rolpa feature

रोल्पा जिल्ला Rolpa District

परिचय

जिल्ला प्रशासन कार्यालय रोलपाका अनुसार रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो । संघिय संरचना अनुशार यो प्रदेश नं. ५ अन्तरगत  पर्दछ । जिल्लाको पूर्वमा बाग्लुङ र प्यूठान जिल्ला, पश्चिममा सल्यान जिल्ला, उत्तरमा रुकुम जिल्ला र दक्षिणमा दाङ जिल्ला पर्दछ । यस जिल्लाको सदरमुकाम लिबाङमा रहेको छ । बि.सं.२०१८ साल पूर्व रोल्पा नामको जिल्ला अस्तित्वमा थिएन ।तत्कालीन राजा महेन्द्रबाट पञ्चायती शासन व्यवस्थाको विजारोपण संगसंगै जिल्लाहरुको संरचना विभाजन र समायोजन गर्ने क्रममा प्यूठान र सल्यान जिल्ला अन्तर्गत रहेका केही भू–भागलाई मिलाएर एउटा छुट्टै जिल्ला घोषणा गर्ने कार्य भयो । त्यसपछि कोटमौला गा.वि.स.को रोल्पा भन्ने ठाउँ (उक्त गा.वि.स.२०३२ साल तिर सल्यान जिल्लामा मिलान गरीएको) को नामबाट रोल्पा जिल्ला भन्ने नाम रहन गई जिल्ला सदरमुकाम लिवाङमा स्थापित भयो ्ररोल्पा जिल्लाको नामाकरणका सम्वन्धमा “रोल्पा” भनेर चिनिने यो जिल्ला स्थान विशेष “रोल्पाथुम” को कारणले रोल्पा बनेको हो । तर अनौठो कुरा के छ भने अहिले “रोल्पा” भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ । सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो । त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा “रोल्पा” पनि सल्यान मै छुट्न गएको हो ।

पर्यटकिय क्षेत्र रोल्पा
पर्यटकिय क्षेत्र रोल्पा
ऐतिहासिक चिनारी

एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरुमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरुले राज्य गर्दथे । तथापि यहाँका राजाहरुले अन्य राजाहरु जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो । त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ । गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३ को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ । सेन राजा गजुलमा सुरुदेखि नै बसेको भने पाइदैन । गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरु राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ । उनीहरुले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजिकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए । यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरुको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो ।

पर्यटकिय क्षेत्र रोल्पा
पर्यटकिय क्षेत्र रोल्पा

तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाईन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए । उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए । उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाई बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरुलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन् । उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह रुकुम दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो । त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए । तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए । उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो । त्यसरी भत्ता प्राप्त गर्नेअन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन् । उनको वि.सं. २०४९ सालमा मृत्यु भयो ।

पर्यटकिय क्षेत्र रोल्पा
पर्यटकिय क्षेत्र रोल्पा

वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरुलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान र सल्यान जिल्लामा पर्दथ्यो । पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान र प्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो । पछि वि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो । हाल रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेको छ ।रोल्पा जिल्लाको थबाङ गाविसमा अवस्थित सु्न्दर पहाडको नाम हो जलजला । प्राकृतिक दृष्टिले जलजला निकै मनोरम छ । यहाँको प्राकृतिक सुन्दरता पर्यटकलाई स्वागत् गर्न प्रतीक्षारत छ । त्यसको अतिरिक्त यहाँका आदिवासी जनजाति मगर जातिको मौलिक संस्कृति भेषभुषा खाम भाषा र जीवनपद्दति पनि पर्यटनका आकर्षण हुन् ।

पर्यटकिय क्षेत्र रोल्पा
पर्यटकिय क्षेत्र रोल्पा

पर्यटकीय गन्तव्य स्थल बन्न जलजलाको प्राकृतिक सुन्दरता र साँस्कृतिक छटाका साथै माओवादी जनयुद्धको केन्द्र हुनुले पनि थप आकर्षण गर्ने छ । किनकि जलजलासँग माओवादी जनयुद्ध र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास पनि गाँसिएको छ । नेपालमै साम्यवादको अभ्यास भइरहेको जनकम्युन जलजला फेदीका प्रमुख अध्ययन अनुसन्धानका थप आकर्षण केन्द्र हुन् । जलजला धार्मिक स्थल पनि हो । वैशाख जेठ र साउनमा वर्षको तीनचोटि तीर्थालुहरु जलजला आउँछन् । राप्तीका अतिरिक्त भेरीका जाजरकोट सूर्खेत र कर्णालीका विभिन्न जिल्लाबाट पूजा र दर्शनका लागि आउने गर्छन् ।जलजलाको प्राकृतिक साँस्कृतिक धार्मिक र राजनीतिक बहुआयामिकु मिश्रणले पनि पर्यटकका आकर्षक गन्तव्य बन्न सक्छ । प्रकृति र सँस्कृतिमा मात्रै सीमित नेपालको पर्यटन व्यवसायमा जलजला राजनीतिक पर्यटनका लागि नौलो पर्यटन गन्तव्य हुन सक्ने प्रवल संभावना छ ।जलजला रोल्पाको प्रतिविम्व हो । जनयुद्ध र रुपान्तरणको हिसाबले नेपाली राजनीतिक परिवर्तनको रोल्पा मुहान बनेको छ त्यसरी नै रोल्पाको पहिचान हो जलजला ।

पर्यटकिय क्षेत्र रोल्पा
पर्यटकिय क्षेत्र रोल्पा
रोल्पा जिल्लामा रहेका प्राकृतिक सम्पदाहरू

नदीनालाहरूः माडीखोला, लुग्रींखोला, फगामखोला, त्रिवेणीखोला, बोज्याङखोला, शिवाङखोला, धासीखोला, मिरुलखोला, फिवैखोला, पाखापानीखोला, बाँफुखोला, ग्वारखोला,गोठीखोला, हलहलेखोला, जिनावाङखोला, अरहङखोला, पारीवाङखोला, गजुलखोला, जुगाँरखोला, घोडाखोला, कलमखोला, राँक चुरागाढखोला, चक्रीखोला,स्यानीगाढखोला, डाढाखोला, कुटेखोला आदी रहेका छन ।

झरनाहरूः सुनछहरी झरना- स्युरी, लहरीखोला झरना- तालावाङ, जायछहरा झरना- राँक आदी रहेका छन ।

पर्यटकिय क्षेत्र रोल्पा
पर्यटकिय क्षेत्र रोल्पा
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार रोल्पा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  १ नगरपालिका र ९ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः रोल्पा नगरपालिका

केन्द्रः साविक लिवाङ नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३२७५९

क्षेत्रफलः २७०.४२ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

लिवाङ

३,४,८

लिवाङ

५,६

लिवाङ

१,२

लिवाङ

७,९

जेदवाङ

१-६

कोटगाउँ

२-७,९

कोर्चावाङ

३-५

कोटगाउँ

१,८

जंकोट

जंकोट

२-९

होमा

१-९

१०

धवाङ

१-९

 २.    नामः त्रिवेणी गाउँपालिका

केन्द्रः साविक जुगार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२९५७

क्षेत्रफलः २०५.३९ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

करेटी

१-९

नुवागाउँ

१-९

बुढागाउँ

२-५

बुढागाउँ

१,६-९

जुगार

१-५

जुगार

६-९

गौरीगाउँ

१-९

 ३.    नामः  परिवर्तन गाउँपालिका (दुइखोली)

केन्द्रः पुत्लाचौर

जनसङ्ख्याः २०७७८

क्षेत्रफलः १६३.०१ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कुरेली

१-९

राङ्सी

१-९

इरिवाङ

५-९

पाछावाङ

१-९

राङकोट

१-९

इरिवाङ

१-४

 ४.    नामः माडी गाउँपालिका

केन्द्रः साविक घर्तीगाउँ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७९८६

क्षेत्रफलः १२९.०५ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

घर्तिगाउँ

५,७-९

ओत

३-५

घर्तिगाउँ

१-४,६

तालावाङ

३,५-७

तालावाङ

१,२,४,८,९

भवाङ

१-९

कोर्चावाङ

१,२,६-९

 ५.    नामः रुन्टीगढी गाउँपालिका

केन्द्रः साविक झोनाम गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २७९२९

क्षेत्रफलः २३२.६९ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

जेदबाङ

७-९

जौलिपोखरी

३-६

जौलिपोखरी

१,२,७-९

मसिना

४,६-९

मसिना

१-३,५

दुविडाडा

१-९

डुब्रिङ

१-९

झेनाम

१-५

झेनाम

६-९

सखी

१-९

 ६.    नामः  लुङ्ग्री गाउँपालिका

केन्द्रः साविक बडाचौर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २३६३१

क्षेत्रफलः १३५.२३  (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पाङ

१-९

सिर्प

१,२,४,६,८

सिर्प

३,५,७

बडाचौर

१-३,७

सिर्प

बडाचौर

४-६,८,९

गुम्चाल

१-९

हार्जङ

१-९

 ७.    नामः  गंगादेव गाउँपालिका (सुकिदह)

केन्द्रः वडा नं. ५ सानाडाँडा

जनसङ्ख्याः २०००९

क्षेत्रफलः १२४.३८ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ओत

१,२,६,७

जिनावाङ

१,२,७,८

ओत

८,९

जिनावाङ

३-६,९

पाखापानी

१,२,७-९

पाखापानी

३-६

राँक

१-३,६,७

राँक

४,५,८,९

 ८.    नामः  सुनछहारी गाउँपालिका

केन्द्रः साविक जैमाकसला गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १६०३४

क्षेत्रफलः २७७.६२ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सेरम

१-९

गाम

४,६,८,९

गाम

१-३,५,७

सिउरी

१-९

जैमकसला

१-९

फगाम

१-९

जेलवाङ

१-९

 ९.    नामः  सुनिल स्मृति गाउँपालिका (सुवर्णावती)

केन्द्रः वडा नं. ४ सुलिचौर

जनसङ्ख्याः २८२१३

क्षेत्रफलः १५६.५५ (वर्ग कि.मि.)

वडा संख्याः८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

घोडागाउँ

१-९

खुंग्री

१-९

मिझिङ

१-६

मिझिङ

७-९

गजुल

२,७-९

फगाम

गजुल

१,३-६

तेवाङ

१-९

अरेश

१-९

 १०.          नामः  थबाङ गाउँपालिका

केन्द्रः साविक थबाङ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १०८८१

क्षेत्रफलः १९१.०७ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

थबाङ

१-४

थबाङ

५-९

मिरुल

१-९

उवा

३,५,७,८

उवा

१,२,४,६,९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति  रोल्पा र जिल्ला प्रशासन कार्यालयरोल्पा। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । रोल्पा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *