भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी एक चिनारी

लुम्बिनी  भगवान गौतम बुद्धको जन्मस्थलको रूपमा विश्वभर प्रख्यात छ । लुम्बिनी नेपालमात्र होइन विश्वकै लागि पवित्र तीर्थ धाम हो । गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनसाथ भन्न नसकिए पनि बिसौं शताब्दीका धेरैजसो इतिहासकारहरु उनको जीवनकाल ५६३ इशापूर्व देखि ४८३ इशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् । इशापूर्व ५६३ मा चुरेको पीठको समथर भू–भागमा बुद्धको जन्म भएको भन्ने इतिहासकारहरूको भनाइ छ । प्रख्यात चिनीया धार्मिक यात्रु हुयान साङ्ग र फाइह्यानले पनि बुद्ध जन्मेको पृथ्वीको स्वर्गको रूपमा लिन सकिने ठाउँमा अत्यन्त सुन्दर मन्दिरहरू र पहाडहरू छन् भनेर यस क्षेत्रको वर्णन गरेका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा मौर्य सम्राट अशोकद्धारा राखिएको अशोक स्तम्भ राणा प्रधानमन्त्री वीर शमशेरका भाइ खड्ग शमशेरले गराएको लुम्बिनीको उत्खनन्बाट र त्यसमा रहेको अभिलेख भेटियो ।

Photo of Lumbini
तस्विरमा भगवान गाैतम बुध्दको जन्मस्थल लुम्विनी

राणा प्रधानमन्त्री वीर शमशेरका भाइ खड्ग शमशेरले गराएको लुम्बिनीको उत्खनन्बाट लुम्बिनी बुद्धको जन्मस्थल हो भन्ने तथ्य प्रमाणित भएपछि विश्वभर गौतम बुद्धको जन्मस्थल गण्डकी प्रदेशको रुपन्देही जिल्लामा पर्ने स्थापित भयो । खड्ग शमशेरले आफँै बसेर उत्खनन गराइरहेको समयमा सो ठाउँमा पुगेका भारतीय पुरातइभ्व सर्वेक्षण विभागअन्तर्गतका एक पुरातइभ्वविद् कर्मचारी जर्मन नागरिक डा. फुहररले उक्त स्थानमा कुँदिएको अभिलेखको फोटो खिचेर त्यसको उतार लिएका थिए र भारतमा फर्केर आफ्नो प्रतिवेदन प्रकाशित गराएका थिए ।यसरी खड्ग शमशेरले बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको अशोक स्तम्भको कारणले बुद्धको जन्मस्थल यकिन गर्न मद्दत पुगेको देखिन्छ । राजा अशोक आफ्नो गद्दी आरोहणको २० आँै वार्षिकोत्सव मनाउन लुम्बिनी आएका थिए र लुम्बिनीमा अशोकस्तम्भ खडा गरेका थिए । अशोक स्तम्भमा ब्रह्मलिपीका अभिलेख कुदिएका छन् । बुद्धको जन्मस्थानका चारैतिर त्यसबेलाका पुराताइिभ्वक महइभ्वका भग्नावशेष तथा मण्डलहरू यत्रतत्र छरिएका छन् ।

Photo of Lumbini
तस्विरमा शान्ति दिप

लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा मायादेवीले रूखको हाँगा समाती बुद्धलाई जन्मदिएको र जन्मनासाथ सातपाइला हिँडेको दृश्य अङ्कित मूर्ति रहेको छ । बुद्ध जन्मेर पाइला टेक्नुअगाडि नै कमलको फूल उत्पत्ति भएको धारणा रहेको पाइन्छ । लुम्बिनी विकास कोष र जापानका विशेषज्ञद्वारा संयुक्तरूपले मायादेवी मन्दिर रहेको स्थानमा उत्खनन कार्य गरियो ।त्यसक्रममा बुद्धको जन्म भएको ठाउँको चिनोको रूपमा राखिएको शिला प्राप्त भएको र मायादेवीको शयन मुद्राको फोटोको साथमा राहुल र सिद्धार्थ गौतमको चित्रसमेत रहेको टेराकोटाको मूर्ति पाइएको यर्थाथले लुम्बिनीलाई बुद्धको जन्मस्थल हो भन्ने कुराको निक्र्यौल गर्न पर्याप्त प्रमाण प्राप्त भएको छ ।

lumbini
तस्विरमा बाैध्द धर्मालम्वीहरू

बुद्ध जन्मस्थलको चिनोको रूपमा प्राप्त प्रस्तर र त्यस परिसरका पुराताइिभ्वक क्षेत्रहरूलाई संरक्षण गर्न यथास्थितिमा संरक्षित गरी सुन्दर मायादेवी मन्दिरको निर्माण गरिएको छ । भविष्यमा यस स्थानमा अनुसन्धानकर्ताहरूलाई पुराताइिभ्वक अध्ययन गर्न मद्दत पुग्न जाने देखिन्छ । बुद्धको जन्मस्थलको नजिकै रहेको अत्यन्त रमणीय पोखरीलाई पुष्करिणी भनेर चिनिन्छ । बुद्धलाई जन्मदिनुभन्दाअगाडि मायादेवीले यस पोखरीमा पवित्र स्नान गरेको बताइन्छ । लुम्बिनीको २७ किलोमिटर पश्चिम कपिलवस्तुमा विभिन्न पुराताइिभ्वक वस्तुहरू रहेका छन् । कविलवस्तु नै राजा शुद्धोधनको राज्यको रूपमा रहेको र सो राज्यको राजधानी तिलौराकोटमा राजा शुद्धोधनको दरबार रहेको कुरा ऐतिहासिक तथ्यहरूले पुष्टि गरेका छन् ।

तिलाैराकोट
तिलौराकोटमा रहेको राजा शुद्धोधनको दरबार

तिरौलाकोटमा असंख्य पुराताइिभ्वक भग्नावशेषहरू रहेका छन् । चतरादेव भन्ने स्थानमा भुषणकालीन भाँडाकुँडाहरू प्राप्त भएका छन् । यसबाट त्यस स्थानमा पौराणिक सहरको अस्तित्व रहेको स्पष्ट हुन्छ । गोतीश्वरमा अशोक स्तम्भको प्रतिमूर्तिको रूपमा स्तम्भ निर्माण भएको पाइन्छ । हाल उक्त स्तम्भ खण्डित रूपमा रहेको छ । यसबाहेक पुराताइिभ्वक क्षेत्रहरूमा निग्लिहवा पनि पर्दछ । यहाँ मयूर आकृति र देवनागरी लिपीमा “ओम मणि पद्मे हुम दिपु मलइ चीरन दयुत १२३४” भन्ने उल्लेख भएको अशोक स्तम्भले पनि ऐतिहासिक महइभ्वलाई प्रतिविम्बित गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव उथान्त नेपाल भ्रमणको अवसरमा लुम्बिनी गएका थिए । उनले सो अवसरमा लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिको केन्द्रको रूपमा विकास हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् ।

अशोक स्तम्भ

सोहीअनुरूप जापानका प्रख्यात वास्तुकलाविद् केन्जो टाँगेले लुम्बिनी विकासका निम्ति गुरुयोजनाको परिकल्पना गरे । सोही गुरुयोजनाअनुसार लुम्बिनी हाल अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको रूपमा विकसित हुँदैछ । यस गुरुयोजनामा लुम्बिनी ग्राम, धार्मिक स्थल र पवित्र बगैँचाको परिकल्पना छ । लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषको स्थापना र सञ्चालन भएको छ । लुम्बिनीमा विभिन्न देशहरूले आ–आफ्नै शैलीमा बौद्धस्तुपहरू बनाउने अभ्यास पनि भएको देखिन्छ । लुम्बिनी विकासकोषअन्तरगत लुम्बिनी विकासको गुरुयोजनाअनुसार क्रमशः विकास भइरहेको छ । लुम्बिनीको अशोकस्तम्भ र मायादेवी मन्दिर रहेको स्थानलाई पवित्र बगैँचा एवं पवित्र धार्मिक स्थलको रूपमा विकास गरिएको छ । गुरूयोजनामा उल्लेख भएको बौद्धमय मन्दिरको क्षेत्रमा विश्वका बौद्ध धर्मका अनुयायी देशहरूबाट आ–आफ्नै देशका वास्तुकलाले भरिपूर्ण विहार, मन्दिर तथा स्तुपहरूको निर्माण भएका छन् ।

bhagwan gautam buddha
भगवान गाैतम बुध्द

चीनको विहार, ताराफाउण्डेसनद्वारा निर्मित होटस स्तुपा, म्यानमारको विहार, मनाङ गुम्बा, थाई विहार, भियतनाम विहार, जापानद्वारा निर्मित निपोल म्होहोजा पिस प्यागोडा, कोरियन विहार, महाबोधी समाज विहार, आदि उल्लेखनीय स्थलहरू यहाँ रहेका छन् । यसबाट अन्तर्राष्ट्रिय बौद्ध धर्मावलम्बीहरूको मुख्य तीर्थस्थलको रूपमा विकास गर्न ठूलो टेवा पुग्न गएको छ । लुम्बिनी गुरुयोजना क्षेत्रमा लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था स्थापना भएकोले यो बौद्ध र बौद्ध दर्शनसम्बन्धी अध्ययन, अनुसन्धान गर्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विद्धानहरूलाई अध्ययनको थलो भएको छ । यस अन्तर्राष्ट्रिय संस्थामा बौद्ध दर्शनसम्बन्धी पुस्तक, ग्रन्थ, सि.डी र माइक्रोफिल्म आदि बहुमूल्य सामग्रीहरू सङ्ग्रह गरिएका छन् ।

Buddha kaa paila
बुध्दका पाइला

लुम्बिनीमा सम्पन्न भएको दोश्रो विश्व बौद्ध सम्मेलनले बौद्ध विश्व विद्यालय स्थापना गर्ने निर्णय गरेको छ । यस क्षेत्रमा शान्तिद्वीप पनि प्रज्ज्वलित छ । पर्यटकीय हिसाबले पनि विकास गर्न यस क्षेत्रमा विकास निर्माणका कार्यहरू जारी नै छन् । केही गेष्ट हाउस तथा होटलहरूको सञ्चालन पनि भएको छ । वैशाख पूर्णीमाका दिन भव्यताका साथ बुद्धजयन्ती मनाउने प्रचलन छ । लुम्बिनीको साथसाथै शुद्धोधनको दरबार रहेको तिलौराकोट र बुद्धको मावली ग्रामको रूपमा परिचित रहेको रामग्रामसमेत बुद्धको जीवनसित घनिष्ठ रूपले गाँसिएका रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा पर्ने पुरातात्विक केन्द्रहरूको एकीकृतढङ्गबाट विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

अझ पाणिनी ऋृषिको तपोभूमिको रूपमा परिचित, दुर्वासाले तपस्या गरेको दुर्वासा गुफा र महाभारतकालीन गाथाको गरिमा बोकेको उलुक तथा बल्कोट, अर्घाखाँचीको ऐतिहासिक पौवा र गुल्मीको रेसुङ्गा एवं प्रसिद्ध तीर्थस्थल रुरुक्षेत्रको साथसाथै मनोरम सहर तानसेन, कलात्मक रानीघाट दरबार र देवघाटलगायतका लुम्बिनीको वरपरका पर्यटकीय र धार्मिक महइभ्वका क्षेत्रहरूसमेतको एकीकृत विकास गर्न सकेमा लुम्बिनी क्षेत्रले मुलुक र संसारकै एउटा गौरवपूर्ण पर्यटन केन्द्रको आकार लिन सक्ने सम्भावना रहेको कुरामा शङ्का गर्नुपर्ने ठाउँ देखिँदैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *