छिन्नमस्ता भगवती मन्दिर

सप्तरी जिल्ला Saptari District

परिचय

मधेश प्रदेश अन्त्रगत पर्ने सप्तरी जिल्ला नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला को  रूपमा चिनिन्छ । एक समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ ।  यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा  क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ । विभिन्न धर्मावलम्बीहरू एक आपसमा भाइचारा एवम् सामाजिक सद्भावका साथ पुस्तौंदेखि बस्दैआएका छन् । सप्तरी जिल्लाको नामाकरणको सम्वन्धमा  पर्दा सप्त र तरी गरी दुइवटा शब्दले बनेको छ । सप्तको अर्थ सात तरीको अर्थ वन । सातवटा वनको श्रृङ्खला रहेका कारण सप्त तरी भन्दा भन्दै सप्तरी भनिन थालिएको हो भन्ने जनविश्वास रहि आएको छ ।

Fattepur
फत्तेपुर सप्तरी

समुद्री सतहदेखि ६४ देखि ४ सय ५७ मिटरको उचाइमा अवस्थित यस जिल्लाको कुल क्षेत्रफल १ हजार ३ सय ५९.२८ वर्ग किलोमिटर रहेको छ । यहाँको तापक्रम ७ देखि ४० ड्रि्रीसम्म रहने गर्दछ । सप्तरी जिल्लाको औसत वर्षा १ हजार ३ सय ३६ देखि १ हजार ८ सय ३५ मि.मि.सम्म हुने गर्दछ । पूर्व-पश्चिम लम्बाइ ४३ किलोमिटर तथा उत्तर दक्षिण चौडाइ २३ किलोमिटर रहेको छ भने तर्राई भू-भागलेिचय ६३ प्रतिशत तथा चुरे भू-भागले ३७ प्रतिशत भूमि ओगटेको छ । यस जिल्लालाई ६ ओटा निर्वाचन क्षेत्र र १७ ओटा इलाकामा विभाजन गरिएको छ ।

भाैगोलीक अवस्थिति र हावापानी

समुद्री सतहदेखि ६४ देखि ४ सय ५७ मिटरको उचाइमा अवस्थित यस जिल्लाको कुल क्षेत्रफल १ हजार ३ सय ५९.२८ वर्ग किलोमिटर रहेको छ । यहाँको तापक्रम ७ देखि ४० ड्रि्रीसम्म रहने गर्दछ । सप्तरी जिल्लाको औसत वर्षा १ हजार ३ सय ३६ देखि १ हजार ८ सय ३५ मि.मि.सम्म हुने गर्दछ । पूर्व-पश्चिम लम्बाइ ४३ किलोमिटर तथा उत्तर दक्षिण चौडाइ २३ किलोमिटर रहेको छ भने तर्राई भू-भागले ६३ प्रतिशत तथा चुरे भू-भागले ३७ प्रतिशत भूमि ओगटेको छ । सप्तरी जिल्लाको हालको सीमाना पूर्वमा सप्तकोशी नदी, पश्चिममा बलान नदी, उत्तरमा उदयपुर र दक्षिणमा भारतको सहर्षा र मधुवनी जिल्ला पर्दछ ।

Photo of Rajbiraj
राजविराज सप्तरी
ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदा

सप्तरी जिल्लाको यो भू-भाग प्राचीन अवस्थामा विदेह -मिथिला) राज्य अर्न्तर्गत पर्दथ्यो । आर्य संस्कृतिको उद्भव स्थलको रूपमा परिचित सप्तरीको बनौलीमा मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षम्म निर्वासित जीवन बिताएका थिए । पुरादित्य राजाको बनौली स्थित  दरबारमा राजा शिव सिंहकी पत्नी लखिमा देवीका साथ महाकवि विद्यापति बसेको तथ्य इतिहासमा उल्लेख छ । विद्यापतिको गुणवताबाट प्रसन्न भएर पुरादित्य राजाले इ.सं. १४०८ मा लिखनावली लेख्न लगाएका थिए । उक्त ग्रन्थमा राजकाज सञ्चालन सम्बन्धी विषयवस्तुहरू समावेश गरिएको थियो ।

त्यसो त सप्तरी जिल्लामा विभिन्न समयमा राजा महाराजाहरूको निवास तथा आश्रय स्थल रहेको कुरा इतिहासमै उल्लेख छ । चुरे क्षेत्रमा चन्द्रवंशी राजाहरूको दरबार, खोक्सर प्रवाहाको कनकपट्टी दरबार, मानराजाको मानराजा गढी, छिन्नमस्ताको सखडेश्वरी भगवती, राजविराजको राजदेवी भगवती, भारदहको कंकालिनी भगवती, शम्भुनाथको शम्भुनाथ मन्दिर, मरौटीको कृष्णाराम, कटैयाको दिनाभद्री, रूपनगरको विष्णु मन्दिर, हनुमाननगरको हनुमान मन्दिर सहितका धार्मिक स्थल एवम् अवशेषहरूले सप्तरी जिल्लाको ऐतिहासिकताबारे पुष्टि गर्दछन् ।

छिन्नमस्ता भगवती मन्दिर
छिन्नमस्ता भगवती मन्दिर
प्राकृतिक सम्पदा

सप्तरी जिल्ला भएर पूर्वमा सप्तकोशी नदी र पश्चिममा बलान नदी बगेका छन । यी नदीहरूले मिथिलाञ्चलको शान बढाउनुका साथै जिल्लाको सीमाना समेत छुट्याएका छन् । त्यसो त वि.सं. २०२२ साल अघिसम्म सप्तरी जिल्लाको सीमाना सुनसरीको लौकहीसम्म र पश्चिममा कमला नदीसम्म पर्दथ्यो । वि.सं. २०२२ सालमा राजनीतिक विभाजनका कारण हाल सुनसरीमा पर्ने कुशहा, हरिपुर, शोभनपुर, मधुवन र श्रीपुरका साथै कोशी टप्पु वन्यजन्तु आरक्षण समेतलाई अलग-अलग पार्ने काम भएको हो । यता हालको कमला नदीदेखि पूर्वको महत्त्वपूर्ण चार प्रगन्ना सिराहा जिल्लामा गाभिएको हो ।

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ८ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार सप्तरी जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १८ स्थानियतह र्निमाण गरिएको छ । जसमा ८ वटा नगरपालीका र १० वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः राजविराज गरपालिका

राजविराज नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको मधेश प्रदेश अन्तर्गतको सप्तरी जिल्लामा पर्ने एक स्थानीय तह हो । यो नगरपालिकाको नाम प्राचीन राजदेवी मंदिरसँग जोडिएको छ राजदेवी माँता यस भुमिमा विराजमान रहेको मान्यता अनुरुप यस नगरपालिकाको नाम राजविराज राखिएको हो । यो नगरपालिकाले नेपालको आधुनिक इतिहासमा एक सक्रिय राजनितिक शहरको रुपमा रहदैआएको छ । यस क्षेत्रका केही व्यक्तिहरु देशको प्रसिद्द प्रभावशाली व्यक्तित्वहरुको रुपमा रहदै आएको छ ।  जिल्लाको सबै भन्दा पुरानो नगरपालिकाको साथ साथै सगरमाथा अञ्चल र सप्तरी जिल्लाको सदरमुकाम रहेको थियो । यो नगरपालिका नेपालको प्रदेश नम्बर २ को दक्षिणी-पूर्वी क्षेत्रमा रहेको छ । राजविराज नगरपालिका, नगरकार्यपालिकाको कार्यालय राजविराज वडा नं. ७ मा जिल्ला अदालत तथा  भगवती मन्दिर  सँगै रहेको छ ।

राजविराज शहर व्यवस्थित रुपमा ई.स. १९३८ मा भारतको जयपुर बजारको डिजाइन अनुसार बनाईएको हो । राजविराज नगरपालिका जिल्ला सप्तरीको झण्डै मध्य भागमा अवस्थित छ । यो शहरलाई बि.स. २०१६ सालमा मा नगरपालिका घोषणा गरिएको थियो । साविकको राजविराज नगरपालिका, गा.वि.स.हरु (मलेठ, दिघवा, फर्सेठ, बिष्हरिया, देउरी भरुवा) र केही गा.वि.स.को वडाहरु (हरिपुर-६, को. मध्येपुरा ४-७, बोरिया ३-७) लाई सामावेश गरी हाल १६ वटा वडाहरु यस नगरपालिकामा रहेको छ ।राजविराजको दुरी नेपालको केन्द्रीय राजधानी शहर काठमान्डौंबाट मुंग्लिन बजार-भरतपुर-हैटौडा-पथलैया-मिर्चैया-लहान-रुपनी हुदै ४५७ कि.मि. पर्दछ भने काठमान्डौबाट अरनिको राजमार्गको सानोठिमी – वनेपा – धुलिखेल र बि. पि. राजमार्गको–धुलिखेल- नेपालथोक – खुर्कोट –  सिन्धुलीमाढी- बर्दिवास र महेन्द्र राजमार्गको ढल्केवर – मिर्चेया – लहान – रुपनी हुदै २९७ कि. मि. पर्दछ , महेन्द्र राजमार्गको रुपनी  खण्डबाट १० कि.मि. दक्षिणमा राजविराज रहेको छ । राजविराज नगरपालिका देखि भारत को कुनौली बजार ११ कि. मि. दक्षिणमा पर्दछ ।

केन्द्रः साविक राजविराज नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ७०८०३

क्षेत्रफलः ५२ (वर्ग कि.मि.)

वडा संख्याः १५

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

राजविराज

२,१०

राजविराज

राजविराज

राजविराज

राजविराज

राजविराज

राजविराज

१,६

राजविराज

मलेठ

१-९

१०

दिधुवा

१-९

हरिहरपुर

११

फर्सेट

१-९

१२

बिष्हरिया

१,२,३,९

१३

बिष्हरिया

४-८

१४

कोमध्येपुरा

४-७

१५

देउरी भौवा

१-९

 २.    नामः कञ्चनरुप गरपालिका

कञ्चनरुप नगरपालिकाको क्षेत्रफल १४३.३३ वर्ग कि.मि. रहेको छ भन्ने जनसंख्या ६३,५५६ छ। यो समुद्र सतहदेखि ७५ देखि ३०० मिटर को उचाईमा अवस्थित छ । साविकका दश वटा गा.वि.स. हरु पिप्रापूर्व, धोधनपुर, जगतपुर, कञ्चनपुर, रुपनगर, बदगामा, ठेलिया, धरमपुर बरमझिया र बैरबा मिलेर बनेको हो । नेपाल सरकार मन्त्री परिषदको वि.सं.२०७१ बैशाख २५ र २०७३ फाल्गुन २२ गतेको ( सन् २०१४, मे ८ र सन् २०१७ मार्च ५ ) निर्णय बमोजिम यो नगरपालिका घोषणा भएको हो । पूर्वमा शप्तकोसी (कोशीटप्पु वन्यजन्तु आरक्ष) पश्चिममा कृष्णासबरन गा.पा. र तिरहुत गा.पा., उत्तरमा सप्तकोशी न.पा. र उदयपुर जिल्लाको सिमाना र दक्षिणमा हनुमाननगर कंकालिनि न.पा. रहेका छन् । पूर्व पश्चिम राजमार्गले यो नगरपालिकालाई झण्डै बीच भागमा चिर्दै गएको छ भने फत्तेपुर–भारदह–राजबिराज मार्गले पनि बीचैमा काटेको छ ।साविकको बैरवा गा.वि.स. वडा नं १-९ लाई मिसाएर वडा नं १ बनाइको    छ । बरमझिया गा.वि.स.का वडा नं ३-६ र बदगामा गा.वि.स. का ५ र ६ वडालाई मिसाएर वडा नं २ बनाइएको छ ।

बरमझिया गा.वि.स.का १,२,७-९ र ठेलिया गा.वि.स.को वडा नं ७ लाई मिसाएर वडा नं ३ निर्माण गरिएको छ । त्यसैगरि जगतपुर गा.वि.स.का सबै वडाहरुलाई मिलाएर वडा नं ४ बनाइएको छ । पिप्रा पूर्वका सबै वडाहरुलाई मिलाएर वडा नं ५ कायम गरिएको छ । धोधनपुर गा.वि.स.का १-६ वडालाई वडा नं ६ कायम गरिएको छ । धरमपुर गा.वि.स.का १-५ र धोधनपुर गा.वि.स.का ७ र ८ वडालाई मिलाएर वडा नं ७ कायम गरिएको छ । कञ्चनपुर गा.वि.स.का पनि सबै वडाहरुलाई एकै ठाउँमा मिलाएर वडा नं ८ निर्माण गरिएको छ । रुपनगर गा.वि.स.का ५,६,८,९ र धरमपुर गा.वि.स.का ६,७, ९ मिलाएर वडा नं ९ बनाइएको छ ।

बदगामा गा.वि.स.का ५ र ६ बाहेकका सबै वडाहरुको समूहलाई  वडा नं १० बनाइएको छ।ठेलिया गा.वि.स.का वडा नं ७ बाहेक अन्य वडाहरुलाई मिलाएर वडा नं ११ बनाई नगरपालिका निर्माण गरिएको छ भने रुपनगर गा.वि.स.का १-४,७ र धरमपुर गा.वि.स.को वडा नं ८, धोधनपुर गा.वि.स.को वडा नं ९ लाई मिलाएर वडा नं १२ बनाइएको छ । साविकको कञ्चनपुर गा.वि.स.को नामबाट अगाडिको आधा कञ्चन र रुपनगर गा.वि.स.को नामबाट अगाडिको नाम रुप (कञ्चन + रुप) मिलाएर कञ्चनरुप नामाकरण गरिएको हो ।अहिले बेरियर रहेको ठाउँ नजिकको स्थानमा कञ्चन पोखरी थियो र कालान्तरमा कञ्चन पोखरी कञ्चनपुरमा परिणत भएको भनाई छ र हाल कञ्चनपुर बेरियरमा नगरपालिकाको कार्यालय संचालनमा छ। त्यसै गरि रुपनगरमा हात्ती, घोडा सहित लावा लश्करले राम्रो देखिएकोले रुपनगर भनिएको भन्ने भनाई पाइन्छ ।

केन्द्रः साविक कञ्चनरुप नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५८४६६

क्षेत्रफलः १४३.३३ (वर्ग कि.मि.)

वडा संख्याः १२

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भैरवा

१-९

कञ्चनरुप

कञ्चनरुप

कञ्चनरुप

कञ्चनरुप

कञ्चनरुप

१०

कञ्चनरुप

कञ्चनरुप

कञ्चनरुप

१०

कञ्चनरुप

११

बकधुवा

११

१२

कञ्चनरुप

३.    नामः डाक्नेश्वरी गरपालिका

सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस नगरपालिका वि.सं. २०७३ सालको फाल्गुन २७ गते पातो बजारमा केन्द्र राखी ९ वटा साविकका गा.वि.स.हरू मिलेर नगरपालिकाको स्थापना गरिएको हो । पातो बजार अवस्थित शक्तिपीठ डाक्नेश्वरी भगवती माताका नामले यसको नामाकरण गरिएको हो । साविकका ९  गा.वि.स. हाल १० वडा, कविलासा, हरिराहा, तरही, भुतही, पातो, औरही, ब्रहमपुर, गम्हरिया प्रवाहा, पत्थरगाडा र बनौला वडामा विभाजन गरिएको हो । यस नगरपालिका कुल क्षेत्रफल ६९.११ वर्ग कि.मी. र जनगणना २०७८ अनुसार ४७,७३९ (जसमध्ये महिला २४,०४९ र पुरुष २३,६९०) जनसंख्या रहेको छ ।

सप्तरी जिल्लाको ९ नगरपालिका मध्ये एक डाक्नेश्वरी नगरपालिका हो । यस नगरपालिका पूर्ण तराईमा रही भारतसंग दक्षिणी भागले सिमाना जोडेको छ । पश्चिमी भागमा बादे बर्साइन नगरपालिका, पूर्वी भागमा बेल्ही चपेना (हाल राजगढ) गाउँपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका र रूपनी गाउँपालिका उत्तरी भागमा रहेको छ । राजविराजबाट २० कि.मी. पश्चिम–दक्षिण, कठौनाबाट १५ कि.मी. दक्षिणमा यस नगरपालिकाको कार्यपालिका अवस्थित छ । यस नगरका जुडी, खडग, सितुवाही, थलहा, कजरा लगायतका नदीहरू र कोशी नहर र पम्प नहरले यस नगरपालिकाका वडाहरू र अरू नगरपालिकाहरू संग सिमा बनाएको छ ।

केन्द्रः साविक पातो गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४७७३९

क्षेत्रफलः ७७.८३ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कविलास

१-९

भूतही

५-९

तरही

१-९

भूतही

१-४

पातो

१-९

औरही

१-९

ब्रम्हपुर

१-९

गम्हरीया परवाहा

१-९

पत्थरगाडा

१-९

१०

बनौला

१-९

 ४.    नामः बोदेबरसाईन गरपालिका

नेपालकाे स‌ंविधान अनुसार मधेश प्रदेशका  जिल्लाहरु मध्येकाे सप्तरी खासगरि धार्मिक तथा सांस्कृतिक रुपमा परिचित  जिल्ला हाे । सप्तरीलाई स्थानीय रुपमा ९ नगर पालिकाहरु र ९  गाउँपालिकाहरुमा  विभाजन गरिएकाे छ । यस मध्ये काे बाेदे बर्साइन नगरपालिका साविककाे बाेदे वर्साइन‍.फुलकाही,मानराजा,खडगपुर,काचन,देउरी,सारस्वर,धनगढी(१ देखि ८ वडा) र नेगडा गा.वि.स.हरु समेटेर  निर्माण गरिएकाे हाे । हाल नगरपालिकामा जम्मा १० वडाहरु रहेका छन् । नगरपालिकाकाे केन्द्र बाेदे बर्साइन बजारमा रहेकाे छ । यस नगरपालिका काे भुभागले सुरुङ्गा नगरपालिका,खडक नगरपालिका,डाँक्नेश्‍वरी नगरपालिका तथा बलानविहुल गाँउपालिकालाई छोएकाे छ । नगरपालिकाकाे जम्मा क्षेत्रफल ५८.९३ (वर्ग कि.मि.)रहेकाे छ । मिश्रित बसाेवास रहेकाे यस नगरपालिकामा मुख्य गरी हिन्दु र ईस्लाम धर्म मान्‍ने समुदायहरुकाे बसाेवास रहेकाे छ । यस नगरपालिका अन्‍तर्गत पर्ने धार्मिक स्थलहरु मध्ये मानराजा गढी र लक्ष्मी नरायण मन्दिर मुख्य पर्यटकिय क्षेत्रका रुपमा  प्रचलित छन् । यस नगरपालिका मा माछा पालन,पशुपालन,धानखेती,गहु खेती,जुट खेती तथा उखु खेतीकाे प्रचुर सम्भाबना रहेकाे छ ।

केन्द्रः साविक बोदेबरसाईन गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४६०१७

क्षेत्रफलः ९१.९७ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

धनगढी

१-८

नेगडा

१-९

सारश्वर

१-९

फुल्काही

६-९

बोदेबरसाइन

१-९

फुल्काही

१-५

मनराजा

१-९

काचन

१-९

देउरी

१-९

१०

खडकपुर

१-९

 ५.    नामः खडक गरपालिका

केन्द्रः साविक कल्याणपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५२२७८

क्षेत्रफलः ९६.७७ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सिसवा बेल्ही

१-५

सिसवा बेल्ही

६-९

बनरझुल्ला

१-९

पन्सेरा

८,९

पन्सेरा

१-७

खोजपुर

१-४,६-९

कल्याणपुर

४-६

कल्याणपुर

३,७

कल्याणपुर

१,२,८,९

धनगढी

खोजपुर

मैनासहर्शवाहु

१-९

इनरुवा फुलवडिया

१०

इनरुवा फुलवडिया

१-८

११

बनौली

१-९

 ६.    नामः शम्भुनाथ गरपालिका

केन्द्रः साविक शम्भुनाथ गरपालिकाको कार्यालय

जनसङ्ख्याः ३९६३४

क्षेत्रफलः ९९.९९ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

शम्भुनाथ

शम्भुनाथ

शम्भुनाथ

शम्भुनाथ

शम्भुनाथ

शम्भुनाथ

शम्भुनाथ

शम्भुनाथ

शम्भुनाथ

१०

शम्भुनाथ

१०

११

शम्भुनाथ

११

१२

अर्नाहा

१-९

 ७.    नामः सुरुङ्गा गरपालिका

सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ |यो नगरपालिका नेपाल सरकारले २०७३ सालमा साबिक पश्चिम पिपरा, हर्दिया, दौलतपुर ,मधुपट्टी, कुशहा, हरिपुर, मलहनमा,टिकुलिया,पटेर्वा सबै वडा र मलहनिया गाउँ विकास समितिका ५ र ६ वडा मिलाएर बनेको हो |यस नगरपालिका हाल ११ वटा वडाहरुमा वर्गीकरण गरिएको छ |कुल १०७.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ त्रियुगा नगरपालिका,पूर्वतर्फ खडक नगरपालिका,पश्चिम तर्फ लहान नगरपालिका र दक्षिण तर्फ बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिका रहेका छन् |यस न.पा. क्षेत्र भित्र अवस्थित ऐतिहासिक सुरुङ्गा पहाडको नाममा यो नगरपालिकाको नामाकरण भएको छ |यस नगरपालिका भित्र प्राकृतिक श्रोत साधन पर्याप्त रहेको छ |बहुभाषिक,बहुजातीय तथा भौगोलिक दृष्टिकोणले फरक यस नगरपालिकामा खासगरी थारु,तेली, यादव,मुसलमान, बनिया,कलवार,पासवान,चमार, मुशहर,मलाह, ब्राम्हण, क्षेत्री,मगर, राई,कोइरी, खत्वे,दनुवार,सुडी  आदि जातिको बसोबास रहेको पाइन्छा |

केन्द्रः साविक मधुपट्टी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४९४६०

क्षेत्रफलः १०७.०४ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पिप्रा पश्चिम

१-९

हर्दिया

१-९

दौलतपुर

१-९

मधुपट्टी

१-९

कुशाहा

५-९

कुशाहा

१-४

हरिपुर

१-९

मलहनमा

१-९

टिकुलिया

१-९

१०

पटेर्वा

१-६

११

पटेर्वा

७-९

मलहनिया

५,६

 ८.    नामः हनुमाननगर कङ्कालिनी गरपालिका

केन्द्रः साविक हनुमाननगर योगिनीमाई नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५२७९६

क्षेत्रफलः ११८.१९ (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भारदह

१-९

हनुमाननगर योगिनीमाई

पोर्ताहा

१-९

मधुवापुर

१-९

हनुमाननगर योगिनीमाई

हनुमाननगर योगिनीमाई

हनुमाननगर योगिनीमाई

हनुमाननगर योगिनीमाई

हनुमाननगर योगिनीमाई

१०

हनुमाननगर योगिनीमाई

११

हनुमाननगर योगिनीमाई

१०

१२

हनुमाननगर योगिनीमाई

१३

हनुमाननगर योगिनीमाई

१४

रामपुर मल्हनीया

१-९

 ९.    नामः सप्तकोशी नगरपालिका

केन्द्रः साविक सप्तकोशी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २११३१

क्षेत्रफलः ६०.२५ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सप्तकोशी

सप्तकोशी

सप्तकोशी

सप्तकोशी

सप्तकोशी

सप्तकोशी

सप्तकोशी

सप्तकोशी

सप्तकोशी

१०

सप्तकोशी

१०

११

सप्तकोशी

११

 १०.          नामः अग्नीसाइर कृष्णासवरन गाउँपालिका

केन्द्रः सीतापुर कोलोनीको साविक सडक कार्यालयको भवन

जनसङ्ख्याः २८४८१

क्षेत्रफलः ७७.०८ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

जण्डौल

१-९

सीतापुर

१-९

हरिहरपुर

१-५,७-९

परसवनी

१-९

बकधुवा

१-६

बकधुवा

७-९

 ११.          नामः छिन्नमस्ता गाउँपालिका

केन्द्रः साविक छिन्नमस्ता गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३३८६७

क्षेत्रफलः ४७.९२ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बरही बीरपुर

४-९

छिन्नमस्ता

६-९

छिन्नमस्ता

१-५

लालपट्टी

१-७

कोचाबखारी

१-६

कोचाबखारी

७-९

लालपट्टी

८-९

बरही बीरपुर

१-३

 १२. नामः महादेवा गाउँपालिका

केन्द्रः साविक बथनाहा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २८५४२

क्षेत्रफलः ३४.९७ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पकरी

१-९

महादेवा

१-९

बथनाहा

१-३

डाढा

१-९

भगतपुर

१-९

बथनाहा

४-९

 १३.   नामः तिरहुत गाउँपालिका

केन्द्रः साविक गोइठी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२०१०

क्षेत्रफलः ३७.८१ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

त्रिकोल

१-८

मैनाकडेरी

१-९

गोइठी

१-९

त्रिकोल

डिमन

१-९

लोहजरा

१-९

 १४.  नामः तिलाठी कोईलाडी गाउँपालिका

केन्द्रः साविक तिलाठी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३२३८९

क्षेत्रफलः ३२.९१  (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

तिलाठी

१-९

लौनिया

१-९

सकरपुरा

१-९

कोईलाडी

१-९

को बर्साईन

१-९

को मधेपुरा

१-३,८,९

बभनगामाकट्टी

५-९

बभनगामाकट्टी

१-४

 १५.   नामः रुपनी गाउँपालिका

केन्द्रः साविक रायपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २६३८७

क्षेत्रफलः ५६.०८ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

नकटी रायपुर

६-९

नकटी रायपुर

१-५

कटैया

१-९

जमुनी मधेपुरा

७-९

बसबिटी

१-९

तेर्हौता

१-९

 १६. नामः राजगढ गाउँपालिका (वेल्ही चपेना)

केन्द्रः साविक नर्गो गा.वि.स.को कार्यालय

जनसङ्ख्याः  २३९८२

क्षेत्रफलः ३८.७ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

झुट्की

१-९

बनैनिया

१-९

नर्गो

१-९

बेल्ही चपेना

१-९

मलेकपुर

१-४

फकिरा

१-९

 १७.          नामः बिष्णुपुर गाउँपालिका

केन्द्रः साविक ईटहरी बिष्णुपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२४५४

क्षेत्रफलः ४०.२५ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

जमुनीमधेपुरा

१-६

मलेकपुर

५-६

सिम्रहा सिगियौन

१-४

मलेकपुर

७-९

सिम्रहा सिगियौन

५-९

बोरिया

१-९

ईटहरी बिष्णुपुर

६-९

ईटहरी बिष्णुपुर

१-५

 १८.  नामः बलान बिहुल गाउँपालिका

केन्द्रः साविक मल्हनिया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २६०६८

क्षेत्रफलः ३३.०४ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मल्हनिया

१-४

मल्हनिया

७-९

मौवाहा

१-९

बेल्ही

१-९

रामनगर

१-९

रौतहट

१-९

स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय  र जिल्ला समन्वय समिति सप्तरी। याे लेखमा  कुनै प्रकारको कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले सप्तरी जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *