धनकुटा जिल्ला Dhankuta District

परिचय

प्रदेश नं. १ मा पर्ने धनकुटा जिल्ला नेपालको पुर्वि पहाडि जिल्ला हाे। धनकुटा जिल्लाको नामाकरण  धनकुटा कसरी रहन गयो भन्ने सम्वन्धमा  धनकुटाको सदरमुकाममा कागतेपोखरी अवस्थित छ । यो पोखरीको केही उत्तरमा डाँडाका दुई थुम्काहरु छन् । झलक्क हेर्दा यी थुम्काहरु ढिकीमा खामाहरु देखिने तथा कागतेपोखरी धानकुट्ने ओखल जस्तो लाग्ने र धानकुटेको जस्तो अनुभूति हुने हुँदा धानकुटा अर्थात “धनकुटा” रहेको हो भन्ने स्थानीय जनश्रुति छ । धनकुटा जिल्लाको  सदरमुकाम धनकुटा बजारमा पर्दछ ।

Photo of Dhankuta

ऐतिहासिक चिनारी

नेपाल एकीकरण हुनु अघि हालको धनकुटा जिल्लाको भू-भाग पल्लोकिराँत राज्य अन्तर्गत पर्दथ्यो । काठमाण्डौमा मल्ल राजाहरुको शासनकालको समयमा अथवा नेपालमा बाइसी चौविसी राज्य हुँदा धनकुटा भेगमा ‘हाङ’ को दर्जाबाट लिम्बूहरु राज्य गर्दथे । त्यसताका अरुणनदीको वारिपट्टी चौदण्डी पल्लोकिराँतका १७ थुममा बाह्रजना हाङहरु राज्य गर्दथे । नेपाल एकीकरण अभियानका क्रममा पल्लोकिराँतका १७ थुमहरु गोर्खाली सेनाले आफ्नो अधीनमा लिएपछि इ.स.१७७४ देखि श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा प्रशासित हुन थालेको उल्लेख भएको पाइन्छ ।

Photo of Dhankuta

श्री ५ राजेन्द्रविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा प्रशासनिक दृष्टिकोणले वि.सं.१८७३ साल पश्चात देश १० जिल्लामा विभाजन भयो । विभाजन अनुसार दूधकोशी पुर्व माझकिराँत तथा पल्लोकिराँत मेची सिमानासम्मको भू-भाग चैनपूर धनकुटा जिल्ला अन्तर्गत पर्दथ्यो । राणाकालका तेस्रो प्रधानमन्त्रीका रुपमा वि.सं. १९४२ साल तिर बीर शम्सेर भए । यिनैको कार्यकालमा शाहकालीन नेपालको १० जिल्लाहरुलाई बत्तीस जिल्लामा विभाजन गरियो । यसै समयदेखि जिल्लाहरुको स्वरुपमा एकरुपता आएको र सामान्य परिवर्तन वाहेक राणाकालको अन्त्यसम्म जिल्लाहरुको त्यही स्वरुप रहेको देखिन्छ ।

Photo Dhankuta

पहाडी बीस जिल्लाहरुमा साधारणतया एक जना वडाहाकिम रहने व्यवस्था लागु गरियो । तर ति बीस जिल्लामध्ये पाल्पा, धनकुटा र डोटी जिल्लाहरुलाई बिशेषस्थान प्राप्त भयो । पश्चिममा पाल्पा र डोटी, पूर्वमा धनकुटा जिल्लालाई गौंडा बनाइयो । धनकुटा गौंडा वडाहाकिमको अधीनमा पूर्व १ नम्वर, २ नम्वर, ३ नम्वर, ४ नम्वर, इलाम र धनकुटा गरी ६ जिल्ला पर्दथे । त्यस समयको धनकुटा जिल्लाको क्षेत्रफल पनि ठूलो थियो । हालको संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग, पाँचथर र धनकुटा गरी ५ जिल्लाको भू-भाग त्यस वखत धनकुटा १ जिल्लाको रुपमा थियो ।

Dhankuta

Dhankuta

धनकुटा गौंडा बनाइएको कारणले पूर्व क्षेत्रको धनकुटा जिल्ला शाहकालको जस्तै ठूलो प्रशासनिक केन्द्र भयो । २०१९ सालमा नेपाल अधिराज्यलाई १४ अञ्चल, ७५ जिल्लामा बिभाजन गरिएपछि छथर पश्चिम, धनकुटा, खाल्सा, मिक्लुङपहाड, चौविसे र झलहरा गरी छथुमहरु गाभेर धनकुटा जिल्ला बनाइयो । चौध अञ्चल ७५ जिल्ला विभाजन हुँदा साविकमा धनकुटा जिल्लाले चर्चेको भू-भाग पाँच जिल्लामा बाँडिएपछि हालको धनकुटा जिल्ला ६ वटा थुमहरु मिलेर बनेको सानो भू-भागमा सीमित रह्यो ।

जनसंख्याको दृष्टिकोणले २०६८ सालको जनगणनाअनुसार यस जिल्लाको जनसंख्या १६३,४१२ रहेको छ । जसमध्ये महिला ८६,८९७ र पुरुष ७६,५१५ रहेको छ ।

Dhankuta

भाैगाेलीक अवस्थिती

भौगोलिक स्थिति अनुसार धनकुटा जिल्ला २६ डिग्री ५३’ देखि २७ डिग्री १९’ उत्तर अक्षांश र ८७ डिग्री ८’ देखि ८७ डिग्री ३३’ पूर्वी देशान्तर भित्र पर्दछ । यसको जम्मा क्षेत्रफल ८८७.७ वर्ग कि.मि. छ । नेपाल सरकारको नापी विभाग बाट सन् १९९५ मा प्रकाशित नक्सानुसार यस जिल्लाको भु–धरातलीय स्थिति समुन्द्र सतहबाट १२० मिटर देखि २७०२ मिटर सम्मको उचाईमा रहेको छ ।

Dhankuta Mandir

Dhankuta

हिमालयबाट उत्पत्ति भई दक्षिण पश्चिम तर्फ बग्दै आएको तमोर नदी जिल्लाको अर्ध दक्षिण भागमा पर्छ भने चीनको तिब्बतबाट बगेर आएको अरुण नदी पश्चिम सिमाना पनि हो । पूर्व तर्फ तेह्रथुम र पाँचथर जिल्ला, पश्चिम तर्फ भोजपुर र उदयपुर जिल्ला,उत्तर तर्फ संखुवासभा, दक्षिण तर्फ सुनसरी र मोरङ्ग जिल्लाहरु पर्दछन् ।

Dhankuta Photo

धार्मिक तथा प्राकृतिक सम्पदाहरू

यहाँ समष्टिगत रुपमा उष्ण प्रदेशिय (२५%) उपोष्ण प्रदेशिय (५०%) र शीतोष्ण प्रदेशीय (२५%) हावापानी पाईन्छ । साङ्गोरी योग (साँगुरी गढी), बोधे गढी, राजारानी ताल, ध्वजेडाँडा, भेडेटार, अजङ्गको रुख, हिलेबजार छिन्ताङको सहिद पार्क आदि ऐतिहासिक तथा पर्यटकीय महत्वका ठाउँहरु हुन् भने धार्मिक तथा पर्यटकीय दृष्टिकोणले जाल्पा देवी, निशान भगवती, विश्रान्ति, पाथीभारा देवी, नागेश्वर महादेव, चतुर्बाहु बिष्णु मन्दिर, मधुगंगा महादेव स्थान, मार्गाथान हुन् । यस जिल्लाको छिन्ताङ ‘जाल्पा देवी मन्दिर’ एक महत्वपुर्ण र प्रख्यात मानिन्छ ।

Dhamkuta

                                                                      Photo Dhankuta

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानियतहको विभाजन

नेपाल  सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले  संघीय संरचना अनुसार धनकुटा जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा ७ वटा स्थानीयतह निर्माण गरेको छ । जसमा  ३ वटा नगरपालिका र ४ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।

जिल्लाः धनकुटा

१.    नामः पाख्रीबास गरपालिका

केन्द्रः साविक पाख्रीबास नगरपालिका कार्यालय

जनसङ्ख्याः २२०७८

क्षेत्रफलः १४४.२९  (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पाख्रीबास

पाख्रीबास

२,३

पाख्रीबास

५,६

पाख्रीबास

पाख्रीबास

७-९

पाख्रीबास

१०-१२

पाख्रीबास

१३

पाख्रीबास

१४,१५

चुङवाङ

१,२,६

१०

चुङवाङ

३-५,७-९

 २.    नामः धनकुटा नगरपालिका

केन्द्रः साविक धनकुटा नगरपालिका कार्यालय

जनसङ्ख्याः ३६६१९

क्षेत्रफलः १११  (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

धनकुटा

धनकुटा

१०-१२

धनकुटा

धनकुटा

धनकुटा

धनकुटा

३,६

धनकुटा

धनकुटा

८,९

धनकुटा

१४,१५

१०

धनकुटा

१३

 ३.    नामः महालक्ष्मी नगरपालिका

केन्द्रः साविक अर्खौले जितपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २४८००

क्षेत्रफलः १२९.३९ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मारेककटहरे

१-५

मारेककटहरे

६-९

डाँडागाउँ

१-९

चानुवा

१-९

लेगुवा

४,६-८

लेगुवा

१-३,५,९

अर्खौले जितपुर

१-७

अर्खौले जितपुर

८,९

मुर्तिढुङ्गा

१,६,९

मुर्तिढुङ्गा

२-५,७,८

 ४.    नामः साँगुरीगढी गाउँपालिका

केन्द्रः साविक भेडेटार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१५३६

क्षेत्रफलः १६६.४४ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बुढीमोरङ

१,६-८

बुढीमोरङ

२-५,९

खुवाफोक

१-९

फाक्सिव

१-९

डाँडाबजार

१-९

भेडेटार

१-९

महाभारत

१-४

महाभारत

५-९

अहाले

३,५-८

१०

अहाले

१,२,४,९

 ५.    नामः खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका

केन्द्रः साविक खोकु गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८७६०

क्षेत्रफलः  ९९.५५ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

छिन्ताङ

८,९

छिन्ताङ

५-७

छिन्ताङ

१-४

खोकु

१-५

खोकु

६-९

आँखिसल्ला

३-८

आँखिसल्ला

१,२,९

  ६.    नामः छथर जोरपाटी गाउँपालिका

केन्द्रः वडा नं . २ जोरपाटी बजार आसपास

जनसङ्ख्याः १८३२२

क्षेत्रफलः १०२.८३  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हात्तिखर्क

१-६

हात्तिखर्क

७-९

तांखुवा

८,९

तांखुवा

१-७

तेलिया

१-९

परेवादिन

१-४,८,९

परेवादिन

५-७

 ७.    नामः चौबिसे गाउँपालिका

केन्द्रः साविक राजारानी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १९२८३

क्षेत्रफलः १४७.६०  (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

छ नं बुधबारे

१-९

मुढेवास

१-९

कुरुलेतेनुपा

२,५-७,९

करुलेतेनुपा

१,३,४,८

बोधे

१-९

राजारानी

१-९

मौनावुधुक

१-९

बसन्तटार

१-९

स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय , जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला समन्वय समिति धनकुटा । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले धनकुटा जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *