परिचय
नेपालको सुदुर पश्चिम प्रदेश अन्तरगत पर्ने डडेल्धुरा जिल्ला एउटा सुन्दर जिल्ला हो । यस प्रदेशका ९ वटा जिल्ला मध्ये डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लामा जाने बाटो यहि डडेल्धुरा जिल्ला हुदै जान्छ । सुदुरपश्चिम प्रदेशको Hill Station को रुपमा रहेको तथा माथी उल्लेखित ६ वटै जिल्लाको प्रबेश बिन्दुको रुपमा रहेको डडेल्धुरा जिल्लाको महत्व सुदुरपश्चिम प्रदेशमै बिशेष रहेको छ । डडेल्धुरा नामाकरण गर्नु पहिले वागरकोट-वाघको गूफा), तल्लो खलंगा, मल्लो खलंगा, श्वार खलंगा आदि नामले पूकारिन्थ्यो । डडेल्धुरा नामाकरण कहिले देखि गरियो भन्ने ऐतिहासिक प्रमाण नपाईएता पनि यसको नाम डडेल्धुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु पाईन्छन ।
यस सर्न्दभमा यस जिल्लाको नाम यस्को भौगोलिक वनावटको -अग्ला अग्ला पहाडी श्रृंखला) आधारमा गरिएको हो भन्ने भनाई केही व्यक्तिहरुको रहेको छ । यहाको स्थानीय भाषामा मेरुदण्डलाई डडाल्नो र अग्लो चूचूरोलाई धूरो भनिने हुझ्दा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई जनज्रि्रोमा डडेल्धुरा भनिन थालिएको हो । यस जिल्लामा रहेका दलिन जस्ता डाडाकंडा, घना जंगल र जाडो भएको कारणले डडेल्धुरा नाम रहन गएको भन्ने अर्को भनाई पनि रहेको छ ।
डडेलधुरा जिल्लाको भौगोलिक अवस्थिती
१५३८ बर्ग कि.मी क्षेत्रफल रहेको यस डडेल्धुरा जिल्लाको पूर्वमा डोटी, पश्चिममा भारतको पिथौरागढ जिल्ला र महाकाली नदी, उत्तरमा वैतडी, दक्षिणमा कैलाली र कन्चनपुर जिल्लासंग सिमाना जोडिएको छ । यो जिल्ला ८०’ १२’’ पूर्व देखि ८०’ ४७”पूर्व देशान्तरसम्म र २८’ ५९”उत्तर देखि २९’ २६’’ उत्तर आक्षांससम्म फैलिएको छ भने ४६२ मीटरको उचाई देखि २६३९ मीटर उचाईसम्म भएको भित्रि मधेश चुरे पहाड देखि महाभारतको लेक, घनघस्या, तुषरानी जस्ता नामचलेका लेक यस जिल्लामा रहेका छन ।

भाैगोलीक स्वरुप
यस जिल्लाको दक्षिणि भु–भाग आलिताल गांउपालिका र परशुराम नगरपालिका क्षेत्रमा उष्ण र बाँकी पहाडी भु–भागमा समशितोष्ण हावापानी पाईन्छ । सदरमुकाममा गर्मी याममा ३२ डिग्री सेल्सीयस सम्म र जाडोयाममा सुन्य डिग्री सेल्सीयस सम्म तापक्रम रहन्छ भने वर्षा याममा १३४३. मि.मि. सम्म वर्षा हुने गर्दछ ।
प्राकृतिक वनावट
जिल्लाको पुर्व सिमानामा सेती नदी, पश्चिम सिमानामा माहाकाली नदी र त्यसका सहायक खोलाहरुले बनाएका केही समथर भूभाग र चुरे पहाड बाहेक अन्य सबै पहाडी तथा भित्री मधेश मा पर्ने यस जिल्लालाई प्राकृतिक वनावटकोे आधारमा ३ भागमा बाँड्न सकिन्छ।
१. भित्री मधेश २. मध्य पहाडी प्रदेश ३. लेकाली प्रदेश

डडेलधुरा जिल्लामा रहेका प्राकृतिक सम्पदाहरू
प्रमुख नदिनालाहरु
यहाको प्रमुख नदिनालाहरुमा महाकाली र सेती हुन । तर यी नदीहरु जिल्लाको आर्थिक बिकासको दृष्टिकोणले त्यति उपयोगी मानिदैनन् । अन्य सहायक खोलाहरुमा रंगुन, रडुवा, पन्तुरा, रुपाली गाड, घटाल, सुर्नायाँ, रुवाखोला, सकायल, तिलाडीगाड, दोगाड, आरा, सिर्ष, कलेना, लोपा, सिराड, सादनी, ठूलिगाड, डोटीगाड आदि मूख्य पर्दछन ।
वन जंगल
कूल भु–भागको लगभग ७५ प्रतिशत वनजंगलले ढाकीएको यस जिल्लाको दक्षिणी भेगमा उष्ण सदाबहार सल्ला, साल, सिसम जस्ता वृक्षहरु भरीभराउ भई हरियाली तथा प्राकृतिक दृष्टिकोणले सुसम्पन्न वनजंगल छन भने उच्च पहाडी भेगमा समशितोष्ण कोणधारी वनजंगलले सजिसजाउ छन । यस जिल्लामा रहेको वनको क्षेत्रफल निम्नानुसार रहेको छ ।
- कूल बन क्षेत्र १,१४,७३६.५० हेक्टर
- सरकारी वन क्षेत्र ९७,८४६.२० हेक्टर
- सामुदायिक वन १६,८९.४१ हेक्टर

बन्य जन्तु
यस जिल्लामा पाईने प्रमूख बन्य जन्तुहरुमा बाघ, चितुवा, भालु, घोरल, थार, जरायो, दुम्सी, रतुवा, बादर, स्याल, लंगुर, बदेल आदि हुन् ।
झरना र तालहरू
यस जिल्लाको विशेष उल्लेखनिय ताल तथा झरनाहरुमा आलिताल गांउपालिकामा रहेको ३०० मिटर लम्वाई ८० मीटर चौडाई २० मीटर गहिराई भएको आलिताल र बोडापाथी पर्दछन । भागेश्वर गांउपालिका अन्तरगत साहिलको झरना, आलिताल गांउपालिकाकै कुमोडगाड झरना आदि उल्लेखनीय छन ।
डडेलधुरा जिल्लामा रहेका महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थलहरु
घटाल थान, पर्शुराम मन्दिर, उग्रतारा मन्दिर, भागेश्वर मन्दिर, डागेश्वरी मन्दिर, समैजि मन्दिर, असीग्राम मन्दिर, गन्यापधुरा, सहश्रलिङ्ग आदि जिल्लामा रहेका महत्वपुर्ण धार्मिक स्थलहरू हुन भने अजयमेरु गाउपालिका अन्तरगत पर्ने अजयमेरुकोट तथा अमरगढी नगरपालिका स्थित अमरगढी किल्ला यस जिल्लाको प्रमूख ऐतिहासिक स्थलको रुपमा प्रसिद्ध छन ।
डडेलधुरा जिल्लाको सामाजिक अवस्था
यस जिल्लामा विभिन्न जनजाति सम्प्रदायका मानिसहरुले बसोबास गरेको भएतापनि धार्मिक विषयलाई लिएर कुनै पनि सम्प्रदाय विच विवाद उठेको घटना भने कहिँ कतैबाट पाइदैन । यस जिल्लामा हिन्दू्हरुको बाहुल्यता भएतापनि हिन्दूबाहेक अन्य विभिन्न जाति तथा धर्मका मानिसहरुले समेत बासोबास गर्दै आएका छन । जुन यस प्रकार छन ।
(क) हिन्दू ९९.७२ प्रतिशत (ख) बौद ०.१५ प्रतिशत
(ग) मुस्लीम ०.२ प्रतिशत (घ) जैन ०.२ प्रतिशत
(ङ) क्रिष्चीएन ०.७ प्रतिशत (च) अन्य ०.२ प्रतिशत
डडेलधुरा जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
डडेलधुरा जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार डडेलधुरा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ नगरपालिका र ५ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | अमरगढी नगरपालिका | अमरगढी नगरपालिका | ११ |
२ | परशुराम नगरपालिका | परशुराम नगरपालिका | १२ |
३ | आलिताल गाउँपालिका | गांखेत र आलिताल गा.बि.स. | ८ |
४ | भागेश्वर गाउँपालिका | रुपाल, भागेश्वर बगरकोट गा.बि.स. | ५ |
५ | नवदुर्गा गाउँपालिका | कोटेली, मणिलेक, नवदुर्गा र बेलापुर गा.वि.स. | ५ |
६ | अजयमेरु गाउँपालिका | समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर गा.बि.स | ६ |
७ | गन्यापधुरा गाउँपालिका | असीग्राम, गणेशपुर, मष्टामाण्डौ र कैलपालमाण्डौ गा.वि.स. | ५ |
जम्मा | ५२ |
१. नामः अमरगढी नगरपालिका
नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा जिल्लामा अवस्थित अमरगढी नगरपालिका मध्य पहाडी भेगमा रहेको नगरपालिका हो । २०५३ साल माघ ११ गते देशभर घोषणा भएका १५ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरपरका ५ गाउँ विकास समितिहरु (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा,उग्रतारा र भुमिराज) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । अमरगढी नगरपालिकाको नामाकरण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकिकरणको सिलसिलामा वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारीदाङमा गोर्खाली सैन्य सित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र यस भु-भागको सु-शासनलाई सुदृढ र विस्तार गर्नका लागि श्री अमर सिंह थापा यस क्षेत्रका प्रथम प्रशासकका रुपमा नियुक्त भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारि पनि विजय अभियानलाई जारी राख्न डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा निमार्ण गरेको विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो ।
केन्द्रः साविक अमरगढी नगरपालि
जनसङ्ख्याः २४१४९ (२०७८ अनुसार)
क्षेत्रफलः १३९.३३ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | २ | अमरगढी(२) | १८४२ | २८.९६ |
२ | ३ | अमरगढी(३) | १७१६ | ४७.८८ |
३ | ४ | अमरगढी(४) | १४२८ | ६.८५ |
४ | ५ | अमरगढी(५) | ४१२२ | ५.८६ |
५ | ६ | अमरगढी(६) | १४५७ | ८.३६ |
६ | ७ | अमरगढी(७) | २२३६ | ५.८९ |
७ | ८ | अमरगढी(८) | २०८८ | ७.३८ |
८ | ९ | अमरगढी(९) | १४३९ | ४.१ |
९ | १० | अमरगढी(१०) | ११८० | ५.१९ |
१० | ११ | अमरगढी(११) | १३७९ | ३.६६ |
जम्मा | २४१४९ | १२४.१३ |
अमरगढी नगरपालिकाको नक्सा
२. नामः परशुराम नगरपालिका
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित परशुराम नगरपालिका भित्रि मधेस भेगमा रहेको नगरपालिका हो । २०७१-८-१६ गते देशभर नयाँ घोषणा भएका ६१ नगरपालिका मध्येको यो नगरपालिका पनि एक हो । डडेल्धुरा जिल्लाको वरपरका २ गाउँ विकास समितिहरु (जोगबुडा र शिर्ष ) मिलाएर यस नगरपालिकाको घोषणा गरिएको थियो । सो नगरपालिका डडेल्धुरा जिल्लाको दोस्रो नगरपालिका हो ।
केन्द्रः साविक परशुराम नगरपालि
जनसङ्ख्याः ३५५९० (२०७८ अनुसार)
क्षेत्रफलः ४१४.०७ (वर्ग कि.मि.)
वडा संख्याः १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | परशुराम(१) | २६०१ | ३६.०८ |
२ | २ | परशुराम(२) | ११०४ | ५६.७१ |
३ | ३ | परशुराम(३) | २०६१ | ४९.८१ |
४ | ४ | परशुराम(४) | ४६३३ | १७.१५ |
५ | ५ | परशुराम(५) | ३१८३ | १४.६६ |
६ | ६ | परशुराम(६) | २२८९ | ३८.५५ |
७ | ७ | परशुराम(७) | ३१६३ | ४९.६ |
८ | ८ | परशुराम(८) | २०३८ | २०.०४ |
९ | ९ | परशुराम(९) | ३७२६ | २४.९५ |
१० | १० | परशुराम(१०) | ४०५१ | ३५.९३ |
११ | ११ | परशुराम(११) | २६१४ | ३१.९२ |
१२ | १२ | परशुराम(१२) | ४१२७ | ३८.६७ |
जम्मा | ३५५९० | ४१४.०७ |
परशुराम नगरपालिकाको नक्सा
३. नामः आलिताल गाउँपालिका
केन्द्रः साविक आलिताल गा.वि.स.
जनसङ्ख्याः १८११२ (२०७८ अनुसार)
क्षेत्रफलः २९२.८७ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गाङ्खेत(८,९) | २०८४ | ३९.६५ |
२ | २ | गाङ्खेत(१-५) | १४६८ | ४७.९८ |
३ | ३ | आलिताल(४) रगाङ्खेत(६,७) | ३०१६ | ७२.८६ |
४ | ४ | आलिताल(१,७) | २०४८ | १५.०५ |
५ | ५ | आलिताल(२,३) | १९०२ | १२.४९ |
६ | ६ | आलिताल(८,९) | २३१२ | ५१.४५ |
७ | ७ | आलिताल(६) | २०४१ | २५.३५ |
८ | ८ | आलिताल(५) | ३२४१ | २८.०४ |
जम्मा | १८११२ | २९२.८७ |
आलिताल गाउँपालिकाको नक्सा
४. नामः भागेश्वर गाउँपालिका
डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा.वि.स . लाई मिलाएर बर्तमान भागेश्वर गाउपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो | डडेल्धुरा जिल्ला बाट १४ किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका हो | अस्थाई केन्द्र बगरकोट रहेको यस गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर ” भागेश्वर ” को नाम बाट गरिएको हो | २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् भने गाउँपालिकाको कुल जनसंख्या १३१३२ रहेको छ |धार्मिक पर्यटन ,लघु जल बिधुत ,जदिबुडी उत्पादन तथा प्रशोधन र प्राबिधिक शिक्षाको प्रचुर सम्भावना भएको यस गाउँ पालिकाका प्रमुख पर्यटकीय स्थलहरु बगरकोट कमल ताल ,भागेश्वर मन्दिर धुरा ,बोगटा ऐतिहांसिक कोट र सायल झरना हुन |
केन्द्रः साविक बगरकोट गा.वि.स.
जनसङ्ख्याः १३१३२ (२०७८ अनुसार)
क्षेत्रफलः २३३.३८ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | रुपाल(६-९) | ३१२४ | ६७.९८ |
२ | २ | रुपाल(२-५) | १९०८ | ३३.५५ |
३ | ३ | भागेश्वर(१-९) | ३५३९ | ३४.८६ |
४ | ४ | बगरकोट(१-४,७-९) | २८९९ | ५०.७४ |
५ | ५ | रुपाल (१), बगरकोट(५,६) | १६६२ | ४६.२५ |
जम्मा | १३१३२ | २३३.३८ |
भागेश्वर गाउँपालिकाको नक्सा
५. नामः नवदुर्गा गाउँपालिका
देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदुर्गा गाउँपालिका देशकाे सुदूरपश्चिमी भुभाग अन्तरगत सुदुर पश्चिम प्रदेशकाे डडेल्धुरा जिल्लाकाे पुर्वी भागमा अवस्थीत रहेकाे छ । साविकका काेटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स. लाई मिलाएर वनेकाे याे गाउँपालिकाकाे नामाकरण साविककाे नवदुर्गा गा.वि.स. मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीकाे नाम वाट गरिएकाे छ । पुर्वमा डाेटी जिल्ला पश्चिममा अमरगढी न.पा. उत्तरमा वैतडी जिल्ला तथा दक्षिणमा अमरगढी न.पा. काे वीचमा रहेकाे नवदुर्गा गा.पा.काे जम्मा क्षेत्रफल १४१.८९ वर्ग कि.मि.तथा जनसंख्या १८६७२ रहेकाे छ ।
यस गाउँपालिकाकाे हाल काे अस्थायी केन्द्र साविककाे मणिलेक गा.वि.स.(हालकाे वा.नं.२) भवनमा रहेकाे मा प्रथम गाउँसभा वैठकले निर्णय गरी वा.नं. १,२,३,४र ५ काे संगमकाे रूपमा रहेकाे वान्चाेरा भन्ने ठाउँमा नवदुर्गा गा.पा. काे स्थायी सदरमुकाम कायम गरिएकाे छ । प्राय जसाे समसिताेष्ण हावापानी रहेकाे नवदुर्गा गा.पा. का वासिन्दाहरू काे प्रमुख पेशा कृषि रहेकाे छ । पर्याप्त वन जंगल र प्राकृतिक साधन श्राेतकाे धनी यस गाउँपालिकामा नवदुर्गा मन्दिर , विजयाशैनी मन्दिर ,मष्ठा भगवती क्षेत्र , गाैडेश्वर क्षेत्र, मणिलेक मन्दिर क्षेत्र जस्ता धार्मिक पर्यटकीय स्थानहरू का अतिरित्त विभिन्न देवल तथा ऐतिहासिक स्थलहरू पनि रहेका छन ।
केन्द्रः सपल्ला – बान्चोरा
जनसङ्ख्याः १८६७२ (२०७८ अनुसार)
क्षेत्रफलः१४१.४४ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कोटेली(१-९) | ४०६५ | २८.०५ |
२ | २ | मणिलेक(१-९) | ४३५१ | १८.३१ |
३ | ३ | नवदुर्गा(१-९) | ३०६० | १३.७२ |
४ | ४ | बेलापुर(१-६) | ४४४६ | ५८.०९ |
५ | ५ | बेलापुर(७-९) | २७५० | २३.२७ |
जम्मा | १८६७२ | १४१.४४ |
नवदुर्गा गाउँपालिकाको नक्सा
६. नामः अजयमेरु गाउँपालिका
सुदुरपश्चीम प्रदेश को केन्द्रबिन्दु डडेल्धुराको उत्तर पश्चिम दिशामा अवस्थित अजयमेरु गाउपालिका साबिकका समैजी,अजयमेरु, भद्रपुर्, चिपुर र देवल दिव्यपुर गा. बि. स. मिलेर बनेको एक सुन्दर गाउपालिका हो ।परापुर्व कालमा अजयमेरु कोट मा राजा नागी मल्ल ले राज्य गरेको यो ठाउँ प्रसिध एतिहासिक ठाउँ पनि हो ।
केन्द्रः साविक भद्रपुर गा.वि.स
जनसङ्ख्याः १५१६१ (२०७८ अनुसार)
क्षेत्रफलः १४८.९ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | समैजी(१-९) | २२५६ | २१.९८ |
२ | २ | अजयमेरु(१-९) | ३४९० | ४३.४ |
३ | ३ | भद्रपुर(१-९) | १९१० | १८.२२ |
४ | ४ | चिपुर(१-९) | २३६६ | १९.६६ |
५ | ५ | देवलदिव्यपुर(४-९) | २६४९ | २०.६१ |
६ | ६ | देवलदिव्यपुर(१-३) | २४९० | २५.०३ |
जम्मा | १५१६१ | १४८.९ |
अजयमेरु गाउँपालिकाको नक्सा
७. नामः गन्यापधुरा गाउँपालि
डडेल्धुरा जिल्लाको प्राचिन समयमा पश्य गर्खा क्षेत्रमा पर्ने सबैै हिन्दुहरुको धार्मिक एबं सास्कृतिक आस्थाको धरोहरका रुपमा रहेको शिखर (गन्याप) देवताको नामबाट गन्यापधुरा नामाकरण गरीएको हो । खास गरी यस गाउँपालीका अन्तर्गत असिग्राम, गणेशपुर, कैलपालमाण्डौ र मष्टामाण्डौ लगायत सुदुरपश्चिम क्षेत्रकै सवै जातजातीको आस्थाको धरोहरको रुपमा रहेको गन्याप देवता शक्तिपीठ मध्ये एक हो ।
सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा रहेको साविक असिग्राम गा.वि.स., गणेशपुर गा.वि.स., मष्टामण्डौ गा.वि.स. र कैलपालमाण्डौ सम्मिलित गरी जम्मा ४ वटा गा.वि.स. २९ डिग्री २१ मिनेट उत्तरी आक्षांश देखि २० डिग्री ४२ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ६५ मिनेट पुर्वि देशान्तर देखि ८० डिग्री ७८ मिनेट पुर्वि देशान्तरमा अबस्थित गन्यापधुरा गाउँपालिका बनेको छ । यस गन्यापधुरा गाउँपालिकाको जनसङ्ख्या १३७२२ र यसको क्षेत्रफल १३५.६५ वर्ग कि.मि. रहेको छ।
साविक असिग्राम गा.वि.स.का १ देखि ९ वडा, साविक गणेशपुर गा.वि.स. का १ देखि ९ वडा, साविक मष्टामाण्डौ गा.वि.स का १ देखि ९ वडा र कैलपालमाण्डौ गा.वि.स. का १ देखि ९ वडा गरी जम्मा ४ वटा गा.वि.स. को जनसङ्ख्या , भौगलिक अबस्था समाहित गरी ५ वटा वडा मा विभाजन गरी गाउँपालीकाको स्थापना भएको हो । गाउँपालीका स्थापना गर्दा यहाँको जातिय भाषिक धार्मिक सामाजिक सास्कृतिक एतिहासिक सडक सञ्जालको पहुच एककृत भुबनोट लाई आधार मान्दै प्राकृतिक श्रोत, सस्थागत पुर्वाधार आ.ब. ०७२।०७३ को आन्तरीक आय र जिल्ला स्थित क्रियासिल राजनैतिक दलहरुको सर्वसम्मत निर्णय समेत लाई आधार लिई स्थानिय तह पुनं. सङ्ररचना प्रावधिक सहयोग समितीको मिति २०७३।०७।२० को निर्णय अनुसार गन्यापधुरा गाउँपालीका प्रताब भई स्विकृत भएको हो । जस अनुसार यसको केन्द्र गणेशपुर रहेको छ ।
केन्द्रः साविक गणेशपुर गा.वि.स
जनसङ्ख्याः १३७२२ (२०७८ अनुसार)
क्षेत्रफलः १३५.६६ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | असीग्राम(१-९) | ३१२५ | ७०.९५ |
२ | २ | गणेशपुर(१-९) | ३१५० | १३.२७ |
३ | ३ | मष्टामाण्डौ(१-९) | ३३६५ | १६.७६ |
४ | ४ | कैलपालमाण्डौ(५-९) | २०६९ | १३.०३ |
५ | ५ | कैलपालमाण्डौ(१-४) | २०१३ | २१.६५ |
जम्मा | १३७२२ | १३५.६६ |
गन्यापधुरा गाउँपालिकाको नक्सा
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति डडेलधुरा र जिल्ला प्रशासन कार्यालय डडेलधुरा । तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । डडेलधुरा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।