दोलखा जिल्ला Dolakha District

परिचय

जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार बाग्मती प्रदेशमा पर्ने  १३ वटा जिल्लामध्ये दोलखा एउटा हिमाली जिल्ला हो । प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको पाइन्छ । दोलखा जिल्लाको नामाकरणको सम्बन्धमा विभिन्न किम्बदन्तीहरु पाइन्छन् । कुनै समयमा एउटा योगी मुसलमानको आक्रमणबाट भागी गौरीशंकर हिमालको एउटा गुफामा गई तपस्या गर्दा शिवजी प्रसन्न भई बरदान दिएकोले योगी खुसीले गदगद भई अब म एक पटक सवैतिर घुमेर आउछु भनी हिड्दा जति घुमे पनि उही ठाउँमा आइपुग्दो रहेछ । यसरी २ लाख पटक घुम्न निस्कंदा पनि पुन त्यहि स्थानमा आइपुग्दा योगी थकित भएर आफ्नै आश्रममा फर्केछन् । यसरी २ लाखपटक घुम्दा पनि त्यहि स्थानमा आएकोले सो स्थानलाई दो + लाख बाट अपभ्रस हुँदै दोलखा (हिन्दीमा दो भनेको दुई र लख भनेको लाख) नामाकरण भएको भन्ने भनाइ रहेको पाइन्छ ।

dolakha him srinkhal
दोलखाको कालिञ्चोकवाट देखने हिमश्रृङ्खलाहरू तस्विरः Purvi Blues

त्यस्तै अर्को भनाइ अनुसार तिब्बती भाषामा —दो‘ को अर्थ ढुङ्गा —ल‘ को अर्थ मन्दिर र —खा‘ को अर्थ घर भएकोले दोलखामा प्रसस्त मात्रामा ढुङ्गा माटोबाट बनाइएको मन्दिर र घरहरु रहेको हुनाले यसलाई दोलखा नामाकरण गरिएको हो । दोलखाको नामाकरणमा जे जस्ता किम्बदन्ती रहे तापनि यसलाई ज्यादै पुरानो नगरको रुपमा चिन्न सकिन्छ । जब केन्द्रमा किराँतहरुको शासन चल्यो त्यसबेलादेखि नै किराँतहरु दोलखामा उपनिवेश कायम गर्न आई हालको किराँतीछापमा बसेको र पछि १४ औं शताब्दीमा भारतका मुगल सम्राट समसुद्धिनको आक्रमणबाट उक्त बस्ती ध्वस्त भई हालको दोलखा वस्ती बसेको हुन सक्ने अनुमान गरिएको छ ।

ऐतिहासिक पृष्ठभूमि

“दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन” भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन रहेको छ । दोलखालाई पहिला अभयपुरको नामबाट चिनिन्थ्यो । दोलखा प्रदेश अन्तर्गत रहेको विगु हुदै कुती, खासा हुदै भोट जाने बाटो, लामाबगर, रचि (लप्चि) भई भोट जाने बाटो मल्लकालको उत्तरार्द्धसम्म पनि कायम भएको हुनाले लिच्छविकालको उत्तरार्द्धमा नै दोलखा भई भोट जाने बाटो खुलेको अनुमान हुन्छ भनी धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुप रेखामा उल्लेख गरेको देखिन्छ । त्यस समयदेखि नै तामाकोशीको किनारै किनार भएर भोटसंग व्यापार मार्ग खुलेकोले व्यापार गर्न आउंदा जाँदा हालको दोलखामा कुनै डर त्रास नभई सुरक्षित स्थान भएकोले नै उक्त स्थानलाई पहिला अभयपुर भनेर चिनिन्थ्यो भन्ने भनाइ रहेको छ भने कसैको भनाइ अनुसार दोलखा राज्यको शासन व्यवस्थामा सात सुरक्षा घेरा भएको कारणले नै दोलखालाई अभयपुर महापतन भनिन्थ्यो भन्ने रहेको छ ।

Kalinchowk Bhagwati
दोलखा कालिञ्चोक भगवती तस्विरः Purvi Blues

दोलखा राज्यको मध्यकालीन सीमानामा पूर्वमा दूधकोशी, पश्चिममा दोलालघाट, उत्तरमा तिब्बतको सीमाना र दक्षिणमा तिरहुत राज्यको सीमाना रहेको कुरा इतिहासबाट जान्न सकिन्छ । दोलखाको राज्य व्यवस्था कहिले स्वतन्त्र त कहिले अधिनस्थ भई चलिरहेको थियो । त्यसै समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियान शुरु गरेका थिए । त्यसबाट दोलखा पनि अलग रहन सकेन । पहिला दोलखा भक्तपुरका राजा रणजीत मल्लको रेखदेखमा छोडेको र वि.सं. १८११ मा दोलखाली देशावर प्रधानहरुलाई “नालादुम पूर्व मेरो अम्बल भयो, तिमी प्रजापात्र हौ, मेरो हजुरमा आउ, तिम्रो रक्षा गरुलाँ” भनेर पत्र पठाएपछि दोलखाका देशावर प्रधानहरुले सो कुरा मञ्जुर गरी विना संर्घष दोलखा बृहत नेपालको एक भागको रुपमा रहन गयो ।

जिरी बजार दाेलखा
जिरी बजार दाेलखा अर्थात मिनी स्विजरल्यान्ड तस्विरः Purvi Blues

आर्थिक रुपमा पनि छुट्टै पहिचान राख्ने दोलखाका राजा इन्द्रसिंहले नै नेपालमा चाँदीका स्वतन्त्र मोहर प्रचलनमा ल्याएका थिए । भन्न त महेन्द्र मल्लले सवै भन्दा पहिला चाँदीका सिक्का प्रचलनमा ल्याएका भन्ने गरिन्छ तर सो भन्दा पहिला नै इन्द्रसिंहले स्वतन्त्र मोहर प्रचलनमा ल्याएको कुरा अभिलेखहरुबाट पुष्टि हुन्छ । महेन्द्र मल्लले वि.सं. १६१७ देखि १६३१ सालको वीचमा आफ्नो सिक्का प्रचलनमा ल्याएको देखिन्छ भने इन्द्र सिंहदेवले वि.सं. १६०५ अगाडि नै सिक्का प्रचलनमा ल्याएको कुरा पुष्टि हुन आउँछ । अझसम्म पनि दोलखामा टक्सार घरको नामले सिक्का काट्ने घर देख्न सकिन्छ । यसरी सिक्का प्रचलनमा ल्याई व्यापार व्यवसायलाई अगाडि बढाइएको र खानीहरु संचालन समेत गरेको देखिन्छ ।यसरी राजनैतिक, धार्मिक, आर्थिक तथा सामाजिक रुपमा छुट्टै पहिचान भएको दोलखा जिल्ला वर्तमान स्वरुप भने २०१८ सालमा भएको राजनैतिक विभाजनले कायम गरेको हो । त्यस भन्दा पहिले रामेछाप र दोलखाको एउटै प्रशासनिक इकाईबाट समेत काम कार्वाही हुने गरेको थियो ।

jireshwor mandir
जिरेश्वर मन्दिर दोलखा तस्विरः Purvi Blues
भाैगोलीक अवस्थिती

२७ डिग्रि २८ मिनेट उत्तरी अक्षांसदेखि २८ डिग्रि ० मिनेट उत्तरी अक्षांससम्म । देशान्तर – ८५ डिग्रि ५० मिनेट पूर्वी देशान्तरदेखि ८६ डिग्रि ३२ मिनेट पूर्वी देशान्तरसम्म । क्षेत्रफल – २,१४,२८७ हेक्टर ( २१९१ वर्ग कि.मि. ) जिल्लाको सवैभन्दा उच्च स्थान गौरीशंकर हिमाल ( ७,१३४ मीटर )  रहेको छ भने  यस जिल्लाको उत्तरमा चीनको स्वसासित क्षेत्र तीब्वत, दक्षिणमा  रामेछाप र काभ्रेपलाञ्चोक, पूर्वमा  रामेछाप र सोलुखुम्बु, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, त्यसैगरी यस जिल्लाको हावापानीको अवस्थम वार्षिक औसत तापक्रम  ८ डिग्रि देखि १९ डिग्रि सेल्सियस, वार्षिक औसत वर्षा  २०४३.५ मि.मि. रहेको छ ।

दोलखा जिल्लामा रहेका प्रमुख धार्मिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाहरु
दोलखा भीमेश्वर मन्दिर ११ शैलुङ्ग डाँडा
त्रिपुरा सुन्दरी मन्दिर १२ गौरीशंकर हिमाल
कालिञ्चोक भगवती १३ बेदिङ्ग गाउँ
चरिघ्याङ गुम्बा १४ लामावगर
मञ्जुश्री १५ च्छो–रोल्पा हिमताल
टासी गुम्बा १६ जिरी
देउलाङ्गेश्वर महादेव १७ तामाकोशी नदी
चर्नावती ( त्रिवोणी) १८ खरीढुङ्गा क्षेत्र
दोलखा बजार १९ गौरीशंकर संरक्षण क्षेत्र
१० टक्सार घर २० महांकाल मन्दिर
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार दोलखा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ वटा नगरपालीका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः जिरी गरपालिका

केन्द्रः साविक जिरी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः १५५१५

क्षेत्रफलः  २११.२७ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

श्यामा

१-६

श्यामा

७-९

जिरी

जिरी

२,३

जिरी

जिरी

जिरी

जिरी

जिरी

८,९

जिरी

१०,११

 २.    नामः भीमेश्वर  गरपालिका

केन्द्रः साविक भीमेश्वर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३२४८०

क्षेत्रफलः १३२.५  (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सुष्पाक्षमावती

१-९

भीमेश्वर

२-४

भीमेश्वर

भीमेश्वर

५,७

भीमेश्वर

६,८,९

भीमेश्वर

१०

भीमेश्वर

११,१३

बोच

१-९

लाँकुरीडाँडा

१-९

 ३.    नामः कालिन्चोक गाउँपालिका

केन्द्रः साविक सुनखानी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२९५४

क्षेत्रफलः  १३२.४९ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कालिञ्चोक

१-९

बाबरे

१-९

लामिडाँडा

६-९

लामिडाँडा

१-५

लापिलाङ

१-४

लापिलाङ

५-९

सुनखानी

४,५,८,९

सुनखानी

१-३,६,७

सुन्द्रावती

१-९

 ४.    नामः गौरीशंकर गाउँपालिका

केन्द्रः साविक सुरी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७०६२

क्षेत्रफलः ६८१.३९  (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

जुँगु

१,७-९

जुँगु

२-६

झ्याकु

५-९

झ्याकु

१-४

सुरी

१-९

चंखु

१-९

मार्वु

१-९

खारे

१-९

गौरीशंकर

१-९

 ५.    नामः तामाकोशी गाउँपालिका

केन्द्रः साविक जफे गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८८४९

क्षेत्रफलः १५३.०६ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भिरकोट

१-९

झुले

१-९

जफे

१-९

मालु

१-९

शहरे

१-९

च्यामा

१-९

हाँवा

१-९

 ६.    नामः मेलुङ गाउँपालिका

केन्द्रः साविक भेडपु गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २०२१०

क्षेत्रफलः  ८६.५४ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पवटी

१-९

घ्याङसुकाठोकर

१-४

घ्याङसुकाठोकर

५-९

भेडपु

१-९

डाँडाखर्क

२-६,८

डाँडाखर्क

१,७,९

मेलुङ

६,८,९

मेलुङ

१-५,७

 ७.    नामः विगु गाउँपालिका

केन्द्रः साविक लादुक गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८४४९

क्षेत्रफलः  ६६३.२ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

लामावगर

१-९

ओराङ्ग

१-९

बुलुङ्ग

१-९

लादुक

१-९

चिलङ्खा

१-९

अलाम्पु

१-९

विगु

१-९

खोपाचाँगु

१-९

 ८.    नामः वैतेश्वर गाउँपालिका

केन्द्रः बैतेश्वर गाउँपालिका -६ पाँडुडाँडा

जनसङ्ख्याः १९८७६

क्षेत्रफलः ८०.४१  (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

गैरीमुदी

१-५

गैरीमुदी

६-९

मिर्गे

मिर्गे

२-९

काब्रे

४-७

काब्रे

१-३,८-९

नाम्दु

१-४,७

नाम्दु

५,६,८,९

क्षेत्रपा

१-९

 ९.    नामः शैलुङ गाउँपालिका

केन्द्रः साविक काटाकुटी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २००९८

क्षेत्रफलः १२८.६७  (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ताम्चेतदूधपोखरी

१-९

भुषाफेदा

१-९

मागापौवा

काटाकुटी

१,२,८,९

मागापौवा

२-९

काटाकुटी

३-७

फस्कु

६-९

फस्कू

१-५

शैलुङ्गेश्वर

१-९

 श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति दोलखा । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । दाेलखा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *