jatra feature

नेपालमा मनाइने प्रमुख जात्रा

नेपालमा विभिन्न जातजाति, विभिन्न भाषाभाषी बोल्ने र विभिन्न धर्म मान्ने मानिसहरू बस्दछन् । विभिन्न जातजाति र धर्म मान्ने मानिसहरूका आ–आफ्ना रीतिथिति रहनसहन चालचलनहरूमा पनि विविधता पाइन्छ । नेपालमा मनाइने प्रमुख जात्रा, चाडपर्व एवं बाजागाजाको बारेमा तल चर्चा गरिएको छ ।

गाईजात्रा

यो पर्व जनैपूर्णिमाको भोलिपल्ट अर्थात भाद्रकृष्ण प्रतिपदाका दिनदेखि सातदिनसम्म मनाइन्छ । छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपछि शोकग्रस्त रानीलाई खुसी पार्न राजा प्रताप मल्लले पहिलो पटक गाईजात्राको आयोजना गरेका र यसमा रानीको शोकहरण भएको किंवदन्ती छ । गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकोले यस पर्वलाई गाई जात्रा भनिएको हो ।

gaijatra

यसमा खड्गजात्रा, रोपाइजात्रा, लाखेनाच, षडदर्शन ख्याली, लोकनृत्य, डवलीनृत्य, नाटक आदि प्रदर्शन गरिन्छ । श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण जात्रा गरेपछि कृष्णले राक्षस, भूत–प्रेत आदि मारेकोले लाखे ख्याली, आदि भूत–पिचास, नागको भय हुँदैन भन्ने जनविश्वास छ ।

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ ।

gaijatra

गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । हिन्दुधर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ ।

gaijatra

गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ ।

गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोराजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङक प्रकाशित गर्ने चलन पनि बढेको पाइन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ ।

gaijatra

हरेक ठाउँका गाईजात्रामा केही न केही विशेषता रहेका छन् । भक्तपुरमा पनि गाईजात्राका छुट्टै रौनक र आकर्षण रहेका छन । प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्व भक्तपुरमा आठदिनसम्म चल्दछ । गाईजात्रालाई नेपाल भाषामा सापारु भनिन्छ । गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगतआत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ ।

भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । ताहामच्चालाई मृतकका घरको मुल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ ।

ताहामच्चा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङ्गघिसी र माँक प्याखँ (बाँदर नाच) गाईजात्राको प्रमुख आकर्षण रहेको छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङ्घिसी नाच भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ ।

gaijatra

भक्तपुरमा गाईजात्राको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङगात्मक नाटक साँस्कृतीक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट गाईजात्रा शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुन्छ । भक्तपुर जिल्लाकै ठिमीमा भने गाईजात्रापर्व राँको बालेर मनाइने चलन छ ।

पाटनमा देखाइने सत्य युगको धान चामलको नमुना काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा धुलिखेल त्रिशूली दोलखा खोटाङ भोजपुर चैनपुर इलाम धरान विराटनगर वीरगन्ज हेटौँडा र पोखरामा मनाइन्छ ।

घोडेजात्रा

चैत्र कृष्ण चतुर्दशी वा पिचास चतुर्दशीका दिन काठमाडौँमा पाँहाचह्रे वा पासाचन्हे अथवा मित्र चतुर्दशी मनाउने, लुकु माहाद्योको पूजा गर्ने र औंशीका दिनमा उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । यो दिन काठमाडौँंको टुँडिखेलमा घोडा दौड समारोह आयोजना गरिन्छ । घोडालाई अनुशासन, शक्ति र तीव्रताको प्रतीकको रूपमा मानिन्छ ।

प्रचलित कथाअनुसार कुनै बेला काठमाडौंका मानिसहरूलाई उनीहरूका केटाकेटी चोरेर खाइदिने विशालकाय दैत्यलाई मार्न तान्त्रिक अनुष्ठान गरी दैत्यमाथि घोडा दौडाइएको थियो । उक्त दैत्य मारिएपछि काठमाडौंका नागरिकहरूले फेरि–फेरि त्यस्तो दुःख बेहोर्नु नपरोस् भनेर बर्सेनि काठमाडौंको टुँडिखेलमा काल्पनिक दैत्यलाई घोडाको टापले कुल्चने परम्पराको विकास भएको हो ।

ghode jatra

यो जात्रा खास गरी काठमाडौँ उपत्यकाको तीन सहरमा भव्य रूपमा मनाइन्छ । यो जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ । यो चाड तीन दिनको भए पनि अन्तिम दिन चैत शुक्ल परेवाको दिन सहरमा परिक्रमा गराई छवटा गल्लीबाट ल्याई असनको चोकमा सातवटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोगभेट भएको किंवदन्ती छ ।

कुमारषष्ठी वा सिथी नखः

सिठी वा सिथी नखः नेवार समुदायको प्रसिद्ध पर्व हो । जेठ शुक्ल षष्ठीका दिन मनाइने यस पर्वमा कुमार कार्तिकेयको विशेष विधिले पूजा गरी खटयात्रा गर्ने गरिन्छ । यसै दिन प्रायः नेवारहरूको देवाली पूजा हुने गर्दछ । यो चाड कृषक समुदायका प्रसन्नता र समृद्धिसँग पनि सम्बन्धित छ ।

विस्का (बिस्केट) जात्रा

भक्तपुरमा चैत महिनाको अन्तिम हप्ताको चौथो दिनदेखि नववर्षको सुरुवात मेष सङ्क्रान्तिमा मनाइने यो जात्रालाई विश्वकेतु यात्रा, विश्वाकृत यात्रा, विसिका जात्रा भनिनुका साथै एक वर्षको अन्त्यदेखि अर्को नववर्षको सुरुआतसम्म मनाइने यो पर्वलाई दुईवर्षे मेला पनि भनिन्छ ।

biska jatra

यो बेलामा सब इष्टमित्रहरूसँग भेटघाट गरी एकअर्कामा शुभकामना साटासाट गरिन्छ । शिव स्वरूप भैरव रथयात्रा गर्नुलाई विस्केट जात्राको महत्वपुर्ण पक्ष मानिन्छ । साथै, यसदिन रथ जुधाउने, जिब्रो छेड्ने तथा खट जात्रा गर्ने गरिन्छ ।

बिस्केट जात्रा विश्वकेतुको जात्रा भएकोले यसलाई विश्वजात्रा पनि भन्ने गरिन्छ। विश्वकेतुबाट अप्रभंश भएर विश्क्यात हुँदै विस्का भनेर नामाकरण गरिएको सँस्कृतिविद् बताउँछन्।

रातो मच्छिद्रनाथ जात्रा

काठमाडौँ उपत्यकाका संरक्षक तथा प्राणीजगतका पालनकर्ता भगवान लोकनाथलाई रातो मत्सेन्द्रनाथ भनिन्छ । मत्सेन्द्रनाथलाई दूध, दहीको महास्नान गराउनुको साथै पुल्चोक, ललितपुरबाट रथयात्रा सुरु गरी पाटन जावलाखेलमा मत्सेन्द्रनाथको भोटो देखाई जात्रा सम्पन्न गरिन्छ । यो जात्रा चैत्र वैशाखमा सुरु भई झण्डै महिनाभरि नै चल्दछ ।

rato machindra

Leave a Comment

Your email address will not be published. Required fields are marked *