परिचय
साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल रहेको यस डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ । सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन् । भौगोलिक रुपमा पहाडी क्षेत्रमा अवस्थित डोटी जिल्ला भौगोलिक , जैविक, सामाजिक, साँस्कृतिक विधिताले परिपूर्ण रहेको छ । समुद्र सतहवाट लगभग ३४३० मिटरको उचाईमा रहेको डोटी जिल्लामा हिमाली, पहाडी एवं तराई क्षेत्रको वातावरण एवं परिवेश प्रष्ट देख्न र अनुभव गर्न सकिन्छ ।

डोटी जिल्लाको भौगोलिक अवस्थिती
यो जिल्ला 28.52° उत्तरी अक्षांशदेखि 29.28° उत्तरी अक्षांशसम्म तथा 80.30° पूर्वी देशान्तरदेखि, 81.14° पूर्वी देशान्तरसम्म फैलिएको छ । भौगोलिक रुपमा पहाडी क्षेत्रमा अवस्थित डोटी जिल्ला भौगोलिक , जैविक, सामाजिक, साँस्कृतिक विधिताले परिपूर्ण रहेको छ ।
जिल्लाको जम्मा क्षेत्रफलः २०२५ वर्ग कि.मी
समुद्रि सतहदेखि उचाइः ६०० मिटरदेखि ४००० मिटर सम्म
अक्षांसः २८ डिग्री ५४ मिनेट उत्तरदेखि २९ डिग्री २८ मिनेट सम्म
देशान्तरः ८० डिग्री ३० मिनेट पूर्वदेखि ८१ डिग्री १४ मिनेटसम्म
मुख्य नदीः सेती , ठुलीगाड, टुँडालगाड, कालागाड, साइलीगाड,गण्डकीगाड
हावापानीः लेकाली देखी अर्धउष्ण
वार्षिक वर्षाः १३४७ मि.मि.
तापक्रमः न्यूनतम ०.२ डिगी्र देखि अधिकतम ४४ डिग्री सेल्सियस

डोटि जिल्लामा पाइने वनस्पति तथा वन्यजन्तुहरू
वनस्पतिः साल, सल्ला, सिसौं, बाँस, निगालो, उत्तिस, कटुस, सिमल, साज आदि
वन्यजन्तुः बाघ, भालु, दुम्सी, स्याल, वाँदर आदि
चराचुरुङ्गीः डाँफे, मुनाल, च्याखुरा, कालिज, ढुकुर आदि
जडीवुटीहरुः चिराइतो, दालचीनी, टिमुर, वोझो सुगन्धवाल, अमला, रिठ्ठा, तेजपात पाषणवेद, बिलाजित, सुनझाडी, भार्ला, कुरिलो, चुत्रा, जटामसी, सुनगाभा, कचुर,असुरो,हर्रो,बर्रो, कुकुरडाइनो तितेपाति
डोटि जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरु
शैलेश्वरी मन्दिरः सिलगढी राधाकृष्ण मन्दिरः सिलगढी
मष्टा मन्दिरः सिलगढी पञ्चेश्वर महोवः राजपुर
भिमसेन मन्दिरः सिलगढी दिलिपेश्वर मन्दिरः दिपायल
कोटभैरवः सिलगढी वडी केदारः लानाकेदारेश्वर
भागेश्वर मन्दिरः मुडेगाउँ वासुधारा कुण्डः दिपायल
घण्टेश्वर मन्दिरः गैरा वेतालमाण्डौंः सातफरी
सहश्रलिङ्गः खप्तड अश्द्वाराला मन्दिरः डौड
मालिका मन्दिरः काडामाण्डौं पशुपति मन्दिरः मुडभारा, राजपुर

डोटि जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरू
खप्तड राष्ट्रिय निकुञ्ज , त्रिवेणी, नागढुङ्गा, सहश्रलिङ्ग, खप्तडदह, केदार ढुङ्गा, हात्तिपाइला क्षेत्र, घोडा, दाउन्ने , डाफेकोट, खप्तड बाबा आश्रम, बाघबुट्टे, निगालो, थरी थरीका बुट्टेदार फूलहरु(, छतिवन ताल, केदारमेला, लानाकेदारेश्वर, भिम छेदनशिला(सरस्वती नगर), सेती, कर्णाली दोभान,कानाचौर)


डोटी जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
डोटी जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार डोटी जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | दिपायल सिलगढी नगरपालिका | लडागडा, वगलेक (८,९), खातिवडा (४-६), कलेना गा.वि.स र दि.सि.नगरपालिका | ९ |
२ | शिखर नगरपालिका | कपल्लेकी, मुडेगाउँ, मुडभारा, तिजाली, पचनाली, लाटामाण्डौं जिजोडामाण्डौं, वनलेक र वारपाटा गा.वि.स. | ११ |
३ | पूर्वीचौकी गाउँपालिका | खिरसैन, वगलेक(१-७), गैरागाउँ, सानागाउँ, काँडामाण्डौ, गाँजरी र पोखरी गा.वि.स. | ७ |
४ | बडीकेदार गाउँपालिका | बर्छैन, घाङ्गल, मान्नाकापडी र लानाकेदारेश्वर गा.वि.स. | ५ |
५ | जोरायल गाउँपालिका | घण्टेश्वर, छतिवन, सरस्वतीनगर, लक्ष्मीनगर, गडसेरा र निरौली गा.वि.स. | ६ |
६ | सायल गाउँपालिका | छपाली, तोलेनी, डौड, खातिवडा (१,२,३,७,८,९) गा.वि.स. | ६ |
७ | आदर्श गाउँपालिका | बाझककानी, कालिकास्थान, महादेवस्थान, लामिखाल, गिरीचौका र दहकालिकास्थान गा.वि.स. | ७ |
८ | के.आई.सिं. गाउँपालिका | तीखातर, वासुदेवी, दुर्गामाण्डौ, रानागाउँ, भुमिराजमाण्डौं गा.वि.स. | ७ |
९ | बोगटान फुड्सिल गाउँपालिका | सिमचौर, केदारअखडा, कानाचौर, सातफरी, धिर्कामाण्डौं गगुडा र चवाराचौतारा गा.वि.स. | ७ |
जम्मा | ६५ |
१. नामः दिपायल सिलगढी नगरपा
वि.स.२०३८ मा रमणीय पौराणीक तथा एेतिहासिक डोटी जिल्ला को केन्द्र भागमा नगरपालिका को स्थापना कोट वैरब तथा सिलगढी गाउँ पञयतका साथै तिखा र रानागाउँ ,गाउँपन्चैयत अन्तर्गतका केहि गाउ बस्तिहरु लाई समेत समाबेस गरि आरम्भमा दिपायल नगर पन्चैयत को नाम बाट भयको हो | त्यस पछि २०४७ मा वबर डाडा र तिखा गाउँ बिकाश समिति लाई समाबेस गरि नगरपालिका लाई १४ वडामा विस्तार गरिनुको साथै दिपायल सिलगढी नामकरण गरियो |
तत्पस्चात २०६२|२०६३को जनआन्दोलन बाट स्थापीत लोकतान्त्रिक गणतन्त्र नेपाल मा राज्य को पुन संरचना भै २०७३ |२०७४ मा देश लाई नै ७५३ स्थानिय तह मा बिभाजन गरि यस नगर को पनि सिमाना मा विस्तार भै साबिक को कलेना गा.बि.श ,लडागडा गा.बि.श ,बगलेक को वोर्ड न.८ र ९ र खतिवडा को ४ ,५ र ६ न. वोर्डहरु गरि जम्मा ५० गा.बि.श. र १ ओटा नगरपालिका लाई ९ ओटा स्थानीय तहमा पुर्न संरचना गरियको छ |
यस नगरको एेतिहासिक र धार्मिक नगर का रुपमा पनि पहिचान रहको भगवान रामका पूर्खा राजा दीलीपले तपस्या गरी स्थापना गरेकाे दील्पेश्वर मठ र स्कदपूराणकाे मानस खन्डमा वणीत चन्दनगीरी प्रवत हालकाे िसलगढी मा रहेकाे शैलेश्वरी मन्दीर यसै नगरमा रहेकाे छ ।
केन्द्रः साविक दिपायल सिलगढी न
जनसङ्ख्याः ३३९६८ (२०७८ अनुसार)
क्षेत्रफलः १२६.६१ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | दिपायल सिलगढ़ी(११,१२) | ३८३६ | २०.१२ |
२ | २ | दिपायल सिलगढ़ी (१०) र खातिवडा(४-६) | ३७१७ | ७.३४ |
३ | ३ | दिपायल सिलगढ़ी(८,९) | ३४५५ | १०.८८ |
४ | ४ | दिपायल सिलगढ़ी(७) | ४७९६ | ६.०२ |
५ | ५ | दिपायल सिलगढ़ी(४-६) | ३७४५ | ९.५३ |
६ | ६ | दिपायल सिलगढ़ी(१-३) | ३२४१ | ५.०४ |
७ | ७ | दिपायल सिलगढ़ी (१३, १४) र लडागडा(३) | ३५०७ | २१.८४ |
८ | ८ | लडागडा(१,२,४-९) | ३८१४ | २४.८ |
९ | ९ | कलेना (१-९) र वगलेक(८,९) | ३८५७ | २१.०४ |
जम्मा | ३३९६८ | १२६.६१ |
दिपायल सिलगढी नगरपालिकाको नक्सा
२. नामः शिखर नगरपालिका
नेपालको सुदूरपश्चिम प्रदेश को डाेटी जिल्लामा अवस्थित यस शिखर नगरपालिका भौगोलिक हिसाबले पहाडी भूभागले ढाकेको छ र मिश्रित जातिले बसोबास गरेको पाईन्छ। । शिखर नगरपालिकाको पुर्वमा दिपायल सिलगढि नगरपालिका, पश्चिमतिर डडेल्धुरा जिल्ला, दक्षिणमा के.आ.इं. सिहं गाउ“पालिका र उत्तरमा आदर्श गाउँपालिका रहेका छन । नगरको मध्यभाग भएर जाने के.आ.इं. सिहं राजमार्ग र सेति नदिका रमणिय स्थल भएकाेले पर्यटकीय नगरिको रुपमा विकासकाे सम्भावना रहेकाेछ ।शिखर नगरपालिका पश्चिमकै सुन्दर शिखर लेक बाट नामाकरण गरिएको हो ।
केन्द्रः साविक पचनाली गा.वि.स.
जनसङ्ख्याः ३०३९९ (२०७८ अनुसार)
क्षेत्रफलः २८५.३९(वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कपल्लेकी(१-९) | ३७८६ | ३७.६७ |
२ | २ | मुडेगाउँ(१-९) | २११६ | ३५.८६ |
३ | ३ | मुडभरा(२,९) | १६१० | १० |
४ | ४ | मुडभरा(१,३,४-८) | ३०७८ | ४४.१९ |
५ | ५ | तिलाजी(१-९) | २२६१ | २८.६ |
६ | ६ | पचनाली(१-९) | २८३१ | १७.४३ |
७ | ७ | लाटामाण्डौं(१-७) | २१७९ | २६.८९ |
८ | ८ | लाटामाण्डौं(८,९) | २५०५ | ११.६३ |
९ | ९ | जिजोडामाण्डौं(१-९) | १५९४ | २३.६३ |
१० | १० | बनलेक(१-९) | ४६५० | १७.३६ |
११ | ११ | वारपाटा(१-९) | ३७८९ | ३२.१३ |
जम्मा | ३०३९९ | २८५.३९ |
शिखर नगरपालिकाको नक्सा
३. नामः पूर्वीचौकी गाउँपा
नेपालको सुदूरपश्चिम क्षेत्र स्थित पूर्वीचाैकी गाउँपालिका सेती अञ्चलको डाेटी जिल्लामा रहेको छ । पूर्वीचाैकी गाउँपालिमा कूल ७ वटा वडा रहेका छन् । ११७.६५ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पूर्वीचाैकी गाउँपालिकाे भु–आकृतिक स्वरुप खाेलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम छ भने पश्चिममा दिपायल शिलगढी न.पा. र उत्तरमा सायल गाउँपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३2 डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ ।
भौगोलिक अवस्थिति यो पूर्वीचाैकी गाउँपालिका मिती २०७३।१२।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट पूर्वीचाैकी गाउँपालिका रहन गएको हो र यसकाे मूख्य कार्यालय सानागाउ वडा नं. ४ मा रहेकाे छ । साल २०७८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २२४८३ रहेको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । यस गाउपालीका लाइ सुन्दर खप्तड राष्ट्रिय निकुन्जले छाेएकाे छ।
केन्द्रः साविक सानागाउँ गा.वि.
जनसङ्ख्याः २१४९४ (२०७८ अनुसार)
क्षेत्रफलः ११७.६५ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | खिरसैन(१-९) | २६२० | १२.१३ |
२ | २ | वगलेक(१-७) | ३४६१ | २०.६९ |
३ | ३ | गैरागाउँ(१-९) | ३२०४ | १८.९९ |
४ | ४ | सानागाउँ(१-९) | २२७७ | ८.२२ |
५ | ५ | काँडामाण्डौ(१-९) | ३५६३ | १८.६७ |
६ | ६ | गाँजरी(१-९) | २४८१ | १२.६१ |
७ | ७ | पोखरी(१-९) | ३८८८ | २६.३४ |
जम्मा | २१४९४ | ११७.६५ |
पूर्वीचौकी गाउँपालिकाको नक्सा
४. नामः बडी केदार गाउँपालि
डोटी जिल्लाको साविक घाङल,बर्छैन, मान्नाकापडी र लानाकेदारेशवर गा.वि.स. लाई मिलाएर बडीकेदार गाउँपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो । डोटी जिल्लाको सदरमुकाम बाट १५० कि.मि. दक्षीण तर्फ रहेको यस गाउँपालिकाको नाम यसै क्षेत्रको प्रसिद्ध धाम बडीकेदार को नाम बाट नामाकरण गरिएको छ । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु रेहका छन् । समुद्री सतह देखि १८०० मिटर उचाईमा रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल ३३२.५५ वर्ग किलोमिटर रहेकोछ । धार्मिक पर्यटन र जटीबुटीको प्रचुर सम्भावना रहेको यस गााउँपालिकाको प्रमुख प्रसिद्ध धार्मिक स्थल बडीकेारधाम यस गाउाँपालिकाको वडा नं. ५ मा र प्रमुख पर्यटकीय स्थल कालारुवा ताल यस गाउँपालिकाको वडा नं. ४ मान्नाकापडी मा रहेको छ ।
केन्द्रः साविक बर्छैन गा.वि.स.
जनसङ्ख्याः १४९०२ (२०७८ अनुसार)
क्षेत्रफलः ३३२.५६ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बर्छैन(१,५-७,९) | २५६६ | ५४.९२ |
२ | २ | बर्छैन(२-४,८) | २५२० | ५९.७८ |
३ | ३ | घाँगल(१-९) | ३३०५ | ८०.८४ |
४ | ४ | मान्नाकापडी(१-९) | ३२३४ | ८५.३१ |
५ | ५ | लानाकेदारेश्वर(१-९) | ३२७७ | ५१.७१ |
जम्मा | १४९०२ | ३३२.५६ |
बडीकेदार गाउँपालिकाको नक्सा
५. नामः जोरायल गाउँपालिका
डोटी जिल्ला सदरमुकाम सिलगढी डोटी बाट लगभग ६० किलोमिटर टाढा दक्षिण पश्चिम दिशा तिर पर्ने रमणीय उपत्यकाको नाम नै जोरायल हो । यस गाउँपालिका क्षेत्रको नाम “जोरायल” किन रहन गयो भन्ने बिषयमा एकमत देखिदैन । तर महाभारतको कथा अनुसार क्रममा भीमले जरासन्ध नामक राक्षकलाई दुई तिघ्रा समातेर बिचोबिच च्यातेर फाल्दा एक भाग यस क्षेत्रमा परेको हुँदा जरासन्धबाट ‘जरालय’ हुँदै ‘जोरायल’ भएको हो भन्ने धेरैको मत छ । कौरवहरुसंग जुवा हारेपछि १२ बर्षको बनबास र एक बर्षको गुप्तबासका क्रममा संयोगले एकदिन उनीहरू ‘जोरायलको शिरस्थानस्थित चौड़ेथल महाभारत पर्वत’ मा आइपुगे ।
चौड़ेथल जगत्तड़ी पर्वतको बसाइसितै एकदिन त्यहाँबाट तलतिर पर्ने ‘जोरायल’को भौगोलिक दृश्य हेर्न जाँदा चौतर्फी भौगोलिक एवं प्राकृतिक सुन्दरताले ओतप्रोत भएको र बीचमा उपत्यका जस्तो परेकोसम्म फाँटलाई जलमग्न अवस्थामा देखे । त्यो जलमग्नताको रहस्य बुझ्न समग्र भूगोल परीक्षण गर्दा त्यसको पुछारस्थान अर्थात् निकास मार्ग ‘नङ्गेउठी’ (बेत्थीखोला) भन्ने ठाउँमा वरपरबाट दुईवटा डाँडाहरू तलैसतह देखि आपसमा मिलेको र माथिको भाग एक आपसमा खुला रहँदा सतहबाट पानी जम्मा भएर त्यसको झण्डै १०० मिटर माथिबाट पानी उतातिर छहरा जस्तो भई बग्दा जलमग्नता रहेको देखे ।
उनीहरुले जोरायलको जल निकास गरेर त्यसलाई बस्ती योग्य बनाइदिने योजना सहित दुई डाणाहरू जोडि़एको ठाउँ ‘नङ्गेउठीमा’ जल निकासमार्ग बनाए । यसरी जोरायलको जल निकास भइसकेपछि विगतमा जलमग्न स्थानको भू–भाग कहाँ के–कस्तो रहेछ भनी माथि हेर्दै जाँदा हालको सिलङ्गीबाग भन्ने ठाउँमा यौटा अजङ्ग र अर्धअंग भएको जीव त्यहाँ लडिबुडी गरिरहेको अवस्थामा देखियो । ‘मगधदेशमा राक्षस जरासन्धसँग भगवान श्रीकृष्णको युद्ध हुँदा पाण्डव भ्राता भीमले भगवान कृष्णको संकेतमा दुई खुट्टा समाति च्यातेर अर्ध अंग बनाई शरीरको यौटा आधा फक्लेटो आकास मार्ग तिर फाल्ने क्रममा कसरी–कसरी यहाँ आइपरेको प्रत्याभूति हुन पुग्यो किनभने मगधदेशमा भएको ‘जरासन्ध’+कृष्णयुद्धमा पाण्डव सखाहरू सहभागी थिए भन्ने कुरा श्रीमद्भावगत महापुराणको ‘दशंम–स्कन्ध’मा आख्यानात्मक वर्णन पाइन्छ ।
राक्षस जरासन्धले त्यहाँका राजा–महाराजादेखि सर्वसाधारण जन जीवनमाथि हिंसात्मक आतंक र उपद्रव मचाएका कारण युद्धमा यस्तो दुर्दशा गरिएको कुरा अवगत भएपछि उसको सचेतन शारीरिक अर्धांशले पुनः जोरायल क्षेत्रमा पनि त्यसै किसिमको पीड़ा–आतंक पार्ला भन्ने पाण्डवहरूले जरासन्धको बध गरे । त्यसैले यसको नाम जोरायल रहन गएको हो भन्ने जनश्रुति छ ।यस्तै चारैतिर डाँडाकाडाँ भएको र विचमा समथर जग्गा भएको र उक्त जग्गा जलासययुक्त अवस्थामा रहेकोले पहिलो ‘जलासय’ नाम रहेको र पछि जलासयबाट अपभ्रंस हुँदै जोरायल भएको भन्ने भनाई पनि छ ।
जलनिकास भई बसोवास गर्न योग्य भएपछि उक्त स्थानमा बिभिन्न ठाउँका व्यक्तिहरु बसोवास गर्न आएका कारण यसलाई “जोडीजाडी जोरायल” भन्ने गरेको पनि सुनिन्छ । एकथरीको बुझाईमा जोरायलको शीर्षस्थानमा ‘ज्वालादेवी’ (जरादेवी) विराजमान भएकीले सोही नामाक्षरको आधारमा ‘जोरायल’ भएको हो भन्ने छ । भू–बनोट अनुसार भित्रीमधेश जस्तो ठाउँ हुँदा विगतमा यहाँ औलो ज्वरोको प्रकोप भइरहने हुँदा ‘जोरायल’ भएको हो भन्ने पनि छ ।समग्रमा हेर्दा जरासन्ध नामको राक्षकको अंगको एक भाग जोरायलमा परेको र त्यो भागको बध गरिएको हुँदा नै यसलाई जोरायल भनिएको हो भन्ने तर्क नै वलियो देखिन्छ ।
केन्द्रः साविक सरस्वतीनगर गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १९७८८ (२०७८ अनुसार)
क्षेत्रफलः ४१९.०८(वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | घण्टेश्वर(१-९) | २९२५ | ३९.७५ |
२ | २ | छतिवन(१-९) | ४१४८ | ४७.६३ |
३ | ३ | सरस्वतीनगर(१-९) | २७५० | ८७.९८ |
४ | ४ | लक्ष्मीनगर(१-९) | ४९७९ | ८६.८९ |
५ | ५ | गडसेरा(१-९) | २२५३ | ९४.५२ |
६ | ६ | निरौली(१-९) | २७३३ | ६२.३१ |
जम्मा | १९७८८ | ४१९.०८ |
जोरायल गाउँपालिकाको नक्सा
६. नामः सायल गाउँपालिका
सायल गाउँपालिका डोटी जिलामा अवस्थित छ । । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागु गरे पछि डोटी जिलामा साविकका छपाली, तोलेनी, डौड र खातिवडा गाविस मिलाएर सायल गाउँपालिका बनेको हो । सायल गाउँपालिकाको कूल क्षेत्रफल १२२.७२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ । २०७८ सालको जनगणना अनुसार यो गाउँपालिकाको कूल जनसङ्ख्या २०,४५६ रहेको छ । यो गाउँपालिकाको सिमाना पूर्वमा खप्तड राष्ट्रिय निकुञ्ज , पश्चिममा आदर्श गाउँपालिका, उत्तरमा बझाङ जिला तथा दक्षिणमा दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिका सम्म फैलिएको छ ।
केन्द्रः वडा नं. ५ दुदिलागडा, ओमनगर
जनसङ्ख्याः २०४५६ (२०७८ अनुसार)
क्षेत्रफलः १२२.७२ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | छपाली(१-९) | ३६१३ | ३२.३५ |
२ | २ | तोलेनी(१-४) | २६१९ | १५.६९ |
३ | ३ | तोलेनी(५-९) | ३३४७ | २६.१७ |
४ | ४ | डौड(१-५) | ३२२० | २०.४ |
५ | ५ | डौड(६-९) | ३०६३ | १२.८३ |
६ | ६ | खातिवडा(१-३,७-९) | ४५९४ | १५.२८ |
जम्मा | २०४५६ | १२२.७२ |
सायल गाउँपालिकाको नक्सा
७. नामः आदर्श गाउँपालिका
केन्द्रः साविक कालिकास्थान गा.
जनसङ्ख्याः २४४९५ (२०७८ अनुसार)
क्षेत्रफलः १२८.४७ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बाझककानी(१-९) | ३८७१ | १७.२ |
२ | २ | कालीकास्थान(१-४,७-९) | ४३८४ | १८.४३ |
३ | ३ | कालीकास्थान (५,६) दहकालीकास्थान (१,२) महादेवस्थान (६-९) | २९८३ | २०.५२ |
४ | ४ | महादेवस्थान (१-५) लामिखाल (३,९) | ३३३० | १३.१७ |
५ | ५ | लामीखाल(१,२,४-८) | ३५९२ | २४.९५ |
६ | ६ | गिरिचौका(१-९) | ४१२१ | २६.६५ |
७ | ७ | दहकालिकास्थान(३-९) | २२१४ | ७.५५ |
जम्मा | २४४९५ | १२८.४७ |
आदर्श गाउँपालिकाको नक्सा
८. नामः के.आई.सिं. गाउँपालि
नेपालको सुदूरपश्चिम प्रदेश स्थित के.आई.सिंह गाउँपालिका डोटी जिल्लामा रहेको छ । के.आई.सिंह गाउँपालिका साविकको दुर्गामाण्डौ,रानागाउँ, तिखात्तर,भुमिराजमाण्डौ र बासुदेवी गा.वि.स मिलेर बनेको हो र यस गाउँपालिमा कूल ७ वडा रहेका छन् । १२७.०१ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको के.आई.सिंह गाउँपालिकाको भु–आकृतिक स्वरुप खाेलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम र बाेगटान गाउँपालिका, पश्चिममा बडीकेदार गाउँपालिका र शिखर न.पा., उत्तरमा दिपायल शिलगढी न.पा. र शिखर न.पा. र दक्षिणमा बाेगटान गाउँपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३० डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ ।
भौगोलिक अवस्थिति: यो के.आई.सिंह गाउँपालिका मिती २०७३।१२।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट के.आई.सिंह गाउँपालिका रहन गएको हो र यसकाे मूख्य कार्यालय साविककाे दुर्गामाण्डाै गा.वि.स. हाल के.आई.सिंह गा.पा.०४,वायलमा रहेकाे छ । यो समुद्री सतहदेखि १३८७.४५ मि. को उचाइँमा काठमाडौं देखि ८५० कि. मि.को दूरीमा र दिपायलबाट करिब २१ कि.मि. दूरीमा स्थित रहेको छ । प्रमुख चाडपर्व: स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तै स्थानीय स्तरमा मनाइने प्रमुख चाडपर्वहरु दशैं, तिहार, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।
केन्द्रः साविक दुर्गामाण्डौ गा
जनसङ्ख्याः २०७३६ (२०७८ अनुसार)
क्षेत्रफलः १२७ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | तीखातर(१-४) | २३१८ | १८.६२ |
२ | २ | तीखातर(५-९) | ३१२८ | १३.७७ |
३ | ३ | वासुदेवी(१-९) | ३५३० | १३.९१ |
४ | ४ | दुर्गामाण्डौ(१-९) | ४११५ | २८.२५ |
५ | ५ | रानागाउँ(१-९) | २९९६ | १४.०७ |
६ | ६ | भूमिराजमाण्डौ(१,२,८,९) | २३५१ | ३०.७३ |
७ | ७ | भूमिराजमाण्डौ(३-७) | २२९८ | ७.६५ |
जम्मा | २०७३६ | १२७ |
के.आई.सिं. गाउँपालिकाको नक्सा
९. नामः बोगटान फुड्सिल गाउँपालिका
सुदूरपश्चिम प्रदेश सेती अंञचलको डोटी जिल्लामा अवस्थित यस बाेगटान फुड्सिल गाउँपालिकाकाे ३00.२२ बर्ग कि.मि क्षेत्रपफल रहेकाे छ भने यस गाउँपालिकाकाे पूर्वमा अछाम र सुर्खेत पश्चिमतिर बडीकेदार गाउँपालिका उत्तरमा के आई सिंह गाउँपालिका र दक्षिणमा सुर्खेत,वडीकेदार गाउँपालिका रहेका छन् । बाेगटान गाउँपालिका २०७३ बैशाख ३ गते गाउँपालिका घाेषणा गरिएकाे थियाे । साविकका सिमचाैर,केदार अखडा, कानाचाैर, सातफरी, धिर्कामाणडाैँ, गगुडा र चवराचाैतारा सम्मेलित ७ वटा गाविस सम्मेलित अहिलेकाे याे विशाल बाेगटान गाउँपालिका बनेकाे छ।। प्रमुख चाडपर्व स्थानीय स्तरमा बसाेवास गर्ने विभिन्न जातजाति तथा सामुदायका मानिसहरू वसाेवास रहेकाे यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । जस्तै दशै, तिहार, हाेली, अाेल्के, गाैरा, मागेसंक्रान्ति, कृष्ण जन्माष्टमी तिज यहाँका प्रमुख चाड पर्वहरूकाे रूपमा रहेकाे मानिन्छ ।
केन्द्रः साविक चवाराचौतारा गा.
जनसङ्ख्याः १५५४० (२०७८ अनुसार)
क्षेत्रफलः ३००.२२ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सिमचौर(१-९) | २८८२ | ५१.२ |
२ | २ | केदारआखडा(१-९) | १५०५ | ३१.९५ |
३ | ३ | कानाचौर(१-९) | १६९३ | ७०.६८ |
४ | ४ | सातफरी(१-९) | २८९७ | २७.९४ |
५ | ५ | धिर्कामाण्डौ(१-९) | १८१६ | ३८.८७ |
६ | ६ | गगुडा(१-९) | २४३९ | २७.१२ |
७ | ७ | चावाराचौतारा(१-९) | २३०८ | ५२.४६ |
जम्मा | १५५४० | ३००.२२ |
बोगटान फुड्सिल गाउँपालिकाको नक्सा
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति डोटी र जिल्ला प्रशासन कार्यालय डोटी। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । डोटी जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
माथी शैलेस्वरी मन्दिर हुनुपर्ने ठाउमा राधा कृष्ण मण्दिर भाको छ । त्यसपछी दिपायल पुल बजार को फोटोमा डोटी सिलगढी भाको छ ।
तपाइको सुझाव अनुसार हामिले हाम्राे पोष्टमा परिमार्ज्नन गरेका छाैँ अमुल्य सुझाव र सल्हाकाे लागि आभारी छाैँ ।
चिनारी नेपाल काठमाण्डाै नेपाल ।।
फोटोमा तलकोट हुनु पर्नेमा तालकोट भएको छ भने आदर्श गाउँपालीका हुनु पर्नेमा अदर्श भएको छ
तपाइको सुझाव अनुसार हामिले हाम्राे पोष्टमा परिमार्ज्नन गरेका छाैँ अमुल्य सुझाव र सल्हाकाे लागि आभारी छाैँ ।
चिनारी नेपाल काठमाण्डाै नेपाल ।।