nepali bastu kala

नेपाली वास्तुकला र तिनका विशेषता

नेपाली वास्तुकला र तिनका विशेषता

वास्तुशैली एवं कलाको दृष्टिबाट नेपालमा पाइने मन्दिरहरूलाई निम्न तीन प्रकारमा विभक्त गर्न सकिन्छ । प्यागोडा शैली (छाने शैली) हिन्दूहरूले आस्थाका साथ पूजा गर्ने देवता रहने यस्ता मन्दिरहरूमा भक्ति, पूजा र प्रदक्षिणा पथको प्रयोजनलाई पूरा गर्ने उद्देश्यबाट मन्दिर वास्तुकलाका नमुनाका रूपमा निर्माण गरिएका हुन्छन् । यस्तो प्रयोजनका लागी  विभिन्न स्वरूपका मन्दिरहरू निर्माण गर्ने चलन छ जसमध्ये प्रमुख नेपाली प्यागोडा शैली एक हो । प्यागोडा शैलीका मन्दिरहरू त्यस्ता मन्दिर हुन् जसमा अनेकन तल्ला हुने गर्दछन् भने यिनमा एकपछि अर्को गरी तह–तह परेका अनेकन संख्यामा छानाहरू पनि हुने गर्दछन् । तसर्थ यस्ता मन्दिरहरूलाई Multiple roofed temple or Tiered Temple पनि भनिएको पाइन्छ ।

प्यागोडा शैलीका मन्दिरहरूका  विशेषताहरू

१) मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू
२) विशेष प्रकारको गर्भगृह
३) तहतह परेको छानो
४) टुँडाल र तोरणको प्रयोग
५) इँटा र काठको रुचिपूर्ण संयोजन
६) मन्दिरबीचको भाग खोक्रो छाड्नु
७) तल्ले शैलीका मन्दिरहरू ज्यादै अलङ्कृत हुने ।

प्यागोडा शैलीमा निर्माण भएका नेपालका केही मन्दिरहरू निम्नानुसार छन ।

१) पशुपतिनाथ मन्दिर

bhagwan shree pasupatinath
प्यागोडा शैलिमा निर्मित पशुपतिनाथ मन्दिर

२) चाँगुनारायण

प्यागोडा शैलिमा निर्मित चांगुनारायण मन्दिर

३) न्यातपोल

nyatpole mandir
प्यागोडा शैलिमा निर्मित न्यातपोल मन्दिर
शिखर शैली

शिखर शैलीका मन्दिरहरू विभिन्न स्वरूप र प्रकारका हुन सक्दछन् । सुलुत्त परेर माथि चुलिंँदै गएका झलक्क हेर्दा  खरजस्तो देखिने छाना नभएका मन्दिरको सम्पूर्ण रचना नै चुलिनाले गुम्वज जस्तो बनेको घामपानीबाट भित्र सुरक्षित हुने किसिमको निर्माणलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ । बाहिर वरिपरि प्रदक्षिणापथ बनाइएको हुन्छ भने भित्रपट्टि मूर्ति राखिन्छ । भारतमा गुप्त राजवंशीहरूको पालामा यस किसिमका मन्दिर बनाइन्थे ।

गुप्तहरूका समकालीन लिच्छवि राजाहरूको पालामा यस किसिमका मन्दिर बनेको पाइँदैन । तर मल्लकालमा सत्रौँ, अठारौँ शताब्दीमा यस्ता मन्दिरहरू निक्कै बने । यस किसिमका मन्दिरहरू प्रस्तरका टुक्राहरूलाई लेपले जोडेर बनाइन्छ भने इँट निर्मित मन्दिरहरूमा बाहिरबाट बज्रलेप  गरी झरीबतास आदिबाट सुरक्षित गर्ने गरेको देखिन्छ । यस शैलीका मन्दिरहरू ब्रह्मा मन्दिर, पाटनको श्रीकृष्ण मन्दिर, पाटनको महाबौद्ध मन्दिर हुन् । यो शैलीको मन्दिरहरू मुख्य गरी नागर, द्रविड र वेशर प्रकारका हुन्छन् ।

शिखर शैलीका विशेषताहरू

१) सामान्यतया विभिन्न तहका पेटीमाथि शिखर मन्दिर स्थापना गर्नु ।
२) मन्दिरअगाडि एउटामात्र मण्डप निर्माण गर्नु ।
३) प्रदक्षिणापथको व्यवस्था गर्नु ।
४) बत्ती बाल्ने दियाहरू राख्नु ।
५) गर्भगृहमा मन्दिरका मूल देवताको प्रतिमा स्थापना गर्नु ।
६) धेरै तलाहरू निर्माण नगर्नु ।
७) मन्दिरमा छानाको आवश्यकता महसुस नगरी शिखरलाई नै छानाको रूपमा प्रयोग गर्नु ।
८) शिखर उँभोतिर सानो हुँदै गएको बनाउनु ।
९) विभिन्न रथहरूको प्रयोग गर्नु ।
१०) उरुश्रृङ्गको प्रयोग गर्नु ।
११)  त्रिरथ, पञ्च रथ र सप्त रथको कल्पना गर्नु ।
१२) आमलक, छत्र र गजुरको प्रयोग गर्नु ।

शिखर शैलीबाट बनेका केही मन्दिरहरू

१) पशुपतिको प्राङ्गणको ब्रह्मा मन्दिर

२) पाटनको महाबौद्ध मन्दिर

mahabouddha patan
शिखर शैलिमा निर्मित पाटनको महाबौद्ध मन्दिर

३) पाटनको कृष्णमन्दिर

Patan Krishna MAndir
शिखर शैलिमा निर्मित पाटनको कृष्ण मन्दिर

४) भक्तपुरको वत्सलादेवी मन्दिर

batsala devi mandi bhaktapur
शिखर शैलिमा निर्मित भत्तपुरको वत्सला मन्दिर

५) स्वयंभूको प्रतापपुर र अनन्तपुर

Pratappur ra anantapur

 

६) पाटनको च्यासिँदेग

हाललाइ तस्विर उपलब्ध भएन

७) पाटन शङ्खमूलको जगत् नारायण मन्दिर

jagat narayan mandir Patan
शिखर शैलिमा निर्मित जगतनारायण मन्दिर

८) ललितपुर बुङ्गमतीको मत्सेन्द्रनाथ मन्दिर

हाललाइ तस्विर उपलब्ध भएन

मिश्रित शैली

भारतको टिकमगढका राजा प्रतापसिंह र रानी वृषभानुकुमारीले वि.स. १८९५ मा निमार्ण कार्य सुरु गरेर १२ वर्ष लगाएर बनाएको जनकपुरको जानकी मन्दिर मिश्रित वास्तु शैलीको उदाहरण हो । राजपुत शैली र मुगल शैली अर्थात शिखर र गुम्बज शैलीको विशिष्ट मिश्रित स्वरूप हो ।

नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छः वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *