Palpa Jilla

पाल्पा जिल्ला Palpa District

परिचय

लुम्विनी प्रदेश को १२ जिल्लाहरुमध्ये पाल्पा एक पहाडी जिल्ला हो । विश्व मानचित्रमा यस जिल्ला २७ डि.३४ मिनेट, देखि २७ डि. २७ मि. सम्म उत्तरी आक्षांस र ८३ डि.१५ मि. देखि ८४ डि.२२ मी. सम्म पूर्वी देशान्तरमा अवस्थित छ । १३७३ वर्ग कि.मी. क्षेत्रफल भएको जिल्लाको पूर्व पश्चिम ७० कि.मी. र उत्तर दक्षिण सरदर २० कि.मी. भएकोले सानै रुपमा भए पनि झण्डै नेपाल जस्तै देखिन्छ । क्षेत्रफलको हिसावले यस जिल्लाले नेपालको कूल भू–भागको ०.९३ प्रतिशत भू–भाग ओगटेको छ । जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा गुल्मी अर्घाखाँची उत्तरमा स्याङ्गजा गुल्मी र दक्षिणमा रुपन्देही रहेको छ । सरदर तापक्रम ८ डि.से. देखि २८ डि.से. सम्म हुनाले पाल्पा जिल्ला हावापानीको हिसावले वसोवासका निम्ति अत्यन्त उत्तम छ । सरदर वार्षिक वर्षा १९०३.२ मि.मी. हुन्छ । चुरे पहाडमा १८ प्रतिशत र महाभारत श्रृंखलामा ८२ प्रतिशत भू–भागले गर्दा जिल्लाको अधिकांश पहाडी भूवनोटको कारण विकट छ । रामपुर, माडी, अर्गली, कचल, दर्पूक जस्ता फाँट र काली गण्डकीका तट वाहेक अन्य भाग कृषि उत्पादनका लागि कम उपयुक्त छ ।

ranimahal Palpa
पाल्पा रानिमहल

पाल्पा जिल्लामा मुख्य वनस्पतीमा साल, सिसौ, सिमल, जामुन, टुनी, चाप, हर्रो, वर्रो आदि वेसी तथा चुरे क्षेत्रमा पाइन्छ भने काफल, चिलाउने, कटुस, सल्लो, लालीगुराँस आदि लेक तथा महाभारत श्रृंखलामा पाइन्छन् ।  यसका अतिरिक्त जिल्लामा रिडीखोला, तिनाउखोला, निस्दीखोला, आरुङखोला, दोभानखोला, कुसुमखोला, वराङ्गदीखोला, कुरुङखोला, अगाँहाखोला, पूर्वखोला, झुम्साखोला जस्ता साना ठूला नदी तथा खोलाहरु छन् । सत्यवती ताल, सीता कुण्ड र प्रभासताल यस जिल्लाका मुख्य ताल तथा कुण्डहरु रहेका छन ।सेनवंशी र मगराँती पृष्ठभूमि वोकेको पाल्पा जिल्लालाई इतिहास, कला, शिक्षा, संस्कृति, रहनसहन र सभ्यताको धनी मानिन्छ । राणाकालीन चार कमाण्डरहरु मध्ये एक रहने अहिलेको लुम्विनी अंचल भन्दा ठूलो प्रशासनीक इकाईको रुपमा रहेको र सुदुर पश्चिमका जनताले समेत गल्ती गरेमा पाल्पा चलान भन्ने गरेवाट यो पश्चिम नेपालकै राजधानीकोरुपमा रहेको पुष्टि हुन्छ ।

Palpa Durbar
तस्विरमाः पाल्पा दरवार
धार्मिक तथा पर्यटकीय महत्व

विश्वमा परिचित पर्यटकीयस्थल पोखरा तथा धार्मिकस्थल लुम्विनीको विचमा अवस्थित पाल्पाको सदरमुकाम तानसेनको पर्यटकीय महत्वको कारणले गर्दा तानसेन नगरपालिका नमूना शहरको रुपमा मानिन्छ । यसै शहरको मुकुटको रुपमा रहेको श्रीनगरडाँडा प्राकृतिक छटाले भरिपूर्ण छ जहाँवाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण जस्ता विश्व प्रसिद्ध हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । आफ्नै भाषा र संस्कृतिले धनी मगर जातिको बाहुल्य रहेको र अन्य प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना देखिन्छ । सत्यवती ताल, भैरवस्थान, नारायणस्थान, ऋषिकेश मन्दिर, रम्भादेवी, भगवती स्थान, अर्गली, रानीघाट, गोखुङ्गा, रिम्घालेक, रिव्दीकोट, हात्तीलेक, बल्ढेङगढी जस्ता ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको छुट्टै महत्व रहेको छ ।

Palpa Tansen bazar
तस्विरमा पाल्पा जिल्ला सदरमुकाम तानसेन
पाल्पा जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

पाल्पा जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार पाल्पा  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर   २ नगरपालिका र ८ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.      नामः रामपुर नगरपालिका

रामपुर नगरपालिका नेपाल सरकारले २०७१ बैशाख २५ गते घोषणा गरेको ७२ नगरपालिका मध्येको एक विविध सम्भावना रहेको र भौगोलिक हिसावले ठूलो नगरपालिका हो । राजनैतिक विभाजनका हिसावले लुम्बिनी प्रदेश, पाल्पा जिल्ला अन्तरगत पूर्वि पाल्पामा अवस्थित सदावहार निर्मल, स्वच्छ एवं धार्मिक हिसावले पवित्र काली नदीको तटमा रहेको छ । परापूर्व कालमा नुन, उन र सुनको व्यापारको पैदल मार्ग बनेको रामपुर अहिलेको औद्योगिक तथा व्यापारीक केन्द्रको सम्भाव्य क्षेत्रको रुपमा रहेको छ ।

जिल्ला  सदरमुकाम तानसेन देखी ६५ किलोमिटर पूर्वमा पर्ने यस रामपुर नगरपालिका राजधानी काठमाडौं देखि पक्कि सडक हुंदै करिब ३७५ कि.मी. को दुरीमा छ भने प्रसिद्ध केलादी घाटमा निर्माण भएको पक्की पुल सुचारु भएपछि रामपुर काठमाडौंको दुरी छोटिएर २५० कि.मी. दुरी बनेको छ । यसको भौगोलिक अवस्थितिमा २७ डिग्री ३३ मिनेट देखी २७ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४६ मिनेट  देखी ८३ डिग्री ५४ मिनेट पूर्वि देशान्तरमा रहेको छ । समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.३४  वर्ग कि.मि. क्षेत्र ओगटेको छ । पूर्वमा निस्दी गाउपालिका, पश्चिममा रम्भा गाउपालिका  उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, तनहुँको घिरिंग गाउपालिका र दक्षिणमा पाल्पा जिल्लाको निस्दी गाउपालिका र पूर्वाखोला गाउपालिका सिमानामा रहेका छन् ।

वि.सं. २०७१ साल जेष्ठ ४ गतेबाट सन्चालनमा आएको यस  नगरपालिकाको २०७१ साल जेष्ठ १७ गते विधिवत उद्घाटन भएको हो । साविकका गाडाकोट, दर्छा, रामपुर, खालिवन र गेझा गा.वि.स. समेटेर घोषणा भएको यस नगरपालिकाको २०७८ को जनगणना अनुसार कुल घरधूरी ११३६३ जनसंख्या ४०८८३ मध्ये महिला २२३८६  र पुरुष १८४९७ रहेको छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामले मन पराएर बास गरेको भन्ने मान्यता रहेकोले यस स्थानको नाम रामपुर नामाकरण रहेको विश्वास गरिएको यस नगरपालिका वातावरणीय र खोज अनुसन्धानका हिसावले पनि महत्वपूर्ण रहेको छ ।

केन्द्रः साविक रामपुर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ४०८८३

क्षेत्रफलः १२३.३४ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रामपुर

१,२

रामपुर

रामपुर

४,५

रामपुर

रामपुर

७,८

रामपुर

रामपुर

१०

रामपुर

११,१३

रामपुर

१२

१०

रामपुर

१४,१५

 २.      नामः तानसेन नगरपालिका

तानसेन नगरपालिका लुम्बिनी प्रदेश कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२  मिटरको उचाईमा रहेको छ । तानसेन नगरपालिका क्षेत्रभित्र धेरै धारा र कुवा रहेका छन । होलङ्गदी खोला,गुरुजुधारा,तीनधारा र नारायणस्थान मुख्य धारा हुन् । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७.५० ° उत्तर देखि २७.५३ ° उत्तरी अक्षांश  र ८३.३१ ° पूर्वदेखि ८३.३५ ° पूर्वी देशान्तरमा रहेको छ ।

तानसेन नगरपालिकाले १०९.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमा स्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन । मुख्य वस्तीहरु नगरको दक्षिणी भागमा अवस्थित छन । तानसेन नगरपालिका अत्यन्त पुरानो नगरपालिका हो । यसको स्थापना वि.स २००७ साल चैतमा भएको हो । वि.सं २०४८ साल सम्म ११ वटा वडा रहेकोमा २०४९ साल देखि ४ वटा वडा थप भई १५ वटा वडा र हाल पुनर्संरचना पछि  १४ वटा वडा  रहेका छन ।

तानसेनको ऐतिहासिक पृष्ठभूमी

तानसेनको ऐतिहासिक पृष्ठभूमीअत्यन्त रोचक छ । मुसलमानहरुले भारतमा आक्रमण गर्दा धेरै राज्यका हिन्दु वंशहरु उत्तरी क्षेत्रतर्फ  भागेर आए । पन्ध्रौ शताब्दीमा तिनीहरु हिमाली प्रदेशतर्फ  प्रवेश गरे र तिनीहरुले आफनै छुट्टै राज्य स्थापना गरे । त्यस समयमा रुद्र सेनले पाल्पामा सेन वंशीय राज्य विस्तार गरे । जसको राजधानी तानसेन बन्न पुग्यो । पौराणिक किम्बदन्ती अनुसार तानसेन भन्ने शब्द सेन वंशका राजाको नामबाट  ताम्रसेन  को रुपमा रहेको थियो । जसले शहरी क्षेत्रमा मात्र राज्य गरेका थिए । अर्को मान्यता अनुसार मगर शब्द  तान्सिङ बाट तानसेन बन्न गयो । जसको अर्थ उत्तरी बस्ती भन्ने बुझाउँछ ।

विक्रम सम्बत १८८५/८६ तिर काजी बख्तावरसिंह पाल्पाको तैनाथवाला भई आएका थिए । वि.सं. १८८६ मै खरका छाप्राहरु तथा कच्ची घरहरु भएको तानसेनमा भयानक आगलागी भयो । विचल्लीमा परेका बासिन्दाहरुको निवेदन पछि भिमसेन थापाले व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न र पक्की घर बनाएर बसेमा घरपतिले जग्गा बेच विखन गर्न पाउने,अमाली वा चौधरीले पजनी गर्न नपाउने आदेश दिए र वर्तमान तानसेन शहरको निर्माण शुरु भएको थियो ।

मगर जातीको प्रमुख थलोको रुपमा पाल्पा जिल्ला परिचित रहेता पनि तानसेन नगरमा नेवार, ब्राम्हण र क्षेत्री प्रमुख जातिको रुपमा रहेका छन । धार्मिकरुपमा   हिन्दु, बौद्ध, क्रिश्चियन र मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता  रहेको छ । प्रमुख राजमार्ग सिदार्थ राजमार्ग (सुनौली – पोखरा) ले छोएको छ ।

अमरसिंह थापाले निर्माण गरेको अमरनारायणको कलात्मक मन्दिर र अमरनारायण पौवा (अमरगञ्ज),उजिरसिंह थापाले निर्माण गरेको रणउजिरेश्वरी भगवती मन्दिर, खडग शमशेरद्वारा  निर्माण र प्रताप शमशेरद्वारा  पुननिर्माण गरिएको पाल्पा दरवार, बग्गी ढोका, मूलढोका, विजय स्तम्भ, सितलपाटी, अण्डाकार टुडिखेल मैदान, पश्चिमी शैलीमा निर्माण भएको त्रिभुवन बहुमुखी क्याम्पसको प्रशासकीय भवन, विरेन्द्रपार्क , ढुगा छापिएका सडक र गल्ली, पाल्पाली ढाका उद्योग,करुवा उद्योग,श्रीनगरडांडा, गुफाचौर , माण्डव्य तपोभुमी , पारीलेक वन आदि यहाँका दर्शनीय स्थल एवं महत्वपूर्ण संरचनाहरु हुन ।

जलवायु को हिसावले तानसेन नगरपालिका अत्यन्त रमणीय स्थानको रुपमा परिचित छ । यसलाई नेपालको दार्जिलिङ्गको रुपमा पनि लिने गरिन्छ । यहाँ गर्मीको समयमा अधिकतम ३५ डिग्री सेल्सियस सम्म तापक्रम रहने र जाडो समयमा न्युनतम सुन्य डिग्री सम्म तथा औषत २४ डिग्री सेल्सियस तापक्रम रहने हुँदा न त धेरै जाडो न त धेरै गर्मी हुने गर्दछ । यहाँ जाडो महिनामा  विहानै घाम लाग्ने र गर्मी समयमा पनि शितलताको अनुभुति गर्न सकिन्छ ।

तानसेनबाट १६ कि.मी उत्तर काली गण्डकी नदीको किनारमा खडग शमशेरद्वारा  प्रिय रानी तेजकुमारी देवीको सम्झनामा निर्माण गरिएको रानीघाट दरवार (नेपालको ताजमहल),९ कि.मि पश्चिममा पाल्पा कालभैरव मन्दिर र उक्त मन्दिरमा रहेको एशिया कै सबै भन्दा ठूलो पित्तलको त्रिशुल,१५ कि.मी पूर्वमा रम्भादेवी मन्दिर, ५ कि.मी दक्षिणमा रहेको साविक  ता.न.पा ११ हाल ता.न.पा ७ को प्रभास ताल र ३० कि.मी दक्षिणमा रहेको कोलडांडाको सत्यवती ताल दर्शनीय स्थलहरु हुन । जसबाट आन्तरिक पर्यटनले समेत बढावा पाएको छ ।

केन्द्रः साविक तानसेन नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५०७९२

क्षेत्रफलः १०९.८ (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

तानसेन

१०

बराङदी

२,६

तानसेन

१२,१५

तानसेन

५,६,८

तानसेन

तानसेन

७,१२,१३

बराङदी

३-५

तानसेन

३,९

तानसेन

११,१४

मदनपोखरा

२-५,९

मदनपोखरा

१,६-८

१०

तेल्घा

१-९

११

बन्दिपोखरा

१-९

१२

बौघापोखराथोक

१-९

१३

बौघागुम्हा

१-९

१४

अर्गली

१-९

 ३.      नामः निस्दी गाउँपालिका

पाल्पा जिल्ला को पूर्वी भेगमा रहेको निस्दी गाउँपालिका प्राकृतिक स्रोत सम्पदाले सम्पन्न, जलस्रोतको धनी, मगर संस्कृति र सभ्यताको केन्द्र सावीकका वाकामलाङ, सहलकोट, झिरुवास,मित्याल,गल्धा, अर्चले र ज्यामिरे  गा.वि.स. हरु मीलेर नयाँ आकार र स्वरुपमा यस गाउँपालिकाको उदय भएको हो । निस्दी र आरुणखोला जलाधार क्षेत्रको मध्य भागमा अवस्थित जुरे लेक देखि बेभोके सम्म आरुणखोला, गल्धा फाँट, मुढाबास फाँट, दमार फाँट, ढुंगानाबेसी फाँट देखि बाकामलाङको डमारा फाँट टार सम्म फैलिएको छ ।

मगर, बाह्मण, क्षेत्री, नेवार, ठकुरी, दलित समुदायको समान विकास र उन्नति नै यस गाउँपालिकाको नयाँ पहिचान हुनुपर्छ भन्ने मान्यतालाई आत्मासात गरेका छौं। नेपाल सरकारले ७४४ स्थानीय तह गठन गर्ने सन्दर्भमा २०७३ साल फाल्गुन महिनाको २७ गते विधिवत रुपमा स्थापना भएको हो । कुल क्षेत्रफल १९४.५ वर्ग कि.मी. मा फैलीएको यस गाउँपालिकाको २०७८ को जनगणना अनुसार जनसंख्या १८१२० रहेको छ। ।

पूर्वमा नवलपरासी जिल्ला , पश्चिम मा पूर्वखोला र माथागढी गाउँपालिका उत्तरमा रामपुर नगरपालिका. र पूर्वखोला गाउँपालिका तथा दक्षिण मा नवलपरासी जिल्ला रहेको छ । भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय महत्वका दृष्टिले अत्यन्त प्रवल सम्भावना भएको गाउँपालिका हो ।

केन्द्रः साविक मित्याल गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२६११

क्षेत्रफलः १९४.५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

वाकामलाङ

१-९

सहलकोट

१-९

झिरुवास

१-९

मित्याल

१-९

गल्धा

१-९

अर्चले

१-९

ज्यामिरे

१-९

 ४.      नामः  पूर्वखोला गाउँपालिका

देवीनगर देखी जल्पा बिरकोट रिङ्गनेरह हुँदै पूर्वतिर बगेको खोलाको नामबाट रहन गएको “पूर्वखोला गाउँपालिका ” पनि नेपालको एक गाउँपालिका हो । साबिकका ६ वटा गा. वि. स . लाई मिलाएर एक पूर्वखोला गाउँपालिका बनाइएको हो । पूर्वखोला गाउँपालिका डाडाकाँडाले घेरिएको छ ।पूर्वखोला गाउँपालिका १३८.०५ बर्ग कि. मि. क्षेत्रफलमा फैलिएको छ ।यस गाउँपालिकाको जनसख्या १६०५२ रहेको छ ।

यस गाउँपालिकाको केन्द्र साबिक रिङ्गनेरह गा .वि. स. को कार्यलयमा रहेको छ ।पूर्वखोला गाउँपालिका पूर्ण खोप , पूर्ण साक्षर साथै खुल्ला दिसा मुक्त भएको गाउँपालिका हो । सामुदायिक र निजी गरी ४२ वटा शिक्षण संस्था भएको यसको सबै वडामा मा. वि. सन्चालित छन् । पाल्पाको उच्च स्थलमा रहेको “हात्तीलेक” यस गाउँपालिकाअन्तर्गत पर्दछ । यहाँको भुभाग पहाडै पहाडले घेरिएको छ ।

यस गाउँपालिकामा मगर जातिको बाहुल्यता रहेको छ र केहि मात्रामा ब्राहमन , क्षेत्री र दलितहरुको बसोबस रहेको पाइन्छ । यहाँका मानिसहरु एक-आपसमा मिलिजुली आफ्नो-आफ्नो रितिरिवाज मान्दै धर्म कर्ममा रमाएका छन् । यहाँको धार्मिक स्थलहरुमा सिलुवाको चुरेबराजु ,जल्पाको जल्पादेवी , रिङ्गनेरहको शिव मन्दिर्,देवीनगरको भानुमाता देवी ,बिरकोटको अकला देवी र हेकलाङको बाराहा देवी जस्ता धार्मिक स्थलहरु रहेका छन् ।  सिलुवाको तामाखानी गाँउमा तामाको खानी रहेको विस्वास गरिन्छ र हात्तीलेकमा धेरै कुराको सम्भावित खानिहरु रहेको जानकारीमा आएको छ ।

केन्द्रः साविक रिङ्नेरह गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १६०५२

क्षेत्रफलः १३८.०५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सिलुवा

१-९

जल्पा

१-९

रिङ्नेरह

१-९

देवीनगर

१-९

विरकोट

१-९

हेक्लाङ

१-८

५.      नामः रम्भा गाउँपालिका

पाल्पा जिल्लाको  साविक हुँगी गा.वि.स.,फोक्सीङकोट गा.वि.स.,पिपलडाँडा गा.वि.स.,हुमिन गा.वि.स.,ताहुँ गा.वि.स. र हेक्लाङ गा.वि.स.को वाडा नं.९ समेत गरि जम्मा ५ वडा कायम गरि रम्भा गाउँपालिका बनाएको हो। यस गाउँपालिका उत्तरतिर कालिगण्डकी नदी बगेको छ। यस गाउँपालिकाको पूर्वमा रम्भा देवीको मन्दिर रहेकोले यस गाउँपालिकाको नाम पानि रम्भा गाउँपालिका राखिएको हो।

पाल्पा जिल्लाको सर्वोक्रिस्ट दोस्रो शिखर रिम्घाको लेक पनि यसैगाउँपालिकामा  पर्दछ।यसका साथै यस क्षेत्रमा रानिबास,ठूला हुँगिफाट,साना हुँगि,सहदी खोला,झेस्काङ जस्ता रमणीय पर्यटकिय क्षेत्रहरु पर्दछन यस गाउँपालिकालाई पश्चिममा सिदार्थ राजमार्गले छोएको छ भने उत्तर र पूर्वमा कालीगण्की कोरिडोरले छोएको छ। यसै गरी दक्षिणमा रामपुर जाने सढकले छोएको छ।

केन्द्रः साविक पिपलडाँडा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७१५५

क्षेत्रफलः ९४.१२ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हुँगी

१-९

हेक्लाङ

फोक्सिङ्कोट

१-९

पिपलडाँडा

१-९

हुमिन

१-९

ताँहु

१-९

 ६.      नामः माथागढी गाउँपालिका

वि.सं. २०७३ सालमा स्थापना भएको यस माथागढी गाउँपालिकाको नामाकरण पाल्पा जिल्लाको साविकको गोठादी गा.वि.स.को दक्षिणमा पर्ने समुद्री सतहदेखि करिव ५००० फिट उचाईमा पहाडी टापुमा अवस्थित माथागढीको नामबाट भएको हो । साविकका चिदीपानी, कसेनी, रूप्से, झडेवा, गोठादी, रहबास, र बहादुरपुर गरी ७ ओटा गाविस मिलि बनेको यस गाउँपालिकाको क्षेत्रफल २१५.४९ वर्ग किलोमिटर रहेको छ । राजनीतिक तथा प्रशासनिक दृष्टिकोणले ८ वडामा विभाजन गरिएको यस गाउँपालिकाको उत्तरमा पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका र बगनास गाउँपालिका, दक्षिणमा रूपन्देही र नवलपरासी जिल्ला, पश्चिममा तिनाऊ गाउँपालिका र तानसेन नगरपालिका  र पूर्वमा पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिका अवस्थित छन् ।

वि.स. २०६८ सालको जनगणना अनुसार मिहला-१३,९०१ र पुरूष-११११६ गरी जम्मा -२५०१७ जनसंख्या रहेको छ । जसमध्ये जातिगत विवरणको आधारमा मगर-१८,५५२, ब्राहमण-१,६७०, कामी- १,६५४, क्षेत्री-७३०, कुमाल-६९७, सार्की -५०२, दमाई-३६५, नेवार-१६९, घर्ती / भुजेल-१३०, मुस्लिम-१८, वादी १९, दसनामी- ५७ र अन्य-१७० रहेका छन् । यस गाउँपालिकाका अधिकाशं मानिसहरू कृषि पेसामा संलग्न छन् भने कतिपय सरकारी सेवा, व्यापार र वैदेशिक रोजगारमा समेत संलग्न रहेका छन् । माडीफाँट, झडेवा फाँट र मटेरी फाँट धान उत्पादनका लागि उपयुक्त ठाउँ हो भने बहादुरपूर, रहवास, हात्तिलुङ्ग र गोठादी लगायतका वडामा व्यावसायिक बाख्रा पालनका लागि उपयुक्त रहेका छन् ।

मगाराती पृष्ठभूमि बोकेको गाउँपालिकालाई इतिहास, कला, सँस्कृति र सभ्यतामा समेत धनि रहेको छ । यस गाउँपालिकाको भौतिक पूर्वाधार तर्फ पक्की सडक २५  कि.मी. ग्राभेल 38 कि.मी. र कच्ची १३१ कि.मी. सडक रहेको छ । शिक्षातर्फ स्नातक क्याम्पस-१,मा.वि. १२  आधार भूत विद्यालय ५ ,प्रा .वि २८ , वालविकास केन्द्र ३९, सामुदायिक सिकाइ केन्द्र ३ वटा रहेका छन् । त्यस्तै गरी स्वास्थ्य चौकी ८, आयुर्वेद औषधालय १, बर्थिङ्ग सेन्टर ७, जनस्वास्थ्य प्रयोगशाला (ल्याव) ७ र सामुदायिक स्वास्थय इकाई १ वटा रहेका छन् ।

केन्द्रः साविक झडेवा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः

क्षेत्रफलः २१५.४९ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

चिदिपानी

१-९

रुप्से

१-९

कसेनी

१-३,५-७,९

झडेवा

१-९

गोठादी

५,६,८,९

कसेनी

४,८

गोठादी

१-४,७

रहवास

१-९

बहादुरपुर

१-९

 ७.      नामः तिनाउ गाउँपालिका

साविकका कचल, दोभान, कोलडाँडा र मस्याम गा.वि.स. मिलाएर ६ वडामा विभाजन गरिएको तिनाउ गाँउ पालिका २०२ वर्ग कि.मि.क्षेत्रफल, ४२०१ घरधुरी, १७७७७ जनसंख्या रहेको छ । मगर जाति, दलित जाति तथा वाहुन, क्षेत्री, नेवार, गुरुङ्ग, कुमाल, थकाली लगायतका अन्य जाति  लोपोन्मुख पत्थरकट्टा(कुशवाडिया) जाति सहितको पौराणिक इतिहास बोकेको पाल्पा जिल्लाको प्रशिद्ध तिनाउ नदीको नामबाट नामाङ्कित यस तिनाउ गाउँपालिका सुन्दर वातावरणमा रहेको छ ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेन बाट दक्षिण पश्चिममा पर्ने तिनाउ गाँउपालिका जिल्लाकै महत्तवपूर्ण गाँउपालिका हो । यस गाँउपालिकाको पूर्वमा माथागढी गाँउपालिका, पश्चिममा रैनादेवी छहरा गाँउपालिका, उत्तरमा तानसेन नगरपालिका र रिब्दीकोट गाँउपालिका तथा दक्षिणमा रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका र सैनामैना नगरपालिकासँग जोडिएको छ । प्रसिद्ध सिद्धबाबा मन्दिरको काखमा रहेको सिद्धार्थ राजमार्गले बिचबाट काटेको शहरी केन्द्रको रुपमा स्थापित हुन गइरहेको यस तिनाउ गाउँपालिकामा सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य जस्ता शहरी आधारभूत सेवा सुविधामा वृद्धि गर्दै गाउँको छुट्टै पहिचान कायम गर्नुपर्ने देखिन्छ ।

 पाल्पा जिल्लामा अवस्थित तिनाउ नदीको फराकिलो क्षेत्र, समथर कृषि मैदान, हरियाली वनजङ्गल, जन्तिलुङ्ग, रिङसिङलेक, पाटन, ठुलिउदाङ, हात्तिलेक, सत्यवतीताल, सुकेताल, जितगढी, नुवाकोट, रामापिथेकस क्षेत्र, सिद्धवावा मन्दिर जस्ता प्राकृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुबाट प्रचुर सम्भावना रहेको, समग्र जिल्लाको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ ।

केन्द्रः साविक दोभान गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७७७७

क्षेत्रफलः २०२ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कचल

१-९

दोभान

३,६,७,९

दोभान

१,२,४,५

कोलडाँडा

१-४

कोलडाँडा

५-९

मस्याम

मस्याम

१-३,५-९

दोभान

 ८.      नामः बगनासकाली गाउँपालिका

पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरूमध्ये एक सदरमूकाम तानसेनदेखि ७ किलोमिटर उत्तरपूर्वमा गाउँपालिकाको केन्द्र अवस्थित छ । साविकका नौ वटा गा.वि.स.हरू यस गाउँपालिकामा समेटिएर हाल नौ वटा वडा कायम भएका छन् भने केन्द्र चिर्तुङ्गधारामा रहेके छ । गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो । यस गाउँपालिका क्षेत्रमा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण रहेको छ । आर्थिक समृद्दिका लागि कृषि र धार्मिक पर्यटनका क्षेत्रमा परिवर्तनको प्रसस्त सम्भावना बोकेको छ ।

सिमानामा पूर्वः रम्भा गाउँपालिका¸ पश्चिमः तानसेन नगरपालिका¸ उत्तरः कालीगण्डकी नदी तथा दक्षिणः माथागढी गाउँपालिका पर्दछन् ।  धार्मिक¸ ऐतिहासिक¸ पर्यटकीय तथा महत्त्वपूर्ण स्थल- बगनास देविस्थान¸ दर्लम महाकाली¸ महामृत्युन्जय शिवासन¸ सिद्द गुफा मन्दिर¸ रामनदी (राम्दी) धाम¸ मालारानी¸ रानीमहल क्षेत्र¸ ऋषिकेषेश्वर मन्दिर¸ बौद्द गुम्वा¸ माडी फाँट¸ सिद्दबाबा मन्दिर¸ भगवती मन्दिर¸ शिवालय मन्दिर¸ कालिका मन्दिर¸ चेचीकोट मन्दिर¸ आर्यभञ्ज्याङ्ग¸ चिलाङ्दी भञ्ज्याङ्ग¸ झिरभञ्ज्याङ्ग¸ तिनछाँगा¸ चमेरे गुफा¸ गुडुवाखोला आदि रहेका छन् ।

केन्द्रः साविक चिर्तुङधारा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८४९७

क्षेत्रफलः ८४.१७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

चिर्तुङधारा

१-९

पोखराथोक

१-९

नायरनमतलेस

१-९

खानीछाप

१-९

दर्लमडाँडा

१-९

यम्घा

१-९

खानिगाउँ

१-९

बराङदी

१,७-९

चाप्पानी

१-९

 ९.      नामः रिब्दिकोट गाउँपालिका

रिब्दीकोट गाउँपालीका पाल्पा जिल्लामा अवस्थित छ । नेपाल सरकारले संविधानको भावना र मर्मअनुरसार तोकिएका अधिकार र दायित्वलाई पुरा गर्ने हेतुले viable, sustainable and competent सरकारका रुपमा र केन्द्र सरकारको विकल्प नभै सहअस्तित्व सहसम्बन्धका आधारमा प्रतिस्पर्धाको भावना र जनताको नजिकको सरकारको रुपमा विकास गर्ने मनसायले अधिकार, स्रोत सहित ७४४ स्थानिय तहका रुपमा परिस्करण गर्ने सिलसिलामा साविकका ८ वटा गाउँ विकास समिती ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ठिमुरे र फेक गाविसलाई मिलाएर दिगो एकाईका रुपमा विकास गर्ने गरी रिब्दीकोट गाउँपालिका गठन भएको हामी सबैको ठहर छ । रिब्दीकोट गाउँपालिकाको कुल जनसंख्या १५४७३ रहेको छ । यसको क्षेत्रफल १२४.५५ वर्ग किलोमिटर  रहेको छ । यसको सिमाना पुर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिका र गुल्मी जिल्ला  तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन् ।

औसत पारिवारिक आम्दानीमा कृषि व्यवसायको ठूलो हिस्सा रहेको छ र स्थानिय बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । स्थानिय जनशक्ति मजदुरी र अध्ययनका लागी विदेशिने र बसाईसराई गर्ने क्रम अत्यधिक बढीरहेको छ । यस गाउँपालिकामा आधारभुत  देखि माध्यामिक तहसम्म शिक्षा प्रदान गर्ने शैक्षिक संस्था उल्लेख्य रहेका छन् । यस गाउँपालिकामा २७ प्रा.वि., ६ मा.वि. र ६ उच्च मा.वि., ३ वटा क्याम्पस रहेका छन् । अधिकाशं घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । विभीन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस गाउँपालिकामा विभीन्न चाडपर्व तथा जात्रा मनाउने गरिन्छ । तिज, दशै, तिहार, माघेसक्रान्ति, कृष्णजन्माष्टमी, बुद्धजयन्ती आदि यहाँका चाडपर्व आफ्नो धर्मअनुसार मनाउने गरेको पाईन्छ । साथै यहाँको सराय नाच, फागु नाच, लाखे नाच,झ्याउरे, देउसी भैलो र ठुलो नाच आदिले गर्दा सास्कृतिक रुपमा समृद्ध समाज निर्माणमा उल्लेख्य योगदान पु¥याएको मान्न सकिन्छ ।

केन्द्रः साविक खस्यौली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५४७३

क्षेत्रफलः १२४.५५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ख्याहा

१-९

दउराली

१-९

खस्यौली

१-९

भैरवस्थान

१-९

कुसुमखोला

१-९

ठिमुरे

१-९

पालुङमैनादी

१-९

फेक

१-९

१०.  नामः रैनादेवी छहरा गाउँपालिका

नेपालको मानचित्रमा मध्य पश्चिम क्षेत्रमा अवस्थित एक ऐतिहासिक पृष्ठ भुमीले सु-सज्जित यस गाउँपालिका संघीय संरचना अनुसार प्रदेश न ५ का १२ वटा जिल्लाहरुमध्ये पहाडी पाल्पा जिल्लाको पश्चिमी भागमा पर्ने यस जिल्लाकै नमुना गाउँपालिकाको रुपमा चिनिन्छ छ। यस गाउँपालिकाको नाम रैनादेवी छहरा गाउँपालिका रहेको छ। नेपाल सरकारले संविधानको भावना र मर्म अनुसार तोकिएका अधिकार र दायित्वलाई पुरा गर्ने हेतुले viable, sustainable and competent सरकारको रुपमा र केन्द्र सरकारको विकल्प नभै सहअस्तित्व, सहसम्बन्ध र समन्वयका आधारमा प्रतिस्पर्धाको भावना र जनताको नजिकको सरकारको रुपमा विकास गर्ने मनसायले संरचित पाल्पा जिल्लामा रहेका १० वटा स्थानिय तहहरुमध्ये रैनादेवी छहरा गाउँपालिका पनि एक हो । साविकका ८ गाउँ विकास समितिहरु सिद्धेश्वर, सोमादी, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्ढेङ्गगढी र सत्यवतीलाई मिलाएर एउटा नयाँ संरचना : रैनादेवी छहरा गाउँपालिका निर्माण भएको हो ।

कुल क्षेत्रफल १७५.८८ वर्ग किलोमीटरमा फैलिएको यस गाउँपालिकाको २०७८ को जनगणना अनुसार जनसंख्या २३,१४९ रहेको छ। १० वटा स्थानीय तह मध्ये सबैभन्दा धेरै जिल्ला (३ जिल्ला) सँग सिमाना जोडिएको रैनादेवी छहरा गाउँपालिकाको पूर्वमा रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिका, पश्चिममा आर्घाखाँची जिल्ला, उत्तरमा गुल्मी जिल्ला तथा दक्षिणमा रुपन्देही जिल्ला पर्दछ। ऐतिहासिक धार्मिक धरोहर रैनादेवी मन्दिर र प्रकृतिको अनुपम छटा छहराको समिश्रणबाट यस गाउँपलिकाको नाम रैनादेवी छहरा राखिएको हो । यस गाउँपालिकामा ५१ इ.सि.डी, ३५ प्रार्थमिक विद्यालय, १५ आधारभुत विद्यालय, १२ माध्यमिक विद्यालय, १ वटा क्याम्पस तथा २ वटा प्राविधिक शिक्षालय रहेका छन् ।

यस गाउँपालिकामा ४ वटा प्रमुख बजार क्षेत्रको रुपमा रहेका छन् ति मध्ये अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार जस्ता बजारहरु रहेका छन् । ती बजारहरुमा स्थानिय जनशक्तिलाई आवश्यक पर्ने विभिन्न खाद्य सामाग्री लगायतका आधारभुत रुपमा आवश्यक पर्ने सम्पूर्ण बस्तुहरू उपलब्ध रहेका छन् । धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना रहेको यस क्षेत्रको प्रमुख पेशा कृषि, व्यापार र नोकरी रहेको छ । खासगरीकन व्यवसायीक रुपमा सुन्तला र टमाटर खेतिका लागि स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको यस गाउँपालिकामा अलवा दालचिनि, पखानवेद, टिमुर, वेसार, गुरास., गुर्जो लगाएतका विभिन्न औषधिजन्य जडिवुटीहरु पनि प्राप्त गर्न सकिने हुँदा यस क्षेत्र प्रकृतिको देन नै भन्दा फरक नपर्ला।

मगर समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा क्षेत्री, बाहुन, दमाई, कामी, कुमाल लगायतका विभिन्न जातजाती रहेका छन् । विभिन्न जातजातीमा समन्वयात्मक बहुल संस्कृति रहेको छ ।  यस गाउँपालिकाका विभिन्न महत्वहरु रहेका छन् जसमा यस गाउँपालिकामा जातअनुसार कालिका पुजा,  सोरठी नाच,  सराय नाच जस्ता नाचगान हुने गर्दछन् , जातिय संस्कृतिको पहिचान जस्तै :  सोरठी नृत्य,  कौडा नाँच, रोदी इत्यादी, विभिन्न औषधीजन्य जडिबुटिको उपलब्धता, सेता दन्तलहरले सजिएका हिमालहरुको काखमा स्वचछ र सफा वातावरण, पर्यटन प्रबर्द्धनको लागि अत्याधिक सम्भावना, विभिन्न धार्मिक स्थल रैनादेवी मन्दिर, कालिका मन्दिर, बल्ढेङगढी मन्दिर लगाएतका पर्यटकिय स्थल, फलफुल तरकारीमा आन्तमनिर्भर ।

यसै सन्दरर्भमा यस गाउँपालिकाका विभिन्न चुनौतिहरु पनि रहेका छन् जसमा गाउँपालिकाको भौगोलिक विकटताका बाबजुद पुर्वाधार विकास गर्नु छरिएर रहेको बस्तीका कारण प्रत्येक नागरिकको घरदैलोसम्म सेवा प्रवाह गर्नु, अधिकांस जनता गरिविको रेखामुनी रहेको हुदा तिनिहरुको जिवनस्तरमा वृद्धी गर्नु, भिरालो भेग बढी भएको हुदाँ पहिरोले जोखिमग्रस्त भुभाग, बसाइसराइ दर उच्च रहेकोले त्यसलाई नियन्त्रण वा न्युनिकरण गर्नु इत्यादी ।

यि विभिन्न चुनौतिहरु हुदाहुदै पनि यहा अत्यधिक मात्रामा अवसर पनि रहेका छन् जसमा सुन्तला, किवि, मकैजस्ता, कृषीजन्य उत्पादन राम्रो हुने हुदा व्यवसायिक रुपमा कृषि पेशा अपनाई आर्थिक वृद्धि गर्ने ,प्रशस्त मात्रामा सल्ला पाइने हुँदा सल्लाको खोटो संकलन गरी प्रर्याप्त आम्दानी गर्ने, पर्याप्त मात्रामा घाँस स्याउला पाइने हुँदा गाई भैसी बाख्रा पालन गरी दुध, मासुको उत्पादन सजिलै गर्न सकिने, प्रशस्त मात्रामा ढुंगा, गिट्टी पाइने हुदाँ त्यसबाट प्रशस्त मात्रामा राजस्व संकलन गर्न सकिने, दालचिनी, पखान, टिमुर, बेसार, अदुवा, कुरिलो लगायतका जडिवुटी प्रशस्त मात्रामा पाइने हुदा त्यसको व्यापार फस्टाउने, राजस्व संकलन गर्न सकिने, चुनढुङ्गा पर्याप्त मात्रामा पाइने हुदा सिमेन्ट उद्योग स्थापना गरी रोजगार सिर्जना गर्न सकिने,यस गाउँपालिकामा रहेका कालिका, बल्ढेङ्गगढी लगायतका क्षेत्रलाई पर्यटकीय स्थलका स्थापना गरी प्रशस्त आम्दानी गर्ने  जस्ता अनगिन्ति अवसरहरुको यहाँ उपलब्ध रहेका छन् ।

केन्द्रः साविक छहरा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २३१४९

क्षेत्रफलः १७५.८८ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सिध्देश्वर

१-९

सोमादी

१-९

भुवनपोखरी

१-९

छहरा

१-९

मुझुङ

१-९

जुठापौवा

१-९

बल्ढङगढी

१-९

सत्यवती

१-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति पाल्पा र जिल्ला प्रशासन कार्यालय पाल्पा। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । पाल्पा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *