परिचय
कालिकोट जिल्ला तत्कालिन मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत र हाल आएर कर्णाली प्रदेशमा पर्दछ । यो जिल्ला वि.स. २०३४ सालमा जुम्ला जिल्ला स्थित तिब्रिकोट गा.वि.स. विस्थापित भई बनेको हुनाले नेपालको कान्छो जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लाको तत्कालिन कालिका (मुग्राहा) गा.वि.स. स्थित कालिका गाउँमा कालिका भगवती मन्दिर रहेको र यो ठाउँ भुरे टाकुरे राजाहरुको कोटदरबार रहने किसिमको उच्च स्थानमा रहेको हुनाले सोही आधारमा जिल्लाको नाम कालिकोट रहन गएको भन्ने भनाई छ । यस जिल्लालाई वि.स.२०३२ सालमा छुट्टयाउने निर्णय भए तापनि यस जिल्लाको जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालयहरु विधिवत रुपमा २०३४ सालमा स्थापना गरीएका हुन् । सुरुमा तत्कालिन मान्म गा.वि.स.३ मान्म गाउँमा जिल्ला सदरमुकाम कायम गरिएको थियो भने वि.स. २०४० साल देखि सोही गा.वि.स.को बडा नं. ५ स्थित खाँडाचक्र डाँडामा सदरमुकाम कायम गरिएको हो । सुरुमा ३३ गा.वि.स. रहेको कालिकोट जिल्लाको उत्तर पश्चिमका साप्पाटा ।

कालिकोट जिल्लाको भौगोलिक अवस्थिती
जिल्लाको भौगोलिक बनावट र हावापानी विविध किसिमको रहेता पनि मूलतःस मशितोष्ण हावापानी रहेको र बढी ढालयुक्त÷भिरालो भू—भागहरु धेरै भाग पूर्व पश्चिम र केही भू भाग उत्तर दक्षिण फैलिएको छ । यस जिल्लाको भू भाग समुद्र सतहबाट लगभग ७३८ मिटर देखी ४७९० मिटर सम्मको उचाई मा फैलिएको छ । पूर्वी देशान्तर ८१०२८ देखि ८२००२ सम्म र उत्तरी अक्षा समा २९००५ देखी २९०२८ सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७४१ बर्ग कि.मि. अर्थात १,७८,०३० हेक्टर रहेको छ । यस जिल्लाको तापक्रम अधिकतम (औषत) १८.६० सेन्टीग्रेड र न्युनतम (औषत) ५.६० सेन्टीग्रेड रहने गरेको र बार्षिक औषत ७३० मिलि मिटर बर्षा हुने गर्दछ । जिल्लाको उत्तर बाट बग्ने चीनको तिब्बत (अस्पताल) क्षेत्र बाट बगेर आउने कर्णाली नदी र पुर्व बाट जुम्ला जिल्ला हुदैँ बग्ने तीला नदी कालिकोटमा आई दुवै नदी लालीघाटमा मिसिएर कर्णाली नामले बग्दछ ।

त्यस्तै अन्य स–साना खोलाहरुमा फुगाड, सान्निगाड, थिर्पुगाड, बालीगाड, भर्तागाड, पादमघाट खल्लागाड मुख्य हुन् । यहाँका नदी र खोलामा विद्युत उत्पादनको सम्भावना अत्याधिक बढी देखिन्छ भने पचालझरना गाउँ पालिकाको खार्दु भन्ने ठाँउमा रहेको “पचाँल झरना” प्रकृतिको सुन्दर कृति मानिन्छ, जसको लम्बाई ३८१ मिटर छ जुन नेपालमै सबैभन्दा लामाे झरना हाे । कालिकोट जिल्लाको हावापानी – समशितोष्ण, भु-बनौट- बढी ढालयुक्त -भिरालो, पुर्वी देशान्तर – ८१०२८ – ८२००२, उत्तरी अक्षांश – २९००५ – २९०२८, उचाई – समुन्द्र सतहबाट ७३८- ४७९० मि., क्षेत्रफल – १७४१ बर्ग किमी (१७८०३० हेक्टर), औषत तापक्रम अत्यधिक १८.६० सेन्टिग्रेड न्यूनतम ५.६० सेन्टिग्रेड, औषत बर्षा – ७३० मिलिमिटर रहेको छ । यस जिल्लाको पुर्वमा–जुम्ला, पश्चिममा– अछाम, उत्तरमा– मुुगु र बाजुरा दक्षिणमा– दैलेख, जाजरकोट जिल्ला सिमाना जिल्लाको रूपमा रहेका छन ।

कालिकोट जिल्लामा रहेका प्रमुख धार्मिक पर्यटकिय क्षेत्रहरू
कालिकोट जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थल तथा मन्दिरमा बडीमालिका मन्दिर, चुली मालिका मन्दिर, पुग मालिका मन्दिर,महावुअ शिव मन्दिर, पंचदेवल (पंच पाण्डवद्धारा निर्मित), चुलीमालिका मन्दिर (मान्म, पाँखा र वदालकोट बीच) तिला गुफा, (रांचुली) ढुँगे बगैचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली, रामारोशन, पचाल झरना, फुगाड झरना, पचछहरी झरना आदि प्रमुख रहेको पाइन्छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा अवस्थित बडीमालिका मन्दिर पर्यटकीय एवं धार्मिक दुवै दृष्टिले महत्वपूर्ण छ जुन हिन्दुहरुका लागि झनै महत्वपूर्ण मानिन्छ । यिनलाई ब्यवस्थित तरिकाले संरक्षण र सर्म्वर्द्धन गरी वाह्य र आन्तरिक पर्यटनलाई आर्कषण गरी पर्यटकिय क्षेत्रकोरुपमा विस्तार गरे यस जिल्लाको आय आर्जनमा टेवा पुगि गरिवी निबारणमा सहयोग पुग्ने देखिन्छ । जसको लागि विभिन्न तह र तप्कावाट प्रचार प्रसार गर्न आवश्यक छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरि विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमहरु मार्फत पनि पर्यटकलाई यस जिल्लामा भित्राउन सकिने प्रवल संभावना देखिन्छ ।
कालिकोट जिल्लाको विविध पक्षहरू
कालिकोट जिल्लामा वसोवास गर्ने जातजातिहरू – ब्राहमण , ठकुरी, क्षेत्री, दलित,सन्यासी, मगर
कालिकोट जिल्लामा मानिने धर्म – हिन्दु, इशाई (केही)
कालिकोट जिल्लामा बाेलिने भाषा – नेपाली, स्थानीय
कालिकोट जिल्लामा मनाइने चाडपर्वहरू – बडादशैँ तिहार, पैठ, तागा, होली, माघेसंक्रान्ती, श्रीकृष्ण जन्माष्ठमी, श्रीपञ्चमी
कालिकोट जिल्लाका मुख्य नदीहरू – तीला र कर्णाली
कालिकोट जिल्लामा पाइने मुख्य जडिबुटीहरु – पाँच औँले, कटुकी, सुगन्धबाला, लौठेसल्ला, बोजो, अत्तिसी, जटामसी, निर्मसी, सिलाजित, टिमुर, चिराइतो, हर्रो, अमला, आदि ।

कालिकोट जिल्लाको जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
कालिकोट जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार कालिकोट जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ३ नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | खाँडाचक्र नगरपालिका | मान्म, दाँहा, पाँखा, भर्ता गा.वि.स. वडा नं. ८ र बदालकोट वडा नं. १-३ | ११ |
२ | रास्कोट नगरपालिका | सिपखाना, स्यूना र फुकोट गा.वि.स. | ९ |
३ | तिलागुफा नगरपालिका | फोइमहादेव, राँचुली, जुविथा, छाप्रे र चिल्खाया गा.वि.स. वडा नं. १-८ | ११ |
४ | पचालझरना गाउँपालिका | नानीकोट, राम्नाकोट र बदालकोट गा.वि.स. वडा नं. ४-९ | ९ |
५ | सान्नी त्रिवेणी गाउँपालिका | रकु, मेहलमुडी र मुम्रा गा.वि.स. | ९ |
६ | नरहरिनाथ गाउँपालिका | कोटबाडा, कुमालगाउँ, रुप्सा, मालकोट र लालु गा.वि.स. | ९ |
७ | शुभ कालीका गाउँपालिका | सुकाटिया, कालिका (मुग्राहा) र भर्ता गा.वि.स. वडा नं. १-७,९ | ८ |
८ | महावै गाउँपालिका | ओदानकु, गेला र चिल्खाया गा.वि.स. वडा नं. ९ | ७ |
९ | पलाता गाउँपालिका | धौलागोह, खीन र थिर्पु गा.वि.स. | ९ |
जम्मा | ८२ |
१. नामः खाँडाचक्र नगरपालिका
कालिकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कर्णाली अञ्चलको प्रवेश द्वार समेत हो। यस नगरपालिकामा साविकको मान्म, पाँखा, दाँहा गाविस तथा वदालकोट गाविसको वडा नं. १, २ र ३ र भर्ता गाविसको वडा नं. ८ लाई समेत समेटिएको छ । नगरपालिकाको पुर्व तर्फ तिलागुफा नगरपालिका, पश्चिम तर्फ कर्णाली नदी, उत्तर तर्फ पचालझरना गाउँपालिका र दक्षिण तर्फ शुभकालिका गाउँपालिका पर्दछ ।यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग कि.मी. रहेको छ । यस नगरपालिकामा पर्ने महत्वपूर्ण पर्यटकीय स्थलहरु कोट दरवार तथा ढुङ्गेवगैचा, चुलीमालिका, पिली युद्ध पर्यटकीय क्षेत्र, पन्चदेवल मन्दिर आदि हुन् ।
केन्द्रः साविक मान्म गा.वि.स.को कार्यालय
क्षेत्रफलः १३३.२९ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | मान्म(५) | ३६१४ | ६.३१ |
२ | २ | मान्म (१-४) र भर्ता (८) | ३५७८ | ८.१९ |
३ | ३ | मान्म(८,९) | १७९९ | २.८६ |
४ | ४ | मान्म(६,७) | १७८४ | ७.२६ |
५ | ५ | दाँहा(१-३) | २४०८ | १६.१३ |
६ | ६ | दाँहा(४-७) | २३९४ | २०.६२ |
७ | ७ | दाँहा(८,९) | १०९६ | १०.५९ |
८ | ८ | पाँखा(१-४) | १५८४ | १०.६२ |
९ | ९ | पाँखा(५-७) | १४०६ | १२.०६ |
१० | १० | पाँखा(८,९) | १३४३ | १.४ |
११ | ११ | बदालकोट(१-३) | १२६८ | ३७.२५ |
जम्मा | २२२७४ | १३३.२९ |
खाँडाचक्र नगरपालिकाको नक्सा
२. नामः रास्कोट नगरपालिका
नेपालकाे कान्छाे जिल्ला भनेर चिनिने कालिकाेट जिल्लाकाे सबैभन्दा सानेा तर अति सुन्दर , भाैगाेलिकरुपमा मिलेकाे नगरपालिका रास्काेट नगरपालिका हाे । साबिकका स्यूना , सिपखाना र फुकाेट गा. वि. स. काे भूभागलाई मिलाएर यस नगरपालिकाकाे यसको स्थापना वि स २०७३ फागुन २७ गते भएकाे हाे । समुन्द्री सतहबाट लगभग १७७५ मिटरको उचाइमा रहेको र ५९.७३ वर्ग किलो मिटरमा फैलिएको छ । १९ डिग्री १४ मिनेट ३० सेकेण्ड डिग्री उत्तरी अक्षांश र ०८१ डिग्री ३८ मिनेट २३० सेकेण्ड पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।
नगरपालिकाको पूर्वमा पचालझरना गाउँपालिका, पश्चिममा शान्नि त्रिवेणी गाउँपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा पचालझरना रहेका छन् । यस नगरीमा प्रसिद्ध पर्यटकीय स्थलहरु शम्भुनाथ मन्दिर, देउरा मालिका मन्दिर, मलयागिरी पाटन, रास्कोटी राजाकाे दरवारकाे अवषेश, रानिवन रहेका छन् । बाजुरा जिल्लामा रहेको प्रशिद्ध तिर्थस्थल बडिमालिका जाने बाटो समेत यसै नगरपालिकाबाट रहे्को छ । जमुनाहा हिल्सा अन्तराष्ट्रिय सडक सञ्जालमा जोडिएको र फुकोट कर्णाली हाइड्रो पावरको ड्याम समेत यसै नगरपालिकामा बन्ने भएकोले यसको भविष्य सुन्दर रहेको छ ।
केन्द्रः साविक स्यूना गा.वि.स.
क्षेत्रफलः ५९.७३ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सिपखाना(२-४,६) | २१९१ | ५.७४ |
२ | २ | सिपखाना(१,५) | १८१३ | ६.०९ |
३ | ३ | सिपखाना(७-९) | १६६९ | ४.१३ |
४ | ४ | स्यूना(१-३) | १६७२ | ७.६६ |
५ | ५ | स्यूना(४,५,७) | २३७३ | २.३२ |
६ | ६ | स्यूना(६,८,९) | १९९७ | ४.०१ |
७ | ७ | फुकोट(५,६) | १०८६ | ३.६६ |
८ | ८ | फुकोट(४,७-९) | २३९५ | ३.६६ |
९ | ९ | फुकोट(१-३) | २२२९ | २२.४६ |
जम्मा | १७४२५ | ५९.७३ |
रास्कोट नगरपालिकाको नक्सा
३. नामः तिलागुफा नगरपालिका
कर्णाली प्रदेश अन्तरगत कालिकोट जिल्लाको पश्चिमी भागमा अवस्थित तिलागुफा नगरपालिका उच्च पहाडी विशेषता बोकेको क्षेत्र हो । कुल २६२.५६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका साविक फोइमहादेव, राँचुली, छाप्प्रे, जुविथा र चिल्खाया गाविस मिलेर बनेको हो । यस परिच्छेद अन्तरगत नगरपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरूलाई देहाय बमोजिमका शीर्षकहरूमा व्याख्या गरिएको छ ।
समुन्द्री सतहको १५३० मिटरदेखि ४५६० मिटरसम्मको उचाइमा रहेको तिलागुफा नगरपालिका भौगोगिक अवस्थितिका हिसाबले २९ डिग्री ४ मिनेट १८ सेकेण्ड उत्तरदेखि २९ डिग्री १४ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ४४ मिनेट १७ सेकेण्ड पूर्वदेखि ८१ डिग्री ५८ मिनेट २१ पूर्वी देशान्तरमा फैलिएको छ । यो नगरपालिका कालिकोट जिल्लाको जिल्लाको सदरमुकाम मान्मदेखि करीब ७० किमीको दूरीमा दक्षिण–पश्चिम भागमा रहेको छ । यस नगरपालिकाको पूर्वमा जुम्ला जिल्ला, पश्चिममा खाँडाचक्र नगरपालिका, दक्षिणमा महाबै गाउँपालिका र उत्तरमा पलाता र पचालझरना गाउँपालिकासँग सिमाना जोडिएको छ ।
केन्द्रः साविक जुविथा गा.वि.स.
क्षेत्रफलः २६२.५६ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | फोइमहादेव(१-५) | १९७५ | १०.९१ |
२ | २ | राँचुली(५-७) | १०४७ | ३२.४३ |
३ | ३ | फोइमहादेव(६-९) | १३३० | २४.७६ |
४ | ४ | राँचुली(२-४) | ९८८ | १४.३६ |
५ | ५ | जुविथा (१-३) र राँचुली (१) | ८४९ | १८.५५ |
६ | ६ | जुविथा(४-९) | १५३४ | १५.७७ |
७ | ७ | छाप्रे(१-६) | २५९४ | १३.०१ |
८ | ८ | छाप्रे(७-९) | ११७३ | १२.६७ |
९ | ९ | राँचुली (८,९) र चिल्खाया (१,२) | २०३५ | ५३.२९ |
१० | १० | चिल्खाया(६-८) | १२६० | ५४.३४ |
११ | ११ | चिल्खाया(३-५) | १४१२ | १२.४७ |
जम्मा | १६१९७ | २६२.५६ |
तिलागुफा नगरपालिकाको नक्सा
४. नामः पचालझरना गाउँपालिका
केन्द्रः साविक राम्नाकोट गा.वि
क्षेत्रफलः १६६.९२ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बदालकोट(४-७) | १३६४ | २७.६६ |
२ | २ | बदालकोट(८,९) | ११३३ | ८.९३ |
३ | ३ | राम्नाकोट(७-९) | १६७३ | ५७.५२ |
४ | ४ | राम्नाकोट(५,६) | ९९८ | १०.१२ |
५ | ५ | राम्नाकोट(१-४) | १७१७ | ११.३५ |
६ | ६ | नानीकोट(१,२) | १७२० | १०.९७ |
७ | ७ | नानीकोट(३,५) | २२५७ | १५.२५ |
८ | ८ | नानीकोट(४,६,७) | १६६५ | १४.४ |
९ | ९ | नानीकोट(८,९) | ११६० | १०.७२ |
जम्मा | १३६८७ | १६६.९२ |
पचालझरना गाउँपालिकाको नक्सा
५. नामः सन्नी त्रिवेणी गा
केन्द्रिकृत एकात्मक निरंकुश शासन व्यस्थाले बर्गिय, क्षेत्रीय, भाषिक, सांस्कृतिक र लैंगिक लगायतका विभिन्न क्षेत्रगत रुपमासिर्जना गरेका विभेद र असमानताका विरुद विभिन्न राजनैतिक परिवर्तनका खातिर नागरिकले गरेका आन्दोलनका कारण राज्यले नागरिकलाई अधिकार सम्पन्न बनाउने विषयमा विभिन्न समय अधिकार प्रत्योजन हुने क्रमसंगै नेपालको संविधानको धारा ५६ अनुसार संघ, प्रदेश र स्थानीय तह गरी तिन तहको राज्य संरचना हुने व्यवस्था गरेसंगै मिति २०७३।११।२७ गते राजपत्रमा घोषणा भए अनुसार स्वशासन र स्वायत्ताको अधिकार सहित सान्नी त्रिवेणी गाउँपालिकाको स्थापना भएको हो ।
नेपालको कर्णाली क्षेत्रमा स्थित सान्नी त्रिवेणी गाउँपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत गाउँ सान्नी त्रिवेणी” का साथ २०३४ सालमा कर्णाली अञ्चलको कालिकोट जिल्लामा (साबिकको मुम्रा मेहलमुडी र रकु गा.वि.स.) भएको हो र भौगोलिक अवस्थितिलार्इ मध्यनजर गर्दै मिति २०७४/०६/०१ गते देखि नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट सान्नी त्रिवेणी गाउँपालिकाको स्तरोन्नती भई सान्नी त्रिवेणी गाउँपालिका हुन गएको हो ।
सान्नी त्रिवेणी गाउँपालिकामा कूल ९ वडा रहेका छन् । १३६.७१ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको सान्नी त्रिवेणी गाउँपालिकाको भु–आकृतिक स्वरुप करिब सबै जस हिमालि भाग रहेको छ भने यसको पूर्वमा रास्कोट नगरपालिका रहेको छ भने पश्चिममा नरहरिनाथ गा. पा को रुप्सा रहेको छ, उत्तरमा बाजुराको त्रिवेणी गाउँपालिका रहेको छ भने दक्षिणमा खाडाँचक्र नगरपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३५ डिग्री र न्यूनतम तापक्रम -८ डिग्री रहेको पाइन्छ । यो समुद्री सतहदेखि १५९१ मि. (५२१८.४८ फिट) को उचाइँमा काठमाडौं देखि ७५४ कि. मि.को दूरीमा स्थित रहेको छ ।
२०७८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १३४९१ (जस मध्ये महिलाः६९०३ पुरुषः६५८८ घरधरी संख्याः २४२२) रहेको छ। प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बुद्ध जयन्ती,हरीतालिका तिज, शिवरात्री, पैठ पर्व, यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।
केन्द्रः साविक मेहलमुडी गा.वि.
क्षेत्रफलः १३६.७१ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | रकु(१,२,४) | १५३९ | ४.९ |
२ | २ | रकु(३,५,६) | १७५१ | १२.२७ |
३ | ३ | रकु(७-९) | १४१० | १०.२६ |
४ | ४ | मेहलमडी(१,२,५) | १४९४ | ५.०५ |
५ | ५ | मेहलमुडी(३,४,६) | ११९४ | २.७१ |
६ | ६ | मेहलमुडी(७-९) | २४५७ | २७.४३ |
७ | ७ | मुम्रा(१-३) | ७१९ | १०.२२ |
८ | ८ | मुम्रा(६,७,९) | १५०४ | १६.५९ |
९ | ९ | मुम्रा(४,५,८) | १४२३ | ४७.२८ |
जम्मा | १३४९१ | १३६.७१ |
सान्नी त्रिवेणी गाउँपालिकाको नक्सा
६. नामः नरहरिनाथ गाउँपालि
कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा, रूप्सा, मालकोट र लालु गाउँ विकास समिति मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा जम्मा ९ वडा रहेका छन् । यस नरहरिनाथ गाउँपालिकाको भौगोलिक तथा प्राकृतिक अवस्थाको बारेमा अक्षांश २९ डिग्री ७ मिनेट ३३ सेकेन्ड उत्तर देखि २९ डिग्री १८ मिनेट ५६ सेकेन्ड उत्तरी अक्षांश रहेको छ । देशान्तर ८१ डिग्री २८ मिनेट ११ सेकेन्ड पूर्वदेखि ८१ डिग्री ३५ मिनेट ३१ सेकेन्ड पूर्वी देशान्तर मा रहेको छ ।
केन्द्रः साविक कुमालगाउँ गा.वि
क्षेत्रफलः १४३.८६ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कोटबाडा(३-७) | २२२० | १०.८१ |
२ | २ | कोटबाडा (१,२,८,९) र कुमालगाउँ (१-३) | २२२१ | ५.५१ |
३ | ३ | कुमालगाउँ(४-८) | २३२२ | ५.७१ |
४ | ४ | कुमालगाउँ (९) र रुप्सा (५-७,९) | २८७८ | ९.५२ |
५ | ५ | रुप्सा(१-४,८) | २३०२ | ६१.११ |
६ | ६ | मालकोट(१-५) | २०३४ | ७.८१ |
७ | ७ | मालकोट(६-९) | २११३ | २६.७३ |
८ | ८ | लालु(२,४,६,७,९) | २९७२ | ८.०३ |
९ | ९ | लालु(१,३,५,८) | ३३९६ | ८.६३ |
जम्मा | २२४५८ | १४३.८६ |
नरहरिनाथ गाउँपालिकाको नक्सा
७. नामः शुभ कालीका गाउँपालिका
नेपालको कर्णाली प्रदेश कालिकोट जिल्लाको शुभकालिका गाऊँपालिकामा एकातर्फ आर्थिक, सामाजिक, मानविय श्रोत, सडक, विद्युत, स्वास्थ्य, शिक्षाको हिसाबले पछाडी परेको गाऊँपालिका हो भने अर्कोतर्फ भौगोलिक, सांस्कृतिक, सम्पदाको धनि, सौन्दर्यताले सिंगारिएको विर सपुतहरुको तपोभुमी यो पालिका धेरै सम्भावना ओगटेर बसेको भुमी हो । यस गाउँ पालिकामा २९८१ घरधुरी, कुल जनसंख्या १७९२० रहेको छ । सक्रिय उमेरका ४२ प्रतिशत युवाहरु मध्ये ५५ प्रतिशत रोजगारीको लागि भारत लगायत अन्य खाडी मुलुकमा गएर काम गर्न बाध्य छन् ।
यस गाउँ पालिकाका ८२ प्रतिशत मानिसहरु कृषि पेशामा संलग्न भएतापनि आफ्नो उत्पादनबाट सरदर.३ महिना मात्र खान पुग्ने घरधुरी २५ प्रतिशत , ३ देखी ६ खान पुग्ने ३८ प्रतिशत, ६ देखि ९ महिनासम्म खान पुग्ने २८ प्रतिशत र बाह्रै महिना खान पुग्ने ९ प्रतिशत घरधुरी रहेको छ । यस गाउँपालिकाको बार्षिक औषत उत्पादन १.३ मे टन प्रति हेक्टर देखिएको छ, जुन राष्ट्रिय औषत उत्पादन भन्दा कम देखिन्छ । आधुनिक व्यवशायिक कृषि प्रणाली, उन्नत जातका पशुपालन तथा बजारीकरणको अभावले कृषि क्षेत्रमा अपेक्षित उपलब्धी हुन सकेको छैन ।
कर्णाली लोकमार्ग संग आशिंक रुपमा जोडिएको भएता पनि गाँउपालिकाको केन्द्र लगायत स्थानीय बजार केन्द्रहरु सम्म सडक संजाल जोड्न नसकिएको कारण स्थानीय स्तरमा उत्पादित कृषि तथा वनजन्य बस्तुहरुको राम्रो बजारिकरण हुन सकेको छैन । शुभकालीका गाउँपालिका जल जंगल, खनिज, जडीबुटी, वन्यजन्तु , पशुपालन, अन्नबाली, फलफुल र ठुलो मानविय श्रोत भएको गाऊँ पालिका हो । यि कुराहरुको संरक्षण र उपयोग गर्न सकिएमा गाउँपालिकाको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने देखिन्छ ।
जलश्रोतको उचित उपयोगले यो गाऊँपालिका पुर्ण रुपले प्रकासमय हुनेछ भने विभिन्न प्रकारका पर्यटकिय क्षेत्रले गर्दा आयआर्जनमा बृद्धि हुने छ । विकासका आयमहरुलाई यथार्थतामा बदल्न भौतिक विकासको साथसाथै मानविय विकासलाई समेत संगसंगै लैजानु पर्ने अपरिहार्यता रहेको छ । यस गाउँपालिकामा ४४ वटा बालविकास केन्द्र, २० वटा आधारभूत द्यिालय, ७ वटा माध्यामिक विद्यालय संचालनमा छन् । यस पालिकाको विद्यार्थी भर्ना दर ९८ प्रतिशत, विद्यालय छाड्ने दर ३ प्रतिशत भएता पनि महीला शाक्षरता ६१.८१ प्रतिशत ६३ं.८६ गरी कुल ७९ प्रतिशत मात्र देखीन्छ ।
केन्द्रः कालेखोला देखी सुकाटीया डाँडासम्म
क्षेत्रफलः ९७.३२ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | भर्ता(६) | ८४० | ४.७६ |
२ | २ | भर्ता(५,७,९) | २०८८ | ७.०४ |
३ | ३ | भर्ता(१-४) | ३३०३ | २८.३७ |
४ | ४ | सुकाटिया(१-३) | २१९१ | ६.९ |
५ | ५ | सुकाटिया(४-७) | १५०० | १४.८७ |
६ | ६ | सुकाटिया(८-९) | १३३३ | १६.६४ |
७ | ७ | कालिका (मुग्राहा)(१-३,५,६) | १०१६ | ९.३८ |
८ | ८ | कालिका (मुग्राहा)(४,७-९) | १५०२ | ९.३६ |
जम्मा | १३७७३ | ९७.३२ |
शुभ कालीका गाउँपालिकाको नक्सा
८. नामः महावै गाउँपालिका
कर्णाली प्रदेश अन्तर्गत रहेको जिल्ला कालिकोट एक हिमाली जिल्ला हो | यस जिल्लामा ३ नगरपालिका र ६ ओटा गाउँपालिका रहेका छन् | ६ ओटा गाउँपालिका मध्ये अक्षांश २९.०९७६०६६ र देशान्तर ८१.७५८७३०४ मा अवस्थित यस महावै एक गाउँपालिका हो | साविक चिल्खाया गा वि स को ९ नं वडा, ओदानकु र गेला गा वि स मिलेर बनेको छ । यस गाउँपालिकामा हाल जम्मा ७ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको कार्यालय वडा नं. १ मा अवस्थित छ ।
वि.सं. २०७८ सालकाे जनगणाना अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या ८१७७ रहेकाे छ र यस गाउँपालिकाले जम्मा ३२२.०७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यस गाउँपालिका मा जम्मा १८ वटा विद्यालयहरु रहेका छन् । यस गाउँपालिकामा हाल सम्म पनि मोटर बाटाेको विकास भएको छैन । यहाँ विभिन्न किसिमका पर्यटकीय क्षेत्र जस्तै महावु लेक, स्याउ फार्म, नदी, हिमाल, वनजंगल र विश्वकै दुर्लभ जीव रेडपाण्डा पाइने भएता पनि मोटर बाटोको अभावका कारण समस्त पर्यटकीय क्षेत्र ओझेलमा परेकाे छ । यहाँको यातायात पूर्वधारमा गोरेटो बाटो एक मात्र विकल्पकाे रुपमा रहेकाे छ ।
केन्द्रः साविक ओदानकु गा.वि.स.
क्षेत्रफलः ३२२.०७ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | चिल्खाया(९) | ८२९ | ५०.८१ |
२ | २ | ओदानकु(१-३) | १२८७ | १२२.४ |
३ | ३ | ओदानकु(४-६) | १४५० | ९१.९ |
४ | ४ | ओदानकु(७-९) | ९९३ | १८.९४ |
५ | ५ | गेला(१-४) | १४६३ | १६.७४ |
६ | ६ | गेला(५-७) | १२६१ | ७.९८ |
७ | ७ | गेला(८,९) | ८९४ | १३.३ |
जम्मा | ८१७७ | ३२२.०७ |
महावै गाउँपालिकाको नक्सा
९. नामः पलाँता गाउँपालिका
पलाँता गाउँपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लामा रहेको छ। यस जिल्लामा ३ नगरपालिका ६ वटा गाउँपालिका रहेका छन् । ६ वटा गाउँपालिका मध्ये पलाँता एउटा गाउँपालिका हो । नयाँ संरचना अनुसार साबिकका ३ गा.बि.स. खिन,थिर्पु र धौलागोह मिलाएर हालको पलाँता गाउँपालिकाको निर्माण गरिएको छ र यस गाउँपालिकालाई जम्मा ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल ३१८.८४ वर्ग कि.मि. हेको छ । पलाँता गाउँपालिकाको कुल जनसङ्ख्या १७३४६ रहेको छ। पलाँता गाउँपालिकाको क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरुमा पुर्वमा – जुम्लाको हिमा गा.पा , सिँजा गा.पा र कनकसुन्दरी गा.पा , पश्चिममा – पचालझरना गा.पा र बाजुराको स्वामिकार्तिक गा.पा , उत्तरमा – मुगुको खत्याड गा.पा र दक्षिणमा – पचालझरना गा.पा. र तिलागुफा नगरपालिका रहेका छन् ।
केन्द्रः साविक थिर्पु गा.वि.स.
क्षेत्रफलः ३१८.८४ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | धौलागोह(६,८,९) | २११६ | ५८.३८ |
२ | २ | धौलागोह(४,५,७) | २६५६ | ११.६५ |
३ | ३ | धौलागोह(१-३) | २४४४ | ६.१९ |
४ | ४ | खीन(४,७,८) | १४७६ | ३१.४२ |
५ | ५ | खीन(५,६,९) | ६५५ | १३.४७ |
६ | ६ | खीन(१-३) | २३१९ | १०९.१४ |
७ | ७ | थिर्पु(१,७,८) | २३३५ | ५२.९६ |
८ | ८ | थिर्पु(५,६,९) | १२५९ | २७.०२ |
९ | ९ | थिर्पु(२-४) | २०८६ | ८.६१ |
जम्मा | १७३४६ | ३१८.८४ |
पलाता गाउँपालिकाको नक्सा
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति कालिकोट र जिल्ला प्रशासन कार्यालय कालिकोट। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । कालिकोट जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।