मल्ल राजाहरूका मुख्य कृतिहरू

जयस्थिति मल्ल

पेसागत हकहितको संरक्षण, जग्गालाई अब्बल, दोयम, सिम र चाहार गरी ४ भागमा विभाजन, घर, जमिन बेचविखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्था; माना, पाथी, ढक तराजुमा सुधार, चारवर्ण छत्तीस जातको सामाजिक व्यवस्था, जातीय पेसा र पहिरनको व्यवस्था, गोपाल राजवंशावलीको रचना ।

यक्ष मल्ल

भक्तपुर तौमडी टोलको मन्दिर, दत्तात्रय मन्दिर, यक्षश्वर मन्दिर, ललितपुरको भीमनाथ मन्दिर स्थापना ।

रत्न मल्ल

तामाको मुद्रा प्रचलन, तलेजु मन्दिर निर्माण, पशुपतिमा दक्षिणकाली, सप्तर्षि र अष्टमातृकाका मूर्ति स्थापना महिन्द्र मल्ल
उपत्यकामा चाँदीको मोहोर (महेन्द्र मल्ली) चलाएका, तलेजुनजिक महेन्द्रेश्वर महादेव मन्दिर निर्माण ।

लक्ष्मीनरसिंह मल्ल

नुवाकोट भैरवी मन्दिरको जिर्णोद्वार गराएर पाँच ओटा सुनका गजुर चढाएका, मखनको शिवालय स्थापना, काष्ठमण्डप निर्माण।

प्रताप मल्ल

तलेजु भवानीको मन्दिरअगाडि खम्बा गाडेर सुनको मालम्वा लगाइएको धातुको सिंह स्थापना (१६९९), हनुमान ढोका दरबारको विस्तार, मोहनचोक, सुन्दरी चोक, नासलचोक, भण्डारखाल बगैँचाको निर्माण, हनुमानढोका, दरबारक्षेत्रमा विश्वरूपको सुनौलो मूर्ति स्थापना, हनुमानढोका बाहिर २ ओटा हनुमानका मूर्ति स्थापना, नासलचोकमा नृसिंहको मूर्ति स्थापना, रानीपोखरी निर्माण, गुहेश्वरी, दक्षिणकालीको स्थापना, पशुपतिमा कोटिलिङ्ग स्थापना ।

जयप्रकाश मल्ल

कुमारीचोक स्थापना, कुमारीको रथयात्रा आरम्भ, बालाजुको २२ मध्ये २१ धारा निर्माण ।

सिद्धि नरसिंह मल्ल

पाटनको कृष्ण मन्दिर निर्माण, भण्डारखालको धारा पोखरी निर्माण ।

जगज्योति मल्ल

भक्तपुरमा विस्केट जात्रा सुरु गरेका ।

भूपतिन्द्र मल्ल

भक्तपुर दरबार क्षेत्रका कलाकृति, ५५ झ्याले दरबार, मालती चोक निर्माण ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *