँ नगरपालिका प्रमुख, उपप्रमुख २१ १+१
वडा अध्यक्ष, सदस्य २१ १+४

सि.डि.सि. नेपालको सहयोगमा चिनारी नेपालले प्रकाशन गरेको ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *