bardiya jilla

बर्दिया जिल्ला Bardiya District

परिचय

संघिय संरचना अनुसार नेपालको लुम्विनी प्रदेशमा पर्ने बर्दिया जिल्ला  नेपालको पश्चिम क्षेत्रको अन्नभण्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको पुर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश को बहराईच जिल्ला पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्गकि.मी. मध्ये दुई तिहाइ भन्दा बढी भु-भाग (६८.७६प्रतिशत)  तराईको समथल जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२४ प्रतिशत) चुरे पर्वत पर्दछ । बिगतमा आदीबासी ‍थारुहरुको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरुमा बाहिरी जिल्लाहरुबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक बिबिधता रहेको छ ।

Thakurbaba
ठाकुरबाबा मन्दिर

बि.स. १९१४ मा भारतमा भएको सिपाही बिद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले ईष्टईण्डिया कम्पनीलाई सहयोग गरेवापत बि.स. १८७३ को सुगौली सन्धीबाट गुमेको भु-भाग मध्ये बि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कंञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगाएत उल्लेखित जिल्लाहरु नयाँ मुलुकको रुपमा पनि चिनिन्छन । यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति, धार्मिक एवम् पौराणीक आख्यानहरु रहेको पाइन्छ । ति मध्ये केही यस प्रकार छन्

तस्विरमा वर्दिया राष्ट्रिय निकुञ्ज
तस्विरमा वर्दिया राष्ट्रिय निकुञ्ज

१. थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ । वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरनक्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरु धेरै बसोबास गर्ने भएकाले पछि वर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ ।

२. साविक पदनाह गा.वि.स. हालको बारबर्दिया नगरपालिकामा वारवर्दिया भन्ने गाँउ छ, पहिले यसै ठाँउमा हरिहर उपाध्याय नामका ठुला जमिन्दारको महल थियो । वर्दियामा खेतिको लागि उन्नत जमिन भएको कारण बाहिरबाट बसाई सराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो, अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ ।

तस्विरमा वर्दिया राष्ट्रिय निकुञ्ज
लोपउन्मुख पाटेबाघ, तस्विरमा वर्दिया राष्ट्रिय निकुञ्ज
पर्यटकीय सम्भावना बोकेका वर्दिया जिल्लाका विभिन्न स्थानहरू

१) नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट सडक पुल (१०१५ मि.)

२) नेपालमै सबैभन्दा बढी पाटेबाघ, गोही , डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा जीव जन्तु बिबिध प्रजाति रहेको ८९६ वर्ग मि. फैलिएको बर्दिया राष्ट्रिय निकुन्ज |

३) एसियामै १ खम्बाबाट पहिलोपटक निर्माण भएको कर्णाली चिसापानी सडक पुल |

४) बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार |

५) पुरातत्वले महत्वपुर्ण र नेपाल सरकारबाट हुलाक टिकट प्रकाशन भएको ठाकुरबाबा मन्दिर, गणेश मन्दिर, सदाशिव मन्दिर, कोटाही मन्दिर, बागेश्वरी मन्दिर, कालिका मन्दिर, तरकेशोर मन्दिर जानकी मन्दिर आंदी |

६) प्राकृतिक रुपले निर्मित, दक्षिण एशियाका चराचुरुंगीको क्रिडा स्थल, कमलको फुल जस्ता गुणले सम्पन्न र संरक्षण गरिएको १०५ बिगाहा क्षेत्रफलमा फैलिएको बढैया ताल |

७) प्राकृतिक रुपमा रहेको २०० बिगाहा क्षेत्रफलमा फैलिएको सतखोलवा ताल |

८) जिल्लाको करिब ५३ प्रतिसत जनघनत्व रहेको थारु जाति, राजी, चेपांग, आदि बिबिध सांस्कृति |

९) अन्नको भण्डार |

१०) कुरिलो , घ्यु कुमारी जस्ता अनेक जडिबुटी |

तस्विरमा वर्दिया राष्ट्रिय निकुञ्ज
तस्विरमा वर्दिया राष्ट्रिय निकुञ्ज
वर्दिया जिल्लामा रहेका प्रमुख धार्मिकस्थलहरू
क्र.सं. धार्मिक स्थलकाे नाम स्थान
बागेश्वरी मन्दिर गुलरीया
सन्तोषी मन्दिर गुलरीया
कोटही मन्दिर गुलरीया
राधाकृष्ण मन्दिर गुलरीया
ठाकुरद्धारा मन्दिर ठाकुरद्धारा
गणेश मन्दिर राजापुर
सदाशिव मन्दिर मगरागढी
बंगलामुखी मन्दिर गुलरीया
बकोटिया मन्दिर कालिका
१० उत्तर कौशल धार्मिक बनबाटिका कोठियाघाट
११ तारकेश्वर मन्दिर सानोश्री ताराताल
१२ केदारेश्वर मन्दिर मोतिपुर
१३ पर्वतिया मन्दिर गुलरीया
१४ नथुनिया बाबा मन्दिर गुलरीया
१५ विजय कालिका मन्दिर सानोश्री ताराताल
१६ कालिका मन्दिर सानोश्री ताराताल
वर्दिया जिल्लाको भु-उपयोगको अवस्था
क्र.स. विवरण क्षेत्रफल हेक्टरमा
 जिल्लाको कुल क्षेत्रफल २०२५००
 जिल्लाको कुल वन क्षेत्र १३०२००
 बर्दिया राष्ट्रिय निकुञ्ज मातहतको वन क्षेत्र १०८५००
क) बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९६८००
ख) मध्यवर्ति क्षेत्र ११७००
 जिल्ला वन कार्यालय मातहतको वन क्षेत्र २१७००
क) आ.व. २०७०÷७१ सम्म हस्तान्तरित सामुदायीक वन क्षेत्र १९५१६.५०
ख) धार्मिक वनको क्षेत्रफल २१.६३
ग) सरकारद्धारा व्यवस्थित वन क्षेत्र २१६१.८७
 खेतीयोग्य जमिन ७५०००
 खेती गरिएको जमिन ६०१००
चरन क्षेत्रफल ९००
 नदीनाला १४९००

श्रोतः जिल्ला वन कार्यालय,जिल्ला कृषि विकास कार्यालय,बर्दिया

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार वर्दिया जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  ६ नगरपालिका र २ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.   नामः गुलरिया नगरपालिका

तत्कालिन गुलरिया मथुराहरद्वार, साबिक माेहम्मदपुर गा.बि.स. र खैरापुर गाविस लाई मिलाएर वि.स. २०७३ सालमा गुलरिया नगरपालिकाको घोषणा भएको हो| कुल घरपरिवार संख्या १६००२ रहेको यस न. पा मा कुल जनसंख्या ७४५०५ रहेको छ जस मध्ये ३६७२७ पुरुष र ३७७७८ महिला रहेका छन् | गुलरिया नगरपालिका तराई क्षेत्रमा पर्दछ र समुन्द्र सतह देखि १४५ मि उचाईमा रहेको छ | यो नगरपालिका लुम्बिनी प्रदेश स्थित बर्दिया जिल्ला मा पर्दछ|

सिमाना  पूर्व मा बढैयाताल गाउँपालिका,पश्चिममा मधुवन नगरपालिका उत्तरमा बाराबर्दिया नगरपालिका र दक्षिणमा  भारतको उत्तर प्रदेश (बहराईच जिल्ला ) रहेका छन । गुलरिया नगरपालिका नदीको बेसिन क्षेत्रमाअवस्थित , मलिलो तथा सिंचित भुमि, तराइको सम्म भूभाग तथा पुर्व पश्चिम राजमार्गबाट नजिक रहेको शहर भावी विस्तारका लागि समेत सम्भावना बोकेको शहर हो |

कर्णाली नदि प्रणालीको साखा नदीको रुपमा रहेको बबई बर्दिया राष्ट्रिय निकुन्ज हुदै यस नगरको पूर्वी सिमाना भएर बग्दछ | त्यसै गरि यस नगरको पश्चिम भागलाई सर्जु नदीले सिंचित गरेको छ |गुलरियाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस रहेको छ भने औसत बार्षिक वर्षा १०५० मि.मि रहेको छ |

केन्द्रः साविक गुलरिया नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ७४५०५

क्षेत्रफलः ११८.२१ (वर्ग कि.मि.)

वडा संख्याः १२

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

गुलरिया

१,३

गुलरिया

गुलरिया

गुलरिया

५,७

गुलरिया

गुलरिया

गुलरिया

गुलरिया

१०,११

गुलरिया

१२

१०

गुलरिया

१३,१४

११

महम्मदपुर

१-५,७

१२

महम्मदपुर

६,८,९

 २.      नामः मधुवन नगरपालिका

नेपालको लुम्बिनी प्रदेश  अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो | साबिकका सानोश्री, ताराताल , सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स.समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ | यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलारियाबाट ६ कि.मि. दुरीमा पश्चिम दक्षिणमा अवस्थित छ र यस नगरपालिकाको पूर्वमा बारबर्दिया नगरपालिका ,पश्चिममा राजापुर नगरपालिका र छिमेकि मुलुक भारत , उत्तरमा बर्दिया राष्ट्रिय निकुन्ज र ठाकुरबाबा नगरपालिका र दक्षिणमा गुलारिया नगरपालिका र छिमेकि मुलुक भारत सँग सिमाना जोडिएको छ|

यस नगरपालिकाको क्षेत्रफल १२९.७३ वर्ग कि.मि. रहेको छ  यो नगरपालिका अक्षांश २६० २१’ उत्तर देखि २९ ७’ उत्तर सम्म र देशान्तर ८०० २१’ पूर्व देखि ८१० १०’ पूर्व सम्म छ भने समुन्द्र सतहबाट उचाई १७५ मिटर रहेको छ | यस नगरपालिकामा १२४४४ घरधुरीमा कुल जनसंख्या ५०७३९ रहेको छ | हाल यस नगरपालिकामा  ९ वटा वडा रहेका छन् | मधुवन न.पा.को अधिकांश खेतीयोग्य जमिन समथर भएकोले माटोको बनावटमा धेरै समानता पाइन्छ | दोमट र चिम्टाईलो माटो पाईने यस न.पा.मा उर्बर भूमिको प्रचुरताले गर्दा कृषि उत्पादन भएको पाइन्छ |

केन्द्रः साविक सानोश्रीराराताल नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५०७३९

क्षेत्रफलः १२९.७३ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सूर्यपटुवा

१-५

सूर्यपटुवा

६-९

ढोढरी

४,९

ढोढरी

१-३,५-८

सानोश्रीराराताल

१,२

सानोश्रीराराताल

४,५

सानोश्रीराराताल

३,७

सानोश्रीराराताल

सानोश्रीराराताल

८,९

 ३.      नामः राजापुर नगरपालिका

नेपालको लुम्विनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने राजापुर नगरपालिका भौगोलिक हिसाबले २८ २१” २५.१६’ देखि २८ २९’ ४३” उत्तरी आक्षांश र ८१o ३’ २५.६३” देखि ८१o १२’ ५२” सम्म पूर्वी देशान्तरसम्म फैलिएको छ । समुद्र सतहबाट १४२ मिटर देखि १५४ मिटर सम्मको उचाइमा अवस्थित राजापुर नगरपालिका ऐतिहासिक तथा धार्मिक महत्व बोकेको एउटा प्रमुख कृषि क्षेत्र हो ।

१२७.०८ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा गेरुवा गाउँपालिका र कैलाली जिल्ला, पश्चिमतिर कैलाली जिल्ला, दक्षिणमा भारत र पूर्वमा मधुवन नगरपालिका रहेका छन् । राजापुर नगरपालिकालाई २०७१ पौष २५ गते साविकको दौलतपुर, नयाँगाउँ, राजापुर, बदलापुर, भिम्मापुर र मानपुर टपरा गा.वि.स. समावेश गरी १९ वडा सहितको राजापुर नगरपालिका घोषणा गरीएको थियो भने मिति २०७३ फागुन २२ गते साविकको राजापुर न.पा. र खैरिचन्दनपुर गा.वि.स. समावेश गरि जम्मा १० वडा कायम गरेको छ ।

यस नगरपालिकाको नाम राजापुर रहनुको कारण विभिन्न जनविश्वास र ऐतिहासिक पृष्ठभुमि रहेका छन् । कहिले गोलामण्डी, कहिले राजापुर नाम भएको यस ठाउँमा राजाराम कुर्मीको नामबाट राजापुर भएको हो भन्ने कथन रहेको छ भने अर्को कथन अनुसार यस ठाउँमा पहिला ठकुरी जातिका राजारजौटाहरुले बसोबास गर्थे पछि राजा राजा हुंदै राजापुर भएको हो भन्ने विश्वास पाइन्छ ।

नगरपालिकामा पठनपाठनका लागि २९ वटा आधारभुत (१–५), ९ वटा आधारभुत (१–८), ६ वटा मा.वि. (१–१०) र ६ वटा मा.वि. (१–१२) गरी जम्मा ५० वटा विद्यालय र ७५ वटा बालविकास केन्द्रहरु शिक्षण संस्थाहरु रहेका छन् । बर्दिया जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा धेरै सम्भावना बोकेको नगरपालिकाको रुपमा राजापुर नगरपालिका त छँदैछ यसका अतिरीक्त सचेत राजनैतिक दल र उत्प्रेरीत नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् ।

यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।  जनगणना २०७८ अनुसार कुल ज‌नसख्या ६०८३१ मध्ये महिला ३२२२४ र पुरुष २८६०७ छन । यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । सबैभन्दा बढी तराई जनजाति, दोस्रोमा पहाडी ब्राम्हण/क्षेत्री  र तेस्रोमा पहाडी दलित  हरुको बसोबास रहेको छ ।

शहरी र ग्रामिण क्षेत्रको रुपमा रहेको नगरमा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत रमाउन थालेका छन् ।

स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । विगतमा योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होलि, गौरा, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

केन्द्रः साविक राजापुर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५९५५३

क्षेत्रफलः १२७.०८ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

राजापुर

१,२

राजापुर

३,४

राजापुर

५,६,१०

राजापुर

११,१२

राजापुर

७-९

राजापुर

१६,१७

राजापुर

१३

राजापुर

१४,१५

राजापुर

१८,१९

१०

खौरिचन्दनपुर

१-९

 ४.      नामः ठाकुरबाबा नगरपालिका

लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको साविकका बगनाह र नेउलापुर गा. वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा. वि. स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि. सं. २०७३ साल फाल्गुण २७ मा भएको हो। सङ्घीय प्रणालीअनुसार यो नगरपालिका बर्दिया जिल्ला क्षेत्र नं. २ मा र प्रदेश सभा निर्वाचन क्षेत्रको आधारमा क्षेत्र नं. २ (क) मा पर्दछ। भौगोलिक हिसाबमा यस नगरपालिकाको पूर्व, पश्चिम र उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्दछ भने दक्षिणमा मधुवन नगरपालिका पर्दछ।

२८ डिग्री २३ मिनेटदेखि २८ डिग्री २३ मिनेट उत्तरी अक्षांशसम्म र ८१ डिग्री ११ मिनेटदेखि ८१ डिग्री १९ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल १०४.५७ वर्ग किलोमिटर र जनघनत्व ५३४ रहेको छ। प्रशासनिक रुपमा ९ वटा वडामा विभाजन गरिएको यस नगरपालिकाको जनसङ्ख्या जनगणना २०७८ अनुसार ४९४२० (पुरुषः २२,८७० र महिलाः २६,५५०) रहेको छ भने कुल घरधुरीको सङ्ख्या ११,४६९ रहेको छ।

समुन्द्र सतहबाट सरदर १७५ मिटरको उचाईमा रहेको यस नगरपालिकाको औषत न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस र अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस रहेको छ भने औषत वार्षिक वर्षा ११२० मिलिलिटर हुने गरेको छ। जिल्ला सदरमुकाम गुलरियाबाट २२ किलोमिटर उत्तर पश्चिममा अवस्थित यस नगरपालिका पूर्व-पश्चिम राजमार्ग तथा हुलाकी मार्गसँग जोडिएको छ। यस नगरपालिका अन्तर्गत पर्ने मुख्य बजार क्षेत्रहरु भुरिगाउँ, बगनाह, शाहीपुर, बकुवा तथा ठाकुरद्वारा रहेका छन्।

केन्द्रः साविक बबई नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ४९४२०

क्षेत्रफलः १०४.५७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बबई

१,२

बबई

३,४

बबई

५,७

बबई

६,९

बबई

८,१०

शिवपुर

१-७

शिवपुर

८,९

ठाकुरद्वारा

१-४

ठाकुरद्वारा

५-९

 ५.      नामः बाँसगढी नगरपालिका

नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । साविक बेलुवा, मोतिपुर र डेउढाकला सहित ३ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २५ कि.मी. उत्तर पूर्वमा अवथिस्त छ र पूर्व पश्चिम राजमार्ग यस नगरपालिका बीच हुँदै गरुको छ ।

पूर्वमा सल्यानको काप्रेचौर, मानखोला (बाँके ), पश्चिममा ग्याङ नदी (बार बर्दिया नगरपालिका), उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा बढैया ताल गाउँपालिका सँग यो नगरपालिका जोडिएको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य बिष्तृत विवरण देहाय अनुसार रहेको छ । नगरपालिकाको क्षेत्रफल २०६ वर्ग कि.मी.रहेको छ भने अक्षांश २८डिग्री १३’ उत्तर देखि २८ डिग्री २४’ उत्तर सम्म, देशान्तर ८१डिग्री २५’ पूर्व देखि ८१डिग्री ४६’ पूर्व सम्म रहेको छ ।

बर्दिया जिल्लामा बर्दिया राष्टिय निकुञ्ज स्थापना हुनु पुर्व यहाँका थारु जातिमा ससुराली जाँदा सूपो लिनुपर्ने परम्परा रहेको थियो । सूपो बनाउन जंगलतिरबाट बाँस लिएर आई हाल बाँसगढी बजार क्षेत्रमा बसी बाँसको चोया बनाउने काम गरेकोले बाँसगढी नाम रहन गएको स्थानीय मानिसहरुको भनाई रहेको छ । त्यसैगरी यस नगरपालिकाको वडा नं. ५ मा पर्ने बाँसगढी गाउँमा पहिले बाँसको घारी रहेको हुँदा पछि गएर बाँसगढी हुन गएको एकाथरीको भनाई रहेको छ । यसैगरी रेउकुलो नामबाट चर्चित पुराने गीतमा बाँसगढी गाउँ भन्ने उल्लेख भएको हुँद यो ठाउँको नाम बाँसगढी हुन गएको भन्ने पनि भनाई छ ।

बाँसगढी नगरपालिका समुद्र सतह देखि१५४ मी. उचाइमा रहेको छ । यस क्षेत्रको हावापानी उष्ण मनसुनी देखि समशितोष्ण प्रकारको रहेको छ । वार्षिक सरदर वर्षा ११३० मि.मि. हुने गरेको यस नगरपालिका क्षेत्रको अधिकतम तापक्रम ४३ डीग्री सम्म पुग्ने गर्दछ भने न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा झर्ने गर्दछ ।

बबई नदी, ग्याङ नदी, मान खोला, डुन्डुवा खोला, घट्टे खोला, लौहवा खोला, अक्षेखिया खोला, शेभाङ खोला, दोन्द्रे खोला, खोटे खोला, भङ्गाहा खोला, दोभान खोला, चिसी खोला, चप्ला नाला, फोहिया नाला, कन्जरवा नाला, बोक्सीनिया नाला यस न.पा.का प्रमुख नदीनालाहरु हुन । न.पा. भित्रका लक्ष्मणा ताल, मोतिपुर ताल, दमौली ताल, बाँसगढी ताल प्रमुख तालहरु हुन भने च्यामा र राँझा सिमसार क्षेत्र रहेका छन् ।

बाँसगढी नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, चेपाङ्ग गाउँ, मन्दिर,चर्च तथा गुम्वा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन् । विभिन्न उत्सव र चाडपर्वमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन् । शिवरात्री, दशैं, माघे संक्रान्ती, चैते दशैं जस्ता चाडपर्वमा विषेशगरी यसक्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ । थारुजातिको मौलिक संस्कृतिले पनि यस क्षेत्रको विशिष्ट साँस्कृतिक पहिचान बोकेको छ । वडा नं. ५ मा अवश्थित केदारेश्वर धाम यस नगरपालिकाको प्रमुख साँस्कृतिक धरोहरका रुपमा रहेको छ ।

केन्द्रः साविक बाँसगढी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ६३,२५२

क्षेत्रफलः २०६.०८ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बाँसगढी

बाँसगढी

१*,३

बाँसगढी

२,४

बाँसगढी

५,७

बाँसगढी

बाँसगढी

बाँसगढी

१०

बाँसगढी

बाँसगढी

११

नोटः साविक बाँसगढी  पाको वडा नं  केही भूभागलाई स्थानीय जनताको सुविधा बमोजिम टुक्र्याइएको 

 ६.      नामः बारबर्दिया नगरपालिका

नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो । साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन् । बारबर्दिया नगरपालिका बर्दिया जिल्लाको मध्य भागमा २८ डिग्री २६ मिनेट देखि २८ डिग्री ३६ मिनेट उतर आक्षांश सम्म र ८१ डिग्री ३० मिनेट देखि ८१ डिग्री ५० मिनेट उतर देशान्तर सम्ममा अवस्थित रहेको छ ।

यस नगरपालिकाकाे सिमाना पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र ठाकुरबाबा नगरपालिका तथा दक्षिणमा गुलरिया नगरपालिका रहेको छ । यस नगरपालिकाको कुल जनसंख्या ७२५३३ रहेको छ जसमा ३४१२६ पुरुष तथा ३८४०७ महिला रहेका छन । यो नगरपालिका २२६.०९ वर्ग किमी क्षेत्रमा फैलिएको छ भने यसको उचाई समुन्द्री सतहदेखि करिव १७५ मिटरमा  रहेको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य विष्तृत विवरण देहाय अनुसार रहेको छ ।

केन्द्रः साविक मगरागढी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ७२५३३

क्षेत्रफलः २२६.०९  (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बानियाभार

१,२

बानियाभार

३-५

बानियाभार

६-९

पदनाहा

१,२,५-९

पदनाहा

३,४

मगरागढी

१,३

मगरागढी

२,४

मगरागढी

५-८

मगरागढी

धधवार

२,७

धधवार

३,६

१०

धधवार

१,४,९

११

धधवार

५,८

 ७.      नामः बढैयाताल गाउँपालिका

बढैयाताल गाउँपालिका नेपालको लुम्विनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्दछ ।  यस गाउँपालिकाको अन्य बिशेषताका रुपमा बढैया ताल, प्राचिन कालिका मन्दिर, दुई मोहना, नागमणि नाथ आदि जसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने गरेकोछ । भौगोलिक हिसाबले ८१०२३’१७” देखि ८१०३३’४९” पूर्वी देशान्तर र २८०४’११” देखि २८०१३’५८” उत्तरी अक्षांशमा अवस्थित बढैयाताल गाउँपालिका लुम्विनी प्रदेश क्षेत्रको एउटा प्रमुख धार्मिक, ऐतिहासिक तथा व्यवसायिक औधोगिक क्षेत्र हो ।

यस गाउँपालिका समुद्री सतहबाट १४३ मिटरदेखि १५७ मिटरसम्मको उचाइमा अवस्थित छ भने ११५.१९ वर्ग कि.मी.क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा बाँसगढी नगरपालिका पश्चिमतिर गुलरिया नगरपालिका, दक्षिणमा भारत रहेको छ भने पूर्वमा बाँके जिल्ला रहेको छ । बढैयाताल गाउँपालिकालाई २०७३/११/२७ गते गाउँपालिका घोषणा गरिएको हो ।गाउपँ ालिकाको तापक्रम वि.स. २०७४ मा न्यूनतम ७.७ डिग्री सेल्सियसदेखि अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियसका बीच रहेको पाईन्छ ।

बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिका तथा नगरपालिकाहरुमा विकासको सम्भावना बोकेको गाउँपालिकाको रुपमा बढैयाताल गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । घरधुरी सर्वेक्षण २०७४ को तथ्याङ्क अनुसार सबैभन्दा धेरै १९,५७१ अर्थात ३९.२ प्रतिशत तराई जनजाती, दोस्रोमा १३,४५२ अर्थात २६.९ प्रतिशत ब्राह्मण क्षेत्रीहरू, तेस्रोमा पहाडी दलित, चौथो र पाँचौमा क्रमश जनजाती र तराइ अन्य तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा कृषि, व्यापार, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् ।

औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोत व्यापार, उद्योग, साथै विकल्पमा नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने निजी र सामुदायिक गरेर ५३ विद्यालय रहेका छन् ।

अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । विगतमा लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होलि, महाशिवरात्री, माघी, कृष्णजन्माष्टमी, बकरइद, रमजान, छठपर्व, होली, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

केन्द्रः साविक मनैपोखर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५२,८१८

क्षेत्रफलः ११५.१९ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

जमुनी

६-९

जमुनी

१-५

सोरहवा

६-९

सोरहवा

३-५

सोरहवा

१,२

मैनापोखर

मैनापोखर

१,२,४,६,८,९

मैनापोखर

५,७

कालिका

१,२,९

कालिका

३,५,८

कालिका

 ८.      नामः  गेरुवा गाउँपालिका

गेरुवा गाउँपालिका नेपालको लुम्विनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा रहेको छ । चिसापानी क्षेत्रबाट कर्णाली नदी दुई दिशा छुटिएको छ । कर्णाली नदी दुईतिरबाट भएर जाँदा बिचमा बनेको टापुमा गेरुवा गाउँपालिका रहेको छ । यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । गाउँपालिकाबाट बर्दिया राष्ट्रिय निकुञ्जको मनोरम दृश्य तथा निकुञ्जका वन्यजन्तु (बाघ, भालु, हात्ति, मृघ आदि) अवलोकन गर्न पाइन्छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा साविकका पाताभार, गोला, पशुपतिनगर र मनाउ गा.वि.स. समावेश गरी जम्मा ६ वडाहरू कायम गरी गेरुवा गाउँपालिका घोषणा गरिएको हो ।

विश्व मानचित्रमा गेरुवा गाउँपालिकाको भौगोलिक अवस्थिति २८°२४’ १८.१७” देखि २८°३५’३६.०४” उत्तरी आक्षांससम्म र ८१°८’ ५१” देखि ८१°१५’ १२” पूर्वी देशान्तरसम्म फैलिएको छ । यो गाउँपालिका समुद्री सतहबाट १४५ मिटरदेखि १८० मिटरसम्मको उचाइमा फैलिएको छ ।त्यसैगरी ७८.४१ वर्ग कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा राजापुर नगरपालिका, उत्तरमा कैलाली जिल्ला र दक्षिणमा राजापुर नगरपालिका रहेका छन् । यस गाउँपालिकाको कुल जनसंख्या ३३,५१४ रहेको छ जसमध्ये पुरूष १५,३६३ र महिला १८,१५१ जना रहेका छन् ।

बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरूमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा गेरुवा गाउँपालिका रहेको छ । यसका अतिरिक्त यहाँका सचेत राजनैतिक दल र उत्प्रेरित गाउँपालिकावासी समेत दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोतहरूमा साना व्यापार, सेवामुलक व्यवसाय, नोकरी साथै वैदेशिक रोजगारी पनि एक हो ।

केन्द्रः साविक पशुपतिनगर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३३,५१४

क्षेत्रफलः ७८.४१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पाताभार

१,६-८

पाताभार

३-५

पाताभार

२,९

गोला

१-९

पशुपतिनगर

१-९

मनाउ

१-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति वर्दिया  र जिल्ला प्रशासन कार्यालय वर्दिया। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । वर्दिया जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

2 thoughts on “बर्दिया जिल्ला Bardiya District”

  1. स्थानियतहको विभाजन
    संघिय संरचना अनुसार वर्दिया जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ५ नगरपालिका र २ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

    #बर्दिया जिल्लाको नगरपालिकाको संख्यामा ६ हुनपर्ने ठाउँमा ५ लेखिन गएकोले सुधार गर्नहुन अनुराेध छ ।

    1. तपाइको सुझाव अनुसार हामिले हाम्राे पोष्टमा परिमार्ज्नन गरेका छाैँ अमुल्य सुझाव र सल्हाकाे लागि आभारी छाैँ ।
      चिनारी नेपाल काठमाण्डाै नेपाल ।।

Leave a Comment

Your email address will not be published. Required fields are marked *