परिचय
प्रदेश नं. १ मा रहेका १४ जिल्लामध्ये संखुवासभा जिल्ला एक हाे । पश्चिमतर्फबाट बग्ने संखुवा खोला र बीचभाग (पूर्व) बाट बग्ने सभा खोलाको नामाङ्कन गरी यस जिल्लाको नाम संखुवासभा जिल्ला रहन जनविश्वास रहि आएको छ । संखुवासभा जिल्लाको ऐतिहासिक बजार चैनपुरमा पहिला यस जिल्लाको सदरमुकाम रहेको थियो । वि. सं. २०३१ सालमा सदरमुकाम खाँदबारी बजारमा सारिएको हो ।

अहिले सदरमुकाम रहेको पोखरीमा खुल्ला स्थानमा आज भन्दा २०–२२ वर्ष अगाडिसम्म पोखरी रहेको थियो । गोर्खाली सैनिकहरुले एकीकरण गर्दा भोट प्रदेशको सैर गरी फर्कदा पोखरी बीचको थुम्कामा पूजाआजा तथा बढाई गरी रगत लागेका तरवार, खुँडा आदि धोईपखाली गरेकोले उक्त स्थानलाई खुँडावारी भनिन्थ्यो । यही शब्दको पछि गएर अपभ्रंश भई खाँडवारी हुँदै खाँदबारी भएको हो किम्वदन्ती पाइन्छ ।

पौराणिक भनाई अनुसार हालको सदरमुकाम रहेको खाँदबारी बजारमा पहिले एक ठूलो पोखरी थियो । यस ठाउँमा साना राज्यहरु भएको पाइन्थ्यो । यिनीहरु एक आपसमा लडाई गरी आफ्नो हतियार (खाँडो) उक्त पोखरीमा पखाल्ने पोखरी नै खाँडपोखरी हुन गयो र पछी ऊक्त खाँडपोखरी अपभ्रंस भई हालको नाम खाँदबारी रहन गएको पाइन्छ । वि.सं. २०६८ को जनगणना अनुसार यहाँको कूल जनसंख्या १५८७४२ मध्ये पुरूषको ७५२२५ र महिला ८३५१७ जनसंख्या रहेको छ ।

भौगोलिक विभाजन
उत्तरी अक्षांस २७००६” देखि २७०५५” र देशान्तर ८७०५७” देखि ८७०४०”उचाइ समुन्द्र सतहदेखि ४५७ मिटर (संसारको होचो उपत्यकाको रूपमा मानिने अरूण उपत्यका) देखि ८४६३ मिटर (पाँचौ सर्वोच्च शिखर मकालु हिमाल) भू–बनोटमा हिमाली, पहाडी, बेसी, टार, खोंच आदि पर्दछन् ।यस जिल्लाको क्षेत्रफल ३४८६.१७ वर्ग किलो मिटर रहेको छ । पूर्वमा ताप्लेजुङ्ग र तेह्रथुम, पश्चिममा भोजपुर र सोलुखुम्बु, उत्तरमा चीनको तिब्बत र दक्षिणमा धनकुटा र भोजपुर जिल्ला रहेका छन ।

संखुवासभा जिल्लामा रहेका प्रमुख प्राकृतिक श्राेत र सम्पदाहरू
संखुवासभा जिल्लामा रहेका प्रमुख नदीनाला र तालकुण्डहरूः अरुण, बरुण, संखुवा, सभा, माया, पिलुवा, हेंवा, अप्सुवा, पावा, सिसुवा सभापोखरी, मत्स्यपोखरी, दुधपोखरी, पाँचपोखरी, गुफापोखरी, लामपोखरी, थामपोखरी ।
उष्ण हावापानी) ४५७–१२०० मि.), उष्ण समशितोष्ण (१२००–२१००) मि.), ठण्डा समशितोष्ण (२१००–३६०० मि.), लेकाली (३६००–५००० मि.) र टुण्ड्रा (५०००–८४६३ मि.)
वार्षिक सालाखाला ११४१ मिलिमिटर वर्षा हुन्छ ।
संखुवासभा जिल्लामा रहेका प्रमुख वनस्पतिहरूः सखुवा, करम, टुनी, सिमल, खयर, लामपाते, जामुन, बयर, बर, बाँस, उत्तिस, कटुस, गुराँस, चाँप, ओखर, चिलाउने, सल्लो, रूद्राक्ष, बुकी, सुनगाभा, सुनपाती, भैरूङ्गपाती, मालिङ्गो, बुडीधयेरा ,रस धयेरा , भलायो , खिर्रा ,चिउरी बर, पीपल ,समी, जालिम , कुटमेरा, टाँकी, हर्रा ,बर्रा ,अमला ,कटहर, आप, अंबक अरेठ ,सिस्नो ,नीग्रो, जलुको , सिमल, असारे, खश्रे , खनीउ, नेभरा, तिते, तितेपाती ,गाउजो,लालपति, बेल, धुरसुल , सीमालि, कदम, बडर आदि ।
संखुवासभा जिल्लामा रहेका प्रमुख जडीबुटीहरूः चिराइतो, जटामसी, पाँचऔंले, विष, विखुमा, पाखनवेत, कुड्की, खोकिम, टिमुर, खानक्पा, चिम्फीङ, सिन्कौली, मझिटो, विष्णुजटा, पिप्ला, यार्सागुम्बा आदि ।

संखुवासभा जिल्लामा रहेका प्रमुख पर्यटकीय गन्तब्य
देउराली डाँडा, गुप्तेश्वर गुफा (५० मिटर लामो), खेम्पालुङ्ग गुफा, खानी गाउँ, किमाथान्का, सिद्धकाली मन्दिर, भीरेश्वर गुफा, धनपोखरी, मनकामना मन्दिर, गुफापोखरी आदि ।
संखुवासभा जिल्लामा रहेका मुख्य जातजातिहरू
राई, क्षेत्री, तामाङ्ग, ब्राह्मण, गुरूङ्ग, भोटे, शेर्पा, नेवार, लिम्बू, मगर, कुमाल र माझी याक्खा आदि ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचना अनुसार सखुवासभा जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा १० वटा स्थानीयतह निर्माण गरेको छ । जसमा ५ नगरपालिका र ५ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।
१. नामः चैनपुर नगरपालिका
केन्द्रः चैनपुर नगरपालिका कार्यालय
जनसङ्ख्याः २७३०८
क्षेत्रफलः २२३.६९ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
नुनढाकी |
१-९ |
२ |
चैनपुर |
४,५ |
३ |
चैनपुर |
६,७ |
४ |
चैनपुर |
१,२ |
५ |
चैनपुर |
३ |
६ |
चैनपुर |
९,१० |
७ |
चैनपुर |
८,११ |
८ |
चैनपुर |
१२,१३ |
९ |
चैनपुर |
१४,१५ |
१० |
चैनपुर |
१६,१७ |
११ |
चैनपुर |
१८,१९ |
२. नामः धर्मदेवी नगरपालि
केन्द्रः साविक तामाफोक नगरपालि
जनसङ्ख्याः १८२३५
क्षेत्रफलः १३२.८२ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
तामाफोक |
१-४ |
२ |
तामाफोक |
५,६ |
३ |
तामाफोक |
७-९ |
४ |
माम्लिङ्ग |
१-५ |
५ |
माम्लिङ्ग |
६-९ |
६ |
आँखीभुइँ |
१,२ |
७ |
आँखीभुइँ |
३,४ |
८ |
आँखीभुइँ |
५-७ |
९ |
आँखीभुइँ |
८,९ |
३. नामः खाँदबारी नगरपालि
केन्द्रः साविक खाँदबारी नगरपा
जनसङ्ख्याः ३११७७
क्षेत्रफलः १२२.७८ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
खाँदबारी |
१ |
२ |
खाँदबारी |
२ |
३ |
खाँदबारी |
३ |
४ |
खाँदबारी |
४,५ |
५ |
खाँदबारी |
६,७ |
६ |
खाँदबारी |
८,९ |
७ |
खाँदबारी |
१० |
८ |
खाँदबारी |
११ |
९ |
खाँदबारी |
१२,१३ |
१० |
सित्तलपाटी |
१-५,९ |
११ |
सित्तलपाटी |
६-८ |
४. नामः मादी नगरपालिका
केन्द्रः साविक मादी नगरपालिका
जनसङ्ख्याः१४४७०
क्षेत्रफलः ११०.१ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
मादी |
१ |
२ |
मादी |
२ |
३ |
मादी |
३,४ |
४ |
मादी |
५,६ |
५ |
मादी |
७,९ |
६ |
मादी |
८ |
७ |
मादी |
१० |
८ |
मादी |
११ |
९ |
मादी |
१२,१३ |
५. नामः पाँचखपन नगरपालिका
केन्द्रः साविक वाना गा.वि.स.को
जनसङ्ख्याः १७५२१
क्षेत्रफलः १४८.०३ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
स्यावुन |
४-७ |
२ |
स्यावुन |
८,९ |
३ |
स्यावुन |
१-३ |
४ |
वाना |
७-९ |
५ |
वाना |
४-६ |
६ |
वाना |
१-३ |
७ |
जलजला |
७-९ |
८ |
जलजला |
४-६ |
९ |
जलजला |
१-३ |
६. नामः भोटखोला गाउँपालि
केन्द्रः साविक हटिया गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ६५७६
क्षेत्रफलः ६३९.०१ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
किमाथांका |
१-९ |
२ |
चेपुवा |
१-९ |
३ |
हटिया |
१-४ |
४ |
हटिया |
५-९ |
५ |
पावाखोला |
१-३ |
७. नामः चिचिला गाउँपालिका
केन्द्रः साविक दिदिङ गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ७०६५
क्षेत्रफलः ८८.६३ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
मत्स्यपोखरी |
१,२ |
दिदिङ |
६ |
|
२ |
दिदिङ |
१-५ |
३ |
दिदिङ |
७-९ |
४ |
मत्स्यपोखरी |
३-५ |
५ |
मत्स्यपोखरी |
६-९ |
८. नामः मकालु गाउँपालिका
केन्द्रः साविक नुम गा.वि.स.को
जनसङ्ख्याः १३२०४
क्षेत्रफलः ५१९.४५ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
मकालु |
८-९ |
२ |
मकालु |
१-७ |
३ |
पाथिभरा |
१-९ |
४ |
पावाखोला |
४-९ |
५ |
नुम |
१-९ |
६ |
याफु |
५-८ |
९. नामः सभापोखरी गाउँपालि
केन्द्रः साविक बाह्रबिसे गा.वि
जनसङ्ख्याः १०४९२
क्षेत्रफलः २२२.०८ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
धुपु |
१-४ |
२ |
धुपु |
५-९ |
३ |
बाह्रबिसे |
१-६ |
४ |
बाह्रबिसे |
७-९ |
५ |
सभापोखरी |
७-९ |
६ |
सभापोखरी |
१-६ |
१०. नामः सिलीचोङ गाउँपालिका
केन्द्रः साविक ताम्कु गा.वि.स.
जनसङ्ख्याः १२१७४
क्षेत्रफलः २९३.२६ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
सिसुवाखोला |
१-९ |
२ |
बाला |
१-९ |
३ |
ताम्कु |
१-९ |
४ |
मांतेवा |
१-९ |
५ |
याफु |
१-४,९ |
स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय , जिल्ला प्रशासन कार्यालय संखुवासभा र जिल्ला समन्वय समिति संखुवासभा । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले संखुवासभा जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।