Photo of Kalikot

कालिकोट जिल्ला Kalikot District

परिचय

कालिकोट जिल्ला तत्कालिन मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत र हाल आएर कर्णाली प्रदेशमा पर्दछ । यो जिल्ला वि.स. २०३४ सालमा जुम्ला जिल्ला स्थित तिब्रिकोट गा.वि.स. विस्थापित भई बनेको हुनाले नेपालको कान्छो जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लाको तत्कालिन कालिका (मुग्राहा) गा.वि.स. स्थित कालिका गाउँमा कालिका भगवती मन्दिर रहेको र यो ठाउँ भुरे टाकुरे राजाहरुको कोटदरबार रहने किसिमको उच्च स्थानमा रहेको हुनाले सोही आधारमा जिल्लाको नाम कालिकोट रहन गएको भन्ने भनाई छ । यस जिल्लालाई वि.स.२०३२ सालमा छुट्टयाउने निर्णय भए तापनि यस जिल्लाको जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालयहरु विधिवत रुपमा २०३४ सालमा स्थापना गरीएका हुन् । सुरुमा तत्कालिन मान्म गा.वि.स.३ मान्म गाउँमा जिल्ला सदरमुकाम कायम गरिएको थियो भने वि.स. २०४० साल देखि सोही गा.वि.स.को बडा नं. ५ स्थित खाँडाचक्र डाँडामा सदरमुकाम कायम गरिएको हो । सुरुमा ३३ गा.वि.स. रहेको कालिकोट जिल्लाको उत्तर पश्चिमका साप्पाटा ।

Photo of Kalikot
तस्विरमा कालिकोट जिल्ला
कालिकोट जिल्लाको भौगोलिक अवस्थिती

जिल्लाको भौगोलिक बनावट र हावापानी विविध किसिमको रहेता पनि मूलतःस मशितोष्ण हावापानी रहेको र बढी ढालयुक्त÷भिरालो भू—भागहरु धेरै भाग पूर्व पश्चिम र केही भू भाग उत्तर दक्षिण फैलिएको छ । यस जिल्लाको भू भाग समुद्र सतहबाट लगभग ७३८ मिटर देखी ४७९० मिटर सम्मको उचाई मा फैलिएको छ । पूर्वी देशान्तर ८१०२८ देखि ८२००२ सम्म र उत्तरी अक्षा समा २९००५ देखी २९०२८ सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७४१ बर्ग कि.मि. अर्थात १,७८,०३० हेक्टर रहेको छ ।  यस जिल्लाको तापक्रम अधिकतम (औषत) १८.६० सेन्टीग्रेड र न्युनतम (औषत) ५.६० सेन्टीग्रेड रहने गरेको र बार्षिक औषत ७३० मिलि मिटर बर्षा हुने गर्दछ । जिल्लाको उत्तर बाट बग्ने चीनको तिब्बत (अस्पताल) क्षेत्र  बाट बगेर आउने कर्णाली नदी र पुर्व बाट जुम्ला जिल्ला हुदैँ बग्ने तीला नदी कालिकोटमा आई दुवै नदी लालीघाटमा मिसिएर कर्णाली नामले बग्दछ ।

Photo of Kalikot
तस्विरमा कर्णाली किनारको राजमार्ग

त्यस्तै अन्य स–साना खोलाहरुमा  फुगाड, सान्निगाड, थिर्पुगाड, बालीगाड, भर्तागाड, पादमघाट खल्लागाड मुख्य हुन् । यहाँका नदी र खोलामा विद्युत उत्पादनको सम्भावना अत्याधिक बढी देखिन्छ भने पचालझरना गाउँ पालिकाको खार्दु भन्ने ठाँउमा रहेको “पचाँल झरना” प्रकृतिको सुन्दर कृति मानिन्छ, जसको लम्बाई ३८१ मिटर छ जुन नेपालमै सबैभन्दा लामाे झरना हाे । कालिकोट जिल्लाको हावापानी – समशितोष्ण, भु-बनौट- बढी ढालयुक्त -भिरालो, पुर्वी देशान्तर – ८१०२८ – ८२००२, उत्तरी अक्षांश – २९००५ – २९०२८, उचाई – समुन्द्र सतहबाट ७३८- ४७९० मि., क्षेत्रफल – १७४१ बर्ग किमी (१७८०३० हेक्टर), औषत तापक्रम अत्यधिक १८.६० सेन्टिग्रेड न्यूनतम ५.६० सेन्टिग्रेड, औषत बर्षा – ७३० मिलिमिटर रहेको छ । यस जिल्लाको  पुर्वमा–जुम्ला, पश्चिममा– अछाम, उत्तरमा– मुुगु र बाजुरा दक्षिणमा– दैलेख, जाजरकोट जिल्ला सिमाना जिल्लाको रूपमा रहेका छन ।

Photo of Kalikot
तस्विरमा कर्णालीकाे अन्नबाली मकै
कालिकोट जिल्लामा रहेका प्रमुख धार्मिक पर्यटकिय क्षेत्रहरू

कालिकोट जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थल तथा मन्दिरमा बडीमालिका मन्दिर, चुली मालिका मन्दिर, पुग मालिका मन्दिर,महावुअ शिव मन्दिर, पंचदेवल (पंच पाण्डवद्धारा निर्मित), चुलीमालिका मन्दिर  (मान्म, पाँखा र वदालकोट बीच) तिला गुफा, (रांचुली) ढुँगे बगैचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली,  रामारोशन, पचाल झरना, फुगाड झरना, पचछहरी झरना आदि प्रमुख रहेको पाइन्छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा अवस्थित बडीमालिका मन्दिर पर्यटकीय एवं धार्मिक दुवै दृष्टिले महत्वपूर्ण छ जुन हिन्दुहरुका लागि झनै महत्वपूर्ण मानिन्छ । यिनलाई ब्यवस्थित तरिकाले संरक्षण र सर्म्वर्द्धन गरी वाह्य र आन्तरिक पर्यटनलाई आर्कषण गरी पर्यटकिय क्षेत्रकोरुपमा विस्तार गरे यस जिल्लाको आय आर्जनमा टेवा पुगि गरिवी निबारणमा सहयोग पुग्ने देखिन्छ । जसको लागि विभिन्न तह र तप्कावाट प्रचार प्रसार गर्न आवश्यक छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरि विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमहरु मार्फत पनि पर्यटकलाई यस जिल्लामा भित्राउन सकिने प्रवल संभावना देखिन्छ ।

कालिकोट जिल्लाको विविध पक्षहरू

कालिकोट जिल्लामा वसोवास गर्ने जातजातिहरू – ब्राहमण , ठकुरी, क्षेत्री, दलित,सन्यासी, मगर
कालिकोट जिल्लामा मानिने धर्म –  हिन्दु, इशाई (केही)
कालिकोट जिल्लामा बाेलिने  भाषा –  नेपाली, स्थानीय
कालिकोट जिल्लामा मनाइने चाडपर्वहरू – बडादशैँ तिहार, पैठ, तागा, होली, माघेसंक्रान्ती, श्रीकृष्ण जन्माष्ठमी, श्रीपञ्चमी
कालिकोट जिल्लाका मुख्य नदीहरू – तीला र कर्णाली
कालिकोट जिल्लामा पाइने मुख्य जडिबुटीहरु – पाँच औँले, कटुकी, सुगन्धबाला, लौठेसल्ला, बोजो, अत्तिसी, जटामसी, निर्मसी, सिलाजित, टिमुर, चिराइतो, हर्रो, अमला, आदि ।

Photo of Kalikot
तस्विरमा स्थानिय पशुपंक्षी कुखुरा
कालिकोट जिल्लाको जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

कालिकोट जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार कालिकोट  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर   ३ नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः खाँडाचक्र नगरपालिका

केन्द्रः साविक मान्म गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २०२८८

क्षेत्रफलः १३३.२९  (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मान्म

मान्म

१-४

भर्ता

मान्म

८,९

मान्म

६,७

दाँहा

१-३

दाँहा

४-७

दाँहा

८,९

पाँखा

१-४

पाँखा

५-७

१०

पाँखा

८,९

११

बदालकोट

१-३

 २.    नामः रास्कोट नगरपालिका

केन्द्रः साविक स्यूना गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १६२७२

क्षेत्रफलः ५९.७३ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सिपखाना

२-४,६

सिपखाना

१,५

सिपखाना

७-९

स्यूना

१-३

स्यूना

४,५,७

स्यूना

६,८,९

फुकोट

५,६

फुकोट

४,७-९

फुकोट

१-३

 ३.    नामः तिलागुफा नगरपालिका

केन्द्रः साविक जुविथा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५७६६

क्षेत्रफलः २६२.५६ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

फोइमहादेव

१-५

राँचुली

५-७

फोइमहादेव

६-९

राँचुली

२-४

जुविथा

१-३

राँचुली

जुविथा

४-९

छाप्रे

१-६

छाप्रे

७-९

राँचुली

८,९

चिल्खाया

१,२

१०

चिल्खाया

६-८

११

चिल्खाया

३-५

 ४.    नामः पचालझरना गाउँपालिका

केन्द्रः साविक राम्नाकोट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १२३४३

क्षेत्रफलः १६६.९२ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बादलकोट

४-७

बादलकोट

८,९

राम्नाकोट

७-९

राम्नाकोट

५,६

राम्नाकोट

१-४

नानीकोट

१,२

नानीकोट

३,५

नानीकोट

४,६,७

नानीकोट

८,९

५.    नामः  सन्नी त्रिवेणी गाउँपालिका

केन्द्रः साविक मेहलमुडी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १२८४६

क्षेत्रफलः १३६.७१ (वर्ग कि.मि.)

वडा संख्याः९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रकु

१,२,४

रकु

३,५,६

रकु

७-९

मेहलमुडी

१,२,५

मेहलमुडी

३,४,६

मेहलमुडी

७-९

मुम्रा

१-३

मुम्रा

६,७,९

मुम्रा

४,५,८

६.    नामः  नरहरिनाथ गाउँपालिका

केन्द्रः साविक कुमालगाउँ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१३६६

क्षेत्रफलः १४३.८६ (वर्ग कि.मि.)

वडा संख्याः९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कोटबाडा

३-७

कोटबाडा

१,२,८,९

कुमालगाउँ

१-३

कुमालगाउँ

४-८

कुमालगाउँ

रुप्सा

५-७,९

रुप्सा

१-४,८

मालकोट

१-५

मालकोट

६-९

लालु

२,४,६,७,९

लालु

१,३,५,८

 ७.    नामः  शुभ कालीका गाउँपालिका

केन्द्रः कालेखोला देखी सुकाटीया डाँडासम्म

जनसङ्ख्याः १४०८०

क्षेत्रफलः९७.३२  (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भर्ता

भर्ता

५,७,९

भर्ता

१-४

सुकाटिया

१-३

सुकाटिया

४-७

सुकाटिया

८-९

कालिका (मुग्राहा)

१-३,५,६

कालिका (मुग्राहा)

४,७-९

८.    नामः  महावै गाउँपालिका

केन्द्रः साविक ओदानकु गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ८३२३

क्षेत्रफलः ३२२.०७  (वर्ग कि.मि.)

वडा संख्याः ७

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

चिल्खया

ओदानकु

१-३

ओदानकु

४-६

ओदानकु

७-९

गेला

१-४

गेला

५-७

गेला

८,९

 ९.    नामः  पतला गाउँपालिका

केन्द्रः साविक थिर्पु गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५३०३

क्षेत्रफलः ३१८.८४ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

धौलागोह

६,८,९

धौलागोह

४,५,७

धौलागोह

१-३

खीन

४,७,८

खीन

५,६,९

खीन

१-३

थिर्पु

१,७,८

थिर्पु

५,६,९

थिर्पु

२-४

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति कालिकोट र जिल्ला प्रशासन कार्यालय कालिकोट। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । कालिकोट जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *