परिचय
नेपालमा रहेका ७७ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाहरु मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महृत्व बोकेको जिल्ला हो। भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ। यस जिल्लाको उत्तरी भागमा अवस्थित गुरुङ् र घलेहरुको वस्तीले पर्यटकहरुलाई आकर्षण गरिहरेको छ । गोरखा जिल्लाको नामाकरणको सम्वन्धमा गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट व गाईको रक्षा (गो रक्षा) गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम “गोरखा” रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदा हुँदै गोरखा भएको मानिन्छ । यो जिल्ला अन्तरत घाँसका ठूला ठूला फाँटहरु/खर्कहरु छन् । लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ । जयदेव द्धितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो । यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामाकरण गरिएको जनिवश्वास रहि आएको छ ।

ऐतिहासिक चिनारी
जिल्ला समन्वय समिति गोरखाका अनुशार नेपाल राज्यको एकीकरण गर्ने श्रेय गोरखा जिल्लालाई दिने गरिन्छ । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरुले राज्य गर्ने गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रुपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिन सम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्वाकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन । भने भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरुले उनको उत्साहलाई बढाईरहेका थिए । द्रव्य शाहका सैनिकहरु थापा, भुसाल, मास्के, रानाहरु समेतले गोरखाका राजाको दरवारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले वीरगति प्राप्त गरे । यस प्रकार वि.सं. १६१६ भाद्र २५ मा द्रव्य शाढठह गोरखाका राजा भए ।

द्रव्य शाहले पछि गोरखा राज्यमा उनका वंशजहरु पुरन्हर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले राज्य गरेको पाइन्छ । राजा नरभूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रको रुपमा वि.सं. १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भयो । तत्कालीन अवस्थामा नेपाल बाईसी, चौबिसी गरी ५२ भन्दा बढी स-साना राज्यमा विभाजित भएको थियो । यी राज्यहरुबीच एक आपसमा शत्रुताको व्यवहार, मत्स्य न्यायको अवस्था थियो । भने अर्का तिर भारतमा ब्रिटिस साम्राज्य फैलिसकेकोले तिनीहरुको आँखा नेपालमा परेको थियो । पृथ्वीनारायण शाह सानैदेखि दुरदर्शी, परिश्रमी, लगनशील, दृढ प्रतिज्ञाका भएकाले उनलाई अन्य राजकुमारहरुलाई जस्तो सुख सुविधा, भोग विलास भन्दा त्यस्तै खालको शिक्षा दिक्षा दिईएको थियो । पिताको शासनकालमा उनले राज्य संचालन गतिविधिबारे नियालेर सुक्ष्म अध्ययन गरेका थिए ।

वि.सं. १७९९ मा २० वर्षको कलिलो उमेरमा राजा भएका पृथ्वीनारायण शाहले आफ्ने एकमात्र उद्देश्य जे जसरी हुन्छ टुक्रिएर रहेका स-साना राज्यहरुलाई एकीकरण गरी विशाल नेपाल राज्यमा गाभ्ने अठोट लिए । तद्नुरुप वि.सं. १८०१ मा नुवाकोट, १८९९ मा मकवानपुर, १८२२ मा किर्तीपुर, १८२५ मा कान्तिपुर, ललितपुर, १८२६ मा भक्तपुर विजय गरी गोरखा राज्यबाट विशाल नेपाल राज्यको एकीकरण गरे र देशको राजधानी पनि काठमाण्डौ बनाए । त्यसपछि उनका वंशज खासगरी प्रतापसिंह शाह, बहादुर शाह, राजेन्द्रलक्ष्मी एवं तत्कालीन भारद्वाज कालु पाण्डे, वंशीधर पाण्डे, भीमसेन थापा, अमरसिंह थापाले एकीकरण विस्तार गरी वर्तमान स्वरुपमा ल्याईपुऱ्याए ।

यसरी वर्तमान नेपाल राज्यको उत्पत्ति गोरखा राज्यबाट भएको इतिहासमा वर्णित छ । गोर्खालीहरु वीर बहादुर र परिश्रमी भएकोले तत्कालीन अवस्थामा नेपाल राज्यको एकीकरणमा उनीहरुले पऱ्याएके ठूलो योगदान एवं नेपाल अंग्रेजबीज वि.सं. १८७१ देखि १८७३ सम्म भएको युद्धमा नेपाली सैनिकहरुले देखाएको अदम्य साहस र वीरताको कदर गर्दै अंग्रेजहरुले भारतमा नेपालीहरुलाई भर्ती गराए । पहिलो र दोश्रो विश्व युद्धमा नेपालले बेलायतलाई साथ दिई युद्धमा भाग लिएको थियो । गोर्खाली सैनिकहरुको वीरगतिको कदर गर्दै जर्मन सम्राट कैजार विलियमले “म मेरा सैनिकहरुलाई संसारका कुनै सेनासंग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ ।” भनेका छन् भने बेलायतकी महारानी एलिजवेथ दृतीयाले “गोरखा सैनिकले ईतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् ” भनेकी छिन् ।

भाैगोलीक अवस्थिती
गोरखा जिल्लाले ३६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्र सतहबाट २२८ मिटर देखि ८१६३ मिटर उचाईमा अवस्थित तथा २७०१५’ देखि २८०१५’ अक्षांश र ८४०२७’ देखि ८४०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ। राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २ नगरपालिका, ६० गाउँ विकास समिति, १३ इलाका र ३ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ। यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन); पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत (चीन); उत्तर सीमानामा तिव्वत (चीन) तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन्। वि.स. २०६८ (२०११) को जनगणना अनुसार महिला १५००२० र पुरुष १२१०४१ गरी गोरखा जिल्लाको जम्मा जनसंख्या २७१०६१ रहेको छ।

गोरखा जिल्लामा रहेका महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थलहरू
गोरखम जिल्लामा गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदाहरू रहेका छन। त्यस्तै मनकामना मन्दिर, गोरखकाली मन्दिर यहाँका प्रमुद धार्मिक सम्पदाहरू हुन । कल्छुमन ताल, कालाताल नारदकुण्ड, दुधपोखरी जस्ता ताल तथा पोखरीहरु रहेका छन भने मनासलु, हिमालचुली जस्ता हिमचुचराहरु र विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु यहाँका मुख्य आकर्षणहरु हुन्।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार गोरखा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ नगरपालिका र ९ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः गोरखा नगरपालिका
केन्द्रः साविक गोरखा नगरपालिका
जनसङ्ख्याः ४९२७२
क्षेत्रफलः १३१.८६ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
ताप्ले |
६-९ |
|
|
२ |
ताप्ले |
१-५ |
|
|
३ |
गोरखा |
१४,१५ |
|
|
४ |
गोरखा |
१२,१३ |
|
|
५ |
गोरखा |
४ |
|
|
६ |
गोरखा |
१,३ |
|
|
७ |
गोरखा |
२,५ |
|
|
८ |
गोरखा |
६,७ |
|
|
९ |
गोरखा |
८ |
|
|
१० |
गोरखा |
९ |
|
|
११ |
गोरखा |
१० |
|
|
१२ |
गोरखा |
११ |
|
|
१३ |
देउराली |
५-८ |
|
|
१४ |
देउराली |
१-४,९ |
|
|
२. नामः पालुङटार नगरपालिका
केन्द्रः साविक पालुङटार नगरपा
जनसङ्ख्याः ३८१७४
क्षेत्रफलः १५८.६२ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
खोप्लाङ |
४-९ |
|
|
२ |
खोप्लाङ |
१-३ |
|
|
पालुङटार |
१२,१३ |
|
||
३ |
पालुङटार |
७,११ |
|
|
४ |
पालुङटार |
६,८,९ |
|
|
५ |
पालुङटार |
१० |
|
|
६ |
पालुङटार |
१,४,५ |
|
|
७ |
पालुङटार |
२,३ |
|
|
८ |
धुवाकोट |
१-६ |
|
|
९ |
धुवाकोट |
७-९ |
|
|
मिरकोट |
५,८ |
|
||
१० |
मिरकोट |
१-४,६,७,९ |
|
३. नामः बारपाक सुलिकोट गाउँपालिका
केन्द्रः साविक ताकुकोट गा.वि.स
जनसङ्ख्याः २३२५३
क्षेत्रफलः १२३.८६ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
बारपाक |
४,५ |
२ |
बारपाक |
१-३,६-९ |
३ |
स्वाँ |
१-९ |
४ |
सौरपानी |
१-९ |
५ |
ताँकुमाझलाकुरीवोट |
१-९ |
६ |
ताकुकोट |
१-९ |
७ |
पाँचखुवा देउराली |
१-९ |
८ |
पन्द्रुङ |
१-९ |
४. नामः सिरानचोक गाउँपालिका
केन्द्रः साविक छोप्राक गा.वि.स
जनसङ्ख्याः २३६२८
क्षेत्रफलः १२१.६६ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
केराबारी |
४,५ |
|
|
२ |
थालाजुङ |
१-३,६-९ |
|
|
३ |
हर्मी |
१-९ |
|
|
४ |
छोप्राक |
७-९ |
|
|
५ |
छोप्राक |
१-६ |
|
|
६ |
गाँखु |
१-९ |
|
|
७ |
श्रीनाथकोट |
१-९ |
|
|
८ |
जौवारी |
१-९ |
|
५. नामः अजिरकोट गाउँपालिका
केन्द्रः साविक हंसपुर गा.वि.स.
जनसङ्ख्याः १४८०२
क्षेत्रफलः १९८.०५ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
घ्याच्चोक |
१-९ |
|
|
२ |
खरिवोट |
१-९ |
|
|
३ |
हंसपुर |
१-९ |
|
|
४ |
सिम्जुङ |
१-९ |
|
|
५ |
मुच्चोक |
१-९ |
|
६. नामः आरुघाट गाउँपालिका
केन्द्रः साविक आरुचनौटे गा.वि.
जनसङ्ख्याः २३८८७
क्षेत्रफलः १६०.७९ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मान्वु |
५-९ |
|
|
२ |
मान्वु |
१-४ |
|
|
३ |
थुमी |
४,६-८ |
|
|
४ |
थुमी |
१-३,५,९ |
|
|
५ |
आरु भर्माङ |
५,७-९ |
|
|
६ |
आरु भर्माङ |
१-३,४,६ |
|
|
७ |
आरुपोखरी |
१,२,५,९ |
|
|
८ |
आरुपोखरी |
३,४,६-८ |
|
|
९ |
अरुचनौटे |
१-३ |
|
|
१० |
अरुचनौटे |
४-९ |
|
७. नामः गण्डकी गाउँपालिका
केन्द्रः साविक भूम्लिचोक गा.वि
जनसङ्ख्याः २३२५६
क्षेत्रफलः १२३.८६ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मकैसि |
१-९ |
|
|
२ |
ताङ्लीचोक |
१-९ |
|
|
३ |
फुजेल |
४-८ |
|
|
४ |
फुजेल |
१-३,९ |
|
|
५ |
दर्भुङ |
१-९ |
|
|
६ |
भूम्लीचोक |
१-९ |
|
|
७ |
घ्याल्चोक |
१,५-७ |
|
|
८ |
घ्याल्चोक |
२-४,८,९ |
|
८. नामः चुमनुवी गाउँपालिका
केन्द्रः साविक सिर्दिवास गा.वि
जनसङ्ख्याः ६९२३
क्षेत्रफलः १६४८.६५ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
सामागाउँ |
१-९ |
|
|
२ |
ल्हो |
१-९ |
|
|
३ |
सिर्दिवास |
१-९ |
|
|
४ |
प्रोक |
१-९ |
|
|
५ |
विही |
१-९ |
|
|
६ |
चुम्चेत |
१-९ |
|
|
७ |
छेकम्पार |
१-९ |
|
९. नामः धार्चे गाउँपालिका
केन्द्रः वडा नं. ५ माछिखोला
जनसङ्ख्याः १३२२९
क्षेत्रफलः ६५१.५२ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
केरौजा |
७-९ |
|
|
२ |
केरौजा |
१-६ |
|
|
३ |
उहिया |
१-९ |
|
|
४ |
लाप्राक |
१-९ |
|
|
५ |
गुम्दा |
१-९ |
|
|
६ |
काशीगाउँ |
१-९ |
|
|
७ |
लापु |
१-९ |
|
१०. नामः भिमसेनथापा गाउँपालिका
केन्द्रः वडा नं. ५ खाञ्चोक
जनसङ्ख्याः २२०३३
क्षेत्रफलः १०१.२५ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मसेल |
१-९ |
|
|
२ |
तान्द्राङ |
५-९ |
|
|
३ |
तान्द्राङ |
१-४ |
|
|
४ |
धवा |
१-९ |
|
|
५ |
बगुवा |
१-९ |
|
|
६ |
अश्राङ |
१-९ |
|
|
७ |
बोर्लाङ |
१,४,८,९ |
|
|
८ |
बोर्लाङ |
२,३,५-९ |
|
११. नामः शहीद लखन गा
केन्द्रः साविक धैरुङ गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २७५५५
क्षेत्रफलः १४८.९७ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बक्राङ |
१-९ |
|
|
२ |
मनकामना |
१,२,४,५ |
|
|
३ |
मनकामना |
३,६-९ |
|
|
४ |
ताक्लुङ |
१-४ |
|
|
५ |
ताक्लुङ |
५-९ |
|
|
६ |
धैरुङ |
१-९ |
|
|
७ |
बुङ्कोट |
१-४ |
|
|
८ |
बुङ्कोट |
५-९ |
|
|
९ |
नाम्जुङ |
१-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति गोरखा र जिल्ला प्रशासन कार्यालय गोरखा। तस्विरः सामाजिक सञ्जाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । गोरखा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।