लिम्पियाधुरा

दार्चुला जिल्ला Darchula District

परिचय

नेपालको सुदूर पश्चिमाञ्चल प्रदेश अन्तरगतका ९ जिल्ला मध्ये छुट्टै महत्व बोकेको दार्चुला जिल्ला एक हो।  एशियाका दुई शक्तिशाली राष्ट्र भारत र चीनको सिमानासंग जोडिएको  दार्चुला जिल्लाको नामाकरणको सम्बन्धमा दार्चुला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण प्राप्त नभएतापनि विभिन्न किबंदन्तिहरु सुन्न पाईन्छन् । दार्चुला शव्द उच्चारण गर्दा दारचूला भए पनि स्थानीय भाषाको दुईवटा शव्द धार र चूला वाट विकसित भएको हो । स्थानीय भाषामा धारको अर्थ पहाडको अग्लो चुचुरो र चुलाको अर्थ चुल्हो हुन्छ । यस भेगमा खान पकाउन प्रयोग गरीने चुल्होहरु प्रायः एक समानका तिन वटा ढुङ्गाहरुमा माटो पोतेर चुचुरो को आकारमा वनेका हुन्छन् । यसरी तिनै तिर चुचुरो (धार) जस्तो चुल्हो वनाई खान पकाउने ठाउँ भएकोले धारचुला नाम रहेको र धारचुला पछि अपभ्रम्स भई दारचुला र त्यसपछि दार्चुला वन्न गएको हो भन्ने जनविश्वास रहि आएको छ ।

लिपुलेख दार्चुला
लिपुलेख दार्चुला

त्यस्तै अर्को किम्वदन्ति अनुसार यहाँ स्थित तिन वटा पहाडका चुचुराहरु वर्तमानमा एक पहाड भारत र दुई वटा पहाड नेपाल मै रहेका छन् । फेदी वाट हेर्दा धार परेको जस्तो स्थानीय चुल्होको आकारमा चुचुरो देखिन्छ । प्राचिन कालमा व्याँस हिमालवाट व्याँस ऋषि तपस्या गरी फर्कदा यी तिन धारहरुको चुल्हो वनाई भात पकाई खाएको हूनाले यो ठाउको नाम धारचूला रहन गएको र धारचूला शव्द अपभ्रम्स भई दार्चुला रहेको हो भन्ने अर्को भनाई रहेको छ । दार्चुला जिल्लाको सिमाना चीनको तिव्वत क्षेत्र सित जोडिएको छ । तिव्वत संग व्यापार गर्ने यहाँको प्रमुख नाकाको रुपमा व्याँस क्षेत्र रहेको छ । व्याँसवाट तिव्वत क्षेत्रमा आवत जावत गर्दा एउटा भन्ज्याङ पार गरी जानुपर्ने हुन्छ । जसलाई तिव्वति भाषामा “ला” भनिन्छ । यो भन्ज्याङ तिव्वत सिंत व्यापार गर्ने द्वार (बाटो_ भएकोले द्वार र “ला” शब्दहरु मिलि दार्चुला नाम रहन गएको हो भन्ने पनि जनविश्वास रहि आएको छ ।

darchula lipu lekh2
तस्विरमा लिपुलेख क्षेत्र
दार्चुला जिल्लाको भाैगोलीक अवस्थिती

जिल्लाको पूर्वमा वझांग जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा बैतडी जिल्ला रहेका छन् । विश्व मान चित्रमा २९ डिग्री ३६ मिनेट उत्तर देखि ३०डिग्री १५ मिनेट  उत्तरी अक्षांश र ८०डिग्री २२ मिनेट  पूर्व देखि ८१ डिग्री ०९ मिनेट  पूर्वी देशान्तर सम्म फैलिएको छ। यस जिल्लाको कुल क्षेत्रफल २३२२ वर्ग कि.मी. छ।समुद्री सतह बाट ५१८ मी. देखि ७१३२ मी. सम्म उचाई रहेकोछ। बार्षिक औषत बर्षा २१२९ मी.मी. रहेको त्यस्तै औषत तापक्रममा न्यूनतम ५.७० से. अधिकतम २८.६० से.रहेको पाईन्छ यस जिल्लाको अग्लो अपी हिमाल, लिपु लेक आदि जिल्लाको आकर्षणको केन्द्र रहेकाछन्। यस्तै चीनको तिब्बत क्षेत्रमा अवस्थित हिन्दूहरुको महत्वपूर्ण तीर्थ स्थल तथा पर्यटकीय महत्व समेत बोकेको मानसरोवर जाने प्रमुख मार्गको रुपमा समेत दार्चुला जिल्ला रहेको छ। यस जिल्लाको सदरमुकाम खलंगा महाकाली नदीको किनारमा भारतको धारचुला सित जोडीएर रहेको छ।

दार्चुला जिल्लाको भू-विभाजन

भू-विभाजन अनुसार समथर प्रदेश अन्तरगत महाकाली, चौलानी र अन्य त्यस्तै ठुला खोला नालाहरुको किनारमा अवस्थित भित्री मधेश संग तुलना गर्न सकिने समथर उब्जाउ फाँटहरु समथर प्रदेश अन्तरगत पर्दछन।जिल्लाको प्रमुख अन्न भण्डारको रुपमा चर्चा पाएको यो समथर प्रदेशमा जनसंख्याको चाप जनघनत्व पनि अत्याधिक रहेको छ।साविक उकू, लाली, दत्तू, गोकुलेश्वर, शिखर, देथला आदि गा.वि.स.हरु यस प्रदेशका प्रमुख उदाहरण हुन ।

दार्चुला
तस्विरमा दार्चुलाको भाैगोलीक अवस्थिती

पहाडी प्रदेश अन्तरगत यस जिल्लाको मध्य भागमा रहेको उच्च समस्थली यस प्रदेश अन्तरगत पर्दछन। समथर भूभागको तुलनामा केही कम उत्पादन हुने भएता पनि अपेक्षाकृत उब्जाउ क्षेत्र नै मानिन्छ।साविकका शंकरपुर, भगवती, सर्मोली, रानीशिखर, रिठाचौपाता, ग्वानी, डाडाकोट, हिकिलाआदि गा.वि.स.हरु यस प्रदेशका प्रमुख उदाहरण हुन् ।

लेकाली प्रदेश अन्तरगतप्राकृतिक सौन्दर्यताले सिंगारिएको तर उत्पादनका दृष्टिकोणले कम उर्बरक क्षेत्र लेकाली प्रदेश अन्तरगत पर्दछ । प्रायः हेमन्त ऋतुमा हिमपात हुनु यस प्रदेशको बिशेषता हो। लेकाली प्रदेश अन्तरगत साविकका सुन्सेरा, राप्ला, खण्डेश्वरी, घुसा, इयरकोट आदि गा. वि. स.हरु पर्दछन ।

हिमाली प्रदेश अन्तरगत जिल्लाको उत्तर पट्टीको चीनको तिब्बत सित सीमा जोडिएको सामान्यतया बाह्रै महिना हिँउले ढाकिएको क्षेत्रमा उत्पादन मात्रै होइन मानिसहरुको बसोबास समेत नगण्य छ । हिँउदमा तल बेशी खलंगा तिर झर्ने र गृष्ममा फर्किने यहा बसोबास गर्ने (सौका) समुदायको प्रमुख विशेषता बोकेको ब्यास गाउँपालिका वडा नं. १ यस प्रदेश हो ज्वलन्त उदाहरण हो ।

हावापानी यस जिल्लाको भौगोलिक बनोटमा देखिएको बिबिधता झैं हावापानी तथा वातावरणमा पनि बिषमता देखिनु अतिसयोक्ति नहोला । तसर्थ दार्चुला जिल्लाको हावापानीलाई विविध तरिकामा बिभाजन गर्न सकिन्छ ।

  • जिल्लाको पश्चिम  दक्षिणमा नदीका समथर बेशीहरुमा उष्ण हावापानी पाईन्छ। ग्रीष्ममा अत्याधिक गर्मी र हिउदमा आंसिक रुपमा चिसो हुनु यस हावापानीको मुख्य बिशेषता हो । खास गरि साविकका गोकुलेश्वर, दत्तू, लाली, उकू आदि गा.वि.स.हरु जुन समुद्र सतह देखि करिब ५१८ मी. को उचाईमा रहेका छन् त्यहां यस किसिमको हावापानी पाईन्छ।
  • समसितोष्ण हावापानी  जिल्लाको मध्य भागमा रहेको साविक गा.वि.स.हरुमा यस किसिमको हावापानी पाईन्छ।गृष्ममा त्यती गर्मी र हिँउदमा साह्रै चिसो अनुभुती नहुनु यो हावापानीको मुख्य बिशेषता हो। साविकका रिठाचौपाता, शंकरपूर र छापरी आदि यस किसिमको हावापानी पाईने गा.वि.स.हरु हुन भन्न सकिन्छ।
  • यस जिल्लामा सितोष्ण, सम सितोष्ण, अतिशीत हावापानी यस जिन्लामा ५ किसिमका वनहरु पाईन्छन् जस अनुसार कोणधारी वन, हार्डउड वन, मिश्रित वन, झाडी बुट्यान, अन्य रहेका छन् । यस जिल्लाको वनको कुल क्षेत्रफल ७२९८२.३ हेक्टर रहेको छ । जस मध्ये सामुदायिक वन क्षेत्रले ओगटेको क्षेत्रफल ३७२१.७१हे. उपभोक्ता समितिहरुलाई हस्तान्तरण गरी सकिएको छ। आइ.सि.आइ.एम.ओ.डि.१९९७ अनुसार वन जंगलमा आस्रीत घर संख्या २७.५ % रहेको छ ।
दार्चुला जिल्लामा पाइने वनस्पतिहरु

यस जिल्ला भित्र पाइने वनस्पतिहरु मध्ये देवदार,बाज, सल्लो, साल, टुणी, उतीस, सिमल, चिउरी, लालीगुराँस, बाँस, कोइरालो, साज,  सानन, धुईयो, मौनेठी, पैंयो, जामुन, जस्ता वनस्पतीका साथै यार्सागुम्बा, पाँचऔले, झयाउ, भुतकेश, भोजपत्र, भ्याकुर, दालचिनी, टिमुर, पाषाणवेद, पदमचाल, दारुहल्दी, तितेपाती, लोठसल्ला, गुच्ची च्याउ, कुमकुम, सिकाकाई, सतुवा, सेतक चिनी, कुटकी, काफलबोक्रा, ओखरबोक्रा, धुपीपात, तेजपात र रिठ्ठा आदि जडिवुटी समेत रहेका छन् ।

दार्चुला जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्रहरू

यो जिल्ला पर्यटकीय क्षेत्रमा पनि धनि रहेको छ, यस जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा अपी हिमाल ७१३२ मी.(घुषा), व्यास हिमाल ६७७० मी. (व्यास), नाम्पा ६७५४ मी. (व्यास),  महलको भग्नावशेष (उकु), सुरमासरोवर ताल (खण्डेश्वरी), लिपु लेक ५००० मीटर  धर्मी गुफा (खण्डेश्वरी),  शिखर डाडा, मालीकार्जुन, मालीकार्जुन मन्दिर  मालीकार्जुन, हुनैनाथ मन्दिर  हुनैनाथ, जयपुर मन्दिर रिठाचौपाता, बन्तोली मन्दिर बोहरीगाँउ, महलको भग्नावशेष देवल,  गोकुलेश्वर शिव मन्दिर गोकुलेश्वर  लटीनाथ मन्दिर लटीनाथ आदि रहेकाछन् ।

malikarjun_temple darchula
मालिका अर्जुन मन्दिर दार्चुला
दार्चुला जिल्लाको  निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ५ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १० रहेको छ।

दार्चुला जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार दार्चुला  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  ४ नगरपालिका र ५ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः महाकाली नगरपालिका

केन्द्रः साविक अपि नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २१२३१  (२०६८ अनुसार)

क्षेत्रफलः १३५.११ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

अपि

४-६

अपि

७,८

अपि

९१,०

अपि

११

अपि

१२,१३

अपि

१४

अपि

१५

अपि

१६,१७

दत्तु

१-९

 २.    नामः  शैल्यशिखर नगरपालिका

केन्द्रः साविक गोकुलेश्वर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२०६०  (२०६८ अनुसार)

क्षेत्रफलः ११७.८१ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

शिखर

१-९

देथला

१-६

देथला

७-९

रानीशिखर

१-९

ग्वानी

६-९

ग्वानी

१-५

बोहरीगाउँ

४,६-९

बोहरीगाउँ

१-३,५

गोकुलेश्वर

१-९

 ३.    नामः मालिकार्जुन नगरपालिका

केन्द्रः साविक शंकरपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५५८१  (२०६८ अनुसार)

क्षेत्रफलः १००.८२  (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भगवती

१-३

भगवती

४-९

मालिकार्जुन

१-९

हुनैनाथ

१-९

डाँडाकोट

१-९

उकु

१-४,८

उकु

५-७,९

शंकरपुर

१-९

 ४.    नामः अपिहिमाल नगरपालिका

केन्द्रः साविक खण्डेश्वरी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ६७७९   (२०६८ अनुसार)

क्षेत्रफलः ६१३.९५  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

धुसा

१-३

धुसा

४-९

खण्डेश्वरी

१-५

खण्डेश्वरी

६-९

गुल्जर

सितोला

५-८

 ५.    नामः दुहुँ गाउँपालिका

केन्द्रः साविक हिकिला गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १०८१८   (२०६८ अनुसार)

क्षेत्रफलः ६५.३५ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पिपलचौरी

१-९

हिकिला

१-९

अपि

१-३

धारी

१-५

धारी

६-९

६.    नामः नौगाढ गाउँपालिका

केन्द्रः वडा नं. ५ होपरीगाड

जनसङ्ख्याः १५८७४  (२०६८ अनुसार)

क्षेत्रफलः १८०.२७ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

इयरकोट

१-८

इयरकोट

खार

१-३,७-९

खार

४-६

सिप्टी

सिप्टी

२-७

सिप्टी

८,९

धुलीगडा

८,९

धुलीगडा

१-७

 ७.    नामः मार्मा गाउँपालिका

केन्द्रः साविक लटिनाथ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १४९५६  (२०६८ अनुसार)

क्षेत्रफलः २०८.०६ (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

गुल्जर

२-९

लाटिनाथ

१-५

लाटिनाथ

६-९

तपोवन

१-९

सितोला

सितोला

१-४

शेरी

१-९

 ८.    नामः लेकम गाउँपालिका

केन्द्रः वडा नं. ४ रातामाटा

जनसङ्ख्याः १४८३८   (२०६८ अनुसार)

क्षेत्रफलः ८३.९८  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

शर्मौली

१-३,७,९

शर्मौली

४-६,८

लाली

५,७,८

लाली

१-४,६,९

खरकडा

१-९

रिठाचौपाटा

२,३,८,९

रिठाचौपाटा

१,४-७

९.    नामः व्याँस गाउँपालिका

केन्द्रः साविक सुनसेरा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १०३४७   (२०६८ अनुसार)

क्षेत्रफलः ८३९.२६  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

व्यास

१-९

राप्ला

१-९

सुनसेरा

१-३,९

सुनसेरा

४-८

धौलाकोट

१,२

धौलाकोट

३-९

हुती

१-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुला । तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ ।  दार्चुला जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *