nepali bhasako bikas

नेपाली भाषाको विकास र विस्तार

नेपाली भाषा भारोपेली भाषा परिवारको सतमवर्गभित्र पर्ने भाषा हो । यसको सम्बन्ध आर्य इरानेली शाखाको आधुनिक आर्यभाषासँग रहेको पाइन्छ । नेपाली भाषा, आधुनिक आर्य भाषाहरूमध्ये एक हो । यो संस्कृत, प्राकृत र अप्रभंश हुँदै विकसित भएको हो । प्राकृत तथा अप्रभंशको कुन शाखाबाट नेपाली भाषाको जन्म भएको हो  भन्ने सम्बन्धमा विद्वानहरू एकमत हुन सकेका छैनन् ।

नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा लिइन्छ । यो भाषालाई सबैले बुझ्ने, कुराकानी गर्न सजिलै सकिने, सम्पर्क भाषा, शब्दावली भाषा, भाषा प्रयोगकर्ता, साहित्य, साहित्यकार र भाषासेवीका हिसाबले सबैभन्दा धनी भाषाको रूपमा लिने गरिएको पाइन्छ । भाषिक पुराताइिभ्वक विशेषता र राजनैतिक घटनाक्रमका आधारमा नेपाली भाषाको विकासक्रमलाई निम्नलिखित तीन कालमा बाँडिएको छ ।

क) प्राथमिक चरण

प्राचीन काल वि.सं. १०४० देखि १५४९ सालसम्म रहेको पाइन्छ । यसको प्रमाणका रूपमा वि.स. १०३८ को दामुपालको अभिलेखलाई लिइन्छ । सप्तसिन्धु प्रदेशदेखि पूर्व हालको नेपालसम्म खसहरू फिजिएका थिए । भारतको मुगल साम्राज्य विस्तारका क्रममा सम्भावित आक्रमण प्रत्याक्रमणका लागि हुम्ला श्रीपालका राजा नागराजले वि.स. १०४० मा एकीकरण गरी विशाल खस अधिराज्यको स्थापना गरेको इतिहास प्राप्त भएको छ ।

यिनी खस थिएनन्, तिब्बती थिए । एट्किन्सन र राहुल सांकृत्यायनले दिएको विवरणअनुसार उनी स्रोङ–चङ गम्पोका बाह्रौँ वंश हुन् । त्यसैले पनि यिनको मातृभाषा तिब्बती थियो भन्ने बुझिन्छ । अर्को कुरा उनका सन्तानको नाम चाप (यो नाम होइन, यो संस्कृतिमा राजा भन्ने अर्थको सिन्जाली शब्द हो, चापिल्ल (यो पनि नाम होइन, यो चापका छोरा भन्ने अर्थको सिन्जाली शब्द हो, क्रासिचल्ल (क्रासिको छोरोः यहाँ तिब्बती र खस शब्द जोडिएको देखिन्छ), क्राधिचल्ल (क्राधिको छोरो, क्राचल्ल (क्राको छोरो रहेबाट पनि त्यो वंश तिब्बती वक्ता भएको स्पष्ट हुन्छ ।

तर, प्रजाहरूको जनसंख्यामा खसहरू बढी भएकाले राजाहरू पनि विस्तारै खस जातिमा रूपान्तरित हुँदै गएको र स्थानीय खस प्रजाहरूकै भाषालाई राज्यभाषाका रूपमा प्रयोग गरेको देखिन्छ । त्यसबेला पूर्वेली खस राज्यका प्रमुख दुईवटा प्रान्त थिएः खसहरूको घना बसोबास भएको खसान र जाड वा भोटेहरूको बसोबास बढी भएको जडान । यस खसान प्रान्तको राजधानीचाहिँ सिन्जा (वर्तमान जुम्ला) थियो ।

यी सबै क्षेत्रमा एउटै भाषाको राजकीय प्रयोग भएकाले यसलाई सिन्जाली भनेर चिन्न सकिन्छ । यसरी एकीकृत खसराज्य कालदेखि यस भाषाको उत्पत्ति भएको मानिएको हो नभने अरू आधुनिक भारतीय आर्यभाषाहरूको उत्पत्ति समय पनि यसै समयतिर मानिएको छ । यही भाषा पूर्वतिर पनि बढ्दै गण्डकी क्षेत्रसम्म आइपुग्यो । यसलाई पछि पर्वते भन्न थालियो । यस सिन्जाली भाषाका प्राचीन नमुनाहरू विभिन्न अभिलेखहरूमा पाइएका छन् । केही प्रमुख नमुनाहरू निम्नलिखित छनः

  • अशोकचल्लको दुल्लुको शिलालेख
  • आदित्य मल्लको ताम्रपत्र
  • गोरखाको ताघबाई गुम्बामा प्राप्त आदित्य मल्लको ताम्रपत्र
  • पुण्य मल्लको ताम्रपत्र
ख) मध्यकालीन चरण

नागराज अभय मल्लको साम्राज्य विघटनपछि (खस राज्यको विघटन) टुक्रेराज्यको स्थापनाले गर्दा नेपाली भाषाले पनि प्राचीन लक्षणहरू गुमाउँदै मध्यकालीन लक्षणहरू प्राप्त गर्न थाल्यो । वि।स। १५५५ को धवकर्मठद्वारा लिखित कार्वोरिक विवोष शाहीको ताम्रपत्रको भाषा मध्यकालीन नेपाली भाषा लक्षणहरूको रूपमा देखा प¥यो ।

नेपाली भाषा सोह्रौँ  ताब्दीदेखि विस्तारित हुन थाल्यो । यस समयमा नेपाली भाषाभाषीहरू क्रमैले पूर्वतिर फैलन थाले । यो क्रम पहाडी तथा तराईका भू–भाग तथा दार्जीलिङ आसाम हुँदै बर्मासम्म पुग्यो । यसरी फैलिने क्रममा स्वदेशी तथा विदेशी भाषाका शब्दहरूको आगमन नेपाली भााषामा हुन थाल्यो । यसै समयमा नेपाली भाषाले प्रशासनको माध्यम बन्ने अवसर पनि प्राप्त ग¥यो ।

नेपालको एकीकरण अभियानसँगै नेपाली भाषाको व्यापक रूपमा प्रचारप्रसार तथा विस्तृतीकरणले यसको महइभ्व अझै बढेर गयो । वि।स। १५५५ को धवकर्मठद्वारा लिखित कार्बोरिक विवोष शाहीको भाषिक नमुनादेखि वि.स. १९४८ को मोतिरामद्वारा लिखित भानुभक्तको जीवन चरित्रका बारेमा उल्लेख गरिएका भाषिक नमुनाका अतिरिक्त वि.स. १८५५ को शक्तिबल्लभको “हास्यकदम्व” को भाषा हेर्दा प्राचीनकालदेखि मध्यकालसम्म आइपुग्दा नेपाली भाषाले आफ्नो स्पष्टरूप देखाइसकेको र काव्य र साहित्यतर्फ पनि यो भाषा लोकप्रिय भैसकेको पाइन्छ ।

ग) आधुनिक चरण

गोरखापत्रको (१९५८) प्रकाशनसँगै नेपाली भाषाको आधुनिक कालको थालनी भएको मानिन्छ । गोरखापत्रको प्रकाशनपछि नेपाली भाषाको विकासमा गोरखापत्रका साथ अन्य विभिन्न पत्र–पत्रिकाहरूको पनि महइभ्वपूर्ण भूमिका रहेको पाइन्छ । सुन्दरी (१९६३), माधवी (१९६५) जस्ता पत्र–पत्रिकाहरूले नेपाली भाषाको विकास र प्रचार– प्रसार गर्नमा दिएको योगदान अविस्मरणीय रहेको छ ।

राममणि आ.दी. को हलन्त बहिष्कार आन्दोलनलाई अगाडि बढाउन माधवी (१९६५) ले खेलेको भूमिका तथा स्वयम् राममणिकै योगदानलाई पनि बिर्सन सकिँदैन । भाषिक स्तरीकरणका लागि हलन्त बहिष्कार आन्दोलनले महइभ्वपूर्ण स्थान ओगेटेको छ । त्यसपछि चन्द्रिका व्याकरणको  प्रकाशन तथा विभिन्न प्रतिभा सम्पन्न कवि, लेखकहरूको साधनको लेख्यप्रवृतिबाट मुक्त हुँदै विस्तारै आधुनिकतातर्फ ढल्कदै गरेको पुष्टि हुन्छ ।

त्यसपछि नेपाली भाषालाई चोखो बनाउने कार्यमा शारदा (१९९१) पत्रिका तथा झर्रोवादी आन्दोलन (२०१३) को  विशेष भूमिका रहेको छ । झर्रोवादी आन्दोलनले नेपाली भाषालाई जिउँदो, जाग्दो र भरिलो बनाउन ठेट नेपाली शब्द प्रयोगमा विशेष जोड दिएको छ । वर्तमान नेपाली भाषामा प्रकाशित विभिन्न साहित्यिक र साहित्येत्तर ग्रन्थहरू, शब्दकोश तथा व्याकरणको प्रकाशन तथा यससम्बन्धी भएका विविध कार्यले नेपाली षाको विकसित स्थितिको सङ्केत गरेको छ ।

त्यसका अतिरिक्त राष्ट्रभाषाका रूपमा संविधानले दिएको मान्यता, विदेशीहरूको नेपाली भाषाप्रतिको अभिरुची, भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले पाएको स्थानलाई दृष्टिगत गर्दा आधुनिक नेपाली भाषाको महइभ्व उच्च रहेको मानिन्छ । आधुनिक कालमा शिक्षा, सञ्चार र प्रकाशनले नेपाली भाषाको लोकप्रियता बढ्दै गएको पाइन्छ । यसलाई महत्व दिइनु र विदेशीहरूले समेत यसतर्फ रुचि बढाउनुले यसको महत्व बढ्दै गएको तथ्य हाम्रासामु स्पष्ट छ । यसरी नेपाली भाषाको वर्तमान रूपलाई स्थिर तथा मानक बनाउन विभिन्न क्षेत्रबाट भएको प्रयासलाई अस्वीकार गर्न सकिदैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *