Mugu Children

मुगु जिल्ला Mugu District

मुगु जिल्लाको परिचय

नेपालको कर्णाली प्रदेश अन्तरगत मुगु जिल्ला भौगोलिक रुपमा विषम र विविधता युक्त पर्यटन , जडिवुटी र तामाखानी , फलामखानी समेत भएको विकट र दुर्गम हिमाली जिल्ला हो ।ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा  पौराणिक  किम्वदन्तीहरुले धनि जिल्ला मानिने यस जिल्लाको सदरमुकाम गमगढी रहेको छ । प्राय : मुगाली भनेर चिनिने यस क्षेत्रका बासिन्दाहरु रारा तालको  मालिक भन्न रुचाउछन् । यस जिल्ला मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता नदीहरु त्यसैका छेउछाउमा बस्ने डाँफे, कालिज चराहरुको सुमधुर धुन र कस्तुरीहरुको नाचले मुगु जिल्लाको बिशेष परिचय दिन्छन् । पशुपालन, साना व्यवसाय र जडीबुटी प्रमुख रहेका छन । स्वास्थ्य, शिक्षा जस्तो सामाजिक क्षेत्रमा अत्यन्तै पछाडी परेको भएता पनि विस्तारै आफु र आफ्ना आवश्यकताहरुको पहिचान गर्नसक्ने यस क्षेत्रका बासिन्दाको चेतनामा बृद्धि हुँदै आएको पाईन्छ । सडक यातायातको अभावमा महंगो खाद्यान्न तथा औषधोपचारको सामना गरी रहनु परेको छ ।

Mugu Rara Lake
रारा ताल मुगु

मुगु जिल्लामा भौगोलिक बिबिधतासंग धार्मिक, सांस्कृतिक तथा भेष भुषामा पनि विविधता भएको जिल्ला हो । यहाँको सांस्कृतिक विविधता निकै अचम्म लाग्दो छ । त्यसैगरी यस जिल्लामा असुरो देखि यार्सागुम्वा र सिसौ देखि देवदार जस्ता काठ पाईने हुनाले यहाँको प्राकृतिक सम्पदामा पनि निकै विविधता पाईन्छ । त्यसै गरी तराईको गर्मी हावापानीमा फल्ने आँप, केरा, उखु पहाडमा पाईने सुन्तला र हिमालमा पाईने स्याउ, नास्पती जस्ता फलफूलहरु पाईनुका अतिरिक्त बाबियो, घाँस देखि बुकी फूल सम्म पाईने यस जिल्लाको भौगोलिक विविधता पनि अचम्मको नै छ । पौराणिक किम्वदन्ती अनुसार विभिन्न भनाईहरु रहेता पनि यस जिल्लाको उत्तर भेगकोमा पर्ने मुगु गाँउको नामबाट यस जिल्लाको नाम रहन गएको छ  ।

Mugu Rara Lake
तस्विरमा मुगु जिल्ला
मुगु जिल्लाको भाैगोलीक अवस्थिती

क्षेत्रफल  :– ३१०३ बर्ग किलो मिटर

उचाई   :–  १२०१ मिटर देखि ६७०७ मिटर सम्म

अक्षांस  :– २२ डि.४० देखि २९ डि.५६.३० उत्तरी अक्षांस ।

देशान्तर  :– ८१ डि.४६.४० देखि ८२ डि. ४९.५७ पूर्व

सदरमुकाम गमगढीको उचाई    : – २२६६ मिटर

सीमाना  पूर्व  :- डोल्पा

पश्चिम  :-  बाजुरा

उत्तर :-  हुम्ला देखि चीनको स्वशासित क्षेत्र तिव्वत

दक्षिण :- जुम्ला,कालिकोट

२०६८ सालको जनगणनाको प्रारम्भिक नतिजाको आधारमा ।  कुल जनसंख्या   :–   ५५१०० महिला :–   २६५९२    पुरुष  :– २८५०८  बृद्धिदर :–  २.०९ %  घर संख्या :–   ९३०२ परीवार संख्या :– ९६७७  साक्षरता पुरुष :– ४९.५% साक्षरता महिला :– ९%  जनसंख्या बृद्धिदर :– २.०९%      रहेकाे छ ।

मुगु जिल्लाको हावापानी र तापक्रम

मुगु जिल्लाको समशितोष्ण, उष्ण, शितोष्ण र शीत प्रधान हिमाल (ठण्डा शितोष्ण) समेत जम्मा ४ किसिमका हावापानी पाईन्छ ।   तापक्रम हिउरेखा भन्दा तल न्यूनतम ८ डिग्री सेल्सियस देखि अधिकतम ३० डिग्री सेल्सियस हिउ रेखा भन्दा माथी ० डिग्री सेल्सियस ।  औसत बार्षिक बर्षा :  ७०६   मि.मि. सम्म ।

Mugu children
तस्विरमा वालवालीका मुगु जिल्ला
  मुगु जिल्लामा रहेका प्राकृतिक सम्पदाहरू

१)  मूख्य नदी  :–  डोल्फु कर्णाली र मुगु कर्णाली ।

२) खोला :– खत्याड, गमगाढ आदी ।

३) प्रमुख ताल :– राराताल

मुगु जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

मुगु जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार मुगु जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर   १ नगरपालिका र ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.      नामः छाँयानाथ रारा नगरपालिका

केन्द्रः साविक गमगढी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २००७८

क्षेत्रफलः ४८०.६७  (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

श्रीनगर

१-४

श्रीनगर

५,६

श्रीनगर

७-९

कार्किबाडा

कार्किबाडा

१-४

कार्किबाडा

५-८

पिना

५-८

पिना

१,२,९

पिना

३,४

रारा

८,९

१०

रोवा

१-४

११

रोवा

५-६

१२

रोवा

७-९

१३

रुगा

१-५

१४

रुगा

६-९

 २.      नामः मुगुमकार्मारोंग गाउँपालिका

केन्द्रः साविक पुलु गा.वि.स.को कार्यालय

जनसङ्ख्याः५३९६

क्षेत्रफलः २१०६.९१  (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

डोल्फु

१-९

मुगु

१-९

किम्री

६-९

किम्री

१-५

पुलु

४-९

पुलु

१-३

मांग्री

७-९

मांग्री

५-६

मांग्री

१-४

 ३.      नामः सोरु गाउँपालिका

केन्द्रः साविक जिमा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १२२३८

क्षेत्रफलः  ३६५.८ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

नाथर्पु

१-४,९

नाथर्पु

५-८

भिई

१-९

फोतु

१-५

फोतु

६-९

जिमा

३-९

जिमा

१-२

रारा

१-७

कालै

१-९

१०

धैनकोट

१-५

११

धैनकोट

६-९

 ४.      नामः खत्याड गाउँपालिका

केन्द्रः साविक श्रीकोट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः१७११६

क्षेत्रफलः  २८१.१२ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सेरी

१-३,५

सेरी

४,६-९

श्रीकोट

१-४

श्रीकोट

५-९

खमाले

१-९

गम्था

१-४

गम्था

५-९

सुकाढिक

१-३

ह्याङ्लु

७-९

सुकाढिक

४-९

१०

ह्याङ्लु

१-६

११

कोटडाँडा

१-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति मुगु र जिल्ला प्रशासन कार्यालय मुगु। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । मुगु जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *