Photo of Humla

हुम्ला जिल्ला Humla District

हुम्ला जिल्लाको परिचय

कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । यस जिल्लाको मानव विकास सूचाकाङ्क ०.४३२  छ जुन नेपालका अतिकम मानव विकास सूचाकाङ्क भएका पाँच जिल्लभित्र पर्दछ । राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको नेपालको एक मात्र यस जिल्लामा उपलब्ध श्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गर्न सकिएको खण्डमा यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

जिल्लाको सदरमुकाम सिमकोट रहेको छ । सदरमुकामलाई तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ भने नेपालको अन्य ठाउँबाट यस जिल्लामा पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाई मार्ग मात्र हो । जिल्लाको जिविकोपार्जनको प्रमुख आधार खेतिपाती र पशुपालन रहेको छ । बहुमुल्य जडिबुटी‚ कोदो‚ फापर‚ चिनो‚ उवा जिल्लाको प्रमुख बाली हुन् । सडक लगायत अन्य भौतिक पूर्वाधारको विकास गर्न सकिएको खण्डमा पर्यटनको समेत प्रचुर संभावना रहेको छ ।

हुम्ला
तस्विरमासः सिमिकोट एयरपोर्ट
हुम्ला जिल्लाको ऐतिहासिक चिनारी

नेपाल राज्यको कर्णाली अञ्चलमा पर्ने हुम्ला जिल्ला एक उच्च संभावना भएके हिमाली जिल्लाको रुपमा चिनिन्छ । यो जिल्ला देशको सुदुर उत्तर पश्चिममा पर्दछ र देशको उत्तरी विन्दु यारी पनि यही पर्दछ । सन् १३९३ मा मेदिनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्नो ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा वि.सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि पनि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दवाउनुको साथै तिव्वतको खोजेरसम्मको भू—भागलाई नेपालको प्रशासकीय क्षेत्रको रुपमा मिलाएका थिए । तिब्बतको ताक्लाकोट उत्तर पश्चिममा अत्याधिक रुपमा बसेका नेपालीहरुको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अरु भागहरु नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ ।

वि.सं. २०१८ सालमा भएको नेपाल अधिराज्यको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रुपमा स्थापित हुन पुग्यो । यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसंग रहेको छ । अनगिन्ती हिमश्रृंखलाहरुले भरिएको यो जिल्लाको नामाकरण पनि यसैको सेरोफेरोमा आधारित छ । एक थरीको मत अनुसार यसै जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाएको हुनाले यहीं होम लगाएको अर्थात होम+ला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार हुल्म लङरिंग अर्थात साँगुरो नदीबाट अपभ्रंस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ । यसका अतिरिक्त हुण जातिहरुको यहीं बाटो भएर ल्हा भञ्ज्याङ्ग काटेर तिब्ब्त क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हाबाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ ।

तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
हुम्ला जिल्लाको भौगोलिक अवस्थिति

 हुम्ला जिल्ला २९º ३५ु देखि ३०º ५७ु उत्तरी अक्षांश र ८१º १८ु देखि ८२º १०ु मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । कूल ५६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस जिल्ला नेपालमा डोल्पा पछिको दोश्रो ठूलो क्षेत्रफल भएको जिल्ला हो । हुम्ला समुद्र सतहबाट १५२४ मिटर देखि ७३३७ मिटरमा उचाइमा अवस्थित रहेको यस जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमा बझाङ्ग र चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछन् । भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदीको बेसी क्षेत्र गरी ३ भागमा बाँडिएको छ ।

हुम्ला जिल्लाको जलवायुको अवस्था

हिमाली जिल्लाको रुपमा चिनिएटको हुम्ला जिल्ला पर्यावरणीय क्षेत्र तथा जलवायुको हिसावले हेर्दा पनि उच्च पहाडी, मध्य पहाडी र होचो नदीतट तथा बेंशी क्षेत्र गरी ३ भागमा विभाजन भएको हुँदा यहाँको जलवायुमा पनि सोही अनुसारको भिन्नता पाइन्छ । समुद्र सतहको १५२४ मिटर देखि ७३३७ मिटर सम्मको उचाईमा अवस्थित यस जिल्लामा शितोष्ण, समशितोष्ण र उतोष्ण तीनै किसिमको हावापानी पाइन्छ । यस जिल्लाको अधिकतम तापक्रम, १०º देखि २५º सेल्सियस र न्यूनतम तापक्रम –१०º देखि –२८º सम्म पुग्ने गर्दछ । यस जिल्ला नेपालको सुदुर उत्तर पश्चिम भेगको हिमाली भागमा अवस्थित रहेको हुँदा तुलनात्मक रुपमा यहाँ वर्षा कम हुन्छ । यहाँको वार्षिक औषत वर्षा २५.४ देखि १४६.९ मिमि सम्म भएको पाइन्छ ।

विविधतापूर्ण हावापानी र भू–प्राकृतिक संरचनाका कारणले गर्दा नेपालको अन्य उच्च पहाडी जिल्ला जस्तै यहाँको हावापानी पनि विषम र विविधतापूर्ण रहेको पाइन्छ । उचाईको भिन्नता र पहाडी ढालको उत्तरी तथा दक्षिणी पाटाहरु समेतमा पनि हावापानीमा भिन्नता पाइन्छ र जिल्लाका चारैतिर अग्ला लेक तथा पहाडहरुमा प्रायः बाह्रै महिना हिउँ जमिरहन्छ ।यस जिल्लामा अग्ला हिमाल, पहाड र लेक भएको हुँदा जलश्रोत र पर्यावरणीय विविधतामा धनि रहेको यस क्षेत्रमा बाह्रै महिना हिउँ जमेको हुन्छ भने अन्य उच्च पहाडी भागमा पनि हिउँदको समयमा हिउँ पर्दछ ।

तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
हुम्ला जिल्लाको भेषभूषा मूल्य मान्यता र विश्वास

यस जिल्लामा पाईने हावापानीको विविधताका कारण रहन सहन र भेषभूषामा पनि विविधता रहेको पाइन्छ । हुम्ला जिल्लाको भौगोलिक वनावटलाई मुख्यतया तीन भागमा वाडेर हेर्दा जिल्लाको उत्तरी भागका गा.पा. हरुमा प्रायः जसो हिउ पर्ने र अत्यधिक जाडो हुने गर्दछ भने सो क्षेत्रमा सवै वौद्ध धर्मालम्वीहरुको वसोवास भएको हुँदा भेषभूषामा वख्खु, पाखोको सुरुवाल, दोचा लगाउने गरेको पाइन्छ भने जिल्लाको मध्य भागमा केही न्यानो हावापानी हुने हुँदा र प्रायः जसो हिन्दु धर्मालम्वीहरुको वसोवास भएकोले दौरा सुरुवाल, कोट, चोलो धोती तथा पेण्ट सर्ट लगाउने गर्दछन ।

त्यस्तै जिल्लाको दक्षिणी भागमा मध्य भागको तुलनामा न्यानो हावाँपानी पाईने र प्रायः हिन्दु धर्मालम्वीहरुको वसोवास भएकोले हिन्दु परम्परा अनुसार दौरा सुरुवाल, कोट, चोलो धोती तथा पेण्ट सर्ट लगाउने गरेको पाइन्छ । यस जिल्लाका महिलाहरुले स्थानीय परम्परागत गरगहनाका साथै आधुनिक गरगहना समेत लगाउने प्रचलन रहेको छ । स्थानीय गरगहनामा पोते, कौडाका माला, मुगा र सिक्काका माला साथै फुली वुलाकी, टोप औठी आदि लगाउने गरेको पाइन्छ भने वौद्ध धर्म मान्ने महिलाहरुले कानमा आङगुल, गलामा मोतीका माला र औंलामा औठी लगाउने गर्दछन ।

तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
तस्विरमा हुम्ला जिल्लाका वालवालीका

हुम्ला जिल्लाका हिन्दु तथा वौद्ध धर्मालम्वीहरु दुवैमा धामी, झाक्री तथा लामामा विश्वास रहेको पाइन्छ । प्रायः जसो ग्रामिण भेगका घर परिवारका सदस्य विरामी पर्दा कृषि तथा पशु समस्या देखा पर्दा समेत धामी, झाक्री तथा लामाबाट उपचार गर्ने प्रचलन रहेको छ ।दुवै धर्मालम्वीहरुले आ–आफ्नो संस्कार अनुसार जन्म देखि मृत्यूसम्मका विभिन्न संस्कारहरु जस्तै न्वारान, पास्नी, व्रतवन्ध, विवाह र मृत्यू पछि काजक्रिया गर्ने चलन रहेको पाइन्छ । मृत्यू पश्चात लाशलाई जलाउने र वच्चाहरुको भए जमिनमा गाड्ने चलन रहेको छ । मृत्यु हुँदा प्रायः १२ दिन काजक्रिया वसी १३ औ दिनमा क्रिया सक्ने चलन रहेको छ । वुवा मर्दा एक वर्षसम्म मासु नखाने र आमा मर्दा १ वर्षसम्म दुध नखाने चलन पनि रहेको छ ।

वौद्ध धर्मालम्वीहरुको भने लाश लाई लामाले जोखाना हेरी जलाउने जमिनमा पुर्ने वा काटेर चिल वा गिद्धलाई खुवाउने प्रचलन रहेको पाइन्छ । हिन्दु  धर्मालम्वी महिलाहरुमा नछुने (छुइ) हुँदा ७ दिनसम्म र सुत्केरी हुँदा अछुत भई छुन नहुने परम्पराले गर्दा १५ देखि ४५ दिनसम्म पशु राख्ने गोठमा राख्ने र त्यही खाना दिने प्रचलन रहेको छ । हिन्दु धर्मालम्वीहरुले छोरा जन्मेमा धुमधाम साथ पुरेत लगाई ९ दिनमा न्वारान गर्ने र छोरी भएमा ६ दिनमा नै न्वारान गर्ने प्रचलन रहेको पाइन्छ । केटाहरुको ७ देखि १६ वर्षको उमेरमा व्र्रतवन्ध गर्ने गरिन्छ भने त्यस पछि व्राह्मण, शाही, ठकुरी जस्ता माथिल्लो जातकाले आफु भन्दा तल्लो जातले छोएको नखाने परम्परा भए पनि हाल क्रमशः हट्दै गएको पाइन्छ । यस जिल्लामा हालसम्म पनि छुवाछुतको चलन रही रहेको पाइन्छ ।

तस्विरमा पर्यटकिय क्षेत्र डोल्पा
तस्विरमा पर्यटकिय क्षेत्र हुम्ला
हुम्ला जिल्लाका प्रमुख नदीहरु 

कर्णाली, चुवाखोला, गल्फुगाड, गोठी खोला, हनुमानेखोला, कारङ्गखोला, टाक्चीखोला, कवाडीखोला, हिल्दुङ्गखोला,  टाकेखोला, कुमुचीयाखोला, लुरुप्याखोला, हेप्काखोला, डोजाम खोला ।

हुम्ला जिल्लाका धार्मिक, एतिहासिक एवं पर्यटकीय स्थलहरु 

खार्पुनाथ मन्दिर, रिन्चेलिङ्ग गुम्बा, लिमि उपत्यका, रलिङ्ग गुम्बा, याल्वाङ गुम्बा, तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्ने प्रमुख मार्ग, कर्णाली जलविहार, पञ्चमुखी, दुधकुण्ड, गोरख खाङ हिमाल (वि.सं. २०७१ बाट खुला गरिएको) , तातोपानीका मुहानहरु ।

तस्विरमा पर्यटकिय क्षेत्र डोल्पा
तस्विरमा हुम्लामा मनाइने ल्होसार
हुम्ला जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

हुम्ला जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार हुम्ला जिल्लाको स्थानियतहको विभाजन साविकका  गा.वि.स. का वडाहरूलाइ समेटेर  ७  वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः सिमकोट गाउँपालिका

केन्द्रः साविक सिमकोट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ११५५७

क्षेत्रफलः ७८५.८९ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

ठेहे

६-९

ठेहे

१-५

वरगाउँ

१-९

सिमकोट

७-९

सिमकोट

३-६

सिमकोट

१-२

डाँडाफाया

१-९

स्याडा

१-९

 २.    नामः नाम्खा गाउँपालिका

केन्द्रः नाम्खा गा. पा.-४ याल्वाङ्ग

जनसङ्ख्याः ३९००

क्षेत्रफलः २४१९.६४ (वर्ग कि.मि.)

वडा संख्याः६

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

हेप्का

१-९

खगालगाउँ

६-९

खगालगाउँ

१-५

मुचु

१-५

मुचु

६-९

लिमी

१-९

 ३.    नामः खार्पुनाथ गाउँपालिका

केन्द्रः साविक खार्पुनाथ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ६०११

क्षेत्रफलः ८८० (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

लाली

१-९

राया

५-९

राया

१-४

छिप्रा

१-९

खार्पुनाथ

१-९

४.    नामः सर्केगाड गाउँपालिका

केन्द्रः साविक साया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ९८६८

क्षेत्रफलः ३०६.७ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

जैर

१-९

सर्केदेउ

१-४,९

सर्केदेउ

५-८

साया

१-९

गोठी

१,२,४-९

बराई

१-९

रेडिकोट

५-९

रेडिकोट

१-४

 ५.    नामः चंखेली गाउँपालिका

केन्द्रः साविक श्रीमष्ठा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५५१७

क्षेत्रफलः १३१०.४१  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

दार्मा

७-९

दार्मा

१-६

मिमी

१-९

श्रीमष्ठा

१-६

श्रीमष्ठा

७-९

मेल्छाम

१-९

गोठी

 ६.    नामः अदानचुली गाउँपालिका

केन्द्रः साविक श्रीनगर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ७११६

क्षेत्रफलः १५०.६१ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

श्रीनगर

६-८

श्रीनगर

१-३

श्रीनगर

४,५

श्रीनगर

कालिका

८-९

कालिका

१-४

कालिका

५-७

७.    नामः ताँजाकोट गाउँपालिका

केन्द्रः साविक मैला गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५९६४

क्षेत्रफलः १५९.१ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

मैला

८,९

मैला

१-३

मैला

४,५,७

मैला

मदना

१-३

मदना

४-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्ला। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । हुम्ला जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *