manakamana

नेपालका महत्वपूर्ण केही ऐतिहासिक धार्मिक स्थानहरू

पाथीभरा देवीको मन्दिर

समुद्र सतहदेखि ३७९४ मिटरको उचाइमा नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पर्ने यो मन्दिर पाथीभरा पहाडको शिखरमा रहेको छ । पाथीभरालाई देवीको साक्षत स्वरूप मानेर सुख समृद्धिको कामना गर्दै देवीको दर्शन, पूजा, आराधना गर्ने चलन छ । मनमा पाप भएको मान्छे, गर्भवती महिलाले देवीको दर्शन गरेमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । ताप्लेजुङ जिल्लाको सदरमुकामदेखि १० कोश पूर्वोत्तर भागमा भरिएको पाथी जस्तै चुलिएको पहाडमा देवीको मन्दिर रहेकोले यो मन्दिरको नाम पाथीभरा रहेको हो ।थप जानकारी का लागी केही अनलाइनमा प्रकासन भएका सामाग्रीहरू यहाँ गर्नुहोस।

देश सञ्चारमा प्रकाशित सामग्री 

नागिरकमा प्रकाशित सामग्री 

पाथीभरा देवी ताप्लेजुङ
सिद्धकाली मन्दिर

सङ्खुवासभाको चैनपुर बजारबाट एककोश पर रहेको यो ठाउँमा महादेवकी अर्धाङ्गिनी सतीदेवीको दाहिने आँखा पतन भएकोले यो ठाउँलाई महइभ्वपूर्ण शक्तिपीठ मानेर मन्दिर निर्माण गरी देवीको प्रतिमा स्थापना गरिएको छ । यसको नजिकै भगवान महादेवको मन्दिर पनि निर्माण गरिएको छ । थप सागाग्री इ-मकालु अनलाइनले गोरखापत्रबाट साभार गरेको सामाग्री

सिद्धकाली मन्दिर सङ्खुवासभा
माइवेनी

दुई नदीको सङ्गम वेणी, वेनी, दोभान र तीन नदीको सङ्गम त्रिवेणीहरू नेपालमा अनेकौँ छन् जुन धार्मिक दृष्टिले महत्वपुर्ण मानिन्छन् । इलाम बजारदेखि ४÷५ की.मी. पूर्वमा माई नदी र जोगमाई नदीको सङ्गमलाई माइवेनी भनिन्छ । यो नदीलाई कन्काई नदी भनिन्छ ।

माइवेनी इलाम
माईस्थान

इलाम बजारको मध्य भागमा रहेको यो स्थानलाई खलङ्गा खाल्डो र मन्दिर अगाडिको ढुङ्गालाई इलङ्गा ढुङ्गा भनिन्छ । यो मन्दिरको निर्माण काजी हेमदल थापा (वि.स..१८७६–१९२२) ले गराई देवीको रूपमा माई नदीको शिला स्थापना गरेका थिए । हाल माइस्थानमा प्यागोडा शैलीको मन्दिर बनेको छ । मन्दिर नजिकै गणेश, डाकिनी र सिंहवाहिनीका स–साना मन्दिरहरू पनि रहेका छन् ।

माइस्थान भगवती मन्दिर इलाम
गजुरमुखी देवी

इलाम जिल्लाका ४ प्रमुख नदीहरूमध्ये एक देउमाई नदीको पश्चिम किनारमा ओढारजस्तो ठाउँमा विभिन्न आकारका प्रस्तरको देवी मूर्तिहरूलाई गजुरमुखी देवी भनिन्छ । यहाँ लिम्बू जातिको पुजारी हुन्छन् । गजुरमुखी देवीको पूजा आर्चना गर्नाले लाटा बोल्न सक्ने, बहिरा सुन्न सक्ने हुन्छन् भन्ने जनविश्वास छ । कार्तिक पूर्णिमाका दिन यहाँ मेला लाग्दछ । ओढार आकारको थलोलाई जनसहयोगबाट मन्दिरको रूप दिएको पाइन्छ । यहाँ शिव मन्दिर र धर्मशाला आदि पनि बनाइएको छ ।

गजुरमुखी देवी धाम इलाम फाेटोः सामाजिक सञ्जाल
हलेसीमहादेव मन्दिर र गुफा

खोटाङ् जिल्लाको सदरमुकाम दिक्तेलदेखि पश्चिम भागमा कैलाश पर्वत भनिने थुम्कोको १ की.मी. क्षेत्रफल र २०० फिटको उचाइसम्म प्राकृतिक रूपमा निर्मित शिवलिङ्ग आकारको संरचनालाई हलेसी महादेव भनिन्छ । बाहिरी चारवटा ढोका रहेको यो गुफाभित्र निष्पट्ट अन्धकार छ । हलेसी गुफामा प्राकृतिक आकृतिहरू र धार्मिक आस्थाको मनोरम समन्वय भएको छ । यहाँ रामनवमीका अवसरमा १६ दिनसम्म मेला लाग्दछ । सो अवसरमा यहाँ सबैभन्दा बढी मानिसहरूको जमघट हुन्छ । महाशिवरात्रिका दिन भोटे जातिका मानिसहरू यहाँ आएर सुम्निमा पारोहाङ्काको रूपमा शिव पार्वतीको पूजा गर्दछन् भने बालाचतुर्दशीका दिन यहाँ टाढाटाढाबाट मानिसहरू आएर शतबीज छर्दछन् ।

हलेसी महादेव मन्दिर
बराह क्षेत्र

बराह क्षेत्र प्रदेश नं. १ अन्तर्गतको सुनसरी जिल्लामा कोशी नदी र कोका नदीको पवित्र सङ्गममा बराह क्षेत्र नामको मनोरम तीर्थस्थल छ । भारतको कुरुक्षेत्र, नेपालका हरिहर क्षेत्र (देवघाट), मुक्तिक्षेत्र (मुक्तिनाथ मुस्ताङ), रुरु क्षेत्र (गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल) जस्तै बराह क्षेत्रको पनि विशिष्ट धार्मिक महत्व रहेको छ । बराह क्षेत्रका बारेमा बराह पुराणको ११० औँ र १४० औँ अध्यायमा चर्चा गरिएको छ । यहाँ गणेश बराह, गुरु बराह, सूर्य बराह, कोका बराह, इन्द्र बराह, गायत्री, सरस्वती, नारायणका मूर्तिहरू र मन्दिरहरूका साथै गणेश मन्दिर, लक्ष्मी मन्दिर र धर्मशालाहरू रहेका छन् ।

वराहक्षेत्र
छिन्नमस्ता भगवती

छिन्नमस्ता भगवती सप्तरी जिल्लाको राजविराजबाट दक्षिण सीमावर्ती क्षेत्र सप्तरी जिल्लाको छिन्नमस्ता गाउँविकास समितिमा पर्दछ । छिन्नमस्ता भवगती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यस मन्दिरमा नेपाल र भारतका जनताको ठूलो आस्था छ । प्राचीन इतिहास र किम्वदन्तीअनुसार कर्नाटवंशी राजा नान्यदेवको पाँचौँ पुस्ताका शक्रसिंहदेव सिम्रौनगढका राजा भएका थिए ।

उनी नाबालक छोरा हरिसिंहदेवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए । त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ । देवीको शरीर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको मानिन्छ ।

छिन्नमस्ता भगवती सप्तरी
राम मन्दिर

धनुषा जिल्लाको जनकपुरधाममा जानकी मन्दिरपछिको अर्को महइभ्वपूर्ण मन्दिर राम मन्दिर हो । सरदार अमरसिंह थापाले वि.स. १८३९ मा प्यागोडा शैलीमा जानकी मन्दिर नजिकै राम, सीता, लक्ष्मणसहितको विशाल राम मन्दिर बनाएका थिए । मन्दिरमाथि पित्तलमा सुनको जलप लगाएको विशाल गजुर श्री ३ चन्द्र शमशेरले चढाएका थिए । मन्दिर परिसरमा हनुमान मन्दिर, शिव मन्दिर, भगवान विष्णु तथा दशावतारका मूर्तिहरूसमेत छन् । यहाँ रामनवमीका दिन पूजा अर्चना गर्नुका साथै ठूलो मेलासमेत लाग्दछ ।

जनकपुर राम मन्दिर
बूढासुब्बा

सुनसरी जिल्लाको धरानबजारबाट पूर्वतिर धमिराले माटोमाथि उठाई मूर्तिजस्तै बनेको स्थानलाई बूढासुब्बाको स्थान भनिन्छ । मन्दिरका पुजारी मगर जातिका छन् । बूढासुब्बा राई वा मगर जातिका सिद्ध पुरुष थिए जो गुलेलीले शिकार गरी हिँड्दथे । शिकार खेल्ने क्रममा हिँड्दै जाँदा यस ठाउँमा आई गुलेलीलाई भुइँमा गाडेर मट्याङ्ग्रालाई भुँइमा राखी समाधिस्थ भए भन्ने किंवदन्ती छ । त्यहाँको बाँसको झाङ बूढासुब्बाले गाडेको गुलेलीबाट उम्रेको र गुलेलीको टुप्पो नहुने हुँदा यहाँको बाँसको पनि टुप्पो नभएको भन्ने जनविश्वास छ । कसैलाई पेट दुखेमा शिकारी (बूढासुब्बा) लागेको भनिने र मट्याङ्ग्रा घोटेर खुवाएमा निको हुन्छ भन्ने जनविश्वास छ । वैशाख पूर्णिमाका दिन ठूलो मेला लाग्ने यो स्थानमा सुँगुर र बोकाको बलि दिइन्छ ।

बूढासुब्बा मन्दिर सुनसरी
चाँगुनारायण

भक्तपुर जिल्लाको पूर्वोत्तर भागमा डोलाद्री (डोलागिरि) नामको अग्लो पहाडको थुम्कोमा अवस्थित भगवान विष्णुको मूर्ति स्थापित यो मन्दिर नेपालको प्राचीनतम् मन्दिरहरूमध्ये एक मानिन्छ । यो मन्दिरको निर्माण कहिले र कसले गराएको हो भन्ने बारेमा स्पष्ट जानकारी नभए पनि हरिदत्त वर्मा नामका व्यक्तिले सन् ३८६ साका सम्बत (वि.सं. ५२१) मा उपत्यकाका ४ नारायणहरू (चाँगुनारायण, शेषनारायण, विशङ्खुनारायण र इचङ्गुनारायण) को स्थापना गर्ने क्रममा चाँगुनारायण स्थापना गरेको भन्ने आख्यान छ । सक् संवत् ३८६ (वि.सं. ५२१) मा राजा मानदेवले पूर्व र पश्चिमका सामन्तहरूलाई नियन्त्रण गरी चाँगुनारायणको पूजा अर्चना गरी गरुडसहितको स्तम्भ खडा गराएको कुरा उल्लेख भएको पाइन्छ ।

चांगुनारायण मन्दिर भत्पुर, फाेटोः सामाजिक सञ्जाल
सूर्यविनायक

भक्तपुर जिल्लास्थित सूर्यविनायकको मन्दिरमा गणेशको मूर्ति स्थापना गरिएको छ । यही मन्दिरको आधारमा यो ठाउँको नामाकरण गरिएको हो । सूर्य विनायकबाट भक्तपुर सहर र चारैतिर सुन्दर हिमालहरूको दृश्यावलोकन गर्न सकिने र यहाँ सुन्दर वनकुञ्जसमेत भएकोले वनभोजका लागि नेपालीहरू र दृश्यावलोकन गर्न विदेशीहरूसमेत जाने हुँदा यो ठाउँको महइभ्व बढ्न गएको छ ।

सूर्यविनायक भक्तपुर
पशुपतिनाथ

काठमाडाैँको बागमती नदी किनारमा रहेको पशुपतिनाथको मन्दिर हिन्दूहरुको पवित्र मन्दिर हो । यो शिवजीको अतिप्रसिद्ध मन्दिर हो । जहाँ महाशिवरात्रीको पर्व धुमधामले मनाइन्छ । यो हिन्दू वास्तुकलाको उच्चतम नमूना हो । दुई तले यो भव्य मन्दिर तामाको छानालाई सुनको मुलम्वा गरिएको छ । शिवको वाहन (नन्दी) को सुनको मूर्ति मन्दिरको पश्चिममा राखिएको छ । यो मन्दिर युनेस्को वल्र्ड हेरिटेजमा अंगिकृत गरिएको छ ।

पशुपतिनाथ तस्विरः चिनारी नेपाल
गुह्येश्वरी मन्दिर

पशुपति मन्दिरको नजिकै बाग्मती नदीको तटमा अवस्थित धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं कलात्मक दृष्टिले महइभ्वपूर्ण यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको छ । गुह्येश्वरी शक्तिपीठको स्थापना लिच्छविकालमा र मन्दिरको निर्माण मल्लकालमा भएको मानिने हुँदा यहाँ लिच्छविकालीन मूर्तिकला तथा मल्लकालीन काष्ठकलाका विशिष्ट नमुना दृष्टिगोचर हुन्छ ।

चारैतिर पाटी पौवाहरूले घेरिएको मण्डप शैलीमा श्लेष्मान्तक वनसँगै बाग्मती नदीको दक्षिणतटमा निर्मित यो भगवान शिवको सहधर्मिणी सतीदेवी (पार्वती) को मन्दिर भएको मानिन्छ । प्राचीनकालमा आद्यगुरु शङ्कराचार्य यही ठाउँको अवलोकन गर्न आउनुभई गुह्येश्वरीको उपासना र प्रार्थना गर्नुभएको पनि आख्यान छ । तान्त्रिक बज्रयान बौद्ध परम्पराअनुसार गुह्येश्वरीको पूजा अर्चना गरिने हुदाँ यो स्थल हिन्दू र बौद्ध दुवै समुदायको लागि पूजनीय मानिन्छ ।

गुह्येश्वरी मन्दिर काठमाडाैँ फाेटोः सामाजिक सञ्जाल
बूढानीलकण्ठ

काठमाडौँ सहरदेखि ८ की.मी. पश्चिम उत्तरमा शिवपुरी पहाडको काखमा एउटा सानो पोखरीको बीच शेषशायी भगवान नारायणको प्रस्तर मूर्ति छ । यसको निमार्ण लिच्छविकालमा पाँचौँ शताब्दीको मध्यतिर भएकोले यसले लिच्छविकालीन मूर्तिकलाको प्रतिनिधित्व गर्दछ ।

बूढानीलकण्ठ काठमाडौँ

काठमाडौँ फर्पिङ क्षेत्रको दक्षिणकालीमा मङ्गोल मुखाकृति भएकी कालिका देवीको मूर्ति छ । यो ठाउँ काठमाडौँको केन्द्रबाट २० की.मी. दक्षिणमा पर्दछ । कर्णाली, भेरी र राप्ती अञ्चल निवासीहरू आफ्नो कृषि, बन तथा घरेलु उत्पादनहरू बिक्री गर्न र आफूलाई चाहिने लत्ता कपडा, नुन, तेल तथा अन्य उपभोग्य वस्तुहरू खरीद गर्न आवतजावत गर्ने हुनाले नेपालगञ्ज यस क्षेत्रकै ठूलो र महइभ्वपूर्ण व्यापारिक केन्द्रको रूपमा दिनपरदिन विकास हुँदै गइरहेको छ ।

पवित्र धार्मिक स्थल दक्षिणकाली काठमाडाैँ
बौद्धनाथ

काठमाडौँ सहरको केन्द्रबाट ७ की.मी. पूर्वोत्तर भागमा अवस्थित भगवान बुद्धको ठूलो स्तूपलाई बौद्धनाथ भनिन्छ । पाचौँ शताब्दीमा लिच्छवि राजा मानदेवले निर्माण गरेको यो मठ विश्वका प्राचीन विशालतम स्तुपहरूमध्ये एक मानिन्छ । हिन्दू र बौद्ध धर्मालम्बीहरू दर्शनार्थ आउने यो मठ धार्मिक सहिष्णुताको प्रतीक मानिन्छ । यसलाई विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ ।

बौद्धनाथ
स्वयम्भू महाचैत्य

काठमाडौँ उपत्यकाको पश्चिमी भागमा पर्ने मण्डपगिरी नामको पहाडको टुप्पोमा विश्व सम्पदा सूचीमा समावेश भएको प्रसिद्ध बौद्ध मन्दिर र स्तुप छ । स्वयम्भू भगवानको उत्पत्ति यसै स्थानमा भएको भनिन्छ । बुद्ध जन्मेको, बुद्धको ज्ञान प्राप्त गरेको र बुद्धको निर्वाण प्राप्त गरेको वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ ठूलो महोत्सव आयोजना गरिन्छ । स्वयम्भूको आनन्दकुटी महाविहारमा भगवान बुद्धको पवित्र अस्थिधातु (हाड) सुरक्षासाथ राखिएको छ । चोरी भएपछि पहिलेको अस्थिधातु श्रीलंकाबाट वि.सं. २०५१ मा प्राप्त भएपछि वि.सं. २०५५ वैशाख शुक्ल पूर्णिमाका दिन पहिलोपटक नगर परिक्रमा गराइएको थियो । स्वयम्भूबाट काठमाडौँ उपत्यकाको रमणीय दृश्यको अवलोकन गर्न सकिन्छ ।

स्वयम्वुनाथ तस्विरः
नक्साल भगवती

लिच्छविकालमा पलाञ्चोक भगवतीको मूर्ति बनाउनेले नै नक्साल भगवतीको पनि मूर्ति बनाई स्थापना गरेको जनश्रुति छ । रणबहादुर शाहका टक्सारी भीम वर्मा खवासले वि.स. १८३९ मा पूजा गरी मन्दिरको जिर्णोद्धार गरेको र चिताइएको काम प्रेमगिरी खसाईले गरेको कुरा शिलालेखमा उल्लेख छ ।

नक्साल भगवती मन्दिर काठमाडैाँ
बौद्धनाथ

काठमाडौँ सहरको केन्द्रबाट ७ की.मी. पूर्वोत्तर भागमा अवस्थित भगवान बुद्धको ठूलो स्तूपलाई बौद्धनाथ भनिन्छ । पाचौँ शताब्दीमा लिच्छवि राजा मानदेवले निर्माण गरेको यो मठ विश्वका प्राचीन विशालतम स्तुपहरूमध्ये एक मानिन्छ । हिन्दू र बौद्ध धर्मालम्बीहरू दर्शनार्थ आउने यो मठ धार्मिक सहिष्णुताको प्रतीक मानिन्छ । यसलाई विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ ।

बाैध्दनाथ
बंगलामुखी मन्दिर

काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक स्थलहरूमध्ये ललितपुर कुम्भेश्वरस्थित बंगलामुखी मन्दिर पनि महत्वपुर्ण मानिन्छ । नेवार जातिका कपाली समुदायका मानिसहरू यहाँका पुजारी हुन्छन् ।

बंगलामुखी मन्दिर काठमाडौँ
भद्रकाली देवीको मन्दिर

काठमाडौँ सहरको बीच भागमा सिंहदरबारको अगाडि प्रख्यात शक्तिपीठ भद्रकाली देवीको मन्दिर रहेको छ । ईसाको सातौँ शताब्दीतिर तान्त्रिक बज्राचार्य शाश्वत बज्रले वैष्णवी पीठमा कालिका देवीको साधना गरी देवीको स्थापना गरेपछि यस स्थानलाई भद्रकाली स्थान भन्न थालियो । नेवारी भाषामा यसलाई लुमधी भनिन्छ । भाषा वंशावलीमा उल्लेख भएअनुसार राजा गुणकामदेवले काठमार्डाँै सहरको निर्माण गरेपछि यसको सुरक्षाको लागि सहरको पूर्वी दिशामा भद्रकाली पीठको स्थापना गरेका थिए । भद्रकाली स्थानमा विजया दशमी (बडादशैँ को बेला ठूलो मेला लाग्ने गर्दछ ।

भद्रकाली देवीको मन्दिर
देवीघाट

नुवाकोट जिल्लाको बट्टारको छेउमा रसुवा जिल्लाको गोसाइकुण्डबाट आउने त्रिशुली नदी र रसुवाको सूर्यकुण्डबाट आउने तादी खोला (सूर्यमती नदी)को सङ्गमस्थलमा देवीघाट तीर्थस्थल रहेको छ । यसै ठाउँमा प्रसिद्ध जाल्पा देवीको मन्दिर छ । यहाँ प्रत्येक वर्ष चैत्र शुक्लपूर्णिमा र हरिबोधिनी एकादशीका दिन ठूलो मेला लाग्दछ ।

त्रीशुली र तादिको संगम स्थल, पुण्यभुमी नुवाकोट देविघाट र जालपा देवि मन्दिर
देवघाट

तनहुँ जिल्लाको देवघाट गाउँपालिकाअन्तर्गत पर्ने हिन्दूहरूको पवित्र तीर्थस्थल देवघाटमा सप्तगण्डकी नदीको सङ्गम भएको हुँदा यो ठाउँमा स्नान गर्दा सम्पूर्ण पापहरूबाट मुक्ति पाइने, यहाँ प्राणत्याग गर्दा कैवल्य मुक्ति पाइने कुरा नेपाल महात्म्यमा उल्लेख छ । हरिगङ्गा (काली गण्डकी) र हरगङ्गा (त्रिशुली) नदीसमेतको सङ्गम भएको सप्तगण्डकीको नदीको तटमा अवस्थित अर्थात् हरिगङ्गा र हरगङ्गा नदीको तटमा अवस्थित भएकाले यसलाई हरिहर क्षेत्र पनि भनिन्छ । कतैकतै यसलाई आदिप्रयागसमेत भनेको पाइन्छ । यो ठाउँमा माघे सङ्क्रान्तिका दिन ठूलो मेला लाग्दछ । धार्मिक दृष्टिले महइभ्वपूर्ण यो ठाउँको व्यवस्थित विकासका लागि तनहुँ, नवलपरासी र चितवन जिल्लाका केही भाग मिलाई देवघाट क्षेत्र विकास समिति गठन गरिएको छ ।

देवघाट तनहुँ, फाेटोः सामाजिक सञ्जाल
मनकामनादेवी मन्दिर

गोरखा जिल्लामा अवस्थित यो मन्दिरमा दुर्गा भवानीको मूर्ति छ । राजा रामशाहकी रानी देवीको शक्ति भएको नारी थिइन् । रानीको मृत्युपश्चात् उनैको शान्तिको (पुजा गर्न उपासनाको लागि सिद्ध लखन थापाले नै मनकामना देवीको स्थापना गरी पूजाको चलन चलाएको किम्वदन्ती पाइन्छ भने मनकामना मन्दिरमा मगर जातिका पुजारी नै नियुक्त गरिन्छ । पृथ्वीराजमार्गको कुरिनटारदेखि मनकामना मन्दिरसम्म केवलकार सेवा सञ्चालित छ । मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहि आएको छ ।

मनकामनादेवी मन्दिर गोरखा तस्विरः मनकामनादेवी मन्दिर
मुक्तिनाथ

मुस्ताङ जिल्लाको हिमाली भू–भागमा मुक्तिनाथको मन्दिर छ । मुक्तिनाथ २८० २४’ आक्षांस र ८३० ३०’ देशान्तरमा अवस्थित छ । प्राय वर्षैभरी चिसो हावापानी बहने मुक्तिनाथ क्षेत्रलाई जाडो याममा हिउँले ढाक्ने गर्दछ । मुक्तिनाथ हिन्दूहरूको पवित्र धार्मिक स्थलको रूपमा रहेको छ । वर्षेनी असंख्य भक्तजनहरू टाढा टाढाबाट मुक्तिनाथको दर्शन गर्न आउँछन् । भारतका कुनाकुनाबाट पनि हिन्दू धर्मावलम्बीहरू मुक्तिनाथको दर्शन गर्न आउने हुनाले मुक्तिनाथ नेपालको मात्र नभएर सम्पूर्ण हिन्दूहरूको तीर्थस्थलको रूपमा स्थापित भएको पाइन्छ ।

मुक्तिनाथ मन्दिर मुस्ताङ
बाग्लुङ कालिका मन्दिर

बाग्लुङ जिल्लाको सदरमुकाम बाग्लुङ बजारदेखि पूर्वमा कालीगण्डकी र काठेखोलाको सङ्गमको उच्च समस्थली (टार) हात्तीसुँडे जङ्गलभित्र कालिका देवीको भव्य सुन्दर मन्दिर छ । पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग गरिदिएपछि दाइजोको रूपमा कालिकाको मूर्ति दिएकोमा त्यही मूर्ति नै मन्दिरमा स्थापना गरिएको हो भन्ने जनश्रुति छ । मन्दिरमा चैत्राष्टमीका दिन पञ्चबलि चढाई मेला भर्ने चलन छ । हाल बाग्लुङ बजारलाई कालिका नगरपालिका भनी नयाँ नामाकरण गरिएको छ ।

वाग्लुङ कालिका मन्दिर, फाेटोः सामाजिक सञ्जाल
विक्रम बाबा

चितवन राष्ट्रिय निकुञ्जभित्र नारायणगढबाट झण्डै २१ किलोमिटर दक्षिणतर्फ नदीको किनारा कसरामा विक्रम बाबाको थान छ । विक्रम बाबा थारू जातिका हुन् । सो स्थानमा चैते दशैँको अवसरमा देवभक्त थारूको सम्झनामा ठूलो जात्रा लाग्दछ । जात्रामा लमजुङ्ग, तनहुँ, कास्की, गोरखा, मकवानपुर, काठमाडाैँनवलपरासीलगायत देशका विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गर्दछन् । यहाँ विशेषगरी नवविवाहित जोडीहरू आउने गर्छन् ।

विक्रम बाबा चितवन
त्रिवेणीधाम, वाल्मीकि आश्रम र गजेन्द्रमोक्ष धाम

चितवन जिल्लाको दक्षिणी पूर्वी भागमा गर्दी गा.वि.स. अन्तर्गत स्वर्णभद्रा, तमसा र नारायणी नदीको त्रिवेणीमा नारायणी नदीपारी वा पूर्वतटमा महामुनी तथा संस्कृत साहित्यका आदिकवि रामायणका रचयिता महर्षी ऋषिको आश्रम छ । यही नै वाल्मीकिले रामायण ग्रन्थको रचना गरेका थिए । यहाँ पुराताइिभ्वक महत्वका प्राचीन मूर्ति, महर्षि वाल्मीकिद्वारा स्थापित हरिहर मन्दिर, यज्ञशाला, लवकुश पाठशाला, सीताकुटी, सीताकुप र आश्रमहरू छन् । यहाँ माघे औँशीको दिन ठूलो मेला लाग्दछ । पवित्र तीन नदीहरूको सङ्गम त्रिवेणीमा स्नान गरेमा पापमोचन हुने र यहाँ देहत्याग गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेकोले यो स्थान कल्पवासीहरूको आश्रमस्थल बनेको छ ।

त्रिवेणीधाम नवलपरासी
वाल्मीकि आश्रम चितवन
गजेन्द्रमोक्षधाम

 

दाउन्ने गढी दाउन्ने देवी

नवलपरासी जिल्लामा चुरे पहाडको काखमा महेन्द्र राजमार्गको बुटवल नारायणगढ खण्डमा दाउन्ने डाँडामा दाउन्ने देवीको स्थान छ । यस ठाउँमा प्राचीन कालमा परशुरामको आश्रम तथा साधनास्थल थियो भन्ने किंवदन्ती छ । नवलपरासी जिल्लाको प्रमुख दुई क्षेत्र नवलपुर र परासीको ठीक बीचमा दाउन्नेगढी पर्दछ । नवलपुर बस्ती नवलसिंहले स्थापना गरेको मानिन्छ भने परशुराम शब्दबाट पराशु, परसो हुँदै परासी बनेको र दुवैको संयुक्त रूपमा नवलपरासी भएको मानिन्छ ।

दाउन्ने देवी नवलपरासी, फाेटोः सामाजिक सञ्जाल
सुपादेउराली मन्दिर

नेपालकै प्रशिध्द शक्तीपीठ मध्ये अर्घाखाँची जिल्लामा रहेकाे सुपादेउराली मन्दीरपनी एक प्रमुख धार्मिक स्थल हो । धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार परापुर्वकाल देखीनै महत्व बाेकेकाे यस मन्दीरमा महर्षी पाँडीनी तपस्याको लागी आएको बेला साेमेश्वर महादेवको दर्श्नन गरी उक्कालो लाग्दा देवीकाे दशर्न गर्दै नर्तनाञ्चल पर्वतमा भगवान शिवको दर्श्नन पाएको उल्लेख गरिएको छ । देविको दर्शन गर्नाले मनोकांक्षाा पुराहुने विश्वासले अहिले यहाँ देशै भरवाट र छिमेकी मित्रराषट्र भारतवाट पनि श्रदालु भक्तजनहरू पुग्नेने गर्दछन । आफुले कामना गरेको मनाेकांक्षाा पुरा भएपछि भाकल अनुसारको भेटी, परेवा, नरिवल, जिन्सी तथा वली चढाउने प्रचलन रहेको छ ।

Supa Deurali Mandir
सुपादेउराली मन्दीर अर्घाखाँची
रुरुक्षेत्र वा रुरुतीर्थ

गुल्मी, पाल्पास्याङ्जा जिल्लाको सीमानामा रुरु गङ्गा र कालीगण्डकी नदीको तटमा अवस्थित विभिन्न देवी देवताहरूको मन्दिर रहेको पवित्र तीर्थस्थल तथा रमणीय जङ्गललाई रुरुक्षेत्र भनिन्छ । यस ठाउँमा एक अनाथ बालिकालाई रुरु नामकी हरिणीले दूधपान गराई हुर्काएकी रुरुकन्याले ठूलो तपस्या गरी यहाँको भूमिलाई पवित्र तपोमय बनाएकोले यसलाई रुरुक्षेत्र भनिएको हो भन्ने जनधारणा पाइन्छ । यहाँ माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्दछ ।

रुरुक्षेत्र गुल्मी
स्वर्गद्वारी

प्यूठान जिल्लाको सदरमुकाम खलङ्गाबाट झण्डै २६ की.मी.पश्चिमतर्फ ६९६० फिट उचाइ भएको लेकमा अवस्थित प्रसिद्ध धार्मिक स्थल नै स्वर्गद्धारी हो । परापूर्वकालमा ऋषिमुनिहरूले जपतप गरी स्वर्ग पुगेको भन्ने जनश्रुति अनुसार नै यस स्थानको नाम स्वर्गद्वारी रहन गएको हो भन्ने विद्वानहरूको विश्वास रहेको पाइन्छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महइभ्वपूर्ण यस स्वर्गद्वारीमा सिङ्गमर्मरमाथि शिवलिंग राखी निर्माण गरिएको पक्की मन्दिर रहेको छ भने यसको वरपर सयौँको संख्यामा गाइपाल्ने गाईगोठ, रमणीय गुफा, यज्ञशाला तथा पोखरीहरू रहेका छन् ।

हरेक वर्षको वैशाख पूर्णिमा र कार्तिक पूर्णिमाका दिन यहाँ विशाल धार्मिक मेला लाग्दछ । नेपालका विभिन्न स्थान तथा भारतबाट समेत हजारौँको संख्यामा तीर्थयात्रीहरू मेलामा सहभागी हुन यहाँ आउछन् । स्वर्गद्वारीमा त्यहाँका महाप्रभुले करिब १२० वर्षअघि सुरु गरेको अखण्ड होम अहिले पनि जारी रहेको छ । स्वर्गद्वारीमा संस्कृत पाठशाला र वेद विद्याश्रम सञ्चालन भएको पनि पाइन्छ र वेद तथा धर्मकर्मको अध्ययन गर्नको निम्ति टाढा टाढाबाट आउने विद्यार्थीहरूलाई खानपीन र बसाइको निःशुल्क व्यवस्थासमेत रहेको पाइन्छ ।

स्वर्गद्वारी प्यूठान

दाङमा त्यस आश्रमको गुठीको रूपमा धेरै जमिन रहेको छ । भिङग्री भन्ने बजारको नजिकैबाट केही घण्टाको उकालो पैदल हिँडेर स्वर्गद्वारी आश्रममा पुग्न सकिन्छ भने भिङ्ग्री बजारदेखि यो आश्रमसम्म कच्ची सडक पनि निर्माण गरिएको छ ।स्वर्गद्वारी रहन गएको हो भन्ने विद्वानहरूको विश्वास रहेको पाइन्छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महइभ्वपूर्ण यस स्वर्गद्वारीमा सिङ्गमर्मरमाथि शिवलिंग राखी निर्माण गरिएको पक्की मन्दिर रहेको छ भने यसको वरपर सयौँको संख्यामा गाइपाल्ने गाईगोठ, रमणीय गुफा, यज्ञशाला तथा पोखरीहरू रहेका छन् । हरेक वर्षको वैशाख पूर्णिमा र कार्तिक पूर्णिमाका दिन यहाँ विशाल धार्मिक मेला लाग्दछ ।

नेपालका विभिन्न स्थान तथा भारतबाट समेत हजारौँको संख्यामा तीर्थयात्रीहरू मेलामा सहभागी हुन यहाँ आउछन् । स्वर्गद्वारीमा त्यहाँका महाप्रभुले करिब १२० वर्षअघि सुरु गरेको अखण्ड होम अहिले पनि जारी रहेको छ । स्वर्गद्वारीमा संस्कृत पाठशाला र वेद विद्याश्रम सञ्चालन भएको पनि पाइन्छ र वेद तथा धर्मकर्मको अध्ययन गर्नको निम्ति टाढा टाढाबाट आउने विद्यार्थीहरूलाई खानपीन र बसाइको निःशुल्क व्यवस्थासमेत रहेको पाइन्छ । दाङमा त्यस आश्रमको गुठीको रूपमा धेरै जमिन रहेको छ । भिङग्री भन्ने बजारको नजिकैबाट केही घण्टाको उकालो पैदल हिँडेर स्वर्गद्वारी आश्रममा पुग्न सकिन्छ भने भिङ्ग्री बजारदेखि यो आश्रमसम्म कच्ची सडक पनि निर्माण गरिएको छ ।

चन्दननाथ मन्दिर

कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको चन्दननाथको मन्दिरमा भगवान दत्तात्रेयको मूर्ति स्थापित छ । यहाँ वैदिक विधि विधानअनुसार प्रात, मध्यान्ह र सन्ध्याकालमा गरी दिनको तीनपटक पूजा गरिन्छ । आठौँ शताब्दीअगाडि निर्मित यो मन्दिरमा भगवान दत्तात्रेयको चरणपादुका रहेको छ । चन्दनाथले स्थापना गरेको मन्दिर भएकोले यस मन्दिरको नाम चन्दनाथ रहेको हो । यहाँ योगी (गिरी, पूरी आदि) समुदायको व्यक्ति पुजारी हुन्छन् ।

चन्दननाथ मन्दिर जुम्ला, फाेटोः सामाजिक सञ्जाल
बडी मालिका

बाजुरा जिल्लामा समुन्द्रसतहदेखि करीब १५,००० फिटको उचाइमा अवस्थित बडीमालिकाको मन्दिरमा भाद्र शुक्ल पक्षको दिनमा ठूलो मेला लाग्दछ । यहाँ अछाम, डोटी, बझाङलगायत देशका विभिन्न भागबाट दर्शनार्थीहरू आउने गर्दछन् ।

बडी मालिका बाजुरा तस्विरःOnlinekhabar.com
वैजनाथ धाम

अछाम जिल्लाको बुढीगङ्गा र साफे खोलाको किनारमा पर्दछ । शिवरात्रीको समयमा यहाँ ठूलो मेला लाग्छ । नेपालका विभिन्न स्थानदेखि भार तसम्मबाट श्रद्धालुको ठूलो भीड लाग्दछ ।

वैजनाथ धाम अछाम
त्रिपुरासुन्दरी देवी

 

त्रिपुरा सुन्दरी बैतडी

बैतडी जिल्लाको यो प्रमुख तीर्थस्थलमा भगवती देवीको मूर्ति स्थापना गरिएको छ । पौराणिककालमा भगवतीले त्रिपुरासुर नामको दैत्यको वध गरी देवता तथा मानव जातिको दुःख निवारण गरेकोले यिनको नाम त्रिपुरासुन्दरी देवी रहेको मानिन्छ । यी देवीलाई स्थानीय वासिन्दा राणाशयनी भगवती पनि भन्दछन् ।प्राकृतिक रमणीयताको कारणले पनि वर्षेनी ठूलो संख्यामा पदयात्रीहरू यस क्षेत्रमा आउँदछन् । यस क्षेत्रमा तपस्या गरेको खण्डमा मुक्ति प्राप्त गर्न सकिने हुनाले यस क्षेत्रलाई मुक्तिक्षेत्र भनिएको हो भन्ने जनविश्वास रहेको पाइन्छ । अवलोकितेश्वरको मूर्ति तथा वरूण देवताको रूपमा पुजिने हरबखत आगो बलिरहने स्थान र गुम्बा पनि मुक्तिनाथ क्षेत्रको आकर्षणको रूपमा रहेका छन् ।

याे लेख नेपाल सरकार सुचना तथा प्रसारण विभागले प्रकाशन गरेको नेपाल परिचयमा आधारित छ । यस लेखमा प्रयाेग भएका फोटोहरू विभिन्न अनलाइन र सामाजिक संजालवाट लिएको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *