धरातलिय स्वरुपको आधारमा नेपालको भौगोलिक विभाजन


 

धरातलिय स्वरुपको आधारमा नेपालकोे भौगोलिक विभाजनलाई तिन भागमा विभाजन गरिएको छ।

हिमाली प्रदेश
पहाडी प्रदेश
तराई प्रदेश


हिमाली प्रदेश 

नेपालको उत्तरी भेगमा दाँतका लहरजस्तै पङतिबद्ध रुपमा अवस्थित हिउँ र चटनले निर्मित हिमाली

क्षेत्रले नेपालको पन्ध्र प्रतिशत भु – भाग ओगटेको छ । करिव २५ देखि ५० किलोमिटर उत्तर दक्षिण

चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुन्द्र सतहदेखि करिब ३,००० मिटरमाथीको उचाईमा अवस्थित

रहेको छ ।

हिमालय नेपालको उत्तरपट्टिमात्र नभई नेपाल सरहदवाट दक्षिणतिर हिमाली श्रङखला देखिने नेपालका

धेरै भु–भागहरु छन् । जस्तै अन्नपुर्ण हिमाल गङ्गापुर्ण हिमालको उत्तरपट्टि मनाङ मुस्ताङ आदि क्षेत्र

पर्दछन । विश्वका उच्चतम र मनोरम हिमाली टाकुराहरु नेपालको हिमालय खण्डमा छन । जसलाई

यहाँ उल्लेख गरिएकाृ छ । कञ्चनजङ्घा्, जनक, उम्बक, महालङ्गुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ,

गणेश, सोराङ, कुटाङ, मनसिरी, पेरो, लुगुला, दामोदर, निलगिरी,अन्नपुर्ण, धवलागिरी, मुस्ताङ, गौतम,

पालचुङ, हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाङ्कर र गुराँश समेत गरी २८ ओटा हिमाली

टाकुराहरु यस खण्डमा रहेका छन ।

माथी उल्लेख गरिएका पूर्वदेखि क्रमश पश्चीमसम्म फैलिएका प्रसिद्ध हिमश्रृङखलाहरु हुन । यि श्रृङखलाहरु

अधिकतम तिब्बत का सिमावर्ती क्षेत्रमा रहेका छन ।

हिमाली क्षेत्रको आर्थीक गतिविधी – हिमाली क्षेत्रको आर्थिक गतिविधी सिमित रहेको छ । उब्जनी न्युनहुने

हुँदा कृषि नगन्य भए पनि याक, भेडा, च्याङग्रा, घोडा आदि पशुपालन र जडिबुटिमा यो क्षेब सम्पन्न छ ।

उनिका गलैचा, राडी, पाखी बुन्ने घरेलु उधोग रहेको पाईन्छ । साथै पर्यटन उधोग, जडिबुटि र पर्यावरण

सम्पदा यहाँका महत्वपुर्ण श्रोत हुन ।

हिमली क्षेत्रमा समावेश गरिएका जिलाहरु पूर्वदेखी क्रमश – ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु,

दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ,

दार्चुला, धादिङ, रामेछाप, गोरखा र रुकुम पूर्व गरी २० जिल्ला पर्दछन ।

हिमाली प्रदेशलाई पनि ३ क्षेत्रमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।
१ मूख्य हिमाली क्षेत्र
२ भित्री हिमाली क्षेत्र
३ सिमान्त हिमाली क्षेत्र


१ मूख्य हिमाली क्षेत्र

हिमालय अन्र्तगतका उच्चतम चुलिहरु केन्द्रित मुख्य हिमालयमा ८००० मिटरभन्दा अग्ला च्लिहरु

पर्दछन् । तटवर्ती हिमालयको दक्षीण रहेका बृहत्तर हिमाली श्रृङखलामा ६००० मिटरभन्दा अग्ला १,३११

चुचुराहरु रहेका छन ।विश्वको सर्वोच शिखर सगरमाथा र तश्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त

ल्होत्से, मकालु, चो–ओयु, धवलागिरी, मनासलु, अन्नपूर्ण समेत विश्वका दुई दर्जन चुलिमध्ये नेपालमा करिब

डेढ दर्जन चुचुराहरु रहेका छन ।

कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ, गणेश, गोरखा, अन्नपूर्ण, धौलागिरी, काञ्जीरोवा, अपी र सौपाल

हिमश्रृङखला अन्र्तगत विश्वका १० सर्वोच्च शिखरहरुमध्ये ८ ओटा हिमशिखरहरु पर्दछन ।त्यस्तै यस क्षेत्रमा

कञ्चनजङ्घा् जनक उम्बक महालङ्गुर रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सोराङ, कुटाङ, मनसिरी,

पेरो, लुगुला, दामोदर, निलगिरी,अन्नपुर्ण, धवलागिरी, मुस्ताङ, गौतम, पालचुङ, हमगा, कान्जिरोवा, कान्ति,

गोरखा, चाङ्गला, चण्डी, नालाङ्कर र गुराँश समेत गरी २८ ओटा हिमश्रृङ्खलाहरु पूर्व देखि पश्चिम सम्म फैलिएर

रहेका छन ।

२ भित्री हिमाली क्षेत्र 

मुख्य हिमालयवाट उत्तर र तिब्बत क्षेत्रवाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदि निर्मित उपत्यकाहरु उच्च हिमाली

क्षेत्रमा निकै रहेका छन । यहाँ पुराङ्ग, हुम्ला, मुगु, लाङगु, बुढि खोटाङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि

हिमवेष्टित उपत्यकाहरु छन ।उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका

२४०० – ५००० मिटरसम्मका उचाईमा रहेका छन । कतै कतै गहिरो खोँच र बेसि रहेका छन ।हुम्ला, जुम्ला,

मुगु, डोल्पा, मुस्ताङ र मनाङ वृष्टिछाँयामा पर्नेहुँदा वर्षा ज्यादै कम हुन्छ । यस भेगमा शुष्क जलवायु पाईन्छ ।

यो पर्वतिय क्षेत्रमा चिसो शितोष्ण कोणधारी वन हुनेहुँदा डालेघाँस प्राय पाइन्न। यहाँका वासिन्दा खाद्यान्न, लुगा

र अन्य सामानको ढुवानी खच्चर, घोडा, चउँरी आदि जनावरवाट गर्ने गर्दछन । जौँ, गहुँ, कोदो र आलु ३०००

मिटर उचाइसम्म हुन्छ । हिउँदमा ठन्डा हुनेहुँदा मानिसहरुको बसोबास यो क्षेत्रमा निक्कै पातलो छ ।

३ सिमान्त हिमाली क्षेत्र

यो अन्तरहिमाली श्रृङखला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलोमिटर उत्तरसम्म फैलिएको

छ । सरदर ६००० मिटर उचाईदेखि करिब ७००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा,

र साङ्गपो को पानी ढलो क्षेत्रको रुपमा रहेको छ । उच्च हिमश्रृङखला छिचोली आएकोले यो क्षेत्रका नदि

(कालिगण्डकी) आदि) हिमालय भन्दा पुराना मानिन्छन् । मनाङ, मुस्ताङमा बस्ती छन् र भोट निस्कने

भञ्ज्याङहरु निकै पर्छन । वृष्टिछाँयामा पर्ने भएकाले यो क्षेत्र मूलत हिमाली मरुभुमीका रुपमा रहेको छ ।


२ धरातलिय स्वरुपको आधारमा नेपालको पहाडी क्षेत्रको भौगोलिक विभाजन

उत्तरमा हिमाल र दक्षिणमा तराईबीच रहेको मध्येभाग पूर्वदेखी पश्चिमसम्म अग्लाहोचा पहाडहरु ,

फराकिला–साँगुरा उपत्यका, दून,बेँसी तथा टार र गरायुक्त पाखाहरुले घनिभुत छ । दक्षिणमा समुन्द्र

सतहदेखी करिव ३०० मिटरदेखि उत्तरमा ३००० मिटरसम्मका भु–भागहरु ओगटेर ७६ किलोमिटरदेखी

१२५ किलोमिटरसम्म चौडा भई विस्तारित भएका छन । सबै भन्दा बढी भू–भाग यस प्रदेशले ओगटेको

हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ ।


यस क्षेत्रमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, काभे्रपलाञ्चोक, नुवाकोट,

तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम

पश्चिम, सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा,र बैतडी गरी २९ वटा जिल्ला पर्दछन ।

पहाडी क्षेत्रलाई पनि तिन श्रेणिमा विभाजन गरिएको छ ।
१) चुरे पर्वत श्रेणी
२) महाभारत श्रेणी
३) मध्यभुमी श्रेणी

पहाडी क्षेत्र
१) चुरे पर्वत श्रेणी

 नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमाला भन्दा निकैपछि विकसित

रहेको समुन्द्र सतहदेखि ६१० देखि १८७२ मिटरको उचाईसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ ।

यो पश्चिमदेखि कोशी नदिसम्म महाभारत पर्वतमालाको समानान्तर रुपमा लम्विएको छ भने त्यो भन्दा पूर्व

हुँदै ढिस्का वा थुम्कोको रुपमा रहेको छ । यसलाई सामान्यतः चररिया वा चुरे पर्वत भनिन्छ ।

नेपालको पश्चिममा अग्लो र पूर्वमा होचो हुँदै विलाएको चुरे लगभग २००० मिटरसम्म अग्लो छ । यो महाकाली

देखि कोशीसम्म छुट्टै श्रेणि भएर फैलिएको छ । कोशीपूर्व थुम्कीको रुपमा मोरङ र झापाको उत्तरमा मैनाचुली,

चुलाचुली छन ।चुरे पर्वत श्रेणिको धेरै भाग जंगलले ढाकेको छ । दाङ, देउखुरी, राप्ती, चितवन आदि उपत्यका

दून अवोन्नत प्रकृतिका भग छन । यहाँ गरम हावा पानि पाईन्छ यो क्षेत्रले १२.७ प्रतिशत (१,८७९,००० हेक्टर)

ढाकेको छ ।

२) महाभारत श्रेणी

पूर्व पश्चिम फैलिएको समुन्द सतहदेखि करिब १२,००० फिटसम्म उचाइको यो पहाडी भाग नेपालको महत्वपुर्ण

भाग हो । यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ । ठूला ठूला चार नदि कडा

चट्टाने पहाड छेडेर बगेका छन । कर्णालिले चिसापानिमा, कालिगण्डकीले देवघाटमा, त्रिशुलिले जुगरीमा र

कोशिले चतरामा छेडो बनाएको छ । ठाउँ ठाउँमा टार (पालुङटार, सल्यानटार, रुम्जाटार) उपत्यका बनेका

छन भने होँचो हिमालयको नामले पनि यो पर्वत चिनिने गर्छ ।
यहाँको हावापानी रमणिय र स्वस्थकर हुनेहुँदा महाभारत पर्वत श्रेणिलाई नेपालको हिल स्टेशन पनि भनिन्छ ।

सैलुङ, ट्याम्के, जैथक, फूलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्र्वगद्धारी, साकिने डाँडा, खोँचे आदि यहाँका

प्रमुख शिखर हुन । पूर्वी नेपालको तुलनामा पश्चिमको भाग बढी ठाडो छ ।

३) मध्यभुमी श्रेणी 

नेपालका चमेलिया (सुदुरपश्चिम), त्रिशूली (मध्य), सुकोशी र अरुण तथा तमोर नदीद्धारा

निर्मित ठूला उपत्यका एवं समथर र उर्वरक्षेत्र मध्यभूमिअन्र्तगत पर्छन । यहाँ तुम्लिङटार (सङखुवासभा),

रुम्जाटार (ओखलढुङ्गा) मङ्गलटार (काभ्रेपलाञ्चको), खुमलटार (ललितपुर, बट्टार (नुवाकोट),सल्यानटार

(धादिङ) खैरेनीटार (तनहुँ) चौरजहारीटार (रुकुम), जस्ता टार पनि छन् ।

मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४,३५०,३०० हेक्टर) जमिन ढाकेको छ । यहाँको जलवायु बर्षैभरी

कृषिको लागि उपयुक्त छ । तापक्रम मध्यम प्रकारको रहेको छ भने जनसंख्या वृद्धिले गर्दा भुमिमाथी बढि चाप

परेको छ । यहाँ ८७ प्रतिशत खेतियोग्य भुमी पर्वतीय पाखाका रुपमा रहेका छन । मध्यपहाडी भुमिको गराखेती

प्रविधी नै स्थापित प्रविधी हो ।

मध्यपहाडमा पाईने मुख्य चट्टानहरुमा प्रिक्याम्ब्रियन, फाइलाइटस, क्वार्टजाइटस, अभ्रख शिष्ट र ग्रेनाइट जस्ता

विविध चट्टान पाइदछन् ।त्यस्तै दक्षिण किनारामा प्राय महाभारत लेकजस्ता उठेका पर्वत छन् । यो भाग ऋतुक्षय

भएका ग्रेनाईट, चुनढुङ्गा, डोलोमाईट, सेल स्यान्डस्टोन , स्लेट, र क्वार्टजाइटले बनेको छ भने यहाँ भू–क्षयको

प्रभाव छैन र खेतियोग्य पनि रहेको छैन ।
मध्यपहाडको मध्यभुमी श्रेणीमा विभिन्न जातजातीका मानिसहरु बसोबास गर्दछन प्राग गरी किराँत (राई–लिम्बू),

तामाङ, मगर, गुरुङ, वाहुन, क्षेत्री, नेवार आदि विभिन्न जातिका मानिसहरु बसोबास गर्दछन ।मध्यपहाडको

मध्यभुमी भेगमा इलाम, धनकुटा, चैनपुर, भोजपुर, ओखलढुङ्गा, चरीकोट, बनेपा, काठमाण्डौ, पोखरा, जुम्ला,

सल्यान, सिलगढीजस्ता सानाठुला बस्ती छन् । पहाडि क्षेत्रको कुल बस्तिमध्ये १००० मिटर सम्मको उचाईमा

१६.३७ प्रतिशत, १००१–२००० मिटरसम्ममा ५९.०९ प्रतिशत र यसभन्दा माथी ३००० मिटरसम्ममा १९.९९

प्रतिशत बस्तिहरु रहेको पाईन्छ । सर्वाधिक बस्तिहरु १००१–२००० मिटरसम्ममा केन्द्रित छन् ।

यस क्षेत्रको आर्थिक क्रियाकलापमा पहाडी क्षेत्र मूलत फलफूल र खाद्यान्नका लागि उपयुक्त क्षेत्र हो । धान, मकै,

गहुँ र गेडागुडिमा यो क्षेत्र विविधायुक्त उत्पादनशिल क्षेत्र भए पनि उर्वर भुमिको कमीले गर्दा खाद्यान्न अभाव हुने गर्दछ ।

३ धरातलिय स्वरुपको आधारमा नेपालको तराई क्षेत्रको भौगोलिक विभाजन

पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको नेपालको समतल भु–भाग तराई प्रदेश हो 

यसलाई मधेश पनि भनिन्छ । यस प्रदेशको चौडाई २५ किलोमिटरदेखी ३० किलोमिटर सम्म छ । तराईको सिरान

भाबर र चुरे हो । उत्तरबाट दक्षिणतिर होँचो हुँदै जानु तराईको लक्षण हो ।यो क्षेत्र उष्ण क्षेत्र हो, यहाँको जमिन प्राय

समथल रहेको छ । सन् १९६० सम्म यो क्षेत्रमा थारुहरुको बोलाबालाथियो । औलो उन्मुलनपछि दुन उपत्यका

पहाडलगायत अन्य क्षेत्रका जनताको पनि केन्द्रस्थल भई यो क्षेत्र बहुजातिय क्षेत्र बन्यो ।

समुन्द्र सतहबाट ६० देखि ६०० मिटरको उचाईमा यो क्षेत्र रहेको छ । यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ ।

यस क्षेत्र अन्र्तगत झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा नवलपरासी

(बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १८ जिल्लाहरु पर्दछन ।

तराई प्रदेशलाई पनि तीन श्रेणिमा विभाजन गर्न सकिन्छ ।
१) खास तराई
२) भाबर क्षेत्र
३) भित्रीमधेश

A traditional Nepali house stands in green rice paddy in the Terai region in eastern Nepal.

Photo Source : www.audleytravel.com

१) खास तराई

 देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भु–भागलाई खास तराई भन्ने गरिन्छ । मिहिन पाँगो माटोले

बनेको यो क्षेत्र उर्वर रहेको छ । चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डुण्डुवा

पर्वतमालाले काटेकोले खास तराईलाई तीन भाग पूर्वी, मध्ये र पश्चिम मा बाड्ने पनि गरिएको छ ।यस क्षेत्रमा

झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साको दक्षिण, नवलपरासिको

पश्चिम दक्षिण, रुपन्देही र कपिलवस्तुको दक्षिण र बाँके र बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको

खास तराई मानिन्छ ।

२) भावर क्षेत्र

 खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुन्द्रसतहदेखि ३८० मिटरको उचाईसम्म फैलिएको साँगुरो

पेटिलाई भाबर क्षेत्र भनिन्छ । ८ देखि १० माईलसम्म चँैडाई भएको भाबर प्रदेशले मुलुकको कुल क्षेत्रफलको ४.५

प्रतिशत भू–भाग ओगटेको छ ।

३) भित्रीमधेश 

चुरे र महाभारत पर्व श्रेणिको बीचमा समुन्द्रसतहदेखि ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई

फैलिएका विशाल फाँटलाई भित्री मधेश वा दुन क्षेत्र भनिन्छ । ३२ देखि ६४ कीलोमिटरसम्म लम्बाई र १६

कीलोमिटरसम्म चौडाई भएको यो क्षेत्रले मुलुकको कुल क्षेत्रफलको ८.५ प्रतिशत भू–भाग समेटेको छ ।

भित्रीमधेशलाई पनि ४ क्षेत्रमा बिभाजन गरिएको छ । यसमा उदयपुर र सिन्धुली उपत्यकालाई पूर्वी भित्रीमधेश,

मकवानपुर, चितवन र नवलपरासी (वर्दघाट सुस्ता पूर्व) लाई मध्येभित्री मधेश, दाङ देउखुरीलाई पश्चिमी भित्रीमधेश

र सुर्खेत उपत्यकालाई मध्यपश्चिम भित्रिमधेश भनिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *