Photo of Bara

बारा जिल्ला Bara District

परिचय

बारा जिल्ला समुन्द्र सतहवाट १५२ मि. देखि ९१५ मिटरको उचाईमा अवस्थित यो जिल्ला ११९० वर्ग कि.मि.(१,२९,५६३ हेक्टर) मा फैलिएको छ ।नेपालको प्रदेश नं.२ अन्तगर्त ८ वटा जिल्ला मध्येका एउटा महत्वपूर्ण जिल्ला रुपमा बारा जिल्ला रहेको छ । २६.५१ देखि २७.०२  उत्तरसम्म अक्षांस र ८४.५१ देखि ८५.१६ पुर्वि देशान्तरसम्म फैलिएको यस बारा जिल्लाको पुर्वमा रौतहट, पश्‍चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ल पर्दछ । बारा जिल्लाको कुल क्षेत्रफल १,२९,५६३ रहेको छ  जसमध्ये६९,५१६ खेती योग्य जमित, बलौटो ५,११४ हेक्टर वन क्षेत्रले ४७,१८२ हेक्टर ओगटेका छ । २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस बारा जिल्लाको कुल जनसंख्या ७,६३,१३७ रहेको छ । जसमध्ये ३,८९,७८७ पुरुष र ३,७३,३५० महिला रहेका छन ।

जिल्लाका प्रमुख धार्मिक स्थलहरुः

श्री गढीमाई मन्दिर,  श्री कंकाली मन्दिर, श्री चुरियामाई मन्दिर, जीतपुर गढिमाई मन्दिर, श्री सनुखिया माई मन्दिर, ऐतिहासिक हलखोरिया दह, रनिवास मन्दिर (रामजानकि मन्दिर), सहजनाथ महादेव मन्दिर,  ऐतिहासिक सिद्धेश्‍वर महादेव मन्दिर

जिल्लाका प्रमुख ऐतिहासिक स्थलहरुः

कलैया उ.म.न.पा. भित्र पर्ने दरवार, सिद्धेश्वर संस्कृत मा.वि., सिम्रौनगढ न.पा. भित्र पर्ने रनिवास मन्दिर, कंकाली मन्दिर, पत्थरको पिलर, झरौखर पोखरी, ईशरा पोखरी, काँटघाँट, आदर्श कोतवाल भित्र पर्ने कोतवाल, बारागढी , काइलामन, सुर्वण न.पा. भित्र पर्ने कव्ही दरवार

बारा जिल्ला देशकै महत्वपूर्ण औद्योगिक क्षेत्रको रुपमा पनि रहको छ । यस जिल्लामा सूर्या नेपाल कम्पनी लि. , डाबर नेपाल , हिमाल आईरन जगदम्बा स्टिल भगवती स्टिल नेशनल हेल्थकेयर नेपाल फर्मास्युटिकल लगायत स्टिल, फलाम , सिमेन्ट, औषधी, खाद्य पदार्थहरुका उद्योगहरु रहेका छन

 

निर्वाचन क्षेत्रकाे विभाजन

बारा जिल्लामा प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ८ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार बारा जिल्लाको स्थानियतहको विभाजन साविकका उपमहानगर, नगरपालिका र गा.वि.स. का वडाहरूलाइ समेटेर २ वटा उपमहानगर, ५ वटा नगरपालीका र ९ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

जिल्लाः बारा

१.      नामः कलैया उपमहानगरपालिका

२०३९ सालमा स्थापित काठमाण्डौंबाट ३०६ कि.मी. र वीरगंजबाट पूर्व १२ कि.मी. को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको नगरपालिका हो । स्थापनाकालमा यस उ. मा​.  न.पा. मा तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो । ११ वडामा विभाजित यस उ. मा​. न.पा. मा २०४७ सालमा भतौडा, ब्रम्हपुरी, विशम्भरपुर गाविस थप गरी १४ वडामा विस्तार गरी यसको क्षेत्रफल बढाईएको थियो । एशियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर नजिक भएको कारणले यस उ. मा​. न.पा. पर्यटकीय क्षेत्रको रुपमा पनि विकसित हुने क्रममा छ।

बारा जिल्लाको दुइ मध्यकोे एक उपमहानगरपालिका कलैया सांस्कृतिक विविधताको धनी नगरपालिका हो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्या ७,६३,१३७ मध्ये यस उपमहानगरपालिकाको पछिल्लो तथ्याँक अनुसार कुल २२,१२५ घरधुरीमा १,३६,२२२ जनसंख्या रहेको छ  । वि.सं. २०३९ सालमा स्थापना भएको कलैया उपमहानगरपालिका हाल जिल्लाको ४ निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नं. ३  मा पर्दछ ।

केन्द्रः साविक कलैया नगरपालिकाको कार्यालय

जनसङ्ख्याः १३६३२२

क्षेत्रफलः १०८.९४ (वर्ग कि.मि.)

वडा संख्याः २७

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कलैया

१,४,६

कलैया

महेशपुर

कलैया

३,१३

कलैया

कलैया

कलैया

कलैया

९,१०

कलैया

११

कलैया

१२

१०

मटियर्वा

१-९

११

कलैया

१४,१८

१२

कलैया

१५,१६

१३

कलैया

१७

१४

कलैया

१९

१५

कलैया

२०

१६

कलैया

२१

१७

कलैया

२२

बन्जरिया

१८

कलैया

२४

१९

रघुनाथपुर

१-७

२०

बसतपुर

१-९

२१

भोडाहा

१-५

२२

भोडाहा

६-९

२३

कलैया

२३

२४

मनहर्वा

४-६

२५

कलैया

२५

२६

महेशपुर

२-५

२७

महेशपुर

६-८

 २.      नामः जितपुरसिमरा उपमहानगरपालिका

मुलुकभरका उच्च १७ स्थानीय तहमध्येको एक हो, जीतपुरसिमरा उपमहानगरपालिका । गढीमाई नगरपालिकाबाट जीतपुरसिमरा उपमहानगरपालिकामा परिणत यस उपमहानगरपालिकामा साविकका भवानीपुर जीतपुर, पिपरासिमरा, डुमरवाना, फत्तेपुर, छातापिपरा, अमलेखगञ्ज, इनर्वासिरा गाविसको पुरै भाग र मनहर्वा गाविसको (१,२,३,७,८,९), हरैयाको (१) र रामपुरटोकनी (३) नम्बर वडा समेटिएको छ । यस उपमहानगरपालिकामा २४ वटा वडा छन । राष्ट्रिय जनगणना २०७८ अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको जनसंख्या १२७,३०७ रहेको छ भने क्षेत्रफल करीव ३१४ वर्ग किमी छ ।

यस उपमहानगरपालिकाको पूर्वमा निजगढ नगरपालिका, कोल्हवी नगरपालिका र करैयामार्इ गाउपालिका, पश्चिममा वीरगञ्ज महानगरपालिका, उत्तरमा हेटौडा उपमहानगरपालिका र दक्षिणमा परवानीपुर गाउपालिका, प्रसौनी गाउपालिका र कलैया उपमहानगरपालिका रहेका छन् । साविकको भवानीपुरजीतपुर, पिपरासिमरा, डुमरवाना, फत्तेपुर र छातापिपरा गाविसलाई समेटेर गढीमाई नगरपालिका बनाइएको हो । गढीमाई नगरपालिकामा १६ वटा वडा रहेका थिए । हाल जीतपुरसिमरा उपमहानगरपालिकामा साविकका तपसिल बमोजिम क्षेत्रहरु समेटिएका छन:

केन्द्रः साविक गढिमाई नगरपालिकाको कार्यालय

जनसङ्ख्याः १२७३०७

क्षेत्रफलः ३०९.६७  (वर्ग कि.मि.)

वडा संख्याः २३

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

गढिमाई

गढिमाई

गढिमाई

गढिमाई

गढिमाई

गढिमाई

गढिमाई

गढिमाई

गढिमाई

१०

गढिमाई

१०

११

गढिमाई

११

१२

गढिमाई

१२

१३

गढिमाई

१३

१४

गढिमाई

१४

१५

गढिमाई

१५

१६

गढिमाई

१६

१७

मनहर्वा

१,२,८

हरैया

१८

मनहर्वा

३,७,९

१९

इनर्वासिरा

१-६

२०

इनर्वासिरा

७-९

२१

अमलेखगंज

१-६

२२

अमलेखगंज

७-९

२३

रामपुर टोकनी

२४

प्रस्टोका

१,२

 ३.      नामः कोल्हवी नगरपालिका

केन्द्रः साविक कोल्हवी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५११८२

क्षेत्रफलः १५७.४ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कोल्हवी

१,२,३

रामपुर्वा

कोल्हवी

कोल्हवी

कोल्हवी

कोल्हवी

७,८,९

कोल्हवी

१०,११

बछांपुर्वा

८,९

रामपुरवा

७-९

करैया

हरैया

सिहोर्वा

सिहास्नी

१,२

बछांपुर्वा

अमाव

४,५

रमपुरवा

१,२

१०

अमाव

२,६-९

बछांपुर्वा

६,७

११

अमाव

१,३

बछांपुर्वा

१,२,३,५

रमपुरवा

४-६

 ४.      नामः निजगढ नगरपालिका

नेपालको मधेश प्रदेश, बारा जिल्लामा अवस्थित निजगढ नगरपालिका यस जिल्लामा रहेका १६ वटा स्थानीय तहहरु मध्येको १ स्थानीय तह र ५ वटा नगरपालिकाहरु मध्येको एक नगरपालिकामा पर्दछ। वि.सं. २०७१ साल वैसाख २५ गते विधिवत् रुपमा नगरपालिका घोषित भएको निजगढ नगरपालिका साबिकको निजगढ गा.वि.स., भरतगंज सिंगौल गा.वि.स. तथा रतनपुरी गा.वि.स. को सम्पूर्ण क्षेत्रहरु गाभिई कायम भएको हो ।

प्राकृतिकरुपमा अत्यन्त सुरम्य निजगढ नगरपालिका उत्तर तर्फ चुरे पहाडको उचाइ देखि दक्षिणको समतल मैदान सम्म फैलिएको विविधतायुक्त वन, वनस्पति, हावापानी तथा सांस्कृतिकरुपले समृद्ध हरियालीपूर्ण भूगोल हो । यस नगरपालिकाको कुल क्षेत्रफल २८९.४ वर्ग कि.मि. रहेको छ भने यस नगरपालिकामा १३ वटा वडाहरु रहेका छन् । नेपालको पूर्व पश्चिम राजमार्ग समेतले छिचोलेको निजगढ नगरपालिकामा विभिन्न जात जाति तथा समुदायको मिश्रित बसोबास रहेको छ । यस नगरपालिकाको जनसंख्या हाल करीब ५० हजारको हाराहारीमा रहको अनुमान छ ।

निजगढ नगरपालिका वि.सं. २०७२ साल फाल्गुन ३ गते खुल्ला दिसामुक्त घोषणा हुनुका साथै वि.सं. २०७३ सालमा पूर्ण रुपमा साक्षर घोषणा भएको नगरपालिका हो । यस नगरपालिकामा १ वटा बहुमुखी क्याम्पस, ७ वटा सामुदायिक माध्यमिक विद्यालयहरु, २० वटा आधारभुत विद्यालयहरु र १२ वटा संस्थागत विद्यालयहरु रहेका छन् । त्यसैगरी,  स्वास्थ्य संस्था तर्फ १ प्राथमिक स्वास्थ्य केन्द्र, ३ स्वास्थ्य चौकीहरु, ४ आधारभूत स्वास्थ्य केन्द्रहरु र एउटा संस्थागत अस्पताल संचालनमा रहेका छन्।

बकैया खोला, धन्सार खोला, भमरा खोला, बगर खोला, लाल खोला, भक्तलाल खोला, गढवन, शक्तिखोला जस्ता विभिन्न साना ठूला खोलानालाहरु यस नगरपालिका भई बग्ने खोलानालाहरु हुन्। यस नगरपालिकाको सिंगौलमा रहेको झरना तथा वडा नं. १३ स्थित शक्ति खोला क्षेत्र पर्यटकीय दृष्टिकोणले निकै आकर्षक रहेको छ । जीविकोपार्जनको मुख्य श्रोत कृषि पेशा रहेको यस नगरपालिकाको अधिकांश क्षेत्र वनजंगल तथा खोलानालाहरुले ओगटेको छ ।

निजगढ नगरपालिका केरा क्षेत्र (Banana Zone) को रुपमा समेत विकसित भइरहेको छ । यस नगरपालिकामा माउन्टेन बाइकिङ, जिपलाइन, ट्रेकिङ तथा इको टुअरिज्म, होमस्टे लगायतका  पर्यटकीय एडभेन्चरहरु प्रबर्द्धन गरी नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य (Tourist Destination) बनाउन सकिने प्रचुर संभाव्यताका साथै यस नगरपालिकालाई औद्योगिक तथा शैक्षिक हबको रुपमा विकास गर्न सकिने समेत उत्तिकै संभावनाहरु विद्यमान् रहेको छ ।

 यस नगरपालिकामा पर्यटकीय सम्भावना बोकेका शहिद हिरालाल पार्क, भ्यू टावर, मोहरी पार्क, हरि डाँडा, शिव सत्येश्वर मन्दिर, पर्वतनाथ महादेव मन्दिर, कृष्ण मन्दिर, रामजानकी मन्दिर, पल्युन साम्तेलिङ गुम्बा, हलखोरिया दह लगायत अन्य मठ मन्दिर, गुम्बा चर्च, मदरसा आदि रहेका छन् भने यस क्षेत्रमा बसोबास रहेको आदिवासी जनजाति कछडिया समुदायको संग्राहलय समेत निर्माणको क्रममा रहेको  छ । दशैं, तिहार, ल्होसार, फागु पुर्णिमा, बुद्ध पूर्णिमा, माघी यस नगरपालिकामा मनाइने मुख्य चाडपर्वहरु हुन् । प्रत्येक बर्ष बाला चतुर्दशीका दिन यस नगरपालिका क्षेत्रको बकैया खोला किनारमा ठूलो मेला लाग्ने गर्दछ ।

केन्द्रः साविक निजगढ नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३७६८७

क्षेत्रफलः २८९.४३  (वर्ग कि.मि.)

वडा संख्याः १३

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

निजगढ

निजगढ

निजगढ

निजगढ

निजगढ

निजगढ

निजगढ

निजगढ

निजगढ

१०

निजगढ

१०

११

निजगढ

११

१२

निजगढ

१२

१३

निजगढ

१३

 ५.      नामः महागढीमाई नगरपालिका

केन्द्रः साविक महागढीमाई नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५९४२४

क्षेत्रफलः ५५.३२ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

महागढीमाई

महागढीमाई

२,८

महागढीमाई

महागढीमाई

महागढीमाई

कवहीजब्दी

१-४

महागढीमाई

६,९

महागढीमाई

कवहीजब्दी

५-९

परसुराम

मझरिया

पिपरा बिर्ता

१-९

१०

महागढीमाई

१०

महेशपुर

११

मधुरीजब्दी

१-९

६.      नामः सिम्रौनगढ नगरपालिका

केन्द्रः साविक सिम्रौनगढ नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५४८७८

क्षेत्रफलः ४२.६५  (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सिम्रौनगढ

बिशुनपुर

३,४,५

सिम्रौनगढ

बिशुनपुर

६-९

सिम्रौनगढ

सिम्रौनगढ

४,५

सिम्रौनगढ

सिम्रौनगढ

७,९

सिम्रौनगढ

कचोर्वा

१-५

कचोर्वा

६-९

१०

देवापुरटेटा

१-९

११

भगवानपुर

१-९

 ७.      नामः पचरौता नगरपालिका

केन्द्रः साविक बेनौली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४०५२४

क्षेत्रफलः ४४.०१  (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पिपरपाती पचरौता

१-९

श्रीनगर बैरिया

३-७

बिसुनपुर

१,२

श्रीनगर बैरिया

१,२,८,९

पकडिया चिकनी

बेल्दारी

१-४,९

पकडिया चिकनी

१,८

बेल्दारी

५-८

पकडिया चिकनी

२-७

बेनौली

१-९

अमरपट्टी

१-९

कुडवा

१-९

८.      नामः अदर्श कोटवाल गाउँपालिका

केन्द्रः साविक महेन्द्र अदर्श गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३१३६४

क्षेत्रफलः ३६.२५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

महेन्द्र अदर्श

१-६

महेन्द्र अदर्श

७-९

इनरवामाल

१-३,६

इनरवामाल

४,५,७-९

टेढकट्टी

१-९

पटेर्वा

१-९

लक्ष्मीपुरकोतवाली

१-५

लक्ष्मीपुरकोतवाली

६-९

 ९.      नामः करैयामाई गाउँपालिका

केन्द्रः साविक करैया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २९१६५

क्षेत्रफलः ४७.६९ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हरैया

२-५

करैया

१-४

हरैया

७-९

करैया

६,७

सिहोर्वा

६-९

तेतरिया

१-९

सिहोर्वा

१-४

करैया

५,९

उमजन

१-९

नरही

१-९

 १०.  नामः देवताल गाउँपालिका

नेपालको बारा जिल्लामा अवस्थित देवताल गाउँपालिका मधेश प्रदेश अन्तर्गतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो। साविक बडकीफुलवरिया(२-६) , पिप्राढिगोठ, दक्षिण झिटकैया, पिपरपाती जब्दी र रौवाही गाविस मिलेर बनेको यो गाउँपालिका २३.३२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यो गाउँपालिका बारा जिल्लाको जिल्ला सदरमुकाम कलैया देखी करिब १० कि.मी. को दुरीमा अवस्थित छ। यस गाउँपालिकाको पूर्वमा सुवर्ण गाउँपालिका, पश्चिममा कलैया उपमाहानगरपालिका, दक्षिणमा भारत र उत्तरमा माहागढीमाई नगरपालिका संग सिमाना जोडिएको छ।

यस गाउँपालिकामा बसोबास योग्य क्षेत्र सहितको उर्वर खेती योग्य जमिन रहेको छ। पसाह खोला, गण्डक नहर र आकाशे पानीले यहाँको सम्पूर्ण क्षेत्र मौसमी रुपमा सिचित हुन्छ। विशेष गरी धान, मकै, गेहुँ, दलहन, उख्खु जस्ता यहाका मुख्य बालीहरु हुन। प्राय यहाँका जनताहरु कृषिमा आश्रित छन। मिश्रीत बसोबास रहेको यस गाउँपालिकामा मुख्य बोलीचालीको भाषा भोजपुरी रहेको छ। धार्मिक रुपमा हिन्दु धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने चाडपर्वहरुमा कृष्णाष्टमी, तीज, जनैपुर्णिमा, दशै, तिहार, छट पुजा, माघे सक्रान्ती, फागुपूर्णिमा(होली) आदि रहेका छन।

केन्द्रः साविक पिप्राढीगोठ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २५३६१

क्षेत्रफलः २३.३१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बड्का फूलबारिया

२-६

झिटकैया दक्षिण

१-५

झिटकैया दक्षिण

६-९

पिप्राढीगोठ

१,२,३,६

पिप्राढीगोठ

४,५,७,८,९

रौवाही

१-९

पिपरपाति जब्दी

१-९

 ११.  नामः परवानीपुर गाउँपालिका

केन्द्रः साविक लिपनीमाल गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २४७४५

क्षेत्रफलः २९.२५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बुनियाद

१-९

रामपुर टोकनी

१,२,४-९

लिपनीमाल

१-७

लिपनीमाल

८,९

बहुअरी

१-९

 १२.  नामः प्रसौनी गाउँपालिका

केन्द्रः साविक प्रसौनी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २५४१४

क्षेत्रफलः २६.३५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

प्रसौनी

१,३,६

प्रसौनी

२,४,५,७-९

बन्जरिया

प्रसौनी

८,९

खुटुवाजब्दी

१-९

प्रष्टोका

३,४,५,९

बञ्जरिका

प्रष्टोका

६,७,८

बञ्जरिका

१,६

 १३.  नामः  फेटा गाउँपालिका

साविकमा नेपाल अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत पर्ने नारायणी अञ्चलको पाँच जिल्लाहरु मध्येको एक बारा जिल्लाको पश्चिम तथा दक्षिण क्षेत्रका पाँच गाउँ विकास समितिहरु भलुही भरवलिया, फेटा, बतरा, रघुनाथपुरको वडा नं. ८ र ९, पुरैनियाको संयोजन भई हाल मधेश प्रदेश अन्र्तगतका स्थानिय तहहरु मध्ये फेटा गाउँपालिका एक २०७३।११।२७ गठित स्थानिय तह हो । भौगोलिक रुपमा ग्रामिण क्षेत्र भए ता पनि फेटा गाउँपालिकाको पर्यटकिय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ ।

व्यवसायीक माछापालनले यस गाउँपालिकालाई थप पृथक पहिचान दिएको छ । अवलोकन भ्रमण, खैरातीमाई सामुदायिक वनवाट जडिबुटी उत्पादन गरि संकलनको दृष्टिकोणवाट र बारा जिल्लाको त्रिवेणी धाम जस्तो महत्वपूर्ण धार्मिक तिर्थ स्थलको सम्भावना बोकेको साविक फेटा गाउँ विकास समितिको नामबाट फेटा गाउँपालिका भनी यस स्थानिय तहको नामाकरण गरिएको हो ।

केन्द्रः साविक फेटा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २८३९५

क्षेत्रफलः २६.१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भुलही भर्वलिया

१-९

फेटा

१,९

फेटा

२-८

बतरा

१-९

रघुनाथपुर

८-९

पुरैनिया

७,८,९

पुरैनिया

१-६

 १४.  नामः  बारागढी गाउँपालिका

केन्द्रः साविक खोपवा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २९५५५

क्षेत्रफलः ३९.२९ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पिप्रा बसतपुर

१-९

विसुनपुर्वा

१-९

खोपुवा

१-९

पथरा

१-९

सिहासानी

३-९

गढहाल

१-९

 १५.  नामः  सुवर्ण गाउँपालिका

सुवर्ण गाउँपालिका नेपालको संविधान २०७२ बमोजिम गठित स्थानिय तह पुन: संरचना आयोगको सिफारिस बमोजिम साविकको गा.वि.स. कवहीगोठ, बागही, हर्दिया, प्रशुरामपुर(वडा नं. २,३,४,५,६,७,८,९), मझरिया(वडा नं. १,२,३,४,५,६,७ र ९) तथा बडकी फुलवरिया(वडा नं. १,७,८ र ९) हरुलाई समायोजन गरी स्थापना भएको हो । यस सुवर्ण गाउँपालिकाको नामाकरण प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा कवहीगोठका राजा सुवर्ण शमसेर ज.ब.रा.को नामबाट भएको हो ।यस गाउँपालिकाको केन्द्र साविक गा.वि.स. कवहीगोठ रहेको छ । यस सुवर्ण गाउँपालिकामा विधालय, स्वास्थ्य चौकी, ईलाका हुलाक कार्यालय, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बेश लगायतका कार्यालयहरु रहेको छन । यस गाउँपालिकाको पुर्वमा पचरौता नगरपालिका, पश्चिममा देवताल गाउँपालिका, उतरमा महागढीमाई नगरपालिका र दक्षिणमा छिमेकी मित्र राष्ट्र भारतको सिमाना रहेको छ ।

केन्द्रः साविक कवहीगोठ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३५१४१

क्षेत्रफलः ३६.८४ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कवहीगोठ

१,२

बगही

१-३

हर्दिया

२,८

कवहीगोठ

३-७,९

कवहीगोठ

बगही

४-९

हर्दिया

हर्दिया

३-७,९

परशुरामपुर

२,३,४,७

मझरिया

१-७,९

बड्कीफूलवरिया

१,७,८,९

परशुरामपुर

५,६,८,९

१६.  नामः  बिस्रामपुर गाउँपालिका

केन्द्रः साविक बिस्रामपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २४८९२

क्षेत्रफलः १९.८१ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

छतवा

१-९

बरैनिया

१-९

बिस्रामपुर

३-९

बिस्रामपुर

१,२

इटीयाही

१-९

श्रोतः नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नुभएमा सल्लाह तथा सुझाव दिनुहोला । तपाँइ आफ्नो जिल्लाको कुनै पनि स्थान र बिशेषको चिनारी लेखेर प्रकाशन गर्न चाहानुभएमा अवश्य लेखि पठाउनुहोला । जसको लागि chinari2020@gmail.com अथवा info@localhost  मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *