विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरु

मानवीय मस्तिष्क, समाज र संस्कृतिको विकाससँगै गहनाकारुपमा स्थापित भएकाधरोहर, स्मारक, स्मारक स्थलहरु बहुमूल्य सम्पदाहरु हुन् । ती सम्पदाहरु विश्व मानव जातिका साझा सम्पदा हुन्, यसको संरक्षण गुर्न हामी सबैको दायित्व हो ।त्यस्ता स्मारकहरु नाश भएपछि पुनः स्थापना गर्न प्रायः असम्भव हुन्छ । तिनको नाश हुनु सम्पूर्ण मानव सम्पदाहरुको नास हुनु हो, तिनिहरुको संरक्षण गर्नु पर्दछ भन्ने उद्देश्यले UNESCO ले विश्व सम्पदा समिति अन्तर्गत विभिन्न साँस्कृतिक तथाप्राकृतिक सम्पदाहरुलाई Convention Concerning the Protection of World Cultural and Natural Heritage, 1972, (World Heritage Convention, 1972) विश्व सम्पदा महासन्धिको रुपमा स्थापित गरि यसको प्रावधान अनुरुप विश्व सम्पदाको रुपमा सूचीकृत गर्ने काम भईरहेको छ ।World Heritage Convention, 1972  सन् १९७५ देखि लागु भएको हो भने नेपालले सन् १९७८ मा यसको अनुमोदन गरेको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको साँकृतिक सम्पदा

क) काठमाण्डौं उपत्यकाः सन् १९७८ मा नेपाल पक्ष राज्य वा सदस्य बनेपछि काठमाण्डौं उपत्यकाका अद्धितिय, अनुपम साँस्कृतिक सरम्पदाहरुको विशिष्ट विश्वव्यापी महत्व, आधिकारिकता एवं अविच्छिन्नताको कारण तिनको संरक्षण एवं व्यवस्थापनका लागि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपालले गरेको अनुरोधलाई अनुमोदन गरी UNESCO/WHC ले विश्व सम्पदामा समावेश गर्ने निर्णय ग¥यो (UNESCO/WHC, 1979) ।

काठमांडाै दरवार क्षेत्र
पाटन दरबार क्षेत्र फोटोः रूटीन अफ नेपाल बन्द
हनुमानढोका
भत्तपुर दरवार क्षेत्र तस्विरः मनि झा
बाैध्द स्तुप

 

चांगुनारायण
स्वयम्भुनाथ

यसरी काठमाण्डौं उपत्यकाका सात क्षेत्रहरुलाई एक रुपमा काठमाण्डौं उपत्यका विश्व सम्पदा स्थल भनी सूचीकरण गरिसकेपछि नेपाल सरकारले आफ्नो नैतिक दायित्व एवं उच्च स्तरीय सुरक्षा वा संरक्षणका लागि नेपालको सम्पदा संरक्षण सम्बन्धी प्रमुख कानूनको रुपमा रहेको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३अनुसार यी सात क्षेत्रहरुलाई चार किल्ला तोकी सीमाङ्कन गरी क्रमशः स्वयम्भू (वि.सं. २०३६), हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण तथा बौद्ध (वि.सं. २०४१), पशुपति (२०५५) लाई अलग अलग संरक्षित स्मारक क्षेत्र भनी घोषणा (नेपाल सरकार, २०३६, २०४१, २०५५) गरेको थियो ।

ख) लुम्बिनीः भगवान बुद्धको जन्मस्थल, विश्व सम्पदा स्थल भगवान बुद्धको जन्मस्थलको रुपमा परिचित लुम्बिनीलाई नेपालल विश्व सम्पदा महासन्धि, १९७२ को अनुमोदन गरेको करीब १७ बष पछि सन १९९६ मा मात्र विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि युनेस्को विश्व सम्पदा समितिमा अनुरोध गरी पठाइएको र त्यसैको अर्को साल अर्थात सन १९९७ मा विश्व सम्पदा समितिले सुचीमा सूचीकृत गर्ने निर्णय गरेको थियो (UNESCO/WH 1997) । लुम्बिनी पवित्र उद्यान र वरपर भएका विभिन्न पुरातात्विक अवशेषहरुले यो क्षेत्र बौद्ध धर्म एवं दर्शनका प्रवर्तक भगवान बुद्धका जन्मसँग प्रत्यक्ष सम्बन्ध रहेको छ, जुन धर्म र दर्शन वर्तमान विश्वका अधिकतम मानव समुदायले अवलम्बन गरिरहेको छ ।

भगवान गाैतम बुध्दको जन्म स्थल लुम्विनी तस्विरः विशाल कार्कि
विश्वसम्पदा सूचीमा सूचीकृत प्राकृतिक सम्पदाहरु
नामः सगरमाथा राष्ट्रिय निकुन्ज

स्थापनाः २०३२ साल (सन् १९७६)
म.क्षे. स्थापनाः २०५८ साल (सन् २००२)
क्षेत्रफलः १,१४८ वर्ग कि.मि.
म.क्षे.क्षेत्रफलः २७५ वर्ग कि.मि.

सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्र तस्विरः Fact of Nepal

पू्र्वी नेपालको प्रदेश नं. १ तत्कालीन सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्ज विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.) लाई समेटेर फैलिएको छ । यसैगरी ६,००० मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरूले यस निकुञ्जको गौरवलाई अझ बढाएका छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।

सर्वाेच्च शिखर सगरमाथा

उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग (टेमु लगायत १९३ प्रजातिका चराहरू यस राष्ट्रिय निकुञ्जका प्राकृतिक गहना हुन् । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

चितवन राष्ट्रिय निकुन्ज

स्थापनाः २०३० साल (सन् १९७३)
म.क्षे. स्थापनाः २०५३ साल (सन् १९९६)
क्षेत्रफलः ९५२.६३ वर्ग कि.मि.
म.क्षे. क्षेत्रफलः ७२९.३७ वर्ग कि.मि.

चितवन राष्ट्रिय निकुन्जमा पर्यटकहरू

चितवन, मकवानपुर, पर्सा र पूर्वीनवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको यो राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ९५२.६३ वर्ग कि.मि. रहेको छ । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका
मुख्य क्षेत्रहरूलाई समेटेको छ ।

चितवन राष्ट्रिय निकुन्ज क्षेत्र

निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा पाइने गैंडा

यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

–स्रोतः नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

नेपालका सम्भावित विश्व सम्पदा स्थलहरु

नेपालले सन १९९६ र सन २००८ मा गरी दुई पटक विभिन्न राष्ट्रिय सम्पदाहरुलाइ सम्भावित विश्व सम्पदाका सुचीमा सूचीकृत गरिसकको छ, जसमध्ये सन १९९६ मा सम्भावित विश्व सम्पदाका सुचीमा सूचीकृत गरेको लुम्बिनी, भगवान बुद्धको जन्मस्थलाइ सन १९९७ मा नेपाल सरकारका आफनै पहलमा गरिएका अनुरोध अनुरुप प्रक्रियागत रुपमा न विश्व सम्पदा सुचीमा सूचीकृत गरिएका थिया । यसका अतिरिक्त देहायका राष्ट्रिय सम्पदा स्थलहरु हालसम्म पनि सम्भावित विश्व सम्पदा
सुचीमा सूचीकृत अवस्थामा रहेका छन्

Cave architecture of Muktinath Valley of Mustang (23/05/1996)
1. Khokana, the vernacular village and its mustard-oil seed industrial
heritage (23/05/1996)
2. Ramagrama, the relic stupa of Lord Buddha (23/05/1996)
3. The early medieval architectural complex of Panauti (23/05/1996)
4. The medieval palace complex of Gorkha (23/05/1996)
5. Tilaurakot, the archaeological remains of ancient Shakya Kingdom (23/05/1996)
6. Medieval Earthern Walled City of Lo Manthang (30/01/2008)
7. Medieval Settlement of Kirtipur (30/01/2008)
8. Nuwakot Palace Complex (30/01/2008)
9. Ram Janaki Temple (30/01/2008)
10. Bhurti Temple Complex of Dailekh (30/01/2008)
11. Rishikesh Complex of Ruru Kshetra (30/01/2008)
12. Sinja valley (30/01/2008)

13. The Medieval Town of Tansen (30/01/2008)
14. Vajrayogini and early settlment of sankhu (30/01/2008)

–स्रोतः नेपाल सरकार  सुचना विभाग

Leave a Comment

Your email address will not be published. Required fields are marked *