nepali lipiharu

नेपाली नेवारी उर्दु र लिम्वु भाषिका लिपिहरू

संस्कृत, नेपाली, हिन्दी तथा हाल प्रचलित नेवारी भाषामा प्रचलित लिपि देवनागरी लिपि नै हो जुन ब्राह्मी लिपिबाट विकसित भएको पाइन्छ । यस्तो लोकप्रिय ब्राह्मी लिपिको उत्पत्तिबारे मतैक्य रहेको पाइँदैन । नारद स्मृति, वृहस्पति स्मृति, जैन ग्रन्थ र व्हेनसाङ्को वर्णनअनुसार स्वयम् ब्रह्माजीबाट सृष्टि भएको लिपि भएको हुनाले ब्राह्मी लिपि रह्यो भन्ने मान्यता पाइन्छ । त्यस्तै चिनिया बौद्धधर्मको विश्वकोशका लेखक फावान्सलिनले उल्लेख गरेअनुसार कुनै ब्रह नामका आचार्यले सृष्टि गरेको लिपि हुनाले ब्राह्मी लिपि रहन गएको हो भनिन्छ ।

नेपाली लिपि
तस्विरमाः लिपि तालिका

नेपालको सन्र्दभमा इसापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा लुम्बिनीमा स्थापित अशोक स्तम्भमा र कपिलवस्तुको निग्लिहवामा प्राप्त स्तम्भाभिलेखमा अङ्कित ब्राह्मी लिपि हालसम्म प्राप्त सबैभन्दा पुरानो वा पहिलो लिपि मानिन्छ । वि.स. ५२१ पछि प्राप्त २०० जति लिच्छविकालीन अभिलेखहरू पनि ब्राह्मी लिपिका  कसित रूप मानिन्छन् । नेपाली, हिन्दी, संस्कृत र प्रचलित नेवारी भाषाको लिपि देवनागरी लिपि हो ।

यो ब्राह्मी लिपिको तेस्रो रूप कुटिला लिपि र रञ्जना लिपिको समिश्रण छ । यो लिपि देवनागरी वा देवताको लिपि भएकाले देवनागरी लिपि रहेको अनुमान छ । नवौं शताब्दीदेखि पन्ध्रौं शताब्दीसम्मको अवधिलाई प्राचीन देवनागरी लिपि र सत्रौं शताब्दीदेखि हालसम्म देवनागरी गरी यो लिपिलाई दुई खण्डमा बाँडिएको छ । प्राचीन कालमा ब्राह्मी लिपिका दुई रूप थिए भने मध्यकालमा झण्डै २ दर्जनभन्दा बढी लिपिहरू विकसित भए, जसमध्ये केहीको विवरण निम्नानुसार छ ।

१) नेपाली/हिन्दीः देवनागरी लिपि
२) नेवारी लिपिः रञ्जना, ब्राम्ही, प्रचलित, भुजिंमो, पाँचुमो, कुटिला आदि लिपि
३) लिम्बूः सिरिजङ्घा लिपि
४) उर्दूः अरबी लिपि

लुम्बिनीको अशोक स्तम्भमा भएको ब्राम्ही लिपी

नेपालि लिपि
तस्विरमाः लुम्बिनीको अशोक स्तम्भमा भएको ब्राम्ही लिपी

श्रोतः नेपाल सरकार सुचना विभाग

Leave a Comment

Your email address will not be published. Required fields are marked *