परिचय
संघिय संरचना अनुसार प्रदेश नं. ३ अन्तर्गत पर्ने उत्तरी भाग चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको राजधानीबाट नजिकको हिमाली जिल्ला हो । रसुवा जिल्लाको नामाकरण सम्बन्धमा स्थानीय तामाङ भाषामा “र” को अर्थ “भेडाच्याङग्रा” र “सोवा” को अर्थ “चराउने वा राख्ने ठाउँ” भन्ने हुन्छ अर्थात प्रशस्त चरन क्षेत्र र भेडाच्याङग्रा पाइने ठाउँ भएकोले “रसोवा” भन्ने गरेको र स्थानीय बोलचालको भाषामा अप्रभंश भएर पछि रसुवा भनिन थालिएको जनविश्वास रहि आएको छ ।
जिल्ला प्रशासन रसुवाका अनुसार भौगोलिक बनौट, हावापानी, वनजंगलको विविधता, नदीनाला र जलकुण्ड विभिन्न जातजातिहरूको बसोबास, रहनसहन, भेषभूषाका साथै जैविक विविधताको धनी यस जिल्लाको आफ्नै पृथक ऐतिहासिक महत्व रहेको छ । यो छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग मितेरी गाँसेर बसेको पर्यटकीय जिल्ला हो । देशकै तेस्रो पदयात्रा गन्तव्यको रुपमा रहको लामटाङ राष्ट्रिय निकुञ्ज, रामसार क्षेत्रमा सूचीकृत गोसाइकुण्ड सिमसार क्षेत्र रहेको यस जिल्ला भौगोलिक, जैविक, साँस्कृतिक, धार्मिक र पर्यावरणीय हिसावले धेरै धनी छ ।

भाैगोलिक अवस्थिति
टोपोग्राफिक नक्सा १९९४÷९८ का अनुसार यस जिल्लाको कुल क्षेत्रफल १,५१९.३१ वर्ग कि.मि. र राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार १५४४ वर्ग कि.मि.रहेको छ । जस मध्ये हवाई मैदान ०.०४ वर्ग कि.मि., झाडी क्षेत्र ६३.११ वर्ग कि.मि., १,५१२ वर्ग कि.मि., खेती योग्य जमिनको क्षेत्रफल ११९.१४ वर्ग कि.मि., जंगल ३८४.८८ वर्ग कि.मि., हिमनदी ९०.६८ वर्ग कि.मि., घाँसे जमिन १७५.४० वर्ग कि.मि., बरफ–चट्टान ०.५३ वर्ग कि.मि., बलौेटे क्षेत्र ७.७५ वर्ग कि.मि., खेर गएको जमिन ६३५.५४ वर्ग कि.मि. र जल क्षेत्र ४२.२४ वर्ग कि.मि. रहेको छ । प्रति वर्ग कि.मि.२८ जनाको जनघनत्व रहेको छ । जम्मा घरधुरी संख्या ९,७७८ रहेको तथ्यांकबाट देखिन्छ । यस जिल्लाको पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा नुवाकोट जिल्लासँग सीमाना जोडिएको छ ।

रसुवा जिल्लामा रहेका प्रमुख नदीनाला, ताल तथा पोखरी
रसुवा जिल्लाबाट वाहिर बगेर निस्कने नदीहरूमा त्रिशुली, भोटेकोशी र फलाखु मुख्य छन् । त्रिशूलीको उद्गम स्थल प्रशिद्ध तीर्थस्थल गोसाँईकुण्ड हो भने भोेटेकोशी चीनको स्वशासित क्षेत्र तिव्वतबाट नेपाल प्रवेश गरी टिमुरे, गोल्जुङ, स्यापरू, धुन्चे, हाकु, गतलाङ, राम्चे, डाडाँगाउँ, ठूलोगाउँँ, लहरेपौवा हुदै वेत्रावतीबाट नुवाकोट जिल्ला प्रवेश गर्दछ । भोटबाट आएको भोटेकोशी स्याफ्रुवेंसीमा लाङटाङ खोलालाई आफुमा लीन गराउदै धुञ्चे गा.वि.स.को सीमाना त्रिशूली नदीको संगम स्थलमा समाहित भएपश्चात त्रिशूली नदीको नामले प्रवाहित हुन्छ । लाङटाङ हिमालको हिमनदीको पानीबाट शुरू हुने लाङटाङ खोला ठाउँ ठाउँमा भीरपाखा, पखेरामा आफ्नो स्वरूप खोला, झरना हुदै भोेटेकोशीमा बिलिन हुन्छ ।

त्यस्तै भगवान् महादेवको यात्रा अवस्थामा पानीको आवश्यकता महशुस भएपछि बेतको लठ्ठी सृष्टि भएको बेतधाराबाट प्रवाह शुरू भएको फलाखु खोला जिल्लाको दक्षिणपूर्वी भाग यार्सा र सरमथली हुदै वेत्रावतीमा समाहित भएको छ । यस्तै अन्य खोलाहरूमा चिलिमे खोला, मैलुङ खोला, नेसिङ खोला, घट्टे खोला र अन्य स–साना खोलाहरू जिल्लाका प्रत्येक भागमा असंख्य मात्रामा रहेका छन् ।यस्तै गोसाईकुण्ड, तातोपानी, पार्वतीकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वर कुण्ड, दूधकुण्ड, रिभरकुण्ड जस्ता कुण्डहरू रसुवा जिल्लाका विभिन्न स्थानहरूमा अवस्थित छन् ।
रसुवा जिल्लामा रहेका प्रमुख धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकिय स्थल/स्थानहरू
रसुवा जिल्लामा विभिन्न जातजाती, भाषाभाषी, सम्प्रदाय र धर्मावलम्बीहरूको बसोबास रहेको यस जिल्लामा विभिन्न धार्मिक एवं सास्कृतिक रूपले महत्वपूर्ण मानिने तालतलैया, हिमाल, मन्दीरका साथै रसुवागढी र वेत्रावती जस्ता ऐतिहासिक स्थलका अलवा क्याजिङ उपत्यका जस्तो रमणीय स्थलहरू पनि रहेका छन । स्याफ्रु गाविस स्थित गोसाईकुण्ड (४३८० मिटर), भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड तथा गतलाङ गाविस स्थित पार्वतीकुण्ड, चिलिमे गाविस स्थित तातोपानी, नुवाकोट र रसुवाको सीमावर्ती गा.वि.स. लहरेपौवामा पर्ने उत्तरगया, नेपाल र चीनको स्वशासित क्षेत्र तिव्वतको सीमानामा पर्ने टिमुरे गाविसमा अवस्थित ऐतिहासिक स्थल रसुवागढी र गुप्तेश्वर महादेव, धैबुङ गाविस स्थित कालिकास्थान मन्दिर, लाङटाङ गाविसमा पर्ने क्यान्जिन उपत्यका (उचाई ३५०० मि.) लगायतका अनेकौं धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरु यस जिल्लामा रहेका छन ।

स्राेतः जिल्ला समन्वय समिति रसुवा
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार रसुवा जिल्लाको स्थानियतहको विभाजन साविकका गा.वि.स. का वडाहरूलाइ समेटेर ५ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः उत्तरगया गाउँपालिका
केन्द्रः साविक लहरेपौवा गा.वि.
जनसङ्ख्याः ८२५५
क्षेत्रफलः १०४.५१ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
हाकु |
८,९ |
|
|
डाँडागाउँ |
७-९ |
|
|
|
३ |
डाँडागाउँ |
१-६ |
|
|
ठूलोगाउँ |
८ |
|
|
|
३ |
ठूलोगाउँ |
१-७,९ |
|
|
४ |
लहरेपौवा |
४-७ |
|
|
५ |
लहरेपौवा |
१-३,९ |
|
|
२. नामः कालिका गाउँपालिका
केन्द्रः साविक धैबुङ्ग गा.वि.स
जनसङ्ख्याः९४२१
क्षेत्रफलः १९२.५४ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
राम्चे |
१-९ |
|
|
२ |
लहरेपौवा |
८ |
|
|
धैबुङ्ग |
५-७ |
|
||
३ |
धैबुङ्ग |
१-४ |
|
|
४ |
भोर्ले |
६,८,९ |
|
|
५ |
धैबुङ्ग |
८,९ |
|
|
भोर्ले |
१ |
|
३. नामः गोसाइकुण्ड गाउँपालि
केन्द्रः साविक गोसाइकुण्ड गा.वि.स.को कार्यालय
जनसङ्ख्याः७१४३
क्षेत्रफलः ९७८.७७ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
थुमन |
१-९ |
|
|
२ |
टिमुरे |
१-९ |
|
|
३ |
बृद्धिम |
१-९ |
|
|
४ |
लाङटाङ |
१-९ |
|
|
५ |
स्याफ्रु |
१-९ |
|
|
६ |
धुन्चे |
१-९ |
|
४. नामः नौकुण्ड गाउँपालिका
केन्द्रः साविक समरथली गा.वि.स.
जनसङ्ख्याः ११८.२५
क्षेत्रफलः १२६.९९ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
यार्सा |
५-८ |
|
|
२ |
यार्सा |
१-४ |
|
|
३ |
समरथली |
६-९ |
|
|
४ |
समरथली |
१-५ |
|
|
५ |
भोर्ले |
४,५,७ |
|
|
६ |
भोर्ले |
२,३ |
|
|
यार्सा |
९ |
|
५. नामः आमाछोदिङमो गाउँपालिका (पार्वतिकुण्ड)
केन्द्रः गोल्जुङ वेशी
जनसङ्ख्याः ५४९०
क्षेत्रफलः ६८२.२३ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
हाकु |
३-७ |
|
|
२ |
हाकु |
१,२ |
|
|
गत्लाङ |
७-८ |
|
||
३ |
गत्लाङ |
१-६,९ |
|
|
४ |
गोल्जुङ्ग |
१-९ |
|
|
५ |
चिलिमे |
१-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रसुवा र जिल्ला समन्वय समिति रसुवा। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । रसुवा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।