photo of gulmi

गुल्मी जिल्ला Gulmi District

गुल्मी जिल्लाको  परिचय

संघीय संरचना अनुसार लुम्विनी प्रदेश अन्र्तगत पर्ने १२ वटा  जिल्ला मध्ये गुल्मी एक पहाडी जिल्ला हो । गुल्मी जिल्लाकाे नामाकरण काे सम्बन्धमा संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकरण गरिएको हो भन्ने भनाइ रहेको छ ।गुल्मी  जिल्लाकाे सदरमुकाम तम्घासमा रहेको छ भने  देशकाे संघीय राजधानी काठमाडाै बाट लगभग ३७० कि.मि. टाढा रहेको छ । बहु जातजाती, भाषाभाषी, संस्कृति, रितिरिवाज, प्राकृितक श्राेत र साधन,  एतिहासीक तथा धार्मिक स्थानले भरिपुण रहेको गुल्मी जिल्ला देशको पश्चीम भेगमै रहेको उत्कृष्ट रमणीय  जिल्ला हो ।

रेसुङ्गाको काखमा रहेको गुल्मीको सदरमुकाम तम्घास तस्विर : पत्रकार अनिता खत्रीको फेसबुक बाट ।

धरातलिय स्वरुपमा विविधता भएको पहाडी जिल्ला गुल्मीमा विशेष गरी तीन किसिमका हावापानी पाइने गर्दछ । १५२५ फिट देखि ३००० फिट सम्मको उचाइ भएको क्षेत्रमा उष्ण मनसुन जलवायु, ३००० फिट देखि ७००० फिट सम्मको उचाइ भएको क्षेत्रमा अर्धोष्ण मौसमी जलवायु र ७००० फिट भन्दा माथिका अग्ला पहाडहरुमा शीतोष्ण मौसमी जलवायु पाइने गर्दछ ।

रेसुङ्गा डाँडा, तस्विर : सन्ताेष
गुल्मी जिल्लाको भाैगाैलीक र सामाजिक अवस्थीती

जिल्ला समन्वय समिति गरल्मीका अनुसार गुल्मी जिल्ला २७° ५५’ देखि २८° २७’ सम्म उत्तरी अक्षांश तथा ८३° १०’ देखि ८३° ३५’ सम्म पूर्वी देशान्तर रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस जिल्लाको क्षेत्रफल १,१४९ वर्ग कि. मि. (१,१४,९०० हेक्टर) रहेको छ । समुद्री सतहबाट ४६५ मि. (रिडि) देखि २६९० मि. (थाप्लेको लेक) उचाई सम्मको भू -भाग समेटेको छ । सरदर पूर्व पश्चिम लम्बाई ४० कि. मि. र सरदर उत्तर दक्षिण चौडाई ३० कि. मि. रहेको छ ।

resunga yagysala
रेसुङ्गा यज्ञशाला गुल्मी

२०७८ सालको जनगणना अनुसार कुल जनसंख्या २४६४९४ रहेको छ जसमा पुरुष–११२०२५ महिला– १३४४६९ रहेका छन । त्यसै गरी कुल घरधुरी संख्या  ६६१२५ रहेको छ । गुल्मी जिल्लाका छिमेकी जिल्लाहरूमा पूर्वमा स्याङ्जा र पर्वत, पश्चिममा प्यूठान,  उत्तरमा वाग्लुङ र दक्षिणमा पाल्पा र अर्घाखाँची जिल्लाहरु रहेका छन ।

गुल्मी जिल्लामा रहेका ऐतिहासीक धार्मिक, सांस्कृतिक तथा प्राकृतिक श्राेतहरू

नेपालका चारधाम मध्य एक धाम रूरू धाम गुल्मी जिल्लामा पर्दछ। प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूमा रिडी, रेसुङ्गा, अर्जुन, दिब्रुङ, रुद्रवेणी, श्रृङ्गा, पूर्तिघाट, धुर्कोट विचित्र गुफा, दरवार देविस्थान, इस्मा रजस्थल, धुर्कोट रजस्थल, मुसिकोट छन् । यहाँ प्रसिद्ध नदीहरूमा कालीगण्डकी, रिडी खाेला, बडीघाट, छल्दी, पनाह, निस्ती खोलाहरू पनि रहेका छन्

photo of gulmi
तस्विरमा गुल्मी जिल्ला
गुल्मी जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

गुल्मी जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार गुल्मी जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर   २ नगरपालिका र १० वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः मुसीकोट नगरपालिका

मुसिकाेट नगरपालिका नेपालको लुम्बिनी प्रदेश  अन्तर्गत गुल्मी जिल्लामा रहेको छ | मुसिकाेट नगरपालिकाको स्थापना नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा  स्वायत्त  क्षेत्रको संख्या तथा सीमाना  निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णयअनुसार माननीय संघिय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित  समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा साविकका पाैदि अमराइ, मुसिकाेट, बडागाउँ, आँपचाैर, कुर्घा, वामी,अर्लाङ्गकाेट गरि ७ वटा गा.वि.स. र नेटा गा. वि. स का १, २,३ र ४ वडा  समावेश गरी  भएको हो |

मुसिकाेट नगरपालिका गुल्मी जिल्लाका १२ स्थानिय तहमध्ये सबैभन्दा धेरै जनसंख्या भएकाे नगरपालिका हाे ।यस नगरपालिकामा पवित्र मालिका मन्दिर,पर्यटकिय शिखरमा अवस्थित सालिमेधाम,एेतिहासिक मुसिकाेट दरबार,नेपालमा कफि खेतिकाे जननी आँपचाैर जस्ता राष्टिय गाैरवका ठाउँहरू रहेका छन् । मध्येपहाडी लाेकमार्गकाे समीपमा कुल ११४.७४ वर्ग  कि.मी. क्षेत्रफलमा फैलिएकाे छ ।९  वटा वडाहरूमा  विभाजित यस नगरपालिकाकाे कूल जनसंख्या २०७८ काे जनगणना अनुसार २८४५४ रहेकाे छ ।यसकाे सिमाना पूर्वमा चन्द्रकाेट गाउँपालिका,पश्चिममा इस्मा गाउँपालिका,उत्तरमा बाग्लुङ्ग जिल्ला र दक्षिणमा रेसुङ्गा नगरपालिका रहेका छन् ।

केन्द्रः साविक वामीटक्सार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २८४५४

क्षेत्रफलः ११४.७४  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पौदी अमराई

१-९

नेटा

१-४

मुसिकोट

१-९

वडागाउँ

५-८

वडागाउँ

१-४,९

आँपचौर

१-९

कुर्घा

१-९

वामीटक्सार

१-३,९

वामीटक्सार

४-८

अर्लाङकोट

१-९

२.    नामः रेसुङ्गा नगरपालिका

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो । यस्तो विशिष्ट प्राकृतिक महिमालाई उजागर गर्ने अभिप्रायले जिल्लाको पहिलो नगरपालिका घोषणा भएको हो । गुल्मी जिल्लाको सदरमुकाम तम्घासलाई नगरपालिका बनाउनु पर्छ भन्ने चर्चा परिचर्चा बिगत लामो समयदेखि चल्दै आए पनि नेपाल सरकारले २०६८ सालको बजेट बक्तव्य मार्फत २०६८ श्रावण १ गते देखि तम्घास नगरपालिका घोषणा गर्यो यद्यपि नेपाल सरकारले यसलाई कार्यान्वयनमा ल्याएन ।

समयको गतिसँगै साविकका तम्घास गा.वि.स.सँग जोडिएका छिमेकी अर्खले, सिमीचौर र दुवीचौर गा.वि.स.हरूले समेत नगरपालिकामा आवद्ध हुने इच्छा जाहेर गरेपछि विभिन्न समयमा भएका छलफल र गृहकार्य पछि यस जिल्लाको नगरपालिका सिफारिस समितिले २०६८ श्रावण ३० गते चारवटै गा.वि.स.हरूलाई समेटेर नगरपालिका बनाउन र उक्त नगरपालिकाको नाम ‘रेसुङ्गा नगरपालिका’ राख्न सिफारिस गरेको थियो ।

सोहि अनुरुप नेपाल सरकारको मिति २०७१ बैशाख २५ को निर्णय अनुसार रेसुङ्गा नगरपालिकाको घोषणा गरिएको हो । घोषणा पछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन अनुरुप जिल्लास्थित क्रियाशील राजनीतिक दल, प्रशासनिक निकाय, नागरिक समाज, संघ–सस्था, सम्बद्घ क्षेत्रका कर्मचारीहरू तथा अन्य नागरिकहरूको उपस्थितिमा २०७१ जेठ १ गतेदेखि साविक तम्घास गा.वि.स.को कार्यालय अतिथि भवन (भूतबंगला) मा रेसुङ्गा नगरपालिका कार्यालयको विधिवत् उद्घाटन भई कार्य सञ्चालनमा आएको थियो । त्यस पछि पुर्नसंरचना आयोगको सिफारिसमा साविकको पराल्मी गा.वि.स. लाई समेत समेटेर १४ वटा वडामा नगरपालिकालाई विभाजन गरि मिति २०७३ फाल्गुण २७ गते  राजपत्रमा प्रकाशित  भएपछि रेसुङ्गा नगरपालिका बनेको छ ।

केन्द्रः साविक रेसुङ्गा नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३१५५१

क्षेत्रफलः ८३.७४  (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रेसुङ्गा

रेसुङ्गा

रेसुङ्गा

रेसुङ्गा

रेसुङ्गा

नयाँगाउँ

८,९

रेसुङ्गा

रेसुङ्गा

७,८

रेसुङ्गा

रेसुङ्गा

१०

१०

रेसुङ्गा

११,१२

११

रेसुङ्गा

१३

१२

रेसुङ्गा

१४

१३

रेसुङ्गा

१५

१४

पराल्मी

१-९

 ३.    नामः इस्मा गाउँपालिकाः

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको दक्षिण एसियाली भूपरिवेष्ठीत प्राकृतिक, सांस्कृतिक, जातीय, धार्मिक एवम राजनैतिक विविधता विचको एकता भएको सुन्दर देश नेपालको लुम्विनी  प्रदेश अन्तरगत गुल्मी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित इस्मा गाउँपालिका ऐतिहासिक पृष्ठमूमिबाट नामकरण भएको क्षेत्र हो । बाईसे चौबिसे राज्यहरु अन्तरगत इस्मा प्रारम्भमा ७०० कुरिया र २४ मौजाले बनेको थियो । शुरुवाती समयमा यस राज्यमा अर्याल जातिको शासन रहेको थियो भने गोरखा राज्यमा विलय हुनुपूर्व ठकुरी जातिको शासन रहेको इतिहासमा पाउन सकिन्छ । वि.सं. १८७२ साल असोज ४ गते इस्मा राज्य गोरखा राज्यमा विलय भएको थियो ।

वि.सं. २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा बमोजिम ७५३ स्थानीय तहमध्ये इस्मा गाउँपालिका पनि एक हो । यस गाउँपालिकाको पूर्वमा मुसिकोट र रेसुङ्गा नगरपालिका, दक्षिणमा धुर्कोट गाउँपालिका, पश्चिममा धुर्कोट र मालिका गाउँपालिका र उत्तरमा मुसिकोट नगरपालिका रहेका छन् । यस गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् । जसमा साबिकको हस्तिचौर गा.वि.स. लाई २ वटा वडा १ र २ मा विभाजन गरिएको छ भने दर्लामचौर, दोहोली, इस्मा रजस्थल, अमरपुर गा.वि.स. हरुलाई क्रमश ३, ४, ५, ६ वडाहरुमा विभाजन गरिएको छ ।

वडा नं. १ को हर्पुकोट र वडा नं. २ को छल्दीटाँरीमा वडा कार्यालय रहेको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ८१.८८ वर्ग कि.मी. रहेको छ भने यहाँको जनसंख्या महिला १०१२० र पुरुष ८४०९ गरि जम्मा १८५२९ (श्रोत के.त.वि.) रहेको छ । यसको औषत उचाई समुन्द्री सतहवाट १५०० मी. रहेको छ । साविक इस्मा रजस्थल गा.वि.स.को कार्यालय रहेको स्थानमा अस्थायी कार्यालय स्थापना गरी दैनिक सेवा-प्रवाह गरिरहेको छ । यहाँका मूख्य स्थानहरुमा इस्मा कोट, इस्मा मैदान, दोहलि, नयापोखरा, रामकोट, ठाड्ढुङ्गा, हस्तिचौर, रातडाँडा, छल्दि पनाह, छिनुवा, हुलाके, बुल्म, अमरपुर, चाँपटारी, दोवाट रहेका छन । यस गाउँपालिकामा मा.बि. ७ वटा, आधारभुत विद्यालय १७ वटा गरि निजि तथा समुदाईक गरि कुलजम्मा ४६ वटा शैक्षिक संस्थाहरु रहेका छन भने ५ वटा स्वास्थ्य चौकि, १ वटा आधारभुत स्वास्थ्य इकाई र १ वटा सामुदाईक स्वास्थ्य संस्था रहेका छन् ।

केन्द्रः साविक इस्मारजस्थल गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८५२९

क्षेत्रफलः ८१.८८ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हस्तिचौर

१-४

हस्तिचौर

५-९

दर्लामचौर

१-९

दोहोली

१-९

इस्मारजस्थल

१-९

अमरपुर

१-९

 ४.    नामः  कालिगण्डकी गाउँपालिकाः  

गुल्मी जिल्लाका १२ वटा स्थानीय निकाय मध्य पूर्वी भागमा अवस्थित यस कालिगण्डकी गाउँपालिका आफैमा प्राकृतिक,सांस्कृतिक सम्पदाहरुले भरिपुर्ण छ l यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.०४ वर्ग कि.मि. रहेको छ । यहाँ को कुल जनसंख्या १५०४४ (२०७८ अनुसार) रहेको छ जस मध्य पुरुष को संख्या ७०७४ र महिलाको संख्या ७९७० रहेको छ । यस गाउँपालिकाको उतरमा बाग्लुङ ,पूर्वमा पर्बत ,दक्षिणमा स्याङजा र पश्चिममा  गुल्मी जिल्ला कै चन्द्रकोट ,सत्यवती गाउँ पालिका अबस्थित रहेको छ l ऐतिहासिक कालिगण्डकी नदी तथा थुप्रै सुन्दर पर्यटकीय स्थलहरुले सु सम्पन्न यो गाउँपालिकामा पर्यटन विकास को प्रचुर सम्भावना रहेको छ l

केन्द्रः साविक पुर्तिघाट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५०४४

क्षेत्रफलः १०१.०४ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हर्मीचौर

१-९

अर्वेनी

१-९

जयखानी

१-९

पूर्तिघाट

१-९

फोक्सिङ्ग

१-९

खङ्गकोट

१-९

भुर्तुङ

१-९

५.    नामः गुल्मीदरबार गाउँपालिका

गुल्मीदरबार गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको गुल्मीदरबार लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु बलिथुम, जुभुङ्ग, गौंडाकोट, विरवास, अमरअर्वाथोक र दरबार देवीस्थान को संयोजनबाट बनेको छ ।

साविकको दरबारदेविस्थान गा वि स २ वटा वडा भई हाल यस गाउँपालिकामा ७ वटा वडा कार्यालयहरु रहेको छन् । ७९.९९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या १९२९६  छ भने केन्द्र गौंडकोटमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा छत्रकोट र चन्द्रकोट गाउँपालिका, पश्चिममा रेसुङ्गा नगरपालिका, उत्तरमा चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका, दक्षिणमा छत्रकोट गाउँपालिका र अर्घाखाँची जिल्ला रहेका छन् ।

केन्द्रः साविक गैंडाकोट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १९२९६

क्षेत्रफलः ७९.९९ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बलिथुम

१-९

जुभुङ्ग

१-९

गैंडाकोट

१-९

वीबास

१-९

अमरअर्वाथोक

१-९

दरवार देवीस्थान

४,७-९

दरवार देवीस्थान

१-३,५,६

 ६.    नामः सत्यवती गाउँपालिका

सत्यवती गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको यस सत्यवती गाउँपालिका लुम्बिनि प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु ठूलाे लुम्पेक , अस्लेवा, लिम्घा, हसरा, जाेहाङ्ग, जुनिया र भार्से  को संयोजनबाट बनेको छ ।

यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरु रहेको छन् । ११५।९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या १९४७३ छ भने केन्द्र जाेहाङ्ग खैरेनी मा रहेको छ । यस गाउँपालिका गुल्मी जिल्लाकाे सवैभन्दा ठूलाे र बढी जनस‌ख्या भएकाे गाउँपालिका हाे ।

केन्द्रः साविक जोहाङ्ग गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १९४७३

क्षेत्रफलः ११५.९२ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

अश्लेवा

१-९

ठूलोलुम्पेक

७-९

ठूलोलुम्पेक

१-६

लिम्घा

१-९

हंसरा

१-९

जोहाङ्ग

१-९

जुनियाँ

१-९

भार्से

१-९

 ७.    नामः चन्द्रकोट गाउँपालिका

 चन्द्रकोट गाउँपालिकाको भौगोलीक अवस्थालाई नियाल्दा यो २८°०६’३६.४” उत्तरी  अक्षाश  र ८३°२४’५१.३” पूर्वी देशान्तरमा पर्दछ। गुल्मी जिल्लामा अवस्थित यस  गाउँपालिकाको पूर्वमा गुल्मी जिल्लाकै  कालीगण्डकी गाउँपालिका, पश्चिममा  मुसिकोट नगरपालिका र गुल्मीदरवार गाउँपालिका, उत्तरमा बागलुङ जिल्लाको वरेङ्ग गाउँपालिका र गल्कोट नगरपालिका  र दक्षिणमा गुल्मी जिल्लाकै सत्यवती गाउँपालिका र छत्रकोट गाउँपालिका रहेको छ  । यस गाउँपालिकाको क्षेत्रफल १०५.७३ वर्ग कि.मि. रहेको छ ।

२०७८ को जनगणना अनुसार चन्द्रकोट गाउँपालिकाको कुल जनसंख्या १८६६२ रहेको छ । नेपाल सरकारको मिति २०७३ फागुन २७ मा प्रकाशित राजपत्र अनुसार साविक दिव्रुङ्ग, बिशुखर्क, हराचौर, शान्तिपुर, ग्वाघा, हरेवा, रूपाकोट र तुराङ्ग गा.वि.स. गरि ८ वटा गा.वि.स. मिलि बनेको यस गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरिएको छ। चन्द्रकोट गाउँपालिकाको कार्यालय साविक शान्तिपुर गा.वि.स. हाल चन्द्रकोट-४ शान्तिपुर स्थित चन्द्रकोट क्याम्पसको भवनमा अवस्थित रहेको छ  ।

 प्रशिद्ध चन्द्रकोट मन्दिर , दिव्रुङ्ग मन्दिर, चक्रेश्वर मन्दिर,सिद्दबाबा मन्दिर जस्ता  ऐतिहासिक एवम धार्मिक पहिचान बोकेको स्थलहरु तथा  टिमुरे ताल, दह ताल, अर्जेवाको प्राकृतिक झरना, पाटेचौर बनभोज स्थल, रुमाले डाँडा बनभोज स्थल, साथै थुप्रै नदीनाला, वनजंगल, प्राकृतिक सम्पदा, हुग्दी खोला हाइड्रोपावर विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको अथाहा सम्भावना रहेको छ ।

यस गाउँपालिकाको नामकरण प्रशिद्ध ऐतिहासिक स्थल चन्द्रकोट मन्दिरको  नामबाट गरिएको हो । यस गाउँपालिकामा  मुख्यतया ब्राहम्ण, क्षेत्री, मगर, नेवार, गुरुङ, विश्वकर्मा, मुस्लिमहरुको  र  कुमाल जात जातीहरुको बसोवास रहेको छ । यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोतहरु कृषि, पशुपालन, बैदेसिक रोजगार र व्यापार रहेको पाईन्छ ।

केन्द्रः साविक शान्तिपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १८६६२

क्षेत्रफलः १०५.७३  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

दिव्रुङ्ग

१-९

बिशुखर्क

१-९

हर्राचौर

१-९

शान्तिपुर

१-९

ग्वाघा

१-९

हरेवा

१-९

रुपाकोट

१-९

तुराङ्ग

१-९

८.    नामः रुरुक्षेत्र गाउँपालिका

गुल्मी जिल्लाको पूर्वी भेगमा पवित्र कालिगण्डकीको तटीय क्षेत्रमा रुरुक्षेत्र  गाउँपालिका अवस्थित छ | हाम्रो देशको २०७२ असौज  ३ को संघिय संबिधान अनुसार २०७३ फाल्गुन २७ मा स्थानिय तहको रुपमा रुरुक्षेत्र  गाउँपालिकाको घोषणा भएको हो | संघिय संरचना अघि यस क्षेत्रमा रुरु ,थानपति ,ग्वादी ,बलेटक्सार ,बम्घा र रिमुवा गरि ६ वटा गा.वि.स . हरु रहेका थिए | उक्त ६ वटा गा.वि.स. हरुको मिलन भै रुरुक्षेत्र गाउँपालिकाको जन्म भएको हो | नेपालका प्रशिद्ध चार धाम मुक्तिक्षेत्र ,रुरु क्षेत्र ,पशुपति क्षेत्र र वराह क्षेत्र मध्येको रुरु क्षेत्रधाम यसै गाउँपालिकामा  रहेको र त्यसैको नामबाट हाम्रो यस गाउँपालिकाको नामाकरण भएको छ |

२०७४ साल अषाढ १४ मा सम्पन्न भएको स्थानिय तहको पहिलो निर्वाचन मार्फत अध्यक्ष श्री निलकण्ठ गौतम ,उपाध्यक्ष श्री लक्ष्मीदेवी पन्थ तथा वडाध्यक्षहरुमा श्री रामलाल वि.क. -१ ,श्री घनश्याम अर्याल -२ ,श्री शेषनारायण पौडेल -३ ,श्री फर्सुराम ज्ञवाली -४ ,श्री हरि प्रसाद ज्ञवाली -५ ,श्री पूर्ण बहादुर रेगामी -६ ,निर्वाचित भै यस गाउँपालिका र त्यस अन्तर्गतका वडाहरुको नेतृत्व संहाल्नु भएको छ | गाउँपालिकामा १४ सदस्यीय कार्यपालिका र ३२ सदस्यीय गाउँ सभा रहेको छ |

यो गाउँपालिका २७0 ५९’ ३२.९३” डिग्री अक्षान्स तथा ८३0 २३’ १३.६४ ” डिग्री देशान्तर मा रहेको छ |यसको सबैभन्दा होंचो भाग रिडीबजार समुद्र सतह देखि ५०० मिटर र सबैभन्दा अग्लो भाग बम्घा कोट १६३८  मिटर उचाइमा रहेकाछन् |जम्मा क्षेत्रफल ६७.३७ वर्ग कि.मी. भएको यो गाउँपालिका गुल्मी जिल्लाका १२ वटा स्थानिय तह मध्य क्षेत्रफलको हिसाबले सबैभन्दा सानो गाउँपालिका अन्तर्गत पर्दछ | ६ वटा वडामा विभाजित यो गाउँपालिकाको केन्द्र घ्युबेसी कायम भएको र उक्त स्थानमा भौतिक संरचना निर्माण नभैसकेकोले हाल बलेटक्सारबाट यस्को कार्य सम्पादन भैरहेको छ |

यस गाउँपालिकाको धेरै जसो भाग भिराला पहाडहरुबाट बनेको भए पनि ग्वादीको वोहा ,वेलचौर तथा याडुंग ,रिडीको बिरुवा  ,बम्घा  तथा रिमुवामा समथरको साथै नदी किनाराहरुमा उत्पादनशील जग्गाहरु रहेका छन् | यस गाउँपालिकाको पूर्वमा कालिगण्डकी ,उत्तरमा रुद्रावती नदी ,दक्षिण तर्फ रिडी खोला पर्दछ | यसरी तीन तिरबाट ठुला नदि तथा खोलाहरुले सिमाना निर्धारण गरेका छन् भने पश्चिम तर्फ छत्रकोट गाउँपालिका पर्दछ | साथै साना खोलाहरुमा तालखोला ,जौखोला ,ठाडोखोला ,उल्लिखोला र काहुले खोलाले सिंचाईको साथै खानेपानीको लागी समेत सहयोग पुरयाईरहेका छन् |

केन्द्रः वडा नं. ४, घ्यूवेंशी

जनसङ्ख्याः १६५९७

क्षेत्रफलः ६७.३८ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रुरु

१-९

ग्वादी

१-९

थानपति

१-९

बलेटक्सार

१-९

बम्घा

१-९

रिमुवा

१-९

 ९.    नामः छत्रकोट गाउँपालिका

 नेपालको संविधान २०७२ को धारा ५६ उपधारा ४ मा भएको व्यवस्था अनुरुप गुल्मी जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये छत्रकोट गाउँपालिका एउटा स्थानीय सरकारको रुपमा परिचित छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, महत्व बोकेको छत्रकोट गाउँपालिका ऋष्यशृङ्ग्य ऋषिले तपस्या गरेको रेसुङ्गा र शृङ्गी ऋषिले तपस्या गरेको शृङ्गा लेकको बीचमा पर्ने छत्रदेव मन्दिरको पावन भूमिमा अवस्थित छ । साविकका गा.वि.स.हरु हुँगा, पल्लिकोट, हर्दिनेटा, दिगाम, खर्ज्याङ र दौंघा गरी ६ वटा वार्ड सेवाक्षेत्र रहेको यो गाउँपालिकाको नामकरण वार्ड नं ३ मा अवस्थित चोयगाको थुम्कोमा रहेको छत्रकोट देवालयको नामबाट रहेको हो ।

छत्रकोटको बारेमा सोध-खोज गर्दा महाभारतको कौरव-पाण्डव युद्धसित गाँसिएको एउटा रोचक प्रसङ्ग रहेछः जस अनुसार कौरव पाण्डवको युद्ध समाप्त भएपछि युद्धको समीक्षा गर्ने क्रममा पाण्डव पक्षका भीम र अर्जुनले आफ्नो युद्ध कौशलता र पराक्रमका कारण यो जित सम्भव भएको भनी अभिमानयुक्त अभिव्यक्ति दिएपछि भगवान श्रीकृष्णले महाभारतको पूरै युद्ध उलुक वाखरिक राज्यका राजाको उच्छेदित शिरले अन्तरदृष्टिबाट सबै देखेको र यसमा कसको कस्तो भूमिका रह्यो भन्ने बारेमा उनैबाट सुन्न आग्रह गरेपछि श्रीकृष्ण सहित पाण्डवहरु उक्त राजा सामु पुगेछन् ।

राजाले युद्धमा विजय हासिल गर्नुमा प्रत्यक्ष अप्रत्यक्ष दुवै रुपले श्रीकृष्णको भूमिका रहेको बताएपछि भीम र अर्जुन आफ्नो अहङ्कारका कारण लज्जित भएको प्रसङ्ग छ । महाभारत युद्धको सत्य तथ्य वर्णन गरेको सुनेपछि भगवान श्रीकृष्णले तपाई के चाहानुहुन्छ र कहाँ बस्न चाहानुहुन्छ ? भन्दा वाखरिक राजाको शिरले उच्च शिखर उलुक नगरीमा वस्ने इच्छा जाहेर गरेपछि तथास्तु भनी वरदान दिएछन् र तिम्रो भक्ति र श्रद्धा गर्ने सबै श्रद्धालु भक्तजनले पीडा दुःख संकटबाट मुक्ति पाउनुका साथै सुख, शान्ति र समृद्धि प्राप्त गर्नेछन् भन्ने आशिर्वाद दिएछन् ।

राजाले पनि श्रीकृष्णको प्रसस्त स्तुतिगान गरेछन् र श्रीकृष्णको निर्देशनअनुसार वाखरिक राजाको शिरलाई अग्लो बाँसको लिङ्गोमा राखी कुरुक्षेत्रबाट उत्तरतर्फ शिरलाई छाता ओढाई ल्याइएको प्रसङ्ग उल्लेख छ । साथै यसरी यात्रा गर्दै आउने क्रममा अर्घाखाँचीको उलुक भन्ने ठाउँमा उक्त शिरले त्यही बस्ने इच्छा जाहेर गरेकाले उक्त स्थानमा शिखर शैलीको मन्दिर निर्माण गरी मन्दिरभित्र तामाका फाँक (ठूलो आकारको मुख भएको भाडो) मा शिरलाई स्थापित गरी पूजा गर्ने परम्पराको थालनी भएछ । हालसम्म पनि पूजारीहरु आँखामा कपडाको पट्टी बाँधेर सो फाँकको सर- सफाइ गर्ने प्रचलन छ भनी “छत्र महाराज एक परिचय” शीर्षकमा अर्घाखाँची निवासी ताराप्रसाद न्यौपानेले उल्लेख गरेका छन् ।

पछि यही छत्रकोट गा.पा को बुकेनी भन्ने ठाउँका धनिश्वर पोख्रेललाई देवता उत्रिएछन् । उनी हल्लिदै गएर अर्घाखाँचीको माथि उल्लेखित उल्का भन्ने ठाउँमा पुगेछन् र त्यहाँ एउटा पत्थर देवता समाउन पुगेछन् । तिमी मेरो भक्त हुनु भनी दीक्षा पाएका उनी एउटा सानो खुँडा समाएर हल्लिदै चोयगामै फर्किएछन् त्यही चोयगाको थुम्कोमा चौतारीको बुट्यानमुनि उक्त शिला र खुँडा राखेर भोकै पूजा गर्ने परम्पराको थालनी भएछ । सो पत्थरलाई उक्त कथन अनुसार छत्रको रुप मानिएको र मन्दिरयुक्त थुम्कोलाई कोट भनिने पम्परा अनुसार छत्र  + कोट = छत्रकोट नामकरण भएको हो भने रुरु गापा वार्ड नं. ४ धर्मपोखरा निवासी शोभाकान्त उपाध्यायको कथन छ  ।

छत्रकोट गा.पा अन्तर्गत रहेका ६ वटै वार्डका आ-आफ्नै ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक विशेषता रहेका छन्: छत्रकोट देवालय, हुँगाको देउती दुर्गा शिवालय मन्दिर, पल्लिकोटको कोटडाँडा छत्रकोट गा.पा कै अग्लो स्थान, दिगामको कालिका मन्दिर, खर्ज्याङको मान्यकोट (मानकोट), मनभाक पौवा, हर्दिनेटाको भगवती मन्दिर, भालुपानी र धरमपानीको रानीपोखरी, दौंघाको काहुले गढी, वराह मन्दिर, ठूलो पोखरा, आलम मन्दिर आदि ऐतिहासिक धार्मिक धरोहरहरु हुन् । छत्रकोट गा.पा को वार्ड नं. ४ श्रृङ्गामा रहेको विशाल पोखरी (९ लाख लि. क्षमताको) एसियाकै वर्षातको पानी जम्मा गर्ने ठूला टङ्की मध्यको एक हो । पर्यटकीय आकर्षणको छत्रकोट सेरोफेरो, दिगामको घलाम मौलोपोखरा क्षेत्र, दौंघाका २ ठूला पोखरीहरु, हुँगा, पल्लीकोट हर्दिनेटा, खर्ज्याङमा रहेका रमणीय स्थानहरु रहेका छन् ।

केन्द्रः छत्रकोट -३ हर्दिनेटाको चोएगा

जनसङ्ख्याः १९३५७

क्षेत्रफलः ८७.०१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हुँगा

१-९

पल्लिकोट

१-९

हर्दिनेटा

१-९

दिगाम

१-९

खर्ज्याङ्ग

१-९

दौघा

१-९

 १०.          नामः धुर्कोट गाउँपालिका

धुर्कोट गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश गुल्मी जिल्लामा पर्ने धुर्कोट गाउँपालिकामा साविकका नयाँगाँउ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु, धुर्कोट रजस्थल र वाग्ला गरी  ७ गा.वि.स.हरु समावेश भएका छन्।

८६.३२ वर्ग कि.मि. क्षेत्रफल रहेको यस धुर्कोट गाउँपालिकाको जनसंख्या १८८१४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा रेसुङ्गा न.पा., पश्चिममा मदाने गाउँपालिका , उत्तरमा मालिका तथा ईस्मा गाउँपालिका तथा दक्षिणमा अर्घाखाँची जिल्ला रहेका छन्। ७ वटा वडा कार्यालयहरु रहेको यस धुर्कोट गाउँपालिकाको केन्द्र वरवोट भन्ने ठाँउमा रहेको छ।

केन्द्रः वडा नं. ४ जैसीथोक बर्बोट

जनसङ्ख्याः १८८१४

क्षेत्रफलः   ८६.६२ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

नयाँगाउँ

१-७

पिपलधारा

१-९

हाडहाडे

१-९

जैसीथोक

१-९

बस्तु

१-९

धुर्कोट रजस्थल

१-९

वाग्ला

१-९

 ११.          नामः मदाने गाउँपालिका

गुल्मी जिल्लाको पश्चिमी भागमा ९४.५२ वर्ग कि. मि क्षेत्रफ़ल् ओगटेको यस गाउँपालिकामा २१८९९ जनसंख्या रहेको छ | अग्लुङ्ग, बाझकटेरी, भनभने, मलागिरी , म्यालपोखरी, पुर्कोट दह र सिर्सेनी गा.वि.स. मिलेर बनेको यो गाउँपालिकामा कंके देउराली,मालारानी, पुर्कोट दह, जस्ता धार्मिक तथा पर्येटकीय स्थल रहेका छन् | विभिन्न जातजाति र धर्म संस्कृतिको संगम रहेको यहाँ विशुद्ध सामाजिक संस्कार देख्न पाइन्छ |

केन्द्रः साविक पुर्कोटदह गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २००२२

क्षेत्रफलः ९४.५२  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

अग्लुङ्ग

१-९

बाझकटेरी

१-९

सिर्सेनी

१-९

म्यालपोखरी

१-९

मलायगिरी

१-९

पुर्कोट दह

१-९

भनभने

१-९

 १२.  नामः मालिका गाउँपालिका

गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस मालिका मन्दिरको नामबाट ‘मालिका गाउँपालिका’ नामकरण गरिएको हो ।गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट करिब ४० किलोमिटर उत्तर तर्फको यात्रा गरेपछि यस गाउँपालिकाको कार्यालय पुग्न सकिन्छ ।

यधपी सदरमुकाम बाट करिब २० किमी को यात्रा पछि मालिका गाउँपालिका मा प्रवेश गर्न सकिन्छ. जिल्लाका जम्मा १२ वटा स्थानीय तह मध्ये यस मालिका गाउँपालिकाको जनसंख्या जम्मा २००७५ रहेको छ,  यस गाउँ पालिकामा साबिकका ८ वटा गा वि रहेका छन्।

गाउँपालिकाको भौगोलिक अवस्था, सिमाना तथा क्षेत्रफल

क्षेत्रफल :– ९२.४९ वर्ग कि. मि.

सिमाना :– पूर्व – इस्मा गाउँपालिका, पश्चिम – मदाने गाउँपालिका     उत्तर – बागलुंग जिल्ला,   दक्षिण – मदाने गाउँपालिका

प्रमुख नदीनाला, धार्मिक/ दर्शनीय स्थलः मालिका गाउँपालिका पर्यटकीय क्षेत्रको रूपमा पनि परिचित छ । यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै मालिका मन्दिर,लेकपोखरा,तिले चुली छन् । यहाँ प्रसिद्ध नदीहरू छल्दी,निस्ती,बडीघाढ  खोलाहरू रहेका छन् ।

केन्द्रः साविक अर्खावाङ्ग गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २००७५

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

नेटा

५-९

दर्लिङ्ग

१-९

ह्वाङ्दी

१-९

अर्खावाङ्ग

१-९

छापहिले

१-९

अर्जे

१-९

धमिर

१-९

मर्भुङ्ग

१-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति गुल्मी र जिल्ला प्रशासन कार्यालय गुल्मी। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । गुल्मी जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *