Chitwan

चितवन जिल्ला Chitwan District

परिचय

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार करिब छ दशक अघिसम्म औँलोको घरको रुपमा चिनिने चितवन जिल्ला मानव बसोबासको लागि प्राथमिकतामा परेको थिएन । चितवन जिल्लाको नामाकरण सम्वन्धमा ३ वटा जनविश्वास रहि आएका छन । १) चित्रसेनको नामवाट यस स्थानको नाम चितवन भएको कुरा चितवन जिल्लाका आदिवासी भनिने थारु जातिका जानकार हरु बताउछँन् । चित्रसेन नामक राजावाट चित्रसारी हुँदै अन्त्यमा चितवन नाम रह्यो भन्ने जनिवश्वास रहि आएको छ । २) पहिले चितवनमा धेरै चितुवा पाइन्थे भनिन्छ अनि चितवनमा चार कोसे झाडी(वन) पनि थियो रे जसले गर्दा चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुनपुगेको जनिवश्वास रहि आएको छ । ३) त्रेता युगमा देवी सीताको वनवास यही भएको मानिन्छ । सीताको वास भएको वन भनरे “सीतावन” भनिने गरेको हुनाले कालान्तरमा आएर सीतावनवाट चितवन हुन गएको विश्वास गरिन्छ ।

चितवन
चितवन

त्यस्तै वाल्मीकि आश्रम यही रहनु र सीताप्रवासका लक्ष्यण पनि यहीनै देखिएकाले र भाषाविज्ञानको दृष्टीमा “सीतावन” नै शास्त्र सन्निकट रहेको मानिएकाले उक्त तकर्मा सत्यता भएको विश्वास गरिएको छ  ।  चितवन विभिन्न जातजाती, भाषाभाषी र संस्कृतीको विविधतामा एकता भएको जिल्लाको रुपमा चिनिन्छ । यहाँ  ।  एकातिरको मैदानी भागमा बर्षौँदेखि बसोवास गर्दै आएका आदिवासी थारु जाति छन् भने अर्कोतिर पहाडी क्षेत्रमा अर्को आदिवासी चेपाङ जाती रहेका छन् । यिनै विविधताको कारणले गर्दानै आन्तरिक  एवम् बाह्य पर्यटनको हिसाबले समेत यस जिल्ला अग्रणी स्थानमा रहेको छ । सौराहा, मेघौली, टाइगरटप्, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी, त्रिशुलीमा गरिने जलविहार बाह्य पर्यटनका आकर्षणको रुपमा रहेका छन् भने देवघाट, त्रिवेणी, वाल्मीकि आश्रम, गोद्धाक, विक्रमबाबा, वागेश्वरी, चित्रसारी, जस्ता धार्मिक स्थलहरु धार्मिक एवम् आन्तरिक पर्यटनको केन्द्रहरु बन्दै आएका छन्  । त्यस्तै चितवन जिल्ला नेपालको राजधानी काठमाण्डौसंग जोड्ने निकटतम राजमार्ग र पूर्व पश्चिम राजमार्गको संगमस्थलको रुपमा रहेको छ । जसबाट कृषि, व्यापार, उद्योग, पर्यटन लगायका क्षेत्रमा समेत चितवनले प्रशिद्ध कमाएको छ ।

ek singhe gaida
एकसिङे गैँडा चितवन राष्ट्रिय निकुञ्जमा तस्विरः सामाजिक सञ्जाल
भौगोलिक अवस्थिति

नेपालको मध्य भागमा अबस्थित चितवन जिल्ला लगभग समकोण त्रिभजुको आकारमा रहको छ । पुर्व तथा दक्षिण तर्फ फराकिलो र पश्चिम तथा उत्तरतर्फ सागुरिएको चितवन जिल्ला नारायणी नदीको पूर्वी भागमा भित्री मधेश र राप्ति उपत्यकाको नामले समते परिचित छ । २२३८.३९ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस जिल्ला विश्व मानचित्रमा २७२१’४५” उत्तरी अक्षांश देखि २७५२’३०” उत्तरी अक्षांशसम्म र ८३५४’४५” पुर्वी देशान्तर देखि ८४४८’ ५” पुर्वी देशान्तरसम्ममा अबस्थित छ । समुद्रि सतहवाट १४४ मिटर देखि १९४७ मिटरको उचाईमा रहेको यस जिल्ला तराईको भावर प्रदेश देखि महाभारत पर्वत सम्म फैलिएको छ ।

Narayanghat
नारायनघाट तस्विरः सामाजिक सञ्जाल

यस जिल्लाको पुर्व तर्फ मकवानपुर र पर्सा, पश्चिम तर्फ नवलपरासी र तनहूँ, उत्तर तर्फ गोर्खा र धादिङ्ग जिल्लाहरु पर्दछन् भने दक्षिण तर्फ भारतको उत्तर प्रदेश र विहार राज्य पदर्छ । यो जिल्लाको उत्तरी विन्दु इच्छाकामना गाउपाँलिकाको कुरिनटार, दक्षिणविन्दु माडी न.पा. को वाँदरझुला, पूर्वी विन्दु राप्ती नगरपालिका (साविक लोथर गा.वि.स.)को चौरस डाँडा र पश्चिमी विन्दु चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको किनारी भागहरु पदर्छन् । जिल्लाको पूर्व पश्चिम लम्वाई वढीमा ८८ कि.मि रहेको छ भने उत्तर दक्षिण चौडाई वढिमा ५० कि.मि र कम्तिमा २ कि.मि. रहेको छ ।

nepali arna
अर्ना चितवन राष्ट्रिय निकुञ्जमा तस्विरः सामाजिक सञ्जाल
चितवन जिल्लामा रहेका ऐतिहासिकधार्मिक तथा पर्यटकीय स्थलहरु 

देवघाट, बागेश्वरी, गणेशस्थान, शिवघाट, त्रिवेणी, गोद्धक, पाण्डवनगर, सोमेश्वर कालिका, बिक्रमबाबा, चित्रसारी, जुट्पानी कालिका, उपरदाङगढी, चितवन राष्ट्रिय निकुञ्ज, सौराह, कुरिनटार, पुराने गढी, सोमेश्वर गढी, कविलासपुर गढी, सिराईचुली आदि ।

तस्विरमा चितवन राष्ट्रिय निकुञ्ज, तस्विरः सामाजिक सञ्जाल

चितवन जिल्लामा रहेका ताल तथा कुण्डहरु 

बीसहजारी ताल, सत्रहजार ताल, सत्ताइसहजार ताल, अठ्ठाइस हजार ताल, नन्दभाउजु ताल, तमोरघैला ताल, कसरा ताल, मन्जुरा ताल, अन्जुरा ताल, गडुवा ताल, मुण्डा ताल, देवी ताल, बैकुण्ठ ताल, अन्जना ताल, परशुराम कुण्ड आदि ।

 

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ३ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ६ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार चितवन जिल्लाको स्थानियतहको विभाजन साविकका उपमहानगर, नगरपालीका  र गा.वि.स. का वडाहरूलाइ समेटेर १ वटा महानगरपालिका, ५ वटा नगरपालीका र १ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः भरतपुर महानगरपालिका

पवित्र नारायणी नदी किनार तथा प्रसिद्ध धार्मिकस्थल देवघाटधामको काखमा अवस्थित भरतपुर  महानगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक आदि रूपले मुलुककै अग्रणी नगरीको रूपमा आफ्नो पहिचान बनाएको छ । वि.सं. २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाई भरतपुर नगर पञ्चायतको रूपमा रही २०४८ साल देखि भरतपुर नगरपालिकाको रूपमा संचालित भएकोमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१।०८।१६ को निर्णयले यस भरतपुर नगरपालिकालाई आसपासका पाँच गा.बि.स. मगंलपुर ,फुलबारी , गीतानगर , शिवनगर र पटिहानी  समावेश गरि भरतपुर उप– महानगरपालिकामा स्तरोन्नती गरिएको थियो ।

केन्द्रः साविक भरतपुर उपमहानगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३६९२६८

क्षेत्रफलः ४३२.९५ (वर्ग कि.मि.)

वडा संख्याः २९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भरतपुर

१,३

भरतपुर

भरतपुर

भरतपुर

५,६

भरतपुर

१३,१४

भरतपुर

२१,२२

भरतपुर

भरतपुर

भरतपुर

१०

भरतपुर

१०

११

भरतपुर

११

१२

भरतपुर

१२

१३

भरतपुर

२०,२८

१४

भरतपुर

२४,२५,२९

१५

भरतपुर

१५,१९,२३

१६

भरतपुर

१६-१८

१७

चित्रवन

१,२,११

१८

चित्रवन

७,९,१०

१९

चित्रवन

३,४,६

२०

चित्रवन

५,८

२१

नारायणी

७-९

२२

भरतपुर

२६,२७

२३

नारायणी

१०,११

२४

नारायणी

१२

२५

नारायणी

४-६

२६

चित्रवन

१२-१४

२७

नारायणी

२,३

२८

नारायणी

२९

कविलास

१-९

 २.    नामः कालिका नगरपालिका

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश स्थित चितवनको पूर्वि उत्तर भागमा अवस्थित यस नगरपालिका साविकका चार गा.बि.स.हरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ २०७४ जेष्ठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएकोछ । भौगोलिक हिसाबले समथरिलो तथा केही भुभाग पहाडी क्षेत्र रहेको यस नगरपालिका सडक यातायातको पहुँचबाट नजिक रहेको छ भने तल्लो भूभाग (समथर) को हरेक टोल टोलमा बाह्रै महिना चल्न सक्ने सडक पुगेको छ भने कालोपत्रे भएका सडक पनि झण्डै ४० प्रतिशतको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ ।

खाद्यान्न वालीको उत्पादनमा खास गरी धान, मकै, र गहुँ तथा तेलहनमा तोरी र दलहनमा मसुरो उत्पादनको लागि उर्वर मानिने यो नगरपालिका हालका दिनहरुमा यहाँका किसानहरु केरा खेती, तरकारी खेती तथा पशुपालन तर्फ पनि आकर्षित भएको देखिन्छ । पशुपालन ब्यबसायका दृष्टिले गाइपालन व्यवसायीक रुपमा नै अघि बढेको छ भने अन्य पशुपालनको पनि त्यत्तिकै सम्भावना रहेको देखिन्छ । त्यस्तै गरी नगदेवाली तर्फ मौसम अनुसार तराइ क्षेत्रमा हुने सबै प्रकारका तरकारी खेति हुने हुँदा त्यसको व्यवसायीक उत्पादन हुने गरेको छ । राजनैतिक हिसाबले जिल्लाका निर्वाचन क्षेत्र मध्ये यस नगरपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछन । कालिका नगरपालिका (आक्षाशं – २७.१ डिग्री देखी २७.१५ डिग्री उत्तर) र ( देशान्तर – ८३.१ डिग्री ८३.४१ डिग्री पूर्व) भाैगाेलिक स्थितिमा अवस्थित छ ।

चितवन जिल्लाको पूर्वी उत्तरी भागमा पर्ने कालिका नगरपालिका भौगोलिक हिसावले पहाड र तराइ दुवै भूभागलाई समेटेको नगरपालिकाको रुपमा रहेको छ । स्थानीय तह पुर्नसंरचना गर्ने क्रममा २०७३ सालमा गठन भएपश्चात यस नगरपालिकाले विकासमा नया र प्रभावकारी फडको मारेको आवास हुँदै आएको छ । साविकका शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी गा.वि.स.को सम्पूर्ण भूभागलाई समेटेको यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । पहाडी भूभाग वडा नं. १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको यस नगरपालिकाको अन्य समथरिलो भुभागमा हालका दिनहरुमा शहरीकरण तर्फ उन्मुख हुन थालेको आभास देखिन्छ । भौगोलिक सीमाना पूर्व- खैरहेनी नपा, पश्चिम -भरतपुर महानगरपालिकाको वडा न ११ मा रहेको जनजागृति सामुदायिक वन क्षेत्र, उत्तर- इच्छाकामना गाऊपालिका एवंम धादिंगको बेनिघाट रोराङ गाउँपालिका, दक्षिण – रत्ननगर नगरपालिका रहेको छ।

केन्द्रः साविक कालिका नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५२१६४

क्षेत्रफलः १४९.०८  (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कालिका

कालिका

कालिका

११

कालिका

१०

कालिका

१२

कालिका

६,७

कालिका

कालिका

३,४

कालिका

१,२

१०

सिध्दि

२,७-९

११

सिध्दि

१,३-६

 ३.    नामः खैरहनी नगरपालिका

मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने खैरहनी नगरपालिका चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट करिब १८ कि.मी. पूर्वमा अवस्थित छ । नेपाल सरकारको मिति २०७१/०१/२५ को निर्णयानुसार गठन भएको यस नगरपालिका चितवन जिल्लाको चैनपुर, खैरहनीर र कुमरोज गरी तीन वटा गाउँ विकास समिति समावेश भई यस नगरपालिका गठन भएको हो । नेपाल सरकारको मिति २०७२/०६/०१को निर्णय अनुसार कठार गाउँ विकास समिति समेत यस नगरपालिकामा समावेश भए पछि साविकका चार गाँउ विकास समितिहरुको संयुक्त रुप नै खैरहनी नगरपालिका हो । शुरुमा सानो ग्रामीण बजारको अवधारणाबाट अगाडी आएको यो पूर्व पश्चिम राजमार्गको निर्माण पश्चात दु्रतगतिमा शहरीकरण भै रहेको छ ।

यस नगरको प्रमुख बजारको रुपमा पर्सा बजारलाई लिन सकिन्छ । यो बजार खास गरी चैनपुर, भण्डारा, कठार, कुमरोज, विरेन्द्रनगर, पिठुवा तथा अन्य नजिकका बस्तीहरुको प्रमुख व्यापारिक केन्द्र पनि हो । खैरहनी नगरपालिका नामाकरण कसरी भयो भन्ने सम्बन्धमा विविध खाले किम्बदन्तीहरु पाइन्छ । प्राचिन कालमा सो क्षेत्रमा प्रसस्त खयर घारीले भरिएकाले तत्काल खयरघारीको नामले परिचित रहेको खयरघारी शब्द अपभ्रंस भई खैरहनी भएको भन्ने भनाई रहेको छ । सोही नामबाट खैरहनी गाँउ विकास समितिको नामाकरण भई सो खैरहनी गाउँ विकास समिति समेत गरी नगरपालिका गठन भएकोले यस नगरपालिकाको नाम खैरहनी नगरपालिका नामाकरण भएको हो ।

समुद्री सतह देखि करिब १९० मी. उचाईमा रहेको यस नगरपालिकालाई पूर्व पश्चिम राजमार्गले उत्तर र दक्षिण भागमा बरावरी बाँडिएको छ । यस नगरपालिकाले उत्तरमा शक्तिखोर र सिद्धि, पूर्वमा विरेन्द्रनगर, भण्डारा पश्चिममा रत्ननगर नगरपालिका छ भने दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज अवस्थित छ । दक्षिण तर्फ प्राकृतिक सिमानाको रुपमा बुढी राप्ती नदीले खैरहनीलाई छुट्याएको छ । नियमित रुपमा राप्ती नदी र यसका शाखा नदीहरुले बगाएर ल्याएका कृषि योग्य मलिलो माटोको कारण यो क्षेत्र कृषिको लागि निकै उपयुक्त छ । राजनैतिक आधारमा यस नगरलाई १३ वटा वडाहरुमा विभाजन गरी स्थानिय जनताहरुलाई प्रशासनिक सेवा सूविधा पुर्याउदै आएको छ ।

साथै यस नगरपालिकाले ८५.५७ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ । निर्वाचन क्षेत्रको हिसावले प्रतिनीधि सभाको लागि चितवन जिल्लामा तिन वटा निर्वाचन क्षेत्र कायम गरीएकोमा खैरहनी नगरपालिका १ नम्बर निर्वाचन क्षेत्रमा पर्दछ । त्यस्तै गरी प्रदेश सभाको लागि क्षेत्र नं. १ मा कायम भएका २ निर्वाचन क्षेत्र मध्ये यो नगरपालिका दुवै निर्वाचन क्षेत्रमा परेको छ ।

केन्द्रः साविक खैरहनी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ६७३८५

क्षेत्रफलः ८५.५५ (वर्ग कि.मि.)

वडा संख्याः १३

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

खैरहनी

खैरहनी

खैरहनी

खैरहनी

खैरहनी

खैरहनी

खैरहनी

खैरहनी

खैरहनी

१०

खैरहनी

१४,१५

११

खैरहनी

१६

१२

खैरहनी

१०,११

१३

खैरहनी

१२,१३

 ४.    नामः माडी नगरपालिका

 चितवन जिल्लाको दक्षिणी सिमानामा रहेको माडी क्षेत्र भरतपुरबाट करिब ३८ कि.मी.को दुरीबाट शुरु हुन्छ । पूर्ब,पश्चिम र उत्तरमा राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको यो सुन्दर हरियाली उपत्यका हो । यस माडी क्षेत्रको नाम रहेको सम्बन्धमा बिभिन्न किम्बदन्तीहरु पाइन्छन् । माडब्य ऋषिले यस भूमीमा तपस्या गरेर यहाँका बासिन्दाहरुलाई मार्ग दर्शन गर्नु भएको र माण्डब्य ऋषिको तपस्थली भएकाले माडी भनिएको भन्ने किम्बदन्ती छ भने यहाँका आदीबासी थारुहरुले आफ्नो भाषामा पानी जमेको स्थानलाई माड् भन्ने गरेका र माडी उपत्यका भित्र पानी जमेको देखेर थारुहरुले माड्–माड् भन्दै आउदा माडी नाम रहेको आदीबासी थारुजातका बुढापाका र बुद्धिजिबीहरुको कथन रहेको छ । तत्कालीन गर्दी,बघौडा,कल्याणपुर र अयोध्यापुरी गा.बि.स.रहेको यस क्षेत्रलाई एकिकृत रुपमा माडी क्षेत्र भनिएको र नेपाल सरकारले २०७१ साल मंसिर १६ गते ४ वटै गा.बि.स.लाई मिलाएर माडी नगरपालिका गठन भएको हो ।यस नगरपालिकाको वडानं. १,२,३,४,५र ६ मा मुख्य थारुबस्ती रहेको भएता पनि अन्य जातजातिहरुमा,ब्राम्हण ,क्षेत्री, मगर,गुरुङ, तामाङ,बिश्वकर्मा, परियार, बोटे ,दराई,राई,चेपाङ,गन्धर्ब,मधेसी,मुस्लिम लगायतका जातजातिको बसोबास रहेको छ ।

केन्द्रः साविक माडी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३८२९५

क्षेत्रफलः २१८.२४ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

माडी

१,३

माडी

माडी

माडी

माडी

माडी

८९

माडी

७,१०

माडी

११

माडी

१२

५.    नामः रत्ननगर नगरपालिका

 नेपालको मध्यमाञ्चल विकास क्षेत्र, तेस्रो पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्जसंग जोडियर रहेको रत्ननगर नगरपालिका वसोवास योग्यस्थानको रुपमा चिनिन्छ । नेपालको पूर्व पश्चिम राजमार्ग वीच भागबाट गएकोले सुगमताको दृष्टिले पनि सहज पहुँच रहेको उत्कृष्ट स्थान हो । यो नगरपालिका साविक रत्ननगर नगर उन्मुख गा.वि.स. र पञ्चकन्या गा.वि.स.को पुरै भाग समावेश भै मिति २०५३।१०।११ स्थापना भएको तथा मिति २०७१।८।१६ गतेको नेपाल सरकारको निर्णयले पिठुवा गा.वि.स.र बछौली गा.वि.स.समायोजन पछि विस्तार भएको नगरपालिका विशिष्ठ प्रकारको विशेषताले भरिपूर्ण छ । प्रसस्त उर्वरकृषि भूमि, बरण्डाभार क्षेत्रको जंगल, दुर्लभ वन्यजन्तु र चराहरुको वासस्थान, सिमसार क्षेत्रले शोभायमान र सुन्दर नगरी हो ।

ऐतिहासिक पृष्ठभूमि : शुरुमा आदीवासी थारु समुदायको मात्र वसोवास रहेको औलो रोगको उन्मुलन पछि मात्र अन्य जिल्लाबाट  विभिन्न जातजातीहरु बसाई सरी आई वसोवास गर्न थालेको पाईन्छ हाल यस क्षेत्रमा यहाँका आदीवासी भन्दा अन्य स्थानबाट वसाई सरेर आई वसोवास गर्ने जातजातीको वाहुल्यता रहेको छ । यसरी विभिन्न जिल्लाका भिन्न भिन्न जाती जनजातीहरुको वसोवास रहे पनि सवै समुदाय वीच पारस्परीक सम्वन्ध रहँदै आएको छ । यस क्षेत्रको विषयमा विभिन्न किम्मदन्ती पनि रहदै आएको छ | त्रेता युगमा श्रीकृष्णले गोकुलबाट गाई चराउन ल्याउने क्रममा लौराले घोचेर गाईवस्तुलाई खुवाउने पानी निकालेकोले उक्त ठाऊँलाई लौरी घोल भनेर चिनिन्छ । यसैबाट रत्ननगर हुन गएको भन्ने भनाई पनि रहेको पाइन्छ ।

शिव पुराण अनुसार अग्निको पत्नि रतीले यसै ठाऊँमा शिवको ध्यान गरी आफ्नो पति वरदान स्वरुप पाई ईच्छा सिद्ध भएकोले उनै रतीको नामबाट रत्ननगर रहन गएको भन्ने मत पनि झिनो रुपमा रहेको छ । तत्कालीन देवौली गाऊ पञ्चायत नामले परिचित यस क्षेत्र तत्कालीन महारानी रत्नराज्यलक्ष्मी शाहको भ्रमणपछि उक्त देवौली गाऊँको नाम परिवर्तन भै रत्ननगर गा.वि.स. हुँदै रत्ननगर नगरपालिका नाम रहन गएको भनाई रहँदै आएको छ ।

केन्द्रः साविक रत्ननगर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ८९९०५

क्षेत्रफलः ६८.६८ (वर्ग कि.मि.)

वडा संख्याः १६

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रत्ननगर

रत्ननगर

रत्ननगर

रत्ननगर

रत्ननगर

१९

रत्ननगर

१८

रत्ननगर

१७

रत्ननगर

रत्ननगर

६,७

१०

रत्ननगर

११

रत्ननगर

१०

१२

रत्ननगर

९,११

१३

रत्ननगर

१२,१३

१४

रत्ननगर

१४

१५

रत्ननगर

१५

१६

रत्ननगर

१६

 ६.    नामः राप्ती नगरपालिका

चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डाराबीरेन्द्रनगर कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भै बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पुर्वमा मकवानपुर जिल्ला संग, पश्चिममा चितवन जिल्लाकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत सृंखला हुदै धादिंग जिल्ला संग जोडिएको यो नगरपालिकाको दक्षिणी भूभाग भने चितवन राष्ट्रिय निकुन्जसंग जोडिएको छ । जम्मा २१२.३१ वर्ग कि.मि. क्षेत्रफल भएको नगरपालिकामा राष्ट्रिय जनगणना २०७८  अनुसार   महिला- ३३९४० र पुरुष- ३२६७७ गरी जम्मा ६६६१७ रहेको छ।

केन्द्रः साविक राप्ती नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ६६६१७

क्षेत्रफलः २१२.३१ (वर्ग कि.मि.)

वडा संख्याः १३

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

राप्ती

१,२

राप्ती

राप्ती

राप्ती

राप्ती

राप्ती

६,७

राप्ती

राप्ती

१०,११

राप्ती

१२

१०

कोराक

५,८,९

११

कोराक

१,३,७

१२

कोराक

२,४,६

लोथर

१-३

१३

लोथर

४-९

 ७.    नामः इच्छाकामना गाउँपालिका

हाम्रो देश नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये चितवन जिल्लामा एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिका व्यवस्था भएको छ । यी सात स्थानीय तहहरु मध्ये इच्छाकामना गाउँपालिका प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँपालिका हो । लामो झरना जलविरे, सिराईचुली, हात्तीवाङ ऐतिहासिक क्षेत्र उपरदाङगढी, धार्मिक क्षेत्र इच्छाकामना माईको मन्दिर, जलबिरे मन्दिर, मनकामना केवलकार, त्रिशुली नदी, मुग्लिङ्ग बजार रहेको यस क्षेत्र पर्यटन विकासका लागि प्रचुर सम्भावनायुक्त गाउँपालिका हो । यो गाउँपालिका त्रिशुली नदीको काखमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धादिङ्ग जिल्ला पश्चिममा तनहूँ तथा भरतपुर महानगरपालिका, उत्तरमा गोर्खा र दक्षिणमा कालिका नगरपालिका रहेका छन् । राजधानी काठमाण्डौं देखि करिब १०० कि.मि. दक्षिण पश्चिममा रहेको यो गाउँपालिका समुन्द्री सतह ५०० मि.उचाइ देखि १५०० मि.उचाइमा अवस्थित छ ।

२७०४८३५.३९ उत्तरीअक्षांश देखि ८३०३४९७.५ पूर्वी देशान्तर सम्म फैलिएको छ । क्षेत्रफल १६६.६७ वर्ग किलोमिटर रहेको यस गाउँपालिका चितवन जिल्लाको एक मात्र गाउँपालिका हो । यस गाउँपालिकामा ७ वटा वडाहरु छन् । वि.स. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २७६४३ रहेको मध्ये १३६३६ महिला र १४००७ पुरुष छन् ।  साविक दारेचोक, चण्डिभञ्ज्याङ्ग, काउले र दाहाखानी गा.वि.स.का सबै वडाहरुलाई मर्ज गरेर ७ वटा वडाहरु रहेको यस इच्छाकामना गाउँपालिका जनजातीहरुमा (गुरुङ्ग, मगर, तामाङ्ग, नेवार, थकाली) अति सिमान्तकृत चेपाङ्ग, अल्पसंख्यक मुस्लिम तथा खस आर्यमा ब्रामहण, क्षेत्री, ठकुरी र दलित बसोबास गर्छन । विभिन्न जातजाति एवम् भाषा, धर्म र संस्कृति भएको यस क्षेत्रमा जनजातिको बाहुल्यता रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँपालिकाले बिकासको सम्भावना बोकेको छ |

केन्द्रः साविक दारेचोक गा.वि.स. कार्यालय रहेको स्थान कुरिनटार

जनसङ्ख्याः २७६४३

क्षेत्रफलः १६६.७३ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

काउले

१-४

चण्डीभञ्ज्याङ्ग

१-४

काउले

५-९

दारेचोक

१,२,५-९

दारेचोक

चण्डीभञ्ज्याङ्ग

दारेचोक

चण्डीभञ्ज्याङ्ग

६-९

दाहाखानी

५,६

दाहाखानी

१-४,७-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवन । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । चितवन जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *