Supa Deurali Mandir

अर्घाखाँची जिल्ला Arghakhanchi District

परिचय

नेपाल सरकारको संघीय संरचना अनुसार प्रदेश नं. ५ अन्र्तगत पर्ने १२ वटा जिल्ला मध्ये अर्घाखाँची जिल्ला एक पहाडी जिल्ला हो ।  अर्घाखाँची जिल्लाको नामकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घका रूपमा दही चढाउँदा देवी उत्पत्ति भएकाले सोही स्थानबाट अर्घा शब्दको उत्पती भएको हो भन्ने भनाइ छ । त्यसैगरी खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्ची भन्ने प्रचलन भएकाले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने तर्क पनि पाइन्छ । बाईसे चौबीसे राज्य अनर्तगत भुरे राजाका पालामा चौबीसे राज्य अन्र्तगत पर्ने अर्घा दरबारका राजा र खाँची दरबारका राजा बिच सन्धि भएपछि यस जिल्लाको नाम अर्घाखाँची हुन गएको र सोही सन्धि भएको स्थानलाई सन्धिखर्क नामाकरण गरिएको जनविश्वास रहि आएको छ । सोही स्थानमा हाल अर्घाखाँची जिल्लाको सदरमुकाम रहेको छ ।

सदरमुकाम सन्धीखर्क
सदरमुकाम सन्धीखर्क

पुर्विय दर्शन धार्मिक ग्रन्थहरुमा महत्वपुर्णका साथ वर्णित प्रसंग अनुसार देव देविको पुण्य तपस्थलिको रुपमा हेरिन्छ । धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताले सम्पन्न अर्घाखाँची जिल्ला सातैरंगी मिसिएको ईन्द्रेणी जस्तै छ । वि.स. १८४३ मा एकिकरणको शिलशिलामा अर्घाखाँची जिल्ला तत्कालीन पाल्पा राज्यमा गाभिएको थियो । वि.स. २०१८ सालमा गुल्मी जिल्ला अन्र्तगत रहेपनि नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेपछि मात्रै अर्घाखाँची जिल्ला छुट्टै जिल्ला भएको हो ।

डमरूदह ठाडा
सामाजीक तथा भाैगाेलिक अवस्थीती

अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ्ग, उत्तरमा गुल्मी, दक्षिणमा रुपन्देही र कपिलवस्तु, जिल्लाहरु रहेका छन । विश्व मानचित्रमा  यस जिल्लाको कुल क्षेत्रफलः ११९३ वर्ग किलोमिटर अक्षांश २७ डि. ४५ मि. देखि २८ डि. ६ मि. उत्तर, देशान्तर ८० डि. ४५ मि. देखि ८३ डि. २३ मि. पूर्व बीच यो जिल्ला अवस्थित छ । यस जिल्लाको उचाई समुन्द्र सतह देखि ३०५ मिटरदेखि २५१५ मिटर रहेको छ भने औषत वर्षा २२०० मिलिमिटर (औषत वार्षिक) छ । यस जिल्लाको तापक्रम न्यूनतम् ६.५० देखि अधिकतम् ४०० सेन्टिग्रेड सम्म हुने गर्दछ ।

पाणिनी
पाणिनी तपोभुमी तस्वीर : पाणिनी तपोभुमीफेसबुक

दक्षिणतर्फ चुरे र उत्तर तर्फ मध्यपहाडी क्षेत्रहरु मिली बनेको यो जिल्ला भू–उपयोगको दृष्टिले सरकारी वन ३४ प्रतिशत, सामुदायिक वन २२ प्रतिशत, कृषियोग्य जमीन ३९ प्रतिशत, नदी नाला ५ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाको कुल जनसंख्याः १९७६३२ रहेको छ भने जसमा पुरुष जनसंख्याः ८६२६६ र महिला जनसंख्याः १११३६६ रहेको छ ।

छत्रमहराज मन्दीर छत्रदेव /फोटो : सुजन न्याैपाने

जिल्लामा ४६,८३५ घरधुरीहरु रहेका छन् । यहाँ वसाेवास गर्ने अधिकांस हिन्दु धर्मावलमी भएपनी त्यसकाे अलवा मुस्लीम धर्मावलमी, वाैद्ध धर्मावलमी र इ्शाइ धर्मावलमीकाे वसाेवास गर्दछन। त्यसैगरी यहाँ वसाेवास गर्ने मुख्य जातिमा मगर, गुरूङ, व्राहमण, क्षेत्री, दलित जातजातीकाे वाहुल्यता रहेकाे छ ।  प्रशासनिक दृष्टिले यो जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका, गरी जम्मा ६ वटा पालिकाहरु रहेका छन् । जसमध्ये शितगङ्गा नगरपालिका भुगोलको हिसाबले देशकै सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको छ ।

मथुरामा रहेको राधा कृषण मन्दीर
प्राकृतिक तथा सांस्कृतिक सम्पदा

मध्यपहाडी र शिवालीक भु बनोटमा यहाँका प्रमुख खोला बाँगी खोला, झिमु्रक खोला, वाडगंगा खोला, मथुराबेशी खोला, सितखोला, खाँकबेशी खोला र रङसीङ खोला रहेका छन । अर्घाखाँची जिल्लामा २ वटा प्रमुख तालहरु रहेका छन जुन डम्मरुदह ताल सितगंगा नगरपालिकामा रहेको छ भने सेङलेङदह ताल भुमिकास्थान नगरपालीकामा रहेको छ ।

मालारानी गाउँपालीकामा रहेको मालारानी देविकाे मन्दीर

यहाँका मुख्य सांस्कृतिक सम्पदाहरुमा नरपानीमा रहेको प्रसिद्ध सुपा देउरालीको मन्दिर, पाँडिनी गाउँपालीकाको पँडेनामा रहेको पाँडिनी तपोभुमी, पाँडिनी गाउँपालीकाकै खिदिममा रहेको साततले (दुर्वासा)गुफा,  छत्रदेव गाउँपालीकाको बल्कोटमा रहेको बल्कोटपौवा, छत्रदेव गाउँपालीकामै रहेको छत्रमहादेवको मन्दिर, मथुराबेसीमा रहेको कृष्ण मन्दिर, सन्धिखर्क नगरपालिकाको अर्घामा रहेको अर्घा दरबार, अर्घा भगवती मन्दीर, मालारानी गाउँपालिकामा रहेको मालारानी मन्दिर, अमिलेमा रहेकाे झरना यहाँका प्रमुख साँस्कृतिक सम्पदाहरु हुन ।

बल्कोट पाैवा / तस्वीर : सुजन न्याैपाने

पहाडी जिल्ला भएपनि बाटोघाटोको हिसाबमा यो अत्यन्तै सुघम मानिन्छ । अर्घाखाँची जिल्ला जाने मुल सडक कपिलवस्तुको गोरुसिङे हुँदै जान सकिन्छ । जुन सडक पुर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) संग जोडिएको छ । त्यसैगरी पाल्पा, गुल्मी र प्युठान जिल्ला हुँदै पनि जिल्ला सडक संग जोडिएको छ । प्राकृतिक सम्पदाहरु बनजंगल, खोलानाला पर्याप्त मात्रामा रहेकाले प्राकृतिक सुन्दरताले जो कसैको मन लोभाउने गर्दछ ।  बिशाल वहुउद्देश्यीय नौमुरे जलविद्युत्त आयोजना, रमणिय ताल, बनजंगल, खोला नदि, पर्वतिय श्रृङखलाहरु, पौराणिक मठमन्दिरहरु, अर्घाखाँची जिल्लाका पर्यटकिय सम्भावनाका महत्वपुर्ण श्रोतहरु हुन ।

साततले (दुर्वाशा गुफा

याे लेख तयार गर्दा हामीले विभिन्न लेख रचनामा प्रकासित भएका सामाग्री, अडियो भिडीयाेको सहयोगमा चिनारी नेपालले  प्रकासन गरेको हाे । तपाइसंग जिल्ला विशेष कुनै लेख तथा रचना भएमा साथै यो लेखमा कुनै सुधार गर्नु पर्ने भएमा   हामीलाइ  लेखी पठाउन सक्नुहुने छ । जसको लागी chinari2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

अर्घाखाँची जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
  • प्रतिनिधीसभा सदस्यकोलागी निर्वाचन क्षेत्र संख्या १ रहेकाे छ ।
  • प्रदेशसभा सदस्यकोलागी निर्वाचन क्षेत्र संख्या २ रहेकाे छ  ।
अर्घाखाँची जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार अर्घाखाँची जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर   ३ नगरपालिका र ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः सन्धिखर्क नगरपालिका

केन्द्रः साविक सन्धिखर्क नगरपालिकाको कार्यालय

कुल जनसङ्ख्या : ४१०७९

क्षेत्रफल : १२९.४२ (वर्ग की.मी.)

वडा संख्या : १२

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सन्धिखर्क

सन्धिखर्क

सन्धिखर्क

सन्धिखर्क

सन्धिखर्क

पाली

सन्धिखर्क

६,७

सन्धिखर्क

८,९

सन्धिखर्क

१०,११

सन्धिखर्क

१२

१०

सन्धिखर्क

१३

११

सन्धिखर्क

१४

१२

सन्धिखर्क

१५

 

२.    नामः शितगंगा नगरपालिका

केन्द्रः साविक ठाडा गा.वि.स.को कार्यालय

कुल जनसङ्ख्या : ४३३७३

क्षेत्रफल : ६१०.४३ (वर्ग की.मी.)

वडा संख्या : १४

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सुवर्णपुर

१-९

सितापुर

१-९

ठाडा

१,२,७-९

ठाडा

३,४,६

जुकेना

१-५

जुकेना

६-९

जलुके

१-४,७-९

जलुके

५,६

सिद्धरा

१,७,८

१०

सिद्धरा

२-४,९

११

सिद्धरा

५,६

१२

ठाडा

१३

सिमलपानी

३,४,६-९

१४

सिमलपानी

१,२,५

 

३.    नामः भूमिकास्थान नगरपालिका

केन्द्रः साविक नुवाकोट गा.वि.स.को कार्यालय

कुल जनसङ्ख्या : ३२६४०

क्षेत्रफल : १५९.१३ (वर्ग की.मी.)

वडा संख्या : १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ढाकावाङ्ग

२,३,६,९

ढाकावाङ्ग

१,४,५,७,८

धारापानी

६-९

धारापानी

१-५

असुरकोट

१-९

खिल्जी

१-९

नुवाकोट

१,५,७-९

नुवाकोट

२-४,६

ढिकुरा

१-९

१०

धनचौर

१-९

 

४.    नामः छत्रदेव गाउँपालिका

केन्द्रः साविक छत्रगंज गा.वि.स.को कार्यालय

कुल जनसङ्ख्या : २५३३६

क्षेत्रफल : ८७.६२ (वर्ग की.मी.)

वडा संख्या : ८

वडा नं.

समावेश भएका साविक

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

चिदिका

१-८

बल्कोट

१,५-८

बल्कोट

२-४,९

केरुङ्गा

केरुङ्गा

२-९

छत्रगंज

१-९

ठूलापोखरा

१-९

भगवती

१-९

अर्घातोष

२-५

मरेङ्ग

७-९

 

५.    नामः  पाणिनी गाउँपालिका

केन्द्रः दुर्गाफाट

कुल जनसङ्ख्या : २६४२४

क्षेत्रफल : १५१.४२ (वर्ग की.मी.)

वडा संख्या : ८

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पणेना

१-९

पोखराथोक

१-९

खिदिम

१-९

पटौटी

१-९

मैदान

१-९

धातिवाङ्ग

१-९

अङ्गुरी

१-९

पाली

१-८

चिदिका

 

६.    नामः मालारानी गाउँपालिका

केन्द्रः साविक खनदह गा.वि.स.को कार्यालय

कुल जनसङ्ख्या : २८०४४

क्षेत्रफल : १०१.०६ (वर्ग की.मी.)

वडा संख्या : ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

अर्घातोष

१,६

मरेङ

४-६

अर्घातोष

७-९

मरेङ

१-३

खनदह

१-९

खन

१-९

बाँगी

१-९

हँसपुर

१,४-६

हँसपुर

७,८,९

हँसपुर

२,३

गोखुङगा

गोखुङ्गा

२-९

Leave a Comment

Your email address will not be published. Required fields are marked *