रसुवा जिल्ला Rasuwa District

परिचय

 संघिय संरचना अनुसार प्रदेश नं. ३ अन्तर्गत पर्ने उत्तरी भाग चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको राजधानीबाट नजिकको  हिमाली जिल्ला हो । रसुवा  जिल्लाको नामाकरण सम्बन्धमा स्थानीय तामाङ भाषामा “र” को अर्थ “भेडाच्याङग्रा” र “सोवा” को  अर्थ “चराउने वा राख्ने ठाउँ” भन्ने हुन्छ अर्थात प्रशस्त चरन क्षेत्र र भेडाच्याङग्रा पाइने ठाउँ भएकोले “रसोवा” भन्ने गरेको र स्थानीय बोलचालको भाषामा अप्रभंश भएर पछि रसुवा भनिन थालिएको जनविश्वास रहि आएको छ ।

रसुवा

जिल्ला प्रशासन रसुवाका अनुसार भौगोलिक बनौट, हावापानी, वनजंगलको विविधता, नदीनाला र जलकुण्ड विभिन्न जातजातिहरूको बसोबास, रहनसहन, भेषभूषाका साथै जैविक विविधताको धनी यस जिल्लाको आफ्नै पृथक ऐतिहासिक महत्व रहेको छ । यो छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग मितेरी गाँसेर बसेको पर्यटकीय जिल्ला हो । देशकै तेस्रो पदयात्रा गन्तव्यको रुपमा रहको लामटाङ राष्ट्रिय निकुञ्ज, रामसार क्षेत्रमा सूचीकृत गोसाइकुण्ड सिमसार क्षेत्र रहेको यस जिल्ला भौगोलिक, जैविक, साँस्कृतिक, धार्मिक र पर्यावरणीय हिसावले धेरै धनी छ ।

रेडपान्डा
रेडपान्डा तस्विरः जि.स.स. रसुवा
भाैगोलिक अवस्थिति

टोपोग्राफिक नक्सा १९९४÷९८ का अनुसार यस जिल्लाको कुल क्षेत्रफल १,५१९.३१ वर्ग कि.मि. र राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार १५४४ वर्ग कि.मि.रहेको छ । जस मध्ये हवाई मैदान ०.०४ वर्ग कि.मि., झाडी क्षेत्र ६३.११ वर्ग कि.मि., १,५१२ वर्ग कि.मि., खेती योग्य जमिनको क्षेत्रफल ११९.१४ वर्ग कि.मि., जंगल ३८४.८८ वर्ग कि.मि., हिमनदी ९०.६८ वर्ग कि.मि., घाँसे जमिन १७५.४० वर्ग कि.मि., बरफ–चट्टान ०.५३ वर्ग कि.मि., बलौेटे क्षेत्र ७.७५ वर्ग कि.मि., खेर गएको जमिन ६३५.५४ वर्ग कि.मि. र जल क्षेत्र ४२.२४ वर्ग कि.मि. रहेको छ । प्रति वर्ग कि.मि.२८ जनाको जनघनत्व रहेको छ । जम्मा घरधुरी संख्या ९,७७८ रहेको तथ्यांकबाट देखिन्छ । यस जिल्लाको पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा नुवाकोट जिल्लासँग सीमाना जोडिएको छ ।

नागथली
नागथली तस्विरः जि.स.स. रसुवा
रसुवा जिल्लामा रहेका प्रमुख नदीनाला, ताल तथा पोखरी

रसुवा जिल्लाबाट वाहिर बगेर निस्कने नदीहरूमा त्रिशुली, भोटेकोशी र फलाखु मुख्य छन् । त्रिशूलीको उद्गम स्थल प्रशिद्ध तीर्थस्थल गोसाँईकुण्ड हो भने भोेटेकोशी चीनको स्वशासित क्षेत्र तिव्वतबाट नेपाल प्रवेश गरी टिमुरे, गोल्जुङ, स्यापरू, धुन्चे, हाकु, गतलाङ, राम्चे, डाडाँगाउँ, ठूलोगाउँँ, लहरेपौवा हुदै वेत्रावतीबाट नुवाकोट जिल्ला प्रवेश गर्दछ । भोटबाट आएको भोटेकोशी स्याफ्रुवेंसीमा लाङटाङ खोलालाई आफुमा लीन गराउदै धुञ्चे गा.वि.स.को सीमाना त्रिशूली नदीको संगम स्थलमा समाहित भएपश्चात त्रिशूली नदीको नामले प्रवाहित हुन्छ । लाङटाङ हिमालको हिमनदीको पानीबाट शुरू हुने लाङटाङ खोला ठाउँ ठाउँमा भीरपाखा, पखेरामा आफ्नो स्वरूप खोला, झरना हुदै भोेटेकोशीमा बिलिन हुन्छ ।

लाङटाङ
लाङटाङ तस्विरः जि.स.स. रसुवा

त्यस्तै भगवान् महादेवको यात्रा अवस्थामा पानीको आवश्यकता महशुस भएपछि बेतको लठ्ठी सृष्टि भएको बेतधाराबाट प्रवाह शुरू भएको फलाखु खोला जिल्लाको दक्षिणपूर्वी भाग यार्सा र सरमथली हुदै वेत्रावतीमा समाहित भएको छ । यस्तै अन्य खोलाहरूमा चिलिमे खोला, मैलुङ खोला, नेसिङ खोला, घट्टे खोला र अन्य स–साना खोलाहरू जिल्लाका प्रत्येक भागमा असंख्य मात्रामा रहेका छन् ।यस्तै गोसाईकुण्ड, तातोपानी, पार्वतीकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वर कुण्ड, दूधकुण्ड, रिभरकुण्ड जस्ता कुण्डहरू रसुवा जिल्लाका विभिन्न स्थानहरूमा अवस्थित छन् ।

रसुवा जिल्लामा रहेका प्रमुख धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकिय स्थल/स्थानहरू

रसुवा जिल्लामा विभिन्न जातजाती, भाषाभाषी, सम्प्रदाय र धर्मावलम्बीहरूको बसोबास रहेको यस जिल्लामा विभिन्न धार्मिक एवं सास्कृतिक रूपले महत्वपूर्ण मानिने तालतलैया, हिमाल, मन्दीरका साथै रसुवागढी र वेत्रावती जस्ता ऐतिहासिक स्थलका अलवा क्याजिङ उपत्यका जस्तो रमणीय स्थलहरू पनि रहेका छन । स्याफ्रु गाविस स्थित गोसाईकुण्ड (४३८० मिटर), भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड तथा गतलाङ गाविस स्थित पार्वतीकुण्ड, चिलिमे गाविस स्थित तातोपानी, नुवाकोट र रसुवाको सीमावर्ती गा.वि.स. लहरेपौवामा पर्ने उत्तरगया, नेपाल र चीनको स्वशासित क्षेत्र तिव्वतको सीमानामा पर्ने टिमुरे गाविसमा अवस्थित ऐतिहासिक स्थल रसुवागढी र गुप्तेश्वर महादेव, धैबुङ गाविस स्थित कालिकास्थान मन्दिर, लाङटाङ गाविसमा पर्ने क्यान्जिन उपत्यका (उचाई ३५०० मि.) लगायतका अनेकौं धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरु यस जिल्लामा रहेका छन ।

गोसाइकुण्ड रसुवा तस्विरः जि.स.स. रसुवा
गोसाइकुण्ड रसुवा तस्विरः गोसाईकुण्ड गाउँपालिका

स्राेतः जिल्ला समन्वय समिति रसुवा

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार रसुवा जिल्लाको स्थानियतहको विभाजन साविकका  गा.वि.स. का वडाहरूलाइ समेटेर ५ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः उत्तरगया गाउँपालिका

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम  बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको  हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९  नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या ८५५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ ।

केन्द्रः साविक लहरेपौवा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ८५५५

क्षेत्रफलः १०४.५१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हाकु

८,९

डाँडागाउँ

७-९

डाँडागाउँ

१-६

ठूलोगाउँ

ठूलोगाउँ

१-७,९

लहरेपौवा

४-७

लहरेपौवा

१-३,९

 २.    नामः कालिका गाउँपालिका

रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट २४ किमी दक्षिणपूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूबनौटमा फैलीयेको साबिक धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८ र राम्चे गाविस मिलेर बनेको मनोरम बस्ती नै कालिका गाउँपालिका हो | नेपालमा अन्य पहाडी भेगले ओगटेको  गुण झैँ यसले पनि सम्पूर्ण गुण ओगटी प्राकृतिक हराभराले सुसज्जित  भै रसुवाली मातृभूमिको उदरभित्र मस्तसँग पलेटी कसेर जनतालाई आश्रय दिइरहेको छ कालिका गाउँपालिका |

कालिका गाउँपालिका साबिक धैबुङ, राम्चे गाबिसका पुरै वडा, लहरेपौवा ८ नम्बर वडा र भोर्ले १, ६, ८, र ९ नम्बर वडा मिलेर बनेको छ | साबिक धैबुङ गाबिसमा पर्ने कालिका माईको मन्दिरको नामबाट नै यस गाउँपालिकाको नामकरण भएको हो | सो मन्दिरलाई धैबुङ चित्रकलिका मन्दिर पनि भनिन्छ | गाउँपालिकाको हिशाबले यहाँ धेरै एतिहाँसिक पृष्ठभूमि नभए पनि यहाँ रहेका बिभिन्न स्थलहरुको एतिहाँसिक महत्व रहेको छ |

कालिका गाउँपालिका नुवाकोटसँग सिमाना जोडिएको फलाँखुखोला वा कुँडुल्ले फाँटदेखि सुरु भएर इटपारे, बेतीनी, कटुन्जे, कालिकास्थान, गोम्बोडाँडा हुदैँ राम्चेसम्म पश्चिम उत्तरतर्फ फैलिएको छ भने पूर्व उत्तरमा फलाँखुखोला, आम्बास, रुप्सेपानी, जिबजिबे, ज्याङलाङदेखि लोकिल सम्म फैलिएको छ |यस गाउँपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत समुन्द्री सतहबाट ६५८ मिटर कुँडुल्ले  फाँटदेखि ३९९४ मिटर उचाई (लारानि) सम्म फैलिएको छ | जस्को पूर्वमा नौकुण्ड गाउँपालिका, पश्चिममा उत्तरगया गाउपालिका, दक्षिण फलाँखुखोला (नुवाकोटसँग जोडिएको ) र त्रिशुली खोला तथा उत्तरमा गोसाईकुण्ड गाउँपालिका अन्तर्गतको लाङटाङ राष्ट्रिय निकुञ्ज पर्दछ |

धरातलीय स्वरूप अनुसार यस गाउँपालिकालाई तीन भागमा विभाजन गर्न सकिन्छ |

१.     ११००-१५०० उचाईसम्मका भूभागलाई मध्यपहाडी भागमा राखिएको छ, जसमा मानव वस्ती बाक्लो रहेको छ ।

२.     १५०० भन्दा माथि ३९९४ सम्मको भागलाई तल्लो लेकाली भागमा राखिएको छ |

३.     ६५८ देखि ११०० मिटरसम्मको भागलाई बेसी भागमा राखिएको छ |

केन्द्रः साविक धैबुङ्ग गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १०११५

क्षेत्रफलः १९२.५४ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

राम्चे

१-९

लहरेपौवा

धैबुङ्ग

५-७

धैबुङ्ग

१-४

भोर्ले

६,८,९

धैबुङ्ग

८,९

भोर्ले

 ३.    नामः गोसाइकुण्ड गाउँपालिका

गोसाईकुण्ड गाउँपालिका रसुवा जिल्लाको ऐतिहासिक र पर्यटकीय महत्व बोकेको गाउँपालिका हो । राज्यको पूर्नसंरचना पश्‍चात रसुवा जिल्लाका साविकका धुन्चे, स्याफ्रु, बृद्धिम, थुमन, टिमुरे र लाङटाङ गा.वि.स. हरुलाई एकीकृत गरी गठन भएको यो गाउँपालिका रसुवा जिल्लाको करीव ५१ प्रतिशत भूभागमा फैलिएको छ। ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपले अत्यन्त सम्भावना रहेको यो गाउँपालिकाको पूर्वमा सिन्धुपाल्चोक जिल्ला र चिन, पश्‍चिममा आमाछेदिङमो, उत्तरगया र कालिका गाउँपालिका, उत्तरमा चिन र दक्षिणमा नौकुण्ड गाउँपालिका, नुवाकोट जिल्ला र सिन्धुपाल्चोक जिल्ला पर्दछन् ।

 ६ वटा वडाहरु रहेको यस गाउँपालिकाको कूल क्षेत्रफल ९७८.७७ वर्ग मिटर रहेको छ। वि.सं. २०७८ सालको जनगणना अनुसार ७७८८ जनसंख्या रहेको यस गाउँपालिकामा प्रसिद्ध तीर्थस्थल गोसाईकुण्ड ताल रहेको छ। पर्यटकीय दृष्ट्रिकोणले रमणीय क्षेत्र लाङटाङ हिमाल, क्यान्जिङ भ्याली, ऐतिहासिक महत्व बोकेको रसुवागढी नाका समेत यस गाउँपालिकामा पर्दछन। गोसाईकुण्ड तालको अलवा सुर्यकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, सरस्वतीकुण्ड आदि कुण्डहरुले यो गाउँपालिकाको पहिचानमा थप टेवा दिएको पाइन्छ। उल्लेखित हिमाल, ताल तथा कुण्ड, लाङटाङ राष्ट्रिय निकुञ्‍च, नागथली, रिभरकुण्ड, तामाङ संग्रहालय, विश्‍वको दुर्लभ जनावर रेडपाण्डा आदि यहाँका पर्यटकीय आकर्षणका  आधारहरु हुन्।

रसुवा जिल्लाको सदरमुकाम रहेको धुन्चे बजार, गाउँकार्यपालिकाको केन्द्र रहेको स्याफ्रवेशी बजार र ऐतिहासिक रसुवागढी नजिक रहेको टिमुरे बजार यहाँका प्रमुख बजार क्षेत्रहरु हुन। गाउँपालिका ६ वटा वडाहरुमध्ये ५ वटा वडाहरु लाङटाङ राष्ट्रिय निकुञ्‍जको मुख्य क्षेत्र भित्र पर्दछन्। चिलिमे जलविद्युत केन्द्र, रसुवागढी जलविद्युत कम्पनी, लाङटाङ भोटेकोशी जलविद्युत आयोजना, माथिल्लो त्रिशुली ‘ए‘ (२१६ मे.वा.) जल विद्युत आयोजना र लाङटाङ खोला जलविद्युत आयोजनाको प्रभावक्षेत्रमा पर्ने यस गाउँपालिकाका जनताको जीउने मुख्य आधार पर्यटन व्यवसाय हो। पशुपालन, फलफूल खेती, याक चिज उत्पादन आदिवाट समेत यहाँका जनताले आय आर्जन गर्ने गरेको पाइन्छ।

केन्द्रः साविक गोसाइकुण्ड गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ७७८८

क्षेत्रफलः ९७८.७७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

थुमन

१-९

टिमुरे

१-९

बृद्धिम

१-९

लाङटाङ

१-९

स्याफ्रु

१-९

धुन्चे

१-९

 ४.    नामः नौकुण्ड गाउँपालिका

नौकुण्ड गाउँपालिका बागमती प्रदेशको रसुवा जिल्लामा अवस्थित छ | वि.सं. २०७३/११/२७ गते राजपत्रमा सूचना प्रकाशित भए संगै देशका विभिन्न ७५३ वटा स्थानीय तह संगै यो गा.पा. पनि अस्तित्वमा आएको हो | पूर्वमा गोसाईकुण्ड गा.पा. र नुवाकोट जिल्ला, पश्चिममा कालिका गा.पा., उत्तरमा गोसाईकुण्ड गा.पा. तथा दक्षिणमा नुवाकोट जिल्लाको सिमानासंग जोडिएको यो गा.पा. १२६.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ | स्थानीय वासिहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ६ वटा वडामा विभाजन गरिएको छ | साबिकका यार्सा,सरमथली र भोर्ले गा.वि.स.लाई समावेश गरि यो गा.पा.को निर्माण गरिएको हो |रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको यो गा.पा को कुल जनसंख्या १२३४४ रहेको छ |

रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको नौकुण्ड गाउँपालिकाको सबै भन्दा ठुलो सबल पक्ष यसको मानव संसाधन रहेको छ | यसका अतिरिक्त  यस गाउँपालिकामा रहेका नदि नाला,वन,कृषि योग्य भूमिले यस गाउँपालिकाको विकासलाई सकारात्मक दिशा तर्फ डोर्याउन सहयोग गर्ने विषयमा दुई मत छैन | साथै नुवाकोट जिल्लाका अतिरिक्त कालिका र गोसाईकुण्ड गाउँपालिकासंग यस गाउँपालिकाको सिमाना जोडिनुले यस गाउँपालिकाको विकासमा अथाह सम्भावना थपेको छ |

केन्द्रः साविक समरथली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १२३४४

क्षेत्रफलः १२६.९९ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

यार्सा

५-८

यार्सा

१-४

समरथली

६-९

समरथली

१-५

भोर्ले

४,५,७

भोर्ले

२,३

यार्सा

 ५.    नामः आमाछोदिङमो गाउँपालिका (पार्वतिकुण्ड)

रसुवा जिल्लाको  धार्मिक स्थल पार्बतीकुण्डबाट  नामाकरण गरिएको पार्बतीकुण्ड (आमाछोदिङमो) गाउँपालिका रसुवा जिल्लाको उत्तरी भेगमा अवसि्थत छ। यस् गाउँपालिकाको क्षेत्रफल  ६८३  बर्ग किलोमिटर रहेको छ। यस  गाउँपालिकामा कुल ६६७३  जनसंख्या रहेको छ। जलश्रोत  हिसाबले ज्यादै धनि आमाछोदिङमो गाउँपालिकाको विशेषता भनेको  यहाको  चिलिमे ,सानजेन र त्रिसुली जलबिधुत  आयोजना हो ।हरेक वर्ष हजारौ नेपाली तथा विदेशीहरु यस क्षेत्रमा  घुम्न अाउने गर्छन। यस गाउँपालिकामा वडा नं १ हाकु  , वडा  नं २ ग्रेय , वडा नं ३ गत्लांग  , वडा नं ४ गोल्जुंग  र  वडा नं ५  चिलिमे  पर्छन। गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं  गोल्जुन्ग्मा संचालित छ।

केन्द्रः गोल्जुङ वेशी

जनसङ्ख्याः ६६७३

क्षेत्रफलः ६८२.२३  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हाकु

३-७

हाकु

१,२

गत्लाङ

७-८

गत्लाङ

१-६,९

गोल्जुङ्ग

१-९

चिलिमे

१-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रसुवा र जिल्ला समन्वय समिति रसुवा। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । रसुवा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *