kailali district

कैलाली जिल्ला Kailali District

कैलाली जिल्लाको  परिचय

कञ्चनपुर जिल्ला नेपालको एकीकरण हुनुभन्दा पहिले बाइसे–चौबिसे राज्य रहेका वखत डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो । त्यतिबेलासम्म यस जिल्लाको नामकरण भइसकेको थिएन । मल्ली माल र तल्ली मालको नामबाट चिनिने यस जिल्लाको भूभाग पनि कैलाली जिल्लाकै भूभागमा समावेश रहेको थियो । सन् १८१४ देखि १८१५ सम्म अंग्रेजसँग भएको युद्धपछि सन् १८१६ मा गरिएको सुगौली सन्धिबाट काली नदी पश्चिमको सम्पूर्ण भू–भागसँगै तरार्ईको कञ्चनपुर पनि इस्ट इण्डियामा गाभिएको थियो । सन् १८६० को प्रत्यावर्तन सन्धि भएपछि कैलाली, कञ्चनपुर, बाँंके र बर्दियासम्मको तरार्ई भूखण्ड नयाँ मुलुकको रुपमा नेपाललाई प्राप्त भएको थियो ।

lamki kailali
तस्विरमा लम्कि कैलाली

नेपालमा आवद्ध भइसकेपछि मात्र कैलाली र कञ्चनपुर छुट्टाछुट्टै जिल्ला बन्न पुगेका हुन् । कञ्चनपुर नयाँ जिल्लाको रुपमा स्थापित हुँदा यसको सदरमुकाम हालको बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको र सोही बेलौरी नजिकको कञ्ज नामक ग्रामबाट कञ्चनपुर जिल्लाको नामकरण हुन गएको भन्ने इतिहासका अध्येताहरुको भनाई रहेको पाइन्छ । यस जिल्लाको हालको सदरमुकाम २०१९ सालपछि कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरमा सारिएको देखिन्छ । नेपालको संविधानबमोजिम संघीय गणतन्त्र नेपालको मूल संरचना ३ तह (संघ, प्रदेश र स्थानीय) मा हुने व्यवस्था र राज्यको पुनर्संरचना अनुसार सात प्रदेशमध्ये कञ्चनपुर जिल्ला सुदूरपश्चिम प्रदेशको तराईमा अवस्थित जिल्ला हो ।

Karnali bridge
तस्विरमा सुदुर पश्चिम प्रदेश जोड्ने कर्णाली पुल

कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन्। ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन्। परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो। माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ। सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन गएको जनविश्वास रहि आएको छ ।

कैलाली जिल्लाको भौगोलिक अवस्थिती

यस जिल्लाको पूर्वमा कैलाली, पश्चिम तथा दक्षिणमा भारत र उत्तरमा डडेलधुरा जिल्ला पर्दछ । यो जिल्ला २८ ३२’ उत्तरीदेखि २९ २८’ उत्तरी अक्षांश र ८० ३’ पूर्वदेखि ८० ३३’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १,६१० वर्ग कि.मि.मध्ये ३७ प्रतिशत भूभाग खेतीयोग्य, ५५ प्रतिशत भूभाग वन जंगल  र ८ प्रतिशत भूभाग खोलानालाले ओगटेको छ । भूतलीय उचाईको हिसाबले हेर्दा यो जिल्ला समुद्री सतहदेखि दक्षिणमा १६० मिटरदेखि उत्तरमा १,५२८ मिटर सम्मको उचाईमा अवस्थित छ । जिल्लाको पूर्व पश्चिम औसत लम्बाई ४४ कि.मि. र उत्तर – दक्षिण औसत चौडाइ ३४ कि.मि. रहेको छ । भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईको मैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ । महाकाली , जोगबुढा, चौधर, मोहना, स्याली, बनारा, डोडा, सोनवरा नदीहरु यस जिल्ला भएर बग्ने प्रमुख नदीहरु हुन । महाकाली बाहेक अन्य सबै नदिहरुको मुहान महाभारत पर्वत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला रहेका छन् ।

पूर्व : कर्णाली नदी, बर्दिया र सुर्खेत जिल्ला
पश्चिम : कञ्चनपुर र डडेल्धुरा जिल्ला
उत्तर : डोटी, डडेल्धुरा र सुर्खेत जिल्ला
दक्षिण : भारतको उत्तर प्रदेश ( लखिमपुर खिरि)
समुद्र सतहबाट उचाई : १०९ मी. देखि १९५० मी.
क्षेत्रफल : ३२३५ वर्ग कि. मी. (पहाड ४०.३% र तराई ५९.७%)
आक्षाशं : २८° २२’ उत्तर देखि २९° ५’
देशान्तर : ८०° ३०’ पूर्व देखि ८१° १८’
हावापानी : उष्ण देखि समसीतोष्ण
मुख्य नदीहरु : कर्णाली, मोहना, खुटिया, पथरैया, शिवगंगा, गौरिगंगा, कनरा, गुलरा, गोदावरी
मुख्य तालहरु : घोडाघोडी, जाखोर, जोगिनिया, वेहडाबाबा, कोइलाही
Lamki Chuha
तस्विरमा लम्किचुहामा रहेको सुन्दर घर

हावापानी
कैलाली जिल्लाको उत्तरमा चुरे पर्वत श्रृङ्खलमा अन्तर्गतको पहाडी भूभाग तथा दक्षिणी भेगमा समथर तराई फाँट  रहेको हुँदा पहाडी र तराई क्षेत्रको उचाइगत भिन्नताका कारण यहाँ फरक फरक किसिमको हावापानी पाइन्छ । तराई क्षेत्रमा गर्मी महिनामा बढी गर्मी हुने र जाडो महिनामा बढी जाडो हुने उष्ण हावापानी रहेको छ भने पहाडी क्षेत्रमा समशीतोष्ण किसिमको हावापानी रहेको छ । तराई क्षेत्रमा अधिकतम तापक्रम ४६० सेल्सियस सम्म पुग्दछ भने जाडो महिनामा न्यूनतम तापक्रम ५० सेल्सियस सम्म तल झर्दछ । हिउंदको समयमा राम्रोसंग घाम नलाग्ने र हुस्सुको अत्यधिक प्रभावले शीतलहर चलि अति जाडो हुने गर्दछ । गर्मी याममा अत्यधिक गर्मी हुने र चैत्र वैशाख महिनामा लु समेत चल्ने गर्दछ ।
वर्षा
मौसम विज्ञान विभागको धनगढी, कैलालीको सन्१९८४–२०१३ सम्मको ३० वर्षको अभिलेखअनुसार अध्ययन गर्दा यहाँ औसत वार्षिक वर्षा १८६०.४७ मि.मि. रहेको छ ।
भू–उपयोग
जिल्लाको कुल क्षेत्रफल ३२३५०० हे. जमिनमध्ये ६४.८ प्रतिशत वनजंगलले ढाकिएको छ भने २७.८ प्रतिशत कृषियोग्य जमिन रहेको छ ।

कैलाली जिल्लामा रहेका नदी तथा खोलाहरू

जिल्लाभरि नदी तथा खोलाको ठूलो सञ्जाल रहेको छ । नदी तथा खोलाले यस जिल्लालाई छिमेकी जिल्लाहरू तथा जिल्लाभित्रकै विभिन्न गाविसको सीमा रेखाका रुपमा पनि रहेका छन् । जिल्लाको सबैभन्दा ठूलो नदी कर्णाली हो । नेपालको सबैभन्दा लामो नदीका रुपमा रहेका यो नदी कैलाली जिल्लाको पूर्वमा बर्दिया जिल्लासँगको सिमानाको काम गरेको छ । पश्चिममा मोहना नदी र चाप खोलाले कन्चनपुर जिल्लासँग छुटयाउँदछ । त्यस्तै उतरमा ठूली गाड भन्ने खोलाले डोटी जिल्लाको सिमाना रहेको छ भने दक्षिणमा मोहना नदी भारतसँगको सिमाना रहेको छ । जिल्लाका प्रमुख प्रमुख नदी तथा खोलाहरूमा कर्णाली, मोहना, पथरिया, कान्द्रा, खुटिया र चौराही, कनरा, गौरी गंगा, चौमाला, शिवगंगा, गोदावरी, मनहरा, लिक्मा, रोडा, गुलरा र चुराहा रहेका छन्।

कैलाली जिल्लामा रहेका तालतलैयाहरू

तालतलैया एवम् पोखरीहरूको दृष्टिकोणले कैलाली जिल्ला धनी जिल्लाको रुपमा रहेको छ । जिल्लामा १९३ वटा तालतलैयाहरू रहेका छन्।

ghodaghodi taal
घोडाघोडी ताल कैलाली
कैलाली जिल्लामा रहेका धार्मिक, पौराणिक, ऐतिहासिक महत्वका स्थलहरू

जिल्लामा उल्लेख्य संख्यामा धार्मिक, पर्यटकीय, पौराणिक महत्वका स्थलहरू रहेका छन् । जिल्लाको तत्कालीन सुखड
गा.वि.स.मा अवस्थित घोडाघोडी ताल विश्व रामसार सूचीमा सूचीकृत छ । ऐतिहासिक महत्व बोकेका विभिन्न स्थलहरूसमेत जिल्लामा रहेका छन् । तत्कालीन  खैराला गा.वि.स.स्थित महाभारत पर्वत श्रृङ्खलाको टापुस्थलमा राणाकालीन रमणीय गर्भादरबार, गोदावरी–९ स्थित तारागढी तथा धनगढी र भजनीमा राणाकालीन समयको गोश्वारा अड्डा रहेका भवनहरू रहेका छन् जसमध्ये धनगढी गोश्वारामा हाल जिल्ला प्रशासन कार्यालयको भवन रहेको छ भनेभजनीस्थित गोश्वारा अड्डा उपयुक्त संरक्षणको अभावमा लुप्तप्रायः भइसकेको छ । अत्तरियाबाट १३ किलोमिटर उत्तरमा ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेको रमणीय गोदाबरी बजार रहेको छ ।

nainadevi mandir dhangadhi
नैनादेवी भगवती मन्दिर धनगढि कैलाली

गोदावरीमै गौमुखा झरनासमेत रहेको छ । गोदावरी सहित शिवगंगा, त्रिवेणी धार्मिक दृष्टिले महत्वपूर्ण दोभानहरूसमेत हुन्। गर्भा–गोदावरी खण्डको बतासे डाँडा नेपालमा चुरे पर्वत श्रृङ्खलाको सबैभन्दा अग्लो भाग रहेको स्थानीय बुद्धिजीविहरूको भनाइ रहेको छ । यस खण्डबाट कैलाश पर्वतको दर्शन गर्न सकिने भएकाले यो क्षेत्र जिल्लामा पर्यटन विकासका दृष्टिकोणले महत्वपूर्ण देखिन्छ । चिसापानी बजारको पश्चिम पट्टिको माथिको धुलिकोट डाँडामा रहेको जालपा देवीको मन्दिरमा वार्षिक रुपमा दशैंको कोजाग्रत पूर्णिमामा मेला लाग्ने गर्दछ । सो मेला भर्न सुर्खेत, बर्दियासम्मका श्रद्धालुहरू आउने गर्दछन्। त्यस मन्दिरमा राजा रजौटाहरूको ऐतिहासिक साँस्कृतिक महत्वका वस्तुहरू समेत भेटिएका छन् । बेहडाबाबा मन्दिरमा गंगादशहराका समयमा वार्षिक रुपमा लाग्ने मेलामा नेपालका विभिन्न जिल्लासहित भारतका विभिन्न स्थानबाट करिब २० हजार दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ ।

अध्ययन अनुसन्धानको अभावमा जिल्लाका अन्य धेरै पर्यटकीय, धामिर्क, पौराणिक महत्वका स्थलहरू समेत अमूर्त रहेका छन् । यी सबैको बारेमा थप अध्ययन, अनुसन्धान, संरक्षण तथा प्रवद्र्धन कार्यमार्फत् जिल्लामा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गरी आर्थिक वृद्धिमा टेवा पु¥याउन सकिने अवस्था रहेको छ । टीकापुर नगरपालिकास्थित टीकापुर पार्क नेपालकै रमणीय पार्कहरूमध्येमा एक रहेको छ । यस्तै, धनगढी नगरपालिकास्थित देवरिया वनस्पति उद्यान र सँगै रहेको जोखार ताल तथा गोदावरी गाविसस्थित गोदावरी वनस्पति उद्यान आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धिका लागि समेत महत्वपूर्ण रहेका छन्।

tikapur park
टिकापुर पार्क कैलाली तस्विरः Govinhood
कैलाली जिल्लामा मनाइने प्रमुख चाडपर्वहरू

जिल्लामा दुई दर्जनभन्दा बढी विभिन्न चाड पर्वहरू समेत रहेका छन्, जसमध्ये केही प्रमुख चाडपर्वमा दशै, तिहार, माघी, गौरा, होली, तीज, आइतबारी, श्रीपञ्चमी, श्रीकृष्ण जन्माष्ठमी, शिवरात्री, देवीजात, जेष्ठ पूर्णिमा (राजी जातिको), चराईहरू (राना थारु जातिको), धुरिया पूजा, भूतुवा पूजा, रनपुतला (ब्राह्मण, क्षेत्री), अनन्त्य, भुवा (रणकौशल प्रदर्शन गरिने खेल), पुसे १५, ओल्के, असारे १५, गंगा दशहरा, नागपञ्चमी, रक्षाबन्धन, विसु  तिहार, चैते दशैं, राम नवमी हुन्।

Tikapur mahendra park
तस्विरमा महेन्द्र आरोग्य गृह कैलाली
कैलाली जिल्लाको  निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ५ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १० रहेको छ।

कैलाली जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार कैलाली  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  १ उपमहानगरपालिका ६ नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.      नामः धनगढी उपमहानगरपालिका

केन्द्रः साविक धनगढी उपमहानगरपालिकाको कार्यालय

जनसङ्ख्याः १४७७४१  (२०६८ अनुसार)

क्षेत्रफलः २६१.७५ (वर्ग कि.मि.)

वडा संख्याः १९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

धनगढी

धनगढी

धनगढी

धनगढी

धनगढी

धनगढी

धनगढी

धनगढी

धनगढी

९,१४

१०

धनगढी

१०,११

११

अत्तरिया

९,१०

१२

धनगढी

१२

१३

धनगढी

१३

अत्तरिया

११

१४

धनगढी

२०

१५

धनगढी

१५

१६

धनगढी

१६

१७

धनगढी

१७

१८

धनगढी

१९

१९

धनगढी

१८

 २.      नामः  टिकापुर नगरपालिका

केन्द्रः साविक टिकापुर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ७६०८४   (२०६८ अनुसार)

क्षेत्रफलः ११८.३३  (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

टिकापुर

टिकापुर

टिकापुर

५,६

टिकापुर

१,४

टिकापुर

२,३,७

नारायणपुर

१-४,७

नारायणपुर

५,६,८,९

धनसिहपुर

१-३,९

 ९

धनसिहपुर

४,८

 ३.      नामः  घोडाघडी नगरपालिका

केन्द्रः साविक घोडाघडी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ७५५८६  (२०६८ अनुसार)

क्षेत्रफलः ३५४.४५ (वर्ग कि.मि.)

वडा संख्याः १२

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

घोडाघोडी

१,९

घोडाघोडी

घोडाघोडी

२,५

घोडाघोडी

१०,११

घोडाघोडी

३,१३

घोडाघोडी

घोडाघोडी

घोडाघोडी

 ९

घोडाघोडी

१२

१०

पहलमानपुर

१,२

११

पहलमानपुर

३-६

१२

पहलमानपुर

७-९

 ४.      नामः  लम्कीचुहा नगरपालिका

केन्द्रः साविक लम्कीचुहा नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ७५४२५   (२०६८ अनुसार)

क्षेत्रफलः २२५ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

लम्कीचुहा

लम्कीचुहा

लम्कीचुहा

लम्कीचुहा

६-८

लम्कीचुहा

३,४

लम्कीचुहा

९-११

प्रतापुर

१,३,५,७

लम्कीचुहा

१२,१३

 ९

प्रतापुर

२,४,६,८,९

१०

लम्कीचुहा

१४,१५

 ५.      नामः  भजनी नगरपालिका

केन्द्रः साविक भजनी त्रिशक्ति नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५१८४५   (२०६८ अनुसार)

क्षेत्रफलः १७६.२५ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

भजनी त्रिशक्ति

७,८

भजनी त्रिशक्ति

थापापुर

भजनी त्रिशक्ति

४,५

भजनी त्रिशक्ति

१०,११

भजनी त्रिशक्ति

२,३

थापापुर

१-३,७

भजनी त्रिशक्ति

थापापुर

५,६,८,९

 ९

भजनी त्रिशक्ति

९,१२

 ६.      नामः  गोदावरी नगरपालिका

केन्द्रः साविक अत्तरिया नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ७८०१८  (२०६८ अनुसार)

क्षेत्रफलः ३०८.६३ (वर्ग कि.मि.)

वडा संख्याः १२

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

अत्तरिया

१३

अत्तरिया

अत्तरिया

अत्तरिया

गोदावरी

अत्तरिया

१२

अत्तरिया

अत्तरिया

अत्तरिया

 ९

अत्तरिया

१०

अत्तरिया

गोदावरी

११

गोदावरी

१,२,४,५

१२

गोदावरी

६,७,९

 ७.      नामः  गौरीगंगा नगरपालिका

केन्द्रः साविक चौमाला गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५५३१४  (२०६८ अनुसार)

क्षेत्रफलः २४४.४४ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

चौमाला

३,५

चौमाला

२,६

चौमाला

४,९

चौमाला

१,७

मसुरिया

चौमाला

मसुरिया

२,३,६

मसुरिया

४,५

 ९

मसुरिया

७,९

१०

उदासीपुर

१,२

११

मसुरिया

उदासीपुर

८.      नामः जानकी  गाउँपालिका

केन्द्रः साविक दुर्गौली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४८५४०   (२०६८ अनुसार)

क्षेत्रफलः १०७.२७  (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

दुर्गौली

१,३,४

जानकीनगर

१-९

दुर्गौली

२,६,७

मुनुवा

१-३,६

पथरैया

१-३

दुर्गौली

५,८,९

मुनुवा

४,५,७-९

पथरैया

४-६

पथरैया

७-९

 ९.      नामः बडी बर्दगोरिया गाउँपालिका

केन्द्रः साविक दोदोधरा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३२६८३  (२०६८ अनुसार)

क्षेत्रफलः ७७.२६  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

दोदोधरा

दोदोधरा

२,३,६,९

दोदोधरा

कोटातुल्सीपुर

१,२

दोदोधरा

४,५

कोटातुल्सीपुर

८,९

दोदोधरा

कोटातुल्सीपुर

३,४,५,६,७

 १०.  नामः मोहन्याल गाउँपालिका

केन्द्रः साविक पण्डौन गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२०५३   (२०६८ अनुसार)

क्षेत्रफलः ६२६.९५  (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

सुगरखाल

पण्डौन

२,४-९

सुगरखाल

२-५

मोहन्याल

७-९

पण्डौन

१,३

मोहन्याल

१-६

सुगरखाल

६,७

सुगरखाल

८,९

११.  नामः कैलारी गाउँपालिका

केन्द्रः साविक हसुलीया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४७९८७   (२०६८ अनुसार)

क्षेत्रफलः २३३.२७ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

हसुलिया

३,७-९

बसौटी

१-६,८,९

हसुलिया

२,४-६

हसुलिया

पबेरा

१-९

गदरिया

१-३,६,७

रतनपुर

१-९

उदासीपुर

३,४,६-९

बसौटी

गदरिया

४,५,८,९

 १२.  नामः जोशीपुर गाउँपालिका

केन्द्रः साविक जोशीपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३६४५९  (२०६८ अनुसार)

क्षेत्रफलः ६५.५७ (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

जोशीपुर

२,७

जोशीपुर

६,८

जोशीपुर

१,३

बौनिया

जोशीपुर

४,५

बौनिया

२,५

बौनिया

जोशीपुर

बौनिया

६,७,९

 १३.  नामः चुरे गाउँपालिका

केन्द्रः साविक निगाली गा.वि.स.को कार्यालय

जनसङ्ख्याः१८९२४   (२०६८ अनुसार)

क्षेत्रफलः ४९३.१८  (वर्ग कि.मि.)

वडा संख्याः ६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

 

जनसङ्ख्या

निगाली

२-७

निगाली

८,९

खैराला

६-९

सहजपुर

६,८,९

निगाली

खैराला

१-५

सहजपुर

१,२

सहजपुर

३,५,७

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति कैलाली र जिल्ला प्रशासन कार्यालय कैलाली। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । कैलाली जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *