अछाम जिल्ला Achham District

परिचय

भौगोलिक हिसाबले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला मध्ये सबैभन्दा ठुलो जिल्लाको रुपमा अछाम जिल्ला रहेको छ । अछाम जिल्लाको नामाकरणको सम्बन्धमा विभिन्न जनविश्वास रहि आएका छन जस मध्ये तीन किसिमका जनश्रुतीहरु यहाँ प्रस्तुत गरिएको छ ।

प्रथमः प्राचीनकालमा भारतीय मुगल साम्राज्यको चर्को दमन र उत्पीडन सहन नसकी त्यहाँबाट ठूलो संख्यामा हिन्दूहरू बसाइँ सर्न बाध्य भए । घुम्दै हिड्ने क्रममा उनीहरु तत्कालीन नेपालको नौखुवा (वर्तमान अछाम) पुगे । त्यसबेला नौखुवा प्रशस्त मीठो आँप पाइने स्थानको रुपमा परिचित थियो । अनुकूल हावापानी र प्रशस्त मीठो आँप पाइने भएको कारण घुमन्ते भारतीयहरुका लागि बसोबास गर्न उपयुक्त भएकोले उनीहरु नौखुवामा बस्न थाले । हिन्दी भाषामा आँपलाई अच्छा आम भनिन्छ । अच्छा आम अपभ्रंस हुँदै जाँदा प्रशस्त मीठो आँप पाइने नौखुवालाई ‘अछाम’ भनिन थालियो ।

दोस्रोः डोटी जिल्लाका ब्राम्हण खानदानका गोपाल खतिवडाका (भट्ट भनिनें) चार भाइछोराहरु थिए । उनका चार छोराहरु लल्ल, विलल्ल भाष र प्रभाष थिए । प्रभाषको प्रसिद्ध जुम्ली राजा देवचन्द्रकी छोरी हार्मता मैयासँग प्रेम विवाह भई केही वर्ष उनी जुम्ला बसे । पछि नौखुवा राज्य उनले विर्ता पाई नौखुवामा शासन गर्न थालेकाले उनीबाट जन्मेका छोरा राजा हुने र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकोले अचम्म शब्द अपभ्रंस हुँदै ‘अछाम’ भनिन लाग्यो ।

Photo of Achham
तस्विरमा अछाम जिल्ला

तेस्रोः अछामी राजाको मुलथलो बड्डी (बुढो) अछाम अर्थात हाल सेरा गाविसको क्वालेख भन्ने ठाउँमा थियो । त्यसपछि बान्नीगढी, पुनः क्वालेख र मंगलसैनमा राज्य सरेको पाइन्छ । राणाकालीन अवस्थामा अछाम राज्य डोटी राज्यमा गाभिन गई खाद्यान्न आपूर्तिको केन्द्रको रुपमा रह्यो  । पछि अछामको कैलासखोला पश्चिमको भू-भाग डोटी र पूर्वको भू-भाग दैलेख जिल्लामा गाभिन गएको पाइन्छ । वि.सं. २०१४/०१५ सालतिर यहाँका जनताहरुद्वारा तत्कालीन राजा महेन्द्र समक्ष छुट्टै जिल्ला घोषणा गरियोस् भनि बिन्तिपत्र चढाए बमोजिम राजाबाट माल बुझिदिनु भन्ने हुकुम भयो । तत्पश्चात २०१८ साल वैशाख १ गते अछाम नेपालको मानचित्रमा एउटा छुट्टै जिल्लाको रुपमा ‘अछाम’ अस्तित्वमा आएको पाइन्छ ।

अछाम जिल्लाको भाैगोलिक अवस्थिती

८१.०२ डिग्री देखि ८१.३५ डिग्री पुर्वी देशान्तर तथा २८.४५ डिग्री देखि २९.३३ डिग्री उत्तरी अक्षांश सम्म फैलिएको यस जिल्लामा २ वटा निवार्चन क्षेत्र, ४ वटा नगारपालिका र  ६ वटा गाउँपालिकाहरु रहेका छन् । यस जिल्लाको पुर्वमा दैलेख¸ पश्चिममा डोटी¸ उत्तरमा कालिकोट र बाजुरा तथा दक्षिणमा सुर्खेत जिल्ला अवस्थित छ । १६९२ व.कि.मि. क्षेत्रफल रहेको यस जिल्लाको सदरमुकाम मंगलसेन १३२६ मीटर उचाईमा रहेको छ ।

Photo of Achham
तस्विरमा अछाम जिल्ला

जलवायु
समुद्र सतहबाट ६४० मि. को उचाई देखि ३८२० मि. उचाई भएको यस जिल्लामा हावापानीका विभिन्न रुपहरु पाइन्छन्। पहाडी तथा उच्च भागहरुमा तापक्रम हिउंदमा सरदर ५ से. रहन्छ, जबकि खोंच तथा टारहरुमा  हिउँदमा २० से. सरदर तापक्रम रहन्छ । त्यस्तै ग्रिष्मको अवस्थालाई हेर्दा पहाडी भागमा २५० से. तथा उच्च भागहरुमा २० ० से. र खोंच तथा टारहरुमा ३०० से. सरदर तापक्रम रहन्छ । त्यस्तै यो जिल्ला महाभारत पर्वतको सूर्यमूखी ढालमा पर्ने हँुदा वार्षिक सरदर वर्षा १८९१ मि.मि.सम्म रहन्छ । जिल्लाको उत्तरी भागका उच्च भू–भागमा हिमपात हुने गर्दछ ।

 भू–उपयोग
अछाम जिल्ला पूर्णरुपमा मध्येमहाभारतीय पर्वत क्षेत्रमा पर्ने हुँदा यहाँको सम्पूर्ण धरातलमा पर्वतीय विशेषता झल्केको   भू–धरातलीय आधारमा यस जिल्लालाई ३ भागमा विभाजन गर्न सकिन्छ ।

क) बेसी क्षेत्रः  जिल्लाका प्रमूख नदी र नदी किनारमा पर्ने क्षेत्रहरु यस अन्तर्गत पर्दछन । जिल्लाका प्रमूख नदी किनार क्षेत्रहरु कृषि उत्पादनका लागि प्रशिद्ध मानिन्छन । जिल्लाको प्रमूख व्यापारिक क्षेत्र साँफेबगर यस क्षेत्रमा पर्दछ । यसका अलावा बैजनाथ, ककटसान, सुगाली तथा लोड्याबगरजस्ता क्षेत्रहरु यस प्रदेशमा पर्दछन ।

रामारोशन क्षेत्र अछाम
रामारोशन क्षेत्र अछाम

ख) मध्ये पहाडी लेक क्षेत्रः समुद्र सतहबाट १२२० मिटर देखि ३१३४ मिटरसम्मको पहाडी भू–भाग यस अन्तर्गत पर्दछन । जिल्लाको दुई तिहाई भाग यस क्षेत्र अन्तर्गत पर्दछन । जिल्लाको सदरमुकाम मंगलसेन यसै क्षेत्रमा पर्दछ । अन्नवालीहरुमा विशेषगरी घैया, मकै, गहुँ, जौं, कोदो तथा तेलहन आदिको उत्पादन हुने भएतापनि यो क्षेत्र विशेष गरी अमिलो जातका फलफूलहरु जस्तै सुन्तला, मौसम तथा कागतिकोलागि प्रसिद्ध मानिन्छ ।

ग) उत्तरी भिरालो लेक क्षेत्रः समुन्द्री सतहबाट ३१३४ मिटर भन्दा माथिको क्षेत्र यस क्षेत्रमा पर्दछ । यो क्षेत्रमा खप्तड, रामारोशन,  ऋषिदह, आदि जस्ता प्रसिद्ध क्षेत्रहरु यस प्रदेशमा पर्दछन्। यहाँ हिउँद ऋतुमा प्राय हिमपात हुने, दुर्लभ वन्यजन्तु र जडिबटी तथा खनिज पदार्थको दृष्टिकोणले यो क्षेत्रलाई महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा अन्नवाली विशेष गरी मकै, जौं, उवा, तरकारी, आलु र फलफूलहरुमा ओखर खेतीको प्रचुर सम्भावना देखिन्छ ।

अछाम जिल्लामा रहेका प्रमुख नदिहरू

विश्वमान चित्रमा नेपाल जलस्रोतको धनी भए झैं नेपालको मानचित्रमा अछाम जिल्लापनि जलस्रोतको धनी मानिन्छ । नदी वर्गीकरणको अनुसार यहाँ ठूला, मझौला तथा साना स्तरका नदीहरु रहेकाछन । प्रवाहित हुने नदीहरुको कूल संख्या ३५४ वटा रहेको छ, । यी सबै प्रवाहित हुने नदीहरुको कूल लम्वाई ६९३०.६९ कि.मि. रहेको छ । यी नदीहरुमा पर्याप्त जलविद्युतको संभावना रहेको छ । यस जिल्लामा प्रवाहित हुने प्रमूख नदीहरुमा बुढीगंगा, सेती, कर्णाली, कैलाश खोला, चाइरा खोला, पर्भाली गाढ, बारला गाँड, छिपे खोला, आदि रहेका छन ।

तुल्ला गाउँ अछाम
तुल्ला गाउँ अछाम
अछाम जिल्लाको धार्मिक तथा सांस्कृतिक जनजीवन

नेपालको संविधानले  नेपाल अधिराज्यलाई धर्म निरपेक्ष राज्यको रुपमा परिभाषित गरेको छ । तथापि, सभ्यता र संस्कृतिको विशाल बगैचा नेपाल र नेपालीमा हिन्दू संस्कृति र सभ्यता प्रति ठूलो विश्वास रहेको छ । यसका अलावा अन्य धर्म र संस्कृति प्रति समेत सम्मान र सद्भाव जाहेर गर्दछन्। संस्कृति र धर्मका हिसाबले अछाम जिल्ला पनि हिन्दूहरुको वाहुल्यता भएको जिल्ला हो । यस जिल्लामा हिन्दू धर्म संस्कृतिसँग सम्बन्धित गौरवमय गाथा बोकेका महत्वपुर्ण धार्मिक तथा सांस्कृतिक स्थलहरु रहेका छन् । बैजनाथ क्षेत्र, वर्दादेवीको बान्निगढी, षोडशादेवी, जाल्पादेवीको त्रिपुरासुन्दरी, ऋषिदह गाविसको नदाई,  विल्थम (विन्दवासिनी र गंगायामुना), खप्तड, विनायकको पञ्चदेवल, जनालीवण्डाली, छोटी मालिका, बारलाको भवान्थान आदि यहाँका प्राचीन ऐतिहासिक तथा सांस्कृतिक गौरवमय गाथा वोकेका प्रमूख शक्ति पीठहरु हुन्।

यी धार्मिक स्थलहरुमा जिल्ला भित्र, बाहिर (विशेष गरी  कैलाली, डोटी, कञ्चनपुर, दैलेख र सुर्खेत जिल्लाहरु) र भारतबाट समेत हजारौको संख्यामा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्दछ । यस जिल्लामा मनाइने विभिन्न किसिमका मेलाहरुको सम्बन्ध यहाँको धार्मिक पक्षसँग जोडिएको पाइन्छ । यस जिल्लामा मनाइने प्रमूख मेलाहरुमा शिवरात्री, तीज, कृषाअष्टमी आदि पर्दछन् । यस बाहेक गैरीटाँडको मेला, रामारोशनको देउता गाड्ने (धामीझाँक्री काप्ने मेला) कार्तिक शुक्ल पूर्णिमाको दिन हुने वर्दादेवी भगवतीको मेला, कुस्कोटमा चैत्र २० गते हुने मेला (चैतला), मार्कुमा हुने चैत्र अष्टमीमा हुने मेला, विनायकको मष्टामाण्डौं मेला, गाज्रा गाविसको दशैं (डाँठेगडा), तिमिल्सेनको दशै (सैनगडो) आदि हुन् ।

Baijanath Dham Acham
बैजनाथ मन्दिर अछाम

यहाँका प्रमूख चाड पर्वहरुमा दशै तिहार माघेसंग्राँन्ती, फागु पूर्णिमा (होरी), चांड पर्वहरुको अवसरमा पनि विभिन्न किसिमका मेलाहरु मनाईन्छन् । यसका अलावा, अछाम जिल्लामा मनाइने प्रमूख चाडपर्वहरुमा बिसु (नववर्ष), महाशिवरात्री, पोतीसराई, अछामको होरी, दसहरा, साउने संक्रान्ती, जेठासे पूर्णिमा, जनैंपूर्णिमा, पुतला पर्व, चैते दशैं, भदौरे संग्राँन्ती, (भाद्र १ गते), घाँसे संग्राँन्ती (असोज १ गते) बडादशैं, कृष्णाष्टमी, कार्तिक पूर्णिमा, तिहार, पुषे पूर्णिमा (भैले औंसी), मकर संग्राँन्ती,, भुवा औंसी, वसन्त पञ्चमी, आदि रहेका छन ।  स्रोतःजिल्ला पार्श्वचित्र-२०७१,अछाम

Photo of Achham
तस्विरमा अछाम जिल्लाको विद्धालय
अछाम जिल्लाको  निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

अछाम जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार अछाम  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर   ४ नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.      नामः मंगलसेन नगरपालिका

नौखुवा अछाममा नौबिसले एक खुवाको प्रतिनिधित्तो गर्दथ्यो | बि.स.१८४७ मा गर्खाली सरदार अमर सिं थापा, जगतजित पाण्डे, दलन शाहीले अछाम जिल्ला कब्जा गरेपछि नौबिस मौजाका रुपमा विकास भइ मोतिपुरको विस्थापन पछि मंगलसेनलाई १८ औ शताब्दीतिर मना ग्रामिण मना गाउँ भनेर चिनिन्थ्यो| १८४९ मा तालुकदारी मुखिया प्रथा पश्यात कैलाशखोला देखि दक्षिण भैसलेको पानी जनालीबण्डालीको सिमाना देखि उत्तर छुचुन्द्रे खोला पूर्व त् तापिरवा पच्छिम नौबिस ९ वटा २० घरदैलोको संख्याका आधारमा नौबिस ग्रामिण पन्च्यात हुदै १९३५ देखि १९४१ मा मंगलसेन दरबार निर्माण भइ आमालको व्यावस्था गरियो र तेहीबाट अछाम जिल्लाको प्रशासनिक कार्य हुदै आएको थियो |

२००७ सालको परिवर्तन पछि २०१३ सालमा राजा महेन्द्रको डोटी सवारीका बेला अछामका अगुवा नेताहरुले सवारीमा अछाममा माल कार्यालय चाहियो भनि आन्दोलन गरे बाफत प्रहरी हस्तक्षेपमा थुप्रै जनता गैते भएपछी आन्दोलनको भावना महसुस भइ २०१४ सालमा अछाम पंगलुसेंन मै माल कार्यालयको स्थापना भएको देखिन्छ | २०१७ सालको राजाको निरंकुश शासन लागु पहे पछि २०१८ सालमा नौबिस ग्राम पंचायत भइ २०१९ सालमा मंगलुसेन गाउ पंच्याय्तको नामबाट नामाकरण भइ २०२२ सालको भूमिसुधार पच्च्यात बजारको दुई तिरको सैन समथर जग्गा हालको जिविस रहेको वरिपरी र मालिका विकास बैक अगाडी रहेको जग्गा र मंगला देवीको मन्दिरलाई जोडी मंगलसेन नामाकरण भएको पाइन्छ |

मंगलसेन नगरपालिकामा १४ वटा वडाहरु रहेका छन | वडा नं. ५ मा नगरपालिकाको केन्द्र पर्छ, जुन अछाम जिल्लाको सदरमुकाम समेत  हो  वडा नं. ३,४, ६,८ जोडिएका छन् र वडा नं. १३ केन्द्र बाट करिव २६ कि.मि. टाढा पर्छ र अन्य वडाहरु भन्दा दुर्गम समेत हो \ मंगलसेन नगरपालिका सुदूरपश्चिम प्रदेशको प्रादेशिक राजधानी धनगढी, कैलालीबाट ३०८ कि.मि. र संघीय राजधानी काठमाडौंबाट ९४२ कि.मि. टाढा दुरीमा पर्छ |

समितोष्ण हावापानी पाइने यो क्षेत्रमा औषत वार्षिक १२५ से.मि. सम्म बर्षा हुन्छ |यस क्षेत्रको सरदर तापक्रम गर्मि याममा २४ देखि ३२ सेनटिग्रेड सम्म हुन्छ भने शितकालिनमा सुन्य डिग्री से. सम्म और्लिन्छ |  मुख्य चाड पर्वमा दशैँ,तिहार, विसु, होरी माघि तिहार, तिज, गौरापर्व आदि हुन | नगरपालिकामा कालिका मन्दिर, कैलाशमुठ, धुम्रलोचनी, जिमराडी, भट्टे मालिका, ठुलासैन मालिका जस्ता धार्मिक क्षेत्र, अछाम क्षेत्र, अछाम दरबार,सुरैकोट, देवल जस्ता पुरात्तत्वो सम्पादनका साथै अयार बण्ड जस्ता पर्यटकीय क्षेत्र पर्दछन |

केन्द्रः साविक मंगलसेन नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २६५५७ (२०७८ अनुसार)

क्षेत्रफलः २१०.१४  (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मंगलसेन

मंगलसेन

मंगलसेन

मंगलसेन

मंगलसेन

मंगलसेन

मंगलसेन

मंगलसेन

मंगलसेन

१०

मंगलसेन

१०

११

मंगलसेन

११

१२

बन्नातोली

१-९

१३

बस्ती

१-९

१४

कालागाउँ

१-९

 २.      नामः कमलबजार नगरपालिका

कमलबजार नगरपालिका प्रदेश नं ७ अछाम जिल्लाको पश्चिम दक्षिण भागमा अवस्थित छ । यस नगरपालिलकामा परिक्षण उडान भैसकेको एउटा बिमानस्थल समेत रहेको छ । कमलबजार नगरपालिकाको वि.सं. २०७२ साल भाद्र ३० गतेको नेपाल सरकारको मन्त्री परिषदको निर्णयबाट अछाम जिल्लाको साविकका वयाला, मुली, चाल्सा, ढाँकु सेरा, र मष्टावण्डाली गा.वि.स. मिलाएर कमलबजार नगरपालिका घोषणा गरे अनुसार २०७२ साल भाद्र ३० गते बिधिवत रुपमा स्थापना भएको हो । तत्कालिन रुपमा कमलबजार नगरपालिकालाई १० वटा वडामा बिभाजित गरिएको थियो ।

स्थानिय तह निर्धारण तथा सिफारिस आयोगको २०७३ सालको सिफारिसका आधारमा नेपाल सरकारले देशभरी ७४४ र अछाम जिल्लामा १० वटा स्थानिय तहहरु घोषणा गर्दा कमलबजार नगरपालिकामा पुनः साविकका गा.वि.स. विरपथ, कुईका वडा नं. १ देखि ५ र घोडासैन वडा नं. २, ३, ४ र ६ वडालाई समावेश गरि १० वटा वडामा बिभाजित गरिएको छ । कमलबजार नगरपालिका एक पहाडी नगरपालिका हो ।

यो नगरपालिका समुन्द्री सतहको न्यूनतम ६८० मिटरको उचाई देखि अधिकतम २२०० मिटर सम्मको उचाईमा रहेको छ । भौगोलीक रुपमा यो अक्षांश २९.०५३१० उत्तर देखि देशान्तर ८१.३४२५६० पूर्वमा रहेको छ । यस नगरपालिकाको कार्यालय १९०० मिटरको उचाईमा रहेको छ । कमलबजार नगरपालीकाको सिमाना पूर्वमा पंन्चदेवल विनायक नगरपालिका पश्चिममा मंगलसेन उत्तरमा मंगलसेन नगरपालिका र रामारोसन गाउपालिका तथा दक्षिणमा तुर्माखाँद गाउँपालिका र ढकारी गाउपालिका रहेका छन ।

केन्द्रः साविक कमलबजार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१०३२ (२०७८ अनुसार)

क्षेत्रफलः १२०.७८  (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कमलबजार

६,७

कमलबजार

कमलबजार

कमलबजार

१०

कुईका

१-५

वीरपथ

१-९

कमलबजार

१,२

कमलबजार

 ९

कमलबजार

३,४

१०

घोडासैन

२-६

 ३.      नामः साँफेबगर नगरपालिका

नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७१/०१/२५ को निर्णयबाट नगरपालिकाको केन्द्र साँफेबगर रहने गरि साँफेबगर नगरपालिका घोषणा भएकाे । नगरपालिकामा समाहित वडाहरु बैजनाथ, जाल्पादेवि, सिद्देश्वर, मष्टामाण्डौं, नवाठाना, भाग्येश्वर, रिडिकोट, चण्डिका, बुढाकोट, घुघुरकोट, देविस्थान, खप्तड, बाब्ला, पातलकोट|वडा संख्या : १४ वटा रहेका छन ।

केन्द्रः साविक साँफेबगर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २५८९१ (२०७८ अनुसार)

क्षेत्रफलः १६६.७१ (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

साँफेबगर

साँफेबगर

२,३

साँफेबगर

४,५

साँफेबगर

६,७

साँफेबगर

साँफेबगर

साँफेबगर

१०

साँफेबगर

११,१२

बुढाकोट

१-९

१०

धुधुरकोट

१-९

११

देवीस्थान

१-९

१२

खप्तड

१-९

१३

वाब्ला

१-९

१४

पातलकोट

१-९

 ४.      नामः पञ्चदेव विनायक नगरपालिका

नेपालकाे सुदुर पश्चीम प्रदेश अन्तर्गत अछाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिका मध्ये पञ्चदेवल विनायक नगरपालिका निर्वाचन क्षेत्र नं‍. २ मा पर्दछ । पूर्वमा कालिकाेट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामाराेशन गाउँपालिका तथा दक्षिणमा दैलेख जिल्लाकाे अाठविस नगरपालिकाकाे बीचमा अवस्थित पञ्चदेवल विनायक नगरपालिका प्राकृतिका सम्पदा र साधनस्राेतमा सम्पन्नशाली नगरपालिका हाे । जल, जमिन, बनजङ्गल, जडिवुटी, जङ्गली जनावर र उर्वर भूमि रहेकाे साथै मध्य पहाडी लाेकमार्ग पनि बीच भाग हुँदै जाने हुँदा  यस नगरपालिकाले उच्च अार्थिक एवं पर्यटकिय स‌ंभावनाबाेकेकाे छ ।

याे नगरपालिकाकाे उत्तरी क्षेत्रमा पानीका स्राेतहरु, जङ्गल, जडिवुटी, जङ्गली जनावर, स्लेट, ढुंगा पाइनुका साथै हराभरा जङ्गल भएकाेकारण पशुपालनकाे लागि चरन क्षेत्रकाे उच्च स‌ंभावना रहेकाे छ । याे नगरपालिकाकाे मध्य भागमा पशुपालन तथा फलफूल खेतीकाे संभावना रहेकाे छ भने पुर्वी भागमा धान, गहुँका साथै तरकारी खेतीकाे संभावना रहेकाे छ । पूर्वमा कर्णाली नदी, तालागाड खाेला, पश्चिममा कुइका खाेला सँधै पानी बगिरहनेखाेलाहरु हुन । यी खाेलाहरुबाट ढुंगा-गिटी-वालुवा जस्ता निर्माण सामग्रीहरु उपलब्ध गर्न/गराउन सकिने अवस्था छ ।

पञ्चदेवल विनायक नगरपालिकाक्षेत्रभित्र एेतिहासीक पञ्चदेवलहरु (जसकाे नामबाटै यस नगरपालिकाकाे नामाकरण भएकाे छ ), मष्टामाण्डाै, बालमाडाैं, जस्ता प्रसिद्ध तिर्थस्थलहरु तथाकर्णाली नदी, बेलखेत, कालापानी जस्ता प्रर्यटकिय संभावना बाेकेका क्षेत्रहरु रहेका छन । बारला र कालेकाँडामा रहेकाे पेट्राेलियम पदार्थ र काइनाइटतथा फलामकाे धाउ उत्खनन गर्न सकेमा पञ्चदेवल विनायक नगरपालिका अछाम जिल्ला, सुदुर पश्चीम प्रदेशका साथै सिंगाे नेपाल राज्यकै अार्थिक समृद्धिमाटेवा पुग्ने संभावना रहेकाे छ ।

यस नगरपालिकाकाे कुल क्षेत्रफल १४७.७५ वर्ग कि.मि. रहेकाे छ ।  याे नगरपालिका साबिकका कुइका, विनायक, लयाँटी, ताेली, पुल्लेताेला, बारला र कालेकाँडा गरी ८ गा.वि.स.हरु मिलाएर  नेपाल सरकारबाट वि.स. २०७३ साल फाल्गुन २७ गते घाेषणा भएकाे  हाे । यस नगरपालिकामा  विभिन्न जातजाती र भाषाभाषिका मानिसहरुकाे बसाेबास रहेकाे हुँदा धार्मिक र सा‌ंस्कृतिक विविधता पनि उत्तिकै रहेकाे छ ।

केन्द्रः साविक विनायक नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २६०८८ (२०७८ अनुसार)

क्षेत्रफलः१४७.७५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कुईका

६-९

विनायक

१-४

विनायक

५-९

कालिकास्थान

१-९

लयाटी

१-९

तोली

१-९

पुल्लेतोला

१-९

वारला

१-९

कालेकाँडा

१-९

५.      नामः चौरपाटी  गाउँपालिका

चौरपाटी गाउँपालिका नेपालका पुरानो प्रशासनिक विभाजन अनुसार सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत अछाम जिल्लामा र हाल  सुदुरपश्चिम  प्र देशमा पर्दछ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा अछाम जिल्लामा रहेका साविकका सिउडी, सोकट, पायल, लुङ्रा, मार्कु र दुनी गाविसका सबै वडाहरुलाई समेटेर चौरपाटी गाउँपालिका घोषणा गरिएको हो । चौरपाटीगाउँपालिकाको क्षेत्रफल १८२.१६ वर्ग किलोमिटर रहेको छ ।

यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ । भौगोलिक विविधता भएको कारण यहाँको हावापानी उचाई तथा समय अनुरुप फरक फरक छन् । अत्यन्त गर्मी हावापानीदेखि अति ठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो ठाउं निकै प्रसिद्ध छ । धेरैजसो पहाडी भुभाग रहेको यस गाउँपालिकामा नदी किनारका समतल मैदान एवं टारहरु, खोंच तथा वेसी रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्व दक्षिणमा मंगलसेन, पश्चिम दक्षिणमा डोटि जिल्ला, उत्तरमा खप्तड राष्ट्रिय निकुन्ज र साँफेबगर रहेका छन् ।

केन्द्रः साविक सिउडी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१६८१  (२०७८ अनुसार)

क्षेत्रफलः १८२.१६  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सिउडी

१-९

सोकट

१-७

सोकट

८-९

पायल

१-९

लुग्रा

१-९

दुनी

१-९

मार्कु

१-९

 ६.      नामः मेल्लेख गाउँपालिका

ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका विभिन्न ८ वटा वडाहरुको अस्थायि केन्द्र पनि हो । यस विगतः  जिल्लाको सदरमुकाम मंगलसेनवाट ९ कोष टाढा उत्तरमा अवस्थित छ । उक्त केन्द्र रहेको वडाका बारेमा विस्तृत हालको ५ नं. वडा विवरणमा उल्लेख छ । यस गाउँपालिकामा जम्मा ८ वडा रहेका छन् । यि ८ वटा वडाहरुको वर्तमानमा एकताको आधार विगतको पन्ध्र बीसलाई लिने गरिन्छ । यसको पूर्वमा रामाराशोन गाँउपालिका, पश्चिममा, साँफेवगर नगरपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा बान्नीगढी जयगढ गाउँपालिका यसका भौगोलिक सिमानाहरु हुन । हाल मेल्लेख गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्री सतहदेखि १६९८ मिटरको उचाईमा रहेको छ ।

नेपालको एकिकरण अघि शाहवंशीय शासकहरु मध्येका बिम्कोटे राजाको शासन व्यवस्था भित्र रहेको थियो । विम्कोटको केही अंश पनि यसै गाविसमा पर्दछ । राणा कालमा सम्पन्न जनगणना १९६८ साल पश्चात अछाम जिल्लालाई विभिन्न दराहरुमा विभाजन गर्ने क्रममा हालको षोडशा, ठाँटी, कुस्कोट, बिन्धेवासिनी, हात्तीकोट, नन्देगडा र नवाठाना क्षेत्रलाई पन्ध्र बीस दरामा विभाजन गरीएको थियो । अछाम जिल्ला १३ वटा ईलाकाहरुमा विभाजित थियो ।  हालको मेल्लेख यि सबै गाउँपञ्चायतको मध्य भागमा रहेको छ ।

२०४६ को जनआन्दोलन पश्चात्त सम्पन्न २०४९ को स्थानीय निर्वाचनमा यस ईलाकाबाट कांग्रेसको सहयोगमा हालको वार्ड नं. ५ निवासी मोति अधिकारी ईलाका सदस्यमा निर्वाचित भएका थिए भने २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा यस ईलाकाबाट तत्कालिन नेकपा (एमाले) उम्मेदवार वार्ड नं. ३ निवासी हेमराज शाह ईलाका सदस्य तथा वार्ड नं. ६ निवासी कृष्णप्रसाद जैशी जिविसको सभापतिमा निर्वाचित भएका थिए । पुरानो राजावादी सोच, समन्तवादका विरुद्धको लडाँई ,दमन, थिचोमिचो, निरंकुशता, तथा खोले टाकुरे सामन्तहरुको पञ्जाबाट मुक्त हुदै यस ईलाकामा हालको हात्तिकोट बाहेक सबै वडाहरुमा (विगतका गाविसहरुमा) तत्कालिन एमाले उम्मेदवारहरु विजयी हुदा जनतामा निकै उत्साह छाएको थियो ।

केन्द्रः साविक विन्धवासिनी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२७८५ (२०७८ अनुसार)

क्षेत्रफलः १३४.७८(वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ऋषिदह

१,३,४,८,९

ऋषिदह

२,५,७

ठाँटी

१-९

कुस्कोट

१-९

विन्धवासिनी

१-९

सोडषा

१-९

नन्देगडा

१-९

हात्तिकोट

१-९

 ७.      नामः बन्नीगढी गाउँपालिका

बि.सं. २०७३ साल फागुन २७ गते नेपाल सरकारले स्थानीय तहहरुलाई नेपाल राजपत्रमा सूचना प्रकाशित भए बमोजिम स्थानीय तह निर्धारण तथा शिफारिस आयोगको २०७३ सालको शिफारिसका आधारणमा नेपाल सरकारले देशभरी ७५३ र अछाम जिल्लामा १० वटा स्थानीय तह घोषणा गर्दा बान्नीगढी जयगढ गाउँपालिकालाई ६ वटा वडामा बिभाजिन गरिएको थियो । साविकका गाज्रा, जनालीकोट, बरदादेवि, तिमिल्सेन, कालिका र दर्ना गा.वि.स.लाई मिलाएर बान्नीगढी जयगढ गाउँपालिका घोषणा गरे अनुसार २०७३ साल फागुन २७ गते बिधिवत रुपमा स्थापना भएको हो । बान्नीगढी जयगढ गाउँपालिकालाई साबिकका ६ वटा गा.वि.स.लाई नै ६ वटा वडामा बिभाजित गरिएको छ ।

केन्द्रः साविक बरदादेवी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १३५१९ (२०७८ अनुसार)

क्षेत्रफलः ५८.२६ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

गाँज्रा

१-९

जनालीकोट

१-९

बरदादेवी

१-९

तिमिल्सेन

१-९

कालिका

१-९

दर्ना

१-९

 ८.      नामः रमारोशन गाउँपालिका

सुदुरपश्चिम प्रदेश अन्तर्गत सेती अंचलको पहाडी जिल्ला अछामको सुन्दर पर्यटकीय क्षेत्र  रामाराेशनका  नामबाट नामाकरण गरिएको रामाराेशन गाउँपालिका नेपाल सरकारको मिति २०७३।०१।२५ को निर्णयबाट साविकका  मलातिकाेट, चाफामाण्डाै, शान्तडा, बाटुलासैन, रामाराेशन, भाटाकाटीया  र सुतार गा.वि.स.गरी जम्मा ७ वडा लाई समावेश गरि स्थापना गरिएको हो ।

केन्द्रः साविक शान्तडा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २३६००  (२०७८ अनुसार)

क्षेत्रफलः १७३.३३ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मलातिकोट

१-९

चाफामाण्डौ

१-९

शान्तडा

१-९

बाटुलासेन

१-९

रामारोशन

१-९

भाटाकाटिया

१-९

सुतार

१-९

 ९.      नामः ढाकरी गाउँपालिका

नव गठित स्थानीय तह ढकारी साविकका ५ वटा गाविसहरु ढकारी, हिच्मा, वलाता, ढुंगाचाल्ना र घोडासैन मिलेर वनेको हो । यस गाउँपालिका ऐतिहासिकरुपले डोटी राज्यसँग सामिप्यता रहेको छ । ढकारी गाउँपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय जानकार व्यक्तिहरुका अनुसार हाल बजार रहेको यस ढकारी क्षेत्रमा धेरै समय पहिला ढाक्रेहरुको थकाई मेट्ने स्थानको रुपमा प्रयोग हुँदै आएको र यसबाट नै साविकको गाविसको नाम ढकारी रहेको र स्थानीय तहको पुःसंरचना हुँदा सोही नाम त्यस क्षेत्रको लागि प्रसिद्ध रहेको हुँदा ढकारी गाउँपालिका नामाकरण गरिएको हो ।

समुन्द्री सतहबाट करिब ६०० मिटर देखि २२०० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ५३ मिनेट ५ सेकेण्ड देखि २९ डिग्री ०३ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ०३ मिनेट ४५ सेकेण्ड देखि ८१ डिग्री २० मिनेट ३० सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका अछाम जिल्लाको जिल्ला सदरमुकाम मंगलसेन देखि करीब ५० किमीको दुरीमा पूर्वी भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका, पश्चिममा डोटी जिल्ला, उत्तरमा मंगलसेन नगरपालिका र दक्षिणमा सुर्खेत जिल्ला रहेको छ । गाउँपालिकाको क्षेत्रफल २२७.८८ वर्ग किमी रहेको छ ।

डोटेली साँस्कृतिक प्रभाव रहेको यस क्षेत्रमा खस सभ्यता तथा हिन्दु साँस्कृतिको अनुपम संगम रहेको छ । सामाजिक रितिरिवाज र चाड पर्वमा बडा दशैं, तिहार, चैतेदशैं, कृण्णाष्टमी, साउने संक्रान्ति, होली पर्व, माघे संक्रान्ति, आदि रहेका छन् । सामान्यतया पुरुषहरुले सर्ट, पाईन्ट, कोट, टोपी र महिलाहरुले गून्यू, चोलो, सारी, कुर्ता सुरुवाल भेषभुषाका रुपमा लगाउने गर्दछन् । मिश्रीत बसोवास रहेको यस क्षेत्रमा ब्राम्ह्ण, क्षेत्री, दलित र जनजाति जातिको बसोबास भएता पनि क्षेत्री जातिको बाहुल्यता छ । गाउँपालिका क्षेत्र भित्र धार्मिक महत्व बोकेका जालपादेवि मन्दिर, मष्टा मन्दिर, शिव मन्दिर सुर्यकाँडा माई, वण्डाली माईको मन्दिर, नवदुर्गा मन्दिर र तितौडा मन्दिर जस्ता स्थल तथा मन्दिरहरु रहेका छन् ।

वनक्षेत्रले ओगटेको क्षेत्र हेर्दा जंगल र झाडी गरि करिव ७२ प्रतिशत र खेति गरिएको जमिन २५.४१ प्रतिशत रहेको छ । गाउँपालिका क्षेत्र बनाएर अविरल बगिरहने रिमाखोला, चाइराखोला, खातीखोला, ढुंगानी खोला, घामखोला, बुढाखोला,कालीखोला, तोलसेन खोला, कर्णाली नदी, गुगडा खोला, स्याउले खोला लगायतका सहायक नदि तथा खोलाहरु यहाँको मुख्य प्राकृतिक सम्पदाहरु हुन् । साथसाथै यस क्षेत्रमा रहेका राष्ट्रिय वन तथा तामाखानी सामुदायिक वन,मधुवन सामुदायिक वन, विन्द्रासैनी सामुदायिक वन त्रिपुरासुन्दरी जस्ता सामुदायिक वनहरुपनि यस क्षेत्रका प्राकृतिक सम्पदाहरु हुन् । जैविक विवधताका हिसावले उच्च पर्वतिय चिसो हावापानीमा पाइने जीव तथा वनस्पतिहरुमा अमला तेजपत्र, बाघ, भालु, मृग, बँदेल तथा  कालीज, लुँइचे, डाँफे मुख्य रुपमा रहेका छन् यसका पहाडको माथिल्लो भागका अधिकांस स्थानमा वन तथा खर्कहरु रहेका छन् । । बालुवा लगायतका खनिजहरु यस क्षेत्रमा पाइन्छ ।

केन्द्रः साविक ढाकरी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१९९८ (२०७८ अनुसार)

क्षेत्रफलः २२७.८८ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ढकरी

१-९

हिच्मा

१-४

हिच्मा

५-९

वलाता

१-३,५-७

वलाता

४,८,९

ढुंगाचाल्ना

१,३-७

ढुंगाचाल्ना

२,८,९

घोडासैन

१,७-९

 १०.  नामः तुर्माखाँद गाउँपालिका

नव गठित स्थानीय तह तुर्माखाँद साविकका ७ वटा गाविसहरु रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली मिलेर वनेको हो । यस गाउँपालिका ऐतिहासिकरुपले दैलेखसँग सामिप्यता राखेको पाइन्छ । भने भाषिक प्रभाव पनि दैलेख सँग मिल्दोजुल्दो छ । तुर्माखाँद गाउँपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय जानकार व्यतिहरुका अनुसार हाल बजार रहेको यस तुर्माखाँद क्षेत्रमा धेरै समय पहिला तम्माखु खाने मानिसहरुको जमघट हुने गर्दथ्यो । अछामी भाषामा तम्माखुलाई तम्मु भनिने र डाँडामाथी सम्म परेको स्थानलाई खाँद भनिने हुनाले तम्मा र खाँद मिलेर तुर्माखाँद रहन गएको हो ।यहि स्थानको नामबाट तुर्माखाँद गाविसको नामाकरण भएको र स्थानीय तह पुर्नसंरचना हुँदा गाउँपालिकाको नामाकरण समेत तुर्माखाँद हुन गएको देखिन्छ ।

समुन्द्री सतहका करिब ५५० मिटर देखि १९०० मिटर सम्मको उचाईमा रहेको यस गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २८ डिग्री ४४ मिनेट ४० सेकेण्ड देखि २९ डिग्री १ मिनेट ३९ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री १७ मिनेट ५४ सेकेण्ड देखि ८१ डिग्री ३५ मिनेट ५ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका अछाम जिल्लाको जिल्ला सदरमुकाम मंगलसेन देखि करीब ५५ किमीको दुरीमा पूर्वी भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा दैलेख जिल्ला, पश्चिममा ढकारी गाउँपालिका, उत्तरमा कमल बजार नगरपालिका र दक्षिणमा सुर्खेत जिल्ला रहेको छ ।

केन्द्रः साविक तुर्माखाँद गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २४५७४ (२०७८ अनुसार)

क्षेत्रफलः २३२.०७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रहफ

१-७

रहफ

८,९

भैरवस्थान

१-९

तुर्माखाँद

१-९

नाडा

१-९

रानीवन

१-९

तोषी

१-९

धमाली

१-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति अछाम र जिल्ला प्रशासन कार्यालय अछाम। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । अछाम जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

2 thoughts on “अछाम जिल्ला Achham District”

  1. कृष्ण बहादुर रावल

    जनसंख्यालाई पनि बिस्तृत रुपमा समेटियको भय हुन्थ्यो

    1. जनगणना २०७८ चलिरहेकाेले हाललाइ याे सुविधा उपलब्ध गराउन सकेनाैँ जनगणना सकिनेवितिक्कै यसलाइ अवश्य समेटने छाैँ । सुझाव सल्लाहको लागि आभारी छाैँ । धन्यवाद चिनारी नेपाल ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *