नेपाल परिचय

नेपाल दक्षिण एशियामा अवस्थित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्ति प्रवद्र्धक गौतम बुद्धको जन्मस्थल लुम्विनी यसै भूमिमा पर्दछ । पृथ्वी र एसियाको क्रमशः ०.०३ र ०.३ प्रतिशत भूभाग ओगटेको भूपरिवेष्ठित मुलुक नेपाल धरातलीय बनोट र हावापानीका दृष्टीले विविधतायुक्त छ । नेपालमा समथर तराईको उष्णदेखि
उच्च हिमालयको शीतोष्ण जलवायु महशुस गर्न सकिन्छ । नेपालको पूर्व–पश्चिम औसत लम्वाई ८८५ किलोमिटर छ भने उत्तर–दक्षिण औसत चौडाई १९३ किलोमिटर छ ।

नेपालमा पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमाल, पहाड र तराई गरी तीन भौगोलिक क्षेत्रहरु छन । उत्तरतर्फ रहेको हिमाली क्षेत्र अविछिन्न हिमश्रृङ्खलाले सुशोभित छ । यस क्षेत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सहित आठ हजार मिटर भन्दा वढी उचाई भएका आठवटा हिमशिखरहरु अवस्थित छन् । मध्य भागमा रहेको पहाडी क्षेत्रमा महाभारत श्रृखङ्लाका पर्वत, उपत्यका, ताल तलैयाहरुको सघन उपस्थिति छ । नेपालको संघीय राजधानी काठमाडौं यसै क्षेत्रमा पर्दछ ।

दक्षिणी भागमा अवस्थित तराई क्षेत्रमा प्रशस्त खेतियोग्य भूमि रहेकाले यस क्षेत्रलाई नेपालको अन्न भण्डारका रुपले चिनिन्छ । नेपालको संविधान (२०७२) ले नेपाललाई सात प्रदेशमा पुनःसंरचना गरेको छ । नेपालमा ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिका सहित जम्मा ७५३ स्थानीय तह कार्यान्वयनमा छन् ।

नेपालमा हाल ७७ प्रशासनिक जिल्लाहरु कायम छन । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या करिब २ करोड ६५ लाख रहेको छ । नेपालको वार्षिक जनसंख्या बृद्धिदर १.३५ प्रतिशत छ भने पुरुष–महिला अनुपात ९४.२ छ । आर्थिक वर्ष २०७६÷७७ मा प्रचलित मूल्यमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन रु. १२६०१८ (अमेरिकी डलर १०८५) हुने प्रारम्भिक अनुमान छ । सोही आ.व.मा कुल गार्हस्थ उत्पादनको वृद्धि स्थिर मूल्यमा २.२७ प्रतिशत हुने अनुमान छ । नेपाल जिवनस्तर सर्वेक्षण २०६७÷६८ अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या २५.१६ प्रतिशत र पारिवारिक उपभोगको वितरणमा रहेको असमानता (गिनी सूचकाङ्क)
०.३२८ रहेको छ ।

भौगोलिक अवस्थिति तथा क्षेत्रफल
अक्षांशः २६०२२’ उत्तरदेखि ३००२७’ उत्तरसम्म
देशान्तरः ८०००४’ पूर्वदेखि ८८०१२’ पूर्वसम्म
सिमानाः उत्तरमा– चीनको स्वशासित क्षेत्र तिब्वत
पूर्व, पश्चिम, दक्षिणमा – भारत

श्राेतः नेपाल सरकार, राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रिय तथ्यांक विभाग

Leave a Comment

Your email address will not be published. Required fields are marked *