परिचय
म्याग्दी जिल्ला सङ्घीय गणतन्त्रात्मक नेपालको गण्डकी प्रदेश मा पर्ने पहाडी जिल्ला हो । यस जिल्लाको आफ्नै ऐतिहासिक पहिचान छ । धौलागिरि हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम–उत्तरबाट दक्षिण–पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामकरण भएको पाइन्छ । “म्याग्दी” शब्दको उत्पत्तिको सन्दर्भमा विभिन्न भनाइहरू रहेका छन् । “मेङ” भनेको थापा र “दी” भनेको नदी मिलेर म्याग्दी शब्द बनेको भन्ने भनाइ रहेको पाइन्छ ।

एतिहासिक चिनारी
यहाँ पौराणिक तथा ऐतिहासिक थुप्रै महत्वपूर्ण स्थानहरू छन् । ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको क्षेत्र, “जड” जडभरत गुफाको नामले गलेश्वरमा रहेको छ । वर्तमानमा राखु नामले प्रचलित गाउँ नै राजा रहुगणको राजधानी थियो भनिन्छ । ऋषि पुलत्स्यको आश्रम “पुला” वर्तमान पुलाचौर गा.वि.स.मा रहेको छ । यस्तै मुनिवर पुलत्स्यको नाति विश्वका छोरा लंकाधिपति “रावण” को जन्मभूमि पनि यहीं हो भनिन्छ ।
लिच्छवी राजा मानदेवले गण्डकीपारी मल्लपुरीको बिद्रोह दमन गरेको कुरा इतिहासमा उल्लेख छ । मानदेव प्रथमको मुद्रा मानाङ्क बागलुङमा पाइएको हुनाले मल्लपुरी भनेको बागुलङ म्याग्दी यतै कतै हुनुपर्छ । प्रथम थापा राजा कालु थापा (वि.सं.१२४६) ले ताकममा राज्यको स्थापना गरेका थिए र थापाहरूको राज्यकाल ३०० वर्षसम्म रहेको थियो । बि.सं. १५४५ मा डिम्ब बम मल्लले थापाहरूलाई हराई ताकम राज्यलाई आफ्नो राज्यमा गाभी वर्तमान धौलागिरि अञ्चलका सबै जिल्लाहरू समेटिएको विशाल पर्वत राज्यको स्थापना गरेका थिए ।

बम मल्लले बनाएको पर्वत राज्यको एक भाग रहँदासम्म म्याग्दीले आफ्नै विशेषता ओगटेको थियो । राजा कीर्ति बम मल्लले ढोलठानामा दरवार खडा गरी बसेको र बेनीमा ठाना राखेका थिए भनिन्छ । रणबहादुर शाहको राज्यकालमा बहादुर शाहले पर्वत राज्यलाई नेपालमा गाभेपछि म्याग्दी पनि नेपाल अधिराज्यको एक अभिन्न अंगको रुपमा रह्यो । एकीकरण पछि र राणा शासनकालमा यो जिल्ला पाल्पा प्रशासन अन्तर्गत रहेको थियो । पछि बाग्लुङ गौंडा स्थापना भएपछि त्यहाँबाटै यहाँको प्रशासनिक र न्यायिक काम संचालन हुन्थ्यो ।

भौगोलिक अवस्था
म्याग्दी जिल्लामा ८ % बेसी क्षेत्र ५६ % उच्च पहाडी क्षेत्र र ३६ % हिमाली क्षेत्रको भू-बनोट भएको म्याग्दी जिल्ला ८३ डिग्री ०८‘ देखि ८३ डिग्री ५३‘ पूर्वी देशान्तर र २८ डिग्री २०‘ देखि २८ डिग्री ४७‘ उत्तरी अक्षांशसम्म फैलिएको छ । समुद्र सतहबाट ७९२ मीटर (रत्नेचौर गाविस) देखि ८,१६७ मीटर (धौलागिरि हिमाल) सम्म फैलिएको यस जिल्लाको कूल क्षेत्रफल २,२९७ वर्ग किलो मिटर (२,२९,७०६ हेक्टर) रहेको छ । यहाँ अर्ध-उष्ण (१००० मीटर भन्दा कम उचाईंमा पाइने ) , सम-शितोष्ण (१००० देखि २००० मीटरको उचाईंमा पाइने ) , शितोष्ण ( २००० देखि ५००० मीटरको उचाईंमा पाइने ) र अल्पाइन (५००० मीटर भन्दा माथिको उचाईंमा पाइने ) गरी जम्मा चार प्रकारको हावापानी पाइन्छ।
वार्षिक न्युनतम ४०७ र अधिकतम २९६० मि.मि सरदर वर्षा हुने यस जिल्लामा वार्षिक औसत तापक्रम न्युनतम ३ डिग्री सेल्सियस र अधिकतम ३६ डिग्री सेल्सियस रहने गरेको छ । यस जिल्लामा सप्तगण्डकीको प्रमुख सहायक नदी कालीगण्डकीका साथै म्याग्दी तथा रघुगंगा नदी लगायत थुप्रै नदी तथा खोलानाला रहेका छन् । विश्वकै सबभन्दा गहिरो अन्धगल्छी (६९६७ मी), रुप्से छहरा, तातोपानी कुण्डहरु, धौलागिरि हिमाल, अन्नपूर्ण हिमाल, निलगिरी हिमाल, गुर्जाहिमाल, पुठा हिमाल, जलजला क्षेत्र, धौलागिरि वेसक्याम्प, घोडेपानी, पर्यटकीय महत्व बोकेका स्थलहरु रहेका छन ।

सामाजिक, सांस्कृतिक एवं पर्यटकीय महत्व
सामाजीक अवस्थाः बि.स. २०६८ को जनगणना अनुसार म्याग्दी जिल्लाको कुल जनसंख्या १ लाख १३ हजार ६४१ रहेको छ । हिन्दु र बौध्द धर्म मान्नेको बाहुल्यता रहेको यस जिल्लामा छिटपुट रुपमा इशाई र इश्लाम धर्म मान्नेहरु पनि भेटिन्छन् । यस जिल्लामा बहुसंख्यक मात्रामा मगर जातिको अतिरिक्त बाहुन, क्षेत्री, ठकुरी, नेवार, गुरुङ, गिरी, सार्की, कामी, दमाई, थकाली, छन्त्याल र अन्य जातिहरुको बसोबास रहेको पाइन्छ । मुख्य रुपमा नेपाली भाषा बोलिने यस जिल्लामा मगर, नेवारी, छन्त्याल, थकाली र केहि मात्रामा गुरुङ भाषा पनि बोल्ने गरेको पाइन्छ । दशैँ, तिहार, ल्होसार, माघेसंक्रान्ति, फागुपूर्णिमा, बैशाख पुर्णिमा, जनै पूर्णिमा, तिज आदि यहाँका प्रमुख चाडपर्वहरु हुन् ।
प्रमुख धार्मिकस्थलहरुः गलेश्वर धाम (घतान गाविस), पुलत्स्य आश्रम (पुलाचौर), बौध्द-गुम्बा (अर्थुङ्गे) आदि प्रमुख धार्मिकस्थलहरु रहेको यस जिल्लाका अन्य धार्मिकस्थलमा रिखार (कुइनेमंगले), बेनी शिवालय (अर्थुङ्गे), लक्ष्मीनारायण मन्दिर (अर्थुङ्गे), वरको रुख (अर्थुङ्गे), महारानिथान (अर्थुङ्गे), मालिकथान (वीम), गिध्देश्वर मन्दिर (हिस्तान), जगन्नाथ मन्दिर (पुलाचौर), ढोलठाना (पुलाचौर), भगवती मन्दिर (भगवती),ताकमकोट (ताकम), खोप्रा खरिवारह (शिख) आदि पर्दछन ।

प्रमुख ताल तथा कुण्डहरूः तातोपानी (सिंगा र भुरुङ), पुनहिल (घार), घोडेपानी (घार) अन्ध गल्छी (दाना), रुप्से झरना (दाना), धवलागिरी बेस क्याम्प (मुदी) आदि प्रमुख पर्यटकीय स्थलहरु रहेको यस जिल्लाका अन्य पर्यटकीयस्थलहरुमा मालिकाधुरी (देवीस्थान), टोड्केधुरी (झीं र कुहुँ), ढोरपाटन आरक्ष (गुर्जा र लुलाङ), मालिकधुरी (विम), पछात्र धुरी (चिमखोला), पेरी भरानी ताल (राम्चे), लालीगुराँस वन क्षेत्र (घार, शिख र अन्य क्षेत्र) दहबुकी वन क्षेत्र (चिमखोला), जलजला क्षेत्र (राम्चे) आदि पर्दछन ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार म्याग्दी जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ नगरपालिका र ५ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः वेनी नगरपालिका
केन्द्रः साविक वेनी नगरपालिका
जनसङ्ख्याः ३३४९८
क्षेत्रफलः ७६.५७ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
बेनी |
१,२ |
|
|
२ |
बेनी |
३,४ |
|
|
३ |
भकिम्ली |
१-९ |
|
|
४ |
बेनी |
१३,१४ |
|
|
५ |
बेनी |
११,१२ |
|
|
६ |
बेनी |
५,८ |
|
|
७ |
बेनी |
६ |
|
|
८ |
बेनी |
७ |
|
|
९ |
बेनी |
९,१० |
|
|
१० |
पात्लेखेत |
१-९ |
|
|
२. नामः अन्नपूर्ण गाउँपालि
केन्द्रः वडा नं. ६ पोखरेबगर
जनसङ्ख्याः १३३१५
क्षेत्रफलः ५५६.४१ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
दोवा |
१-९ |
|
|
२ |
भुरुङ तातोपानी |
१-९ |
|
|
३ |
दाना |
१-९ |
|
|
४ |
नारच्याङ |
१-९ |
|
|
५ |
शिख |
१-९ |
|
|
६ |
घार |
१-९ |
|
|
७ |
हिस्तान |
१-९ |
|
|
८ |
राम्चे |
१-९ |
|
३. नामः धवलागिरी गाउँपालि
केन्द्रः धवलागिरी गा.पा.,३ सातमुले, घट्टेखोला
जनसङ्ख्याः १४१०४
क्षेत्रफलः १०३७ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
गुर्जा |
१-९ |
|
|
२ |
लुलाङ |
१-९ |
|
|
३ |
मुना |
१-९ |
|
|
४ |
मुदी |
१-९ |
|
|
५ |
मल्कवाङ |
१-९ |
|
|
६ |
मराङ |
१-९ |
|
|
७ |
ताकम |
१-९ |
|
४. नामः मंगला गाउँपालिका
केन्द्रः साविक बाबियाचौर गा.वि
जनसङ्ख्याः १६२८६
क्षेत्रफलः ८९ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
कुहुँ |
१-८ |
|
|
२ |
वावियाचौर |
१-९ |
|
|
कुहुँ |
९ |
|
||
दरवाङ |
४ |
|
||
३ |
बरन्जा |
१-५ |
|
|
४ |
बरन्जा |
७-९ |
|
|
५ |
अर्मन |
१-९ |
|
५. नामः मालिका गाउँपालिका
केन्द्रः साविक दरवाङ गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १९४५८
क्षेत्रफलः १४७ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
निस्कोट |
१-९ |
|
|
२ |
रुम |
१-६ |
|
|
३ |
रुम |
७-९ |
|
|
४ |
अखरबोट |
६-९ |
|
|
५ |
देविस्थान |
१-५ |
|
|
६ |
दरवाङ्ग |
१-३, ५-९ |
|
|
७ |
विम |
१-९ |
|
६. नामः रघुगंगा गाउँपालिका
केन्द्रः रघुगंगा-३ मौवाफाँट
जनसङ्ख्याः १५७५३
क्षेत्रफलः ३७९ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
बेगखोला |
१-९ |
|
|
२ |
राखु भगवति |
१-९ |
|
|
३ |
राखु पिप्ले |
१-९ |
|
|
४ |
दग्नाम |
१-९ |
|
|
५ |
झीं |
१-९ |
|
|
६ |
पाखापानी |
१-९ |
|
|
७ |
चिमखोला |
१-९ |
|
|
८ |
कुईने मंगले |
१-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति म्याग्दी । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । म्याग्दी जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।