Photo of Dailekh

दैलेख जिल्ला Dailekh District

दैलेख जिल्लाको परिचय

दैलेख जिल्ला तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत भेरी अञ्चलमा पर्ने र  हाल आएर कर्णाली प्रदेश अन्तरगत पर्ने एक पहाडी जिल्ला हो । यस जिल्लाको नाम “दैलेख” कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु प्रचलित छन् । पौराणिक कालमा दधिचि नाम गरेका एक जना ऋषिले यस क्षेत्रमा तपस्या गरी बसेकाले उनै महर्षिको नामबाट दधिचि लेक भन्न थालिएको र कालान्तरमा त्यहि नाम अपभ्रंश हुदै दैलेख रहन गएको भन्ने एक कथन छ । अर्काे जनश्रुती अनुसार पौराणिक कालमा यो क्षेत्र देवताहरुको बासस्थान भएकोले देवलोकबाट दैलेख हुन पुगेको हो भन्ने भनाई छ । यसैगरी अर्काे एक पौराणिक कथन अनुसार प्राचिन समयमा ठूलो बनक्षेत्र भएको र यहाँका लेकहरुमा ठूलो संख्यामा गाई भैंसी पाल्ने गरेकाले प्रसस्त मात्रामा दूध दही पाइने हुनाले यसको नाम “दहिलेक” भएको र समय अन्तरालमा यस नामको अपभ्रंश हुदै दैलेख रहन गएको हो भन्ने पनि गरिन्छ ।

Photo of Dailekh Panchadewal
पन्चदेवल दैलेख
दैलेख जिल्लाको ऐतिहासिक चिनारी

प्राचीन र मध्यकालिन समयमा हालको दैलेख जिल्ला दुल्लु र बेलासपुर गरी दुई राज्यमा विभाजित थियो र ई.स. १७८९ मा नेपाल एकिकरण अभियानको शिलसिलामा बहादुर शाहबाट यी दुई राज्यहरुको एकिकरण गरेको तथ्य ऐतिहासिक बर्णनहरुमा पाइन्छ । दैलेख जिल्ला सदरमुकामस्थित पुरानो बजारमा रहेका ठूल्ठूला कुंदिएका पत्थरहरुले बनेको प्रसिद्ध कोतगढी युद्ध किल्लाको रुपमा निर्माण गरिएको विश्वास गरिन्छ भने विभिन्न स्थानमा रहेका मन्दिर, देवल, कीर्तिखम्बा, शिलालेख आदिले यहांको ऐतिहासिक जानकारी आफैं दिइरहेका छन् ।

jilla prasasan karyalaya dailekh

दैलेख जिल्लाको भौगोलिक अवस्थिति

प्राचिन कालदेखि नै पवित्र भूमिका रुपमा चिनिएको दैलेख जिल्लाको क्षेत्रिय सदरमुकाम–वीरेन्द्रनगर, सुर्खेतबाट ६८ कि.मि. र राजधानी–काठमाडौंबाट करबि ६५० कि.मि. टाढा रहेको छ । यस जिल्लाको पूर्वमा जाजरकोट, पश्चिममा अछाम, उत्तरमा कालिकोट र दक्षिणमा सुर्खेत जिल्ला पर्दछन् । आर्थिक दृष्टिकोणबाट सम्पन्न नभए तापनि प्राकृतिक, पुरातात्विक, धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले यो जिल्ला समृद्ध नै मानिन्छ । यस जिल्लाको सदरमुकाम दैलेख बजार हो । नेपाल अधिराज्यको मानचित्रमा यस जिल्लाको भौगोलीक अवस्थिती निम्नानुसार रहेको छ ।
क) अक्षांश— २८०३५ देखि २९०८ उत्तर
ख) देशान्तर— ८१०२५ देखि ८१०५३ पूर्व
ग) समुद्र सतहदेखि उंचाई
न्युनतम– ५४४ मि. (तल्लो डुगेंश्वर–कर्णाली नदी किनार)
अधिकतम– ४१६८ मि. (महाबुलेक, उत्तरी सिमाना)
सदरमुकाम– १४४८ मि. (देवकोटा चौक, दैलेख बजार)
घ) धरातल –पहाडक्षेत्र -८०%, उच्च पहाडी क्षेत्र – २०%

ङ. कुल क्षेत्रफल – १५०५ वर्ग कि.मि. (१,५०,०५१ हेक्टर)

Dailekh Sadarmukam
जिल्ला सदरमुकाम दैलेख तस्विरः जि.स.स
दैलेख जिल्लाको हावापानी

दैलेख जिल्ला विविध भौगोलिक भू–बनावट संगै हावापानीमा पनि विविधता बोकेको जिल्ला हो, जहाँ सांगुरो उपत्यका देखि पर्वतश्रृंखलाको भिरालो पहाडहरुमा उष्ण–उपोष्ण देखि लिएर समशितोष्ण र शितोष्ण जलवायु पाइए तापनि खासगरी समशितोष्ण जलवायुको प्रधानता रहेको पाइन्छ । यो जिल्ला पहाडै पहाडले भरिएकाले हिउंदमा लेकहरुमा हिंउ पर्ने र ठण्डा हावाको प्रभावले गर्दा चिसो रहन्छ भने गृष्म ऋतुमा केही गर्मी भएको अनुभव हुन्छ ।यसैगरी चैत्र–बैशाख महिनामा हुरी चल्ने, वर्षा ऋुतुमा मनसुनी वर्षा हुने तथा हिउंदमा ढिलो र कम वर्षा हुने, आदि यस जिल्लाका हावापानी सम्बन्धी विशेषताहरु हुन् । जिल्लाको औसत मौसमी विवरण निम्नानुसार रहेको छ ।
क) औसत तापक्रम
अधिकतम – ३४.०० से.
नयूनतम – ५.०० से.

ख) औसत वार्षिक वर्षाः १७०० मि.मि.
जलवायु
उपोष्णः ५४४ – १२०० मिटर
समशितोष्ण  ¬ १२०० – १८०० मिटर
शितोष्ण – १८०० – २३०० मिटर
ठण्डा लेकाली – २३०० माथिका भू–भाग

dailekh ko dullu
दैलेख दुल्लु क्षेत्र तस्विरः जि.स.स
दैलेख जिल्लामा वसोवास गर्ने प्रमुख जातजाती, भाषा र धर्म

जातजाती – क्षेत्री (३४.८%), कामी (१५.३३%), ठकुरी (१४%), व्राम्हण (१२%), मगर (९.८७ %), दमाई (४.४५ %),सार्की (२.७५%), सन्यासी (१.६१ %), सुनार(१.५८ % ), गुरु¨ (१.४३ % )आदि ।
भाषा – नेपाली –९८.९८ %), गुरु¨ ÷मगर (०.४६ %),अन्य (०.५६ %)
धर्म – हिन्दु –९८.३२ %), वौद्ध (१.४५ %), इस्लाम(०.०८ %), अन्य (०.१५ %)

दैलेख जिल्लामा रहेका धार्मिक स्थलहरु

प्राचीन कालदेखि नै देवभूमी र पवित्र भूमीका रुपमा प्रसिद्ध दैलेख जिल्लामा करीब ९९.५% हिन्दू धर्मावलम्बीहरु छन् र यिनीहरुको राष्ट्रिय भाषा नेपाली हो । जिल्लाका प्रमुख धार्मिक स्थलहरुमा श्रीस्थान, नाभीस्थान, पादुकास्थान, तल्लोडुेश्वर कोटिला र धुलेश्वर पर्दछन्, जसलाई पञ्चकोशि पनि भनिन्छ । यिनीहरु मध्ये श्रीस्थान, नाभिस्थान र पादुकास्थानमा परापूर्वकालदेखि ज्वाला प्रज्वल्लित छन् । नारायण, बेलासपुर भैरव, बज्रभैरव, गणेश, चामुण्डा देवी, कालिकादेवी, भवानी, डुगेश्वर, विन्द्रासैनी, छडदेवी, मालिकादेवी, बुकिमाई, भैरवी, आदि दैलेख जिल्लामा भएका मूख्य मन्दिरहरु हुन् ।

दैलेख जिल्लामा रहेका ऐतिहासिक एवं पुरातात्विक र पर्यटकीय महत्वका स्थलहरु

महावुगाथ, कोतगढी, पञ्चदेवल, कीर्तिखम्बा, पाथरनाउली, दुल्लु, धाउखानी गुफा, लालीकांडाको गुफा, धौलापडा गुफा, दुल्लुको पौवा, सातखम्ब, भैरवकुण्ड, द्वारीको झरना, तोलिजैसीको ठूली छहारी, घोडाताल, विसल्ला मदान ताल, कुइकाना देवल, लकान्द्र, भिमको पाइला, बागढुगा, नेपाली भाषाको पुरानो र पहिलो शिला शिलालेख (दुल्लु), जाहरकोट, राइली, त्रिपानी, बडाभैरवको शिखर, आदि दैलेख जिल्लाका प्रमुख ऐतिहासिक एवं पुरातात्विक र पर्यटकीय महत्वका स्थलहरु हुन् ।

दैलेख जिल्लामा रहेका प्राकृतिक सम्पदा–खनिज पदार्थ र जडिबुटिहरु

दैलेख जिल्ला आफैमा प्राकृतिक सम्पदाको धनी जिल्ला हो । विविध भू–बनावट र हावापनीका कारण विभिन्न जातका बनस्पति तथा जडिबुटिहरु, पशुपंक्षी, झरना–नदिनाला, तालतलैया, गुफा, खनिज पदार्थ आदि यहाँका मूख्य प्राकृतिक सम्पदाहरु हुन् । यस जिल्लाले आफ्नो गर्भमा अनेकौं खनिज पदार्थहरुलाई बोक्ने सौभाग्य पाएको छ । भु–गर्भविदहरुका अनुसार यस जिल्लाको पादुका, बडलम्जी र गमौडी गाविसहरु (पादुकास्थान, श्रीस्थान र नाभिस्थान) मा मट्टितेल, पेट्रोल र प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान गरिएको छ । यसैगरी यहाँ पाइने घरको छाना छाउने स्लेट ढुंगा यस क्षेत्रमै प्रख्यात छ भने तामा, फलाम, अभ्रख, काइनाइट, गोमेद, माइका, गन्धक, खरीढुंगा, चुनढुंगा, आदि यस जिल्लामा पाइने प्रशस्त सम्भावना भएका तर हाल सम्म उपयोगमा ल्याइनसकिएका खनिज पदार्थहरु हुन् । जडिबुटिको हकमा पदमचाल, झ्याउ, बाक्रो, सुनकाउली, कुटकुव, सतुवा, मुङरिलो, घोडा, भारतो, बाबिरो, बासक, रायेरोइनी (सिंदुरे) लाह, लालगेडी, रिट्ठा, भकिम्लो, बोझो, टिमुर, दालचिनी, लोकता, चिराइतो, सुगन्धकोकिला (मलायागिरी), जटामसी, समायो, आदि यहाँका जंगलमा पाइन्छन् ।

dailekh ko gaaun
तस्विरमा सुन्दर गाउँ दैलेख
दैलेख जिल्लामा रहेका साना ठूला नदीनालाहरू

दैलेख जिल्लामा साना ठूला गरी प्रसस्त नदी र खोलानालाहरु भएतापनि नेपालको दोश्रो ठूलो नदीको रुपमा चिनिने कर्णाली नै यहांको मूख्य नदी हो । यस नदिले लंकारी दह (राक्षस ताल) बाट निस्की कर्णाली प्रदेश हुंदै यस जिल्लाका सिंगासैन र पिपलकोट गाविस बाट प्रवेश गर्दछ र करीब ६० कि.मि. सम्म यस जिल्लाको पश्चिमक्षेत्र र अछाम जिल्लाको सिमाना छुट्याउने काम गर्दछ । यस जिल्लाको लेकहरुबाट उत्पन्न छामगाड, रामगाड, लोहरे, ताराघाट, तामेद्वारी, पादुका, कट्टि, पराजुलखोला, सानाखोला, रतिखोला, आदि यहांका मूख्य खोलाहरु हुन् । प्रायः जसो यी सबै खोलाहरु कर्णाली नदीमा मिसिन्छन् । यी खोलाहरुबाट दैलेख जिल्लामा केही हदसम्म सिंचाई सुविधा प्राप्त भइरहेको छ भने जल विद्युत विकासका प्रशस्त संभावना रहको देखिन्छ ।

दैलेख
तस्विरमा कर्णाली नदि संगै जोडिएको दैलेख जिल्ला
दैलेख जिल्लाको जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

दैलेख जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार दैलेख  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर   ४ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः नारायण नगरपालिका

केन्द्रः साविक नारायण नगरपालिकाको कार्यालय

जनसङ्ख्याः  २७०३७    (२०६८ अनुसार)

क्षेत्रफलः ११०.६३  (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

नारायण

नारायण

नारायण

नारायण

खरिगैरा

८,९

नारायण

नारायण

नारायण

नारायण

नारायण

१०

भवानी

१-९

११

विन्ध्यवासिनी

१-९

 २.    नामः दुल्लु नगरपालिका

केन्द्रः साविक दुल्लु नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ४१५४०      (२०६८ अनुसार)

क्षेत्रफलः १५६.७७ (वर्ग कि.मि.)

वडा संख्याः १३

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

दुल्लु

दुल्लु

दुल्लु

दुल्लु

दुल्लु

दुल्लु

मालिका

७,८

दुल्लु

दुल्लु

दुल्लु

१०

गमौडी

१-९

११

कालभैरव

१-९

१२

गौरी

१-९

१३

मालिका

१-६,९

 ३.    नामः चामुण्डा बिन्द्रासैनी नगरपालिका

केन्द्रः साविक जम्बुकाँध गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २६१४९  (२०६८ अनुसार)

क्षेत्रफलः ९०.६ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

चामुण्डा

१,९

चामुण्डा

२,३,८

चामुण्डा

६,७

चामुण्डा

४,५

जम्बुकाँध

५-९

जम्बुकाँध

१-४

लायाँटी बिन्द्रासैनी

१,३,७

लायाँटी बिन्द्रासैनी

२,४,८

लायाँटी बिन्द्रासैनी

५,६,९

 ४.    नामःठबीस नगरपालिका

केन्द्रः साविक राकमकर्णाली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २९२२७  (२०६८ अनुसार)

क्षेत्रफलः १६८  (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

सात्तला

१-८

सात्तला

सिंगौडी

१-५

सिंगौडी

६-९

राकमकर्णाली

१-९

पिपलकोट

१-९

सिंहासैन

५-९

तिलेपाटा

१-३,६

सिंहासैन

तिलेपाटा

४,५,७-९

सिंहासैन

१,२,४

 ५.    नामः भगवतीमाइ गाउँपालिका

केन्द्रः साविक कल्याण गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८७७८    (२०६८ अनुसार)

क्षेत्रफलः १५१.५२ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

पगनाथ

१-९

रुम

१-९

मेहेलतोली

१-९

जगनाथ

१-९

कट्टी

१,५,६,९

कट्टी

२-४,७,८

बडाभैरव

१-९

 ६.    नामः गुँरास गाउँपालिका

केन्द्रः साविक बराह गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२०३३  (२०६८ अनुसार)

क्षेत्रफलः१६४.७९ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

खड्कवाडा

४,७-९

खड्कवाडा

१-३

बराह

८,९

खड्कवाडा

५,६

बराह

६,७

सेरी

१-५

बराह

१-५

सेरी

६-९

गोगनपानी

१-९

पिलाडी

१-९

लालिकाँडा

५-९

लालिकाँडा

१-४

 ७.    नामः  डुङ्गेश्वर गाउँपालिका

केन्द्रः साविक डाँडापराजुल गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५८८३  (२०६८ अनुसार)

क्षेत्रफलः १०५.१९ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

बेल्पाटा

१-९

लाँकुरी

१-९

अवलपराजुल

१-४

अवलपराजुल

५-९

डाँडापराजुल

१-३,५,६

डाँडापराजुल

४,७-९

 ८.    नामः  नौमुले गाउँपालिका

केन्द्रः साविक नौमुले गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २०८०२  (२०६८ अनुसार)

क्षेत्रफलः २२८.५९ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

तोली

१-९

बालुवाटार

१-९

द्वारी

१-९

कालिका

१-९

नौमुले

१-९

सल्लेरी

१-५

सल्लेरी

६-९

चौराठा

१-९

 ९.    नामः  महावु गाउँपालिका

केन्द्रः वडा  नं. ४ गौडावाज

जनसङ्ख्याः १९२७७      (२०६८ अनुसार)

क्षेत्रफलः ११०.८  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

खरिगैरा

१-७

बडाखोला

१-९

बाँसी

१-९

रानीवन

५-९

काँशीकाँध

२,४,६,७,९

काँशीकाँध

१,३,५

रानीवन

१-४

१०.          नामः  भैरवी गाउँपालिका

केन्द्रः साविक भैरीकालिकाथुम गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१२३३     (२०६८ अनुसार)

क्षेत्रफलः ११०.४६ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

रावतकोट

५-९

रावतकोट

१-४

दुल्लु

१०

भैरीकालिकाथुम

१,२,४-६

भैरीकालिकाथुम

३,७-९

कुशापानी

१-४

काँशापानी

कुशापानी

५-९

 ११.          नामः  ठाँटीकाँध गाउँपालिका

केन्द्रः साविक लकान्द्र गा.वि.स.को कार्यालय

जनसङ्ख्याः  १८८९६    (२०६८ अनुसार)

क्षेत्रफलः ८८.२२  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल जनसङ्ख्या

लकान्द्र

६-९

लकान्द्र

१-५

विशाला

१-५

विशाला

६-९

तोलीजैसी

१-६

तोलीजैसी

७-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति दैलेख र जिल्ला प्रशासन कार्यालय दैलेख। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । दैलेख  जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *