Photo of rukum paschim

रुकुम पश्चिम जिल्ला Rukum Paschim District

परिचय

मध्यकालिन वाइसे राज्यमध्ये रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट र जहारीकोट राज्यहरु पनि पर्दथे । यी राज्यमध्ये रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर रहेको थियो । रुक्मीणी देवीको नाम अपभ्रंस भएर रुकुमकोट भएको र रुकुमकोट शब्दबाटै रुकुम नाम रहन गएको किम्बदन्ती पाइन्छ । वि.सं. २०७४ मा रुकुम जिल्लालाई २ जिल्लामा विभाजन गरेपछि रुकुम पश्चिम र रुकुम पूर्व गरी दूई भागमा यो जिल्ला विभाजन भयो । हाल कर्णाली प्रदेश अन्तरगत पर्ने यस रुकुम पश्चिम जिल्लाको पूर्वी सीमानामा रुकुम पूर्व, पश्चिम सीमानामा जाजरकोट, उत्तरमा डोल्पा र दक्षिणमा सल्यान र रोल्पा जिल्लाहरु पर्दछन । करीब १ लाख ५५ हजार जनसख्या भएको यस जिल्लाको सदरमुकाम मुसिकोट हो । यस जिल्लामा हिमाली, पहाडि र तराईसम्मकै हावापानी पाइन्छ । विभिन्न ताल तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो जिल्लमा विभिन्न जात जाति र भाषा भाषीका मानिसहरु वसोवास गर्दछन । उनीहरुको रहन सहन र कला संस्कृति पनि विविध खालको छ ।

Photo of rukum paschim
तस्विरमा रूकुम पश्चिम जिल्ला

रुकुम(पश्चिम) जिल्लाको ऐतिहासिक पृष्ठभूमी :
नेपालको एकात्मक राज्य प्रणाली अन्तर्गतको रुकुम जिल्लालाइ संविधान सभा बाट निर्माण गरिएको संघीयता सहतिको संविधान २०७२ बाट राज्यको गठित नया संघीय संरचना बमोजिम जिल्लालाई पुर्वी रुकुम र पश्चिम रुकुम गरि २ जिल्लामा विभाजन गरेको छ । हाल पुर्वी रुकुम ५ नं. प्रदेश र पश्चिम रुकुम कर्णाली प्रदेशको सबैभन्दा पुर्बी भागमा अबस्थित छ । यस जिल्लाको  ऐतिहासिक अभिलेखको आधारमा जुम्लाका राजा मेदनी बर्माले आफ्ना माइला भाइ पिताम्बरलाई रुकुमको राज्य दिएका थिए ।

केही राज्यहरू स–साना नाम मात्रका थिए । ती स–साना रजौटाहरूको अधिनमा थोरै जनसंख्या भएका गाँउ हुन्थे । राज्यको आम्दानी पनि थोरै हुन्थ्यो । उनीहरूलाई आफ्नो अस्तित्व जोगाउन कठिन हुन्थ्यो । शक्तिशाली राज्यहरूको इशारामा चल्नु पर्ने बाध्यात्मक स्थिति र बृहत नेपालको सृजना गर्ने दृढ संकल्पका साथ पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान पूर्वतिर चलाइराखेका थिए । उनको मृत्यु पछि राजा प्रताप सिंह शाहले बाबुको सपना साकार पार्न कविलासपुरमा हमला गरी विजय प्राप्त गरे ।

Photo of Rukum
तस्विरमा रूकुम पश्चिम जिल्लाको विधालय

उनको अल्पआयुमै मृत्यु भए पछि राजमाता राज्यलक्ष्मीको लमजुङ्ग, तनहु, नुवाकोट, भिर्कोट, कास्की रिसीङ, घिसिङ माथि विजय प्राप्त गरी राजमाताको देहान्त पछि बहादुर शाहले नायवी भइ काम गरे । बहादुर शाह (रणबहादुर शाहको राज्यकाल) ले पिता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सफल पार्न अघि सरे । पाल्पासँग आफ्नो वैवाहिक सम्बन्ध कायम राखी कुटनैतिक दृष्टिको आधारमा पश्चिम पाल्पा र सल्यानबाट मद्दत लिने योजना बनाए । पश्चिमबाट बहादुर शाहले पाल्पा बाहेक सबै राज्यहरू विजय गरे ।

सल्यानले नेपाल सरकारलाई सहयोग गरेको देखेर दाङ्ग, जाजरकोट र रुकुम राज्यले आपसमा मिलेर सल्यानमाथि सामूहिक हमला गर्ने मिलोमतो गरे । तर काजी दामोदर पाण्डे, काजी जगत्जङ्ग पाण्डे, सरदार परवल राना र सुब्बा फौदसिंहको नेतृत्वमा नेपाली सैन्यले दाङ माथि विजय गरी सल्यानलाई सुम्पेको देखिन्छ । काजी जिप शाह, सरदार अमरसिह थापा, सरदार पारथ भण्डारी र सुब्बा जोग मल्लले उपल्लो खसीको बाटोगरी जहारीटार पुगि जाजरकोट संग सिढि सन्धि पत्र गरे ।

यसरी रुकुमकोट लगायत मुसिकोट, बाँफिकोट, जहारीकोट, आठविसकोट, गोतामकोट जस्ता स–साना राज्यहरू रणबहादुर शाहको राज्यकालमा नेपालमा एकीकरण भयो । यसरी एकीकरण भएको रुकुम जिल्ला वि.स. २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामध्ये मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चलको उत्तरी भेकमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्ला एक दुर्गम जिल्लाको रुपमा चिनिन्छ ।

Photo of rukum paschim
तस्विरमा रूकुम पश्चिम जिल्लाको रमणिय दृश्य तस्विरः सजिलो ट्रिप
रूकुम पश्चिम जिल्लाको संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज,जातजाति र भाषाभाषी

यहाँ पौराणिक लोक संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज विद्यमान छन् । विविध, जातजाति, भाषाभाषी, संस्कृति यस जिल्लाको विशेषता हो । अग्ला अग्ला पर्वतको खोचमा रुकुमकोट (जिल्लाको पुरानो सदरमुकाम) नामको उपत्यका पनि छ । पोखरी आकारमा साना साना खाल्टाखुल्टी र थुम्का टाकुरा भएको यस स्थानलाई ५२ पोखरी ५३ टाकुरी पनि भनिन्छ । वि.स. २०३० सालमा रुकुमकोटवाट सदरमुकाम जुम्ली खलंगा मुसिकोटमा सरेको हो । आजभोलि यसलाई खलंगा मुसिकोट भन्ने गरिन्छ । यो जिल्ला ऐतिहासिक पुरातात्विक, प्राकृतिक एवम सांस्कृतिक सम्पदामा अति नै वैभवशाली मानिन्छ ।

बाउन्न पोखरी त्रिपन्न टाकुरी भनेर चिनिने रुकुममा पहिलो पटक पाइला टेक्ने जो कोहि पनि हर्षविभोर नभई रहन सक्दैन । सानोभेरी, ठुलोभेरी जस्ता नदीले फन्को मारी बग्ने सयौं खोला तथा नदीनालाहरू, झर्नाहरू अनि लेकमा फुल्ने गुराँसको मनोरक दृश्य र डाँफे मुनाल तथा कालिजका सुमधुर संगितमय आवाजले जिल्लालाई अझै सुन्दर बनाएको छ । बाह्रै महिना सेतो घुम्टो ओढी उत्तरतर्फ रहेको सिस्ने हिमालको दृश्य अति नै मनमोहक देखिन्छ । धार्मिक तथा ऐतिहासिक दृष्टिले समृद्ध मानिने प्रमुख दर्शनीय स्थलहरूमा डिगे्र शाईकुमारी मन्दिर, स्यार्पू दह, कमल दह, रुकुमकोट, जुम्ली खलंगा, मुसिकोट, ढोरपाटन शिकार आरक्ष, देउराली गुफा आदि रहेका छन् ।

rukum
तस्विरमा रूकुम पश्चिम जिल्लाको रमणिय दृश्य तस्विरः सजिलो ट्रिप
रूकुम पश्चिम जिल्लाको भौगोलिक अवस्थिति

अक्षांश : २८ ं २९’ देखि २९ ०’ उत्तरी अक्षांश
देशान्तर : ८२ ं १२’ देखि ८२ ं ८३’ पूर्वि देशान्तरसम्म
उचाइ : ७१४ देखि ६६०२ मी. सम्म
सदरमुकाम मुसिकोटको उचाइ : १४४८ मिटर
क्षेत्रफल : २८७७ वर्ग कि.मी.

हावापानी 
औषत वर्षा : १६०० देखि २४०० मि.मि.सम्म
तापक्रम : न्युनतम ०.४ ंसेल्सिियस अधिकतम
तापक्रम : ३४ ं सेल्सियस
हावापानी : अर्धउष्ण, समशितोष्ण, शितोष्ण

रूकुम पश्चिम जिल्लाको सिमानाका जिल्लाहरू

पुर्व : बाग्लुङ र म्याग्दी जिल्ला
पश्चिम : जाजरकोट जिल्ला
उत्तर : डोल्पा जिल्ला
दक्षिण : सल्यान र रोल्पा जिल्ला

रूकुम पश्चिम जिल्लाका प्रमुख धार्मिक स्थलहरू 

डिग्रे साईकुमारी भगवती र कालिका मन्दिर खलंगा, बराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट , गाधिघर देउती मन्दिर बांफिकोट, देवीस्थान, सिस्ने, शिवजी मन्दिर विजयश्वरी  चौरजहारी, चर्चघर मुसिकोट र तकसेरा , मस्तथान मैकोट ,कालिका मन्दिर गोतामकोट, लक्ष्मीनारायण मन्दिर आठविसकोट आदि ।

रूकुम पश्चिम जिल्लाका प्रमुख पर्यटकीय स्थलहरू 

सिस्ने हिमाल, पुथा हिमाल, स्यार्पू ताल, कमल ताल, सुन दह, गुप्ता दह, सम्पे ताल, देउराली गुफा, तकसेरा गांउ, लुकुम गाउँ, राङसी गाउं, कोल गाउँ, हुकाम गाँउ, मैकोट गाउँ, महत गाउँ, कांडा गाउँ र सीमा गाउँका मगर वस्तीहरू, गोतामकोटको बस्ती, रुकुमकोटको वस्ती, चौरजहारी वस्ती, चांपा तरकारी विऊ उत्पादन केन्द्र, कानखाने लेक मौराखारा लेक, सिमैछरी झरना, सातामाटे कालापोखरा क्षेत्र, चित्री पाटन, लालपाटन, ढोरपाटन वन्यजन्तु आरक्ष आदि ।

रूकुम पश्चिम जिल्लामा पाइने प्रजातिहरू
बांज, खस्रु, शिसौ, गुरांस, ओखर, साज, साल, पाङ, ठिङ्गो, चिउरी, टुनी, चांप, काफल, सल्लो, उत्तीस, चिलाउने, कटुस आदि ।

रूकुम पश्चिम जिल्लामा पाइने वन्यजन्तु तथा चराचुरीहरू 
कस्तुरी, मृग, नावर, रेड पाण्डा, रातो बांदर, ढेडु, झारल, थार, बाघ, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो, डांफे, मुनाल, च्याुकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि ।

रूकुम पश्चिम जिल्लामा पाइने जडीबुटीहरू 
यार्सागुम्बा, पांचऔंले, कुरिलो, टिमुर, दाल्चिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराइतो, जटामसी, भलायो आदि ।

रूकुम पश्चिम जिल्लाको जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

रूकुम पश्चिम  जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार रूकुम पश्चिम  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर   ३ नगरपालिका र ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः मुसिकोट नगरपालिका

ऐतिहासिक रुपमा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरुः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाँफिकोट, कोटजहारी नेपाल अधिराज्यमा गाभिएको पाइन्छ।.स.२०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिए पछि राप्ती अञ्चलको रुकुम जिल्लाको रुपमा यस जिल्लाले मान्यता पाएको अवस्थामा मुसिकोट क्षेत्र पनी यसै जिल्लामा रहन गएको थियो। त्यस बेला यस रुकुम जिल्लाको सदरमुकाम अग्ला पर्वतहरुको सानो खोचमा रहेको रुकुमकोटमा रहेको थियो।

वि.स.२०३० सालमा यस रुकुम जिल्लाको जिल्ला सदरमुकाम जुम्ली खलंगामा सारिए पछि यस स्थानलाई मुसिकोट खलंगा भन्न थालिएको थियो। मुसिकोट नगरपालिकाको ऐतिहासि पृष्ठभुमी मुसिकोट दरबार (मुसिकोट मन्दिरको रुपमा रहेको) सँग पनि जोडेर हेर्न सकिन्छ। मध्यकालमा मुसिकोट राज्यका कुनै राजाले मुसीना मगरेकी सुसारे पात्रलाई त्यस क्षेत्रमा बसोबास गराए सँगै यस स्थानको नाम मुसिकोट रहन गएको किम्बदन्ती समेत सुन्न पाईन्छ। हाल मुसिकोट नगरपालिकाको वडा नं.४ मा भएको मुसिकोट दरबारमा भएको मुसीको प्रतीमा रहेको कारण पनी यो स्थान उनै मुसी नामकी सुसारेको नामबाट रहन गएको अनुमान लगाउन सकिन्छ।

केन्द्रः साविक मुसिकोट नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३४२७०

क्षेत्रफलः १३६.०६ (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मुसिकोट

स्यालापाखा

३,४

मुसिकोट

२,३

मुसिकोट

मुसिकोट

मुसिकोट

मुसिकोट

७,८

मुसिकोट

९,१०

मुसिकोट

११

चौखावाङ

चौखावाङ

१,२,४,५

१०

चौखावाङ

६-९

११

भालाक्चा

१-४,७-९

१२

भालाक्चा

५,६

छिवाङ

४,९

१३

छिवाङ

१-३,५

१४

छिवाङ

६-८

 २.    नामः चौरजहारी नगरपालिका

हिमाल पहाड र तराईको झल्को दने चौरजहारी नगरपालिका सुन्दर प्रकृतिको काखमा अवस्थित छ। नेपालको कर्णालीप्रदेश रुकुम पश्चिमदेखि १६ कोष पश्चिम दक्षिणमा पर्ने चौरजहारी नगरपालिकामा समथर उपत्यका, टाकुरा र अग्ला चुचुराहरु छन् । स्थानीय भाषामा समथर भू-भागलाई चौर भनिन्छ । भेरी नदिको कनारमा समथर चौर रहेको र त्यसमा  करौंती, चिमेली, दाँते लगायत जातका झाडीहरु रहेकोले चौर+झारी शब्दको संयोजन गरी विगतमा चौरझारी भन्ने गरेको पाइछ । चौरझारी शब्दको अपभ्रंश हुँदै जाँदा त्यस ठाउँको नाम चौरजहारी हुन गएको भनाई छ।

२०७२ असोज १ गते तत्कलिन विजयश्वरी र कोटजहारी गा.वि.स.को समायोजन गरी चौरजहारी नगरपालिका घोषणा गरिएको थियो । मन्त्रीपरिषद्को मिति २०७३ फागुन २२ गतेको निर्णयपछि २०७३ फागुन २७ गते स्थानीय तहको नयाँ संरचना बन्यो । स्थानीय तहको संरचना निर्माणका क्रममा रुकुमका तत्कालिन चौरजहारी नगरपालिकाका, खोलागाउँका साथै नुवाकोट र पूर्तिमकाँडाका केही वडाहलाई एक ठाउँमा गाभियो ।

जसको नामाकरण  पुन: चौरजहारी नगरपालिका भयो । सल्यान दार्माकोट भएर साविकका नुवाकोट, खोलागाउँ र पूर्तिमकाँडा हुँदै बग्ने जहारीखोला रहेको छ । नगरपालिकाको सबै भू-भाग समेटेर यो जहारीखोला बग्ने गरेको छ । जहारीखोला बग्ने जहारी क्षेत्र र समथर भू-भाग चौरलाई संयोजन गर्दा चौरजहारी शब्द निर्माण हुने भएकोले नगरपालिकाको नाम चौरजहारी  नै नामाकरण गर्न उचित ठहर गरिएको थियो । यसैको परिणाम स्वरुप थप भू-भागसहित स्थानीय तहको नयाँ संरचनाका क्रममा पनि चौरजहारी नगरपालिकाको नामले निरन्तरता पायो ।

चौरजहारी नगरपालिकाको सीमाना पूर्वमा त्रिवेणी गाउँपालिका पश्चिममा जाजरकोटको भेरी नगरपालिका पर्दछ । त्यसैगरी उत्तरमा सानीभरी गाउँपालिका र दक्षिणमा सल्यानको कुमाख गाउँपालिका रहेको छ । समुन्द्र सतहदेखि ६ सय ६७ मिटर उचाइ भएको बाँसखोलास्थित भेरी नदी नगरपालिकाको सबैभन्दा होचो स्थान हो । वडा नम्बर ४ को मालिका लेक, वडा नम्बर ६ को खागल, वडा नम्बर १४ को दयालेक यस नगरपालिकाका अग्ला स्थानहरु हुन् जो १ हजार ५ सय १२ मिटरभन्दा बढि उचाईमा रहेका छन् ।

आफ्नै भौगोलिक धार्मिक, ऐतिहासिक, राजनैतिक र सामाजिक महत्व र विशेषता यस नगरपालिकाको छ । यहाँ व्राहमण, क्षेत्री, दलित, जनजाति, अपसंख्यक लगायतको मिश्रित बसोबास छ ।व्राहमण, क्षेत्री, दलित र जनजाति अन्तर्गतका ठकुरी, मगर, कामी, दमाई, कुमाल, बादी, बटाला, बस्नेत, खत्री, भण्डार, ओली, गरी, वनगोसाइँ, विष्ट, पुन, घर्ति, थापा यहाँका जातजातीहरु हुन् ।

धार्मिक तथा साँकृतिक, कृषि र शैक्षिक पर्यटनका लागि चौरजहारी नगरपालिका आकर्षक गन्तव्यका रुपमा रहेको छ । वडा नम्बर २ मा रहेको विजयश्वरी भगवती मन्दिर रहेको छ । यो मन्दिरमा पूजा गरे मनोकाङ्कक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । वडा नम्बर ४ मा रहेको यो मन्दिर सबैभन्दा उचाइमा रहेको छ । यो मन्दिरमा गई दर्शन गरेमा मनोकाङ्कक्षा पूरा हुने, पानी नपरेमा बोका चढाए पानी पर्ने विश्वास गरिन्छ । विभिन्न हिमशृङ्खलाको तथा रुकुम (पश्चिम) का साथै सल्यान र जाजरकोटका विभिन्न ठाउँको अवलोकन समेत गर्न सकिन्छ ।

केन्द्रः साविक चौरजहारी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २८९५६

क्षेत्रफलः १०७.३८ (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

चौरजहारी

१,२

चौरजहारी

चौरजहारी

४,५

चौरजहारी

चौरजहारी

चौरजहारी

पुर्तिमकाँडा

४,५

चौरजहारी

चौरजहारी

१०

पुर्तिमकाँडा

चौरजहारी

११

१०

खोलागाउँ

१,२,९

११

खोलागाउँ

३-५

१२

खोलागाउँ

६-८

१३

नुवाकोट

५-८

१४

नुवाकोट

१,२,४,९

 ३.    नामः अठबिसकोट नगरपालिका

आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको छ नं. प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।

यस नगरपालिकामा १४ वटा वडा रहेका छन् । यो रुकुम जिल्लाकै सबैभन्दा बढी जनसंख्या तथा क्षेत्रफल भएको नगरपालिका हो । आठविसकोट नगरपालिका वडा नं. ९ स्थित राडीज्यूलामा नगरपालिकाको केन्द्र अवस्थित रहेको छ । ठूलोभेरी नदीको किनारामा अवस्थित यस राडिज्यूला आठविसकोट नगरपालिका क्षेत्रभित्रका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । छिमेकी जिल्ला डोल्पासँगसमेत सिमाना जोडिएको यस नगरपालिकाको केन्द्रमा अवस्थित राडीज्यूला डोल्पा जिल्लाको लागि समेत व्यापारिक स्थल हो । गिजागाडखोला तथा ठूलीभेरीको काखमा अवस्थित यो ज्यूलाको वरीपरी पहाडले घेरेर झण्डै उपत्यका बनाएको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

‘समृद्ध शहरको रहर, स्वच्छ, सफा र शान्त आठविसकोट नगर’ भन्ने मूल नारालाई आत्मासात गर्दै यस नगरपालिका क्षेत्रको समृद्ध, समुन्नति र विकासको लागि सिंगो नगरपालिका परिवार एकतावद्ध ढङ्गले अगाडी बढिरहेको छ । नगरपालिका क्षेत्रभित्रका महिला, आदिवासी जनजाती, दलित, अपाङ्गजस्ता वर्ग र क्षेत्रको आर्थिक र सामाजिक उनन्यनको लागि नगरपालिका कटिवद्ध रहेको छ ।

केन्द्रः साविक अठबिसकोट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३५९१७

क्षेत्रफलः ५६०.३४  (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

स्यालाखादी

८,९

स्यालाखादी

१,२,६,७

स्यालाखादी

३-५

गोतामकोट

१-३

गोतामकोट

४-६

गोतामकोट

७-९

आठविसकोट

३,५

आठविसकोट

४,८

आठविसकोट

२,६,७

१०

आठविसकोट

१,९

मग्मा

७,८

११

आठविसडाडा

१-५

१२

आठविसडाडा

६-९

१३

घेत्मा

४-७

१४

घेत्मा

१-३,८,९

 ४.    नामः बाँफिकोट गाउँपालिका

बाँफिकोट गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको कर्णाली  प्रदेश अन्तर्गतको रुकुम (पश्चिम ) जिल्लामा पर्ने एक स्थानीय तह हो |गाउँपालिकाको कुल क्षेत्रफल १९०.४३ वर्ग किलोमिटर छ । नेपालको नयाँ संविधान, २०७२ बमोजिम यसअघिका ५ गाविस गाभिएर बाँफिकोट गाउँपालिका स्थापना भएको थियो ।

बाँफिकोट, पिपल, दुली (वार्ड नं ४, ५ र ६) र मग्मा (वार्ड नं १-६ र ९) गाउँपालिकालाई कुल १० वडामा विभाजन गरिएको छ र सदरमुकाम बाँफिकोटमा अवस्थित छ ।बाँफिकोट गाउँपालिका पूर्वमा सिस्ने गाउँपालिका (रुकुम पूर्व जिल्ला), दक्षिणमा मुसिकोट नगरपालिका, पश्चिममा सानीभेरी गाउँपालिका र उत्तरमा आठबिसकोट नगरपालिका पर्दछ।यस गाउँपालिकामा १०  वटा वडा रहेका छन् । बाँफिकोट गाउँपालिका  वडा नं. ४  स्थित बाँफिकोट गाउँपालिकाको केन्द्रमा अवस्थित रहेको छ । सानीभेरी नदीको किनारामा अवस्थित छिनखेत बजार यस  बाँफिकोट गाउँपालिका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । यस बाँफिकोट गाउँपालिकाको मुख्य पर्यटकिय स्थल स्यार्पु ताल रहेको छ ।

केन्द्रः साविक बाँफिकोट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१०३३

क्षेत्रफलः १९०.४२  (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पिपल

१,२

पिपल

३-९

बाँफिकोट

३,८,९

बाँफिकोट

१,२,४

बाँफिकोट

५-७

मग्मा

२-४,६

मग्मा

१,५,९

दुली

४-६

झुला

१-५

१०

झुला

६-९

 ५.    नामः  त्रिवेणी गाउँपालिका

त्रिवेणी गाउँपालिका नेपालकाे संविधानकाे धारा २९५ काे उपधारा (३) बमाेजिम कायम भएका गाउँपालिका, नगरपालिका मध्येकाे एक हाे । रूघा, खारा, मुरूबाट बग्ने सबै खाेलाहरू एकिकृत भई सिम्रुतु पुगेर एकै ठाउँमा भेट हुने र साे स्थानलाई त्रिवेणी भन्ने गरीइएकाे कारणले यस गाउँपालिकाकाे नाम त्रिवेणी राखिएकाे हाे । साविकका गा.वि.स हरू रूघा, खारा, मुरू, पेउघा र नुवाकाेट (३)  भु-भाग  ओगटेर बनेकाे यस गाउँपालिकाकाे कुल क्षेत्रफल ८५.४९ वर्ग किलाेमिटर र यस गाउँपालिकाकाे जनसङ्ख्या २३५२० रहेकाे छ र यस गाउँपालिकामा जम्मा ४४०० घरधुरी रहेका छन।समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे छ ।

यस गाउँपालिकाे पुर्वमा राेल्पा जिल्ला, पश्‍चिममा चाैरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका, उत्तरमा मुसीकाेट नगरपालिका र दक्षिणमा सल्यान र राेल्पा जिल्ला पर्दछन । नेपालकाे कर्णाली प्रदेश अन्तर्गत  पर्ने रुकुम (पश्‍चिम) जिल्लामा अवस्थित  त्रिवेणी गाउँपालिकाकाे अधिकांश भु-भाग भिरालाे,  जैविक विविधता र पहाडहरूले घेरिएकाे छ । यस गाउँपालिकाकाे थाेरै मात्र भु-भाग फाँट, जिउला तथा वेशिमा पर्दछन । पहाडि भु-भाग भएता पनि जमिनकाे उर्वरा शक्ति राम्राे छ। पेदीखेत, मान्टुरा, मुरूखाेला, सिम्रुतु खाराखाेला काईयाखाेला र रूघाँखाेलाका दायाँ वायाँ किनारामा सिँचाई सुविधा छ भने बाँकि सबै भु-भाग आकासे पानीकाे भरपर्नु पर्ने बाध्यता छ ।

केन्द्रः सिम्रुतु खारानेटा

जनसङ्ख्याः २०५२५

क्षेत्रफलः ८५.४९ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रुघा

१,६-९

रुघा

२-५

खारा

१-३

खारा

४-६

खारा

७-९

मुरु

१-३,९

मुरु

४-८

पेउघा

५-७

पेउघा

२-४

नुवाकोट

१०

पेउघा

१,८,९

 ६.    नामः  सानीभेरी गाउँपालिका

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने रुकुम (पश्‍चिम) जिल्लामा अवस्थित सानीभेरी गाँउपालिका नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका मध्ये एक हो । रुकुम जिल्लाको प्रसिद्ध सानीभेरी नदीबाट यस गाँउपालिकाको नाम रहन गएको हो।जैविक विविधता र पहाडहरुले घेरेको सानीभेरी गाँउपालिकामा साविक गा.वि.स. हरु सिम्ली, गरायला, अर्मा, दुली (१, २, ३, ७, ८ र ९) र पुर्तिमकाँडा (१, २, ३, ६, ७ र ८) भु-भाग ओगेटेर बनेको यस गाँउपालिकाको कुल क्षेत्रफल १३३.८ वर्ग किलोमिटर रहेको र जसको केन्द्र सिम्लीमा रहेको छ । जम्मा ११ वडाहरुमा विभाजन गरिएको यस गाँउपालिकाको सिमाना पूर्वमा मुसिकोट नगरपालिका र बाँफिकोट गाँउपालिका, पश्‍चिममा जाजरकोट जिल्ला,उत्तरमा आठविसकोट नगरपालिका र दक्षिणमा चौरजाहारी नगरपालिका र त्रिवेणा गाउँपालिका रहेको भौगोलिक र प्रशासनिक बनोट रहेको छ ।

केन्द्रः साविक सिम्ली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २४७५९

क्षेत्रफलः १३३.८  (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पुर्तिमकाँडा

६-८

पुर्तिमकाँडा

१-३

गरायला

१-३,८

गरायला

१-४,९

दुली

१,३,९

दुली

२,७,८

सिम्ली

३-५

सिम्ली

२,६,७

सिम्ली

१,८,९

१०

अर्मा

१-४

११

अर्मा

५-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति रुकुम पश्चिम र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । रुकुम पश्चिम जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *