Photo of Nuwakot

नुवाकोट जिल्ला Nuwakot District

परिचय

नेपाल सरकार जिल्ला समन्वय समिति नुवाकोटका अनुसार बाग्मती प्रदेश अन्तर्गत पर्ने नुवाकोट  जिल्ला एक मध्ये पहाडी जिल्ला हो । कुल १,१२१ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाको सदरमुकाम बिदुर मा रहेको छ। कुनै पनि अन्तर्राष्ट्रिय सिमानालाई  नछुने र भौगोलिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध–चन्द्राकार रुपमा पूर्व–पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडीक्षेत्रको पठार, हिमालको दक्षिणी ढाल, पहाडीक्षेत्रको विचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगायतका विविध भौगोलिक विशेषताहरु पाउँन सकिन्छ ।नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म “पश्चिम एक नम्वर” अन्तरर्गत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहनगएको ऐतिहासिक अनुश्रुति रहेको छ । भौगोलिक वनावटमा पहाडी भू–भागको अंश ७१ प्रतिशत, लेकाली भू–भागको अंश १८ प्रतिशत तथा टार, वेसी र समथर भू–भागको अंश ११ प्रतिशत ररहेको छ ।

Nuwakot
तस्विरमा नुवाकोट
ऐतिहासिक चिनारी

राष्ट्रनिर्माता  पृथ्वीनारायण शाहद्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो। यही क्रममा उपत्यकाको पश्चिम तर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो। त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो। जसको फलस्वरूप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो।

नुवाकोट दरवार
ऐतिहासिक नुवाकोट दरवार

नुवाकोट विजयपछि यसलाई दोस्रो राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो। जसको परिणामस्वरूप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्‍यो। यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्यो। साथै वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, अमरसिंह जस्ता वीर योद्घाहरूले यस अभियानलाई अझै व्यापक बनाए। राजा पृथ्वीनारायण शाहको वि.सं. १८०१ देखि १८२५ सम्मको महत्वपूर्ण समय नुवाकोट मै व्यतित भएको थियो।

Nuwakot Jilla
तस्विरमा नुवाकोट
भाैगोलीक अवस्थिती

उचाई: समुन्द्र सतहबाट ४५७ मी. देखि ५१४४ मी. सम्म
क्षेत्रफल: ११२१ व. कि.मि.
देशान्तर: ८५ डि देखि ८५ डि ४५” पूर्वसम्म
अक्षांस: २७ डि ४५” देखि २८ डि २०” उत्तरसम्म
आकार: अर्ध चन्द्राकार

धार्मिक तथा पर्यटकिय स्थलहरू

यस जिल्लामा तादी र त्रिशुली नदीको संगम देविघाट र नुवाकोट ७ तले दरवार जस्ता ऐतिहासिक महत्त्वका ठाउँहरूसमावेश छन्। प्रशिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग रहेको नुवाकोट जिल्ला मल्लकालीन समयमा पश्चिम नेपालको मूल ढोका, नेपाल भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मुलद्वार पनि रहेको थियो । बेलकोट, मालाकोट, धुवाकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट, प्यासकोट जस्ता नौ वटा कोट वा किल्लाहरुको संगम भूमिको रुपमा परिचित नुवाकोटलाई गोपालवंश देखिनै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट क्रमशः परिमार्जन हुदै हालको नुवाकोट नामाकरण भएको हो ।

Nuwakot
भैरवी मन्दिर नुवाकोट                                                                                              सिन्दुरे जात्रा रथ यात्रा

नुवाकोट जिल्लामा भैरवी, जालपादेवी, दुप्चेश्वर महादेव,पञ्चकन्या, राम मन्दिर, उग्रतारा, उत्तरगया, सुगतपुर विहार, बाराही, वासुकी, वाघ भैरव, भैरवकोट, जलेश्वरी, शिवालय आदि प्रमुख धार्मिक स्थलहरु र नुवाकोट दरवारक्षेत्र श्री ५ बडामहाराजाधिराज पृथ्विनारायण शाह स्मृती उद्यान, श्री ५ विरेन्द्र स्मृती उद्यान आदि ऐतिहासिक सम्पदाहरु रहेका छन ।जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित ककनी आन्तरिक तथा वाह्य पर्यटनको दृष्टिकोणले निकै महत्वपुर्ण प्रस्थान मानिन्छ । नुवाकोट दरवारक्षेत्र, सागरकुण्ड, देविघाट, उत्तरगया, बोल्देहीताल, ककनी ,चिसापानी, शिवपुरी, पञ्चकन्यासुरुङ आदि अन्य ख्याति प्राप्त पर्यटकीय क्षेत्रहरु रहेका छन ।

नुवाकोट
जिवित देवी मानिने कुमारी                                                                              दुप्चेश्वर महादेव
 नुवाकोट जिल्लामा रहेका प्रमुख नदी तथा तालहरू

विभिन्न स्थानहरुवाट वग्ने नदी तथा खोलाहरु र उच्च पहाडीक्षेत्रमा रहेका ताल तलैयाहरु नै जिल्लाका प्रमुख जलसम्पदाहरु हुन् । त्रिशुली र तादी जस्ता मुख्य नदीहरु र सलाखु, लिखु, कुमरी, फलाखु, सिन्दुरे, छत्रे, कोल्पु लगायतका अन्य साना नदीहरु लगायत सूर्य कुण्ड, सागर कुण्ड, बोल्देही ताल जस्ता ताल तलैयाहरुले जिल्लाको जलाधार क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेका छन् ।

नुवाकोट जिल्लामा रहेका प्रमुख टार तथा वेसि र फाँटहरु

उत्पादनको दृष्टिकोणले अत्यन्त उर्वर टार तथा वेसी र फाँटहरुले जिल्लाको खाद्यान्न आपूर्तिमा उल्लेखनिय योगदान पुर्याएका छन् । होचो भू–भागमा अवस्थित बट्टार, पिपलटार, गेर्खुटार, वागटार, खरानिटार, समुन्द्रटार, आँगुटार, कोल्पुटार, रातमाटेटार, तारुकाटार, दर्शनटार, मैरेटार, शहरेटार, ताप्केटार, रिट्ठेटार आदि टारहरु र थानसिङफाँट, लिखुफाँट, शेराफाँट, महादेवफाँट, सिमराफाँट, रैकरफाँट, चाउथेफाँट, फिर्केफाँट आदि यस जिल्लाका प्रमुख वेसी र फाँटहरु हुन् ।

नुवाकोट जिल्लामा मनाइने चाडपर्व एवंम मेलाहरु

जातिगत र साँस्कृतिक विविधता रहेको यस जिल्लाका वासिन्दाहरुले मनाउने प्रमुख चाडपर्व र मेलाहरुमा पनि विविधता पाउँन सकिन्छ । विजयादशमी, दिपावली, ल्होछार, रामनवमी, माघेसक्रान्ती, साउनेसक्रान्ती, तिज, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, वुद्धपूर्णिमा, ईद आदि प्रमुख चाडपर्वहरु र सिन्दुरेजात्रा, देवीयात्रा, लाखेनाच, गाईजात्रा, बैशाखपूर्णिमायात्रा, एकादशीयात्रा, विवाहपञ्चमी (त्रिशुली, देविघाट, नुवाकोट), माघेसंक्रान्तीजात्रा (साँढे जुधाउने, दुप्चेश्वरमेला आदि जात्रा तथा मेलाहरुले जिल्लाको साँस्कृतिक वैभवलाई उच्च राख्न मद्धत गरेका छन् ।

गोरू जुधाउने जात्रा
गोरू जुधाउने मेला
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार नुवाकोट जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ वटा नगरपालीका र १० वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.   नामः विदुर नगरपालिका

केन्द्रः साविक विदुर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५४३५१

क्षेत्रफलः १३०.०१ (वर्ग कि.मि.)

वडा संख्याः १३

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

जनसङ्ख्या

क्षेत्रफल

विदुर

१,१०,११

विदुर

२,३

खड्कभञ्ज्याङ्ग

४-९

विदुर

विदुर

५-७,

विदुर

चारघरे

१,२

तुप्चे

१-५,७

विदुर

तुप्चे

६,८

विदुर

तुप्चे

१०

गेर्खु

३,४,७,९

११

गेर्खु

१,२,५,६,८

१२

चारघरे

३-९

१३

कल्याणपुर

१-९

 २.      नामः बेलकोटगढी नगरपालिका

केन्द्रः साविक जिलिङ्ग गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३९८८८

क्षेत्रफलः १५५.६ (वर्ग कि.मि.)

वडा संख्याः १३

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बेलकोट

४,९

कुमारी

६,८,९

कुमारी

१-४,७

दुईपिपल

५,९

कुमारी

दुईपिपल

३,४,६,८

दुईपिपल

१,२,७

रातमाटे

१-९

जिलिङ्ग

१-५

जिलिङ्ग

६-९

१०

बेलकोट

१-३

११

बेलकोट

५-८

१२

मदानपुर

३-५

१३

मदानपुर

१,२,६,९

 ३.      नामः ककनी गाउँपालिका

केन्द्रः साविक ककनी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २७०७३

क्षेत्रफलः ८७.९७ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ओखरपौवा

१,७-९

ओखरपौवा

२-६

चाउथे

१-९

ककनी

१-४

ककनी

५-९

मदानपुर

७,८

चतुराले

१-९

थानसिङ

८,९

 ४.      नामः किस्पाङ गाउँपालिका

केन्द्रः साविक काउले गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १४८.६१

क्षेत्रफलः ८२.५७ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भाल्चे

१-९

फिकुरी

१-९

काउले

१-९

साल्मे

१-९

मनकामना

१-९

 ५.      नामः तादी गाउँपालिका

केन्द्रः साविक खरानीटार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७९३२

क्षेत्रफलः ६९.८ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

उर्लेनी

१-९

रालुकादेवी

१-९

खरानीटार

१-९

रालुकादेवी

७-९

सुन्दरादेवी

१-९

नर्जामण्डप

१-४

नर्जामण्डप

५-९

 ६.      नामः तारकेश्वर गाउँपालिका

केन्द्रः साविक दाङसिङ्ग गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५७१९

क्षेत्रफलः ७२.६२  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

दाङसिङ्ग

१-९

बुधसिङ्ग

गोर्स्याङ्ग

तारुका

१-४

तारुका

५-९

बुधसिङ्ग

१-८

गोर्स्याङ्ग

२-८

खड्कभञ्ज्याङ

१-३

गोर्स्याङ्ग

७.      नामः दुप्चेश्वर गाउँपालिका

केन्द्रः साविक समुन्द्रटार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२१०६

क्षेत्रफलः १३१.६२ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

घ्याङफेदी

१-९

गाउँखर्क

१-९

राउतबेशी

१-७

बेतिनी

१-९

बालुकमार

१-९

समुन्द्रटार

१-९

राउतबेंशी

८-९

शिखरबेसी

१-९

८.      नामः पञ्चकन्या गाउँपालिका

केन्द्रः लाकुरीभञ्ज्याङ

जनसङ्ख्याः १५९४५

क्षेत्रफलः ५३.४७  (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

चौघडा

३,४,९

कविलास

१-९

पञ्चकन्या

१-७

थप्रेक

१-९

भद्रुटार

१-९

 ९.      नामः लिखु गाउँपालिका

केन्द्रः साविक सुर्यमति गा.वि..को डुँडे

जनसङ्ख्याः १६८५२

क्षेत्रफलः ४७.८८ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

खानीगाउँ

१-४,८

खानीगाउँ

५-७,९

सूर्यमती

१-९

चाघडा

१,२,५,६,७,८

थानसिङ

५,६,७

थानसिङ

१-४

थानापति

 १०.   नामः मेघाङ गाउँपालिका

केन्द्रः वडा नं. ३ र ६ को बीचमा पर्ने मानेब्ले

जनसङ्ख्याः  १३४७९

क्षेत्रफलः ९७.८३ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बर्सुन्चेत

१-९

बुङताङ

१-९

देउराली

१-९

किम्ताङ

१-९

सामरी

१,४,७,९

सामरी

२,३,५,६

११.   नामः शिवपुरी गाउँपालिका

केन्द्रः साविक महाकाली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २०७६९

क्षेत्रफलः १०१.५ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

तलाखु

१-९

छाप

१-९

लिखु

१-९

सिक्रे

१-९

महाकाली

१-९

समुन्द्रदेवी

१-९

सुनखानी

१-९

थानपति

१-४ ६-९

 १२.   नामः सूर्यगढी गाउँपालिका

केन्द्रः साविक बागेश्वरी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १६८००

क्षेत्रफलः ४९.०९  (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

लच्याङ

१-८

बागेश्वरी

१,२,५,६,८

लच्याङ

बागेश्वरी

३,४,७,९

हल्देकालिका

१-९

गणेशस्थान

१-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला समन्वय समिति नुवाकोट। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । नुवाकोट जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *